रुकुमपूर्वको विकासका लागि एक मात्र विकल्प ‘प्रचण्ड’
रुकुमपुर्व । रुकुमपूर्वको समग्र विकास, अधुरा पूर्वाधार योजनाको पूर्णता, जनयुद्धकालीन मुद्दाको निष्कर्ष र जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने स्पष्ट कार्ययोजना पाँचकुने तारा चिन्हका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र रहेकाे मतदाताहरुकाे भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक तथा पूर्वप्रधामन्त्रीसमेत रहनु भएका ‘प्रचण्ड’ रुकुमपूर्वबाट चुनावी मैदानमा उत्रिएपछि मतदातामा आशाकाे दियाे बल्न सुरु भएकाे हाे।
उहाँले रुकुमपूर्वमा विशेष आर्थिक तथा पूर्वाधार प्याकेजदेखि लिएर कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यसम्मको समेटिएको प्रतिबद्धताले रुकुमपूर्वका लागि एक मात्र विकल्प प्रचण्ड नै भएको सन्देश दिनुभएकाे छ।
‘प्रचण्ड’ले रुकुमपूर्वलाई विकासको नयाँ उचाइमा पुर्याउने स्पष्ट खाका सार्वजनिक गर्नुभएकाे छ। विकासका हिसाबले तुलनात्मक रूपमा पछि परेको जिल्लालाई विशेष आर्थिक तथा पूर्वाधार प्याकेजमार्फत अग्रणी बनाउने उहाँको प्रमुख प्रतिबद्धता छ ।
जनयुद्धकालमा चुनवाङ बैठकबाट देशले शान्तिको मार्ग पहिल्याएजस्तै अब रुकुमपूर्वले देशलाई समृद्धिको मार्ग देखाउनुपर्ने उहाँकाे भनाइ छ। त्यसका लागि उहाँले मध्यपहाडी लोकमार्गको पूर्णता, सहिदमार्ग (थवाङ–महत–काँक्री–तक–हुकाम–मैकोट–दुले हुँदै शहरतारा–डोल्पा) निर्माण सम्पन्न गर्ने, टेन्डर भइसकेका मोटरेबल तथा झुलुङ्गे पुलहरू निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
सानीभेरी, उत्तरगङ्गा, ढोरपाटन करिडोर, दुईखोली–चुनवाङ–रुकुमकोट–सिस्ने–डोल्पा सडक सञ्जाललाई पूर्णता दिने, तीनवटै पालिका केन्द्र र वडालाई पक्की सडकमार्फत जोड्ने योजना पनि उनको घोषणापत्रमा समेटनुभएकाे छ।
स्थानीय नदिनालाबाट लघु तथा मेघा जलविद्युत् उत्पादन, प्रत्येक वडामा केन्द्रीय प्रसारण लाइन विस्तार, ग्रिड स्थापना, सिँचाइ पूर्वाधार विस्तार तथा आधुनिक व्यावसायिक कृषि प्रणाली लागू गर्ने लक्ष्य उहाँकाे छ।
पुथा–सिस्ने हिमशृङ्खला, ढोरपाटन सिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्थलको संरक्षणसहित पर्यटन प्रवर्द्धन गर्ने, यार्सागुम्बा र बहुमूल्य जडीबुटीको उत्पादन–प्रशोधन केन्द्र स्थापना गरी बजार सुनिश्चित गर्ने योजना पनि अघि सार्नुभएकाे छ।
स्वास्थ्यतर्फ जिल्ला अस्पतालमा २४सै घण्टा विशेषज्ञ सेवा, आवश्यक उपकरण र प्रभावकारी उपचार सुनिश्चित गर्ने तथा शिक्षामा विद्यालय केन्द्रिकरण, विषयगत शिक्षक व्यवस्था र गुणस्तर अभिवृद्धिको नीति लागू गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।
जनयुद्धको उद्गमथलोसमेत रहेको रुकुमपूर्वलाई प्रचण्डले आफ्नो राजनीतिक पुनर्जन्मको थलो भएकाे बताउँदै आउनुभएकाे छ। विस्तृत शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ताको हैसियतले सहिद, बेपत्ता तथा घाइते परिवारका मुद्दालाई निष्कर्षमा पुर्याउने र द्वन्द्वकालीन सवालको राजनीतिक–कानुनी निरूपणमार्फत दिगो शान्ति सुनिश्चित गर्ने उहाँको अडान छ ।
लुम्बिनी प्रदेशले अर्गानिक जिल्ला घोषणा गरेको रुकुमपूर्वमा प्रमाणीकरण र बजार सुनिश्चित गरी ‘प्रिमियम ब्राण्ड’का रूपमा उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउने, टिम्मुर, स्याउ, सुन्तला, कागती, अन्नबाली र अर्गानिक तरकारीको ब्राण्डिङ गर्ने योजना अघि सार्नुभएकाे छ। मगर क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने, फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने लक्ष्य पनि उहाँको घोषणापत्रमा समावेश छ ।
सहिदकाे रगतले लेखिएको संविधानको रक्षा, सङ्घीयताको सुदृढीकरण र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अडानसहित दाहालले रुकुमपूर्वलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
फागुन २१ गते हुने निर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि समग्र विकासको स्पष्ट खाका, ऐतिहासिक जिम्मेवारी र कार्यान्वयन क्षमताका आधारमा रुकुमपूर्वका लागि एक मात्र विकल्प प्रचण्ड नै भएको आम मतदाताकाे बुझाइ छ।
भक्तपुर क्षेत्र नं. २ का एमाले नेता-कार्यकर्ता नेकपामा प्रवेश
काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो । उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाmल प्रचण्डले पार्टीमा स्वागत गर्नुभयो ।पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताउँनुभएको छ।योे पार्टी प्रवेशले भक्तपुर २ मा राम्रो नतिजा आउँने विश्वास व्यक्त गर्नुभयो । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुले पार्टीको सिद्धान्त, नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र जनसरोकारका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाउँनुभएको छ ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन: नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक
काठमाडौँ । २१ फागुनको चुनाव आउन ४ दिन मात्रै बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टीका नेता, तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोल टोलमा केन्द्रीत भएका छन् । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा प्रचारप्रसार तथा घरदैलो गर्न पाइदैनँ । प्रचारप्रसारको अन्तिम दिन नेकपाका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोलहरुमा केन्द्रीत भएर पार्टीलाई जिताउनका लागि सक्रिय भएका हुन् । दिनप्रतिदिन नेकपाको पक्षमा माहोल बन्दै गइरहेको नेताहरुले बताउँदै आएका थिए । चुनावी प्रसारप्रसारको अन्तिम दिनमा आइपुग्दा नेकपाको पक्षमा देशभर जनलहर सिर्जना भएको नेताहरुको भनाई छ । नेकपाका नेता अग्नि प्रसाद सापकोटाले प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा नेकपा पहिलो पार्टी बन्ने अवस्थामा पुगेको बताए । ‘देशभरको अवस्था हेर्दा नेकपाको पक्षमा जनलहर देखिएको छ । मतदाताको माया र अपेक्षा नेकपाप्रति नै देखियो । हामी पहिलो पार्टी बन्नेछौँ ।’ उनले भने । आज दिनभर नेकपाले देशभर घरदैलो र मतदाता भेटघाट कार्यक्रम राख्ने जनाइएको छ । पार्टीले सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रुपमा आफ्नो निर्वाचन क्षेत्रमा परिचालन हुन विशेष निर्देशन नै जारी गरेको थियो । नेकपाले पार्टी र जनवर्गिय संगठन, मोर्चाका सबै सदस्य निर्वाचनमा मतदान गर्न अनिवार्य रुपमा उपस्थित हुन पनि भनेको छ ।
धनुषा–१ का मतदाता भन्छन् : मातृका यादवको विकल्प छैन
धनुषा । धनुषा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै मतदाताहरूले स्पष्ट शब्दमा भनिरहेका छन्–“मधेसको अधिकार र राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने नेता मातृकाप्रसाद यादवको यहाँ विकल्प छैन।” घरदैलो अभियानका क्रममा बस्ती–बस्तीमा पुग्दा स्थानीयवासीले विकास, प्रतिनिधित्व र आफ्ना भावनाको सम्बोधन हुने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको साझा गुनासो छ– “जितेर जानेहरूले बजेट त ल्याउलान्, तर हाम्रा भावना कसले बुझ्ने?” स्थानीय मतदाताहरू यसपटक केवल जनप्रतिनिधि होइन, एक बलियो अभिभावकको खोजीमा रहेको देखिन्छ। एक वृद्ध मतदाताले भने, “हामीलाई केन्द्रमा गएर डराउने होइन, हाम्रो हकका लागि दृढतापूर्वक आवाज उठाउने नेता चाहिएको छ। त्यो सामर्थ्य मातृकाजीमा छ।” प्रचार अभियानका क्रममा उम्मेदवार यादवसँग भेटघाट गर्दा मतदाताहरूले विशेषगरी खानेपानी र सिँचाइको अभावलाई प्रमुख समस्याका रूपमा उठाएका छन्। “खेतहरू सुक्खा छन्, धारामा पानी छैन,” स्थानीय कृषकहरूको यो पीडा सुन्दा यादव भावुक बनेका थिए। उनले मतदातालाई आश्वस्त पार्दै भने, “मधेसी जनताको सामूहिक विकास र अधिकार नै मेरो प्राथमिकता हो। म पदमा रहँदा होस् वा नरहँदा, यस क्षेत्रको सुख–दुःखमा सधैँ साथमा छु र रहनेछु।” उनले यी समस्यालाई राज्यको मूलधारसम्म पुर्याएर समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। यस क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की तथा रास्वपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा रास्वपाको लहर चर्चामा रहे पनि धनुषा–१ मा भने मातृका यादवको व्यक्तिगत राजनीतिक पृष्ठभूमि, संघर्ष र प्रभाव नै मुख्य प्रतिस्पर्धी आधार बनेको देखिन्छ। झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको नेकपाका उम्मेदवार यादवले यसपटक आफ्ना पुराना असन्तुष्ट सहकर्मी तथा पूर्व माओवादी धारका नेता–कार्यकर्तालाई समेत गोलबद्ध गर्न सफल भएका छन्। उनीहरू यतिबेला यादवलाई जिताउन एकताबद्ध रूपमा सक्रिय छन्। सामन्तवादविरुद्ध संघर्षको नारा बोकेर राजनीतिमा प्रवेश गरेका मातृका यादवका लागि यो निर्वाचन केवल अंकगणितको प्रतिस्पर्धा मात्र होइन, मधेसी पहिचान र अधिकारको निरन्तर संघर्षको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।
संसदमा पुगेर जनताका मुद्दा सशक्त रूपमा उठाउने छु: उम्मेदवार शर्मा
रुकुम पश्चिम । आगामी निर्वाचनलाई लक्षित गरी आयोजित जनभेटघाट कार्यक्रममा रुकुम पश्चिमबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले निर्वाचित भएपछि संसदमा जनताका आधारभूत मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानी र कृषि क्षेत्रका समस्यालाई प्राथमिकताका साथ संसदमा उठाउने बताए। उनले भने, “जनताले दिएको मत विश्वासको मत हो। त्यसको सम्मान गर्दै म संसदमा आवाजविहीनको आवाज बन्नेछु।” उम्मेदवार शर्माले गाउँबाट उठेका समस्यालाई सिंहदरबारसम्म पुर्याउने र समाधानका लागि निरन्तर पहल गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे। उनले विकास निर्माणका कार्यमा पारदर्शिता र जनसहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए। कार्यक्रममा सहभागी स्थानीयवासीले जनताको पक्षमा दृढ भएर उभिन आग्रह गरेका थिए। उम्मेदवार शर्माले जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि सबैसँग सहकार्यको अपिल गरे।
सुनसरी–१ मा दल परिवर्तनको लहर: १२५५ जना विभिन्न पार्टीका नेता-कार्यकर्ता नेकपामा प्रवेश
सुनसरी । आगामी निर्वाचनको पूर्वसन्ध्यामा सुनसरी निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। विभिन्न दल परित्याग गरी एकैपटक १,२५५ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा श्रमसंस्कृति पार्टीबाट (माटो), रास्वपा, एमाले र कांग्रेसका कार्यकर्ता रहेको जनाइएको छ। नवप्रवेशीहरूलाई स्थानीय पार्टी नेतृत्वले एक कार्यक्रमका बीच स्वागत गर्दै संगठन विस्तार र सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। दलगत विवरण अनुसार प्रवेश संख्यामा माटोबाट ७५० जना, रास्वपाबाट ३४० जना, एमालेबाट ११० जना, कांग्रेसबाट ५५ जना रहेका छन्। यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पाँचकुने तारा चिन्हका मनोज भट्टराई उम्मेदवार रहेका छन् राजनीतिक विश्लेषकहरूका अनुसार ठूलो संख्यामा कार्यकर्ता दल परिवर्तन गरी नेकपामा प्रवेश गर्नुलाई निर्वाचनको समीकरणमा प्रभाव पार्ने घटनाका रूपमा हेरिएको छ। पार्टी प्रवेश कार्यक्रमपछि नेताहरूले आगामी निर्वाचनमा जनसमर्थन थप मजबुत हुने अपेक्षा व्यक्त गरेका छन्।
उदययपुर-१ मा तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीलाई भाेट माग्दै आजपाका उम्मेदवार पौडेल
उदयपुर । संघीय प्रतिनिधि सभा सदस्य पदका लागि उदयपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका मनोज कुमार पौडेलले आफ्नो उम्मेदवारी निष्क्रिय राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन्। आम जनता पार्टी (आजपा) नेपालको तर्फबाट मोवाइल छाप चुनाव चिन्हमा उम्मेदवारी दिएका पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा संविधानको रक्षा, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा स्थिर सरकार निर्माण गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउन आवश्यक ठानेको उल्लेख गरेका छन्। उनले देशभर देखिएको लघुवित्त, सहकारी र मिटर ब्याजबाट पीडित नागरिकका मागहरू सडक र सदन दुवैबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। ती विषयमा पीडित नागरिकको न्यायका लागि सडक र संसद् दुवैमा सशक्त आवाज उठाउने प्रतिबद्धता तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीले व्यक्त गरेको भन्दै आफूले उनलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जनाएका छन्। पौडेलले आफूलाई माया गरी मतदान गर्न चाहने मतदातालाई तारा चुनाव चिन्हमा मतदान गरी बलदेव चौधरीलाई विजय गराउन हार्दिक अपिल समेत गरेका छन्। संघीय प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। उदयपुर-१ अन्य उम्मेदवारहरुले पनि तारा चिन्हलाई समर्थन गर्दै भाेट मागिरहेका छन्।
प्रचण्डलाई किन जिताउने ?
कमल गिरी/अध्यक्ष, प्रेस सेन्टर नेपाल हिजो जनयुद्ध गलत थियो भन्नेहरू आज गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक अधिकार मज्जाले भोग गरेका छन्। ती अधिकार कसको बलिदान, कसको संघर्ष र कसको नेतृत्वले ल्याएको हो ? भुल्नुभयो ? प्रचण्डलाई हराउने हो भनेर हौसिनेहरूले के बिर्सनुभएको छ भने, प्रचण्ड हारेपछि सबैभन्दा बढी खुसी हुने को हुन् ? गणतन्त्र घाँडो ठान्ने, धर्मनिरपेक्षता नचाहने, समावेशी अधिकार सधैं विरोध गर्नेहरू। उनीहरूकै खुसीका लागि तपाईं प्रचण्ड र उहाँले नेतृत्व गरेको पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई हराउन लाग्नुभएको हो ? जनजाति, दलित, मधेशी, महिला, पिछडिएका वर्ग र क्षेत्र, तपाईंहरूले पाएको अधिकारको महत्व नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्हले हार्दा मात्र थाहा हुनेछ। किनकि ती अधिकार खोसिन थालेपछि मात्र तपाईंलाई प्रचण्डको महत्व याद आउनेछ। तर त्यतिबेला ढिलो भइसकेको हुनेछ। हिजो एमाले र कांग्रेसले नचाहेर पनि प्रचण्डकै नेतृत्वमा गणतन्त्र आयो, संविधान बन्यो, समानुपातिक अधिकार स्थापित भयो। पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारका फाइल खोल्न थाल्दा एमाले–कांग्रेस मिलेर सरकार ढालेनन् ? उनीहरू भ्रष्टाचारीका संरक्षक हुन् कि सुशासनका पक्षधर ? इतिहास साक्षी छ। अब कुरा गरौँ नयाँ शक्ति र रास्वपाको। यिनीहरूसँग विचार छैन । सिद्धान्त छैन । इतिहासबोध छैन । समाजवाद र पुँजीवाद एउटै हुन् भन्नेहरू, धनी र गरिब उस्तै हुन् भन्नेहरू, “पुरानो सबै खराब र नयाँ सबै राम्रो” भन्ने नाराबाजीबाहेक यिनीहरूसँग गहिरो राजनीतिक दृष्टि नै छैन । जातीय व्यवस्था उन्मूलनको एजेन्डा कहाँ छ ? महिला मुक्तिको योजना कहाँ छ ? आदिवासी जनजातिका भाषा र सभ्यता जोगाउने कार्यक्रम कहाँ छ ? ८० लाख युवालाई विदेशिनबाट रोक्ने नीति कहाँ छ ? उद्योग र आत्मनिर्भर अर्थतन्त्रको खाका कहाँ छ ? शासकीय स्वरूपको खाका छ ? यिनीहरूसँग के छ भने, कांग्रेस र एमालेको कुशासनप्रतिको जनआक्रोशलाई पूँजी बनाउने कला मात्र। तर आक्रोश विकल्प होइन; नीति र दृष्टि चाहिन्छ। त्यसैले नेपाली कम्युनिस्ट पार्टी न गोली हानेर युवाको हत्या गर्ने पक्ष हो, न सिंहदरबार, संसद् र अदालत कब्जा गरेर जलाउने पक्ष हो। नेपाली कम्युनिस्ट पार्टी त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक राज्य व्यवस्थाको संस्थापक हो। नेपाली कम्युनिस्ट पार्टी त सुशासन, सामाजिक न्याय र समृद्धिसहितको समाजवादको पक्षपाती हो। अब ३ दिन मात्र बाँकी छन्। सोच्नुस्, विचार गर्नुस्। जनताका अधिकारसँगै राष्ट्रियता, स्वाभिमान र राष्ट्र निर्माणको दिशा सुरक्षित राख्ने क्षण यही हो। सबै वर्ग र क्षेत्रको समान अधिकार जोगाउन स्पष्ट एजेन्डा, वैचारिक दृढता र एकताबद्ध शक्ति आवश्यक हुन्छ। इतिहासले पटक–पटक देखाएको छ। एजेन्डाविहीन शक्तिहरू क्षणिक रूपमा चम्किए पनि दीर्घकालीन रूपमा दिशा दिन सक्दैनन्। त्यसैले अधिकार र भविष्य जोगाउने हो भने भावनाले होइन, गम्भीर विचारले निर्णय गर्नुस्। अब निर्णय गर्नुस्, नाममा हैन, इतिहासले रेकर्ड राख्ने एजेन्डामा ध्यान दिँदै प्रचण्ड नेतृत्वको नेकपालाई बहुमतसहित पहिलो पार्टी बनाउने मौका नगुमाउनुस्। तारा चिन्ह रोज्नुहोस्।
प्रचण्डको स्पष्ट सन्देश: अतिवादविरुद्ध, स्थायित्व र समृद्धिको नयाँ अध्याय लागि ‘तारा’मा मतदान
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनलाई देशको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ। निर्वाचनको पूर्वसन्ध्यामा जारी भिडियो सन्देश र विभिन्न सार्वजनिक सम्बोधनमार्फत उहाँले सुशासन, स्थायित्व र समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै जनतासँग ताजा जनादेश माग्नुभएको हो। प्रचण्डले देश ‘जेन्जी’ आन्दोलनपछिको अस्थिर र अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो। सडक आन्दोलन, असन्तुष्टि र अविश्वासको वातावरणबीच लोकतान्त्रिक निकासका रूपमा निर्वाचनमा जाने निर्णय ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ। अन्तरिम सरकार गठनका लागि सहजीकरण गर्नु र ताजा जनादेशका लागि अडान लिनु आफ्नो दलको जिम्मेवार कदम भएको उहाँले उल्लेख गर्नुभयो। “देशलाई अन्योलबाट लोकतान्त्रिक प्रक्रियातर्फ ल्याउन हामीले सहजीकरण गर्यौं,” उहाँले भन्नुभयो, “अब जनताले नै अन्तिम निर्णय दिने समय आएको छ।” उहाँका अनुसार निर्वाचनमार्फत राजनीतिक स्थिरता र स्पष्ट जनादेश प्राप्त भएमा विकास र सुशासनको मार्ग प्रशस्त हुनेछ। सुशासन व्यक्तिबाट होइन, विधिबाट आफू प्रधानमन्त्री हुँदा सुशासनको थालनी गरिएको दाबी गर्दै प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो—सुशासन कुनै व्यक्तिको सदिच्छाले होइन, संस्थागत सुधार र विधिको शासनमार्फत सम्भव हुन्छ। “व्यक्ति बदलिँदा नीति बदलिनु हुँदैन; प्रणाली बलियो बनिनुपर्छ,” उहाँको भनाइ थियो। उहाँले आफ्नो कार्यकालमा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको, शक्तिशाली गिरोह र बिचौलिया समूहहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको तथा प्रशासनिक सुधार अघि बढाइएको बताउनुभयो। सुशासनको कदमले प्रभावित स्वार्थ समूहहरूले राजनीतिक गठजोडमार्फत अवरोध सिर्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासन, दम्भ र अहंकारविरुद्ध संघर्ष जारी राखिएको उहाँको दाबी छ। “हामी सत्ता होस् वा प्रतिपक्ष, विधि र सुशासनको पक्षमा उभिएका छौं,” उहाँले भन्नुभयो। दुई अतिवादको खतरा प्रचण्डले देश दुई प्रकारका ‘अतिवाद’को जोखिममा रहेको बताउनुभयो। पहिलो, जनताको निराशा र आक्रोशलाई भड्काएर अराजकता, हिंसा र अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति। दोस्रो, दलाल–विचौलिया र यथास्थितिवादी शक्तिहरूको संरक्षणमा टिकेको कुशासन। यी दुबै प्रवृत्तिले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने र राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ छ। “एकातिर व्यवस्था उल्ट्याउने उग्र सोच, अर्कोतिर परिवर्तन रोक्ने यथास्थितिवाद—यी दुबै देशका लागि हानिकारक छन्,” उहाँले उल्लेख गर्नुभयो। यी दुबै अतिवादसँग जुधेर देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उहाँको दाबी छ। वाम पुनर्गठन र एकताको पहल संयोजक प्रचण्डले वाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरूबीच संवाद र सहकार्य बढाइएको जानकारी दिनुभयो। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्कने अभियान सुरु भएको उहाँको भनाइ छ। उहाँले नेपाली कम्युनिस्ट पार्टीलाई वाम आन्दोलनको केन्द्रका रूपमा अघि बढाइएको बताउँदै सबै प्रगतिशील शक्तिहरू एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षा वाम शक्तिको साझा जिम्मेवारी भएको उहाँले जोड दिनुभयो। सामाजिक न्याय र समावेशिताको एजेन्डा प्रचण्डले आगामी कार्यदिशामा सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताउनुभयो। महिलालाई नेतृत्व तहमा पुर्याउने, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। श्रमिक–किसानका अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। “धनी–गरिबबीचको खाडल घटाउने संकल्पका साथ हामी अघि बढेका छौं,” उहाँले भन्नुभयो। उत्पादनमुखी अर्थतन्त्र र रोजगारी युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको प्रचण्डले बताउनुभयो। कृषि र उद्योगबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, साना तथा मझौला उद्योग प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो। “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” उहाँले भन्नुभयो। आर्थिक आत्मनिर्भरता र राष्ट्रिय उत्पादन वृद्धि नै दीर्घकालीन समृद्धिको आधार हुने उहाँको धारणा छ। डिजिटल सुशासन र सेवा प्रवाह प्रचण्डले डिजिटल सुशासनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। सरकारी सेवा लाइनमा होइन, मोबाइल र अनलाइन प्रणालीमार्फत नागरिकसम्म पुर्याउने योजना रहेको उहाँले बताउनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने, भ्रष्टाचार अन्त्यका लागि कानुनी तथा संरचनागत सुधार गरिने उहाँको भनाइ छ। सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने उहाँले स्पष्ट गर्नुभयो। छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सम्बन्ध कायम गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाइने उहाँको योजना छ। हिंसाविरुद्ध कडा सन्देश भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै प्रचण्डले ती घटना अस्वीकार्य भएको बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नभएको उल्लेख गर्दै उहाँले मतदानमार्फत गलत प्रवृत्तिलाई जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभयो। ‘तारा’मा मतदानको आह्वान अन्त्यमा उहाँले मतदातालाई आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न आग्रह गर्नुभयो। फागुन २१ लाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने दिनका रूपमा स्मरणीय बनाउन अपिल गर्दै उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आग्रह गर्नुभयो। “जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “विधिको शासनमार्फत सुशासन स्थापना गर्न र देशलाई स्थायित्वतर्फ लैजान फागुन २१ मा ऐतिहासिक निर्णय गरौं।” यसरी, प्रचण्डको स्पष्ट सन्देश सुशासनको संस्थागत आधार निर्माण, अतिवादविरुद्ध लोकतान्त्रिक स्थायित्व, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र वाम एकताको पुनर्गठनमा केन्द्रित देखिएको छ। अब जनताको निर्णयले आगामी राजनीतिक यात्रा तय गर्नेछ।
म रुपन्देही–२ मा युगसुहाउँदो बदलाव ल्याउन सक्छु:नेकपा उम्मेदवार विश्वदीप
अनलाइनखबर रुपन्देही क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीको केन्द्रमा छ। लामो समयदेखि एमालेका प्रभावशाली नेता विष्णु पौडेलले जित्दै आएको यस क्षेत्रमा कांग्रेसका चुन्नप्रसाद पौडेल, रास्वपाका सुलभ खरेलसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट युवा उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ चुनावी मैदानमा उत्रिएका छन्। दुईजना प्रधानमन्त्रीको सल्लाहकारका रूपमा राज्य सञ्चालन र नीति निर्माणको नजिकबाट अनुभव सँगालेका पाण्डे आफूलाई ‘नयाँ भर्सन’ को उम्मेदवार मान्छन्।भौतिक संरचनालाई मात्र विकास मान्ने भाष्य चिर्दै नागरिक केन्द्रित नीति निर्माण गर्ने उनको अठोट छ। ‘भिआईपी कल्चर’ को अन्त्य, प्रविधिमैत्री जनसहभागिता र उत्पादनमूलक अर्थतन्त्र उनको प्रमुख चुनावी एजेन्डा हुन्। आसन्न प्रतिनिधिसभा निर्वाचन, उनका योजना, राष्ट्रिय राजनीति र चुनावी प्रतिस्पर्धामा केन्द्रित रहेर उम्मेदवार पाण्डेसँग अनलाइनखबरले गरेको कुराकानी : कुनै बेला आफ्नै पिता (भक्तिप्रसाद पाण्डे)ले प्रतिस्पर्धा गरेको क्षेत्रमा उम्मेदवारी दिनुभएको छ, किन ? रुपन्देही क्षेत्र नं. २ मा मेरो उम्मेदवारी मूलतः तीन उद्देश्यले हो। पहिलो, म अहिलेसम्म जनमुखी नरहेको विकासको भाष्य परिवर्तन गर्न चाहन्छु। भौतिक संरचनाको निर्माण वा विस्तार मात्रै विकास होइन। बुटवल, सैनामैना र तिलोत्तमा आसपास भौतिक संरचना केही हदसम्म विस्तार हुँदा पनि सामाजिक विकास कमजोर छ। अवसरको सिर्जना गर्न सकेको छैन, न आर्थिक समृद्धि नै हासिल भएको छ। किनकि हाम्रो विकासको अभ्यासमा नागरिक केन्द्रमा छैनन्। म यसलाई बदल्न चाहन्छु। दोस्रो, म प्रतिनिधिसभालाई देखिने, सुनिने र महसुस गरिने जनताको मञ्च बनाउन चाहन्छु, जहाँ हरेक प्रकारका बहस जनतालाई केन्द्रमा राखेर होऊन्। शून्य समयदेखि विधेयकका दफावार छलफलमा जनताको आवश्यकता र आवाज व्यक्त गर्ने मेरो प्रयत्न हुनेछ। मेरो पक्षधरता आम मानिसको हितमा हुनेछ, मुठीभर बिचौलियाको पक्षमा होइन। तेस्रो, मतदातालाई राजनीतिमा परिवर्तनको अनुभूति गराउन काम गर्नेछु। आज नेपाली समाज राजनीतिमा नयाँ र पुरानो पुस्ताका बीचमा दूरी बनाएको देखिन्छ। राष्ट्रले पकड्न नसकेको विकासको गतिको बाधक त्यही पुस्ताबीचको दूरी हो भन्ने आम नागरिकलाई परेको छ। त्यसैको परिणाम गएको भदौमा नवयुवाहरू (जेन जी) ले भीषण आन्दोलन गरे। म त्यो दूरी कम गर्ने गरी काम गर्नेछु। नागरिकको पक्षमा काम गर्छु त भन्नुभयो। सबैले यही भन्छन्। नागरिकले परिवर्तन महसुस गर्ने गरी कसरी काम गर्नुहुन्छ? के काम गर्नुहुन्छ ? यसअघि कसले कति बजेट भित्र्यायो भन्ने प्रश्न उचित होइन। मुख्य प्रश्न हो- कस्ता योजना बनाइयो ? कुन उद्देश्यले बनाइयो? ती योजनाको केन्द्रमा कसलाई राखियो? त्यसको लाभ कसले पाए? योजनाको केन्द्रमा केवल मुठीभर मानिसहरू राखिए, जसले बजेटको ठूलो रकमको लाभ प्राप्त गरे। हामीले पहिला नीतिगत कमजोरी पहिचान र समाधान गर्नुपर्छ। जस्तो, तपाईंले मानिसलाई सीपयुक्त बनाउन लागेको लागतको त हिसाब गर्न सक्नुहोला, तर एउटा दक्ष मानिसले खोल्न सक्ने सम्भावनाका असङ्ख्य ढोकाहरूको मूल्य बेहिसाब हुन्छ। त्यसैले प्रश्न कति किलोमिटर सडक कालोपत्रे भयो भन्ने मात्र होइन। हो, हामीलाई कालोपत्रे सडक चाहिन्छ। तर, मुख्य प्रश्न त्यो कालोपत्रे सडकमा सहजतापूर्वक सवारीसाधनको प्रयोग गर्न सक्ने मानिस कति तयार भए भन्ने हो। तपाईं जतिसुकै ठूलो सडक बनाउनुहोस्, त्यो सडकमा गुड्ने मानिस सीमित हुन्छन् भने त्यो विकास सबैका लागि हुँदैन। त्यस्तो पक्षपाती बजेट जतिसुकै अङ्कको भए पनि अर्थहीन हुन्छ। मलाई सडक मात्रै होइन, त्यो सडकमा हिँड्न सक्ने नागरिकको पक्षमा बजेट बनाउनु छ। भन्न सजिलै छ तर, ठेक्कापट्टा र विकास आयोजनामा हुने कमिसनको जालो भत्काउनेभन्दा नीति निर्माता सांसदहरू आफैँ त्यही जालोमा फस्ने गरेका तीता अनुभव छन् नि ? यो सबैको उपचार पारदर्शिता हो। आजसम्म कमिसन प्रथा नभत्किएको नसकेर होइन, कमिसनको आडमा टिकेको राजनीतिले समाधान गर्न नचाहेकाले हो। पारदर्शिता आकाशबाट आउने होइन, हामी कसरी योजना बनाउँछौँ र त्यसमा कसलाई संलग्न गराउँछौँ भन्नेमा भर पर्छ। म हरेक नीति र योजना निर्माणमा आम मानिसको संलग्नतालाई पहिलो प्राथमिकता दिन्छु। जनसहभागिताले योजनाको आवश्यकता, लक्ष्य र लागत निर्दिष्ट गर्छ। जनताको सहभागिताले जनस्तरको सुपरिवेक्षण गर्छ। जनसहभागिता भन्ने कुरा मात्रै भइरहेको छ। यसलाई कसरी सुनिश्चित गर्न सकिएला ? जनसहभागितालाई सहज र प्रभावकारी बनाउन ‘योजना एप’ को अवधारणामा काम गर्न सक्छौँ। उक्त एपमार्फत जोकोहीले पनि हरेक योजनाको लागत कसरी निर्धारण गरिएको छ भन्नेदेखि योजनाको कार्यान्वयनको स्थितिबारे ‘अपडेट’ पाइरहनेछन्। आम मानिसले घरमै बसेर आफ्नो रुचिको योजनाबारे सम्पूर्ण जानकारी पाउनेछन्। चित्त नबुझेमा त्यसको उजुरी सोही एपमार्फत गर्नेछन्। र, उक्त उजुरीको सुनुवाइ भए/नभएको परीक्षण पनि गर्नेछन्। यदि सुनुवाइ भएन भने सिधै सम्बन्धित निकाय तथा जनप्रतिनिधिलाई गुनासो पनि गर्ने व्यवस्था सोही एपमा हुनेछ। तपाईंले बुटवल धागो कारखाना सञ्चालन गर्ने वाचा गर्नुभएको छ। त्यो कारखाना साँच्चै पुनः सञ्चालनमा ल्याउन सम्भव छ ? बुटवल धागो कारखाना मात्र होइन, हामीले बन्द सबै र थप कारखाना सञ्चालन गर्नुपर्छ। यहाँनेर एउटा सैद्धान्तिक विषय स्पष्ट पारौँ- हामी एउटा नयाँ युगको सँघारमा छौँ। त्यो नयाँ युग हिजोको जस्तो खुला बजार र स्वतन्त्र व्यापारको युग होइन, उदारवादी विश्व अन्त्य हुँदै गरेको युग हो यो। यसै पनि हामी उदारवादी विश्वका पीडितहरू थियौँ। यो नयाँ युगले हामीलाई नयाँ–नयाँ चुनौती थप्नेछ। श्रम आप्रवासन र सबैखाले आप्रवासन अहिले पश्चिमा संसारमा प्रश्नको विषय बनेको छ। पुँजीको बहुराष्ट्रियकरणमाथि पुनर्विचार सुरु भएको छ। केही समयका लागि पुँजी र श्रमको प्रवाह आजको जस्तो नहुन पनि सक्छ। त्यतिबेला हामीले के गर्नेछौँ? आज हाम्रो अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान ५ प्रतिशत पनि छैन। कुल गार्हस्थ्य उत्पादनको जम्मा ४.९३ प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रले ओगट्छ। जबकि हाम्रा छिमेकी भारतमा १७ प्रतिशत र चीनमा २७ प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रले ओगट्छ। यसको अर्थ हो- हामीले उत्पादनमूलक क्षेत्रमा भरपूर काम गर्नुपर्नेछ। तर, उत्पादन यत्तिकै हुँदैन, त्यसका लागि कच्चा सामग्री, पुँजी र प्रविधि चाहिन्छ। कच्चा सामग्रीका लागि कृषि बलियो बनाउनुपर्छ। पुँजीको निर्माण अर्को प्रश्न हो। र, विगतमा दाताहरूले दिएको प्रविधिले अब हामीलाई पुग्दैन। उपभोक्तावाद संस्कृतिजस्तै बनेको छ। कसरी सकिएला उत्पादनमूलक क्षेत्रलाई बलियो बनाउन ? उत्पादनमूलक क्षेत्रलाई बलियो बनाउन जे–जे गर्नुपर्छ, हामीले त्यही गर्ने हो। त्यसका लागि कृषिलाई बलियो बनाउन अनुदान दिने हो। त्यो काम राज्यले स्थानीय सरकारमार्फत गर्छ। पुँजीको जोहो भने उत्पादनको आकारअनुसार हुन्छ। एउटा तहसम्मको पुँजी लगानी निजी क्षेत्रले गर्न सक्छ। निजी क्षेत्र एक्लैले गर्न नसक्नेमा राज्य र समाजको भूमिका हुन सक्छ। त्यसका लागि पीपीपी मोडलमा जान सकिन्छ। कतिपय क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी पनि ल्याउन काम गर्नुपर्छ। जहाँसम्म बुटवल धागो कारखानाको कुरा छ, त्यसका लागि पुँजी पीपीपी मोडलबाट आउन सक्छ। प्रविधि सरकारले ल्याउन सक्छ। र, त्यसको कृषि आधारका लागि योजनाबद्ध खेती गर्न सकिनेछ। ‘भ्यालु एड’ मात्रै गर्ने अर्थतन्त्र कमजोर हुन्छ। अबको चुनौतीपूर्ण विश्वमा अरूको टेको लगाएको अर्थतन्त्रले धान्दैन। तपाईंको क्षेत्रमा सुकुम्बासी समस्या एउटा प्रमुख हो। कसरी समाधान गर्नुहुन्छ ? सुकुम्बासी बस्ती भनेर जसलाई भनिएको छ, त्यहाँ बस्ने को हुन्? त्यहाँ बस्ने मानिस यो सहरले सिर्जना गरेका अवसरको उपयोग गर्दै जीविका धान्ने र यो सहरको अर्थतन्त्र टिकाइरहने जनशक्ति हुन्। यसबारे मैले बुटवलका मानवशास्त्री रामचन्द्र श्रेष्ठको शोध लेख पढेको थिएँ। उहाँका अनुसार सुकुम्बासी बस्तीका जनता जग्गा पाउने लोभले होइन, सहरले उपलब्ध गराउने अवसरको उपयोग गर्न आएका जनशक्ति हुन्। सुकुम्बासी बस्ती सहर र त्यो जनशक्तिबीच अन्तरक्रियाको थलो हो। यो सहर बनाउने ती जनतालाई जोखिममुक्त स्थानमा बसोबासको अधिकार छ। म त्यही अधिकारलाई कानुनबाट सुनिश्चित गर्ने लडाइँमा छु। भौतिक पूर्वाधारको कुरा गरिरहँदा, स्वास्थ्य सेवाबारे तपाईंको योजना के छ ? स्वास्थ्य सेवा प्रवाहबारे मेरा राष्ट्रिय र स्थानीय मुद्दा छन्। स्थानीय स्तरमा लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवन समयमै पूरा गर्न जोड दिनेछु। साथै उक्त अस्पतालमा दक्ष जनशक्तिको दरबन्दीका लागि काम गर्नेछु। त्यसका लागि कानुनमै परिवर्तन गर्नुपर्नेछ। योचाहिँ स्थानीयका साथै राष्ट्रिय विषय हो। देशैभर स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी, भरपर्दो र पहुँचयोग्य बनाउन धेरै काम गर्नुपर्नेछ। पहिलो, दरबन्दीको सङ्ख्या नै थप्नुपर्ने भएको छ। देशैभर विशेषज्ञ चिकित्सकदेखि प्यारामेडिक्ससम्म दरबन्दी बढाउनुपर्नेछ। दोस्रो, संविधानले आधारभूत तहको स्वास्थ्य सेवालाई निःशुल्क भनेको छ तर व्यवहारमा त्यो सरकारी भवनमा मात्रै सीमित छ। सबै नागरिकले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थाहरू (निजी वा सरकारी दुवै) बाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा लिन पाउने गरी कानुन, नियमावली र निर्देशिकाको व्यवस्था गर्ने मेरो पहल हुनेछ। तेस्रो, स्वास्थ्य सेवाको गुणस्तर कायम राख्न सरकारी स्तरबाट वितरण हुने औषधिको गुणस्तर सुनिश्चितताका लागि कानुनी बन्दोबस्त गर्न पहल गर्नेछु। स्वास्थ्य सेवाजस्तो गम्भीर विषयमा खेलबाड गर्नेलाई जघन्य अपराधको रूपमा कारबाही गर्ने कानुन बनाउन पहल गर्नेछु। विकासको सपना पूरा गर्न दक्ष जनशक्ति चाहिएला। त्यसका लागि शिक्षामा सुधार गर्नुपर्ला। तर कसरी ? अहिले हाम्रो शिक्षा क्षेत्र अनेकौँ समस्याले गाँजिएको छ। खासगरी सामुदायिक शिक्षाको अवस्था कमजोर छ। यसको अर्थ निजी एकदमै सही र राम्रो छ भन्ने होइन। तुलनात्मक रूपमा राम्रो नतिजा धेरै हदसम्म निजी क्षेत्रको प्रभावकारिताका कारणभन्दा पनि बढी समाजको दक्ष हिस्साले आफ्ना सन्तान पढाउने गरेका कारण हो। यसबारे बेग्लै अनुसन्धान र विश्लेषणको खाँचो छ। सामुदायिक विद्यालयहरू भने धेरैवटा समस्याले थला परेका छन्। हामीले शिक्षकलाई दोष लगाएर उम्किने सजिलो बाटो समातेका छौँ। तर, सामुदायिक विद्यालयको दुरावस्थाको एक्लो कारण शिक्षक मात्रै होइनन्। सबैभन्दा पहिला त, हाम्रा विद्यालयहरू जति नै सामुदायिक भनिए पनि समुदायका हुन सकेका छैनन्। सहरी क्षेत्रमा मूलतः अस्थायी बसोबासीका सन्तान पढ्ने विद्यालय भएका छन्, जसले गर्दा समुदायको निगरानीमा छैनन्। पहाडी ग्रामीण क्षेत्रमा आन्तरिक बसाइँसराइको मारमा परेका छन्। अर्कोतर्फ, दक्ष जनशक्तिको आकर्षण शिक्षण पेसा भइरहेको छैन। किन? किनभने हाम्रो समाजमा शिक्षण पेसालाई हेयका रूपमा प्रस्तुत गर्न थालिएको छ। लामो कालखण्डदेखि नै राम्रो अङ्क ल्याउने विद्यार्थी विज्ञान, त्यसपछि व्यवस्थापन हुँदै अन्तिममा शिक्षा विषय पढ्ने मान्यता स्थापित गरियो। पढाउने भनेको नकमाउने र दुःख गर्ने पेसा मानियो। सामुदायिक विद्यालयलाई वास्तवमै समुदायको विद्यालय बनाउन र शिक्षण पेसालाई आकर्षणको पेसा बनाउन संरचनागत रूपमै सुधार गर्न जरुरी छ। त्यसका लागि हाम्रो शिक्षा ऐनमा व्यापक सुधारको खाँचो छ। समुदाय र शिक्षकलाई केन्द्रमा राखेर सबै साझेदारहरूको परामर्शमा नयाँ शिक्षा ऐन बनाइनेछ। एकातिर शिक्षाको यस्तो समस्या छ, अर्कोतिर प्राविधिक शिक्षा पाएकाहरू पनि बेरोजगार भइरहेका छन्। त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ? प्राविधिक शिक्षालाई बजारसँग नजोडी केवल नाफाको उद्देश्यले सञ्चालन गर्दा यस्तो अवस्था आइलागेको हो। यसको सरल समाधान छ- हरेक प्राविधिक शिक्षा उद्योगसँग जोडिएको हुनुपर्छ। त्यसका लागि एउटा चरणको अध्ययनपछि कमाउँदै सिक्ने ‘अप्रेन्टिससिप’ मोडल अपनाइनेछ। साथै, ‘पास आउट’ हुनासाथ रोजगारको सुनिश्चितताका लागि स्वदेशी र विदेशी रोजगारदाता कम्पनीहरूको आबद्धताको मोडल अपनाइनेछ। यहाँ मतदाताले तिनाउ नदीको अवैध उत्खननको मुद्दा पनि उठाइरहेका रहेछन् । यस्तो अवैध उत्खनन् रोक्न सङ्घीय स्तरबाट कस्तो पहल गर्नुहुन्छ ? यो राष्ट्रिय समस्या हो। प्राकृतिक स्रोतसाधनको अवैध उत्खननका लागि कानुनी सुधार गरिनेछ। माफियाहरू नियन्त्रण गर्न प्रभावकारी व्यवस्था निर्माण गरिनेछ। युद्धको पृष्ठभूमिसँग पनि जोडिनुभएको छ । नयाँ सन्दर्भमा महिला, दलित र सीमान्तकृत समुदायको विषयलाई कसरी हेर्नुभएको छ ? अहिले पनि महिलाहरू पहिचानकै समस्याबाट पीडित छन्। नागरिकता ऐनमा व्यापक सुधारको खाँचो छ। बुबा र आमाको नभई एक जनाको मात्रै नामबाट सहजै नागरिकता पाउने व्यवस्थाका लागि पहल गर्नेछु। साथै, ऐनअनुसारको नियमावली बनाउन र नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि सिधै मन्त्रालयसम्म पुग्ने गरी जनगुनासो ‘एप’ को प्रणाली विकास गर्न पहल गर्नेछु। त्यस्तै हरेक क्षेत्रमा महिला, दलित र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न कानुनी र व्यावहारिक सम्बोधनका लागि पहल गर्नेछु। जेनजी आन्दोलनपछिको सन्दर्भमा चुनाव हुँदैछ । ३० वर्षमुनिका युवालाई नीति निर्माणमा कसरी सहभागी गराउन सकिएला ? हरेक नीति निर्माण ‘बटम टु अप एप्रोच’ (तलबाट माथि) बाट हुनुपर्छ । त्यसका लागि कम्तीमा मेरो निर्वाचन क्षेत्रमा हरेक ६ महिनामा नागरिकसँग सार्वजनिक संवाद गर्नेछु। नीति निर्माणमा युवालाई संलग्न गराउन दुईवटा काम गर्नेछु। एउटा, हरेक नीति निर्माण प्रक्रियादेखि संसद्का बहससम्म पारदर्शी हुने गरी एप र वेबसाइट निर्माण गर्नेछु; जहाँ हरेक युवाले के भइरहेछ भन्ने थाहा पाउनेछन् र कस्तो हुनुपर्छ भनेर राय राख्नेछन्। अर्को, दक्ष युवाको टिम निर्माण गरेर काम गर्नेछु र हरेक विधेयक तथा नीतिमाथि छलफल गराउनेछु। अब संसद्मा हुने बहसहरू केवल प्रतिनिधिसभाको चार पर्खालभित्रको विषय हुनेछैनन्। हरेक कुरा सार्वजनिक बहसका विषय हुनेछन्। सीमावर्ती जिल्लामा लागुऔषध समस्या बढ्दो छ । युवा पुस्ताको कुरा गर्दा लागुऔषध नियन्त्रणको काम महत्वपूर्ण होला, यसबारे जानकार त हुनुहुन्छ नि ? कडा कानुन, जनचेतना र जनपरिचालन। यी तीन पक्षको संयोजन भयो भने यो समस्या समाधान हुनेछ। यसमा हामीले नेपाली युवाको नयाँ सोच र बेरोजगारीको समस्यालाई पनि सँगै ध्यानमा राख्नुपर्नेछ। उल्लेख्य संख्यामा पर्यटकहरू लुम्बिनी आउँछन् । उनीहरूलाई बुटवल र आसपासको क्षेत्रमा बस्न प्रोत्साहन गर्न के योजना छ ? बुटवलको सेवा क्षेत्रलाई मौलिक र विश्वस्तरीय बनाउन पहल गर्नेछु। हामीले बुटवलको मौलिकतालाई बजारसँग जोड्न सकेका छैनौँ। बटौली बजारको ऐतिहासिकता हामीले पर्यटकलाई देखाउनुपर्छ। त्यसका लागि पारि बुटवल (बटौली बजार) को मौलिकता जगेर्ना गरी त्यसलाई ऐतिहासिक बजारको रूपमा विकास गर्नुपर्छ। साथै वारि बुटवललाई पहाड र मधेसको संस्कृतिको सङ्गम तथा मौलिक बजारका रूपमा प्रस्तुत गर्नुपर्छ। ट्राफिक चोकमा साँझपख बसेर कफी खाँदाको आनन्द होस् वा यहाँको फुल्कीको स्वाद होस्, अन्यत्र पाइँदैन। हामीले त्यो आकर्षणलाई बजारसँग जोड्न जरुरी छ। १० वर्षपछि रुपन्देही क्षेत्र नं. २ लाई कस्तो आर्थिक–सामाजिक केन्द्र बनाउने सोच छ ? इतिहासमा बटौली बजार मधेस र पहाडको सङ्गमस्थल थियो। कालान्तरमा यो भारी फोड्ने सहर बन्यो अर्थात् थोक सामग्री फुकाएर गाउँ–गाउँ पठाउने ठाउँ बन्यो। अब यसले त्यो पहिचान फेर्दै छ। यो क्षेत्र आर्थिक रूपमा कृषिसँग जोडिएको उत्पादन क्षेत्र हुनेछ। साथै, यो ‘आईटी हब’ हुनेछ। यस क्षेत्रको अर्को पहिचान यहाँको साहित्यिक–प्राज्ञिक गतिविधि पनि हो। त्यसलाई अझ समुन्नत बनाउन मैले पुस्तकालय निर्माण, सार्वजनिक अनुसन्धानका संस्थाहरूको निर्माणलगायतका काम गर्नेछु। यहाँले विकास निर्माणसँग सम्बन्धित यतिका धेरै काम गर्छु त भन्नुभयो । संसद्को काम विकास कि नियम–कानुन निर्माण ? सुरुमै लामै व्याख्या गरिसकेँ। जनताको क्षमता बढाउने विकासका लागि कानुनको निर्माण। कार्यपालिका राज्यको पाखुरा हो जसले काम गर्छ। सोच्ने र चिन्तन गर्ने त व्यवस्थापिकाले नै हो। संसद् गफ गर्ने वा एकअर्कालाई दोषारोपण गर्ने अखडा होइन। देशको भविष्यको रोडम्याप बनाएर कार्यपालिकालाई त्यही मार्गमा हिँडाउने मञ्च हो। त्यो भूमिका मैले गरेर देखाउनेछु। नेताहरू जितेपछि जनताको पहुँचभन्दा टाढा हुन्छन्, तपाईं जनताको सजिलो पहुँचमा रहनुहुन्छ भनेर कसरी विश्वास गर्ने ? म ‘भिआईपी कल्चर’ मा विश्वास गर्दिनँ। मतदाता र प्रतिनिधिबीच कुनै पर्खाल हुनु हुँदैन भन्नेमा प्रस्ट छु। मलाई भेट्न कुनै पर्खाल नाघ्नु पर्दैन, कुनै पीएको समय कुर्नु पर्दैन। म सधैँ जनताकै बीचमा, तपाईंकै सुखदुःखमा हुनेछु। मेरो फोन सधैँ खुला हुनेछ। म सम्भव सबै उपायबाट आम नागरिकका गुनासा सुन्नेछु। सकेसम्म समस्या समाधानको प्रयास गर्नेछु। त्यसका साथै नियमित रूपमा जनतासँग जोडिन मेरो कार्यालयमा एउटा स्थायी जनसम्पर्क विभाग हुनेछ जसले हरेक माध्यमबाट आएका गुनासा टिप्नेछ र जनतासँग नियमित रूपमा मलाई जोड्नेछ। साथै म हरेक ६ महिनामा निर्वाचन क्षेत्रमा जनसम्पर्कका कार्यक्रमहरू गर्नेछु। नयाँ र वैकल्पिक शक्तिहरूको चर्चा छ । पुराना पार्टीका उम्मेदवारलाई मतदाताले विश्वास किन गर्ने ? नयाँ र पुरानोको फरक कसरी छुट्याउने भन्ने नै मुख्य प्रश्न हो। आजको नेपाली राजनीतिको सन्दर्भमा पुराना भनेका ती हुन् जोसँग नयाँ सपना र दृष्टिकोणको अभाव त छँदै छ, सत्ता स्वार्थका अनेक जालोले तिनको हातखुट्टा बाँधिएको छ। कांग्रेस र एमाले त्यही पुरानो शक्ति हुन् जो भ्रष्टाचार र अक्षमताको प्रतीक बनेका छन्। वर्षौंवर्षसम्म उनीहरूले सत्ताको दोहन गर्ने मात्र काम गरे। उनीहरूसँग ठगी र काण्डहरूको बोझबाहेक केही पनि छैन। उनीहरूको अक्षमता, कल्पनाहीनता, दृष्टिकोणविहीनता र सत्ता स्वार्थका कारण आज जनमानसमा आक्रोश सिर्जना भएको छ। भदौ २३ को प्रदर्शन त्यही आक्रोशको प्रस्फुटन थियो जसलाई पनि उनीहरूले दमनले साम्य पार्न खोजे। त्यो ‘अपराध’ को जवाफ त दिनैपर्छ। अर्कोतर्फ, आफूलाई नयाँ भनेर दाबी गर्नेहरूसँग उमेरगत जोस त छ तर स्पष्ट विचार, नीति र कार्यक्रम छैन। आक्रोश र असन्तुष्टि मात्र छ। स्पष्ट विचार, नीति र पक्षधरता नभएको आक्रोश र आवेग अन्धकारमा बिनाबत्ती हिँडेसरह हो। पुग्ने कहाँ हो र जाने कसरी हो भन्ने थाहा नभई सुरु गरिएको यात्रा बीचमै अलमलिन्छ र दुर्घटित हुन्छ। र, राजनीतिक दुर्घटनाले अर्को निराशा सिर्जना गर्छ। नेपाली जनता कहिलेसम्म यो निराशाको चक्रव्यूहमा अल्झिरहने? कांग्रेस, एमालेजस्ता पुराना शक्ति र दृष्टिकोणविहीन कथित नयाँहरूबीचको यो अन्तर पूरा गर्ने पार्टी र पात्र हामी हौँ। हामीसँग लामो सङ्घर्षको अनुभव छ र नयाँ भविष्यको सपना पनि। हामीले वर्तमानका अप्ठ्याराहरू चिनेका छौँ, त्यसैले यी अप्ठ्याराको समाधान पनि हामीलाई थाहा छ। हामीलाई जाने कहाँ हो भन्ने थाहा छ, त्यसैले हामीलाई हिँड्ने उपाय पनि थाहा छ। आजको अप्ठ्यारो राजनीतिमा हामी नै सबैभन्दा उत्तम विकल्प हौँ– रुपन्देहीमा पनि, सिङ्गो देशमा पनि। एमाले उपाध्यक्ष विष्णु पौडेलजस्तो प्रभावशाली नेताले उम्मेदवारी दिनु भएको छ। यो प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ? राजनीतिमा बदलाको भावनाले ठाउँ पायो भने विकास मर्दछ। विष्णु पौडेलजी मेरा लागि व्यक्तिगत शत्रु होइनन् । मेरो लडाइँ उहाँसँग होइन, बुटवल/रुपन्देही–२ लाई पछाडि धकेल्ने पुरानो प्रवृत्तिसँग हो। उहाँ असफल कार्यशैलीको प्रतिनिधि हुनुहुन्छ। पौडेलजी बारम्बार यहाँबाट सांसद, मन्त्री हुनुभयो। अर्थमन्त्री र उपप्रधानमन्त्री हुनुभयो। बुटवलले करिब ३ दशकदेखि एउटै व्यक्तिको शासन भोगेजस्तो भएको छ। तर, त्यसको उपलब्धि के त ? रुपन्देही–२ का लागि पनि पौडेलजीले खासै काम गर्न सक्नुभएन। राष्ट्रिय रूपमा पनि एमाले यतिखेर असफलता, अधमता र अक्षमताको प्रतीक बनेको छ। उहाँहरूकै गलत नीति, शासनशैली र अहङ्कारले गर्दा भदौ २३–२४ गतेको जनविद्रोह भयो। म रुपन्देही–२ मा युगसुहाउँदो बदलाव ल्याउन मैदानमा छु। मलाई विश्वास छ– रुपन्देही–२ का लागि हामी धेरै काम गर्न सक्नेछौँ। विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, सहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्यहरू गर्न सक्नेछौँ। प्रतिनिधि सभामा प्रभावशाली र अनुभवी नेता चाहिन्छ, होइन र ? आफैँ मूल पदमा नभए पनि म सत्ता सञ्चालनको अनुभवबाट टाढा छैन। राज्य सञ्चालनलाई मैले निकै नजिकबाट नियालेको छु। मैले दुई जना प्रधानमन्त्री (डा.बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’ )को सल्लाहकारका रूपमा नीति निर्माण तहमा काम गर्ने अवसर पाएँ। त्यो नै मेरो क्षमताको प्रमाण हो। दुई–दुईवटा अलग–अलग प्रधानमन्त्रीसँग, साथै अर्थमन्त्रीसँग नजिक रहेर मुख्य भूमिकामा काम गर्ने अवसर पाउनु पनि क्षमता भएरै त होला। पुरानो सफ्टवेयरले नयाँ युगको समस्या समाधान गर्न सक्दैन, बुटवललाई अब नयाँ ‘भर्सन’ को नेतृत्व चाहिएको छ। अहिले सिङ्गो विश्वमा दोस्रो विश्वयुद्ध र मूलतः शीतयुद्धपछि खडा भएको उदारवादी विश्व व्यवस्था भत्किने क्रममा छ। दुई ध्रुवीय विश्व यतिबेला बहुध्रुवीय भइरहेछ। यतिबेला नयाँ खालको भूराजनीतिक जटिलताहरू देखा पर्न थालेका छन्। यस्तो पेचिलो परिवर्तनले नयाँ अनुहार र नयाँ जोस र विचार मात्र होइन, परिपक्वता पनि माग गर्छ। मैले यतिबेला नेपाली राजनीतिमा नयाँ, पुरानो, श्रमिक, मध्यम वर्ग र पुँजीपति वर्गका बीचमा बलियो समन्वय चाहिएको महसुस गरेको छु। त्यसले मात्रै समयका जटिलताहरू व्यवस्थापन गर्न सक्छ। यो समयमा मेरो विगतको अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, विकासको स्पष्ट दृष्टिकोण र ज्ञान तथा उमेरको सन्तुलन यो समाजका लागि आवश्यक छ। त्यसैले म मेरो जिम्मेवारी पूरा गर्न मतदाताको बीचमा उभिएको छु। साभार अनलाइनखवर: सम्पादक
सहकारी पीडित भन्छन्-“रास्वपालाई मत दिने मन छैन”
पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठगी प्रकरणमा स्पष्ट समाधान नदिएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत नदिने सन्देश दिएका छन्। उनीहरूले सहकारी ठगीको मुद्दामा राजनीतिक दलहरू गम्भीर नदेखिएको आरोप लगाउँदै ठोस प्रतिबद्धता र कार्ययोजना माग गरेका छन्। पीडित नन्दबहादुर थापाले सहकारीको रकम फिर्ता गराउने नाममा पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको बताए। “जीबी राईलाई ल्याएर दुई दिनमै सावाँ–ब्याज फिर्ता गर्छु भनियो। दुईपटक गृहमन्त्री हुँदा पनि केही भएन,” उनले भने, “हामीलाई अब झुटा आश्वासन होइन, व्यवहारिक समाधान चाहिन्छ।” पृथ्वीचोकका व्यवसायी मंगलप्रसाद खड्गीले चुनावको बेला मात्रै नेता–कार्यकर्ता घरदैलोमा आउने र पछि बिर्सने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले सूर्यदर्शन सहकारीमा व्यक्तिगत र संस्थागत गरी २६ लाख रुपैयाँ गुमाएको बताए। “अब रास्वपाका नेताहरु विश्वास गर्ने आधार छैन,” उनले भने। प्रेमबहादुर रानाले ३३ लाख रुपैयाँ गुमाएको उल्लेख गर्दै २५ वर्षको शिक्षण र नर्सरी व्यवसायबाट कमाएको रकम डुबेको दुखेसो पोखेका छन्। पोखरा–१३ आर्बाका गोपी दाहालले पनि ६ लाख रुपैयाँ ६ वर्षदेखि फिर्ता नपाएको बताए। “घोषणापत्रमा लेखेर मात्रै हुँदैन, कार्यान्वयन चाहिन्छ,” उनले भने। सहकारीपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले राजनीतिक दलहरूले पीडितको भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। “सहकारी ठगीको ट्याग लागेको कसैलाई पनि मत दिनुहुन्न,” उनले भने, “हामीलाई पीडित बनाउनेलाई बरु मतै हाल्दिनँ।” उनीहरूले रवि लामिछानेले चितवनमा सहकारी ठगीको प्रमाण मागेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। रास्वपाले चितवनमा आयोजना गरेको चुनावी सभामा लामिछानेले आफूमाथि लागेको आरोपमा प्रमाण मागेपछि पीडितहरू आक्रोशित बनेका हुन्। सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको आरोपमा मुद्दा दायर भएको छ। १८ हजार ७०० बचतकर्तामध्ये एक हजार १५७ जनाले मात्रै किटानी जाहेरी दिएका छन्। सरकारी अनुसन्धानअनुसार केही व्यक्तिको नाममा व्यक्तिगत बिगो कायम गरिएको छ भने गोर्खा मिडियामा समेत रकम गएको उल्लेख गरिएको छ। पीडितहरूको माग छ—राज्यले नीतिगत रूपमा राहत कार्यक्रम ल्याओस्, दोषीलाई कारबाही होस् र बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरियोस्। अन्यथा, आगामी निर्वाचनमा आफूहरू रास्वपासहित सहकारी ठगीमा मुछिएका व्यक्तिलाई मत नदिने उनीहरूको स्पष्ट चेतावनी छ।
सुशासनको सुरुवात व्यक्तिबाट हुँदैन देशमा विधिको शासन स्थापित गरेर हुन्छ: प्रचण्ड (प्रचण्डकाे भिडियाे सन्देशसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अपिल गर्नुभएकाे छ। निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश ‘जेन्जी’ आन्दोलनपछिको अनिश्चित अवस्थाबाट निर्वाचनको चरणमा प्रवेश गरेको उल्लेख गर्नुभएकाे छ। प्रचण्डले सरकारको नेतृत्वमा रहँदा सुशासनको सुरुवात गरिएको दाबी गर्दै व्यक्तिको होइन, विधिको शासन स्थापना गर्न प्रयास गरिएको बताउनुभयाे। उहाँले ठूला गिरोह र शक्तिशाली समूहसँग जोडिएका भ्रष्टाचारका प्रकरण उजागर गरिएको उल्लेख गर्नुभएकाे छ। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासनविरुद्ध खबरदारी गरिएको उहाँको भनाइ छ। देश दुई अतिवादी प्रवृत्तिको जोखिममा रहेको दाबी गर्दै उहाँले जनताको आक्रोश भड्काएर अराजकतातर्फ धकेल्ने र लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको बताउनुभयाे। ती दुवै चुनौतीसँग जुधेर देशलाई स्थायित्व र समृद्धितर्फ लैजान बामपन्थी शक्ति आवश्यक रहेको उहाँकाे भनाइ छ। उहाँले बाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै नेपाली कम्युनिस्ट पार्टीका रूपमा एकताका प्रयासहरू अघि बढिरहेको जानकारी दिनुभयाे। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराबाट परिणामतर्फ फर्कने अभियान सुरु भएको उहाँको दाबी छ। प्रचण्डले समावेशिता, सामाजिक न्याय र आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको बताउनुभयाे। महिलालाई नेतृत्वमा ल्याउने, दलित तथा उत्पीडित समुदायलाई अवसर सुनिश्चित गर्ने, श्रमिक–किसानका अधिकार संरक्षण गर्ने तथा युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयाे। कृषि र उद्योगको विकासमार्फत स्वदेशमै उत्पादन र रोजगार बढाउने योजना रहेको उहाँको भनाइ छ। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्ने, डिजिटल सुशासन र पारदर्शिता प्रवर्द्धन गर्ने तथा सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे। उहाँले मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै फागुन २१ को निर्वाचनमार्फत स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु हुने दाबी गर्नुभयाे।
गुरु-चेलाको उदाहरणीय सम्बन्ध: वर्षमान पुनका लागि महराको घरदैलो अभियान
रोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’का पक्षमा मत माग्न घरदैलो अभियानमा सहभागिता जनाउनुभएको छ। आइतबार रोल्पा नगरपालिका वडा नं. १ र २ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा महरा पुनसँगै घरदैलोमा पुग्नुभएको थियो। केही अस्वस्थताका बाबजुद अभियानमा सक्रिय सहभागिता जनाउँदै उहाँले पुनलाई आफ्नो राजनीतिक ‘उत्पादन’ र देशको कुशल व्यवस्थापकका रूपमा चित्रण गर्नुभयो। जनभेटघाट कार्यक्रममा बोल्दै महराले भन्नुभयो, “जसरी मैले उहाँलाई राजनीतिक यात्राको बाटो सिकाएँ, आज सोही चेलाले देशको नेतृत्वदायी भूमिकामा उभिँदा मलाई गर्व लाग्छ।” उहाँले रोल्पाका दुर्गम बस्तीहरूमा सडक विस्तार, विद्युत् तथा खानेपानी आयोजनामा पुनले महत्वपूर्ण योगदान दिएको दाबी गर्नुभयो। कार्यक्रममा आमा समूह, बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महराले पुनलाई सरल, सहज र जनभावना बुझ्ने नेता भएको उल्लेख गर्दै रोल्पाको भविष्य निर्माणका लागि पुनलाई पुनः निर्वाचित गर्न अपिल गर्नुभयो। घरदैलोका क्रममा पुनले पनि गुरु महराको विश्वासलाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर रोल्पालाई नमुना जिल्ला बनाउने योजना सुनाउनुभयो। यसअघि शनिबार लिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महराले पुनका पक्षमा मत माग्नुभएको थियो। गुरु र चेला एउटै अभियानमा देखिएपछि मतदातामा थप उत्साह देखिएको छ।
बागलङ-२ का नेकपा उम्मेदवार ज्ञामनाथ गैरेकाे जित सुनिश्चित हुँदै
बागलुङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागलुङ क्षेत्र नम्बर २ मा चुनावी माहोल उत्कर्षमा पुगेको छ। यसै सन्दर्भमा ज्ञामनाथ गैरे ‘अनिल’ को पक्षमा ताराखोला गाउँपालिकामा देखिएको जनसमर्थनले नयाँ ऊर्जा थपेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गैरे शनिबार ताराखोलामा घरदैलो तथा जनभेटघाट कार्यक्रममा सहभागी हुँदा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखियो। तत्कालीन जनयुद्धको आधार इलाकाका रूपमा चिनिने ताराखोलामा उनको आगमनले चुनावी सरगर्मीलाई थप उचाइमा पुर्याएको छ। स्थानीयले गैरेलाई इमान्दार, संघर्षशील र जनताको सुख-दुःखमा साथ दिने नेताका रूपमा चित्रण गर्दै भव्य स्वागत गरेका थिए। घर–घरमा पुग्दा फूलमाला, अबिर र शुभकामनासहित नागरिकले विजयको अग्रिम शुभेच्छा व्यक्त गरे। “यसपटक तारा चिन्हमै मतदान गरेर संसदमा पठाउनेछौं,” भन्ने प्रतिबद्धता धेरै मतदाताले खुलेरै व्यक्त गरेका छन्। जनताको माया र विश्वासबाट उत्साहित बनेका गैरेले विगतका संघर्षपूर्ण दिनहरू सम्झँदै ताराखोलावासीको योगदानप्रति कृतज्ञता व्यक्त गरे। आफू निर्वाचित भएपछि अधुरा रहेका विकासका योजना, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गर्ने दृढ अठोट उनले दोहोर्याए। उनले भने, “यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, यो परिवर्तन र समृद्धिको यात्रालाई नयाँ गति दिने अवसर हो। म जनताको विश्वासलाई कुनै हालतमा निराश हुन दिनेछैन।” ताराखोलावासीले समेत बागलुङ क्षेत्र नम्बर २ का सम्पूर्ण मतदातालाई विकास र स्थायित्वको पक्षमा उभिन आह्वान गरेका छन्। बढ्दो जनलहर र चुनावी उत्साहलाई आधार मान्दै स्थानीय राजनीतिक विश्लेषकहरूले यस क्षेत्रमा गैरेको पकड बलियो बन्दै गएको टिप्पणी गर्न थालेका छन्।
तीन दशकको जडता चिर्दै परिवर्तनको संकल्प : बिश्वदीपको एक महिने घरदैलो अभियानले रुपन्देही–२ मा नयाँ लहर
बुटवल । रुपन्देही क्षेत्र नं–२ यतिबेला चुनावी उत्साहले तातेको छ। यही परिवेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तारा चुनाव चिन्हका प्रतिनिधिसभा सदस्य उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले तीन दशकदेखि एउटै प्रवृत्तिले कब्जा जमाउँदै आएको राजनीतिक संरचनालाई परिवर्तन गर्ने दृढ उद्घोषसहित घरदैलो अभियानलाई तीव्रता दिएका छन्। ठीक एक महिना अघि सुरु भएको उनको घरदैलो अभियान आइतबार एक महिना पूरा भएको छ। यस अवधिमा उनले करिब २२ हजार घरधुरीका ६० हजारभन्दा बढी मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। साथै देश तथा विदेशमा रहेका मतदातासँग पनि प्रत्यक्ष–अप्रत्यक्ष संवाद गर्दै उनले व्यापक जनसमर्थन र आशा देखिएको बताएका छन्। पाण्डेका अनुसार यो अभियान केवल मत माग्ने औपचारिक कार्यक्रम होइन, जनताको पीडा, अपेक्षा र आकांक्षा सुन्ने अवसर बनेको छ। “रुपन्देही–२ आज परिवर्तनको गम्भीर मोडमा उभिएको छ,” उनले भने, “अबका केही दिन र घण्टाले यस क्षेत्र मात्र होइन, देशकै भविष्यको दिशा तय गर्नेछ।” पुरानो शक्ति विरुद्ध नयाँ दृष्टिकोण उम्मेदवार पाण्डेले कांग्रेस, एमालेजस्ता परम्परागत शक्ति अब दृष्टिकोणविहीन र जनअपेक्षा पूरा गर्न असमर्थ भइसकेको दाबी गरे। वर्षौंसम्म सत्तामा रहेर पनि ठोस रूपान्तरण गर्न नसकेको आरोप लगाउँदै उनले अब जनताले वैकल्पिक, सक्षम र दूरदर्शी नेतृत्व रोज्ने समय आएको बताए। “यदि तपाईंहरूले तारा चुनाव चिन्हमा मत दिनुभयो भने मात्रै वास्तविक परिवर्तन सम्भव छ,” उनले मतदातालाई आग्रह गर्दै भने, “यसपटक परिवर्तन, विकास र स्थिर एवं सक्षम नेतृत्वका लागि तपाईँको अमूल्य मत प्रयोग हुनुपर्छ।” उनले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्तिसँग नभई रुपन्देही–२ लाई पछाडि धकेल्ने पुरानो प्रवृत्तिसँग भएको स्पष्ट पारे। उनका अनुसार राजनीति अब व्यक्ति–केन्द्रित होइन, नीति र दृष्टिकोण–केन्द्रित हुनुपर्छ। भौतिक विकासभन्दा सामाजिक रूपान्तरण पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमा आसपास केही भौतिक संरचना विस्तार भए पनि सामाजिक, शैक्षिक र आर्थिक रूपान्तरण अपेक्षित रूपमा हुन नसकेको बताए। “सडक र भवन बनाउनु मात्र विकास होइन,” उनले भने, “जबसम्म युवाले अवसर पाउँदैनन्, उद्योगी–व्यवसायीले सहज वातावरण पाउँदैनन्, श्रमिकको सम्मान हुँदैन र मध्यम वर्ग सुरक्षित हुँदैन, तबसम्म विकास अधुरो रहन्छ।” उनले विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, सहरिया मध्यम वर्ग, बौद्धिक समुदाय तथा श्रमिक वर्गलाई लक्षित कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। सीप विकास, रोजगारी सृजना, उद्यमशीलता प्रवर्द्धन, पारदर्शी प्रशासन र सामाजिक न्याय उनको प्राथमिकतामा रहेको उनले बताए। जनताको संसद बनाउने प्रतिबद्धता उम्मेदवार पाण्डेले प्रतिनिधिसभालाई “देखिने, सुनिने र महसुस हुने” जनताको मञ्च बनाउने आफ्नो संकल्प रहेको बताए। संसदभित्रका हरेक बहस जनताको पक्षमा उठाउने र मुठ्ठीभर बिचौलिया तथा सत्ता स्वार्थको जालोमा अल्झिएका शक्तिको प्रभावबाट टाढा रहने उनको अठोट छ। “मेरो पक्षधरता सधैं आम नागरिकको हितमा हुनेछ,” उनले भने, “राजनीति अब सत्ताको दोहन होइन, सेवाको माध्यम बन्नुपर्छ।” उनका अनुसार आजको नेपाली राजनीतिमा नयाँ सपना र स्पष्ट दृष्टिकोणको खाँचो छ। सत्ता स्वार्थका अनेक जालोले बाँधिएका पुराना शक्तिले जनतामा वितृष्णा मात्र बढाएको भन्दै उनले रुपन्देही–२ बाट नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने दाबी गरे। मौन अवधिपूर्व अन्तिम अपिल निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ। त्यसअघि पाण्डेले मतदातालाई अन्तिम अपिल गर्दै तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। एक महिनासम्म घरदैलोमा देखिएको जनउत्साह, समर्थन र आशाले आफू उत्साहित बनेको उल्लेख गर्दै उनले भने, “रुपन्देही–२ अब जडता तोड्ने दिशामा अघि बढिसकेको छ। परिवर्तनको लहरलाई मतमार्फत संस्थागत गर्ने जिम्मा अब जनताकै हातमा छ।” रुपन्देही–२ मा यसपटकको चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया नभई, तीन दशकदेखिको राजनीतिक अभ्यासको मूल्यांकन र नयाँ युगतर्फको कदमका रूपमा हेरिएको छ। बिश्वदीप पाण्डेको एक महिने अभियानले यही सन्देशलाई बलियो बनाएको देखिन्छ।
ललितपुर-२ मा स्वतन्त्र उम्मेदवार बाबुराज बज्राचार्यको उम्मेदवारी निष्क्रिय, नेकपा उम्मेदवार राजेन्द्र अमात्यलाई समर्थन
ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा ललितपुर निर्वाचन क्षेत्र नं. २ को राजनीतिक समीकरणमा महत्वपूर्ण मोड आएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका बाबुराज बज्राचार्यले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा उम्मेदवार राजेन्द्र अमात्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला बज्राचार्यको यस निर्णयले क्षेत्रको चुनावी वातावरण थप तरंगित बनेको छ। उनले नेकपा उम्मेदवार अमात्यलाई समर्थन गर्दै मतदातासँग ‘तारा’ चुनाव चिह्नमा मतदान गरी प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्। समर्थन कार्यक्रममा बोल्दै बज्राचार्यले व्यक्तिगत महत्वाकांक्षाभन्दा राजनीतिक उद्देश्य र विचारलाई प्राथमिकता दिएको बताए। उनले भने, “देश र जनताको हितमा अघि बढ्न सक्ने नेतृत्वलाई साथ दिनु नै अहिलेको आवश्यकता हो। त्यसैले मैले उम्मेदवारी निष्क्रिय पारेर नेकपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हुँ।” उनी यसअघि नेकपा (एमाले) प्रति असन्तुष्टि जनाउँदै विद्रोहस्वरूप स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर पछिल्लो राजनीतिक छलफल र समीकरणपछि एकीकृत वाम धारालाई बलियो बनाउनुपर्ने निष्कर्षमा पुग्दै उनले धारणा परिवर्तन गरेका हुन्। समर्थन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश महर्जन ‘दिपेश’ तथा जिल्ला संयोजक शिव कट्टेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले बज्राचार्यको निर्णयलाई स्वागतयोग्य र दूरदर्शी कदमका रूपमा व्याख्या गरे। उनीहरूले क्षेत्र नं. २ मा वामपन्थी मत एकीकृत हुँदा विकास, स्थायित्व र जनअपेक्षा पूरा गर्न सहज हुने विश्वास व्यक्त गरे। बज्राचार्यले आफू र आफ्ना समर्थकहरू अब अमात्यको पक्षमा पूर्ण रूपमा सक्रिय हुने बताएका छन्। “हामी सबै मिलेर तारा चिह्नमा मतदान गरी परिवर्तनको पक्षमा उभिनुपर्छ,” उनले मतदातालाई अपिल गरे। उनको उम्मेदवारी निष्क्रिय भएसँगै ललितपुर–२ को चुनावी प्रतिस्पर्धा नयाँ ढंगले अघि बढ्ने आकलन गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस निर्णयले मत विभाजन रोकिने र नेकपा उम्मेदवारलाई प्रत्यक्ष लाभ पुग्ने सम्भावना देखिएको छ। निर्वाचन लोकतन्त्रको उत्सव हो। यस्तो घडीमा उम्मेदवारहरूबीच हुने समर्थन र सहकार्यले राजनीतिक संस्कृतिलाई परिपक्व बनाउने अपेक्षा गरिएको छ। बाबुराज बज्राचार्यको निर्णयले व्यक्तिगत प्रतिस्पर्धाभन्दा सामूहिक उद्देश्यलाई प्राथमिकता दिन सकिने सन्देश दिएको स्थानीय मतदाताहरूको प्रतिक्रिया छ।

