देशभर नेकपाको पक्षमा जनलहर बढ्दै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे जनलहर देशभर अभूतपूर्व रूपमा बढ्दै गएको छ। पछिल्ला जनसंपर्क र घरदैलो कार्यक्रमका आँकडाहरूले देखाउँछन् कि देशका ९५ प्रतिशत जिल्लामा नेकपाका उम्मेदवारको पक्षमा माहाोल सकारात्मक रहेको छ।

चुनावी प्रतिबद्धता पत्र २०८२ अनुसार नेकपा समाजवादको मार्गमा प्रगतिशील र समावेशी विकासका लागि ठोस योजना प्रस्तुत गर्दै आएको छ। यसमा शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकीकरण, रोजगारी सिर्जना, महिला सशक्तिकरण, युवाको नेतृत्व विकास, र समग्र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य स्पष्ट रूपमा उल्लेख गरिएको छ।

विशेषगरी, तराई, हिमाली र पहाडी जिल्लाहरूमा नेकपाका उम्मेदवारले गाउँ–गाउँमा पुगेर स्थानीय समस्या सुन्ने, समाधानका उपाय बुझाउने र प्रतिबद्धता पत्र प्रस्तुत गर्ने अभियान तीव्र रूपमा सञ्चालन गरेका छन्। मकवानपुर, उदयपुर, र बागलुङमा आयोजित घरदैलो र सभा कार्यक्रममा हजारौं मतदाताले प्रत्यक्ष सहभागिता जनाएका छन्। उदयपुरमा मात्रै ८० हजार भन्दा बढी मतदाताले नेकपाका उम्मेदवारलाई समर्थन गरेकाे बताइन्छ । बुद्धिजीवि  कुमार राई भन्छन्-नेकपाकाे पक्षमा उदयपुरमा मात्र हाेईन देशभर माहाेल बनेकाे छ ।

राजनीतिक विश्लेषकहरूले भनेका छन् कि नेकपाको स्पष्ट र व्यावहारिक प्रतिबद्धताले मतदातामा विश्वास र आशा जगाएको छ। “नेकपाले जनताको भलो र समग्र राष्ट्रिय विकासका लागि ठोस योजना ल्याएको छ, जसले माहाोल नेकपाको पक्षमा निर्माण गरिरहेको छ,” एक वरिष्ठ विश्लेषकले बताएका छन्।

देशभरका सहर र ग्रामीण क्षेत्रहरूमा नेकपाको समर्थन जुलुस, घरदैलो कार्यक्रम, संवादात्मक सभा, र मतदातासँग प्रत्यक्ष संवाद तीव्र गतिमा भइरहेका छन्। पछिल्लो सर्वेक्षण अनुसार, मतदानयोग्य मतदातामध्ये ८८ प्रतिशतले नेकपाको पक्षमा आफ्नो समर्थन व्यक्त गरेका छन्।

प्रतिवद्धता पत्र २०८२ अनुसार, पार्टीले भ्रष्टाचारमुक्त प्रशासन, समान अवसर, दीगो विकास, महिला तथा आदिवासी समुदायको सशक्तिकरण, युवाको रोजगारी सुनिश्चित गर्ने व्यावहारिक योजना अघि सारेको छ। यसले मतदातामा विश्वास र उत्साह थप गरेको छ।

विशेषगरी, ग्रामीण क्षेत्रका मतदाताले अबको नेतृत्व र विकास योजना समृद्ध, न्यायपूर्ण र समावेशी हुने अपेक्षा राखेका छन्। यही माहाोलले देखाउँछ कि निर्वाचन नजिकिंदै जाँदा नेकपाको समर्थन मात्र बढिरहेको छैन, तर जनताको आकांक्षा र आशा पनि पार्टीप्रति दृढ भइरहेको छ।

विश्लेषकहरूको भनाइ अनुसार, नेकपाको स्पष्ट प्रतिबद्धता, व्यावहारिक योजना र जनता केन्द्रित अभियानले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्नेछ। चुनावी दिनमा यो जनलहर वास्तविक मतदाताको समर्थनमा परिणत हुने विश्वास पार्टी र समर्थक दुवैमा उच्च छ।

चुनबाङबाट प्रचण्डको उद्‍घोष  ‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताउनुभएको छ। रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गर्नुभयो। “सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,” उहाँले भन्नुभयो, “गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।” उहाँले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्।” संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताउनुभयो। “तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन्,” उहाँले भन्नुभयो। उहाँले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ। अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौँ,” संयोजक प्रचण्डले भन्नुभयो।

देशभरका बौद्धिक वर्गको एउटै आवाज: डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र, जिताउन माग

खोटाङ । अर्थ तथा वाम राजनीतिक विश्लेषक हरि रोकाले खोटाङबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएसँगै जिल्लाको चुनावी माहोल तातिएको छ। यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा डा. रोकाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको हो। डा. रोका उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिनुभएसँगै देशभरका बौद्धिक वर्गले शुभकामना दिँदै जिताएर पठाउन खोटाङ्गे मतदातालाई आह्वान गरिरहेका छन्। अर्थशास्त्री पिताम्बर शर्मा, कानूनविद् युवराज सङ्ग्रौला, किरात प्रज्ञा प्रतिष्ठानका कुलपति जयकुमार राई, लेखक/साहित्यकारहरू खगेन्द्र सङ्ग्रौला, युग पाठक र झलक सुवेदी, शल्यचिकित्सक कृष्णकुमार राई ‘केके’, लेखक/साहित्यकारहरू विष्णु राई र नारायण ढकाल, अधिवक्ता प्रतीक कार्की लगायतका बौद्धिक व्यक्तित्वहरूले डा. रोकाप्रति शुभेच्छा प्रकट गर्दै जिताएर पठाउन आह्वान गरिरहेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश तथा स्टाटस लेखेर अपलोड गर्दै बौद्धिक वर्गहरूले विश्वले चिनेका डा. रोकालाई आगामी निर्वाचनमा खोटाङ्गे मतदाताले नचिन्नु दुर्भाग्य हुने बताएका छन्। डा. रोका राजनीति, वैकल्पिक अर्थतन्त्र र सामाजिक परिवेश बुझेका व्यक्ति भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएर पठाउन खोटाङका उपयुक्त उम्मेदवार भएको उनीहरूको दाबी छ। पछिल्लो केही दशक कुनै पनि राजनीतिक दलको साधारण सदस्यसमेत नरही लेखन तथा अनुसन्धानमा सक्रिय रहनुभएका डा. रोका आगामी निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्वसांसद तथा मन्त्रीहरूले साथ दिनुभएको छ। दिक्तेल बजारस्थित किरातचोकबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्वसांसद टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेश सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्व सामाजिक विकास मन्त्री राजन राईले साथ दिनुभएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँस्थित खुतुम्बु निवासी डा. रोकालाई नेकपाले निर्वाचनपछि बन्ने सङ्घीय सरकारको अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको समाचार स्रोतले जनाएको छ। खुतुम्बुका स्थानीयवासी मेघबहादुर रोका र विष्णुमायाँ रोकाका कान्छा सन्तानका रूपमा वि.सं. २०१६ असोज–१५ गते जन्मनुभएका डा. रोका संविधानसभा सदस्यसमेत हुनुहुन्छ। वि.सं. २०३४ सालदेखि वामपन्थी राजनीति तथा लेखनमा सक्रिय डा. रोकाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएपछि पार्टी नेता तथा कार्यकर्ताहरू उत्साहित बनेका छन्। वि.सं. २०३१ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका डा. रोकाले वि.सं. २०७३ सालमा अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) उत्तीर्ण गर्नुभएको हो। राजनीतिक काममा सक्रिय हुँदा पञ्चायतकालमा सात वर्ष नौ महिना जेल जीवन बिताउनुभएका डा. रोका आठ महिना हिरासतमा समेत बस्नुभएको थियो। चार वर्षदेखि गाउँमै कृषि गरिरहनुभएका डा. रोकाले कृषकको पक्षमा सदनमा कुरा उठाएर नीतिगत सुधार गर्न आफूले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ। उम्मेदवार डा. रोकाले कस्तो खालको कृषि गर्दा उन्नति हुन्छ र कस्तो नीति आवश्यक पर्छ भन्ने विषयमा आफूले प्रत्यक्ष अनुभव गरिरहेको बताउँदै निर्वाचन जितेपछि कृषककै पक्षमा सधैं बोल्ने र लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। डा. रोकाले सामान्य किसानसँग मिल्न र उनीहरूको भावना बुझ्नकै लागि आफूले पिएचडी गरे पनि नामको अगाडि ‘डा.’ नलेखेको जानकारी दिनुभएको छ। दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेकपाका डा. रोकासहित दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारले मनोनयन दर्ता गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ तथा डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा, काँग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन्। यद्यपि, उम्मेदवारी दर्ता गरेर चुनावी प्रतिस्पर्धामा होमिएका सबै राजनीतिक तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन्। आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। निर्धारण गरिएका मतदान स्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्य श्रेणीमा राखी मतदाताको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ। आगामी निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम भएका छन्। वि.सं. २०७९ सालमा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४७ दशमलव २१ प्रतिशत मात्र मत खसेको थियो।  

शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा प्रचण्ड (फाेटाे फिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुग्नु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गर्नु भएको हो । २०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।  संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गर्नुभयो। आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक हुनुभुएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिनुभयो।  मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताउनुभयो। उहाले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताउनु भयो।  प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुनेछ। आजै उहाँ पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेट गर्नुहुनेछ।  प्रचण्ड मतदाता भेटघाटका लागि तीनदिनदेखि रूकुम पूर्वमा हुनुहुन्छ। रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई चुनबाङको गैरीगाउँमा भव्य स्वागत

रुकुम पूर्व — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनबाङको गैरीगाउँ पुग्नुभएको छ। उहाँले यहाँ आयोजित कार्यक्रममा स्थानीय जनतासँग जनसंवाद गर्नुहुनेछ। स्थानीयबासीले बाजागाजा र झाँकीसहित प्रचण्डलाई भव्य स्वागत गरेका थिए। स्वागतका क्रममा संयोजक प्रचण्डले उनीहरूलाई अभिवादन गर्नुभयो। कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नुहुनेछ। उहाँ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ। चुनबाङको गैरीगाउँमा रहेको सहिद गेटलाई बिम्ब बनाएर जनयुद्धकालमा रचिएको चर्चित गीत ‘सहिदहरू हाँसिरहेका छन्’ अझै लोकप्रिय छ। यो गाउँ जनयुद्धको महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ।

जनयुद्ध गौरवमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट जारी गरेको सन्देशमा इतिहास, वर्तमानको चुनौती र भविष्यको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै निर्वाचनमा आफ्नो पार्टी (तारा चिन्ह) लाई पूर्ण बहुमत दिन अपील गर्नुभएको छ । फागुन १ गते जनयुद्ध दिवसको सन्दर्भमा रुकुम पूर्वको क्रान्तिकारी भूमिमा उभिएर प्रचण्डले सम्बोधन गर्दै भन्नुभयो, “फागुन १ केवल गौरवमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो ।” उहाँले एकात्मक सामन्ती राज्यसत्ताविरुद्ध नेपाली जनताले जगाएको ऐतिहासिक विद्रोहको मशाललाई स्मरण गर्दै जनयुद्धका महान् शहीदहरू, घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । प्रचण्डले रुकुम पूर्वलाई विशेष महत्व दिँदै यो भूमिलाई जनजाति, महिला, दलित तथा उत्पीडित समुदायको स्वतन्त्रता र पहिचानको मशाल बनेको ठाउँको रूपमा उल्लेख गर्नुभयो । चुनवाङ बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुलेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यो त्यही भूमि हो जहाँबाट नेपाली जनताले वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह गरे ।” वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै प्रचण्डले जेनजी युवाहरूको आन्दोलनमाथि गोली चलेको घटना, विध्वंस र असहज स्थिति स्मरण गर्नुभयो । पञ्चायती कालको अत्याचार र विद्रोहको इतिहास जोड्दै उहाँले वर्तमानमा संसद्‌ अगाडि सरकार विरोध गर्न पाइने वातावरण जनताको बलिदानकै कारण बनेको बताउनुभयो । उहाँले शान्ति प्रक्रियामा बाँकी रहेका मुद्दाहरू, भूमिहीन सुकुम्बासीहरूलाई जग्गा वितरण, रिटर्नी तथा स्टार्टअप कार्यक्रम, औषधी उत्पादन, हिमाल समृद्धि, मेगा फूड पार्क जस्ता योजनाहरू रोकिएको गुनासो गर्नुभयो । प्रचण्डले पूर्ण बहुमत नहुँदा र यथास्थितिवादी दलहरूसँग मिलेर सरकार चलाउँदा सोचेअनुरूप काम गर्न नसकिएको अनुभव सुनाउनुभयो । भ्रष्टाचार, मीटर ब्याज, भूटानी शरणार्थी तथा बालमन्दिर जग्गा काण्डहरूको छानबिनमा अघि बढेको तर सरकार ढलेको उल्लेख गर्नुभयो । प्रचण्डले “नयाँ र पुरानो” को भाष्यलाई खारेज गर्दै भन्नुभयो, “यो देशमा कोही नयाँ छ भने त्यो हामी मात्रै हो । गणतन्त्र, समावेशिता, संघीयता, सुशासनका एजेन्डा हाम्रै हुन् ।” उहाँले यथास्थितिवादी शक्तिहरूले जनतामा भ्रम फैलाएको आरोप लगाउँदै आफ्नो पार्टीले कमजोरीहरूको समीक्षा गर्दै “ग्रेट लीप फरवार्ड” तर्फ अघि बढ्नुपर्ने बताउनुभयो । गरिबी शून्य, रोजगारी सिर्जना, विद्युत्‌ उत्पादन, पर्यटन, कृषि आत्मनिर्भरता, डिजिटल प्रशासन, भ्रष्टाचार नियन्त्रण जस्ता महत्वाकांक्षी लक्ष्य राख्नुभयो । उहाँले परिवर्तनकामी शक्तिहरूबीच एकताको अभियान सुरु भएको र २५ भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध भएको जानकारी दिनुभयो । निर्वाचनमा पूर्ण बहुमत प्राप्त गरे मात्रै बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको ढोका खोल्न सकिने उहाँको दाबी छ । अन्त्यमा प्रचण्डले रुकुम पूर्वबाट अपील गर्दै भन्नुभयो, “इतिहासलाई सम्झनुहोस्, वर्तमानलाई बुझ्नुहोस् र भविष्यको जिम्मेवारी लिनुहोस् । तारा चिन्हमा मत दिएर परिवर्तन, अग्रगमन र स्वाधीन, समृद्ध, समावेशी तथा न्यायपूर्ण नेपाल निर्माणमा लागौं ।” यो सन्देशले जनयुद्धको विरासतलाई निर्वाचनसँग जोडेर नयाँ ऊर्जा र एकताको सन्देश दिएको छ ।   हेर्नुस् प्रचण्डको सन्देशको पूर्णपाठ    आदरणीय बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरु   आज फागुन १ गते फागुन १ केवल गौरबमय अतीतको स्मरण होइन, वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शन पनि हो।   आजको दिन एकात्मक सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता समानता र न्यायका पक्षमा नेपाली जनताले एतिहासिक विद्रोहको मशाल जगाए।     सर्वप्रथम म जनयुद्ध तथा बिभिन्न कालखण्ड भए गरेका नेपाली जनताका आन्दोलनका महान सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते अपाग वेपत्ता योद्धाहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।   म अहिले नेपालको इतिहासमा क्रान्ति र शान्तिको साक्षी रुकुम पूर्वबाट यहाँहरुलाई सम्बोधन गर्दैछु । यो त्यही भूमि हो जहाँबाट नेपाली जनताले वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह गरे । घुम्टो फाल्दै दुधे बच्चा पिठ्यूँमा राखेर महिलाहरुले स्वतन्त्रताका आवाज घन्काए । यो जनजाति समुदायको रगत पोखिएको त्यही ठाउँ हो, जहाँबाट आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानको मशाल जगाए । दलितहरुले युगौंदेखिको जातीय उत्पीडनविरुद्ध स्वाभिमानका गीत गाए ।   र यो त्यही भूमि हो जहाँ चुनवाङमा बसेको तत्कालिन नेकपा माआवादीको बैठकले निर्णय गरेबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खुल्यो ।    अहिले हामी जटिल परिस्थितमा हुन गइरहेको निर्वाचनको संघारमा छौं।  गत भदौ २३ गते जेनजी युवाहरुले  सामाजिक सञ्जालमा लेख्न पाउनुपर्छ, बोल्न पाउनुपर्छ भनेर उठेका आवाजहरुमाथि गोली चले । दर्जनबढी युवाहरुकव् सहादत भयो । युवाहरूको आक्रोशलाई व्यवस्था विरोधी तत्वहरूले २४ गते विध्वंसमा रूपान्तरण गरे । देशमा असहज परिस्थिति निर्माण भयो ।    यो सन्दर्भमा कुरा गर्दा अहिले म यो भूमिमा उभिएर पञ्चायती कालरात्री विरुद्ध यहाँका जनताको संघर्ष स्मरण गरिरहेको छु । निरंकुशताविरुद्ध बोलेकै भरमा किलो शेरा टुका नाममा यहाँका गाउँवस्ती जलाइएपछि, जनतामाथि चरम अत्याचार र उत्पीडनले सीमा नाघेपछि जनताले विद्रोह गरेका थिए । हाम्रा टाउकाहरुको मोल तोकिएको थियो । र पनि हामीले स्वतन्त्रता र विद्रोहका गीत गाउन छोडेनौ ।   र, त्यही विद्रोहकै कारण, हजारौं जनताको बलिदानकै कारण अहिले संसद भवन अगाडि नै खुलेआम सरकारको विरोध गर्ने वातावरण निर्माण भएको छ ।  त्यसअर्थमा यहाँका जनताको महानतालाई कुनै पनि मूल्यमा अवमूल्यन गर्न मिल्दैन । इतिहासलाई वर्तमानसँग जोडेर मात्रै भविष्य निर्माण गर्न सकिन्छ ।      आदरणीय जनसमुदाय,   हाम्रो संघर्ष समाप्त भएको छैन । जेन जी पुस्ताहरुले उठाएका मागहरु यही संघर्षको निरन्तरता हो । शान्ति प्रक्रियाको चरणमा हामीले उठाएका तर शक्ति सन्तुलनका कारण पुरा हुन नसकेका मुद्दाहरुकै निरन्तरता हो ।   मुद्दाहरु बाँकी छन् । सपनाहरुको हिसाब अझै भएको छैन । हामीले त्यो बिर्सेका छैनौं।   संविधान जारी भएपछिको यो एक दशकमा हामीले यसका लागि प्रयास पनि गर्यौं ।   सरकारमा रहँदा एक वर्षमा ५ लाख भूमिहीन सुकुम्वासीहरुलाइ जग्गा प्रदान गर्ने नीति र बजेट ल्याएका थियौं । कानुनहरु पनि संशोधन गर्यौं । तर त्यो काम हामी बाहिरिएसँगै रोकियो ।   विदेशबाट ज्ञान सीप र अनुभव बोकेर स्वदेश फर्केका रिटर्नीहरुका लागि हामीले सुरु गरेको उद्यमशीलता कार्यक्रमले गति लिन सकेको छैन । स्टार्ट अप कार्यक्रम पनि कार्यकर्ता पोस्ने किसिमले अघि बढाइयो । अहिले अर्थतन्त्रको मुख्य उत्प्रेरक शक्ति बन्न सक्छ स्टार्टअप । आइटी, पर्यटन, कृषि लगायतका बिभिन्न क्षेत्रमा हामीले लाखौ रोजगारी सिर्जना गर्न सक्छौं । यसबाट आगामी ५ वर्षमा हामी २० लाख बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सक्छौं ।   गर्नुपर्ने धेरै छ । गर्न सकिने पनि धेरै छ । अत्यावश्यक औषधीहरु सरकारी स्तरबाटै उत्पादन गर्ने हाम्रो योजना रोकिएको छ । हिमाल समृद्धि कार्यक्रम ठप्प बनाइएको छ । अघिल्लो सरकार छँदा बिभिन्न स्थानमा प्रस्तावित मेगा फूड पार्कहरु कमिशनका माध्यम बने। इको टुरिज्म, हिल स्टेशन अनि गण्डकी त्रिभुज परियोजना त नामै सुन्न खोजिएन ।   पाँच वर्षसम्म ढुक्कले सरकार चलाउन नपाउँदा जतिसुकै राम्रा कार्यक्रम अघि सारेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुने अनुभव मेरो छ । नत्र हामीले त दोहोरो जिम्मेवारी भएका बिभिन्न निकायहरु मर्ज गर्ने भनेका थियौं । कपाल काट्ने तालिम पनि संघकै मन्त्रालयले गर्ने परिपाटी भत्काउन खोजेका थियौं । संघको नीति तथा कार्यक्रम र बजेटको कर्मकाण्ड भत्काउन विधेयक नै जारी गरेका थियौं ।   निजामति र शिक्षा विधेयकको नियती त यहाँहरुलाई थाहै छ । त्यति महत्वका साथ सदनमा दर्ता गरेका थियौं । तर हामीसँग पर्याप्त बहुमत थिएन । अझ भनौं हामी त तेश्रो पार्टी थियौं । र, पनि संविधान कार्यान्वयन र समृद्धिका लागि महत्वाकांक्षी योजना र कार्यक्रम ल्याइरहेका थियौं । मीटर ब्याजलाई अपराध घोषणा गरेर धमाधम न्यायका फाइलहरु अघि बढेका थिए । भूटानी शरणार्थीदेखि बालमन्दिर र त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दा विचौलियाहरु अत्तालिएर सरकार नै ढलेको दृष्टान्त तपाई हाम्रा सामु छ । कुशासनका चांगहरु चुलिँदै जाँदा जनताको विष्फोटले व्यवस्था नै संकटमा पर्न सक्छ है भनेर मैले बारम्बार चेतावनी दिँदा समेत नचेतपछि अहिलेको परिस्थिति सिर्जना भयो ।   आदरणीय जनसमुदाय,   अहिले एकथरिले नयाँ र पुरानोको भाष्य निर्माण गरेका छन् । हामी नयाँ, उनीहरु पुरानो भन्ने यो भाष्यले नेपाली जनतामा फेरी ठूलो भ्रम सिर्जना गरिरहेको छ । तर ध्यान दिनैपर्ने कुरा के हो भने यो देशमा कोही नयाँ छ भने त्यो हामी मात्रै हो । हामीले मात्रै दुई सय पचास वर्षदेखि मक्किएको राजतन्त्र र सामन्तवादको अन्त्य गर्न गणतन्त्रको नयाँ विचार ल्याएका हौं । एउटा जाति, भाषा र वर्गको हालीमुहाली चलेको देशमा दलित, महिला, जनजाति, थारु, मधेसी, मुस्लिम लगायत उत्पीडित वर्ग र समुदायको पनि हिस्सेदारी हुनुपर्छ भनेर समावेशिताको नयाँ विचार हाम्रै हो । संघीयता हाम्रै हो । सुशासनको एजेण्डा हाम्रै हो । एजेण्डा, विचार, नीति र पहल हाम्रै हुने अनि हामी चाहिँ कसरी पुरानो ?   जनतामा छाएको वितृष्णा र निराशालाई विचार र सिद्धान्तविहिन अराजक तत्वले नयाँ भन्दै झुक्याउने अवस्थालाई हामीले चिर्नैपर्छ । आज यो क्रान्ति र शान्तिको भूमिबाट मैले इतिहास, वर्तमान र भविष्यलाई जोडन चाहन्छु । यो भूमि साक्षी छ नेपालका हरेक राजनीतिक परिवर्तनको । यो भूमिले देखेको छ नयाँ के हो र पुरानो के हो भन्ने कुरा ? नयाँको रटान गर्दैमा कोही नयाँ हुँदैन । यो भ्रममा कोही पनि पर्नुहुन्न ।   हामी नयाँ थियौं, नयाँ छौं र नयाँ नै हुनेछौं । किनभने इतिहासले हामीलाई यथास्थितिमा बस्ने छूट दिएको छैन । मैले यो कुरा बारम्बार भन्दै आएँको पनि हो । हामीले यथास्थिति चिर्न खोजेको पनि हो । यसक्रममा कैयन कमजोरी पनि भएकै हुन । यो कुराको गम्भीर समिक्षा गर्दै नेपाललाई ग्रेट लीप फरवार्डको दिशामा नगई सुखै छैन । हामीले पाँच वर्षमा गरिबीको दर आधामा झार्नु छ र दश वर्षमा शून्य गरिबी, शून्य भोकको अवस्थामा पुग्नु छ । हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्नु छ । विद्युत उत्पादनमा कायापलट गर्नुछ । हाम्रा पर्यटकीय सम्भावनाहरुलाई उच्चतम रुपमा विकास गर्नु छ । सिँगो प्रशासन र सार्वजनिक सेवा प्रणालीलाई डिजिटल गर्दै नागरिकले व्यहोर्नुपरेको झंझट हटाउनु छ । भ्रष्टाचारको मुहानका रुपमा रहेको अहिलेको निर्वाचन प्रणाली भत्काउनु छ । महिलाहरुको राज्यसत्तामा हिस्सेदारी ३३ प्रतिशतबाट बढाएर पुरुस सरह बनाउँदै लानु छ । कृषिमा उत्पादन र उत्पादकत्व बढाएर लाखौं रोजगारी सिर्जना गर्दै खाद्यमा आत्मनिर्भर बन्नु छ । अर्थतन्त्रलाई डबल डिजिटमा पुर्याएर स्वाभिमानी देश निर्माण गर्नु छ । भ्रष्टाचारका सबै काण्डहरुको निर्ममतापूर्वक छानवीन गर्नुछ ।   मैले माथि पनि भनेँ, हामीलाई यथास्थितिमा रुमल्लिने कदापी छूट छैन । कतिपयले यसो भन्दा के हेरेर बसेको त अहिलेसम्म भनेर पनि नभन्ने होइनन् । तर मैले भनेजस्तै संविधान जारी हुँदा हामीले अघि सारेका फरक मतहरु त्यतिबेलै सम्बोधन गरिएको भए, अनि संघीयताको मर्म अनुरुप संविधान कार्यान्वयन गरिएको भए यो अवस्था आउने थिएन । हामीले पहल नगरेको होइन । तथ्यमा टेकेर हेर्दा हामी सरकारमा गएको बेला ऐन तर्जुमादेखि सुशासनका पक्षमा र्दढतापूर्वक काम गर्न नखोजिको होइन । तर स्पष्ट बहुमत नहुँदा र एकल सरकार सञ्चालन गर्न नसक्दा यथास्थितिवादी दलहरुसँगै मिलेर सरकार बनाउनुपर्दा सोचे अनुरुप काम गर्न नसकिएकै हो । अलि बल गर्दा सरकार नै ढलेको हो । यो तथ्यलाई समेत गम्भीरतापूर्वक विचार गर्न म अपील गर्न चाहन्छु ।   आज म पूर्वी रुकुम आइपुगेको छु । हिजो युद्धकालको रुकुम र आजको रुकुम उस्तै छैन । हिजो हामी पुलिस प्रशासनसँग लुकामारी गर्दै, भीरपाखा छिचोल्दै गाउँबस्तीमा चेतनाको सन्देश फैलाउँथ्यौं । आज रुकुम विकासका दृष्टिले, चेतनाका दृष्टिले निकै फरक छ । यही रुकुम, रोल्पा लगायत गाउँवस्तीको त्याग र संघर्षकै कारण आज काठमाडौंमा व्यवस्थाविरुद्धको आक्रोस खुलारुपमा व्यक्त गर्न पाइएको छ । महिला, दलित, जनजाति लगायतका वर्ग र समुदायको राज्यसत्तामा हिस्सेदारी सम्भव बनेको छ । काठमाडौंका अधिकार गाउँमा पुगेको छ । पहिचान र सामथ्र्यका आधारमा प्रदेशमा आफ्नो सरकार बनाउने अवस्था बनेको छ । त्यस अर्थमा हामीले केही नगरेको या नेपालमा केही नभएको होइन । तर रुकुमले या रोल्पाले या हजारौं वीर शहीदहरुले यति मात्रै खोजेका थिएनन् । यो कुरा हामीले संविधान निर्माण र त्यसपछि पनि कार्यान्वयनका क्रममा बारम्बार भन्दै आएका पनि हौं ।   देशले जे खोजेको छ, जनताले जस्तो नेपाल चाहेका छन्, त्यो पनि हाम्रो विचार र नीतिले मात्रै सम्भव छ । आज सुकुम्वासी वस्तीमा डोजर लगाउनेहरु नयाँ नेपाल बनाउने कुरा गर्दैछन् । कबाड जम्मा गरेर जीविका चलाउने, साइकलमा फेरी लगाउँदै सामान बेच्ने गरीब मधेशका प्रवासी जनतालाई लखेट्नेहरु मधेसको स्वाभिमान र पहिचानको कुरा गर्दैछन् । राजधानीका सुकिला महलहरुमा बसेर गाउँको मुहार फेर्ने कुरा गर्दैछन् । यो भ्रममा नपर्न अनुरोध गर्दछु ।   हामीले गम्भीर समीक्षा गरेर परिवर्तनकामी शक्तिहरुबीच एकताको महा अभियान सुरु गरेका छौं । यो अभियानमा २५ भन्दा बढी वामपन्थी तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनु भएको छ । यसले हामीलाई नेपाली समाजलाई अग्रगामी रुपान्तरण गर्ने ठूलो प्रेरणा दिएको छ ।   म यो निर्वाचनमा परिवर्तनका पक्षमा नेपालि कम्युनिष्ट पार्टीलाई पूर्ण बहुमत दिन अपील गर्दछु । हामीले पूर्ण बहुमतको सरकार बनाउन सके मात्रै इतिहासका बाँकी कार्यभार पुरा गर्दै हामी समाजवादी क्रान्तिको ढोका खोल्न सक्छै । त्यसैले तारा चिन्हमा मत दिइ निरन्तर क्रान्तिको यो अभियानमा  लामवद्ध बनौं ।     आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,   यो क्रान्ति र शान्तिको भूमिबाट म तपाईंहरूसँग अपील गर्न चाहन्छु — इतिहासलाई सम्झनुहोस्, वर्तमानलाई बुझ्नुहोस् र भविष्यको जिम्मेवारी लिनुहोस्।   हामीले सुरु गरेको परिवर्तनलाई अधुरो छोड्ने होइन, पूरा गर्ने हो। हामीले बनाएको गणतन्त्रलाई कमजोर बनाउने होइन, अझ मजबुत र उन्नत गणतन्त्र बनाउने हो। हामीले देखेको समृद्ध नेपालको सपना साकार पार्ने हो।   यो क्रान्ति र शान्तिको भूमिबाट म तपाईंहरूसँग अपील गर्न चाहन्छु — यो निर्वाचन हामीले कित्ता स्पष्ट गर्ने समय पनि हो । हामी गणतन्त्रका पक्षमा हुने कि नहुने, हामी दलित समुदायमाथि विभेदका विरुद्ध उभिने कि नउभिने, हामी महिलाहरूको पूर्ण स्वतन्त्रता र समाज हिस्सेदारीका पक्षमा उभिने कि नउभिने भनेर फैसला गर्ने समय हो। हाम्रो एक मत कसका पक्षमा — हाम्रा उपलब्धिहरू रक्षा गर्ने पक्षमा या इतिहासको रथ उल्ट्याउन खोज्नेहरूको पक्षमा? हामी मधेश, मुस्लिम, थारु, जनजातिहरूको स्वाभिमान र पहिचानका पक्षमा उभिन्छौँ। म गम्भीर भएर के भन्न चाहन्छु भने, नेकपाको चुनाव चिन्ह तारामा मत दिएर मात्रै हामी परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा हाम्रो पक्ष स्पष्ट गर्न सक्छौँ। त्यसैले हाम्रो एक मत स्वाधीन, समृद्ध, समावेशी र न्यायपूर्ण नेपालको स्थापनाका लागि हुन म सबैमा अपील गर्दछु।   आउनुहोस्, फेरि एकपटक परिवर्तनको यात्रामा हातेमालो गरौँ। नयाँ भ्रम होइन, वास्तविक परिवर्तनको पक्षमा उभिऔँ। संघर्ष, त्याग र बलिदानले बनेको यो देशलाई समृद्ध र स्वाभिमानी बनाउने अभियानमा जुटौँ।

नेकपाको मुख्यालय पेरिसडाँडामा ३१ औँ जनयुद्ध दिवस भव्य

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय मुख्यालय काठमाडौंको पेरिसडाँडामा शुक्रबार ३१ औँ जनयुद्ध दिवस श्रद्धा, सम्मान र सङ्कल्पका साथ मनाइएको छ । जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा जनयुद्धका अमर सहिदहरूको सालिकामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा सहभागी नेता, कार्यकर्ता तथा समर्थकहरूले जनयुद्धका बलिदानलाई स्मरण गर्दै सहिदहरूको अधूरो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता अग्नीप्रसाद सापकोटाले आज देशले हासिल गरेका राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धि जनयुद्धकै बलमा सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले ती उपलब्धिहरू सहजै प्राप्त नभएको भन्दै सहिदहरूको बलिदान र जनताको संघर्षकै परिणामस्वरूप वर्तमान अवस्था निर्माण भएको स्पष्ट पार्नुभयो । नेता सापकोटाले जनयुद्धबाट प्राप्त उपलब्धिहरूलाई रक्षा र संस्थागत गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अत्यन्तै निर्णायक हुने बताउनुभयो । उहाँले देशको परिवर्तनकारी दिशालाई निरन्तरता दिन नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउनु अपरिहार्य रहेको दाबीसमेत गर्नुभयो । कार्यक्रममा वक्ताहरूले जनयुद्धका आदर्श, लक्ष्य र मूल्यलाई वर्तमान राजनीतिक व्यवहारमा आत्मसात् गर्दै समाजवाद उन्मुख परिवर्तनलाई अघि बढाउने संकल्प व्यक्त गरेका थिए । जनयुद्ध दिवसले नयाँ पुस्तालाई इतिहाससँग जोड्दै राजनीतिक चेतना र जिम्मेवारी बोध गराउने काम गरेको उनीहरूको भनाइ थियो ।

आज ३१ औँ जनयुद्ध दिवस: जनयुद्धको उद्गमस्थल रुकुमपूर्वमा नेकपाको भव्य कार्यक्रम, प्रचण्डको ऐतिहासिक सहभागिता

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनयुद्धको उद्गमस्थल रुकुमपूर्वमा ३१ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाउँदै छ । सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग तथा जनयुद्धमा सहभागी रुकुमेली जनतासँगै ऐतिहासिक दिवस मनाउन पार्टीका संयोजक तथा जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुग्नुभएको हो । विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु भएको जनयुद्ध दश वर्षसम्म चलेको थियो । सामन्ती राजतन्त्रको अन्त्य, जनताको सार्वभौमसत्ता स्थापना र नयाँ जनवादी व्यवस्थाको लक्ष्यसहित सुरु गरिएको जनयुद्धले नेपाललाई गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको नयाँ युगतर्फ डोर्‍याएको इतिहास छ । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमै जनयुद्ध दिवस मनाउन आउनुभएको हो । जनयुद्धकै उपलब्धिका रूपमा सङ्घीयतापछि स्थापना भएको कान्छो जिल्ला रुकुमपूर्व आज ऐतिहासिक राजनीतिक चेतनाको केन्द्र बनेको छ । यही रुकुमपूर्वबाट संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएको छ । आज भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा संयोजक प्रचण्डले जनयुद्धका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेकपा रुकुमपूर्वले जनाएको छ । रुकुमपूर्व जिल्लामा जनयुद्धका क्रममा २५२ जना सहिद भएका छन् । राजतन्त्रको अन्त्य र जनताको सत्ता स्थापनाको उद्देश्यसहित २०५२ फागुन १ गते माओवादीले रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा एकैसाथ आक्रमण गरी जनयुद्धको ऐतिहासिक सुरुआत गरेको थियो । जनयुद्धलाई अघि बढाउन माओवादीले रुकुम (पूर्व र पश्चिम) तथा रोल्पालाई आधार इलाकाका रूपमा विकास गरेको थियो । रुकुमपूर्वमा रहेका प्रहरी चौकीहरूमाथि चरणबद्ध आक्रमण गर्दै माओवादीले आधार इलाका निर्माणमा सफलता हासिल गरेको थियो । विसं २०५३ वैशाख २३ गते उपल्लो सेराको छेरावाङमा पहिलोपटक प्रहरीमाथि एम्बुस आक्रमण गर्दै माओवादीले सशस्त्र प्रतिरोधको नयाँ चरण आरम्भ गरेको थियो । त्यसपछि विसं २०५४ माघ १६ गते क्युवाङमा गरिएको एम्बुस आक्रमणमार्फत नेपालमै पहिलोपटक थ्रीनट राइफल कब्जा गरिएको थियो । त्यसैगरी, विसं २०५६ असोज ५ गते महतमा रहेको प्रहरी चौकीमाथि आक्रमण गरी माओवादीले प्रहरी नायब उपरीक्षक ठूले राईसहितका प्रहरीलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धका क्रममा माओवादी नियन्त्रणमा परेका उच्च तहका प्रहरी अधिकारी हुनुहुन्थ्यो । पछि माओवादीले आफ्ना शीर्ष नेता देव गुरुङसँग उहाँलाई साटफेर गरेको थियो । विसं २०५७ चैतमा रुकुमकोट प्रहरी चौकीमाथि गरिएको आक्रमणमा चौकी पूर्ण रूपमा कब्जा गरिएको थियो । सो आक्रमणमा ३२ जना प्रहरी र आठ जना छापामार गरी ४० जनाले सहादत प्राप्त गरेका थिए । विसं २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले पार्टी अनुशासनका आधारमा डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यसपछि विसं २०६२ असोजमा रुकुमकै चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको ऐतिहासिक निर्णय गरेको थियो । चुनवाङ बैठककै निर्णय कार्यान्वयनका क्रममा सात राजनीतिक दलबीच १२ बुँदे सहमति भएको थियो । जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र सामाजिक न्यायसहितको नयाँ व्यवस्था स्थापना भएको थियो । जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको ऐतिहासिक महत गाउँ तथा डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय भएको लाबाङ गाउँको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । ती स्थानमा उहाँले जनभेटघाट गर्नुहुनेछ भने आजै ऐतिहासिक चुनवाङ पुग्ने कार्यक्रमसमेत तय भएको नेकपाले जनाएको छ ।

रुकुम पूर्वको भुमे-१ लुकुममा प्रचण्डको भव्य स्वागत (फाेटाे)

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा खाम मगर समुदायको मौलिक संस्कारअनुसार भव्य स्वागत गरिएको छ । रुकुम पूर्व प्रवेशसँगै स्थानीय खाम मगर समुदायले सेतो टीका र परम्परागत पगरी लगाएर प्रचण्डलाई सम्मान व्यक्त गरेका हुन् । स्थानीय संस्कृति र परम्पराको सम्मानस्वरूप गरिएको स्वागत कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । सोही अवसरमा भुमे गाउँपालिका–१ का वडाध्यक्षले वडाबासीहरूको तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रचण्डसमक्ष स्थानीय विकास, पूर्वाधार, रोजगारी र सेवा–सुविधासँग सम्बन्धित मागहरू प्रस्तुत गर्नुभएको छ । स्थानीय मतदातालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले लुकुम गाउँलाई नमुना गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सहभागितामा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइने बताउनुभयो । प्रचण्डले रुकुम पूर्व जनआन्दोलन र परिवर्तनको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै यहाँका जनताको भरोसा र अपेक्षालाई नीति र कार्ययोजनामार्फत पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हिउँसँगै जनताको मायामा लपेटिँदै रुकुम पूर्वमा प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुग्नुभएको छ । चिसो हिउँ, कठोर मौसम र भौगोलिक चुनौतीलाई चिर्दै उहाँ जनताको घरआँगनमा पुनः उपस्थित हुनुभएको हो । हिउँले ढाकिएको पहाडी भूभागमा प्रचण्डको आगमन केवल औपचारिक राजनीतिक भ्रमण मात्र होइन, जनतासँगको गहिरो भावनात्मक सम्बन्धको पुनः पुष्टि पनि बनेको छ । दशकौँदेखि परिवर्तनको यात्रामा साथ दिँदै आएका रुकुमेली जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनासम्मको साझा संघर्ष स्मरण गर्नुभयो । स्थानीय बासिन्दाले चिसो मौसमको प्रवाह नगरी प्रचण्डलाई भव्य स्वागत गरेका छन् । ‘हिउँ आए पनि प्रचण्डसँगै’ भन्ने नाराले रुकुम पूर्वको राजनीतिक चेतना र प्रतिबद्धता झल्काएको छ । जनताको विश्वास र समर्थन अझै मजबुत रहेको सन्देश यस भ्रमणले दिएको छ । प्रचण्डले विकास, सामाजिक न्याय र समावेशी राज्य निर्माणका अधुरा कार्य पूरा गर्न आफू पुनः जनताकै बीच आएको बताउनुभयो । “राजनीति सत्ता होइन, जनताको जीवन परिवर्तन हो,” भन्दै उहाँले रुकुम पूर्वको विकासलाई राष्ट्रिय एजेन्डासँग जोडेर अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । हिउँले सेताम्मे बनेको रुकुम पूर्वमा प्रचण्डको उपस्थितिले राजनीतिक तापक्रम भने बढाएको छ । कठिन भौगोलिक अवस्थामै पनि जनतासँगै उभिने नेतृत्वको छवि यस यात्राले थप मजबुत बनाएको स्थानीयको भनाइ छ ।

साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उहाँले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताउनुभयो। उहाँले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताउनुभयो। “२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,” उहाँले भन्नुभयो। यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उहाँको भनाइ थियो। संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताउनुभयो। “२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,” उहाँले भन्नुभयो। उहाँले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताउनुभयो। “नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ,” उहाँले भन्नुभयो। युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गर्नुभयो। “साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने चिन्ता हामीमा छ,” उहाँले भन्नुभयो। निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उहाँले जनतालाई एकजुट भएर देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न सक्रिय हुन आग्रह गर्नुभयो। सो अवसरमा बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई जोड्न आफूले विभिन्न योजना बनाउँदै गरेको उल्लेख गर्नुभयो। उहाँले बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवा नेतालाई टिकट दिँदा आफूलाई गर्व महसुस भएको बताउँदै निर्वाचनमा मत दिएर जिताएर पठाए पार्टीले बागलुङ–२ का जनताको हितमा उहाँलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो। उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पफ्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेललगायत नेताहरूले पनि सम्बोधन गर्नुभयो। उहाँहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो।

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार र पार्टी

म्याग्दी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार र पार्टीलाई भोट दिने युवा मतदाता बताउने गरेका छन् । सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माको भनाइ छ । उनी भन्छन्, “चुनावको मौसममा उम्मेदवार र मतदाता दुवैका विचारहरू आइरहेका छन् । विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा हामीलाई लोभ्याउँदै आएको अवस्थामा यस पटक त्यस्तो हुँदैन । देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ अनि पार्टी पनि राेज्छाैँ । त्यसका लागि हामीले सचेत भएर हेर्दा पार्टी नेपाली कम्युनिस्ट पार्टी देखिन्छ । चुनाव चिन्ह तारा छ । अन्य पार्टी भन्दा राम्राे छ ।” बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउँछन् । “हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यस पटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर हामी सचेत छौँ । अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई रोज्छौँ”, उनले भने । मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफ्नो सहयोग रहने बताए । उनले कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यस पटक सोचेर मात्र मत दिने योजना रहेको बताए । खत्रीले भने, “हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो । जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन । यस पटक निकै सचेत भएर मत दिनु पर्दा नेपाली कम्युनिस्ट पार्टीनै हाे ।” म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । हाल सबै उम्मेदवार जनताको घरदैलोमा गई आफ्ना योजना सुनाइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै आफ्नो मुख्य ‘एजेन्डा’ भएको र जनताको घरघर गएर समस्या पहिचान र गुनासो सुन्ने काम भइरहेको बताए । उनले भने, “विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचसहितको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौँ ।” नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिक सरोकार भएको बताए । “आश्वासन होइन, स्पष्ट योजना र समय सीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार जनतालाई बुझाउने काम भइरहेको छ”, उनले भने । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहेका छन् । 

विचार र मुद्दाका आधारमा जनतासामु गएका छाैँ, परिणाम हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ: प्रचण्ड

म्याग्दी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने स्पष्ट पार्नु भएको छ ।  बुधबार नेकपा म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नै सामर्थ्यका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएर पहिलो शक्ति बन्ने लक्ष्य रहेको बताउनु भयो । संयोजक प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग चुनावका विषयमा सामान्य छलफल हुने गरे पनि तालमेलका प्रस्तावलाई चासो नदिएको बताउनु भयो । तालमेलबिनै सबैभन्दा धेरै सिट जित्ने दाबी गर्दै उहाँले विचार र राजनीतिक मुद्दाका आधारमा पार्टी चुनावमा होमिएकाले देशभर जनमत आफ्नो पक्षमा बन्दै गएको बताउनु भयो । “देशभर नेकपाको पक्षमा सकारात्मक माहोल छ,” उहाँले भन्नु भयो, “हामी विचार र मुद्दाका आधारमा जनतासामु गएकाले परिणाम हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ ।” संयोजक प्रचण्डले नाम, झण्डा वा चुनाव चिह्नका आधारमा होइन, राजनीतिक मुद्दा र मूल्यका आधारमा मात्रै नेपाली कम्युनिस्ट पार्टी नयाँ शक्ति भएको बताउनु भयो । “सामाजिक सञ्जालमा आफूलाई नयाँ भनेर भ्रम छर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नु भयो, “गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक जस्ता ऐतिहासिक मुद्दा बोक्ने शक्ति मात्रै साँचो अर्थमा नयाँ हुन्छ ।” जेन–जी आन्दोलनपछि संघीयता र गणतन्त्रको रक्षाका लागि आफ्नो नेतृत्वमा देशलाई राजनीतिक दुर्घटनाबाट जोगाइएको दाबी गर्दै प्रचण्डले भ्रष्टाचारको पक्षधर शक्तिसँग गठबन्धन नगर्ने अडानकै कारण युवा पुस्ताबाट समेत उत्साहजनक साथ पाइरहेको बताउनु भयो । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कुनै पनि अवस्थामा नसर्ने र एकैपटक देशभर सम्पन्न हुने स्पष्ट पार्दै संयोजक प्रचण्डले पार्टीका कार्यकर्तालाई घर–घरमा पुगेर प्रतिबद्धतापत्र तथा सरकारको नेतृत्वमा रहँदा गरिएका कामहरू मतदातासमक्ष स्पष्ट रूपमा राख्न निर्देशन दिनु भयो । कार्यक्रममा संयोजक प्रचण्डले पश्चिम म्याग्दी हुँदै रुकुम जोड्ने बेनी–दरबाङ–जलजला सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्ने, सिंगा तातोपानी, पौलस्य पुलह आश्रम क्षेत्रलगायत जिल्लाका आवश्यक विकास योजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहाँले प्रतिनिधिसभा सदस्यमा अर्जुन थापालाई विजयी बनाउन मतदातासँग अपिल गर्नु भयो । आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले हुने बताउँदै प्रचण्डले केही हप्ता संगठित रूपमा मेहनत गरे देशकै पहिलो शक्ति बनेर सरकारको नेतृत्व गर्ने अवस्थामा पार्टी पुग्ने विश्वास व्यक्त गर्नु भयो । निर्वाचनमा नेकपालाई कमजोर बनाउन डिजिटल प्रविधिको दुरुपयोग गरी मिथ्या सूचना फैलाइँदै गएको उल्लेख गर्दै संयोजक प्रचण्डले नेता तथा कार्यकर्तालाई त्यसको खण्डन गर्दै सत्य र तथ्यमा आधारित सूचनालाई मात्रै विश्वास गर्न आग्रह गर्नु भयो ।  

देशभर निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा तीव्र रूपमा बन्दै गएको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विपक्षी राजनीतिक दलहरू, बुद्धिजीवी र सञ्चारकर्मीहरूले समेत अहिले नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो बन्दै गएको स्वीकार गर्न थालेको बताउनुभयो । “यो मेरो मात्र भनाइ होइन,” प्रचण्डले भन्नुभयो, “हाम्रा विपक्षी दलका नेता, बुद्धिजीवी र पत्रकारहरूले पनि आजभोलि नेपाली कम्युनिस्ट पार्टी सोचेभन्दा मजबुत अवस्थामा पुगेको छ भन्ने कुरा सार्वजनिक रूपमा भन्न थालेका छन् । पहिला हामीलाई हेपेर नेकपाले केही ल्याउन सक्दैन भन्नेहरू पनि अहिले नेकपा प्रतिस्पर्धामा गइसकेको छ भन्न थालेका छन् ।” उहाँले पछिल्लो समय राजनीतिक वृत्तमा चार प्रमुख दलबीच कडा प्रतिस्पर्धा हुने चर्चा व्यापक रूपमा चलेको उल्लेख गर्दै त्यस प्रतिस्पर्धामा नेकपा अग्रपंक्तिमा उभिन थालेको बताउनुभयो । संयोजक प्रचण्डले प्रत्यक्षतर्फको निर्वाचनमा नेकपाले उल्लेख्य नतिजा हासिल गर्ने आधारहरू स्पष्ट देखिन थालेको बताउँदै पार्टीका नेता–कार्यकर्तालाई अझ सशक्त, अनुशासित र योजनाबद्ध रूपमा प्रचार अभियानमा जुट्न निर्देशन दिनुभयो । नयाँ भनिएका केही राजनीतिक दलहरूले सीमित नयाँ क्षेत्रहरूमा मात्र निर्वाचनको प्रभाव देखाए पनि परम्परागत राजनीतिक आधार भएका क्षेत्रमा त्यो प्रभाव कायम गर्न नसकेको उहाँको भनाइ थियो ।  “अब आउने १०–१५ दिनपछि नेपाली कम्युनिस्ट पार्टी नै अग्रस्थानमा पुगिसक्यो भन्ने वातावरण देशभर बन्नेछ,” प्रचण्डले भन्नुभयो, “हामी सबैले एकताबद्ध भएर इमान्दारीपूर्वक मेहनत गर्‍यौँ भने त्यो अवस्था अवश्य सम्भव छ । अहिले नै त्यो माहोल बन्दैछ ।” उहाँले जनताका वास्तविक मुद्दा, परिवर्तनका एजेन्डा र राष्ट्रिय स्वाधीनताको सवालमा नेकपा नै भरोसायोग्य शक्ति भएको दाबी गर्दै जनताको समर्थन दिनदिनै विस्तार हुँदै गएको बताउनुभयो ।

सिन्धुपाल्चोकका प्रभावशाली एमालेका दर्जनौँ नेता–कार्यकर्ता नेकपामा प्रवेश

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रभावशाली नेकपा एमालेका दर्जनौँ नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा जुगल गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्षका प्रत्यासी बनेका क. जयबहादुर लामा, २०७४ सालमा जुगल गाउँपालिका–३ बाट निर्वाचित वडा अध्यक्ष सानुकान्छा तामाङ, पूर्व कार्यपालिका सदस्य उमेश कार्की डोलीलगायत दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । एमालेबाट जिल्लाकाे राजनीतिमा सक्रिय रहँदै आएका कान्छा नेपाली आर्यन, छेवाङ लामा, जोनसेना लामा लगायतका नेता–कार्यकर्ताले समेत औपचारिक रूपमा नेकपाको सदस्यता ग्रहण गरेका हुन् । उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रममा संयोजक प्रचण्डले परिवर्तन, सुशासन र समाजवादको यात्रामा नयाँ शक्तिहरूको सहभागिताले पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशी नेता–कार्यकर्ताहरूले नेकपाको राजनीतिक दृष्टिकोण, जनमुखी एजेन्डा र परिवर्तनको नेतृत्वप्रति आकर्षित भएर पार्टी प्रवेश गरेको बताएका छन् । उनीहरूले अब पार्टीको नीति तथा कार्यक्रमअनुसार जनताको पक्षमा संगठित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्ता छन् नेकपाकाे प्रतिबद्धताका केही महत्पूर्ण याेजनाहरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षलाई देशको आर्थिक रूपान्तरण, सामाजिक न्यायको सुनिश्चितता र सुशासन स्थापनाको निर्णायक चरणका रूपमा अघि बढाउने स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेको छ।  पार्टीले प्रस्तुत गरेको प्रतिबद्धता पत्रले उच्च आर्थिक वृद्धिदर, गरिबी उन्मूलन, रोजगारी सिर्जना, कृषि आत्मनिर्भरता, हरित ऊर्जा, सामाजिक सुरक्षा, महिला–दलित–विपन्नको सशक्तीकरण तथा संघीयताको पूर्ण कार्यान्वयनलाई केन्द्रमा राखेको छ। पार्टीका अनुसार आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गरिनेछ। बहुआयामिक गरिबीको दर हालको २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। रोजगारी सिर्जनालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रतिवर्ष १ लाख ५० हजार नयाँ रोजगारी थपिने, पाँच वर्षमा कम्तीमा ५ लाख नियमित रोजगारी सुनिश्चित गरिने र विदेशबाट फर्किएका कम्तीमा १ लाख नागरिकलाई उद्यमी बनाइने घोषणा गरिएको छ। साथै आत्मनिर्भर रोजगारी विस्तारका लागि पनि वार्षिक १ लाख ५० हजारको लक्ष्य तय गरिएको छ। कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा अघि सार्दै पार्टीले दुई वर्षभित्र धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु र माछामा पूर्ण आत्मनिर्भरता हासिल गर्ने जनाएको छ। आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरी सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गरिनेछ। एकीकृत कृषि ऐन र किसान अधिकार ऐन लागू गरिने, राष्ट्रिय कृषि विपद् कोष स्थापना गरिने र नियमित कृषि जनगणनामार्फत डिजिटल किसान डाटाबेस निर्माण गरिने प्रतिबद्धता पनि गरिएको छ। ऊर्जा क्षेत्रतर्फ पाँच वर्षभित्र १० हजार मेगावाट थप विद्युत् उत्पादन गर्दै राष्ट्रिय ग्रिडको क्षमता १५ हजार मेगावाट पुर्‍याइने लक्ष्य राखिएको छ। दीर्घकालीन रूपमा सन् २१०० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ। नेपाललाई शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने, नवीकरणीय ऊर्जाको मिश्रण बढाउने तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने नीति पनि अघि सारिएको छ। आवास, खानेपानी र शहरी विकासका क्षेत्रमा पाँच वर्षभित्र ५ लाख नयाँ आवास इकाई निर्माण गर्ने, हरेक नेपालीको घरमा सफा पिउने पानी पुर्‍याउने तथा २० वटा शहरलाई स्मार्ट सिटी र १०० वटा ग्रामीण बस्तीलाई स्मार्ट भिलेजका रूपमा विकास गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। ‘एक परिवार एक आवास’ अवधारणा कार्यान्वयनमा ल्याइनेछ भने ज्येष्ठ नागरिकमैत्री आवास प्रदेशस्तरमा निर्माण गरिनेछ। सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि एक वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरी हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिनेछ। शक्तिशाली र स्वतन्त्र लोकपाल गठन गर्ने, संघीय निजामती सेवा ऐन पहिलो अधिवेशनबाट पारित गर्ने तथा प्रशासन संरचना पुनरावलोकन आयोग गठन गर्ने प्रतिबद्धता पनि गरिएको छ। खैरो सूची (ग्रेलिस्ट) बाट देशलाई निकाल्न समयबद्ध कार्ययोजना लागू गरिने पार्टीको भनाइ छ। महिला सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा तलबी महिलालाई दुई सन्तानसम्म ६ महिनाको सुत्केरी बिदा, महिला विशेष रोगको निःशुल्क उपचार, हरेक पालिकामा फास्ट ट्र्याक महिला न्याय युनिट र हिंसापीडित महिलाका लागि आवासीय मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिनेछ। महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट, एकल महिलाको भत्तामा समयानुसार वृद्धि तथा हरेक पालिकामा महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ। सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्धता गराइने, बेरोजगारी बीमा लागू गरिने र सार्वभौमिक स्वास्थ्य कभरेज चरणबद्ध रूपमा कार्यान्वयन गरिने लक्ष्य राखिएको छ। मौलिक हक कार्यान्वयनका लागि संघीय बजेटको ६० प्रतिशत प्रदेश र स्थानीय तहमा परिचालन गरिनेछ। मुक्त कमैया–कमलरीको पुनर्स्थापना दुई वर्षभित्र सम्पन्न गर्ने तथा आगामी दशकलाई ‘दलित अधिकार दशक’ घोषणा गर्ने योजना पनि सार्वजनिक गरिएको छ। संघीयता कार्यान्वयनका लागि नयाँ प्रतिनिधिसभा गठन भएको एक वर्षभित्र सबै आवश्यक कानुन तर्जुमा गरिने, संघीय प्रहरी समायोजन पूर्ण रूपमा लागू गरिने र शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गरी संक्रमणकालको अन्त्य गरिनेछ। सत्य निरूपण, मेलमिलाप तथा बेपत्ता छानबिन आयोगलाई प्रभावकारी बनाइने पार्टीको प्रतिबद्धता छ। जलवायु परिवर्तन र प्रविधि क्षेत्रमा सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य हासिल गर्ने, हरित जलवायु कोष तथा नोक्सानी क्षतिपूर्ति कोषको अधिकतम उपयोग गर्ने र एआई तथा डिजिटल प्रविधिमा आधारित विपद् पूर्वसूचना प्रणाली विकास गर्ने कार्यक्रम अघि सारिएको छ। ई–शासन ब्लूप्रिन्ट कार्यान्वयन, कागजरहित–नगदरहित प्रशासन, टाइम कार्ड प्रणालीमार्फत सेवा समय ग्यारेन्टी तथा कार्यसम्पादन सम्झौतामा आधारित मूल्यांकन प्रणाली लागू गरिनेछ। नेपाली कम्युनिष्ट पार्टीले यी सबै कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्दै समृद्ध, न्यायपूर्ण, आत्मनिर्भर र हरित नेपाल निर्माणको दिशामा दृढतापूर्वक अघि बढ्ने स्पष्ट सन्देश दिएको छ। प्रमुख प्रतिबद्धता, योजना तथा कार्यक्रमहरू १. आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गरिनेछ। २. बहुआयामिक गरिबीको दर हालको २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिनेछ (५ वर्षभित्र)। ३. प्रतिवर्ष कम्तीमा १ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गरिनेछ। ४. ५ वर्षभित्र कम्तीमा ५ लाख नियमित रोजगारी सुनिश्चित गरिनेछ। ५. विदेशबाट फर्किएका कम्तीमा १ लाख व्यक्तिलाई ५ वर्षभित्र उद्यमी बनाइनेछ। ६. प्रतिवर्ष १ लाख ५० हजार आत्मनिर्भर रोजगारी सिर्जना गर्ने लक्ष्य लिइनेछ। ७. बेरोजगारी बीमा व्यवस्था लागू गरिनेछ। ८. २ वर्षभित्र धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु र माछामा पूर्ण आत्मनिर्भरता हासिल गरिनेछ। ९. आगामी दशकलाई “कृषि लगानी दशक” घोषणा गरी कार्यान्वयन गरिनेछ। १०. सबै किसानलाई १ वर्षभित्र किसान परिचयपत्र वितरण गरिनेछ। ११. एकीकृत कृषि ऐन तथा किसान अधिकार ऐन १ वर्षभित्र तर्जुमा गरी लागू गरिनेछ। १२. राष्ट्रिय कृषि विपद् कोष स्थापना गरिनेछ। १३. नियमित कृषि जनगणना गरी डिजिटल किसान डाटाबेस निर्माण गरिनेछ। १४. हरेक स्थानीय तहमा एकीकृत कृषि सेवा केन्द्र स्थापना गरिनेछ। १५. “एक सामुदायिक वन, एक उद्यम” कार्यक्रम लागू गरिनेछ। १६. हिमाल समृद्धि कार्यक्रम सञ्चालन गरिनेछ। १७. ५ वर्षभित्र थप १०,००० मेगावाट विद्युत् उत्पादन गरिनेछ। १८. ५ वर्षभित्र राष्ट्रिय ग्रिडको क्षमता १५,००० मेगावाट पुर्‍याइनेछ। १९. दीर्घकालीन लक्ष्यअनुसार सन् २१०० सम्म ४०,००० मेगावाट विद्युत् उत्पादन गरिनेछ। २०. नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने राष्ट्र घोषणा गरिनेछ। २१. नवीकरणीय ऊर्जाको मिश्रण उल्लेखनीय रूपमा वृद्धि गरिनेछ। २२. ५ वर्षभित्र ५ लाख नयाँ आवास इकाइ निर्माण गरिनेछ। २३. “एक परिवार, एक आवास” अवधारणा कार्यान्वयन गरिनेछ। २४. ५ वर्षभित्र हरेक नेपालीको घरमा सुरक्षित खानेपानी उपलब्ध गराइनेछ। २५. ५ वर्षभित्र २० वटा शहरलाई स्मार्ट सिटी बनाइनेछ। २६. ५ वर्षभित्र १०० वटा ग्रामीण बस्तीलाई स्मार्ट भिलेजमा विकास गरिनेछ। २७. ई–शासन ब्लूप्रिन्ट कार्यान्वयन गरिनेछ। २८. अनुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास गरिनेछ। २९. टाइम कार्ड प्रणालीमार्फत सेवा समयको ग्यारेन्टी गरिनेछ। ३०. कार्यसम्पादन सम्झौतामा आधारित कर्मचारी मूल्यांकन प्रणाली लागू गरिनेछ। ३१. राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण गरी साइबर कमाण्ड सेन्टर स्थापना गरिनेछ। ३२. १ वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरिनेछ। ३३. हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरिनेछ। ३४. शक्तिशाली तथा स्वतन्त्र लोकपाल गठन गरिनेछ। ३५. खैरो सूची (ग्रे–लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न समयबद्ध कार्ययोजना लागू गरिनेछ। ३६. ५ वर्षभित्र सरकारी सेवामा ३० प्रतिशत नयाँ तथा सक्षम जनशक्ति प्रवेश गराइनेछ। ३७. संघीय निजामती सेवा ऐन पहिलो अधिवेशनबाट पारित गरिनेछ। ३८. उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग गठन गरिनेछ। ३९. तलबी महिलालाई दुई सन्तानसम्म ६ महिनाको सुत्केरी बिदा प्रदान गरिनेछ। ४०. स्तन क्यान्सर, पाठेघर खस्ने, फिस्टुला, पिसाब चुहिने लगायत महिला विशेष रोगको निःशुल्क उपचार गरिनेछ। ४१. हरेक पालिकामा फास्ट ट्र्याक महिला न्याय इकाइ स्थापना गरिनेछ। ४२. हिंसापीडित महिलाका लागि प्रत्येक पालिकामा आवासीय मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिनेछ। ४३. महिला उद्यमीलाई व्यावसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट प्रदान गरिनेछ। ४४. एकल महिलाको भत्ता समयानुकूल वृद्धि गरिनेछ। ४५. शिशु स्याहार केन्द्र हरेक स्थानीय तहमा विस्तार गरिनेछ। ४६. ज्येष्ठ नागरिकमैत्री आवास प्रदेशस्तरमा निर्माण गरिनेछ। ४७. सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आवद्ध गरिनेछ। ४८. सार्वभौमिक स्वास्थ्य कभरेज चरणबद्ध रूपमा लागू गरिनेछ। ४९. मौलिक हक कार्यान्वयनका लागि संघीय बजेटको ६० प्रतिशत प्रदेश तथा स्थानीय तहमा परिचालन गरिनेछ। ५०. मुक्त कमैया तथा कमलरीको पुनर्स्थापना २ वर्षभित्र सम्पन्न गरिनेछ। ५१. आगामी दशकलाई “दलित अधिकार दशक” घोषणा गरिनेछ। ५२. एकीकृत दलित विकास प्राधिकरण गठन गरिनेछ। ५३. थारु, मधेसी, मुस्लिम तथा आदिवासी जनजाति आयोगलाई स्रोत–साधन सम्पन्न र प्रभावकारी बनाइनेछ। ५४. मधेस क्षेत्रका लागि विशेष आर्थिक प्याकेज लागू गरिनेछ। ५५. नयाँ प्रतिनिधिसभा गठन भएको १ वर्षभित्र संघीयता कार्यान्वयनका सबै आवश्यक कानुन तर्जुमा गरिनेछ। ५६. संघीय प्रहरी समायोजन १ वर्षभित्र पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। ५७. शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरी सङ्क्रमणकालीन अवस्थाको अन्त्य गरिनेछ। ५८. सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई प्रभावकारी बनाइनेछ। ५९. सन् २०४५ सम्म नेट–जिरो उत्सर्जनको लक्ष्य हासिल गरिनेछ। ६०. हरित जलवायु कोष तथा नोक्सानी क्षतिपूर्ति कोषको अधिकतम उपयोग गरिनेछ। ६१. हरित अर्थतन्त्र प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। ६२. कार्बन व्यापारसम्बन्धी नीति निर्माण गरिनेछ। ६३. एआई तथा डिजिटल प्रविधिमा आधारित विपद् पूर्वसूचना प्रणाली विकास गरिनेछ।