यस्ता छन् १३ गतेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

काठमाडौँ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय आइतबार सार्वजनिक भएका छन् ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  

३० वर्षे सेवा अवधिका कारण को को प्रहरी अधिकृत जाँदैछन् अवकाश ?

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत आजबाट लागू हुने गरी अवकाशमा गएका छन् । प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । आजबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो । तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन् । आजबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन् । त्यस्तै ११ एसपी पनि अवकाशमा गएका छन् । अवकाश पाउनेहरुमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवधेश विष्ट, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, हिरा पाण्डे र नविनकिशोर प्रधान छन् । त्यस्तै, श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गोविन्द पन्थी, किरणप्रसाद न्यौपाने, मनोजकुमार श्रेष्ठ, खगेन्द्रप्रसाद रिजाल, विजय थापासहितका ३१ डीएसपी पनि अवकाशमा गएका छन् । योगराज न्यौपाने, शान्तराम कार्की, मेघनाथ चापागाईं, किसन चन्द ठकुरी, हरिविष्णु ढकाल, काशीराज रेग्मी, अर्जुनप्रसाद पोखरेलसहित ३४ इन्स्पेक्टर पनि अवकाशमा गएका छन् । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवाली पनि २६ भदौमा अवकाशमा जाँदैछन् । असोजमा एआईजी रामदत्त जोशी र डीआईजी यज्ञविनोद पोखरेल लगायत पनि अवकाशमा जाँदैछन् ।

विभिन्न राजमार्ग अवरुद्ध, २८१ खण्डमा एकतर्फी

काठमाडौं । लगातार पानी पर्दा चलेको बाढी, पहिरो र अन्य कारण देशका प्रमुख राजमार्ग ९ स्थानमा अवरुद्ध भएको छ । विभिन्न सडक तथा राजमार्गका २८१ खण्डमा आवागमन एकतर्फी छ । सडक विभागका अनुसार लगातार वर्षा हुँदा बाढी र पहिरो लगायतका कारणले सडक अवरुद्ध भएको हो । यो वर्षको सुरुदेखि अवरुद्ध भएका कुल ५४६ मध्ये २५६ अवरोध हटाएर सवारीसाधन आवागमनयोग्य बनाइएको विभागले जानकारी दिएको हो । विभागले अद्यावधिक गरेको पछिल्लो सडक सञ्चालनका अवस्था हेर्दा सडक तथा राजमार्गका २५६ स्थानमा  मात्र दुईतर्फी सञ्चालनमा छन्। यतिखेर कर्णाली राजमार्ग अन्तर्गत जमुनाह–कोहलपुर, सुर्खेत–खुलालु–हिल्सा सडक, साँफेबगर–मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यसैगरी पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुली र रामेछापका विभिन्न तीन ठाउँमा सडक अवरुद्ध छ । त्यस्तै, बाढीका कारण विभिन्न ६ वटा पुलमा सवारीसाधन आवागमन बन्द छ । पुष्पलाल राजमार्ग अन्तर्गत ओयामखोला पुल, फलामे खोला पुल, नुवाखोला पुल, हेवाखोला पुल, इकुवाखोला पुल, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  महेन्द्रनगरमा सुदाखोला पुल अवरुद्ध हुँदा यातायात आवागमन अवरुद्ध हुन पुगेको सडक विभागले जनाएको हो । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको अनुमान छ । ६ वटा पुलमा २९ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको सडक विभागले आकलन गरेको हो ।

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो : प्रचण्ड

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताउनुभयो । ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं । संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ उहाँले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गर्दै उहाँले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास पनि वयक्त गर्नुभयो । सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उहाँले स्पष्ट गर्नुभयो । अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताउनुभयो । आफूले पार्टीको नेतृत्व गरेको ३५/३६ वर्ष पुगिसकेको उल्लेख गर्दै भन्नुभयो– ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५÷३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोंचमा छु ।’ उहाँले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताउनुभयो । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताउनुभयो । सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उहाँले आफू सरकार हुँदासमेत चार महिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढिकरण गरेर लैजाने बताउनुभयो। अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावनाविपरित चलिरहेको बताउनुभयो । ‘संविधानको भावनाविपरित बनेको सरकारले निरन्तर जनताका इच्छा विपरित काम गरिरहेको छ’– उहाँले भन्नुभयो– ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौं ।’ यसैबीच अध्यक्ष नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ । पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उहाँले जनताका दैनिक सरोकारका समस्या र सामाजिक काममा जोडिएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आह्वान

चितवन । चितवन– चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति ठूलो वर्षा भएको र यो क्रम जारी रहने अनुमान गरिएको छ । परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र हाेचाे भूभागमा बस्ने नागरिकहरूलाई दिउँसो २ बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । कल्याणपुर वर्षा मापन केन्द्रका अनुसार माडी क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ । खास गरी रिउ खोला र यसका सहायक नदीहरूमा अचानक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको प्रजिअ यादवले जानकारी दिए । माडी क्षेत्रमा खहरे खोलाहरूले वार्षिक रूपमा ठूलो क्षति पुर्‍याउने गरेको स्थानीयहरू बताउँछन्। यहाँ सामान्य वर्षामा पनि साना खोलाहरू एक्कासि उर्लिने गर्दछन्, जसले गर्दा बाढी र डुबानको जोखिम बढ्छ । यसैबीच, भरतपुरमा पनि बिहानदेखि नै मुसलधारे पानी परिरहेको छ । स्थानीय प्रशासनले सम्पूर्ण जिल्लावासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ । मौसम विभागले यस क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ । नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आपतकालीन सूचनाहरूलाई ध्यान दिन अनुरोध गरिएको छ ।

चार दिनेदेखि कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । १२ स्थानमा खसेको पहिरो पन्छाउन नसक्दा चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गत बुधबार राती आएको अविरल वर्षापछि भीषण पहिरो पन्छाउन नसक्दा चार दिनदेखि जुम्ला, कालिकोट, मुगु जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । वर्षासँगै आएको पहिरोले गगने खोला, एसमोड, मालाचौर, दहीखोला र किट्टुभीरलगायतका स्थानको बाटोसँगै पक्की पुल बगाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एसपी विनोद शर्माका अनुसार राजमार्ग बन्द हुँदा पहिरोमा फसेका सयौं यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । उहाँले पहिरो हटाउन नेपालगन्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइए पनि अझै दुई तीन दिन लाग्ने बताउनुभयो । सडक डिभिजन कार्यालय जुम्लाले जतिसक्दो छिटो क्षतिग्रस्त बाटो मर्मत गरी सञ्चालनमा ल्याउने तयारीमा जुटेको जनाएको छ । सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्जका लागि स्याउ बोकेका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिने अवस्थामा पुगेका व्यापारीको भनाइ छ । २ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हाल सम्म चार दर्जन भन्दा बढी पहिरो गएपनि यस वर्षको हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महामन्त्रीद्वयको प्रस्ताव पारित गर्ने तयारी

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरिएको छ । यसअघि गत साउन २३ गते सुरु भएको बैठक सहमति नजुट्दा स्थगित हुँदै आएको छ । साउन २८ गतेसम्म चलेर भदौ ७ गतेसम्मका लागि सारिएको बैठक भदौ १२ हुँदै आजसम्म आइपुगेको हो । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग दुईपटक छलफल गरे पनि सहमति हुन नसकेपछि शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक राखेका थिए । बैठकमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको दाबी गरिएको छ ।पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय कांग्रेसमा विवादित छ ।

पदक जिताएकी पलेशाले सरकारबाट ६५ लाख पुरस्कार पाउँने

काठमाडौं । सरकारले प्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने हुनुभएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेलरगृष्मकालीनरशीतकालीनरपारारविशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ । नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनी सर्बियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपाली खेलाडीले एकपनि खेल जित्न सकेका थिएनन् । पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउनुभएको थियो। तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित हुन पुग्नुभयो ।त्यसपछिको खेलमा रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो । ‘नेपालकी पलाशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्’– उहाँले भन्नुभएको छ– ‘पलासालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु

भरतपुर । लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो ।       रंगशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रंगशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो ।      “कामले गति लिइसकेको छ । कामदारको संख्या पनि उल्लेख्य छ”, उहाँले भन्नुभयो “तोकिएकै समयमा रंगशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताउनुभयो।       महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले कामको सहजीकरणका लागि महानगरपालिकाले चारजनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताउनुभयो ।      उहाँका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण फेरि सुरु गरिएको छ । सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताउनुभयो ।उहाँका अनुसार अहिले २५० जना कामदार खटिएका छन् । पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।        धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उहाँले बताउनुभयो ।       महानगरपालिकाले रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का सम्झौता गरेको हो । फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ ।  सहयोग जुटाएर निर्माण सुरु गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । अहिले पनि रंगशालाको ऋण रु १२ करोड रहेको फाउण्डेशनले जनाएको छ । रासस

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’– उहाँले भन्नुभयो– ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइदै

काठमाडौं । आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष भदौ १५ गने यो दिवस मनाइँदै आएको छ । विसं २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा। दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा निरन्तर शिक्षाका लागि पुस्तकालय तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ ।कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ । मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी छ । शिक्षा मन्त्रालयको २०७८–७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । 

ओली-देउवाविरुद्ध नाराबाजी गर्ने युवा धरौटीमा रिहा

काठमाडौं । नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटीमा रिहा हुुनुभएको छ ।  सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयले शुक्रबार ९–९ हजार रुपैयाँ धरौटी लिएर छाडेको हो।  गत सोमबार काठमाडौंको टुंडिखेलमा गौरापर्व मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताको विरोध गरेको आरोपमा उहाँहरु पक्राउ पर्नुभएको थियो । गोपीकृष्ण र रामबहादुर मंगलबार तथा ठगुन्ना बुधबार पक्राउ पर्नुभएको थियो । चौतर्फी दबाबपछि प्रहरीले चौथो दिनमै नै उहाँहरुविरुद्ध मुद्दा दायर गरेको हो ।  विरोध गर्ने मौलिक हकको हनन हुने गरी पक्राउ गरेर फौजदारी कसुर चलाइएको भन्दै अधिकारकर्मीदेखि विभिन्न दलका नेताहरुले विरोध गरेपछि प्रहरी नरम बनेको हो। साधरण तारेखमा छाड्नुपर्नेमा ९–९ हजार धरौटी लिइएकोमा उनीहरु असन्तुष्ट बनेका छन्। उनीहरुविरुद्ध हुलदंगा गरेको अभियोग लगाइएको छ। पक्राउ परेकामध्ये जैसी आइतबार वैदेशिक रोजगारीमा जाँन लाग्नुभएको छ। त्यस्तै, बुढा पनि वैदेशिक रोजगारीको तयारीमा छन् भने ठगुन्ना कीर्तिपुरस्थित सहिद स्मारक कलेजका विद्यार्थी हुनुहुन्छ ।

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। यससँगै यही भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेज भएको हो । अन्तरिम आदेश खारेज भएसँगै नेपाल प्रहरीमा कार्यान्वयनमा रहेको ऐन र नियमावलीअनुसार नियमित सञ्चालनको बाटो फुकेको हो ।  नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित अवकाशको पत्र पाएका २१ जनाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उहाँहरूले अनुभवलाई प्रयोग गर्नुको साटो अवकाश दिँदा राज्यलाई आर्थिकरूपमा र आफूहरूलाई सेवा र सन्तुलनका हिसाबले घाटा भएको दाबीसहित रिट दायर गर्नुभएको थियो। उहाँहरूको रिटमा न्यायाधीश फुयालको इजलासले अन्तरिम आदेश जारी गर्दै अवकाशको पत्र कार्यान्वयन नगर्न, ३० वर्षे सेवा अवधिका आधारमा थप अवकाशको पत्राचार नगर्न भनेको थियो । अवकाशको पत्र पाइसकेका र एक तह बढुवासमेत लिइसकेका सहित नयाँ पत्राचारसमेत रोकिएपछि सरकार आदेश  कार्यान्वयनमा जटिलता भएको भन्दै आदेश खारेजीको निवेदन (भ्याकेट)का लागि गएको थियो ।

‘हिंसा’ शब्द असंवैधानिक, यस्तो छ ब्याख्यात्मक टिप्पणीमा जनयुद्धको परिभाषा

अहिले संसदमा ‘हिंसा’ शब्दमाथि विवाद भइरहेको छ । एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ को रुपमाअर्थ्याएपछि त्यसको पक्ष र विपक्षमा विवाद चुलिएको छ ।  संसदमा संविधानले परिकल्पना गरेका शब्द मात्र प्रयोग गर्नुपर्ने संविधानविदहरुको तर्क छ । संसदमा माओवादी सांसदहरुले संविधानमा उल्लेख भएको ‘सशस्त्र संघर्ष’लाई जनयुद्ध भनेर सम्बोधन गर्ने गरेका छन् । माओवादीले प्रयोग गर्ने जनयुद्ध शब्दलाई पनि संविधानले नचिन्ने एकथरिको टिप्पणी छ । त्यसो हो भने जनयुद्ध शब्द संवैधानिक अर्थ कसरी खोज्ने त ? कुनै शब्द संविधानमा सोझै उल्लेख भएन भने संविधानका स्रोतसम्म पुग्नुपर्ने संवैधानिक मान्यता छ  । नेपालको संविधानका मुख्य स्रोत भनेका वृहत शान्ति सम्झौतादेखि संविधान जारी हुँदासम्म भएका विभिन्न राजनीतिक सहमति हुन् किनकि यो संविधान सम्झौताको दस्तावेज हो । वर्तमान संविधान निर्माण गर्दा संविधानसभाको संवैधानिक समिति सबैभन्दा माथिल्लो समितिको रुपमा काम गरेको थियो । संविधानको मस्यौदालाई अन्तिम रुप दिने काम पनि यसले नै गरेको थियो । यो समितिले विभिन्न विषयमा देखिएका विवाद टुंगो लगाउन विवाद समाधान उपसमिति बनाएको थियो । सो उपसमितिले संविधानको प्रस्तावनाको अनुच्छेद ३ लाई यसरी उल्लेख गरेको थियो– ‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले हालसम्म पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै,...।’ यो अनुच्छेदलाई थप परिभाषित गर्दै सोही समितिले आफ्नो ब्याख्यात्मक टिप्पणीमा भनेको छ– ‘यो अनुच्छेदमा रहेको ‘ऐतिहासिक जन आन्दोलन र सशस्त्र संघर्ष’ भन्नाले विसं १९९७ साल, २००७ साल, २०१८ साल, २०२८ साल, २०३५/३६ साल, २०४२ साल, २०४६ सालमा भएका संघर्ष एवं आन्दोलनहरु र विसं २०६२/६३ सालमा भएको ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन, महिला, दलित, मजदूर, किसान, युवा, विद्यार्थी, मुस्लिम समुदायलगायत समाजका विभिन्न तह र तप्काका जनताले गरेका सम्पूर्ण ऐतिहासिक आन्दोलन र संघर्षलाई जनाउँछ।’       वर्तमान संविधान वृहत छलफलबाट र राजनीतिक सम्झौताका आधारमा निर्माण गरिएकाले यस क्रममा भएका सबै सहमतिलाई संविधानकै अङ्गको रुपमा लिनुपर्दछ । त्यसैले माओवादी जनयुद्ध मात्र होइन, राणाविरोधी आन्दोलन थालिएको (चार सहिदको सहादत) १९९७ देखि संविधान निर्माण अघिसम्मका थरुहट, मधेशी, जनजाति आन्दोलनसम्म सबै ऐतिहासिक संघर्ष हुन्, जसलाई हिंसाको रुपमा परिभाषित गर्नु भाषाका हिसाबले असंवैधानिक हो भने भावका हिसाबले संविधानको मर्मविपरीत हो । किनकि संविधानको प्रस्तावनामै अनुच्छेद ३ मा  ‘अग्रगामी परिवर्तनका लागि नेपाली जनताले हालसम्म पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्ष’लाई सम्मान गर्ने उल्लेख छ ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    

चौतर्फी दबाबपछि भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हट्यो

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ। शुक्रबार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९  लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले  सरकार पाँच वर्षे हदम्याद हटाउन तयार रहेको बताए। सरकारले सो सहमति जनाएपछि समितिका सभापति रामहरि खतिवडाले विधेयकको दफा १६ मा राखिएकोहदम्यादको प्रावधान हटाउने प्रस्ताव समितिमा गर्नुभएको हो । लगत्तै समितिका सम्पूर्ण सदस्यहरूले सो हदम्याद हटाउन सर्वसहमति जनाउनुभएको हो। सरकारले भ्रष्टाचारका कसुरमा पाँच वर्षे हदम्याद राख्दै विधेयक दर्ता गरेपछि यसबारे चौतर्फी दबाब बढेको थियो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका सांसद हितराज पाण्डेले आफूहरूले सत्तापक्षमै हुँदा हदम्याद हटाउने संशोधन हालेको भन्दै हटाउन सरकार सहमत भएपछि प्रस्तावको स्वागत गर्नुभएको छ । यसअघिको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएर भ्रष्टाचारसम्बन्धी कसुरमा हदम्याद राख्न नहुने बताउनुभएको थियो ।  

माओवादी नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलोः प्रचण्ड

माओवादी संख्याले सानो हुँदाहुँदै पनि भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा यति ठूलो अभियान चलाएको देखेर बिरोधीहरुमा छटपटी पैदा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यसबाट जनता उत्साहित हुँदै थिए तर दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतंक सिर्जना भयो । पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो । त्यसकै परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घामजत्तिकै छर्लङ छ।’