देशका अधिकांश ठाउँमा नेकपाको नतिजा सकारात्मक आउँछ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र निष्पक्ष निर्वाचन भए आफ्नो पार्टीको परिणाम अधिकांश स्थानमा सकारात्मक आउने दाबी गर्नुभएकाे छ ।

बुधबार (फागुन १२) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित वामपन्थी बुद्धिजीवीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था र जनसमर्थनको आधारमा यस्तो विश्वास व्यक्त गर्नुभएकाे हाे ।

उहाँका अनुसार अहिलेको माहोललाई विश्लेषण गर्दा केही अपवादबाहेक देशका धेरैजसो निर्वाचन क्षेत्रमा नेकपाको स्थिति बलियो देखिन्छ। “यदि निर्वाचन पूर्ण रूपमा स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न हुन्छ भने हाम्रो नतिजा राम्रो आउँछ भन्नेमा म विश्वस्त छु,” उहाँले भने, “जति सक्रियता, संगठनात्मक एकता र कार्यकर्ताको उत्साह अहिले हाम्रो पार्टीभित्र देखिएको छ, त्यस्तो अवस्था अरू दलमा खासै देखिएको छैन।”

प्रचण्डले चुनावी अभियानका क्रममा पार्टीले घरदैलो, जनभेटघाट र वैचारिक अन्तरक्रियालाई तीव्र बनाएको उल्लेख गर्नुभयाे। उहाँका अनुसार पार्टीका नेता–कार्यकर्ता गाउँदेखि सहरसम्म संगठित रूपमा परिचालित भइरहेका छन्, जसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ। उनले यो सक्रियताले निर्वाचन परिणाममा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे। 

देशको ऐतिहासिक परिवर्तनमा आफूहरूको भूमिका निर्णायक रहेको स्मरण गराउँदै उहाँले मुलुकको राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता र सामाजिक न्यायको एजेन्डालाई अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे। हिजोका सहयात्री शक्तिहरूसँग सहकार्य गर्दै विदेशी दलाल प्रवृत्तिका विरुद्ध उभिनुपर्ने जिम्मेवारी पनि नेकपाकै काँधमा आएको उहाँको भनाइ थियो।

चुनावी प्रतिस्पर्धालाई मर्यादित र मुद्दा–केन्द्रित बनाउनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिगत आरोप–प्रत्यारोप र गालीगलौजको राजनीतिले देशलाई निकास नदिने बताउनुभयाे। “हामी कसैलाई गाली गरेर होइन, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र वर्तमान संकटबाट देशलाई कसरी जोगाउने भन्ने स्पष्ट दृष्टिकोणसहित जनतामाझ गएका छौं,” उहाँले स्पष्ट पार्नुभयाे।

प्रचण्डले निष्पक्ष निर्वाचन वातावरण निर्माण गर्न नागरिक समाज र बुद्धिजीवी वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयाे। उहाँले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, निर्वाचन प्रक्रियाको पारदर्शिता र जनमतको सम्मान सुनिश्चित गर्न बौद्धिक समुदायले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयाे।

कार्यक्रममा सहभागी बुद्धिजीवीहरूले पनि समसामयिक राजनीतिक अवस्था, निर्वाचनको विश्वसनीयता र वामपन्थी शक्तिहरूको भविष्यबारे आफ्ना धारणा राख्नुभयाे। छलफलका क्रममा देशको समग्र राजनीतिक स्थायित्व र विकासका लागि वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र जनविश्वास नै निर्णायक हुने निष्कर्ष निकालिएको थियो।

कञ्चनपुर १ का प्रलोपा उम्मेदवार शाहीसहित ५४ जना नेता-कार्यकर्ता नेकपा प्रवेश

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।  शाही र प्रलोपाको कञ्चनपुर जिल्ला प्रमुख अमरसिंह विष्टसहित ५४ नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्। १० फागुनमा बेलौरीमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले तीन दिनपछि पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन्। शाही र विष्ट प्रलोपाका केन्द्रीय सदस्यसमेत थिए। नेकपामा समाहित भएपछि शाहीसहितका नेता–कार्यकर्ताहरूले महिला नेतृ विना मगरलाई जिताउने अभियानमा खटिने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रचण्डद्वारा बुद्धिजीवीलाई नेकपाको पक्षमा जनमत निर्माण गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार तथा सामाजिक अगुवाहरूलाई पार्टीको पक्षमा जनमत निर्माण गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बामबुद्धिजीवीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले लेख, रचना, अन्तर्वार्ता, छलफल तथा संयुक्त वक्तव्यमार्फत आफ्ना धारणा स्पष्ट राख्न आग्रह गर्नुभएको हो। जनमत निर्माणमा बौद्धिक समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले निर्वाचन प्रक्रियामा सकारात्मक र रचनात्मक सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै संस्थागत तथा व्यक्तिगत रूपमा सबैले निगरानी बढाउनुपर्ने बताउनुभयो। मतदान केन्द्रमा प्रतिनिधि परिचालन गर्ने, निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गर्ने तथा आवश्यक प्रशिक्षणलाई प्राथमिकतामा राख्ने विषयमा पनि उहाँले जोड दिनुभएको छ। प्रचण्डका अनुसार यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा मात्र नभई देशको भविष्य कुन दिशामा जाने भन्ने विषयमा जनमत अभिव्यक्त गर्ने अवसर हो। देशलाई स्थिरता र विकासको मार्गमा अघि बढाउने कि अन्योल र अस्थिरतामा धकेल्ने भन्ने निर्णय जनता स्वयंले गर्ने समय आएको उहाँको भनाइ छ। नेकपाले आफूलाई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको संरक्षण गर्ने शक्तिका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ। पार्टी नेतृत्वले जनताको समर्थन, संगठनात्मक एकता र प्रभावकारी राजनीतिक रणनीतिलाई सफलताको आधार मान्दै अघि बढिरहेको छ।

स्वच्छ र भयरहित निर्वाचन भए नेकपाकाे पक्षमा बहुमत जनमत आउँछ, देशभर जनलहरु उत्सहाजनक छ: प्रचण्ड (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्वच्छ रभयरिहत निर्वाचन भए नेकपाकाे पक्षमा बहुमत आउने बताउनु भएकाे छ ।  पार्टीले संगठनात्मक सक्रियता, वैचारिक स्पष्टता र जनस्तरको व्यापक अभियानमार्फत आफ्नो राजनीतिक उपस्थितिलाई थप सुदृढ बनाउने रणनीति अघि सारेकले र पार्टी नेतृत्वले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएको अवस्थामा  नेकपाकाे पक्षमा परिणाम अपेक्षाकृत राम्रो आउने विश्वास व्यक्त गर्नुभएकाे छ ।  ‘प्रचण्ड’ले बुधबार बामबुद्धिजीवीहरूसँगको छलफलका क्रममा पार्टीभित्रको सक्रियता, एकता र जनताको उत्साह अन्य राजनीतिक शक्तिको तुलनामा सशक्त रहेको बताउनु भएकाे छ । उहाँले जहाँसुकै पुगे पनि जनताको सकारात्मक प्रतिक्रिया पाइएको उल्लेख गर्दै केही स्थानलाई अपवादका रूपमा छोडेर अधिकांश क्षेत्रमा पार्टीप्रति समर्थन बढिरहेको दाबी गर्नुभएकाे छ ।  राष्ट्रहित र लोकतन्त्रको पक्षमा स्पष्ट अडान उहाँले पार्टीको राजनीतिक दृष्टिकोण राष्ट्रको स्वाधीनता, लोकतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली र शान्ति प्रक्रियाको संरक्षणमा केन्द्रित रहेको स्पष्ट पार्नु भएकाे छ । उहाँका अनुसार संविधानसभा, गणतन्त्र र समावेशी व्यवस्थाको स्थापनामा आफूहरूको ऐतिहासिक भूमिका रहेको र त्यसको संरक्षण तथा सुदृढीकरण नै आगामी राजनीतिक यात्राको मूल लक्ष्य हो। सरकार अस्थिर बनाउने, हिंसात्मक प्रवृत्तिलाई बढावा दिने वा लोकतान्त्रिक संरचनामाथि प्रहार गर्ने तत्वहरूविरुद्ध दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । तर साथसाथै राष्ट्रिय मुद्दामा आवश्यक परे कांग्रेस, एमालेलगायतका दलहरूसँग संवाद र सहकार्य गर्ने नीति पनि पार्टीले लिएकाले हिजोका सहयात्री शक्तिहरूसँग आवश्यक विषयमा संवाद गरेर राष्ट्रको हितमा साझा धारणा निर्माण गर्ने रणनीति अघि बढाइएको बताउनु भएकाे छ ।  उहाँका नेतृत्वका अनुसार एकातर्फ विरोध र आलोचनाको जवाफ जनस्तरमै स्पष्ट रूपमा दिइनेछ भने अर्कोतर्फ राजनीतिक प्रतिस्पर्धालाई संयमित, लोकतान्त्रिक र तथ्यपरक ढंगले अघि बढाइने छ। चरमपन्थी सोच र अतिवादी धारभन्दा अलग रहेर राष्ट्र, जनता र संविधानको पक्षमा केन्द्रित राजनीति नै अहिलेको आवश्यकता भएको दाबी गर्नुभयाे । पार्टीको एकता र संगठनात्मक सशक्तीकरण नेपालको राजनीतिक इतिहासमै २५/२६ वटा साना–ठूला समूह एकीकृत भएर एउटै राजनीतिक शक्तिका रूपमा संगठित हुनु आफैँमा ऐतिहासिक उपलब्धि भएको पार्टीको ठहर उहाँकाे छ। नेतृत्वका अनुसार पार्टीभित्र अहिले सबै तहका कार्यकर्ता सक्रिय छन् र संगठनात्मक संरचना मजबुत बनाइएको छ। पार्टीको राजनीतिक लाइन स्पष्ट रहेको र कुनै प्रकारको ‘यदि’ वा ‘तर’ बिना राष्ट्रहित, लोकतन्त्र र जनअधिकारको पक्षमा उभिने प्रतिबद्धता रहेको बताइएको छ। यही स्पष्ट दृष्टिकोणका कारण कार्यकर्तामा आत्मविश्वास बढेको र जनस्तरमा पनि सकारात्मक सन्देश पुगेको दाबी उहाँकाे छ । नेतृत्वले स्वच्छ निर्वाचन हुने हो भने पार्टीको परिणाम विगतको तुलनामा सुधार हुने विश्वास व्यक्त प्रचण्डकाे छ । विभिन्न आन्तरिक तथा बाह्य विश्लेषण र अनौपचारिक प्रतिवेदनमा समेत पार्टीको सिट संख्या बढ्न सक्ने अनुमान सार्वजनिक भइरहेका छन्। यद्यपि यस्ता अनुमानलाई अन्तिम सत्यका रूपमा नभई जनसमर्थनको संकेतका रूपमा मात्र लिनुपर्ने धारणा व्यक्त प्रचण्डले गर्नुभएकाे छ ।  चार प्रमुख शक्तिबीच प्रतिस्पर्धा अहिलेको राजनीतिक प्रतिस्पर्धा मुख्य रूपमा चार प्रमुख शक्तिबीच केन्द्रित रहेको बताउनु भएकाे छ— नेपाली कम्युनिस्ट पार्टी, कांग्रेस, एमाले र रास्वपा। यी चार शक्तिबीचको प्रतिस्पर्धामा कसले अग्रता लिने भन्ने विषय निर्वाचन परिणामबाट मात्र स्पष्ट हुने भनाइ छ। पार्टी नेतृत्वका अनुसार आगामी सात–आठ दिनको समय अत्यन्त निर्णायक रहेको छ। यस अवधिमा संगठनात्मक परिचालन, मतदाता जागरण, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई अझ तीव्र बनाइनेछ। पार्टीले कार्यकर्तालाई गाउँ–टोलसम्म पुगेर जनताको विश्वास मजबुत बनाउन निर्देशन दिएको छ। बुद्धिजीवी तथा नागरिक समाजको भूमिका व्यापक बनाउन माग पार्टीले बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार र सामाजिक अगुवाहरूलाई पनि निर्वाचन प्रक्रियामा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। जनमत निर्माणका लागि लेख, रचना, अन्तर्वार्ता, छलफल र संयुक्त वक्तव्यमार्फत आफ्नो धारणा स्पष्ट राख्न नेतृत्वले अपिल प्रचण्डले गर्नुभएकाे छ। साथै, निर्वाचन स्वच्छ र निष्पक्ष होस् भन्ने सुनिश्चित गर्न संस्थागत तथा व्यक्तिगत रूपमा सबैले निगरानी बढाउनुपर्नेमा जोड दिनु भएकाे छ। मतदान केन्द्रमा प्रतिनिधि परिचालन गर्ने, निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गर्ने र आवश्यक प्रशिक्षण प्रदान गर्ने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ। जनमत सङ्ग्रहजस्तै अवसर उहाँका अनुसार यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा मात्र होइन, देशको भविष्य कुन दिशामा जाने भन्ने विषयमा जनमत अभिव्यक्त गर्ने अवसर पनि हो। देश जलाउने, अशान्ति फैलाउने वा विकास र स्थिरताको मार्गमा अघि बढाउने भन्ने विषयमा जनताले स्पष्ट निर्णय दिने समय आएको पार्टीको ठहर छ। पार्टीले आफूलाई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको संरक्षण गर्ने शक्तिका रूपमा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवाद र प्रतिबद्धता व्यक्त गरिरहेको छ। आगामी निर्वाचनमा बलियो उपस्थिति कायम गर्दै देशको राजनीतिक दिशा निर्धारणमा निर्णायक भूमिका खेल्ने लक्ष्य पार्टीले राखेको छ। नेकपाले स्वच्छ निर्वाचन, संगठनात्मक एकता र वैचारिक स्पष्टताका आधारमा आगामी चुनावमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेको छ। पार्टी नेतृत्वको बुझाइमा जनताको समर्थन, कार्यकर्ताको सक्रियता र राजनीतिक रणनीतिको प्रभावकारी कार्यान्वयन नै आगामी सफलताको आधार हुनेछ।    

काठमाडौँ–१ मा मेनुका भण्डारीकाे विकास एजेन्डा सार्वजनिक:  “मेरो प्रतिबद्धता, समृद्ध क्षेत्र, सबल राष्ट्र”

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी मेनुका भण्डारी (कृतु) ले आफ्नो प्रचार अभियानलाई तिब्र बनाएकी छन् । अन्यत्र झैं यहाँको चुनावी माहोल पनि उच्च बिन्दुमा पुगेको बेला घरदैलो अभियानलाई तीव्र बनाएकी उम्मेदवार  भण्डारीले टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्। पछिल्ला दिनहरूमा देखिएको उत्साहजनक जनसहभागिता, बढ्दो स्वस्फूर्त समर्थनले उनको उम्मेदवारी जितको नजिक पुगेको बताईन्छ ।  “मेरो प्रतिबद्धता, समृद्ध क्षेत्र, सबल राष्ट्र” “कुराले होईन कामले बन्छ देश” भन्ने मूल नारासहित मैदानमा उत्रिएकी भण्डारीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई घरदैलोमै सरल भाषामा राख्दै मतदातासँग विश्वासको सम्बन्ध विस्तार गरिरहेकी छन्।  उनले नेपालको संविधानका आधारभूत विषयहरूको रक्षा गर्दै समयानुकूल आवश्यक संशोधन गर्ने, लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने र राजनीतिक स्थिरताका लागि शासकीय स्वरूपमा आवश्यक परिमार्जन अघि बढाउने स्पष्ट धारणा दोहोर्याइरहेकी छन्। उनको एजेन्डाको केन्द्रमा नागरिकको आधारभूत अधिकार रहेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीलाई व्यवहारिक रूपमा सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै नागरिकलाई अनिवार्य आवद्ध गराउने योजना उनले घरदैलोका क्रममा विस्तारपूर्वक राख्दै आएकी छन्। डिजिटल रोजगारी र आईटी क्षेत्रको विकासमार्फत युवाहरूको विदेश पलायन रोक्ने विशेष कार्यक्रम लागू गर्ने प्रतिबद्धताले युवापुस्तामा उत्साह देखिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन स्थापना गर्ने अठोट उनले पुनः दोहोर्याएकी छन्।  एक वर्षभित्र उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरी सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने पहल गर्ने पार्टीको केन्द्रिय नितिलाई उनले उच्च महत्व दिएकी छन् । साथै ई–शासन ब्लूप्रिन्ट लागू गरी अनुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास गर्ने लक्ष्य प्रस्तुत गर्दा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको अभियान टोलीले जनाएको छ। पछिल्लो जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, सडक विभाग र जिल्ला अदालतलगायतका संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्। आन्दोलनका क्रममा शहादत प्राप्त युवाहरूको सम्झनामा “जेन्जी स्मारक पार्क” निर्माण गर्ने योजना पनि उनले अघि सारेकी छन्, जसले युवामाझ भावनात्मक समर्थन बढाएको देखिन्छ। सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै सबै वर्ग, जाति, लिङ्ग र समुदायबीच समानता कायम गर्ने, महिलाको प्रतिनिधित्व मात्र नभई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, महिला उद्यमीलाई व्यवसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट दिने तथा एकल महिलाको भत्ता वृद्धि र विशेष रोगहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने योजना उनले दोहोर्याएकी छन्। सुविधा सम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने, “एक परिवार, एक आवास” अवधारणा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने तथा दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्याको वैज्ञानिक र सम्मानजनक समाधान गर्ने योजना पनि उनको एजेन्डामा समेटिएको छ। काठमाडौँ उपत्यकाको जटिल ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि सार्वजनिक यातायात प्रवर्द्धन, पोडवे, मेट्रो, अन्डरपास र फ्लाइओभरको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनतर्फ पहल गर्ने, आधुनिक पार्किङ पूर्वाधार विकास गर्ने, फोहोर व्यवस्थापनलाई प्राथमिकता दिँदै स्वस्थ बस्ती निर्माण गर्ने र प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य उनले घरदैलोमै राखिरहेकी छन्। नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ बनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्। घरदैलो अभियानमा देखिएको अग्रजहरूको आशीर्वाद, युवाहरूको सक्रिय सहभागिता र महिलाहरूको उत्साहजनक साथले मेनुका भण्डारी (कृतु) काठमाडौँ–१ मा सशक्त दाबेदारका रूपमा उभिएको चर्चा चुलिँदै गएको छ। निर्वाचनको दिन नजिकिँदै जाँदा उनको अभियान अझ संगठित र प्रभावकारी बन्दै गएको छ, र यसपटक काठमाडौँ–१ ले समावेशी, सुशासित र दूरदर्शी नेतृत्व रोज्ने वातावरण स्पष्ट बन्दै गएको समर्थकहरूको दाबी छ । काठमाण्डौं १ क्षेत्रमै हुर्केकी र त्यहि क्षेत्रलाई सामाजिक अभियानका विभिन्न माद्यमबाट कर्मथलो बनाएकी भण्डारीले त्यस क्षेत्रका सम्भावना र समस्याको बारेमा आफू पूर्ण रुपमा जानकार भएको बताउँदै आएकी छन् ।  समग्रमा भण्डारीको प्रतिबद्धतापत्र काठमाडौँ– १ लाई आधुनिक, समावेशी र सुशासित निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत भएको छ। संविधान रक्षा, सुशासन, सामाजिक न्याय र दिगो पूर्वाधार विकासलाई आधार बनाएर अघि बढ्ने उनको घोषणाले चुनावी माहोलमा नयाँ ऊर्जा थपेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

काठमाडौं २ मा नितेश पौडेलको पक्षमा उर्लियो जनलहर  !

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। यहीबीच नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार नितेश पौडेलको चुनावी अभियानले सकारात्मक गति लिँदै गएको देखिएको छ। गाउँ गाउँ, टोल टोल र घर घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका पौडेलप्रति स्थानीय तहमा उत्साह र समर्थन बढ्दै गएको जनाइएको छ। घरदैलो अभियानका क्रममा स्थानीयवासीले उम्मेद्वार पौडेललाई आत्मीय स्वागत गर्दै आफ्ना समस्या, अपेक्षा र सुझाव राखिरहेका छन्। युवाहरूको उल्लेखनीय सहभागिता, महिलाहरूको सक्रियता तथा ज्येष्ठ नागरिकहरूको खुला समर्थनले चुनावी माहोललाई थप ऊर्जाशील बनाएको छ। स्थानीयका अनुसार प्रत्यक्ष संवाद र सरल व्यवहारका कारण मतदातासँगको विश्वास क्रमशः बलियो बन्दै गएको छ। “हामीलाई कुरा मात्र गर्ने होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ,” एक स्थानीय मतदाताले बताए। अर्का एक युवाले भने, “रोजगारी, शिक्षा र विकासका विषयमा स्पष्ट सोच भएका उम्मेद्वारलाई यसपटक मौका दिनुपर्छ भन्ने हाम्रो धारणा हो।” पौडेलले आफ्नो चुनावी अभियानमा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। उनले स्थानीय आवश्यकताका आधारमा विकास कार्यक्रम सञ्चालन गर्ने र जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता जनाउँदै आएका छन्। स्थानीय अगुवाहरूका अनुसार उम्मेद्वार पौडेलले समस्या सुन्ने मात्र होइन, समाधानका लागि दीर्घकालीन योजना प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। “युवापुस्ताको प्रतिनिधित्व गर्ने उम्मेद्वारका रूपमा उहाँप्रति भरोसा बढेको छ,” एक स्थानीय सामाजिक अभियन्ताले बताए। अहिले सञ्चालन भइरहेको घरदैलो अभियानमा किसान, मजदुर, व्यवसायी, महिला, युवा तथा विभिन्न पेशामा आबद्ध नागरिकहरूको सहभागिता उल्लेखनीय देखिएको छ। धेरै मतदाताले यसपटक परिवर्तन, जिम्मेवार नेतृत्व र विकासका लागि मतदान गर्ने मनस्थिति बनाइसकेको प्रतिक्रिया दिएका छन्। दिनप्रतिदिन सशक्त बन्दै गएको प्रचार अभियान, जनतासँगको प्रत्यक्ष सम्पर्क र बढ्दो समर्थनले क्षेत्र नम्बर २ मा नितेश पौडेललाई एक प्रतिस्पर्धी तथा बलियो उम्मेद्वारका रूपमा स्थापित गर्दै लगेको संकेत देखिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल थप तातिँदै गएको छ।

विगतका काम देखाएर मत माग्दै वर्षमान पुन

रोल्पा । नेपालको चुनावी राजनीतिमा प्रायः भविष्यका वाचा, योजना र आकर्षक नाराहरू हाबी हुने गरेका छन्। तर रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन अनन्तले यसपटक फरक शैली अपनाएका छन्। उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा सम्पन्न कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन्। तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका पुनले “के गर्ने” भन्दा “के गरियो” भन्ने बहसलाई केन्द्रमा राखेका छन्। उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी, सिँचाई, विद्युतीकरण, स्थानीय कनेक्टिभिटी विस्तार र संघीय बजेटमार्फत ल्याइएका योजनाहरूलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको छ। विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई रोल्पामा नयाँ अभ्यासका रूपमा हेरिएको छ। उनले ती भिडिओहरुलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पुनको भूमिकाबारे विगतमा बहस हुँदै आएको थियो। अर्थ, पूर्वाधार र नीतिगत छलफलमा सक्रिय रहे पनि जिल्लामा ठोस काम नदेखिएको भन्ने आलोचना उनीमाथि सुनिँदै आएको थियो। यसपटक भने उनले त्यही धारणा तोड्ने गरी विकासका काम सार्वजनिक गरेका छन्। रोल्पा ऐतिहासिक रूपमा राजनीतिक चेतना र परिवर्तनको केन्द्र मानिन्छ। यहाँ मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको विश्लेषकहरू बताउँछन्। यस्तो सन्दर्भमा “काम देखाएर मत माग्ने” अभ्यासले चुनावी विमर्शलाई भावनात्मक नाराबाट तथ्यमा आधारित मूल्यांकनतर्फ मोड्ने संकेत दिएको छ। पुनले आफ्नो कार्यकालको मूल्यांकन तथ्यका आधारमा गर्न मतदातासमक्ष आग्रह गरेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई आरोप–प्रत्यारोपभन्दा बाहिर निकालेर उपलब्धि–केन्द्रित बहसतर्फ लैजाने प्रयासका रूपमा बुझिएको छ। नेता पुन भन्छन्, 'जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिको भूमिकाम रहँदा के गरियो भनेर तथ्यगत रुपमा बताउनुपर्दछ भन्ने लागेर नै मैले यो अभियान सुरु गरेको हुँ। यसले नेपाली राजनीतिमा पनि नयाँ परम्पराको विकास हुने विश्वास लिएको छु।'

शक्ति बस्नेतको चुनावी एजेन्डा: जाजरकोटका भूकम्पपीडितको आवास पुनर्निर्माणलाई प्राथमिकता

जाजरकोट । शक्ति बस्नेत, नेपाली कम्युनिस्ट पार्टी जाजरकोटका उम्मेदवारले २०८० सालको भूकम्पबाट प्रभावित आवासको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। उनले भूकम्पपीडितलाई स्थायी आवास निर्माणका लागि प्रति परिवार कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउने, पहिलो किस्तामा कम्तीमा १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने तथा झन्झटिलो विस्तृत क्षति मूल्यांकन प्रक्रिया हटाई सरलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि संशोधन गरी पुनर्निर्माण तथा नव–निर्माण कार्य छिटो सम्पन्न गर्न पहल गर्ने उनको भनाइ छ। बस्नेतले गरिब घरधुरीको प्रतिशत बढी रहेको जुनीचाँदे गाउँपालिका सहित सिंगो जाजरकोट जिल्लामा गरिबी निवारणका लागि स्थानीय तह, प्रदेश सरकार, नेपाल सरकार, मित्रराष्ट्र तथा विकास साझेदारसँग सहकार्य गर्दै विशेष बहुपक्षीय प्याकेजसहितको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गर्न पहल गर्ने घोषणा गरेका छन्। पूर्वाधार विकासतर्फ उनले लुम्बिनी–रारा राजमार्गको जाजरकोट खण्डको बाँकी ट्र्याक खोल्ने र कालोपत्रे सम्पन्न गर्ने, स्थानीय तहका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने तथा सबै वडा केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजना अघि सारेका छन्। त्यस्तै, जाजरकोट–खलंगा–मछाइना–ढुंगीला सडक स्तरोन्नति गर्ने, मोर्क–सानाखोला–चाँदे सडक ट्र्याक खोल्ने, छेडा–कचाली सडक स्तरोन्नति गर्ने, धरमपोखरा–कचाली–देशीपाटा–पञ्चाला जुनी सडक स्तरोन्नति गर्ने तथा पाँचकाटिया–नेटिलेक–बारेकोट–जुम्ला सडक स्तरोन्नति गर्ने लगायतका प्रतिबद्धता उनले व्यक्त गरेका छन्। कृषि क्षेत्रमा पाँच वर्षभित्र जिल्लाका सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने, सिँचाइ प्रोफाइलका आधारमा सम्भाव्य सबै निर्माणाधीन आयोजना सम्पन्न गर्ने तथा वैकल्पिक सिँचाइ प्रणालीका रूपमा लिफ्ट र थोपा सिँचाइ प्रणाली अवलम्बन गर्ने योजना उनले सार्वजनिक गरेका छन्। सञ्चार पूर्वाधारतर्फ बाँकी रहेका सबै बस्तीमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा विस्तार गर्ने तथा सबै स्थानीय तहका केन्द्रसम्म अप्टिकल फाइबर सेवा विस्तार गर्ने प्रतिबद्धता गरिएको छ। ऊर्जा क्षेत्रमा ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना, ९८ मेगावाट क्षमताको डाँडागाउँ भेरी जलविद्युत आयोजना तथा विराखोला–सुवागाड जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने योजना रहेको छ। साथै, कार्य प्रारम्भ भइसकेको १२० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत आयोजना र ७ मेगावाट ताक्सुगाड जलविद्युत आयोजनाको निर्माण कार्य शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन्। यसैगरी, एक वर्षभित्र दानीपिपल–मैनतडा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गर्ने घोषणा पनि उनले गरेका छन्।

चितवन–३ मा नेकपाकाे जनलहर बढ्दै, घरदैलोमा सक्रिय रेनु दाहाललाई गाउँ–गाउँमा भव्य स्वागत

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल थप तातेको छ। विकास र परिणाममुखी नेतृत्वको परिचय बनाइसकेकी उम्मेदवार रेनु दाहाल यतिबेला तीव्र घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवादमा जुटेकी छन्। गाउँ–गाउँमा देखिएको उत्साहपूर्ण स्वागतले उनको पक्षमा बलियो जनसमर्थन संकेत गरेको छ। निवर्तमान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी चितवनकाे प्रतिनिधिसभा सदस्य चितवन-३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दाहाल उम्मेदवार छिन् । घरदैलो कार्यक्रमलाई जनताको भावना बुझ्ने अभियानका रूपमा अघि बढाएकी छन्। स्थानीयका गुनासा, सुझाव र अपेक्षालाई टिपोट गर्दै उनले स्पष्ट विकास एजेन्डासहित मत मागिरहेकी छन्। भरतपुर–२६ लहुरेचोकबाट सुरु गरिएको अभियान वडाका सबै टोल–टोलमा विस्तार गरिएको छ। “म नयाँ अनुहार होइन, काम गरेर देखाइसकेको प्रतिनिधि हुँ,” भन्दै उनले विगतका प्रतिबद्धता पूरा गरेको र बाँकी कार्यलाई संघीय तहबाट अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट व्यक्त गरिन्। भरतपुरमा सडक पूर्वाधार विस्तार, जंगली जनावर नियन्त्रणका उपाय, मेसजाली फाउन्डेसन निर्माण तथा नारायणी तटबन्धजस्ता महत्वपूर्ण योजनाको सफल कार्यान्वयन आफ्नो नेतृत्वकालको उपलब्धि भएको उनले स्मरण गराइन्। “लगातार ९ वर्ष महानगरको नेतृत्व गर्दा मैले विकासको आधार निर्माण गरेँ, अब त्यसलाई राष्ट्रिय समन्वयबाट थप उचाइमा पुर्‍याउने समय आएको छ,” दाहालको भनाइ छ। उनले चितवन निकुञ्ज पीडितको दीर्घकालीन समाधान, सुकुमबासीलाई लालपुर्जा वितरण, र प्राविधिक शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन्। कृषि, पर्यटन र शिक्षालाई एकीकृत गर्दै चितवनलाई आत्मनिर्भर र समृद्ध बनाउने स्पष्ट खाका प्रस्तुत गर्दै उनले निकुञ्ज ऐनमा आवश्यक संशोधनमार्फत स्थानीय समुदायको हित सुरक्षित गर्न पहल गर्ने प्रतिबद्धता जनाइन्। घरदैलोका क्रममा धेरै स्थानमा जनताबाट उत्साहजनक समर्थन प्राप्त भएको उनको दाबी छ। “विकासले निरन्तरता पाउनुपर्छ भन्ने जनताको चाहना स्पष्ट देखिएको छ,” उनले भनिन्। कतिपय मतदाताले पुनः विजयी गराएर संघीय संसदमा पठाउने प्रतिबद्धता जनाएपछि अभियान थप ऊर्जावान बनेको छ। स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन उनका मुख्य प्राथमिकता हुन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने ठोस योजना उनले सार्वजनिक गरिसकेकी छन्। चितवन–३ मा मतपरिवर्तनको सम्भावना न्यून र दाहालको पक्षमा जनलहर सशक्त बन्दै गएको अभियानमा सक्रिय स्थानीय अगुवाहरूको दाबी छ। चुनाव नजिकिँदै जाँदा उनको सक्रियता, स्पष्ट दृष्टि र विगतको कार्यअनुभवले मतदातामा थप विश्वास जगाएको देखिन्छ। अब चितवन–३ का मतदाताले निरन्तर विकास, अनुभवी नेतृत्व र स्थिर भविष्यको पक्षमा निर्णय गर्ने समय आएको छ।

काठमाडौँ-१०: किर्तिपुरलाई आइटी हब बनाउने रुपा महर्जनको घोषणा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. १० कि उम्मेदवार रूपा महर्जन(श्रेष्ठ)ले किर्तिपुरलाई आईटी हबको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।  उनले आफु निर्वाचित भएमा किर्तिपुरलाई आइटी हबको रुपमा विकास गर्दै रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले सामुदायिक विद्यालय तथा कलेजहरूको स्तरोन्नति गर्ने, हात्तीवन–चम्पादेवी–चन्द्रागिरि पैदल मार्गको स्तरोन्नति गर्ने, चन्द्रागिरी–कीर्तिपुर–दक्षिणकाली सडक विकास गरी सार्वजनिक यातायात सञ्चालन गर्ने र कीर्तिपुर–मकवानपुर जोड्ने सडक विस्तार गर्ने पनि उनको प्रतिबद्धता छ । उनले चम्पादेवीस्थित जातीय संग्रहालयलाई मूर्त रुप दिने, खेलकुद प्रशिक्षणको हबको रूपमा विकास गर्ने, जनआन्दोलन, जनयुद्ध र जेन्जी आन्दोलनको अध्ययन, अनुसन्धान र स्मृति स्थलका रूपमा मसिनको शान्तिपार्कलाई विकास गर्ने र विभिन्न पार्क तथा खेलमैदानको स्तरोन्नति गर्ने पनि उनको घोषणा छ । काठमाडौं दक्षिण–पश्चिम भेग (दक्षिणकाली–कीर्तिपुर–चन्द्रागिरी नगरपलिका क्षेत्र) को आर्थिक, सामाजिक, सास्कृतिक क्रियाकलापको समन्वय गर्ने, सो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकास गर्न केन्द्रीय बजेट सुनिश्चित गर्न पहल गर्ने पनि उनको भनाई छ । उनले क्षेत्र नं. १० मा जलाधार क्षेत्रको संरक्षण गर्दै खानेपानीको उचित व्यवस्थापन गर्ने पनि प्रतिबद्धता गरेकी छन् ।

अनुभव, योग्यता र क्षमतामा अब्बल कृष्ण ध्वज खड्काले प्युठानमा फहराउँदैछन् विजयको झण्डा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्युठान जिल्लाका उम्मेदवार कृष्ण ध्वज खड्का राजनीतिक अनुभव, योग्यता र क्षमतामा अब्बल देखिएका छन् । हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनले भूमिगत राजनीतिक जीवनमा कठोर कष्ट बेहोरेर आएका हुन् । २०७४ सालमा लुम्बिनी प्रदेश सभा सदस्य बनेका उनले प्युठान जिल्लाको विकास, निर्माण र समृद्धिमा पुर्याएको योगदानका कारण उनको जित निश्चित भएको बताइएको छ । ६ भाद्र २०१९ सालमा जन्मिएका खड्काले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । यस्तो छ खड्काको राजनीतिक जीवनको उतारचढाव खड्का विद्यालयमा अध्ययन गर्दा २०२९ सालमा विद्यालयमा भएको युनियनमा सदस्य बनेका थिए । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट तत्कालिन विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएका उनी २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय भएका थिए । २०४४ सालमा विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय सदस्य बनेका खड्का २०५१ सालमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा(माओवादी)ले २०५२ सालमा नेकपा सुरु गरेको जनयुद्धमा उनी सक्रियतापूर्वक सहभागी भएका थिए । २०५२ देखि २०५८ सालसम्म नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको विशेष दुतको रुपमा तत्कालिन राजा लगायतका राजनितिक नेताहरुसँग भेटघाट तथा संवाद गर्न उनको अग्रणी भुमिका रहेको थियो । २०५३ देखि २०५८ सालसम्म राष्ट्रिय जनआन्दोलनको सचिव भई वाम आन्दोलनको नेतृत्व गरेका थिए । त्यस्तै, २०५४ सालमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जेलभित्र हुँदा हुँदै पुनः केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उनी २०५७ सालमा नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए । २०५८ सालमा भएको तत्कालिन सरकार र विद्रोही नेकपा (माओवादी) बीच भएको पहिलो वार्ताको संयोजनकर्ता उनी नै थिए । २०६२÷०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिकाका साथ आन्दोलनमा सहभागी खड्काले संविधानसभाबाट जनपक्षीय संविधान निर्माणमा अग्रणी भूमिका समेत निर्वाह गरेका थिए । उनले पार्टीको प्युठान जिल्लाको इन्चार्ज, पार्टीका विभिन्न जनवर्गीय संगठनहरु बुद्धिजीवी संगठन, कर्मचारी संगठन, इन्जिनियरिङ संगठन, कानून व्यवसायी संगठन लगायतका संगठन र विभिन्न विभागहरुको प्रयाक्सन इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् । उनी २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०७८ देखि २०७९ सालसम्म लुम्बिनी प्रदेश सरकारको अर्थ तथा सहकारी मन्त्री भई विनियोजित बजेटको सबैभन्दा धेरै बजेट खर्च गरी सफल अर्थ मन्त्रीका रुपमा दर्ज हुन सफल भएका छन् । जसले यस पटकको चुनावमा उनलाई जितका लागि सहज बनाएको छ । उनले आफ्नो राजनीतिक जीवनमा पटक पटक हिरासत, बेपत्ता र जेल जीवन व्यतित गरेका छन् । योगदान, योग्यता, क्षमता र प्रदेश सभा सदस्य हुँदा उनले प्युठानमा गरेका विकास निर्माण तथा समृद्धिको कामका कारण उनलाई विजय गराउने तयारीमा प्युठानी जनता लागि परेका छन् ।

जेनजी पुस्ताको मर्मअनुसार संविधान संशोधनमा नेकपा प्रतिबद्ध

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा ‘जेनजी’ पुस्ताको आकांक्षा र देशको दीर्घकालीन हितलाई केन्द्रमा राख्दै संविधान संशोधनमार्फत राजनीतिक स्थायित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चुनावी प्रतिबद्धता पत्रमा विद्यमान निर्वाचन प्रणालीका कारण कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गरी पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्ने सम्भावना न्यून भएको उल्लेख गर्दै स्थिरता र परिणाममुखी शासनका लागि संवैधानिक तथा संरचनागत सुधार आवश्यक रहेको औँल्याइएको छ । बहुदलीय व्यवस्था पुनःस्थापनापछिका ३५ वर्षमा राजनीतिक तथा नीतिगत अस्थिरताले सामाजिक–आर्थिक रूपान्तरणमा अपेक्षित फड्को मार्न नसकिएको निष्कर्ष निकाल्दै पार्टीले शासन प्रणाली, संघीयता कार्यान्वयन र प्रशासनिक सुधारलाई विशेष प्राथमिकतामा राखेको छ। १. राजनीतिक स्थायित्व र शासकीय सुधार पार्टीले शासकीय स्वरूपमा नियन्त्रण र शक्ति सन्तुलन सुनिश्चित हुने गरी आमूल परिमार्जन गर्ने जनाएको छ। निर्वाचन प्रणाली सुधार : खर्चिलो र भड्किलो प्रणालीले भ्रष्टाचार बढाएको र कमजोर आर्थिक अवस्थाका नागरिकलाई निर्वाचनबाट टाढा धकेलेको उल्लेख गर्दै सरल र कम खर्चिलो प्रणाली लागू गर्ने प्रतिबद्धता। सानो मन्त्रिपरिषद् : सांसदहरूलाई विधायकी भूमिकामा केन्द्रित गर्दै हालको २५ सदस्यीय मन्त्रिपरिषद् घटाई विषयगत विज्ञसहित सानो आकारको मन्त्रिपरिषद् गठन। संघीयता कार्यान्वयन : नयाँ प्रतिनिधिसभा गठन भएको एक वर्षभित्र संघीयता कार्यान्वयनका आवश्यक कानुन तर्जुमा गरी प्रदेश र स्थानीय तहलाई संविधानअनुसार अधिकार प्रयोगको सुनिश्चितता। बजेट विकेन्द्रीकरण : शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, खाद्य सुरक्षा, संस्कृति र भाषा विकासजस्ता मौलिक हक कार्यान्वयनका लागि संघीय बजेटको ६० प्रतिशत प्रदेश र स्थानीय तहमार्फत परिचालन। राष्ट्रिय सभाको पुनर्परिभाषा : उत्पीडित वर्ग, क्षेत्र र समुदाय तथा राष्ट्रिय जीवनमा विशिष्ट योगदान दिएका व्यक्तिको प्रतिनिधित्व हुने सभाका रूपमा राष्ट्रिय सभालाई स्थापित गर्ने। संवैधानिक आयोग पुनर्संरचना : आदिवासी, थारु, भाषा, समावेशी आयोग लगायतमा देखिएको अधिकारको दोहोरोपन हटाई स्रोतसाधन सम्पन्न बनाउने। २. भ्रष्टाचार नियन्त्रण र सुशासन भ्रष्टाचार नियन्त्रणलाई पार्टीको आधारभूत नीति र कार्यक्रमको प्रस्थानविन्दु बनाउने घोषणा गरिएको छ। सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन तथा प्रमुख भ्रष्टाचार काण्डहरूको अनुसन्धानका लागि एक वर्षे समयसीमा सहित स्वतन्त्र उच्चस्तरीय आयोग गठन। अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागलाई समेटेर अधिकार सम्पन्न लोकपाल स्थापना। देशलाई खैरो सूची (ग्रेलिस्ट) बाट मुक्त गराउन समयबद्ध कार्ययोजना कार्यान्वयन। डिजिटल तथा ई–शासन ब्लूप्रिन्ट कार्यान्वयन गर्दै मुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास। मेरिट र पर्फर्मेन्समा आधारित कर्मचारी प्रणाली, पाँच वर्षभित्र ३० प्रतिशत नयाँ जनशक्ति भित्र्याउने लक्ष्य। संवैधानिक तथा सार्वजनिक निकायमा दलगत भागबण्डा अन्त्य गरी योग्यता प्रणाली लागू। सेवा प्रवाहमा टाइम कार्ड प्रणाली लागू गरी नागरिक वडापत्रअनुसार समयमै सेवा सुनिश्चित। ३. परिणाममुखी सार्वजनिक प्रशासन पार्टीले प्रक्रियामुखी र तदर्थवादी प्रशासनलाई जनउत्तरदायी, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने लक्ष्य अघि सारेको छ। संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न संसद्को पहिलो अधिवेशनबाट संकल्प प्रस्ताव पेश। संघ, प्रदेश र स्थानीय प्रशासनबीच प्रभावकारी समन्वयका लागि उच्चस्तरीय प्रशासन संरचना पुनरावलोकन आयोग गठन। कार्यसम्पादन सम्झौतामा आधारित पारदर्शी मूल्यांकन प्रणाली। प्रमुख प्रशासकहरूको स्थायित्व सुनिश्चित गर्दै नियुक्ति, सरुवा र बढुवामा स्पष्ट मापदण्ड। राजनीतिक र प्रशासनिक नेतृत्वको कार्यक्षेत्र कानुनद्वारा स्पष्ट परिभाषित। समग्र सन्देश जेनजी पुस्ताको आकांक्षा—स्थिर राजनीति, पारदर्शी शासन र परिणाममुखी प्रशासन—लाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनदेखि प्रशासनिक पुनर्संरचनासम्मका संरचनात्मक सुधारमार्फत दीर्घकालीन स्थायित्व र सामाजिक–आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

रोल्पामा तारा चिन्हमा मत माग्दै वर्षमान पुन: समृद्धि, सुशासन र सामाजिक न्यायको स्पष्ट कार्ययोजना

रोल्पा । प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ नजिकिँदै गर्दा रोल्पामा चुनावी माहोल तीव्र बन्दै गएको छ। वर्षमान पुन ‘अनन्त’ले तारा चिन्हमा मतदान गर्न आह्वान गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर रोल्पा निर्माणका लागि आफ्नो स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका  पूर्वमन्त्री पुनले विकास, सुशासन र सामाजिक रूपान्तरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। रोल्पाको शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गर्दै पुनले दुर्गम बस्तीका नागरिकलाई आधारभूत सेवा सुनिश्चित गर्ने योजना अघि सारेका छन्। “रोल्पामा अब अवसर खोज्न बाहिरिनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ,” उनले भने, “शिक्षा र स्वास्थ्यमा सुधार गर्दै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्छ।” युवालाई सीपमूलक तालिम, कृषि र साना उद्योगमार्फत आत्मनिर्भर बनाउने उनको योजना छ। पूर्वाधार विकासलाई तीव्रता दिने सन्दर्भमा उनले मदन भण्डारी लोकमार्ग र शहीद मार्गको निर्माण कार्य शीघ्र पूर्ण गर्ने प्रतिबद्धता जनाएका छन्। ती मार्ग सम्पन्न भएमा रोल्पाको आर्थिक गतिविधि विस्तार हुने, कृषि उत्पादन बजारसम्म सहज रूपमा पुग्ने र पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। खानेपानी, सिंचाइ र खेलकुद पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ। उनले दीर्घकालीन सिंचाइ योजना लागू गरी उत्पादन वृद्धिमा जोड दिने तथा खेलमैदान र कभर्ड हल निर्माणमार्फत युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने बताएका छन्। “रोल्पाको सम्भावना कृषि र पर्यटनमा छ, त्यसलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ,” पुनको भनाइ छ। भाषा, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने नीति पनि उनको प्रमुख एजेन्डामा समेटिएको छ। जनयुद्धको ऐतिहासिक भूमिको रूपमा चिनिएको रोल्पालाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उनको लक्ष्य छ। यसले स्थानीय रोजगारी वृद्धि र आर्थिक चलायमानता बढाउने अपेक्षा गरिएको छ। सामाजिक न्याय र समावेशितालाई विशेष महत्व दिँदै पुनले उत्पीडित महिला, दलित र युवालाई नेतृत्वमा अगाडि ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। “समान अवसर र सम्मान बिना समृद्धि सम्भव छैन,” उनले भने, “हामी सामाजिक विभेद अन्त्य गर्दै न्यायपूर्ण समाज निर्माणको आधार तयार पार्नेछौं।” भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाई उनले आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा राखेका छन्। पारदर्शिता, उत्तरदायित्व र जनसहभागितामार्फत विकासलाई प्रभावकारी बनाउने उनको योजना छ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनयुद्ध र जनआन्दोलनका उपलब्धीको संरक्षणमा नेकपा दृढ रहेको सन्देश पनि उनले दिएका छन्। वैज्ञानिक समाजवादको आधार तयार पार्दै दीर्घकालीन सामाजिक–आर्थिक रूपान्तरणको दिशामा अघि बढ्ने नेकपाको दृष्टिकोण पुनले स्पष्ट पारेका छन्। शहीद, वेपत्ता, घाइते तथा अपाङ्गको उच्च सम्मान र परिवारको संरक्षणलाई पनि उनले आफ्नो कर्तव्यका रूपमा प्रस्तुत गरेका छन्। रोल्पाली जनताको समृद्धि, न्यायपूर्ण समानता र स्थायी विकासको आकांक्षा पूरा गर्न तारा चिन्हमा मतदान गर्न उनले अपिल गरेका छन्। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा पुन र नेकपाले प्रस्तुत गरेको विकास, समावेशिता र सुशासनको एजेन्डा रोल्पाली मतदातामाझ चर्चाको केन्द्रमा पुगेको छ।

नेकपा सोलुखुम्बुमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेहरुकाे लहर तीव्र, पार्टी पक्षमा उत्साहजनक माहोल

सोलुखुम्बु। नेकपा एमाले तथा विभिन्न राजनीतिक दल परित्याग गरी चार जना सक्रिय स्थानीय युवा तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा माप्य दुधकोशी गाउँपालिका–२, ठूलोढुङ्गाका तुल मगर र बालधन मगर तथा सोही वडा अन्तर्गत लपका प्रेम मगर र बालकृष्ण मगर रहेका छन्। उनीहरूलाई आयोजित एक विशेष कार्यक्रममा नेकपाका जिल्ला तथा क्षेत्रीय नेताहरूले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले देशको वर्तमान राजनीतिक अवस्थाबीच जनताको पक्षमा स्पष्ट वैचारिक धार र संघर्षशील भूमिकाका कारण नेकपा प्रति जनआकर्षण बढ्दै गएको उल्लेख गरे। नवप्रवेशीहरूले समेत आफूहरू जनताका मुद्दा र परिवर्तनको एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्ने पार्टीको आवश्यकता महसुस गर्दै नेकपामा आबद्ध भएको बताए। उनीहरूले अब गाउँ–टोलमा पार्टीको विचार, नीति र कार्यक्रम पुर्‍याउने तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। सोलुखुम्बुको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा नेकपाबाट असिम राई उम्मेदवार रहेका छन्। पछिल्लो समय विभिन्न पार्टीबाट नेता, कार्यकर्ता तथा समर्थकहरू नेकपामा प्रवेश गर्ने क्रम बढ्दो अवस्थामा रहेकाले जिल्लामा पार्टीको पक्षमा सकारात्मक र उत्साहजनक माहोल सिर्जना भएको नेताहरूको भनाइ छ। विशेषगरी माप्य दुधकोशी क्षेत्रका युवाहरूबीच पार्टीप्रतिको आकर्षण बढ्दै गएको र स्थानीय स्तरमा संगठन विस्तार तथा जनसंपर्क अभियान तीव्र पारिएको बताइएको छ। नेताहरूले अबको निर्वाचन वैचारिक स्पष्टता, जनपक्षीय प्रतिबद्धता र विकासको ठोस कार्यक्रमका आधारमा हुने भन्दै नेकपा सोलुखुम्बुमा बलियो शक्तिका रूपमा उभिँदै गएको दाबी गरेका छन्। जिल्लामा देखिएको प्रवेशी लहरलाई नेकपाले सकारात्मक संकेतका रूपमा लिएको छ। पार्टीका अनुसार विभिन्न दलप्रति असन्तुष्टि बढ्दै जाँदा जनताले वैकल्पिक शक्ति खोजिरहेका छन् र त्यसको केन्द्र नेकपा बन्दै गएको छ। आगामी दिनमा अझै व्यापक रूपमा प्रवेश कार्यक्रम सञ्चालन गरिने र संगठनात्मक संरचना मजबुत बनाइने जानकारी दिइएको छ। यसरी निरन्तर बढिरहेको प्रवेशी संख्या र कार्यकर्ताको सक्रियताले सोलुखुम्बुमा नेकपाको चुनावी आधार थप मजबुत बन्दै गएको संकेत गरेको छ।

पाँचथरमा नेकपाका मिक्सोलाई विकासप्रेमी नेता आङ्बो र जबेगुको दर्बिलो साथ: चुनावी अभियान थप सशक्त

पाँचथर । कोशी प्रदेशसभामा पाँचथरबाट निर्वाचित दुई प्रभावशाली सांसदको स्पष्ट र सक्रिय समर्थनपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को चुनावी यात्रा नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढेको छ। पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका सांसद इन्द्रबहादुर आङ्बो र पूर्व भौतिक पूर्वाधार मन्त्री एवं बहालवाला सांसद कमलप्रसाद जबेगु दुबै जना अहिले मिक्सोको पक्षमा खुला रूपमा मैदानमा उत्रिएका छन्। आङ्बो क्षेत्र ‘ख’ र जबेगु क्षेत्र ‘क’ बाट निर्वाचित जनप्रतिनिधि हुन्। उनीहरूको बलियो संगठनात्मक पकड र जनाधारले मिक्सोको अभियानलाई जिल्लाभर सशक्त बनाएको छ। विकासको जगमा बनेको विश्वास स्व. पदमसुन्दर लावतीपछि पाँचथरमा विकासवादी नेताका रूपमा चिनिएका आङ्बोले प्रदेश सरकारमा चार वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा जिल्लामा पूर्वाधार, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए। त्यही कार्यसम्पादनका कारण उनी जनताको मनमुटुमा बस्न सफल भएका छन्। अहिले सोही विश्वास र लोकप्रियताको जगमा उनी मिक्सोलाई विजयी गराउन कम्मर कसेर लागेका छन्। उता, माथिल्लो क्षेत्र ‘क’ मा प्रभावशाली पकड बनाएका जबेगुको साथले पनि मिक्सोको पक्षमा थप उत्साह र आत्मविश्वास थपेको छ। मिक्सो स्वयं सोही क्षेत्रका स्थायी बासिन्दा, पार्टीको प्रदेश नेतृत्व सम्हालिसकेका अनुभवी तथा निष्ठावान नेता भएकाले उनको उम्मेदवारीलाई जनस्तरमा सकारात्मक रूपमा लिइएको छ। तमोर करिडोरदेखि जनविश्वाससम्म तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा स्वकीय सचिवको रूपमा काम गर्दा तमोर करिडोरअन्तर्गत करिब ६ अर्ब रुपैयाँ बराबरका योजना पाँचथरमा भित्र्याउन भूमिका खेलेका कारण मिक्सो जिल्लामा विकाससँग जोडिएका नेताका रूपमा स्थापित छन्। यही पृष्ठभूमिले उनलाई “काम गर्ने उम्मेदवार” को छवि दिएको स्थानीय कार्यकर्ताहरू बताउँछन्। नयाँ शक्ति उदाउँदा नेकपालाई लाभ यसपटकको निर्वाचनमा श्रम संस्कृति पार्टी, उज्यालो नेपाल–राष्ट्रिय परिवर्तन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ शक्तिहरू मैदानमा उत्रिएपछि परम्परागत दुई ठूला दलबीचको मत विभाजन हुने आकलन गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो अवस्थामा वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ रहेको नेकपाका उम्मेदवार मिक्सोलाई तुलनात्मक लाभ पुग्ने देखिएको छ। जनलहर, संगठन र आत्मीयता मिक्सोको व्यक्तिगत सरलता, नेम्वाङ समुदायको आत्मीय साथ, पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको जोश तथा आङ्बो–जबेगुको दर्बिलो समर्थनले पाँचथरमा उनको पक्षमा सकारात्मक माहोल सिर्जना भएको छ। प्रदेश नेतृत्व, जिल्ला कमिटी, जनवर्गीय संगठन र युवा पंक्तिसमेत एकजुट भएर अभियानमा डटेका छन्। गाउँ–बस्ती हुँदै सन्देश फैलिँदै जाँदा मिक्सो पाँचथरे जनताको भरोसाको उम्मेदवारका रूपमा स्थापित हुँदै गएको नेकपा जिल्ला इन्चार्ज सीता थेबे बताउँछिन्। मिक्सोतर्फ आकर्षण पुराना दुई ठूला दलको गठबन्धन सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै निराश बनेका कार्यकर्ताहरू अहिले वैकल्पिक शक्ति खोज्ने मनस्थितिमा देखिएका छन्। जेन्जी आन्दोलनपछि उदाएका नयाँ दलहरूमा केही कार्यकर्ता प्रवेश गरे पनि ती दलहरूले नेकपालाई प्रतिस्पर्धीभन्दा सम्भावित सहकार्यकारी शक्तिका रूपमा हेरेको चर्चा छ। यही समग्र राजनीतिक परिवेश, प्रभावशाली प्रदेश सांसदहरूको स्पष्ट साथ र जनस्तरमा बढ्दो स्वीकार्यताका कारण पाँचथरमा मिक्सोको चुनावी यात्रा झनै शक्तिशाली, संगठित र जनप्रिय बन्दै गएको राजनीतिक वृत्तमा आकलन गरिएको छ।

धादिङको विकासका लागि ‘पाँचकुने तारा’ चिन्हमा मतदान गर्न आह्वान

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ जिल्लामा चुनावी गतिविधि तीव्र बनेको छ। जिल्लाका विभिन्न स्थानमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रममार्फत उम्मेदवारहरूले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्।  यसैक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  ‘पाँच कुने तारा’ चुनाव चिह्नमा मतदान गरी राजेन्द्र प्रसाद पाण्डे (धादिङ क्षेत्र नं. १) र राम बहादुर भण्डारी (धादिङ क्षेत्र नं. २) लाई विजयी गराउन समर्थकहरूले आह्वान गरेका छन्। समर्थकहरूका अनुसार राजेन्द्र प्रसाद पाण्डे अनुभवी र परिपक्व नेतृत्वका रूपमा स्थापित व्यक्ति हुन्। लामो राजनीतिक यात्राका क्रममा उनले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गरिएको छ। जिल्लामा सडक सञ्जाल विस्तार, विद्यालय स्तरोन्नति तथा स्वास्थ्य संस्थाको सुदृढीकरणमा उनको योगदान उल्लेखनीय रहेको भन्दै समर्थकहरूले पुनः अवसर दिनुपर्ने तर्क अघि सारेका छन्। त्यसैगरी, राम बहादुर भण्डारीलाई जनताको सुख–दुःखमा साथ दिने, सरल र पहुँचयोग्य नेताका रूपमा चित्रण गरिएको छ। स्थानीय तहदेखि नै सामाजिक गतिविधिमा सक्रिय भण्डारी जनतासँग प्रत्यक्ष संवाद गर्ने र समस्या समाधानमा तत्पर रहने नेताका रूपमा परिचित रहेको उनका समर्थकहरूको भनाइ छ। उनी धादिङ क्षेत्र नं. २ मा विकास र रोजगारी सिर्जनाका एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै उम्मेदवारले कृषि आधुनिकीकरण, सडक स्तरोन्नति, खानेपानी तथा सिँचाइ सुविधा विस्तार, युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका छन्। “तारा” चिन्हमा मतदान गर्नु भनेको स्थिरता, सुशासन र समृद्धिको पक्षमा मत दिनु भएको समर्थकहरूको दाबी छ। चुनावी प्रचारप्रसार अन्तर्गत दुवै उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले आफूहरूलाई विजयी गराए धादिङलाई नमूना जिल्लाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय बुद्धिजीवी तथा समर्थकहरू विकासको निरन्तरता र सुशासनका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताउँछन्। निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङमा चुनावी माहोल झन् सक्रिय बन्दै गएको छ, र मतदाताहरू आफ्नो रोजाइ तय गर्ने तयारीमा जुटेका छन्।