नीति तथा कार्यक्रम परम्परागत भएको कांग्रेसको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ । 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन् ।

उनले सरकारको कार्यक्रममा कुनै उत्साह नदेखिएको धारणा राखे । सहकारी प्रकरणमा पीडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे । सरकार सहकारी पीडितहरूको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ । 

उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्त्वपूर्ण विषय छुटेको बताए ।

ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गरिने

  काठमाडौं । सरकारले ड्राइभिङ लाइसेन्स, पासपोर्ट लगायतको छपाइ नेपालमै गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालमै अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरिने बताएका हुन्। 'अत्याधुनिक गुणस्तरीय सुरक्षण मुद्रणको व्यवस्था गरी अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानी जस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै हुलाक सेवालाई पुनर्संरचना गरी सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्धता गर्ने नीति पनि ल्याइएको छ ।

सातै प्रदेशमा आईटी वर्क स्टेसन बन्ने, ५ हजारले रोजगारी पाउने

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सङ्घीय संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालनमा ल्याइने बताए । उनका अनुसार यसबाट कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।

गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

गरिब नागरिकलाई विद्युतीय चुल्हो उपलब्ध गराउने

  काठमाडौं। सरकारले गरिब नागरिकका लागि विद्युतीय चुह्लो उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब नागरिकलाई विद्युतीय चुह्लो उपलब्ध गराउने बताए। 

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने

काठमाडौं। सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

काठमाडौं। तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताए। उनले पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गरिने बताए। उनले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताए। उनले राष्ट्रिय संस्कृति नीति कार्यन्वयनमा ल्याइने बताए।

युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने बताएका छन्। सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले युवा स्वरोजगार बताउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। 

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने

काठमाडौं । सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए।उनले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए। उनले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताए।उनले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताए । 

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (तस्बिर)

काठमाडौँ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले स्दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने बताएका छन्। मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले स्दैलेखमा पेट्रोलिम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने बताएका हुन्। साथै उनले आयात प्रतिस्थापन,निर्यात वृद्धि र रोजगारी लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने, रैथाने तथा परमपरागत सीपमा आधारित उद्योग प्रर्वद्धन गरिने, व्यापार पूर्वधार विकास योजना तयार गरी कार्यान्वयनमा लगिने,अन्तराष्ट्रिय व्यापारको लागत र समय घटाइने बताएका छन् ।

कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा लगिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा लगिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक वर्ष २० ८१/८२ मा कृषक सम्मान कार्यक्रम कार्यान्वयनमा लगिने छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक बर्ष २० ८१/८२ मा बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिने छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

आर्थिक बर्ष २० ८१/८२ को दशकलाई कृषिको लगानी दसक घोषणा गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २० ८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक बर्ष २०८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताएका हुन्।  ‘‘जलविद्युत उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावट पुगेको छ । कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो। सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।