माेरङ-४ मा जनमतका उम्मेदवार जीवन गुप्ताद्वारा पाँचकुने ताराका अमनलाल मोदीलाई समर्थन
विराटनगर । जनमत पाटीका उम्मेदवार जीवन गुप्ताले मोरङ क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार अमनलाल मोदीलाई समर्थन गर्ने घोषणा गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत गुप्ताले प्रतिनिधि सभाको निर्वाचनका लागि मोदीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन्
गुप्ताले मोरङ–४ को समग्र विकास, जनभावनाको कदर र जनताको पक्षमा काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मोदी त्यसका लागि उपयुक्त उम्मेदवार रहेको बताए। “मोरङ क्षेत्र नम्बर ४ का लागि आवश्यक नेता अमललाल मोदी नै हुनुहुन्छ। उहाँलाई विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गर्दछु,” गुप्ताले भने।
उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोदीलाई समर्थन गर्दै मोरङ–४ का मतदातालाई विकासको पक्षमा मतदान गर्न आह्वान समेत गरेका छन्।
रुकुमपूर्वमा प्रचण्डका सात दिन, सात सन्देश
मनोज घर्तीमगर माघको अन्तिम दिनको साँझ रुकुमपूर्वको हिउँको चर्चा भयो – जसै हिउँको थुप्रोले प्रचण्डलाई स्वागत गरे । प्रचण्ड हिउँको थुप्रोमा रमाएको फोटो, भिडियो छ्यापछ्याप्ती हुने नै भए । त्यसपछिका एक साता सामाजिक सञ्जाल र सञ्चारमाध्यम रुकुममय भए । प्रचण्डमय भए । ३१ वटा वडा रहेका रुकुमपूर्वका अधिकांश वडामा प्रचण्डका पाइला परे । सबै वडाका जनता भेटे । मगर संस्कारमा फेटा गौरव, सामाजिक सम्मान र पहिचानको प्रतीक हो । लामो सेतो कपडा टाउकोमा घुमाएर बाँधिनुलाई फेटा लगाउनु भनिन्छ । मुख्यतः यो विवाहमा दुलाहा र उसका साथीहरुलाई गुठाइन्छ । भूमेलगायत चाडपर्व र पूजा तथा अन्य नाचगान र सांस्कृतिक प्रस्तुतिमा लगाइन्छ । प्राचीनकालमा टाउकोलाई घाम, चिसो, धुलोबाट बचाउन प्रयोग गरिएको फेटा साहस, सम्मान र पहिचानको प्रतीक हुँदै आज विशिष्ट व्यक्तिको सम्मानको सांस्कृतिक पहिचान बनेको छ । ५० प्रतिशत बढी मगरको बसोबास रहेको रुकुमपूर्वमा प्रचण्डको टाउकोमा फेटा गुठाइए । टाउकोमा फेटा छँदा पञ्चेबाजा घन्किदा कतै उनी दुलाहा जस्ता देखिए । जिन्दावाद र मुर्दावादको नाराले विजय उत्सव मनाइरहेका जस्ता देखिए । मैकोट, तकसेराजस्ता गाउँमा जनता र स्थानीयबाट भाषा, संस्कार, संस्कृति र इतिहास सुन्दै हिंड्दा अध्यता देखिए । उनी त्यही सुनिए पनि । र, देखिए न्याय, मुक्ति र स्वतन्त्रता दिलाएका वीर पुरुष । गौरव र आशाका प्रतीक । नेपाली कम्यृनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा छन् । अन्य पार्टीका शीर्ष नेताहरु उच्च दबाबमा रहेको समय प्रचण्ड तनावमुक्त देखिए । माघ २९ देखि ७ गतेसम्म आफ्ना मतदातासँग भेटघाट गरेका प्रचण्ड काठमाडौं फर्किए पनि रुकुमपूर्व प्रचण्डमय नै छ । यो रहिरहनेछ । रुकुममा प्रचण्ड नाचेको, हाँसेको, खाएको, हिँडेको सामाग्री आइसकेका छन् । यो आलेखमा रुकुममा प्रचण्डको उपस्थिति, त्यहाँका बारेमा उनको बुझाइ, संश्लेषण र भन्न खोजेको कुराको चर्चा गर्ने कोशिस गरिनेछ । प्रचण्डका सात दिन प्रचण्ड ७१ वर्षका हुन् । रुकुमपूर्वमा पुथा र सिस्ने हिमाल छन् । सानी भेरी र उत्तरगंगा नदि बग्छन् । प्रचण्ड हिमालको फेदमा हिउँजस्तै चम्किलो र नदि किनारामा नदि जस्तै बेगमा विजय भावमा हिँडे । मैले यात्रामा सोधेँ, ‘यो उमेरमा यत्तिको उर्जा कसरी आउँछ ?’ प्रचण्डको सरल जवाफ ‘शारीरिक रुपमा केहीं थकान महसुस् हुन्छ । जब जनताको माया र आशा देख्छु, त्यहीं नै उर्जा भर्ने इन्जेक्सन बन्छ ।’ माघको अन्तिम दिन हिउँसँगै जिल्लाका नेता कार्यकताले प्रचण्डलाई बागलुङ र रुकुमपूर्वको सिमावर्ती पातीहाल्नामा स्वागत गरे । लुगुममा जनभेटघाट गरे । यससँगै सुरु भयो प्रचण्डको मतदाता भेटघाट । सात दिनमा प्रचण्डले रुकुमपूर्वमा ३५ स्थानमा जनभेटघाट गरे । माओवादी जनयुद्धमा चर्चित बैठकस्थल चुनबाङ पुगे । महतको लाबाङ पुगे । जनयुद्धमा छापामारले गरेका ठूला आक्रमण स्थल महत, रुकुमकोट, तकसेरा पुगे । पर्यटकीय स्थल तकसेरा र मैकोट पुगे । रात र दिउँसोको समयमा सानीभेरी किनार र भीर पहरामा पैदल यात्रा गरे । स्थानीयको घरमा खाना खाए । बास बसे । जनभेटघाट गरेका हरेक स्थानमा पञ्चे बाजा बजाइए । स्थानीय सांस्कृतिक तथा पौराणिक नाच प्रस्तुत् गरिए । प्रचण्ड हरेक नाचमा सामेल बने । प्रचण्डका सात सन्देश कर्म भूमि आएँ प्रचण्ड रुकुमेलीसँग साक्षात्कार गर्दा नौलो देखिएनन् । रुकुमेलीले पनि नौलो मानेनन् । आफ्नै घर आगनमा बसिरहेको, हिँडिरहेको भावमा थिए प्रचण्ड । परिवारको सदस्यकै रुपमा लिए रुकुमेलीले । प्रचण्डले रुकुमपूर्वलाई आफ्नो कर्मभूमिको रुपमा चित्रण गरे । र, कर्मभूमिमा आएको बताए । यसमा पूर्ण सहमत छन् रुकुमेली । प्रचण्डले यो भूमिमा लामो कर्म गरेका छन् । उनी २०४१ सालमा रुकुमपूर्वमा पाइला टेकका हुन् । जनयुद्धको सुरुवात यहीं रुकुम, रोल्पाबाट सुरु गरे । माओवादीको केहीं ऐतिहासिक बैठक रुकुमपूर्वको चुनबाङ र लाबाङमा बसे । गणतन्त्र स्थापना गर्न रुकुमकोट, महत, तकसेरामा रहेका प्रहरी चौकीमाथि आक्रमण गरे । सामुदायिक समाजवाद प्रचण्डले रुकुमपूर्वमा सामुदायिक समाजवादको चर्चा गरे । नेपाली विशेषताको समाजवाद सामुदायिक हुने उल्लेख गरे । सामुदायिक समाजवाद रुकुमपूर्वबाट सुरु गर्न सकिनेमात्रै बताएनन् की त्यसको भ्रुण पनि देखेको बताए । सामुदायिक समाजवादका विविध पक्षको लामो चर्चा यहाँ सम्भव छैन । रुकुमपूर्वमा यसको अभ्यास कसरी हुनसक्छ र भइरहेको छ भन्ने मान्न त्यहाँको केहीं विशेषतालाई हेर्न सकिन्छ । त्यहाँ मगर, दलित र क्षेत्रीको बसोबास घना छ । त्यसपछि ठकुरीको बसोबास छ । ब्राहमण, गुरुङ, नेवार, थकाली पनि छन् । रुकुमपूर्वको खासगरी अझ माथिल्लो भूभागमा सबै जातिको संयुक्त बसोबास छ । संयुक्त रहन सहन छ । संस्कृति छ । पोषाक छ । मुख्य कुरा त त्यहाँका दलित र ठकुरीको पनि मगर खाम संयुक्त भाषा बनेको छ । जातीय छुवाछुत मुक्त छ । अन्तरजातीय विवाह छ । राजनीतिक प्रतिनिधित्व समान छ । सामाजिक आर्थिक अधिकारमा महिला माथि छन् । सबै समुदाय मातृसत्तात्मक छ । यहीं विशेषतालाई नै प्रचण्डले सामुदायिक समाजवादको भ्रुण भनेको हुनुपर्छ । प्रचण्डले नेपाली विशेषताको समाजवाद सामुदायिक हुने र त्यसको अभ्यास रुकुमपूर्वबाट थाल्ने बताएका छन् । र, रुकुमपूर्वलाई नमूनाको रुपमा अघि बढाउने बताएका छन् । मगर स्वायत्त क्षेत्र रुकुमपूर्व मगर खाम भाषी क्षेत्र हो । मगर संस्कार, संस्कृतिले समृद्ध छ । यहाँ प्रचण्डले रुकुमपूर्वसहित मगर क्लस्टरहरुहरुलाई स्वायत्त क्षेत्र बनाउने बताएका छन् । स्वायत्त क्षेत्रमार्फत मगर खामभाषालाई विश्वव्यापीकरण गर्ने बताएका छन् । विशेष तथा स्वायत्त क्षेत्र बनाउन सकिने संवैधानिक व्यवस्था र रुकुमपूर्वका मगरहरुको भाषा, संस्कार, संस्कृति, सभ्यताका आधारमा त्यो बन्न सक्छ । रुकुमपूर्वले मगर बस्तीलाई जिवित संग्राहलयको अवधारणा सारेर अभ्यास थालिसकेको पनि छ । दलितका लागि प्राधिकरण रुकुमपूर्वमा २१ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यहाँ जातीय छुवाछुत छैन । अवशेषहरु भने देखिन्छ । जातीय छुवाछुतसहितको विभेदको अन्त्य र राजनीतिक अधिकारका लागि प्रचण्डप्रति दलित समुदाय अनुग्रहित देखिन्छ । दलित समुदायले स्पष्ट रुपमा भनेका छन् की ‘तपाईंले गर्दा हामी मान्छे भएर बाँच्न पाउने भएका छौँ ।’ विभेदको पूर्ण अन्त्य, राजनीतिक अधिकार र आर्थिक सामाजिक विकासका लागि प्रचण्डप्रति पूर्ण आशावादी पनि छन् । प्रचण्डले रुकुमपूर्वमा दलित प्राधिकरण गठन गरेर यो समुदायको सर्वाङ्गिण विकास गर्ने बताएका छन् । विकास हेर्न रुकुम जाऔँ रुकुमपूर्वमा विकास नभएको होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सुरुभएको मध्यहाडी लोकमार्गले त्यहाँको मुहार फेरिएको छ । सहिद मार्गले यात्रा सहज भएको छ । अधिकांश वडा कार्यालयसम्म खुल्ला सडक छन् । विद्यालय, स्वास्थ्य भवन बनेका छन् । तर, यसमा सन्तोष छैन । प्रचण्डसँग रुकुमपूर्वले चौतर्फी विकासको अपेक्षा गरेको छ । सबै वडामा कालोपत्रे सडक, काँक्रीदेखि मैकोट, डोल्पाको सहरतारा हुँदै चीन जोड्ने सहिदमार्ग कालोपत्रे, ढोरपाटन जोड्ने उत्तरगंगा करिडोर, सानीभेरी करिडोर कालोपत्रे जस्ता अपेक्षा गरेको छ । प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना बनाउने बताएका छन् । र, भनेका छन् ‘विकास हेर्न रुकुम जाऔँ भन्ने बनाउने छौँ ।’ उनले यो पनि भनेका छन् की पहिले क्रान्तिका लागि बन्दुक बोकेर रुकुम आएको थिएँ, यसपटक विकासको औजार लिएर आएको छु । भदौ २३ र २४ के हो ? प्रचण्डले भदौ २३ गते भएको जेनजी विद्रोह, त्यसमा भएको दमन र २४ गते भएको विध्वंसका बारेमा स्पष्ट रुपमा देशलाई भनिरहेका छन् । उनी रुकुमपूर्वमा यसमा स्पष्ट सुनिए । भदौ २३ गते जेनजी विद्रोह हुनु एमाले र कांग्रेसको तात्कालीन सरकारले गरेको भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भएको र त्यो विद्रोहमा चरम दमन गरेर युवाहरुको हत्या गरेको भनेका छन् । त्यो विद्रोहको परिस्थिति र युवाहरुको हत्या हुने गरी भएको दमन एमाले काँग्रेसले गरेको बताएका छन् । भदौ २४ गते सिंहदबार, संसद भवनसहित राष्ट्रिय धरोहर, व्यक्तिको घर तथा व्यावसायमा आगजानी गर्ने अहिलेका नयाँ भन्नेहरु रहेको प्रष्ट भनेका छन् । उनले मतदातासँग भदौ २३ र २४ पनि प्रतिस्पर्धामा रहेको युवाको हत्या गर्नुहुन्न, राष्ट्रिय धरोहर जलाउनुहुन्न भन्ने आफ्नो पार्टी पनि प्रतिस्पर्धामा रहेको बताएर आफ्नो पार्टीलाई मत मागेका छन् । क्रान्ति र शान्ति भूमि जनयुद्धको थालनी, विकास र सफलतामा रुकुमपूर्वको अग्रणी भूमिका छ । प्रचण्डले रुकुमपूर्वलाई क्रान्ति र शान्ति भूमि भनेका छन् । जनयुद्धको थालनी त्यहीं भयो । जनयुद्धलाई उचाइ दिने ठूला कारबाही त्यहीं भयो । जनयुद्धको क्रममा माओवादीको महत्वपूर्ण बैठक त्यहीं भयो । हरेक रुकुमेलीहरुको जनयुद्धमा योगदान छ । त्यसैलाई उनले क्रान्ति भूमि भनेका छन् । २०६२ मा चुनबाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । त्यो लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँगको सहकार्यमा जनआन्दोलन पनि गर्ने निर्णय गर्यो । त्यो बैठकको निर्णयका आधारमा माओवादीले फौजी कारबाही पनि जारी राख्यो, ऐतिहासिक जनआन्दोलन भयो । मुलकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भयो । र, १० वर्षको युद्धपछि नेपालमा शान्ति स्थापना भयो । त्यसैलाई प्रचण्डले रुकुमपूर्वलाई शान्ति र क्रान्तिको भूमि भनेका छन् । रुकुमपूर्वले एक सातामा प्रचण्डलाई स्वागत र आतिथ्यतामा कुनै कसर बाँकी राखेन । यो सात दिनमा प्रचण्डले रुकुमपूर्वबाट नयाँ उर्जा प्राप्त गरेको हुनुपर्छ । पछिल्ला दिनका उनको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । सात दिनमा जिल्लाका अधिकांश वडामा पुग्नु, सबै वडाका मतदातासँग भेटघाट गर्नुले रुकुमपूर्वको विकास नै भएको छैन भन्न मिल्दैन । भौगोलिक अवस्थितिले कठिनाइ छ । पूर्वाधार विकासमा अप्ठ्यारो छ । अहिलेसम्म जति विकास भएको छ, त्यसको जस प्रचण्डसँगै रुकुमपूर्वका नेताहरुलाई नै जान्छ । त्यहाँ केहीँ भएको छैन, नेताहरुलाई केहीँ गर्न सकेनन् भन्ने आरोपलाई प्रचण्डले नै खण्डन गरिदिएका छन् । उनले भनेका छन्, ‘यहाँ केहीँ भएको छैन । नेताहरुले केहीँ गरेका छैनन् भन्ने कुरा मित्थ्या हो । यहाँ धेरै विकास भएको छ । मेरै यात्राले पनि पुष्टि गर्छ । यहाँका नेताहरुले धेरै गर्नुभएको छ । यत्ति हो मबाट अझै बढी अपेक्षा छ । यहाँकै नेताहरुको साथले त्यो म गर्छु ।’ पातीहाल्नेमा केहींदिन अघि पुनः हिउँ परेको छ । हिउँको थुप्रो अग्लिएका छन् । अब त्यो हिउँले कसरी स्वागत गर्छ प्रचण्डलाई ? त्यो धेरै पर छैन ।
मौन अवधिमा संयुक्त सुकुम्बासी मोर्चाका केन्द्रीय उपाध्यक्ष लिला मोक्तानद्वारा एमाले परित्याग, नेकपा प्रवेश
काठमाडौं । निर्वाचनको मौन अवधिमा संयुक्त सुकुम्बासी मोर्चा नेपालकी केन्द्रीय उपाध्यक्ष लिला मोक्तानले नेकपा (एमाले) पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । आज जारी गर्नुभएको प्रेस वक्तव्यमा मोक्तानले विगत लामो समयदेखि नेकपा (एमाले) को केन्द्रीय भूमि व्यवस्था विभाग सदस्य, संयुक्त सुकुम्बासी मोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष तथा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठनको उपाध्यक्ष र कार्यबाहक अध्यक्षको भूमिका निर्वाह गर्दै नेपाली कम्युनिष्ट आन्दोलन तथा भूमि अधिकार आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ । तर पछिल्ला दिनमा नेकपा (एमाले) ले भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब, दुःखी र सर्वहारा वर्गको पक्षमा कुनै ठोस कदम नचालेको, भूमि समस्या समाधानलाई चुनावी नाटक बनाएको, भूमि आयोगलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको, पूँजीपति तथा दलालहरूको पक्ष लिएको र लालपुर्जा वितरणमा भ्रष्टाचार तथा वर्गीय पक्षपात गरेको आरोप लगाउनुभएको छ । मोक्तानले बाढीपीडित, भूकम्पपीडित, मध्यवर्ती तथा संरक्षण क्षेत्रका पीडित, गोचरण समस्या, स्ववासी समस्या, ब्रह्मगिरिबन्धु टी–स्टेट र लिचीबारी जस्ता मुद्दामा पार्टीले इमानदारीपूर्ण पहल नगरेको तथा गुटी पीडितहरूको ज्ञापनपत्र बुझ्नसमेत नदिएको घटनालाई उदाहरण दिँदै यस्ता अनैतिक, अराजनीतिक र भ्रष्ट क्रियाकलापविरुद्ध पार्टीभित्र लामो समयदेखि संघर्ष गर्दा पनि कुनै परिवर्तन नभएको बताउनुभएको छ । “मैले आजको मितिबाट नेकपा (एमाले) र सम्बन्धित संगठन परित्याग गरी नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा स्थापित नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा गर्दछु,” वक्तव्यमा उहाँले भन्नुभएको छ । उहाँले देशभरका भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्ववासी, बैतिसा, मुक्त कमैया, हलिया, हरवाचरवा, कम्लरी, गुटी तथा विपत्ती पीडितसहित सबै उत्पीडित वर्गका जनसमुदायलाई नेपाली कम्युनिष्ट पार्टी र अखिल नेपाल सुकुम्बासी संघमा गोलबन्द हुन हार्दिक अनुरोध पनि गर्नुभएको छ ।
राेल्पामा पहिरो पीडित उजेली घर्ती मगरलाई नयाँ घर हस्तान्तरण
रोल्पा । थबाङ गाउँपालिका–४ गुराँसे उवामा २०८२ साल साउन ४ गते राति परेको अविरल वर्षासँगै आएको भीषण बाढी–पहिरोमा परेर गोठे घर्ती मगरको ज्यान गएको तथा घर पूर्ण रूपमा पुरिएको घटनापछि सुरु गरिएको पुनर्वास अभियान सफलतापूर्वक सम्पन्न भएको छ। पहिरोमा श्रीमान् गुमाएकी उजेली घर्ती मगरलाई नयाँ घर निर्माण गरी विशेष कार्यक्रमका बीच चाबी हस्तान्तरण गरिएको हो। उक्त प्राकृतिक विपत्तिको रात उजेली घर्ती मगर संयोगवश घरबाहिर रहेकाले ज्यान जोगिएको थियो। तर श्रीमान् र सम्पूर्ण सम्पत्ति गुमाउँदा उनी गहिरो पीडामा परेकी थिइन्। प्रारम्भिक रूपमा अन्यत्र स्थानान्तरण गरिए पनि त्यहाँसमेत पहिरोको जोखिम देखिएपछि स्थायी पुनर्वासको आवश्यकता महसुस गरिएको थियो। घटनापश्चात् वडा अध्यक्ष हिकमत घर्ती मगरसँग समन्वय गरी पुनर्वास अभियान अघि बढाइएको थियो। अभियान दरजित रोका मगरको संयोजकत्वमा तथा रोल्पाली सेवा समाज, रोल्पा का केन्द्रीय अध्यक्ष दिलाराम वलीको सहजीकरणमा सञ्चालन गरिएको हो। करिब दुई महिनासम्म चलेको अभियानबाट रु. १ लाख ६८ हजार ३६० संकलन भई घर निर्माण कार्य सुरु गरिएको थियो। साथै नेकपा माओवादीका युवा नेताहरूको पहलमा रु. ३१ हजार ५०० नगद सहयोग प्राप्त भएको अभियान समितिले जनाएको छ। घर निर्माणका क्रममा स्थानीय थबाङवासीहरूले श्रमदानमार्फत महत्वपूर्ण योगदान पुर्याएका थिए। स्थानीय सरकार तथा सामाजिक संघ–संस्थाको समन्वयकारी भूमिकाले अभियानलाई सफल बनाउन उल्लेखनीय सहयोग गरेको बताइएको छ। घर हस्तान्तरण कार्यक्रममा अभियान संयोजक दरजित रोका मगर, वडा अध्यक्ष हिकमत घर्ती मगर, युवा नेता अमित घर्ती, सामाजिक अभियन्ता तथा गुराँसे उवाका स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रोल्पाली सेवा समाज, रोल्पाका केन्द्रीय संगठन विभाग प्रमुख शेरबहादुर डाँगीले प्रमुख अतिथिका रूपमा उजेली घर्ती मगरलाई घरको चाबी हस्तान्तरण गरेका थिए। समाजका प्रवक्ता सूर्य घर्ती मगर र केन्द्रीय सदस्य धनमाया रोका मगरको समेत उपस्थिति थियो। अभियानमा आर्थिक सहयोग गर्ने देश–विदेशमा रहेका सहयोगीहरू, श्रमदान गर्ने स्थानीयवासी, अभियान सदस्यहरू तथा समन्वय र सहजीकरण गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आयोजकहरूले धन्यवाद व्यक्त गरेका छन्। संकटको घडीमा देखिएको एकता, सद्भाव र मानवीयताले समुदायको शक्ति पुनः प्रमाणित गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको भावना कायम रहोस् भन्ने अपेक्षा गरिएको छ।
पाँचकुने तारामा भोट हाल्न गाउँ फर्किंदै लाखौँ मतदाता
काठमाडौं । लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव नजिकिँदै जाँदा राजधानीबाट गाउँ फर्किने मतदाताको लर्को दिनानुदिन बढ्दो छ । लगातार सार्वजनिक बिदा, होली पर्व र निर्वाचन एकैसाथ परेकाले लाखौँ नागरिक आफ्नो मताधिकार प्रयोग गर्न गाउँतर्फ लागेका हुन् । पछिल्लो एक सातामा मात्रै तीन लाख ४९ हजार ६ सय ९५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ । १४ फागुनदेखि बाहिरिनेको संख्या उल्लेख्य रूपमा बढेको छ । १४ फागुनमा ४२ हजार ८२२ जना बाहिरिएका थिए भने १५ फागुनमा ५२ हजार ८३, १६ फागुनमा ५२ हजार ६ सय ५३, १७ फागुनमा ५३ हजार ४ सय ७ र १८ फागुनमा ५७ हजार ३ सय ७१ यात्रुले उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै सवारी चाप उल्लेख्य रूपमा बढेको छ । “सडकमा निकै चहलपहल छ, यसले चुनावी माहोल तातेको संकेत गर्छ,” उनले भने ।दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुहरूका अनुसार यसपटकको निर्वाचनमा विशेष उत्साह देखिएको छ । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशमा परिवर्तनको अपेक्षा बोकेर मतदाता गाउँ फर्किरहेका छन् । नयाँ बसपार्कमा भेटिएका कैलालीका सुरेश बोहराले भने, “यसपटक मेरो भोट नेपाली कम्युनिस्ट पार्टीकाे पाँचकुने तारालाई हुनेछ । त्यसकाे लागि गाउँ जाँदै छु ।” गुल्मीका सक्षम ज्ञवालीले सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने नेतृत्वको आवश्यकता औँल्याए । “राम्रो उम्मेदवार जिते मात्र देशमा परिवर्तन आउँछ,उनले भने, पार्टीकाे कुरा गर्दा नेपाली कम्युनिस्ट पार्टी सही छ ।,” यस्तै, सिन्धुपाल्चोकका गोरखबहादुर कार्कीले भ्रष्टाचार रोक्ने र युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन नेकपाकाे पाँचकुने तारा राेज्नु पर्ने बताए । अर्घाखाँचीका गगन रेश्मी यसपालि पहिलोपटक मतदान गर्न गाउँ जाँदै छन् । उनले पनि अबकाे विकल्प नेकपानै भएकाले पाँचकुने तारा राेज्नु पर्ने सुझाव दिए । यसपटक होली पर्व र लामो बिदाले पनि गाउँ फर्किनेको संख्या पनि तारा चिन्ह लाेकप्रिय बनेकाे छ । आठदेखि नौ लाखसम्म यात्रुले उपत्यका छाड्ने अनुमान छ । अधिकांश बसको अग्रिम टिकट बुकिङ भइसकेको छ । राजधानीका प्रमुख नाका—नागढुंगा, बल्खु, साँखु, जगाती र माछापोखरीमा चेकजाँच कडा पारिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरणको लागि निर्वाचनपूर्व नेकपाकाे पक्षमा देशभर जनलहर निर्माण
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न दलहरूले आफ्ना कार्यक्रम र प्रतिबद्धतासहित मतदातामाझ पुग्ने क्रम तीव्र बनाइरहेका छन्। यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको चुनावी अभियान, जनसभाहरू, घरदैलो कार्यक्रम र संवाद श्रृंखलाले निर्वाचन बहसलाई नीतिगत मुद्दातर्फ केन्द्रित गरेको दाबी गरेको छ। पार्टीले यसपटकको निर्वाचनलाई केवल सत्तापरिवर्तनको प्रक्रियाका रूपमा नभई “नीतिगत पुनर्संरचना र दीर्घकालीन रूपान्तरण” को अवसरका रूपमा व्याख्या गरेको छ। नेकपाका केन्द्रीय नेताहरूले विकास, सुशासन, सामाजिक न्याय, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्। देशभर भइरहेका कार्यक्रमहरूमा यिनै विषयलाई केन्द्रमा राखेर मतदातासँग प्रत्यक्ष संवाद भइरहेको पार्टी स्रोतले जनाएको छ। आर्थिक आत्मनिर्भरता र रोजगारी प्राथमिकतामा नेकपाले प्रस्तुत गरेको घोषणापत्रको मूल आधार “उत्पादनमुखी अर्थतन्त्र” रहेको बताइएको छ। पार्टीका अनुसार आयातमुखी संरचनाबाट उत्पादनमुखी संरचनातर्फ रूपान्तरण नगरेसम्म देशमा दिगो आर्थिक सुधार सम्भव छैन। त्यसैले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै रोजगारी सिर्जनामा जोड दिने प्रतिबद्धता गरिएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, मल–बीउको सुनिश्चित आपूर्ति र कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको छ। स्थानीय तहमा कृषि प्रशोधन उद्योग स्थापना गरी किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्ने योजना सार्वजनिक गरिएको छ। “खेतीलाई सम्मानजनक पेशा बनाउने” नारा दिँदै युवा कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उद्योग क्षेत्रमा साना तथा मझौला उद्योग प्रवर्द्धन, घरेलु उत्पादनलाई प्राथमिकता, र विशेष आर्थिक क्षेत्र (SEZ) विस्तार गर्ने प्रस्ताव गरिएको छ। युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण ऋण, सीपमूलक तालिम र स्टार्टअप कोष स्थापना गर्ने योजना पनि समावेश गरिएको छ। शिक्षा र स्वास्थ्य : आधारभूत सेवाको सुदृढीकरण नेकपाले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै यी क्षेत्रमा राज्यको भूमिका बलियो बनाउने प्रतिबद्धता जनाएको छ। सरकारी विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार, र ग्रामीण भेगमा शिक्षक दरबन्दी पूर्ति गर्ने योजना अघि सारिएको छ। उच्च शिक्षामा अनुसन्धान प्रवर्द्धन, छात्रवृत्ति विस्तार र विदेश पलायन रोक्न रोजगारमुखी पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको छ। “पढाइसँगै कमाइ” कार्यक्रममार्फत विद्यार्थीलाई सीपमूलक तालिमसँग जोड्ने प्रस्ताव पनि गरिएको छ। स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा सुसज्जित आधारभूत अस्पताल, निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, मातृ–शिशु स्वास्थ्य कार्यक्रम सुदृढीकरण, र दीर्घरोगीका लागि सहुलियत कार्यक्रम विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ। दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी आकर्षित गर्न विशेष प्रोत्साहन प्याकेज ल्याउने उल्लेख गरिएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण चुनावी अभियानका क्रममा नेकपाले सुशासन र पारदर्शितालाई विशेष प्राथमिकता दिएको छ। सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता, डिजिटल प्रणालीमार्फत सरकारी सेवा प्रवाह, र भ्रष्टाचारविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। पार्टीका नेताहरूले प्रशासनिक सुधार, अनावश्यक खर्च कटौती, र विकास आयोजनाको प्रभावकारी अनुगमन गर्ने बताएका छन्। “जनताको करको पैसा जनताकै हितमा” भन्ने नारासहित सार्वजनिक जवाफदेहिता प्रणाली बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक न्याय र समावेशिता नेकपाले सामाजिक न्यायलाई आफ्नो वैचारिक आधारसँग जोड्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व र अवसर सुनिश्चित गर्ने नीति लिएको जनाएको छ। समान कामका लागि समान पारिश्रमिक, महिलाको नेतृत्व विकास, र हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अघि सारिएको छ। युवा लक्षित कार्यक्रमहरूमा खेलकुद पूर्वाधार निर्माण, नवप्रवर्तन प्रवर्द्धन, र विदेशमा रहेका युवालाई स्वदेश फर्केर लगानी गर्न प्रोत्साहन गर्ने योजना समावेश गरिएको छ। श्रमिक अधिकार संरक्षण, न्यूनतम ज्याला कार्यान्वयन र सामाजिक सुरक्षा कोष विस्तार गर्ने प्रतिबद्धता पनि गरिएको छ। पूर्वाधार र दिगो विकास पूर्वाधार विकासलाई आर्थिक प्रगतिसँग जोड्दै सडक, पुल, विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा लगानी बढाउने नीति अघि सारिएको छ। जलविद्युत् उत्पादन विस्तार गरी आन्तरिक खपत बढाउने र निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखिएको छ। शहरीकरणलाई व्यवस्थित बनाउन एकीकृत बस्ती विकास, हरित शहर अवधारणा र सार्वजनिक यातायात सुधार गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ। वातावरण संरक्षण, वन सम्पदाको दिगो उपयोग, र जलवायु परिवर्तन अनुकूलन योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ। राष्ट्रिय स्वाभिमान र कूटनीति नेकपाले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई जोड दिँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएको छ। छिमेकी तथा अन्य मुलुकसँग समानता, पारस्परिक सम्मान र लाभका आधारमा सम्बन्ध सुदृढ गर्ने नीति अघि सारिएको छ। वैदेशिक लगानीलाई राष्ट्रिय हितअनुकूल बनाउने र श्रम सम्झौता सुदृढ गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकार संरक्षण गर्ने उल्लेख गरिएको छ। जनसहभागिता र अभियानको स्वरूप देशका विभिन्न जिल्लामा आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिता देखिएको आयोजकहरूले बताएका छन्। गाउँ–नगरका चोक, विद्यालय प्रांगण र सामुदायिक हलहरूमा आयोजित कार्यक्रमहरूमा स्थानीय बासिन्दाले आफ्ना समस्या र सुझाव राख्ने क्रम बढेको छ। पार्टीले यसलाई “नीतिगत संवादको प्रक्रिया” का रूपमा व्याख्या गरेको छ। विशेषगरी पहिलो पटक मतदान गर्न लागेका युवाहरूले रोजगारी, पारदर्शिता र स्थायित्वलाई मुख्य अपेक्षाका रूपमा उठाएका छन्। महिला समूहहरू स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणका विषयमा स्पष्ट योजना खोजिरहेका देखिन्छन्। मजदुर तथा कृषक समुदायले उत्पादन र बजार व्यवस्थापनसँग सम्बन्धित विषयलाई प्राथमिकता दिएका छन्। संगठनात्मक सुदृढता नेकपाले यसपटक संगठनात्मक संरचना सुदृढ गर्दै स्थानीय तहसम्म अभियान परिचालन गरेको जनाएको छ। वडा–टोल स्तरसम्म चुनावी संयन्त्र गठन गरी मतदाता सूची अद्यावधिक, घरदैलो सम्पर्क र एजेन्डा प्रचार–प्रसारलाई व्यवस्थित बनाइएको बताइएको छ। पार्टीले अनुशासित र योजनाबद्ध अभियानले मतदातासँग प्रत्यक्ष सम्बन्ध बलियो बनाएको दाबी गरेको छ। विश्लेषणात्मक दृष्टिकोण राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको माहोल अहिले नीतिगत बहसतर्फ केन्द्रित देखिन्छ। दलहरूले आर्थिक सुधार, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता मुद्दालाई प्रमुखतामा राखेका छन्। नेकपाले प्रस्तुत गरेको उत्पादनमुखी अर्थतन्त्र, सामाजिक सुरक्षा विस्तार र प्रशासनिक सुधारका प्रस्तावले समर्थकहरूमा आशा जगाएको टिप्पणी गरिएको छ, यद्यपि ती कार्यक्रम कार्यान्वयनको प्रभावकारिताबारे बहस जारी छ। निष्कर्ष फागुन २१ को निर्वाचनलाई विभिन्न दलहरूले आ–आफ्नो दृष्टिकोणबाट ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिरहेका छन्। नेकपाले भने यसलाई “परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्र” कार्यान्वयन गर्ने निर्णायक क्षणका रूपमा चित्रित गरेको छ। देशभर सञ्चालन भइरहेको अभियान, प्रस्तुत गरिएका एजेन्डा र मतदातासँग भइरहेको प्रत्यक्ष संवादले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। अन्ततः मतदाताको निर्णयले नै आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ। प्रस्तुत कार्यक्रमहरू व्यवहारमा कत्तिको रूपान्तरित हुन्छन् भन्ने प्रश्न भविष्यको कार्यान्वयनसँग जोडिएको रहनेछ। अहिलेका लागि भने चुनावी मैदानमा एजेन्डा, प्रतिबद्धता र जनसम्पर्क अभियान तीव्र गतिमा अघि बढिरहेका छन्।
नेकपाकाे ‘पाँचकुने तारामा’ किन मतदान ?
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय राजनीतिक दिशालाई स्पष्ट मार्गदर्शन गर्ने गरी विस्तृत राजनीतिक अपिल सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी उक्त अपिलमा मुलुकको स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण, सुशासन, आर्थिक–सामाजिक रूपान्तरण तथा वैज्ञानिक समाजवादको आधार निर्माणलाई प्रमुख एजेन्डा भएकाले मतदानकाे लागि आव्हान गरिएकाे छ । उक्त आव्हान अपिलमा नेपाल इतिहासदेखि नै कुनै पनि विदेशी शक्तिको अधीनमा नरहेको र भविष्यमा पनि स्वाधीन राष्ट्रका रूपमा अघि बढ्ने स्पष्ट धारणा व्यक्त गरिएको छ । बाह्य हस्तक्षेपका गतिविधिहरूप्रति सचेत रहँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र नीति सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याइएको छ । पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र तथा पारस्परिक सम्मान र लाभका आधारमा सबै मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने नीति पार्टीले अघि सारेको छ । साथै नेपालसँग भएका असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन तथा राष्ट्रिय हितविपरीत रहेका प्रावधानहरू खारेज गरी अतिक्रमित भूमि फिर्ता गर्ने दिशामा कूटनीतिक र कानुनी पहल गर्ने प्रतिबद्धता अपिलमा उल्लेख छ । राष्ट्रिय एकता, सुरक्षा र सार्वभौमसत्ताको संरक्षणलाई पार्टीले मूल प्राथमिकतामा राखेको छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र प्रणालीगत सुधार अपिलमा उल्लेख गरिएको छ कि संघीयता, समानुपातिक–समावेशी प्रतिनिधित्व र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि हो । यस प्रणालीविरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई परास्त गर्दै यसलाई थप सुदृढ र स्थिर बनाउने नेकपाको अडान रहेको छ । निर्वाचन प्रणाली अत्यधिक खर्चिलो, जटिल र अस्थिर सरकार निर्माणतर्फ उन्मुख रहेको भन्दै पार्टीले यसलाई सरल, पारदर्शी र कम खर्चिलो बनाउने आवश्यकतामा जोड दिएको छ । स्थिर सरकार, प्रभावकारी नीति कार्यान्वयन र विकास निर्माणलाई गति दिन प्रणालीगत सुधार आवश्यक रहेको अपिलमा उल्लेख छ । संविधान जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको ऐतिहासिक दस्तावेज भएकाले यसलाई संरक्षण गर्दै आवश्यक परिमार्जन संविधानकै प्रक्रियाअनुसार गर्न सकिने धारणा पार्टीले राखेको छ । संविधानको पुनरावलोकन, शासकीय स्वरूपलगायतका विषयमा गम्भीर समीक्षा गरी समयानुकूल सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर अभियान नेकपाले सुशासन र पारदर्शितालाई आधुनिक लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने घोषणा गरेको छ । सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता अपिलमा उल्लेख छ । कमिसनतन्त्र, ढिलासुस्ती, कालोबजारी, मिटरब्याज शोषण र वित्तीय क्षेत्रका विकृतिविरुद्ध कडा कानुनी तथा संरचनागत सुधार गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । राज्यका सबै अङ्गहरू शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा पार्टीले जोड दिएको छ । सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, जनताको घरदैलोमै प्रशासनिक सेवा पुर्याउने र विकास योजनामा जनसहभागिता अभिवृद्धि गर्ने लक्ष्य अपिलमा समेटिएको छ । सामाजिक न्याय, समानता र विभेदविरुद्ध अभियान समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक तथा भौगोलिक विभेद अन्त्य गर्न नेकपाले विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । जातीय छुवाछुत, छाउपडी, बोक्सी प्रथा र अन्य कुरीतिविरुद्ध कानुनी मात्र होइन सामाजिक जागरणमार्फत पनि परिवर्तन ल्याउने अठोट व्यक्त गरिएको छ । समान अवसर, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र उत्पीडित समुदायको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता अपिलमा समेटिएको छ । आर्थिक रूपान्तरण र स्वाधीन अर्थतन्त्र निर्माण अपिलमा नेपालको प्रमुख आर्थिक समस्या उत्पादनको कमी, बेरोजगारी, व्यापार घाटा, वैदेशिक ऋण वृद्धि र परनिर्भर अर्थतन्त्र रहेको उल्लेख छ । यी समस्याको समाधानका लागि कृषि उत्पादन वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विकास, ऊर्जा उत्पादन विस्तार, पर्यटन प्रवर्द्धन र निर्यातमुखी रणनीति अवलम्बन गर्ने पार्टीको योजना छ । प्रगतिशील कर प्रणालीमार्फत राज्यकोष सुदृढ गर्ने, वित्तीय क्षेत्रमा संरचनात्मक सुधार गर्ने तथा लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । युवा रोजगारी सिर्जना, सीप विकास तथा स्वदेशमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाइने उल्लेख छ । वैज्ञानिक समाजवादको दीर्घकालीन लक्ष्य नेकपाले आफ्नो अन्तिम लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको स्पष्ट पारेको छ । उत्पादनका साधनमाथि सामूहिक स्वामित्व, सबै नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत आवश्यकता सुनिश्चित हुने प्रणाली निर्माण गर्ने उद्देश्य राखिएको छ । आर्थिक–सामाजिक रूपान्तरणका व्यापक महाअभियान सञ्चालन गर्दै समाजवादको आधार निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको अपिलमा उल्लेख छ । विगतका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै सुधारसहित अगाडि बढ्ने तथा “व्यवस्था हामीले बदल्यौँ, अब अवस्था पनि बदल्ने छौँ” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने संकल्प गरिएको छ । मतदातासँग विशेष आह्वान अपिलको अन्त्यमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी परिवर्तन र रूपान्तरणको अभियानलाई सशक्त बनाउन आम मतदातासँग हार्दिक अपिल गरेका छन् । हेर्नुहाेस् नेकपालाई मत दिनु पर्ने मुख्य कारणहरु आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, यही २०८२ फागुन २१ मा प्रतिनिधि सदस्यको निर्वाचन हुन गइरहेको छ। यस अवसरमा हामी सर्वप्रथम यहाँहरू सबैमा हार्दिक अभिवादन गर्दछौँ। आज हामीले उपयोग गरिरहेका हकअधिकारहरू प्राप्त गर्नका निम्ति सङ्घर्ष गर्ने क्रममा आफ्नो जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सम्पूर्ण आदरणीय शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। घाइते, अपाङ्ग र बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। मुलुकको लोकतान्त्रिक आन्दोलन एवं कम्युनिष्ट आन्दोलनका सबै अग्रज नेताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। हामी पहिले विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीको रूपमा क्रियाशील थियौँ। अहिले बाइस वटा कम्युनिष्ट तथा समाजवादी पार्टी र समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छौँ र तारा चिन्ह लिएर तपाईँहरूमाझ आएका छौँ। यहाँहरूसमक्ष हामी निम्न प्रतिबद्धताहरू जाहेर गर्दछौँ : ★ अहिले मुलुकमा जुन खालका बाह्य हस्तक्षेपकारी गतिविधि भएका छन्, त्यसबाट इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। आज पनि हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ। ★ अहिले मुलुकमा संघीयता र समानुपातिक एवं समावेशी सहभागिताजस्ता मौलिक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली कायम छ। यो प्रणाली नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर स्थापना गरेको प्रणाली हो। अहिले यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्। हामी यस प्रणालीविरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ। ★ लोकतन्त्रको सुदृढीकरण र विकासको सवाल स्थापित प्रणालीको स्थिरताको सवाल पनि हो। मुलुकको विकासका निम्ति लोकतान्त्रिक प्रणालीको स्थिरता जरुरी छ। अहिले हाम्रो स्थापित प्रणालीका विरुद्ध गतिविधि गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ। हामी त्यस प्रकारको दुष्प्रयासलाई परास्त गर्दै मुलुकमा स्थिरता कायम गरी लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न दृढप्रतिज्ञ छौँ। ★ हाम्रो संविधान जननिर्वाचित संविधान सभाबाट निर्माण गरिएको संसारका उत्कृष्ट संविधानमध्ये एक हो। यसमा नेपाली जनताले लामो समयसम्म अनेक प्रकारका बलिदानपूर्ण सङ्घर्ष सञ्चालन गरेर प्राप्त गरेका अधिकारहरू दस्तावेजीकरण गरिएको छ। त्यसैले यो जनताले सङ्घर्ष गरेर प्राप्त गरेका अधिकारहरूको दस्तावेज हो। यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन। तथापि यो अपरिवर्तनीय दस्तावेज भने होइन। यसको कार्यान्वयन गर्दा देखापरेका समस्या समाधान गर्नका निम्ति यसमा आवश्यक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्दछ। तर त्यसको प्रक्रिया स्वयं संविधानले निर्देश गरेबमोजिम हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ। संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर त्यसबाट निस्किएका निष्कर्षका आधारमा शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्नुपर्दछ भन्ने हाम्रो दृढ अठोट रहेको छ। ★ अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो, जटिल र कुनै एक दलले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ। हामी यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ। त्यसमा हामी प्रतिबद्ध छौँ। ★ सुशासन र पारदर्शिता आधुनिक लोकतन्त्रका अपरिहार्य पक्ष हुन्। अहिले जनताले सुशासन र पारदर्शिता अनुभूत गरेका छैनन्। भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शिता र ढिलासुस्ती क्यान्सरजस्तै फैलिरहेको छ। सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान भएको छैन। हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ। भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा छ । ★ एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्दछ र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ। ★ हाम्रो समाजमा अहिले पनि वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विभेद, असमानता र उत्पीडन कायम छ। जातीय छुवाछुतजस्तो मानव मर्यादाको कलङ्कसमेत समाजमा अझै विद्यमान छ। छाउपडी र डाइनी–बोक्सीजस्ता कुरीति र अन्धविश्वास पनि विद्यमान छन्। यी सब सामन्ती व्यवस्थाका अवशेष हुन्। हामी सबै प्रकारको विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्य गर्न चाहन्छौँ। त्यसका लागि प्रभावकारी कदम चाल्न प्रतिबद्ध छौँ। ★ उत्पादनको कमी र बेरोजगारी ठूलो समस्याका रूपमा रहेका छन्। यो समस्याको समाधान गर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धि गर्न विशेष योजना बनाएर काम गर्नुपर्ने पक्षमा छौँ। त्यसो गरेर नागरिकका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ, राष्ट्रिय आय वृद्धि गर्न सकिनेछ, खाद्यान्नमा आत्मनिर्भर हुन सकिनेछ र व्यापार घाटा कम गर्न सकिनेछ। ★ आयातआधारित राजस्व, निरन्तर बढ्दो व्यापार घाटा, चर्को बेरोजगारी, जनशक्तिको विदेश पलायन, वैदेशिक ऋणको निरन्तर वृद्धि, पुँजीगत खर्च कम हुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृति, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन्। हामीले जबसम्म हाम्रो आफ्नै स्वाधीन अर्थतन्त्र निर्माण गर्न सक्दैनौँ, तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिँदैन र हाम्रो परनिर्भरता कायम रहन्छ। कृषि, औद्योगिक, पर्यटन, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि गरेर परनिर्भरता कम गर्दै जानु र स्वाधीन अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो। यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्वक अगाडि बढ्न प्रतिबद्ध छौँ। राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ। वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ। गरिबीको अन्त्य गर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। ★ प्राकृतिक सम्पदा र वातावरणको संरक्षण गर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ। विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ। ★ हाम्रो लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो। वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो। वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन। त्यसैले हामी वर्तमान नेपाली समाजमा व्यापक रूपमा आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ। ★ देशमा भएको राजनीतिक परिवर्तनअनुरूप आर्थिक–सामाजिक रूपान्तरण हुन नसकेको हुँदा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन भन्ने भाष्य निर्माण हुन गयो। मुलुकमा विकास हुँदै नभएको त होइन, तर जति भयो त्यो पर्याप्त भएन। त्यसैले यो भाष्य बन्न गयो। यसलाई बदल्नुपर्छ। यसलाई बदल्न आर्थिक–सामाजिक रूपान्तरणका महाअभियान सञ्चालन गर्नु जरुरी छ। त्यो हामी गर्नेछौँ। मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्नेछौँ। ★ हामी हाम्रो राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेछौँ। हामी राष्ट्रहरूबीच समानता, अहस्तक्षेप, पारस्परिक लाभ र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा हाम्रा छिमेकीलगायत सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र अरूले पनि हामीसँग तदनुरूपकै सम्बन्ध राखून् भन्ने चाहन्छौँ। हाम्रो परराष्ट्र नीति यही मान्यतामा आधारित हुनेछ। हामी यही नीतिअनुसार नेपालसँग भएका असमान सन्धि–सम्झौताहरू खारेज गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न चाहन्छौँ। हामी राष्ट्रिय एकता र सुरक्षाको प्रवर्द्धन गर्दै मानवता र विश्व शान्तिको पक्षमा उभिनेछौँ। ★ हामीले विगतमा अनेक प्रकारका क्रान्तिकारी सङ्घर्ष सञ्चालन गरी मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन गरेका थियौँ। त्यसैले भन्न सक्छौँ कि व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ। यो हाम्रो दृढ प्रतिज्ञा हो। यसमा हामी लागिपर्नेछौँ। विगतमा हाम्रा पनि कतिपय कमी–कमजोरी भएका होलान्। त्यसमा हामी आत्मालोचित छौँ र कमी–कमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौँ। यहाँहरूसँग हाम्रो हार्दिक अपिल छ कि यस पटक तारा चुनाव चिन्हमा मतदान गरी हामीलाई व्यवस्था बदलेझैँ देशको अवस्था पनि बदल्ने अवसर प्रदान गर्नुहोस्। धन्यवाद। ............................ पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक ............................ माधव कुमार नेपाल सहसंयोजक
सुनसरी-१ मनोज भट्टराईको धरानमा व्यापक समर्थन, तारामा मतदान गर्ने प्रतिबद्धा
धरान । निर्वाचन नजिकिदै जाँदा सुनसरी–१ का नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट तारा चिन्हबाहक उम्मेदवार मनोज भट्टराईको घरदैलो धरान बजारक्षेत्रमा केन्द्रित भएको छ । बिहीबार धरानको मुख्य व्यापारिक क्षेत्रहरू भानुचोक, नयाँ बजार, महेन्द्रपथ, पुरानो बजार, रत्न रोड, गीता मन्दिर, छाता चोक लगायतका स्थानमा घरदैलो सम्पन्न भएको थियो । बजारक्षेत्रका धरानवासीले उम्मेदवारको टिमलाई उत्साहका साथ स्वागत गरेका थिए । स्थानीयवासीले खादा तथा मालाले सम्मान गर्दै जितको शुभकामना दिएका थिए । धरान ३ का सुनचाँदी व्यवसायी कुमार विश्वकर्माले मनोज भट्टराई चुनावको बेला मात्र नभई कुनैपनि बेला सुख–दुःखमा साथ दिने व्यक्तित्व भएकाले आफु र आफ्नो परिवारले उहाँलाई नै मत दिने सल्लाह भएको बताए । रत्न रोडस्थित जोन गोल्ड सपका सञ्चालक बमबहादुर ल्वागुनले मनोज धरानमै जन्मेर हुर्किएको र सुनसरी–१ का विभिन्न क्षेत्रका समस्याबारे जानकार भएकाले योग्य उम्मेदवार भएको बताए । घरदैलोका क्रममा उम्मेदवारको स्वागतमा सहभागी भएका नयाँ बजारका कपडा व्यवसायी अनिस श्रेष्ठले भने– ‘मनोज उर्जाशिल युवा हुनुहुन्छ, जित्नुभएमा संसदमा आफ्नो क्षेत्रको मुद्दा सशक्त रूपमा उठाउन सक्ने क्षमता छ, व्यापारीहरुका लागि पनि सहज व्यक्तित्व हुनुहुन्छ, त्यसैले योग्य उम्मेदवार उहाँ नै हो ।’ बजार क्षेत्रकै किराना व्यवसायी हिरा कार्कीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने मनोज भट्टराईको प्रतिबद्धता आफूलाई सकारात्मक लागेकोले आफ्नो मत उनलाई नै जाने बताए । उनका अनुसार पछिल्लो समय बजार क्षेत्र मात्र नभई सुनसरी–१ मै मनोज भट्टराईको चुनावी माहोल बलियो बन्दै गएको छ ।
सहकारी पीडितका बचतकर्ताको रकम फिर्ता गराउन पहल गर्छु : तिमिल्सिना
पर्वत। पर्वतबाट प्रतिनिधिसभाका उम्मेदवार मनहरी तिमिल्सिनाले सहकारीमार्फत भएको ठगीप्रति कडा असन्तुष्टि जनाउँदै बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्। कुस्मा नगरपालिकाका विभिन्न वडामा आयोजित आन्तरिक भेटघाट कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएको विकृति र दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। “जीवनभरको श्रम र पसिनाबाट जम्मा गरेको रकम असुरक्षित हुनु कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “बचतकर्ताको विश्वास जोगिनु र उनीहरूको रकम सुरक्षित फिर्ता हुनु अत्यावश्यक छ। आफ्नो जिम्मेवारीको स्थानबाट आवश्यक पहल गर्नेछु, सम्बन्धित निकायलाई सक्रिय बनाउनेछु र पीडितको पक्षमा दृढ रूपमा उभिनेछु।” चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा सहकारी पीडितहरूको पीडा प्रत्यक्ष सुन्नुपरेको उल्लेख गर्दै तिमिल्सिनाले धेरै बचतकर्ता रोइरहेको दृश्यले आफूलाई भावुक बनाएको बताए। “राजनीतिक आवरणमा बसेर सहकारीमार्फत ठगी गर्ने र दुरुपयोग गर्ने जुनसुकै शक्तिलाई छुट दिन सकिँदैन,” उनले भने। पार्टीको नाम र प्रभाव प्रयोग गरी पर्वतका हजारौँ बचतकर्तालाई समस्यामा पारेकोप्रति उनले दुःख व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए। तिमिल्सिनाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र कानुनी दायराभित्र सञ्चालन गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे। बचतकर्ताको अधिकार संरक्षणका लागि संसदीय तहबाट पहल गर्ने उनको भनाइ छ। यसैबीच, उनले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै पर्वलाई सुरक्षित र वातावरणमैत्री रूपमा मनाउन आग्रह गरे। “ऋतु परिवर्तनसँगै आउने यस उत्सवले प्राकृतिक रंग, स्वच्छता र स्वस्थ जीवनशैली अपनाउने प्रेरणा दिओस्,” उनले भने, “आपसी सद्भाव, सकारात्मक ऊर्जा र आत्मीयता बढोस्।” उनले सम्पूर्ण नेपालीमा स्वास्थ्य, खुशी र उज्यालो भविष्यको कामना पनि व्यक्त गरे।
सूर्योदयको सफल मोडेल अब इलामभरि : रणबहादुर राईलाई संसदमा पुर्याउने जनआवाज व्यापक
इलाम । रणबहादुर राई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा यतिबेला इलाम–१ मा चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट ‘तारा’ चिन्हमा उम्मेदवारी दिएका राईले स्थानीय तहमा स्थापित विकास र सुशासनको मोडेल अब संघीय तहमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई कार्यकालसम्म सूर्योदय नगरपालिका को नेतृत्व सम्हाल्दा उनले पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गर्दै नगरपालिकाको मुहार फेरेको जनधारणा छ । सडक सञ्जाल विस्तार, अलवेदर सडक निर्माण, खानेपानी आयोजना, विद्यालय र स्वास्थ्य चौकी स्तरोन्नतिजस्ता योजनाले स्थानीयको दैनिकीमा प्रत्यक्ष सुधार ल्याएको अनुभव गरिएको छ । राईले मेयर हुँदा सुरु गरेको ‘बाल बचत’ कार्यक्रमले बालबालिकाको आर्थिक सुरक्षामा दीर्घकालीन आधार तयार गरेको मानिन्छ । महिला सशक्तीकरणका लागि ‘छोरी–बुहारीलाई शिक्षा’ अभियान सञ्चालन गरी उच्च शिक्षामा पहुँच विस्तार गरिएको थियो । यसले आर्थिक रूपमा कमजोर परिवारका छोरी–बुहारीलाई अध्ययन निरन्तरतामा टेवा पुर्याएको छ । कृषि क्षेत्रमा आधुनिकीकरण, अनुदान वितरण, प्रविधि विस्तार र बजार पहुँच सुदृढीकरणमार्फत उत्पादन वृद्धि भएको दाबी गरिएको छ । इलामको पहिचान चियाको न्यूनतम मूल्य निर्धारणमा गरिएको पहलले किसानलाई राहत पुगेको स्थानीयको भनाइ छ । पशुपालनतर्फ नस्ल सुधार, उत्पादन वृद्धि र रोगनियन्त्रणका कार्यक्रम अघि बढाइएका थिए । अब संघीय संसदमा पुगेपछि राईले ‘समृद्ध इलाम’ निर्माणलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेका छन् । अलैँची, चिया, अदुवा, सुपारी, कफी र किवीजस्ता नगदे बालीको ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत निर्यातमुखी कृषि अर्थतन्त्र निर्माण गर्ने उनको लक्ष्य छ । किवी र गाई जोनलाई ‘सुपर जोन’मा स्तरोन्नति, आलु विकास केन्द्र स्थापना, कृषि तथा पशु बिमा घरदैलोमा विस्तार गर्ने कार्यक्रम उनले अघि सारेका छन् । इलामलाई कोसी प्रदेशकै ‘एजुकेसन हब’का रूपमा विकास गर्ने, विद्यालय तथा क्याम्पसमा डिजिटल ल्याब स्थापना गर्ने, विद्यालय तहदेखि कोडिङ तथा आइटी शिक्षा लागू गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । ‘इलाम डिजिटल हब’ स्थापना गरी युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने उनको योजना छ । पर्यटनतर्फ धार्मिक, सांस्कृतिक, कृषि र साहसिक पर्यटन सर्किट विकास गर्ने तथा मदन भण्डारी राजमार्ग लाई आर्थिक मेरुदण्डका रूपमा उपयोग गर्ने रणनीति अघि सारिएको छ । सुरक्षित सहर निर्माण, अन्तरपालिका तथा अन्तरजिल्ला सडक स्तरोन्नति, सुविधा सम्पन्न अस्पताल निर्माण र सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने योजना पनि उनको प्राथमिकतामा छ । भूमिहीन तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान, आदिवासी–जनजातिको भाषा, लिपि र संस्कृतिको संरक्षण, हात्ती तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र विपद् बिमा कार्यक्रम सञ्चालनजस्ता विषयलाई समेत उनले प्राथमिक एजेन्डामा राखेका छन् । स्थानीय तहमा परिणाममुखी नेतृत्वको उदाहरण प्रस्तुत गरेका राईलाई समर्थकहरूले ‘काम गर्ने नेतृत्व’को रूपमा चित्रित गरेका छन् । घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका राईले स्थानीय विकासको निरन्तरता संघीय तहसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याइरहेका छन् । सूर्योदयमा सम्भव भएको परिवर्तन अब इलामभरि सम्भव हुने विश्वासका साथ रणबहादुर राई संसद यात्रामा छन् । आगामी निर्वाचनले इलाम–१ का मतदाताले विकास, अनुभव र परिणाममुखी नेतृत्वलाई कस्तो मूल्याङ्कन गर्छन् भन्ने स्पष्ट पार्नेछ ।
मुक्कुम्लुङ: नो केबलकार र ‘नो कोशी’ आन्दोलनप्रति नेकपाका इलाम-२ का उम्मेदवार गुरुङको दृढ प्रतिबद्धता
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम–२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार ओमबहादुर गुरुङ (सौरव) ले मुक्कुम्लुङ संरक्षण, मुक्कुम्लुङमा प्रस्तावित केवलकार खारेजी तथा प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजी आन्दोलनप्रति स्पष्ट र दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। इलाममा आन्दोलनरत पक्षले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गुरुङले पहिचान, आत्मसम्मान र सांस्कृतिक अस्तित्वको प्रश्नलाई जनआन्दोलन र जनयुद्धकालदेखि निरन्तर उठाउँदै आएको स्मरण गराए। उनले भने, “पहिचान र आत्मसम्मानको मुद्दा हाम्रो वैचारिक तथा राजनीतिक प्रतिबद्धताको मूल आधार हो। मुक्कुम्लुङ संरक्षण, केवलकार खारेजी र ‘कोशी’ नाम खारेजीका विषयमा नेकपा स्पष्ट छ र सधैं जनताको पक्षमा उभिन्छ।” गुरुङले आन्दोलनरत पक्षसँग ऐक्यबद्धता जनाउँदै राज्य दमनको विरोध गरे। मुक्कुम्लुङ संरक्षणका क्रममा भएका पक्राउ, धरपकड र बल प्रयोगप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले जनआवाजको सम्मान गर्न राज्यलाई आग्रह गरे। आन्दोलनका क्रममा सहादत प्राप्त गरेका लाजेहाङ सुक्नावा लिम्बुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। ज्ञापनपत्र ‘मुक्कुम्लुङ तान्सेप चुम्भो’, ‘मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति’ तथा ‘प्रदेश नं. १ पुनर्नामांकन संयुक्त संघर्ष समिति’ले संयुक्त रूपमा बुझाएका थिए। ज्ञापनपत्रमा ‘सेभ मुक्कुम्लुङ’, ‘नो केबलकार’ र ‘नो कोशी’ मुख्य एजेण्डा रहेका छन्। संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले आफ्ना मागप्रति स्पष्ट अडान लिने उम्मेदवारलाई समर्थन गर्ने र असहमत उम्मेदवारलाई ‘नो भोट’ दिने चेतावनी दिएका छन्। यस सन्दर्भमा नेकपाका उम्मेदवार गुरुङको स्पष्ट धारणा र सार्वजनिक प्रतिबद्धताले आन्दोलनरत पक्षमा सकारात्मक सन्देश प्रवाह गरेको छ। संघर्ष समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना एजेण्डाप्रति इमान्दार अडान लिने उम्मेदवारलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न अपिल गरेको छ। देशमा बढ्दो भ्रष्टाचार, अनियमितता र कुशासनविरुद्ध जनआक्रोश चुलिँदै गइरहेका बेला नेकपाले पहिचान, आत्मसम्मान र सांस्कृतिक अधिकारको पक्षमा दृढ अडान लिँदै जनताको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ।
रोल्पाको पेवा क्षेत्रमा विकासको नयाँ आशा: नेता पुनसँग स्थानीयले मागे विद्युत, सडक र सञ्चारको दीर्घकालीन सुनिश्चितता
खुमबहादुर सुनार रोल्पा । भौगोलिक रूपमा दुर्गम मानिने रोल्पा जिल्ला पछिल्लो समय विकास निर्माणका गतिविधिहरूको तीव्र विस्तारसँगै परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको अनुभूति गरिँदैछ । दशकौँसम्म पछाडि परेको यो जिल्ला अहिले क्रमशः पूर्वाधार विकास, विद्युतीकरण, सडक सञ्जाल विस्तार र सञ्चार सेवाको पहुँच वृद्धि हुँदै अगाडि बढिरहेको छ । यस परिवर्तनको नेतृत्व र पहलमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ को भूमिका स्थानीयस्तरमा सकारात्मक रूपमा चर्चामा रहेको छ । स्थानीय बासिन्दाहरूका अनुसार विगतका वर्षहरूमा जिल्लाका धेरै दुर्गम गाउँबस्तीहरू अन्धकारमा थिए । तर नेता पुनको पहल र समन्वयका कारण धेरै क्षेत्रमा विद्युत् विस्तार, सडक स्तरोन्नति र विकास आयोजनाहरू अगाडि बढेको उनीहरूको अनुभव छ । रोल्पाका ग्रामीण समुदायमा अहिले एउटा साझा विश्वास देखिन्छ—जबसम्म विकासका मुद्दाहरू राजनीतिक प्रतिबद्धतासँग जोडिन्छन्, तबसम्म वास्तविक परिवर्तन सम्भव हुन्छ । यही विश्वासका आधारमा स्थानीयहरूले आसन्न निर्वाचनको सन्दर्भमा आफ्ना आधारभूत आवश्यकता सम्बोधन हुने ठोस प्रतिबद्धता नेता पुनसँग माग गरेका छन् । पेवा क्षेत्रका स्थानीयको सामूहिक माग रोल्पा नगरपालिका–१० अन्तर्गत पर्ने पेवा क्षेत्रका बासिन्दाहरूले चुनावी घरदैलो अभियानका क्रममा नेता वर्षमान पुनलाई आफ्ना समस्या र अपेक्षाबारे खुलेर जानकारी गराएका छन् । स्थानीयहरूका अनुसार यो क्षेत्र नगरपालिकाभित्र पर्छ तर विकासका आधारभूत सेवा अझै पूर्ण रूपमा पुग्न सकेका छैनन् । विशेषगरी विद्युत् सेवा, सडक स्तरोन्नति र भरपर्दो सञ्चार सेवाको अभाव मुख्य समस्या बनेको छ । स्थानीय जुनतारा विकले विद्युत् सेवा नपुग्दा दैनिक जीवन कष्टकर बनेको बताउँदै भन्नुभयो, “नगरपालिकाभित्र भएर पनि हामीले अझै बिजुलीको उज्यालो पाउन सकेका छैनौँ । यो समस्या समाधान गरिदिनुस्, हाम्रो समर्थन सधैँ तपाईंसँग रहनेछ ।” उहाँको यो भनाइ केवल व्यक्तिगत गुनासो होइन, समग्र समुदायको साझा आवाजका रूपमा प्रस्तुत भएको छ । लिबाङबाट पर्यटकीय क्षेत्र जलजला जोड्ने लिबाङ–जलजला सडक यस क्षेत्र भएर जाने रणनीतिक महत्त्वको मार्ग हो । पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारका लागि यो सडक अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । तर स्थानीय दयामान घर्तीका अनुसार सडकको अवस्था अपेक्षाकृत सुधार हुन सकेको छैन । उहाँले भन्नुभयो, “जलजला क्षेत्र जिल्लाकै पहिचान हो, तर सडकको अवस्था कमजोर हुँदा यसको पूर्ण लाभ लिन सकिएको छैन । तत्काल स्तरोन्नति आवश्यक छ ।” विद्युतीकरण र टेलिफोन टावरको आवश्यकता रोल्पा नगरपालिकाका अधिकांश वडामा विद्युतीकरण भइसके पनि वडा नम्बर १० का कतिपय गाउँहरू अझै टुकीको भरमा रहेको अवस्था छ । पेवा, भरिपुक, भकासिबाङ, थामबजाङे, कासबाङ, पालपुले, लोडखङ र राउटेधारालगायत बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा करिब दुई सय घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएको स्थानीय राजेन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीकरण मात्रै होइन, मोबाइल नेटवर्क विस्तार गर्ने टेलिफोन टावर निर्माण पनि अत्यावश्यक भइसकेको छ । अर्का स्थानीय रूपलाल घर्तीले विकासको पूर्वाधार एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गर्दै भन्नुभयो, “बिजुली, सडक र सञ्चार तीनवटै सेवा एकसाथ पुगे मात्र गाउँको विकास सम्भव हुन्छ । हामीलाई आशा छ, हाम्रो आवाज यस पटक गम्भीर रूपमा सुनिनेछ ।” कृषि, बजार र पर्यटकीय सम्भावनाको उपयोग पेवा र आसपासका क्षेत्र केवल भौतिक पूर्वाधारको अभावले मात्र होइन, आर्थिक अवसरको सीमितताका कारण पनि पछाडि परेका छन् । स्थानीय लालबहादुर घर्तीका अनुसार यहाँ खानेपानी व्यवस्थापन, स्वास्थ्य सेवा र आधारभूत सामाजिक सेवाको सुदृढीकरण आवश्यक छ । उहाँले विकास योजनामा मानव विकास सूचकाङ्कलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी स्थानीय मूलबहादुर रोकाले कृषि उत्पादनको बजारीकरण मुख्य चुनौती भएको बताउनुभयो । यहाँका किसानहरूले उत्पादन गरेका अन्नबाली, तरकारी र अन्य उपजले बजारसम्म सहज पहुँच नपाउँदा उचित मूल्य पाउन सकेका छैनन् । उहाँले सडक सञ्जाल विस्तारसँगै कृषि उत्पादनलाई सहरसँग जोड्ने ठोस योजना आवश्यक रहेको धारणा राख्नुभयो । जलजला क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी र पर्यटकीय सम्भावनाको व्यवस्थित संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि स्थानीय सुकलाल घर्तीले औँल्याउनुभयो । उहाँका अनुसार योजनाबद्ध लगानी र सरकारी समन्वयमार्फत यस क्षेत्रलाई पर्यटकीय तथा आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ । नेता वर्षमान पुनको प्रतिबद्धता स्थानीयको गुनासो र सुझावलाई ध्यानपूर्वक सुनेपछि नेता वर्षमान पुनले जिल्लाको विद्युतीकरण, सडक विस्तार र पूर्वाधार विकासका लागि आफूले निरन्तर पहल गरेको र आगामी दिनमा पनि त्यसलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले धेरै ठाउँमा बजेट विनियोजन भइसकेको तर कतिपय योजनाहरू ठेकेदारको ढिलासुस्ती र कार्यान्वयनमा देखिएका समस्याका कारण समयमा पूरा हुन नसकेको स्पष्ट पार्नुभयो । पुनले भन्नुभयो, “मैले विगतमा पनि जिल्लाका लागि धेरै विकास आयोजनाहरू अगाडि बढाएको छु । तपाईंहरूले त्यसको प्रत्यक्ष लाभ अनुभूति गर्नुभएको छ । अहिले बाँकी रहेका कामलाई पूर्णता दिन म थप जिम्मेवारीका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” उहाँका अनुसार पेवा क्षेत्र तथा आसपासका बस्तीहरूको विद्युतीकरण र पूर्वाधार विकास आगामी कार्यकालको प्राथमिक एजेन्डा हुनेछ । स्थानीयसँगको प्रत्यक्ष संवादले आफूलाई थप ऊर्जा र जिम्मेवारीबोध गराएको बताउँदै उहाँले जनताको विश्वास नै आफ्नो काम गर्ने मुख्य प्रेरणा भएको उल्लेख गर्नुभयो । विकास र जनविश्वासको सन्देश पेवा क्षेत्रका स्थानीयले नेता पुनलाई केवल राजनीतिक प्रतिनिधि नभई विकासको "इन्जिन" का रूपमा चित्रण गर्दै निरन्तर साथ दिने संकेत गरेका छन् । उनीहरूको अपेक्षा राजनीतिक नाराभन्दा पनि व्यावहारिक कार्यान्वयन र परिणाममुखी विकास हो । यस क्षेत्रको भविष्य अब केवल आशामा सीमित नभई ठोस योजनाको कार्यान्वयनसँग जोडिएको छ । विद्युत्, सडक र सञ्चारको सुनिश्चितता भयो भने पेवा मात्रै होइन, समग्र रोल्पाको आर्थिक र सामाजिक रूपान्तरण सम्भव देखिन्छ । आगामी दिनमा प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुरा नेतृत्वको दृढता, प्रशासनिक समन्वय र प्रभावकारी अनुगमनले निर्धारण गर्नेछ । यसरी पेवा क्षेत्रमा उठेका विकासका आवाजहरू अब नयाँ सम्भावनाको सुरुवातका रूपमा अघि बढिरहेका छन् । स्थानीय जनता आशावादी छन् कि यसपटकका प्रतिबद्धताहरू केवल चुनावी वाचा मात्र नभई दीर्घकालीन परिवर्तनको आधार बन्नेछन् ।
प्रचार–प्रसारको अन्तिम दिन पाँचथरमा ‘मिक्सो जिताऔँ’ अभियानअन्तर्गत भव्य बाइक र्याली सम्पन्न
पाँचथर । निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन पाँचथरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई विजयी गराउने उद्देश्यसहित आयोजित ‘मिक्सो जिताऔँ’ अभियानअन्तर्गत भव्य बाइक र्याली सम्पन्न भएको छ। पार्टी कार्यकर्ता, युवा तथा समर्थकहरूको उल्लेखनीय सहभागितामा जिल्लाका विभिन्न स्थानमा उत्साहपूर्ण र्याली आयोजना गरिएको नेकपा चुनाव प्रचार–प्रसार समिति फाल्गुनन्द गाउँपालिका संयोजक शंखध्वज नेम्वाङले जानकारी दिए। विकास, सुशासन र जनमुखी एजेन्डालाई मुख्य प्राथमिकतामा राख्दै उम्मेदवार नेम्वाङको पक्षमा व्यापक जनसमर्थन जुटाउने उद्देश्यले आयोजित र्यालीमा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। मोटरसाइकलमा पार्टीका झण्डा र नारासहित सहभागीहरूले प्रमुख बजार क्षेत्र र बस्ती परिक्रमा गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा वक्ताहरूले उम्मेदवार हर्कबहादुर नेम्वाङलाई जिल्लाको विकास र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको सक्षम नेतृत्वका रूपमा प्रस्तुत गर्दै मतदातासमक्ष समर्थनको अपिल गरेका थिए। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै शान्तिपूर्ण वातावरणमा मतदान गर्न सबैलाई आग्रहसमेत गरेका छन्। पार्टीका अनुसार निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार–प्रसार अभियान सञ्चालन गरिएको हो। अब पार्टी संगठन मतदान प्रक्रियामा केन्द्रित हुँदै मतदातासँगको सम्पर्क र समन्वयलाई थप सुदृढ बनाउने तयारीमा रहेको जनाएको छ।
जनजातिको छोरालाई एकपटक विश्वास गर्नुहोस्, मत खेर जान दिने छैन: प्रताप गुरुङ
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रताप गुरुङले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले आफूलाई “जनजातिको छोरा” भन्दै मतदातासँग एकपटक विश्वास गर्न आग्रह गरेका छन्। “जनजातिको छोरालाई एकपटक विश्वास गर्नुहोस्, तपाईंको मत खेर जान दिने छैन। तपाईंको मतको सम्मान गर्दै काम गरेर देखाउनेछु,” उनले भने। गुरुङले जनजाति समुदायसहित सबै वर्ग र समुदायको समान सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्नु वर्तमान आवश्यकता भएको बताए। “यो चुनाव व्यक्तिको मात्र होइन, पहिचान, अधिकार र समावेशी विकासको अभियान हो,” उनले जोड दिए। लामो समयपछि जनजाति समुदायका उम्मेदवारले टिकट पाएको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे। “हामी जनजातिले मात्र होइन, सबै समुदायले साथ दिनुहुनेछ भन्ने विश्वास छ,” उनले भने। उक्त क्षेत्रबाट पटकपटक निर्वाचित सांसदहरूले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै गुरुङले स्थानीय समस्या बुझेको व्यक्तिले मात्र प्रभावकारी विकास गर्न सक्ने दाबी गरे। “जुन क्षेत्रमा जन्मियो, हुर्कियो र जसलाई त्यस क्षेत्रबारे गहिरो जानकारी छ, त्यही व्यक्तिले विकास गर्न सक्छ। त्यसैले मलाई बहुमतका साथ विजय गराउनुहोस्, म तपाईंहरूको सुखदुःखमा साथ रहेर काम गर्नेछु,” उनले भने। उनले समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। साथै, स्थानीय तहमा पारदर्शिता कायम गर्दै युवाका लागि सीपमूलक तालिम र साना उद्यम प्रवर्द्धनमार्फत आर्थिक सशक्तीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। ४२ वर्षीय गुरुङ इच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। वर्गीय उत्पीडन, राज्य दमन र शोषणविरुद्धको संघर्षबाट राजनीतिक पहिचान बनाएको बताउने गुरुङ २०५२ सालमा नेकपा (माओवादी)को सदस्यता लिएपछि सक्रिय राजनीतिमा लागेका थिए। जनयुद्धकालमा उनले वर्गसंघर्षको मोर्चामा काम गरेको उल्लेख गरेका छन्। गुरुङ उम्मेद्वारलाई जिताउन तमू सञ्चारकर्मीको अपिल प्रतिनिधि सभाको निर्वाचनमा गुरुङ समुदायका उम्मेद्वारहरुलाई भोट हालेर जिताउनका लागि गुरुङ पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघले अपिल गरेको छ । संघले सोमबार एक अपिल जारी गर्दै निर्वाचनमा जुनसुकै दलबाट उम्मेद्वार रहेका भएपनि गुरुङ समुदायका उम्मेद्वार मत हालेर जिताउन अपिल गरेको हो ।
तारा चिन्हमा मतदान गर्न एमाले नेताको अपिल, बाम एकताको सन्देश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा गण्डकी प्रदेशका पूर्वमन्त्री वेदबहादुर गुरुङले नेपाली कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन तारा चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले बामपन्थी मत छरिन नदिन र कम्युनिस्ट शक्तिलाई बलियो बनाउन तारा चिन्हमा मतदान गर्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा ती मतदाताहरू पुनः बामपन्थी शक्तिमा फर्किने सम्भावना न्यून हुन्छ। यसले दीर्घकालीन रूपमा कम्युनिस्ट आन्दोलनलाई रक्षात्मक र कमजोर बनाउन सक्छ।” गुरुङले सूर्य चिन्हमा चित्त नबुझे तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै अन्यत्र मत नहाल्न आम जनसमुदायलाई अपिल गरेका छन्। उनका अनुसार बामपन्थी मतहरूको एकता नै आगामी निर्वाचनमा प्रगतिशील र जनपक्षीय शक्तिहरूलाई सशक्त बनाउने आधार हो। उनको यो अभिव्यक्तिलाई कम्युनिस्ट आन्दोलनभित्र व्यापक एकताको सन्देशका रूपमा हेरिएको छ।
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका शर्मा औपचारिक कार्यक्रममार्फत नेकपामा समाहित भएका हुन्। बागलुङमा आयोजित कार्यक्रममा नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले उनलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले शर्माको आगमनले गण्डकी प्रदेशमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनीहरूले वैचारिक स्पष्टता, संगठनात्मक अनुभव र जनसम्पर्क क्षमताका कारण शर्माको भूमिकाले नेकपालाई आगामी राजनीतिक गतिविधिमा थप ऊर्जा प्रदान गर्ने बताए। यज्ञ बल्लभ शर्मा यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग आवद्ध थिए। पछिल्लो समय उनले माओवादी केन्द्र परित्याग गरी जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका शर्मा अब पुनः वामपन्थी धारमै फर्किएको विश्लेषण गरिएको छ। उनको नेकपामा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। यसैबीच, निसीखोला गाउँपालिका–१, लेवाङ निवासी नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील पनि नेकपामा प्रवेश गरेका छन्। नेकपाका नेता तथा बागलुङ जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढा ‘सागर’का अनुसार घर्तीलले एमाले परित्याग गरी नेकपाको सदस्यता लिएका हुन्। घर्तील लामो समयदेखि एमालेको प्रदेश संरचनामा सक्रिय रहँदै आएका थिए। उनको प्रवेशले बागलुङ क्षेत्रको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको बताइएको छ। नेकपाले पछिल्लो समय विभिन्न दल तथा समूहका नेता–कार्यकर्तालाई पार्टीमा समाहित गर्दै संगठन विस्तार अभियानलाई तीव्र बनाएको जनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, गण्डकी प्रदेशमा देखिएको पछिल्लो दलपरिवर्तनको क्रम आगामी निर्वाचन र शक्ति सन्तुलनसँग जोडिएर हेर्न सकिन्छ। वामपन्थी ध्रुवीकरण, वैचारिक पुनर्संरचना तथा स्थानीय स्तरमा प्रभाव विस्तार गर्ने रणनीतिका रूपमा यस्ता प्रवेशहरूलाई अर्थ्याइएको छ। नेकपाले भने यो क्रम अझै जारी रहने संकेत दिएको छ। पार्टी नेतृत्वले “वैचारिक स्पष्टता र जनमुखी राजनीतिमा प्रतिबद्ध जो–कोहीलाई स्वागत गरिने” धारणा सार्वजनिक गर्दै संगठनलाई प्रदेश तथा स्थानीय तहसम्म सुदृढ बनाउने लक्ष्य दोहोर्याएको छ। बागलुङमा भएको पछिल्लो प्रवेश कार्यक्रमले गण्डकी प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ तरंग सिर्जना गरेको छ। आगामी दिनमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषयलाई भने राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।

