प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षीको बधाई पत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न श्रीवास्तव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र हस्तान्तरण गरेका थिए ।

आज गुरुङ समुदायको पर्व तमु ल्होसार , सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा यसपटक बिरालो बर्ग रहनेछ । हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस् भनी तमु गुरुङ परम्पराअनुसार ग्रह–दशा शान्ति पूजा गरी आज नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने गरिन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले आजका दिन यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

अमेरिकी राजदूत डिन थम्प्सनले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बालुवाटर पुगेर दिए बधाई

काठमाडौं । अमेरिकी राजदूत डिन थम्प्सनले बिहीबार साँझ बालुवाटार पुगेर नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । उक्त अवसरमा दुई पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको ट्विटरमा उल्लेख गरिएको छ । अमेरिकी राजदूतावासले भने प्रधानमन्त्री प्रचण्डलाई यसअघि नै बधाई दिइसकेको छ ।

म कम्युनिस्ट एकताको विपक्षमा छैन : माधव नेपाल

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू कम्युनिस्ट एकताको विपक्षमा नरहेको बताएका छन् । उनले आफु कम्युनिष्ट एकताको पक्षमा रहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुनुपर्ने बताए । साथै , अध्यक्ष नेपालले नेता घनश्याम भुसाल पार्टीमा आउन तयार रहेकोसमेत बताएका छन् । एमाले नेता भीम रावलसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी गराएको बैठकमा सहभागी नेताले बताए । नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर हल्ला चलाइएको पनि बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनको जुम बैठकमा अध्यक्ष नेपालले एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर भ्रम फलाइएको बताएका हुन् । “एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेको छ । के हो कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ,” नेपालले भने, “ती बजार हल्लामा कुनै सत्यता छैन । हल्लाको पछि लाग्नु हुँदैन ।”  

पुस २६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल भएको थियो। बैकठमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो। नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड एमालेसहित सात दलीय गठन्धनको सहयोगमा गत आइतबार तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका हुन्। उपप्रधानमन्त्रीसहित र चार मन्त्रीको सानो मन्त्रालय गठन गरेका उनले सोमबार पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। यस्तै, संसद्को अधिवेशन भने पुस २५ गतेका लागि बोलाइएको छ।

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

महान्यायाधिवक्ता दीनमणी पोख्रेलले लिए सफथ

काठमाडौं । महान्यायाधिवक्तामा नियुक्त भएका दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेको छन्। पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन्। शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायतका शीर्ष नेताहरू सहभागी थिए। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधवार नियुक्त गरेकी थिइन्।

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।

अपेक्षाअनुसार सिट आएन, तर हाम्रो भूमिका केन्द्रीय नै छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको बताएका छन् । शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताए । उनले माअवादीका नेता कार्यकर्ता धेरै निरास हुनुपर्ने खालको स्थिति नभएको बताए । स्थानीय तह र प्रदेशमा राम्रै उपस्थिति रहेको भएपनि संघमा अपेक्षा अनुरुप नआएको प्रति गम्भिर समिक्षा गरिने बताए । ‘१२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशमा हामी ७४ को हाराहारीमै छौं । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन’ उनले भने, ‘हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’ प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताए । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताए । २०६४ सालमा राम्रो जनमत ल्याउदा हौसिएका कारण आफ्नो जितलाई पचाउन नसेको कारण पार्टीमा क्षति पुगेको बताए । संसदीय निर्वाचनमा जित र हारको डाइलेक्टीकल रिलेसन हुने हुँदा जित पछि हार जित पछि हार चलिरहने बताए । माओवादी केन्द्रको संर्घषद्धारा स्थिापित एजेन्डामा देश चलेको बताउदै निराश नभएर माओवादीको पहिचान जोगाएर अघि बढ्नुपर्ने बताए ।

उपत्यकामा तेस्रोपटक मेलम्चीको पानी, समस्या उस्तै (फोटोफिचर)

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ। तर पनि उपत्यकावासीहरु हर्षित छैनन्। पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए। मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन्। लामो लाइन लागेर सार्वजनिक धारोहरुमा पानी थाप्ने मानिसहरुको संख्या आज पनि उल्लेख्य देखिन्छ। पानी वितरण शुरु भएपनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा पानी थाप्न बिहानैदेखि मानिसहरुको भीड छ। पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ। व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ।पानीको अभाव खड्किरहने काठमाडौं उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महशुस गर्नुपर्ने हो। शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए। शुभारम्भ कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रुपमै भएपनि १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका थिए। तर मेलम्चीको पानी काठमाडौं आइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभुति गर्न सकेका छैनन्। मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ। तरपनि सार्वजनिक धारोहरुमा पानी थाप्ने मानिसहरुको लाइन कम देखिँदैन। हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर मात्रै रहेको थियो। तर शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ। हेर्नुस् उपत्यकाका केही तस्बिरः

एमाले सचिवालय बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । समानुपातिक सांसद छनोट गर्नका लागि शुक्रबार बस्न लागेको नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका सिटमा पठाउने नाम छनोटका लागि एमालेको बैठक बस्न लागेको थियो। अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्न लागेको बैठक स्थगित भएको जानकारी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएका छन्। यो बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी थियो। निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरूलाई पत्र पठाउँदै समानुपातिकतर्फका सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ।

लुम्बिनी प्रदेशको राजधानी निर्णयलाई कार्यन्वय गरेको छौंं : मुख्यममन्त्री कुलप्रसाद केसी

भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरे । मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भने –“ २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्ययलाई कार्यन्वयमात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको त्यसैले विवाद नगरी सिंगो पदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।” उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरे । माननीय मुख्यमन्त्रीले आफ्नो कार्यकालमा त्यसलाई एउटा गौरवको आयोजनाको रुपमा अगाडि बढाएको छ । त्यसलाई कार्यन्वय गरी अगाडि बढाएका छन । यो कार्यन्वयका लागि सहयोग गर्ने सबैलाई अझै थप सहयोग गर्नका लागि आग्रह गरे । यो प्रदेशको राजनीनी नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताउँदै यो केन्द्रीय सरकारको भन्दा बढी राम्रो हुने बताए । प्रदेश सभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुध दाङका चार कांग्रेसका सांसदले पनि पक्षमा मतदान गरेका थिए । यसलाई सारेको भनेर प्रदेशबासी जनताको मनो विज्ञानमा विभाजन ल्याउनु भन्दा पनि त्यसलाई कार्यन्वय गरेको हो । जुन सरकारले पनि आफूले गरेको निर्णय कार्यन्वय गर्नु र त्यसलाई लागु गर्नु यो सरकारकाको कर्तव्य हुन आउँछ । त्यसले मुख्यमन्त्री कुल प्रसाद केसीले सकारको निर्णयलाई कहि कतै अलपत्र पर्ने खतराबाट मुक्त गर्नका लागि संघीयता विरोधीहरु सल्वलाएको बेला यसको सँस्थागत विकासलाई उच्च प्राथमिकता दिएर अगाडि बढेका हुन। अव त्यो सपना पुरा हुने क्रममा छ । यो लुम्बिनी प्रदेशबासीको लागि एउटा ऐतिहासिक कार्यहुने छ ।

चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक भोली बस्ने

काठमाडौं । आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए । गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।

सत्ता सहकार्यका लागि ओलीले पठाए देउवालाई सन्देश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् ।   कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ । ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ ओलीको सन्देश थियो । सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् । वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ । देउवा र सिंहसँग निकट रहेका कांग्रेसका एक नेताले भने, ‘सभापतिजीको पहिलो प्राथमिता वर्तमान गठबन्धन नै हो । तर ओलीजीको सन्देशलाई पनि सकारात्मक रुपमा लिनु भएको छ ।’ सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको १३४ सिट पक्का जस्तै छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार जनमत पार्टीलाई साथमा लिएर १४० सिटसहित नयाँ सरकार बनाउने देउवाको गृहकार्य छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन आफू सकारात्मक रहेको बताइसकेका छन् । वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।

स्याङ्जा–२ बाट काँग्रेसका उपसभापति धनराज गुरुङ विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री पद्माकुमारी अर्यालभन्दा ५ हजार ६ सय २७ मत बढी ल्याई विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार काँग्रेस उम्मेदवार गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत ल्याए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गरे।

रविको नागरिकता र पासपोर्ट विवादमा प्रहरीले थाल्यो अनुसन्धान, जरिवाना र कैद सजाय हुन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। ‘प्रशासनबाट पत्र आएको छ। छानबिनको प्रक्रिया अघि बढेको छ,’ मैनालीले भने। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो। उकेराका अनुसार लामिछानेले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। उनले अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेको देखिन्न। विदेशी नागरिकता लिने वित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैले नागरिकता त्याग्नुपर्छ। तर उनले निष्कृय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएको देखिन्छ। लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। आयोगले स्पष्टिकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो। उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले यसमा छानबिन गर्न परिसरलाई पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले जानकारी दिए। विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।