प्युठानमा नेकपाकाे जनलहर: उम्मेदवार कृष्णध्वज खड्का लोकप्रियता शिखरमा

प्युठान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रति प्युठान जिल्लामा जनताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो समय नेकपामा प्रवेश गर्ने नयाँ नेता–कार्यकर्ताहरूको संख्या उल्लेख्य रूपमा बढेको छ भने जिल्लाका विभिन्न स्थानहरूमा पार्टीको प्रभाव थप मजबुत बन्दै गएको देखिन्छ।

null

प्युठान नगरपालिका–५ का जुम्रीकाडा र पातलकटेरी क्षेत्रबाट करिब एक दर्जन भन्दा बढी नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका थिए । जुम्रीकाडाबाट नेकपा एमालेका बेतुप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपाने र बिनाराम सुनार साथै नेपाली कांग्रेसका लाले बैजालीले पार्टीमा आबद्ध भएका छन् । पातलकटेरीबाट नेकपा एमालेका प्रेम खड्का क्षेत्री, वोनी खड्का क्षेत्री र पार्वती घर्ती क्षेत्रीले पनि पार्टीमा प्रवेश गरी जनलहरलाई थप गति दिएका छन्।

पार्टीले नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई स्वागत गर्दै फूलमाला र अबिर लगाएर सम्मान गरेको थियो। यस अवसरमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णध्वज खड्काले उनीहरूको स्वागत गर्दै अबको निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर काम गर्न आग्रह गरे । उनका अनुसार, “जनताको समर्थन नै हाम्रो शक्ति हो, र हामी जनताको आवाजलाई संसद्मा पुर्‍याउने प्रतिबद्ध छौं।”

null

जुम्रीकाडा र पातलकटेरी क्षेत्रमा नेकपामा प्रवेश गर्नेहरूको उत्साहले स्पष्ट देखाउँछ कि जनता नयाँ नेतृत्व र ठोस नीतिप्रति आकर्षित भएका छन्। यससँगै उम्मेदवार खड्काको लोकप्रियता पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। प्युठान नगरपालिका–१० स्यालापाखा तथा जैशिधारा क्षेत्रका मतदाताहरूले उनलाई विशेष माया र विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तारामा मतदान गरी विजयी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

विशेषगरी, स्थानीय तहदेखि केन्द्रसम्म नेकपाको सशक्त उपस्थिति र जनसहभागिताले पार्टीमा ‘जनलहर’को स्वरूपलाई अझ बलियो बनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, जनताको निरन्तर आकर्षण र पार्टीमा प्रवेश गर्ने नयाँ नेता–कार्यकर्ताहरूको संख्या बढ्दै जानु भनेको नेकपाको स्थानीय प्रभाव र भविष्यको चुनावी रणनीतिको स्पष्ट संकेत हो।

null

सामान्य जनताको आँखामा उम्मेदवार खड्का अब ‘जनताको नेता’को रूपमा स्थापित हुन लाग्नुले प्युठान जिल्लामा आगामी निर्वाचनमा नेकपाको विजय सुनिश्चित हुने देखिन्छ। पार्टीले आफ्ना कार्यक्रम र जनसहभागितामार्फत स्थानीय तहमा जनतासँग निरन्तर संवाद कायम राख्ने रणनीति अगाडि बढाएको छ।
 

देश जलाउने कि देश बनाउनेलाई मत ? निर्णय जनताकै हातमा:प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको भविष्य निर्माण गर्ने कि विगतका गलत प्रवृत्तिलाई निरन्तरता दिने भन्ने ऐतिहासिक निर्णय अब जनताकै हातमा रहेको बताउनुभएको छ।  बुधबार रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले फागुन २१ गते हुने निर्वाचनलाई “देशको दिशा तय गर्ने निर्णायक घडी”को संज्ञा दिनुभयो। उहाँले भन्नुभयो, “देश जलाउने प्रवृत्ति बोकेकाहरूलाई मत दिने कि देश निर्माण, समृद्धि र जनताको उज्ज्वल भविष्यका लागि समर्पित शक्तिलाई जिताउने भन्ने कुरा अब जनताले तय गर्नुहुन्छ। लोकतन्त्रमा अन्तिम शक्ति जनतामै निहित हुन्छ।” तीन धारको चुनावी प्रतिस्पर्धा सम्बोधनका क्रममा प्रचण्डले अहिलेको चुनावी मैदानमा तीन प्रकारका धार देखा परेको उल्लेख गर्नुभयो। उहाँका अनुसार पहिलो धार देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने प्रवृत्तिको प्रतिनिधित्व गर्ने शक्तिहरू हुन्, जो आफूलाई नयाँ शक्ति भन्दै प्रस्तुत भए पनि स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोध बिना अघि बढिरहेका छन्। दोस्रो धारका रूपमा उहाँले विगतमा जनताले अधिकार खोज्दा दमन र गोलीको भाषा प्रयोग गरेको पुरानो सत्ताकेन्द्रित राजनीतिक प्रवृत्तिलाई चित्रण गर्नुभयो। “जनताको आवाज उठ्दा त्यसलाई सुन्नुको सट्टा दमन गर्ने सोच लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन,” उहाँले स्पष्ट गर्नुभयो। तेस्रो धार भने राष्ट्रिय एकता, स्थिरता र समृद्धिका लागि निरन्तर काम गर्दै आएको नेपाली कम्युनिस्ट पार्टी रहेको उहाँको दाबी थियो। “देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनताको अधिकारको रक्षा गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्नु नै हाम्रो स्पष्ट एजेन्डा हो,” उहाँले जोड दिनुभयो। जनतामाथि पूर्ण विश्वास प्रचण्डले न्यायप्रेमी, सचेत र परिवर्तनकामी जनताले विवेकपूर्ण निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। “जनता अब भ्रममा पर्नेवाला छैनन्। कसले देश र जनताको पक्षमा काम गर्‍यो र कसले अवरोध सिर्जना गर्‍यो भन्ने कुरा सबैले देखिसकेका छन्,” उहाँले भन्नुभयो। उहाँका अनुसार यदि निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो भने नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्नेमा कुनै शंका छैन। “हामीले जनताको विश्वास जित्ने गरी काम गरेका छौँ। जनताको सुख–दुःखमा साथ दिएका छौँ। त्यसैले जनताको मतबाट सम्मानित हुनेमा पूर्ण भरोसा छ,” उहाँले भन्नुभयो। विकास, सुशासन र स्थायित्वको एजेन्डा सभामा प्रचण्डले आगामी कार्यदिशाबारे पनि प्रकाश पार्नुभयो। स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यको पहुँच विस्तार, कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिने उहाँको प्रतिबद्धता थियो। “हामी केवल चुनाव जित्न होइन, देश बदल्न मैदानमा छौँ,” उहाँले दृढतापूर्वक भन्नुभयो। उहाँले रुकुमपूर्वसहित दुर्गम क्षेत्रको समग्र विकासका लागि विशेष योजना अघि सारिने उल्लेख गर्दै सडक, विद्युत्, खानेपानी र सञ्चार पूर्वाधारलाई तीव्र गतिमा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो। “समावेशी विकास बिना समृद्धि सम्भव छैन,” उहाँले थप्नुभयो। अन्त्यमा प्रचण्डले फागुन २१ लाई “देशको भविष्य कोर्ने दिन”का रूपमा स्मरण गर्न आग्रह गर्नुभयो। “यो केवल प्रतिनिधि छान्ने चुनाव होइन, यो देशको मार्ग चयन गर्ने अवसर हो। देश जलाउने प्रवृत्तिलाई अस्वीकार गर्दै विकास र समृद्धिको यात्रालाई बलियो बनाउने निर्णय अब जनताले गर्नुपर्छ,” उहाँले आह्वान गर्नुभयो। सभामा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उत्साहपूर्ण नारासहित सम्पन्न सभाले रुकुमपूर्वमा चुनावी माहोललाई थप तात्तिएको संकेत दिएको छ।

संबैधानिक रुपमै संसद मन्त्रि बन्न नपाउने, वर्तमान मन्त्रिपरिषद्को सङ्ख्या घटाउनुपर्ने पक्षमा नेकपा

काठमाडौं । देश विकासको एक प्रमुख कारणमा चरम अस्थिर सरकार र पटक पटक फेरिरहने मन्त्रिपरिषदलाई लिने नेपालको यथार्तलाई प्रतिविम्बित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा वर्तमान मन्त्रिपरिषद्को सङ्ख्या घटाउनुपर्ने प्रस्ताव गरेको छ ।  विगतमा ४७ सदस्यीयसम्म हुने गरेको मन्त्रिपरिषद् वा मन्त्रिहरुको संख्या हालको संविधान अनुसार २५ भन्दा माथि बनाउन पाईदैन । नेकपाले आफ्नो प्रतिवद्धतापत्रमा यो संख्या पनि घटाएर सानो अकारकारको मन्त्रिपरिषद् बनाइने उल्लेख गरेको छ ।  ‘‘निर्वाचित सांसदहरू विधायकी भूमिकामा रहने र हालको २५ बाट घटाएर विषयगत विज्ञहरू सम्मिलित सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गर्ने” प्रतिवद्धतापत्रमा भनिएको छ । संविधानसभाले नयाँ संविधान जारी गर्नुअघि मन्त्रिपरिषद अर्थात मन्त्रिहरुको संख्या नतोकेको कारण राजनीतिक दलहरुबीच भाग बण्डा हुँदा चार दर्जनसम्म मन्त्रिहरु हुने गरेको उदाहरण छ ।  यस्तो अवस्थ रोक्न पछिल्लो पटक संबैधानिक रुपमै मन्त्रिहरुको संख्या २५ जनाभन्दा बढि बनाउन नपाईने तथा मन्त्रिहरु प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्य हुनपर्ने व्यवस्था गरिएको छ । संविधानले प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य नभएका व्यक्ति मन्त्रि बने ६ महिनाभित्र उक्त दुई मध्ये एक सदनको सदस्य हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।  नेकपाले हालको शासकीय स्वरूपमा आमूल परिवर्तन गर्न नियन्त्रण र शक्ति सन्तुलन हुने गरी शासकीय स्वरूप परिमार्जन गर्नुपर्ने प्रस्ताव पनि गरेको छ । प्रतिवद्धतापत्रमा विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकोले यसले भ्रष्टाचारलाई बढावा दिएको उल्लेख गर्दै निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताएको छ ।  हालको निर्वाचन प्रणालीमा आर्थिक रुपमा विपन्न्न व्यक्तिले चुनावमा प्रतिष्पर्धा गर्न नसक्ने भएकोले निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाइने बताईएको छ ।

विगतमा गरिएका असिमित कामका कारण सहज जितको बाटोमा गिरिराजमणी पोखरेल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका महोत्तरी १ का उम्मेदवार गिरिराजमणी पोखरेलले विगतमा प्रतिनिधि सभा सदस्यको रुपमा खेलेको भूमिका र विकास निर्माणका काममा गरेको योगदानका कारण सहज जितको बाटोमा अघि बढेका छन् ।  चुनावी प्रचारप्रसार तथा घरदैलोमा देखिएको जनताको मायाले जितको सहज बाटोमा रहेको महोत्तरीस्थित पार्टीपंक्तिले बताउने गरेका छन् । स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथरा सुचना प्रविधि मन्त्रीको रुपमा पटक–पटक जिम्मेवारी पाएका पोखरेलले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका धेरै कामहरु गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरेका नीतिगत तथा कानुनी प्रयासहरुले उनलाई लोकप्रिय बन्न मद्दत गरेको त छ नै आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणको कामले पनि उनलाई मतदाताहरुको मन, मस्तिष्कमा राखेको छ । विगतका अधुरा योजनालाई पुरा गर्ने तथा नयाँ योजनाहरुका साथमा उनी मत माग्न व्यस्त देखिएका छन् । महोत्तरीको विकासका लागि अघि सारिएका छन् यस्ता योजना पोखरेलले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बर्दिबास मेडिकल कलेजको काम अगाडि बढाउन पहल गर्ने बताएका छन् । अव्यवस्थित बसोबासी तथा भूमीहिनका समस्याबारे संसदमा प्रभावकारी ढंगले आवाज उठाउने र कानुनी सहजीकरणको लागि भूमिका खेल्ने उनको अर्को प्राथमिकता रहेको छ । जनस्तरमा बलियो सम्बन्ध बनाउँदै आएका उनले जनता – सांसद कार्यक्रम मार्फत् क्षेत्र नम्बर १ का नागरिकका सवालमा नियमित छलफल गर्ने र महत्वपूर्ण मुद्दाहरूलाई राष्ट्रिय रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  रोकिएको वनपथ – खयरमारा बाटो पक्की बनाउने काम अगािड बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने उनको प्रतिवद्धता छ । जलवायु परिवर्तन तथा त्यसले पारेका असरलाई मध्येनजर गर्दै चुरे संरक्षणको मुद्दालाई राष्ट्रिय रुपमा अगाडि बढाउने घोषणा पनि पोखरेलले गरेका छन् । रातु सभ्यतालाई संरक्षण गर्ने, यस भेगमा भौतिक पूर्वाधार (बाटो, पुल लगायत) का क्षेत्रमा अधुरा रहेका कामलाई पूरा गर्न पहल गर्ने तथा पूरातात्विक सम्पदाहरूको वैज्ञानिक संरक्षण, अभिलेखीकरण र अन्तर्राष्ट्रिय पहिचान सुनिश्चित गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गर्ने उनको प्रतिवद्धता छ । पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा महत्वकांक्षी योजना पनि अघि सारेका छन् । महोत्तरी १ लाई दक्षिण एशियाकै प्रमुख पुरातात्विक अध्ययन केन्द्रका रुपमा स्थापित गर्न पहल गर्ने उनको योजना छ । त्यस्तै,  गौशाला बजारमा ढल व्यवस्थापन साथै बजार व्यवस्थापनको काम अगाडि बढाउन प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने उनको प्रतिवद्धता छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनजिविकाको सवालमा दह्रो र खरोगरी आवाज उठाउँदै आएका उनको साधारण र स्वच्छ जीवनशैली समेत उदाहरणीय रहेको छ । यस्तो छ महोत्तरीको विकासमा पोखरेलले गरेका योगदान : १. बर्दिबासमा कर कार्यालय तथा सेवा केन्द्र (बर्दिबास १)  २. विधि विज्ञान प्रयोगशाला (बर्दिबास– ३)  ३. किसाननगरमा मधेश प्रदेशस्तरीय प्रहरी तालिम केन्द्र   ४. विद्युत सवस्टेशन (बर्दिबास– २) – निर्माणाधीन    ५. चुरे हरित संरक्षण अभियान   ६. नाथम होटेल मेनेजमेन्ट कलेज (बर्दिबास– १४)  ७. निर्मल लामा बहुप्राविधिक शिक्षालय (बर्दिबास ११, खयरमारा)  ८. किसाननगरमा मधेश प्रदेशस्तरीय कृषि कलेज सञ्चालन ९. जनहित नन्दलाल मावीमा इन्जिनियरिङ अध्यापन  १०. देउराली माविमा फरेस्ट्री अध्यापन        ११. जनता मावि बर्दिबास मधेश प्रदेशको नमुना विद्यालय   १२. जनता मावि गौरीडाँडा प्राबिधिकसहित हाल देशको उत्कृष्ट १० विद्यालयमा पर्न सफल  १३. राष्ट्रिय आयुर्वेदिक अनुसन्धान अस्पताल (बर्दिबास– २)  १४. बर्दिबास मेडिकल कलेज (बर्दिबास – ४) ः निर्माणको क्रममा रहेको १५. बर्दिबास सरकारी अस्पताल १५ शैयाको (बर्दिबास– २) १६. जनताको तटबन्ध रातु नदिमा निर्माण भइ हजारौं बिघा जग्गा नदि कटानबाट जोगिएको  १७. बर्दिबास वडा न. ४–५ जोड्ने पुलको काम भइरहेको ।  १८. महोत्तरी क्षेत्र न.१ को प्रत्येक सामुदायिक विद्यालयमा संसदीय विकास कोषबाट नयाँ पक्की भवन निर्माण । १९. गौशालामा नेपालकै पहिलो रेल्वे ईन्जिनियरिङ्ग कलेज   २०. गौशालामा सिभिल इन्जिनियरिङ अध्यापन  २१. गौशालाको त्रिभुवन माबी नमूना विद्यालय घोषणा  २२. गौशाला– १२ मा आयुर्वेद कलेज सञ्चालन     २३. गौशाला– १२ कान्तिबजार मावी मा कृषि प्राविधिक अध्यापन   २४. गौशाला– १२ मा आयुर्वेद अस्पताल सम्बन्धन तथा अस्पताल भवन निर्माण (सञ्चालनको क्रममा रहेको)    २५. गौशाला सरकारी अस्पताल १५ शैयाको सम्बन्धन     २६. गौशालामा मालपोत तथा नापी कार्यालय सेवा  २७. गौशाला– १२ बिसहरास्थान नजिक वडा नम्बर ७ र १२ का लागि वृहत् क्षमताको खानेपानी बोरिङ तथा ट्यांकी निर्माणसहितको सम्बन्धन  २८. गौशाला– १२ परडियामा शिव मन्दिर निर्माण  २९. गौशाला– १२ गैरीटोलमा गुम्बाको भवन निर्माण  ३०. गौशालामा बगर खेती  ३१. गौशालामा कृषि उपज केन्द्र  ३२. पचाइन पोखरी पुनर्निर्माण  ३३. गौशाला– १२ परडियाको अव्यवस्थित बसोबास, छुट जग्गा तथा वन वुट्यान जग्गा सम्बन्धमा संसदमा आवाज  ३४. सिंचाइका लागि डिप बोरिङ निर्माण तथा सञ्चालन

धादिङ-१ मा राजेन्द्र प्रसाद पाण्डे: विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणका योजना

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका धादिङ क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे निर्वाचन क्षेत्र केन्द्रीत ६ एजेन्डा लिएर चुुनावी प्रतिस्पर्धा गरिरहेका छन् । गहकिलो राजनीतिक बिराशत र विगतमा जनप्रतिनिधिको रुपमा गरेका उल्लेखनीय कामहरुको फेहरिस्त बोकेर उनी मतदाताका माझमा मत मागिरहेका छन् । पटक–पटक निर्वाचित भएको यस क्षेत्रमा उनी पुनः जनताबाट अनुुमोदित हुने तयारीमा छन् । उनले धादिङ १ मा सडक, पुल र झोलुुङ्गे पुल, जलविद्युुत, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि क्षेत्र, रोजगारी सिर्जना र सीप विकासलाई बढी प्राथमिकतामा राखेर आफ्नो एजेन्डा तय गरेका छन् । पृथ्वी राजमार्गको समानान्तर राजमार्ग निर्माणमा जोड पाण्डेले संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिर जाने एक मात्र राष्ट्रिय राजमार्ग पृथ्वी राजमार्गले सवारीको चापलाई धान्न नसक्ने स्थिति भएकाले समानान्तर रुपमा राजमार्ग बनाउन बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । धादिङस्थित धुनिबेशी नगरपालिका वडा नं. ५ धार्के बजारबाट सुरु गरी मान्खुटार–गल्छी–कल्लेरीटार– केउरीनीटार–पिपलटार–परेवाटार–आरुवासटार–बेनिदोभान–गण्डकी प्रदेशको घ्याल्चोकटार मुग्लीङ देखि गैडाकोट सम्म समानान्तर राजमार्ग निर्माण गर्ने उनको योजना छ । उनले सुवागढी–गल्छी–मलेखु–महादेवस्थान–चितवनको भण्डारा ठोरी हुँदै भारत सम्म जोडिने त्रिदेशिय मार्ग सम्पन्न गर्न बजेट व्यवस्थापनको प्रयास गर्ने बताएका छन् । त्यस्तै, मलेखु धादिङबेसी हुँदै उत्तरी धादिङको रुविभ्याली गाउँपालिका देखि रसुवा जिल्लाको स्याफ्रुबेसी जोड्ने सडकलाई १२ महिनै चल्ने बनाउन बजेट व्यवस्थापनको पहल गर्ने उनले उल्लेख गरेका छन् । पक्की पुल र झोलुुङ्गे पुललाई पनि उत्तिकै प्राथमिकता उनले त्रिसुली नदि माथि विभिन्न स्थानमा पुल निर्माणका लागि ध्यान दिने प्रतिबद्धता गरेका छन् । गजुरी १ चालिसे र सिद्धलेक ६ माझिटारका विचमा पक्की पुल, बेनिघाट ३ र सिद्धलेक ३ विच मालीत्रामा पक्की पुल, बेनिघाट ९ र गण्डकी गाउँपालिका विच ज्यामीरेघाट देखि मझिमटार सम्मको उपयुक्त स्थानमा मोटर हिड्ने पक्की पुल निर्माण गर्ने याजना अघि सारेका छन् । अन्य विभिन्न स्थानमा पक्की पुल र झोलुुङ्गे पुल निर्माणको प्रस्ताव उनले गरेका छन् ।  धादिङमै विश्वविद्यालय स्थापनाको योजना उनले धादिङ र गोर्खा जिल्लाको विचमा रहेको बुढिगण्डकी जलविद्युत आयोजना सुरु गर्न दबाबमुलक भुमिका खेल्ने पनि बताएका छन् । वागमती प्रदेश सरकारको तर्फबाट धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. २ र ३ मा मनमोहन मेमोरियल विश्वविद्यालय स्थापनाको लागि प्रयत्न गर्ने उनको प्रतिबद्धता छ । मलेखुमा रहेको सामुदायिक अस्पताललाई १०० शैयाको अस्पताल बनाउने र त्यसलाई ट्रमा सेन्टरको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने उनको घोषणा छ । क्रिकेट मैदान, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल स्थापनासम्मको योजना पाण्डेले थाक्रे गाउँपालिका १ विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना गर्ने उनको योजना छ । उपयुक्त स्थानमा क्रिकेट मैदान बनाउने प्रतिबद्धता पनि उनले गरेका छन् । धुनिवेशी ५ पुरानो धार्के बजारमा निर्माण भएको फुटवल मैदानलाई राष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सिद्धलेक गाउँपालिका ७ वर्खेघाटमा बन्दै गरेको फुटबल मैदानलाई सम्पन्न गर्न बजेट व्यवस्था गराउने प्रयास गर्ने प्रतिबद्धता गरिएको छ । सरकारी खर्चमै युवाहरुलाई ३ महिने, ६ महिने, ९ महिने र १८ महिने सम्मका शिप विकास तालिमको व्यवस्था गरी रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याउने घोषणा पनि उनले गरेका छन् ।

रेनु दाहाललाई जिताउन चितवनका बुद्धिजीवीहरू एकजुट

चितवन । चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई विजय गराउन यहाँका बुद्धिजीवीहरू संगठित रूपमा चुनावी मैदानमा उत्रिएका छन्। बुधबार बिहान भरतपुरमा सम्पन्न बुद्धिजीवी भेलाले विकासप्रेमी नेतृ दाहालको पक्षमा एकजुट भएर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। भेलाले वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीको संयोजकत्वमा भरतपुरदेखि माडीसम्म समेटिने गरी सात वटा क्लस्टर गठन गरेको छ। प्रत्येक क्लस्टरमा संयोजक तोकेर आजैदेखि ‘रेनु जिताउ अभियान’लाई व्यवस्थित रूपमा अघि बढाइएको संयोजक डा. अधिकारीले जानकारी दिए। उनका अनुसार वडा नम्बर ६, ८ र ९ समेटिएको क्लस्टरको संयोजकत्व प्राध्यापक विनोदखण्ड तिमल्सिनालाई दिइएको छ भने वडा नम्बर १३, १४ र २२ मा समाजसेवी तथा युवा व्यवसायी राजु पौडेल जिम्मेवार तोकिएका छन्। त्यस्तै वडा नम्बर २१, २३, २४ र २५ को संयोजकमा होमनाथ भण्डारी रहेका छन्। वडा नम्बर १५ र १६ मा बाम बुद्धिजीवी बुद्धि ढुङ्गाना, वडा नम्बर १७, १८, १९ र २० मा नेपाल बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष नारायण रेग्मी तथा वडा नम्बर २६ देखि २८ सम्म व्यवसायी मित्रराज दवाडी र प्राध्यापक टीका देवकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ। भेलामा बोल्दै डा. अधिकारीले भरतपुरमा विकासको स्पष्ट मोडल प्रस्तुत गरेकी नेतृ दाहालले संघीय संसदमा पुगेर जनपक्षीय कानुन निर्माणमार्फत समग्र चितवनको दिगो विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरे। “चितवनको समृद्ध भविष्यका लागि सक्षम नेतृत्व आवश्यक छ, त्यसका लागि रेनु दाहाल नै उपयुक्त विकल्प हुन्,” उनले भने। नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य प्रमोद तिवारीले बुद्धिजीवीहरू सधैं विकास, सुशासन र जनताको पक्षमा उभिने बताउँदै रेनु दाहाललाई विजयी गराउन सक्रिय रूपमा अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। चितवनमा बुद्धिजीवीहरूको यस्तो संगठित सक्रियताले चुनावी माहोल थप तातेको छ भने रेनु दाहालको पक्षमा जनमत सुदृढ बन्दै गएको अभियानकर्ताहरूको दाबी छ।

ग्याल्पो ल्होसारको अवसरमा प्रचण्डद्वारा शुभकामना व्यक्त: शेर्पा समुदायको योगदान ऐतिहासिक र प्रेरणादायी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देश जारी गर्दै संघीयता, समावेशिता र पहिचानको सम्मानसहितको नयाँ नेपालको निर्माणमा शेर्पा समुदायको योगदान ऐतिहासिक तथा प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। हिमाली सभ्यता, संस्कृति र साहसको प्रतीकका रूपमा शेर्पा समुदायले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ। संयोजक प्रचण्डले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समान अधिकार, सामाजिक न्याय र राष्ट्रिय एकताको यात्रामा यस पर्वले थप ऊर्जा र दृढता प्रदान गर्ने अपेक्षा गर्नुभएको छ। “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपालको समुन्नत भविष्य निर्माणमा शेर्पा समुदायको भूमिका सधैं अग्रणी रहनेछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। ग्याल्पो ल्होसार शेर्पा समुदायको नयाँ वर्षका रूपमा विशेष उल्लास र सांस्कृतिक उत्साहका साथ मनाइँदै आएको पर्व हो। यस अवसरमा देश–विदेशमा रहेका शेर्पा समुदायले विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य, भेषभूषा तथा सामूहिक शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

रुकुमपूर्वकाे खोपिचार र खाराचोकमा प्रचण्डको भेटघाट, स्थानीयसँग प्रत्यक्ष संवाद

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूरवप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्ने गाउँपालिका–५ अन्तर्गत खोपिचार र खाराचोकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा संवाद गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संयोजकसमेत रहनुभएका प्रचण्डले घरदैलो कार्यक्रमका क्रममा स्थानीय परिवारसँग आत्मीय छलफल गर्दै जनताका समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सुन्नुभएको थियो। भेटघाटका क्रममा उहाँले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ। स्थानीय बासिन्दाले प्रचण्डलाई स्वागत गर्दै गाउँका प्राथमिक आवश्यकता, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन तथा कृषि आधुनिकीकरणका विषय उठाएका थिए। त्यसक्रममा प्रचण्डले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समृद्ध र आत्मनिर्भर गाउँ निर्माणका लागि सहकार्य गर्ने विश्वास दिलाउनुभयो। खोपिचार र खाराचोकमा आयोजित भेटघाट कार्यक्रममा पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयले विकास र स्थायित्वको अपेक्षासहित प्रचण्डको पहलप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।

यस्ता छन गोरखा-१ को विकास निर्माणमा नेकपा उम्मेदवार अधिकारीका याेजना

काठमाडौँ । गोरखा क्षेत्र नं. १ का उम्मेदवार हरिराज अधिकारी(कुुमार)ले विकास निर्माणको कामलाई मुख्य प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले गोरखाको भौतिक पूर्वाधार विकासलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा खटिएका हुन् । उनले राष्ट्रिय गौरवको बुढीगण्डकी बहुुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्न सशक्त रुपमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । साथै डुुबानको समस्या हल गर्दै पुनर्वासको व्यवस्थापन गर्न जोड दिने उनले बताएका छन् । बेनीघाट–सिउरेनिटार–आरुघाट–माछिखोला लार्के(रुइला नाका) सडक सम्पन्न गर्ने, सिउरेनीटारदेखि–बुुट्टार–करनटार–रामशाहघाटसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्ने, गोरखा बजारलाई व्यवस्थित गर्न बृहत गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने र गोरखा जिल्लालाई पर्यटन हबको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिने उनका प्रतिबद्धताहरु छन् । जोखिमपूर्ण बस्तीहरुलाई उपयुक्त स्थानमा सारिने त्यस्तै, गोरखाको उत्तरी क्षेत्रलाई अलग जिल्ला बनाउनुुपर्ने  जनताको माग र आवश्यकताप्रति प्रतिबद्ध हुँदै संवैधानिक व्यवस्था अनुरुप स्वायत्त वा विशेष क्षेत्र घोषणा गर्न सशक्त पहल गर्ने उनको भनाई छ । जिल्लाका सिमान्तकृत समुदायहरु चेपाङ, बराम, कुमाल, दराई, माझी, मुस्लिम, भोटे–लामा लगायतका जाति तथा समुदायको अधिकार सुनिश्चित गर्नका लागि संरक्षित क्षेत्र निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, जिल्लामा अवस्थित प्राकृतिक हिसाबले जोखिमपूर्ण बस्तीहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्न पहल गर्ने भनिएको छ । पर्यटकले अनुमतिपत्र लिनुुपर्ने, गोरखा दरबार क्षेत्र र मनकामना मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गर्ने अधिकारीले मनास्लु क्षेत्र आउने पर्यटकलाई गोरखा सदरमुकामबाट अनिवार्य अनुमतिपत्र लिने व्यवस्था गर्ने बताएका छन् । उनले गोरखा दरबार क्षेत्र र मनकामना मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने, जडिबुटीको सम्भाव्यता अध्ययनसहित जुडीबुुटी उत्पादन, संरक्षण र प्रशोधन उद्योग स्थापना गर्न पहल गर्ने र बुुढीगण्डकी करिडोरमा २२० केभि ट्रान्समिसन लाइन निर्माण गर्ने बताएका छन् । नेपाल–तिब्बत जोड्ने दुुईवटा नाकाहरु नियमित रुपमा सञ्चालन, प्रत्येक वडामा एक–एक वटा जेष्ठ नागरिक विश्राम स्थल निर्माण र राज्यका सबै निकाय र क्षेत्रमा नवयुुवालाई निश्चित प्रतिशत अनिवार्य सहभागिता गर्ने नीति बनाउन पहल गर्ने उनका प्रतिबद्धताहरु छन् ।

नेकपाकाे शिक्षा सुधार योजना: माध्यमिक तहसम्म निःशुल्क शिक्षा र 'पढ्दै कमाउने' अवसर

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिबद्धता पत्रमार्फत  शिक्षा क्षेत्रमा आमूल सुधारको योजना सार्वजनिक गरेको छ। पार्टीले शिक्षालाई समाजवादको आधारस्तम्भ मान्दै गुणस्तरीय, समावेशी र रोजगारमुखी शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीको प्रतिबद्धता–पत्र अनुसार, नयाँ प्रतिनिधि सभाको पहिलो अधिवेशनबाटै संघीय शिक्षा ऐन पारित गरिनेछ। यस ऐनले शिक्षा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विश्वविद्यालय सेवा आयोग, चिकित्सा शिक्षा आयोग र अन्य निकायहरूलाई एकीकृत गरी राष्ट्रिय उच्च शिक्षा आयोग गठन गर्ने व्यवस्था गर्नेछ। माध्यमिक तहसम्मको पाठ्यक्रम र जनशक्ति व्यवस्थापन संघीय सरकार मातहत रहने भए तापनि, विद्यालयको भौतिक पूर्वाधार, भवन निर्माण र सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिइनेछ। यसले स्थानीय स्तरमा शिक्षा पहुँच र गुणस्तर सुधार्ने कार्यलाई तीव्र बनाउनेछ। माध्यमिक तहसम्म निःशुल्क शिक्षा नेकपाले माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने प्रतिबद्धता जनाएको छ। विपन्न, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, भूमिहीन र सीमान्तकृत समुदायका विद्यार्थीका लागि कक्षा १२ सम्म विशेष छात्रवृत्ति, आवासीय सुविधा र अन्य सहयोग उपलब्ध गराइनेछ। यसले सबै विद्यार्थीलाई समान अवसर प्रदान गर्ने र शिक्षामा समावेशीकरण सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। 'स्मार्ट विद्यालय' र व्यावसायिक/प्राविधिक शिक्षा हरेक पालिकामा कम्तीमा एक नमूना आवासीय स्मार्ट विद्यालय सञ्चालन गरिनेछ। यी विद्यालयहरूले विद्यार्थीलाई व्यावसायिक तथा प्राविधिक शिक्षासहित ‘पढ्दै कमाउने’ अवसर प्रदान गर्नेछन्। डिजिटल साक्षरता र प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्न 'एक पालिका, एक स्मार्ट विद्यालय' अवधारणालाई प्राथमिकता दिइनेछ। यस योजनाले विद्यार्थीलाई सीपयुक्त, रोजगारमूलक र उद्यमशील बनाउने लक्ष्य राखेको छ। विशेषगरी ग्रामीण तथा पछाडि परेको क्षेत्रका युवालाई समान अवसर र डिजिटल पहुँच प्रदान गर्ने उद्देश्य राखिएको छ। सामुदायिक विद्यालय सुधार र शिक्षक व्यवस्थापन राष्ट्रिय सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत सरकारी शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने व्यवस्था लागू हुनेछ। यसले सामुदायिक विद्यालयमा विश्वास र गुणस्तर वृद्धिमा सहयोग पुर्याउनेछ। निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा अधिकतम सीमा (सिलिङ) निर्धारण गरिनेछ। यसले शिक्षा पहुँचलाई असमानता रहित बनाउन सहयोग पुर्याउनेछ। शिक्षक नियुक्ति पूर्ण रूपमा खुला र प्रतिस्पर्धात्मक प्रणालीबाट गरिनेछ। उत्कृष्ट कार्य गर्ने शिक्षकलाई पुरस्कृत गर्ने र शिक्षक अभाव भएका क्षेत्रमा स्वयंसेवी शिक्षक परिचालन गर्ने नीति लागू हुनेछ। उच्च शिक्षामा मेरिटोक्रेसी विश्वविद्यालयहरूलाई शैक्षिक र वित्तीय रूपमा स्वायत्त बनाइनेछ। पदाधिकारी र प्राध्यापकहरूको नियुक्ति राजनीतिक भागबण्डा नभई पूर्ण रूपमा मेरिट (योग्यता र कार्यसम्पादन) को आधारमा गरिनेछ। यसले उच्च शिक्षा प्रणालीमा पारदर्शिता, गुणस्तर र जवाफदेहितालाई सुनिश्चित गर्नेछ। सम्पूर्ण शिक्षा क्षेत्रमा समावेशी र रोजगारमुखी दृष्टिकोण पार्टीको योजना अनुसार, शिक्षा केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई समाज र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित हुनेछ। विपन्न र पछाडि परेको समुदायका विद्यार्थीलाई अवसर प्रदान गर्न, डिजिटल र प्राविधिक शिक्षालाई प्राथमिकता दिन र शिक्षक सेवा सुधार गर्न केन्द्रित नीति निर्माण गरिनेछ। नेकपाले शिक्षा प्रणालीलाई सर्वसुलभ, गुणस्तरीय र रोजगारमूलक बनाउने लक्ष्य राख्दै आगामी प्रतिनिधि सभाबाट यस सुधार कार्यलाई तिव्रता दिने प्रतिवद्धता जनाएको छ।

बालबालिका, महिला र जेष्ठ नागरिकका हक–अधिकार सुनिश्चित गर्न नेकपा प्रतिबद्ध

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बालबालिकाका, महिला र जेषठ नागरिकका हक–अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेकाे जनाएकाे छ । नेकपाकाे प्रतिबद्ध पत्र प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्तरमा महिलासहित सबै नागरिकको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न सरकारले व्यापक कार्यक्रम सार्वजनिक गरेको छ। सरकारको योजना अनुसार समान कामको लागि समान तलब नीति कडाइका साथ लागू गरिनेछ भने दलित, एकल, असहाय, अपाङ्गता भएका, लैङ्गिक/धार्मिक अल्पसंख्यक, आदिवासी, थारु, मधेसी र गरीब समुदायका महिलालाई राजनीतिक, सामाजिक र पेशागत रूपमा विशेष संरणमुखी नीतिहरू लागू गरिनेछन्। शिक्षा क्षेत्रमा विद्यालय नपढेका महिलाहरूका लागि आवश्यक तालिम र शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। बालबालिकाका लागि सुरक्षित शौचालय, पोषणयुक्त भोजन, शिशु स्वास्थ्य सेवा तथा बालबालिकाको समग्र विकास सुनिश्चित गरिनेछ। गम्भीर स्वास्थ्य समस्यामा महिला र बालबालिकालाई आपत्कालीन हवाई उद्धार र उपचार सुविधा पनि उपलब्ध गराइनेछ। गर्भवती महिलाका लागि पर्याप्त पोषण, स्वास्थ्य जाँच र शिशु पालन–पोषणमा सहुलियत दिइनेछ। विवाहिता/अविवाहित महिला तथा किशोर–किशोरीलाई परिवार नियोजन, सुरक्षीत गर्भपतन र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरिनेछ। मानसिक स्वास्थ्य, हिंसाग्रस्त वा संकटमा परेका महिलालाई पुनःस्थापना गृह, कानुनी/मनो–सामाजिक परामर्श, चिकित्सा र जीविकोपार्जनमा सहयोग प्रदान गरिनेछ। सरकारी पालिकामा “फ्याक्ट–चेक महिला सहायता युनिट” स्थापना गरी हिंसाका पीडित महिलालाई तत्काल सहायता र दोषीलाई कडा कारबाही गरिनेछ। बालविवाह, छाउपडी, यौन हिंसा, मानव बेचबिखन र सामाजिक भेदभाव विरुद्ध विशेष अभियान सञ्चालन गरिनेछ। कृषि, कुटीर उद्योग र साना उद्यममा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरी महिला किसानलाई २५% छुटसहित ऋण सुविधा उपलब्ध गराइनेछ। साथै, घरायसी कामको मूल्याङ्कन गरी राष्ट्रिय आयमा गणना गरिनेछ। बालबालिकाका हक र विकासमा विशेष ध्यान दिइनेछ। पीडित बालबालिकालाई सुरक्षा, शिक्षा, सीप विकास र रोजगारी अवसर प्रदान गरिनेछ। साइबर हिंसा, बालशोषण र अन्य अपराध विरुद्ध एकीकृत कानुनी प्रणाली लागू गरिनेछ। सेना, घाइते वा विपत्तिमा परेका परिवारका बालबालिकालाई शिक्षा, सुरक्षा, पोषण र समग्र विकासमा समावेश गरिनेछ। साथै नागरिकको अनुभव, मत र सीपको सदुपयोग गर्दै समयानुकूल योजना तयार पारिनेछ। स्वास्थ्य उपचारका लागि स्थानीय तहमा मेडिकल समूह गठन गरी घर–घरमा सेवा पुर्‍याइनेछ। सरकारको यस व्यापक कार्यक्रमले महिलासहित सबै नागरिकको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्दै सुशासन र रोजगार समाजवादको मार्गप्रशस्त गर्ने लक्ष्य राखेको छ।

"विकास प्रतिवद्धतामा: रुपन्देही २ का मतदाताको भरोसा विश्वदीपमा"

  लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने र सार्वजनिक विद्यालयहरुमा निःशुुल्क बसको व्यवस्था गरिने काठमाडौँ । रुपन्देही क्षेत्र नंं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे(शुुभाष)प्रतिको जनलहर बढ्दै गइरहेको छ । युवा पुुस्ता, राष्ट्रिय राजनीतिमा योगदान गरेको व्यक्तित्व तथा जिल्लाको विकास निर्माणको काममा विगतदेखि नै योगदान दिएको आधारले उनीप्रति रुपन्देही २ का मतदाता विश्वस्त र आशावादी देखिएका छन् । उनले स्थानीय स्तरमा गरेको प्रतिबद्धताहरुले पनि उनलाई अन्य उम्मेदवारभन्दा बलियो बनाएको छ । शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता, समावेशिता, सामाजिक परिचालन र भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर उनले आफ्नो प्रतिबद्धता गरिरहेका छन् ।  सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था गर्ने प्रतिबद्धता  पाण्डेले बुटवल बहुमुखी क्याम्पसको विज्ञान संस्थानमा स्नातकोत्तर तह, एम्. फिल्, एवम् पिएचडी सञ्चालन गर्दै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले दलीय भागबण्डाको अन्त्य गर्न पहल गर्ने, साथै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने बताएका छन् । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयलाई समय सापेक्ष विकास र व्यवस्थित गर्ने तथा बि.टी.आई. लाई इन्जिनियरिङ क्याम्पसको रूपमा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, बुटवलको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन, सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था, सडक बालबालिका, बेसहारा, अनाथ, अल्पसङ्ख्यक, सिमान्तकृत एवं अति विपन्न परिवारका बालबालिकाको विद्यालय शिक्षा सुनिश्चित गर्न पूर्ण आवासीय विद्यालय सञ्चालन गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने पाण्डेले लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अत्याधुनिक अस्पतालको रूपमा विकास गर्दै क्यान्सर उपचारको सेवा थप गर्ने बताइएको छ । साथै बिरामी कुरुवाहरूको आवास गृहको व्यवस्था गर्ने र विपन्नहरुलाई उपचारका लागि विशेष कोषको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । त्यस्तै, प्राकृतिक चिकित्सालयलाई स्तरोन्नति गर्ने, प्रत्येक वडामा चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिष्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने, जटिल स्वास्थ्य समस्या मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, दम, क्षयरोग, एच।आइ।भि। एड्स, महिलाहरूको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर तथा पुरुषहरूको प्रोस्टेट जस्ता जटिल तथा दीर्घकालीन प्रकृतिका रोगहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । बुटवलमा रहेको कृषि संकलन केन्द्रलाई आधुनिक र व्यवस्थित बनाइने पाण्डेले जानकारी दिएका छन् । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रुकुम, रोल्पा र स्याङ्जासम्मका ग्रामीण कृषि उपजको छुट्टै ुकृषि अर्गानिक स्टोर स्थापना गर्ने बताइएको छ । बुटवल बहुमुखी क्याम्पसले भोगचलन गरेको जग्गाको स्वामित्व क्याम्पसको नाममा गराउन पहल गर्ने तथा बुटवलको जवईमा राष्ट्रिय स्तरको उजिरसिंह रङ्गशाला निर्माण गर्ने, पहेंलीभित्ता खेलमैदानमा कवर्ड हल निर्माण गर्ने, देवीनगरको एन्फा टेक्निकल सेन्टरलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । धुलोमुक्त आधुनिक सडक सञ्जाल बनाइने पाण्डेले सबै ठाउँमा हिलो र धुलोमुक्त आधुनिक र सुरक्षित सडक सञ्जाल बनाउने प्रतिबद्धता गरेका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र स्वामित्व कायम हुने गरी लालपूर्जाको व्यवस्था मिलाउन पहल गर्ने, सुविधा सम्पन्न आधुनिक बसपार्क, स्मार्ट पार्किङ, स्वचालित भर्टिकल पार्किङ, सार्वजनिक र घुम्ती शौचालय स्थापना गर्ने लगायतका उनका योजना छन् । सुखौरा खोला, तिनाउ नदी, दानव नदी तथा रोहिणी नदी लगायतका यस क्षेत्रमा पर्ने अन्य नदीहरूको वैज्ञानिक व्यवस्थापन गर्ने, झुम्सा खानेपानी योजना तथा तिनाउ नदीको पानीको पूर्ण प्रशोधन गर्ने लगायतका विविध योजना उनले अघि सारेका छन् । पार्टी सत्ता र राज्यसत्ताको शीर्ष तहमा बसेर काम गरिसकेको अनुभव नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य रहेका पाण्डे तत्कालिन नेकपा(माओवादी)का नेता भक्तिप्रसाद पाण्डे(चाचा)का छोरा हुन् । उनी आफ्नो बुुबासँगै बाल्यकालमै दशवर्षे जनयुद्धमा होमिएका थिए । माओवादी र तत्कालीन सात दलबीचको ऐतिहासिक १२ बुँदे समझदारी र दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरूमा उनले माओवादी शीर्ष नेतृत्वसँगै रहेर प्रत्यक्ष राजनीतिक अनुभव सँगालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय काम गरेका विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय संचिव र सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) को पछिल्लो प्रधानमन्त्री कार्यकालमा युवा तथा सामाजिक विकास विज्ञको भूमिका समेत निभाएका थिए । पार्टी सत्ता र राज्यसत्ताको केन्द्रमा रहेर काम गरिसकेका पाण्डे प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा रुपन्देही २ ले बिकासको बिकासमा कायापलट हुने अपेक्षा गरिएको छ ।

ग्याल्पो ल्होसारले सुदृढ बनाओस् राष्ट्रिय एकता र आपसी सद्भाव: माधवकुमार नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा उहाँले हिमाली आदिवासी शेर्पा समुदायको महत्वपूर्ण पर्व ग्याल्पो ल्होसारले देशभरि आपसी सद्भाव, एकता र पारस्परिक सम्मान प्रवर्द्धन गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक देशको रूपमा चित्रण गर्दै विविध समुदायका भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन केवल राज्यको दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। माधवकुमार नेपालले शुभकामनामा ग्याल्पो ल्होसारले सबै नेपालीबीच बन्धुत्व, प्रेम, सहकार्य र सम्मानको भावना अझ प्रगाढ बनाउने र सामाजिक न्याय, समानता तथा समृद्धितर्फ अघि बढ्न प्रेरणा दिने आशा व्यक्त गर्नुभएको छ। उहाँले पुनः सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक न्यायदेखि समृद्धि: बसुन्धरा हुमागाईले लिए समाजवादी प्रतिबद्धता

काभ्रेपलाञ्चोक। काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई समाजवादी विचार, न्याय र समानतामूलक विकासको एजेण्डासहित चुनावी मैदानमा उत्रनुभएको छ। सरल स्वभाव र जनमुखी शैलीका कारण किसान तथा मजदुरमैत्री नेताका रूपमा परिचित हुमागाई अझै पनि सार्वजनिक बसमा यात्रा गर्ने, चोक–चौतारी र चिया पसलमा प्रत्यक्ष संवाद गर्ने नेताका रूपमा चिनिनुहुन्छ। वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनुभएका हुमागाईले २६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर नेतृत्व यात्राको सुरुवात गर्नुभएको थियो। सामाजिक न्याय र परिवर्तनमुखी सोचका साथ राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ केही समय शिक्षण पेशामा समेत संलग्न रहनुभएको थियो। २०७४ सालको प्रदेश निर्वाचनमा बागमती प्रदेश सभा सदस्य निर्वाचित भएपछि उहाँले प्रदेशस्तरका नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। पछि माधवकुमार नेपाल नेतृत्वको राजनीतिक धारमा आवद्ध हुँदै नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा १३ महिना कार्यसम्पादन गर्ने अवसर पाउनुभयो। मन्त्री कार्यकालमा उहाँले कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यविधि ८ बाट बढाएर १४ पुर्‍याउनुका साथै बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गर्नुभयो। कृषि ऐन र पोलिसी विकास बोर्ड गठनको तयारी अन्तिम चरणमा पुगेको भए पनि २०७९ सालको नयाँ संसद गठनपछि ती ऐन कार्यान्वयनमा आउन नसकेको उहाँ बताउनुहुन्छ। उहाँको कार्यकालमा रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत सहुलियत ऋण, उत्पादनमा आधारित अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा कार्यक्रम र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रम सुरु गरिएको थियो। किसान परिचयपत्र वितरण कार्यविधि र विपद् क्षतिपूर्ति कोष स्थापना जस्ता कार्यक्रमले प्रत्यक्ष राहत पुगेको उहाँको भनाइ छ। उत्पादनको गुणस्तर सुधार र प्रभावकारी बजारीकरणमा जोड दिन सके स्वदेशमै दश हजारभन्दा बढी युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँको दाबी छ। पूर्वाधार विकासमा पनि उहाँको विशेष चासो देखिन्छ। मन्त्री कार्यकालमा जिल्लाभित्र ८–१० वटा ठूला सडक तथा पक्की पुल निर्माण भएको र सिंचाइ तथा खानेपानीका दर्जनौँ योजना कार्यान्वयनमा गएको उहाँले बताउनुभयो। काभ्रेका १३ वटै पालिकामा डिपिआर तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास योजना पाइपलाइनमा रहेको उहाँको दाबी छ। उहाँले मण्डनदेउपुर क्षेत्रमा करिब ५० करोड रुपैयाँ लागतको पुल निर्माण, हिले–जलजले तालका लागि ९ करोड रुपैयाँको ठेक्का, तथा विभिन्न पालिकामा सडक, सिँचाइ, विद्यालय र खानेपानी योजनामा बजेट सुनिश्चित गरिएको उल्लेख गर्नुभयो। रयाले–पर्खालचौर–जामे सडक र धाराचौर–सूर्यविनायक सडक निर्माण सम्पन्न भइसकेको उहाँको भनाइ छ। काभ्रेको विकासमा देखिएका चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण योजनाबद्ध विकास प्रभावित भएको बताउनुभयो। कार्यविभाजन स्पष्ट नहुँदा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको भन्दै तीनै तहका सरकारबीच सहकार्य, पारदर्शिता र जवाफदेहितालाई अपरिहार्य ठहर गर्नुभयो। “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म न्याय, समानता र समृद्धिको सपना पूरा हुँदैन,” उहाँको भनाइ छ। “समाजवादी यात्रामार्फत् नै देशलाई दिगो विकास र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।” जनताको चाहनाअनुसार काम गरेको दाबी गर्दै हुमागाईले आगामी निर्वाचनमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो। हुमागाईको जित्ने आधार जनमुखी शैली: सरल स्वभाव र जनसघर्षमैत्री नेताका रूपमा उहाँलाई चिनिन्छ। सार्वजनिक बस, चोक, चौतारी, चिया पसल र प्रतिक्षालयमा सहजै भेट्न सकिन्छ। प्रदेशसभा अनुभव: २०७४ सालको प्रदेश निर्वाचनमा निर्वाचित भएर नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह। मन्त्री अनुभव: बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा कार्यकालमा अनुदान, विपद् क्षतिपूर्ति कोष, किसान परिचयपत्र वितरण, उत्पादन र दुग्ध विकासमा उल्लेख्य काम। पूर्वाधार र विकास: सडक, पुल, सिंचाइ, खानेपानी, विद्यालय निर्माणमा विशेष चासो। बजेट सुनिश्चित गरेर अधुरा योजनाहरू अगाडि बढाउने प्रतिबद्धता। उहाँले निष्कर्षमा भन्नुभयो, “हामीले जनताको चाहना अनुसार काम गरेका छौँ, त्यसैले आगामी निर्वाचनमा जित सुनिश्चित छ।”

रुकुमपूर्वकाे विकास र समृद्धिका लागि मतदाता भेटघाटमा प्रचण्ड व्यस्त

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाट तथा स्थानीय समुदायसँग अन्तरक्रियामा व्यस्त हुनुहुन्छ । माघ २९ गते रुकुम पूर्व आइपुग्नु भएका प्रचण्डले सोही दिन भूमे गाउँपालिका-१ लुकुममा आयोजित कार्यक्रममा जनभेटघाटको सुरुआत गर्नुभयो । फागुन १ गते उहाँले जनयुद्धको ऐतिहासिक आधारभूत क्षेत्र लाबाङ र महतको भ्रमण गरी स्थानीयसँग भेटघाट गर्नुभयो । लाबाङमा बाबुराम भट्टराईमाथि कारबाही गरिएको थियो भने महतमा तत्कालिन प्रहरी नायव उपरिक्षक ठुले राइलाई नियन्त्रणमा राखिएको थियो । माघ २ गते प्रचण्डले ऐतिहासिक चुनबाङमा जनभेटघाट गर्नुका साथै तत्कालिन माओवादी केन्द्रको बैठक बसेको स्थान अवलोकन गर्नुभयो । उक्त बैठकले ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ सदस्यीयमा घटाउँदै लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेको थियो । प्रचण्डले बैठकस्थल र स्वयं बसेका कोठा, परिवार र अन्य नेताहरूको स्थान निरीक्षण गर्दै रुकुम पूर्व क्रान्तिको सुरुआत भएको ऐतिहासिक जिल्ला भएको उल्लेख गर्नुभयो । फागुन ३ गते पुथा उत्तरगंगा गाउँपालिकाका विर्गुम, पिपलटुङ, पद्मी, नयाँ बजार, डिम्मुरगैरा/तातोपानी, मयाङ, हुकाम, मैकोट लगायतका ठाउँमा मतदाता भेटघाट गर्नुहुँदै प्रचण्डले स्थानीय समुदायसँग विकासका योजनाबारे संवाद गर्नुभयो । उहाँको भ्रमणमा बाटोबाटै फूलमाला र बाजागाजासहित स्वागत गर्ने जनताको भीड देख्न सकिन्थ्यो । फागुन ४ गते उहाँले तुपा, दमचन, माथिल्लो सेरा, तल्लो सेरा, कोल, नाखा, राङ्सी, जाङ लगायतका ठाउँमा मतदाता भेटघाट गर्नुभयो र साझमा पैदल यात्रा गर्दै सिस्ने गाउँपालिका-२ नायगाड पुग्नुभयो । स्थानीयले रातीमै बाजागाजासहित भव्य स्वागत गरेका थिए । फागुन ५ गते प्रचण्डले सिस्ने २ नायगाडमा पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न वडाका नागरिकसँग भेटघाट गर्दै रुकुम पूर्वको विकास र देशभर परिवर्तनको सन्देश दिन यहाँ आएको बताउनुभयो । त्यसपछि उहाँ पैदल यात्रा गरेर सदरमुकाम रुकुमकोटमा पुग्नुभयो । उहाँले सडक, सञ्चार र विद्युत सेवाको विस्तारलाई प्राथमिकतामा राखेर जिल्लाको विकास र आर्थिक समृद्धिका लागि प्रतिबद्धता जनाउनुभएको छ । जनभेटघाटमा जनता उत्साहित रहेको र उहाँबाट धेरै आशा राखेको प्रष्ट देखिएको छ ।

अब परिवर्तन होइन, परिणाम : सिन्धुपाल्चोक-२ का आशा- युवराज दुलाल

सिन्धुपाल्चोक। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल (शरद) ले स्पष्ट र परिणाममुखी चुनावी घोषणापत्र सार्वजनिक गर्दै विकासको संगठित खाका प्रस्तुत गरेका छन् । सदरमुकाम चौतारामा आयोजित कार्यक्रममा उनले “बाकस भरी भोट, बाकस भरी विकास” को नारालाई अझ सशक्त बनाउँदै जनमतलाई विकाससँग सीधै जोड्ने दृष्टिकोण अघि सारे। दुलालका अनुसार आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई स्थायित्व, सुशासन र समृद्धिको मार्ग तय गर्ने ऐतिहासिक अवसर हो। “राजनीतिक अस्थिरता र निराशालाई अन्त्य गर्दै अब परिणाम देखिने नेतृत्व आवश्यक छ,” उनले भने। पाँच वर्षमा सर्वयाम सडक सञ्जालको प्रतिबद्धता पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै उनले पाँच वर्षभित्र सम्पूर्ण निर्वाचन क्षेत्रका सबै वडामा सर्वयाम (बर्षैभरि सञ्चालनयोग्य) स्तरीय सडक यातायात सुनिश्चित गर्ने योजना सार्वजनिक गरेका छन्। बागमती प्रदेश सडक गुरुयोजनाअन्तर्गतका सडकहरू तथा वडास्तरका महत्वपूर्ण सडकहरूको स्तरोन्नति गरिनेछ। विशेषगरी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुपाल्चोक खण्ड (बन्देउ–बाहुनेपाटी–पाटी भञ्ज्याङ) मा बाँकी रहेका सडक र पुल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरी पूर्ण सञ्चालनमा ल्याउने स्पष्ट कार्यतालिका प्रस्तुत गरिएको छ। दीगो सिंचाइ, सुरक्षित कृषि र बजार सुनिश्चितता कृषि संरक्षण र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै दुलालले दीगो सिंचाइ तथा खानेपानी प्रणाली विस्तार गर्ने योजना अघि सारेका छन्। कृषकलाई समयमा र सहुलियत दरमा मल उपलब्ध गराउने। जंगली जनावरबाट बाली जोगाउन कानुनी तथा नीतिगत व्यवस्था गर्ने। कृषि उपजको उचित बजार व्यवस्थापनका लागि पहल गर्ने गुठी जग्गामा बसोबास गर्ने किसानका समस्या कानुनी प्रक्रियामार्फत समाधान गर्ने। उनका अनुसार कृषि आत्मनिर्भरता र स्थानीय अर्थतन्त्र सुदृढीकरण अबको प्राथमिक एजेण्डा हुनेछ। चौतारा–मेलम्ची : शिक्षा, स्वास्थ्य र आर्थिक क्रियाशीलताको केन्द्र जिल्ला सदरमुकाम चौतारालाई सम्पदामैत्री शहरका रूपमा विकास गर्दै उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिम, स्वास्थ्य सेवा र खेलकुदको केन्द्र बनाउने योजना उनले अघि सारेका छन्। त्यस्तै मेलम्चीलाई सुविधायुक्त शहरी अवधारणाअनुसार विकास गरी काठमाडौंबाट करिब एक घण्टामा पुग्न सकिने आर्थिक तथा पर्यटन केन्द्र बनाउने लक्ष्य राखिएको छ। मेलम्ची नदी र इन्द्रावती नदी तटीय क्षेत्रको संरक्षण र एकीकृत विकासमार्फत नदी किनारका बस्ती तथा कृषियोग्य जमिनको सुरक्षा सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। पर्यटनबाट रोजगारी र समृद्धि सिन्धुपाल्चोकका धार्मिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित पूर्वाधारसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना प्रस्तुत गरिएको छ। पाँचपोखरी, हेलम्बु, साँगाचोकगढी लगायतका गन्तव्यलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ। साथै आमा याङ्ग्री, हेलम्बु ग्रेट ट्रेल, गुफाडाँडा, पाल्चोक भगवती, शेर्माथाङ, नागीडाँडा, मेलम्ची घ्याङ लगायतका स्थलहरूको पूर्वाधार विस्तार गर्दै पर्यटनलाई रोजगारी र आयआर्जनसँग प्रत्यक्ष जोडिने नीति अघि सारिएको छ। पुरातात्विक सम्पदा, मन्दिर, गुम्बा र चर्चजस्ता सांस्कृतिक संरचनाको संरक्षण तथा विकासलाई निरन्तरता दिइनेछ। ‘विकासको बाकस’ परियोजना: समग्र रूपान्तरणको खाका दुलालले आफ्नो समग्र दृष्टिलाई “विकासको बाकस परियोजना–२” नाम दिँदै पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई एकीकृत योजनामार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। “जनप्रतिनिधि कुनै दल विशेषको मात्र होइन, सम्पूर्ण नागरिकको प्रतिनिधि हो,” उनले भने, “दुःख–सुखमा नागरिकसँगै रहने, पारदर्शी र उत्तरदायी राजनीति गर्ने मेरो अटल संकल्प हो।” सिन्धुपाल्चोक–२ मा युवराज दुलालको घोषणापत्रले विकासलाई केन्द्रमा राख्दै स्थायित्व र समृद्धिको स्पष्ट दिशा दिएको छ। अब निर्णय मतदाताको हातमा छ—भोटको बाकस भरिँदा विकासको ढोका खुल्छ।