बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए हुने , यस्तो छ अंक विभाजन

काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ।

प्रदेशको प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकृत देवराज चौलागाईंले उक्त विषयबारे पुष्टि गरेका हुन्।

सूचना अधिकृत चौलागाईंका अनुसार आगामी मंसिर १८ गते (आइतबार) देखि लाइसेन्सको लागि दिइने प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए चालकले लाइसेन्स पाउने छन्। त्यस्तै लिखितमा ६० प्रतिशत ल्याउनुपर्ने हुन्छ। पुरानो व्यवस्था अनुसार लिखितमा ५० अंक ल्याए पास हुने थियो।

बागमती प्रदेशले यसै सम्बन्धमा आफ्नो सबै यातायात कार्यालयमा परिपत्र समेत गरेको अधिकृत चौलागाईंले जनाए। आउँदो आइतबारदेखि ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा हुनेछ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो।

यसै सन्दर्भमा बागमती प्रदेशले गत असोजदेखि नै लाइसेन्स परीक्षामा नयाँ मापदण्ड लागू गर्ने बताएको थियो। तर विभिन्न कारणले कार्यान्वयन हुन सकेको थिएन। यस पटक भने कार्यान्वयनमा ल्याउने घोषणा भएको हो।

नयाँ प्रणालीमा यस्तो छ व्यवस्था

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क–ट), ‘ए–के र वर्ग (ख) (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००–५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ।

यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चाररचार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।

ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यस प्रकार छः

घुमाउरो आठ–२० अंक।

साँघुरो फलेक– १० अंक।

युटर्न–१० अंक।

ट्राफिक संकेत–१५ अंक

बम्प्स (उबडखाबड)– १५ अंक।

उकालो–२० अंक।

परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन( १० अंक।

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।

एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।

ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।

उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।

एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।

सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।

हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।

असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।

एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।

ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।

सवारीको स्टार्ट बन्द भएमा।

साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।

उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।

उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।

पूर्णबहादुर खड्काले भेटे प्रचण्ड, गठबन्धनको सरकार बनाउनेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर फर्किने क्रममा खड्का खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए। भेटमा सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको खड्काले बताए। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नरहेको बताएको खड्काले जानकारी दिएका छन्। ‘गठबन्धनको नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नराख्न उहाँले भन्नुभयो। सरकार निर्माणका सन्दर्भमा छलफल हुँदा सम्पूर्ण निर्वाचन परिणाम आएपछि वृहत छलफल गर्ने विषयमा कुरा भयो,’ खड्काले भने। सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएपछि शीर्ष नेताबीच छलफल गर्ने विषयमा संवाद भएको खड्काले बताए।

स्याङ्जा र बाजुरामा सत्तापक्षको सेटिङलाई निर्वाचन आयोगले वैधता प्रदान गर्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् –‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै यी दुई जिल्लामा मतगणना सुरु भएको छ ।

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड ९सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड० लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो। राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ। एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ। यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर ९बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार० बराबर कबोलेको थियो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो। त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो। रासस

ओलीलाई बाले‍नको जवाफ–सुकुम्बासीहरू तपाईंको भोट बैंक मात्र रहे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भोट बैंक मात्र रहेको बताएका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै बालेनले केपी शर्मा ओलीको लागि सुकुम्बासीहरू केबल भोट बैंक मात्र रहेको बताएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति ओलीको उक्त धारणा आउनु सामान्य विषय भएको बालेनले‍ स्टाटसमा लेखेका छन्। मंगलबार दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका थिए। ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र ? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो’, ओलीले भनेका थिए। सोही वक्तव्यको जवाफ दिँदै बालेनले २०४७ सालयता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको तर्क गरेका छन्। ‘दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन?,’ उनले लेखेका छन्,‘सुकुम्बासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे। बरू तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो।’

१३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्य

काठमाडौं । निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । १३२ केभीको सुनवल सबस्टेसन निर्माण एक महिनामा सक्ने लक्ष्यका साथ काम भइ रहेको विद्युत प्राधिकरणले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसन त्यस क्षेत्रमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्नेगरी एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । १३२–३३–११ केभी सबस्टेसनमा ६३ एमभीएका दुईवटा, २२.५ एमभीएको एक वटा पावर ट्रान्सफर्मर रहने छन् । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने बताइएको छ । हाल सञ्चालनमा रहेको पूर्व पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिने तयारी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ । ‘परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, घिसिङले भने । यो सबस्टेसन चालूसँगै विद्युत समस्या हट्नै साथै प्राविधिक चुहावट पनि घट्ने उनले बताए ।

समानुपातिक बन्दसूचिको अन्तिम नामावली सार्वजनिक, प्रतिनिधि सभाका लागि २१९९ उम्मेदवार

काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् । यसैगरी प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, वाग्मती प्रदेशको लागि ७ सय ५४ जाना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरू रहेका छन् । आयोगले राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची बुधबार प्रकाशन गरेको छ । समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ५० जना व्यक्तिहरुको नाम आयोगले यसअघि नै सूचीबाट हटाइसकेको छ । दलहरूले पेस गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ जना उम्मेदवारहरू छन्। उम्मेदवारहरूको नामावली निर्वाचन आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ ।

नेपाल संवत् ११४३ र म्हः पूजा मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । म्हः (आत्म) पूजा आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मंगलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । रासस

बंगलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउनुभएको हो । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जीएमआर० ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ। शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ। सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए। प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए। उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआईएन’मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिएका थिए। बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे। राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बङ्गलादेशस्थित नेपाली राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

विष्णु पौडेलको निर्विरोध बन्ने चाहाना सपना मात्रै , जनमुक्तिका केशबलाई गठबन्धनले सघाउन सक्ने

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गर्नेगरी छलफल अघि बढाएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्विरोध हुने चाहानामा तुसारापात हुने भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि जनमुक्तिका केशवबहादुर थापा मगरलाई समर्थन गर्ने सम्भावना बढेको हो। प्रतिनिधि सभाका लागि रुपन्देही २ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए। यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार तीनपटक जितेको क्षेत्र हो। गठबन्धन भएपछि गुरुङले यो पटक पौडेललाई चुनौती दिने ठानिएको थियो। तर उम्मेदवार मनोनयन भएलगत्तै बैंकिङ कसुरको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गर्‍यो। सर्वोच्च अदालतले पनि खारेजीको निर्णय सदर गरेपछि अहिले रुपन्देही २ मा गठबन्धन उम्मेदवारविहीन छ। उम्मेदवारविहीन भएसँगै एमालेविरुद्ध गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने धेरैको चासो थियो। गठबन्धनभित्र बढी मत ल्याउन सक्नेलाई सघाउनुपर्ने कुरा उठेको थियो। पछिल्लो समय गठबन्धनका दल र जनमुक्ति पार्टीसँगको छलफल तीव्र रूपमा अघि बढेको छ। तर निर्णय सार्वजनिक भइसकेको छैन। राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङले गठबन्धनका दलसँग छलफल भइरहेको बताए। ‘कुराकानी चलिरहेको छ। एउटा सहकार्य गर्नेबारे छलफल भएको हो, निष्कर्षमा पुगिएको छैन’, उनले भने। थप छलफलका लागि जनमुक्तिले वार्ता समिति पनि बनाएको छ। सोमबार भएको जनमुक्तिको बैठकले गठबन्धन दलसँग छलफल गर्न महासचिव टोप अस्लामीको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा र युवा संगठनका अध्यक्ष शंकर गाहा रहेको वार्ता समिति गठन गरेको हो। यता गठबन्धनले जनमुक्तिसँग मात्रा नभई अन्य दल र स्वतन्त्र उम्मेदवारसँग पनि छलफलको ढोको खुला राखेको बताएको छ। रुपन्देही २ मा कोसँग सहकार्य गर्ने भन्नेबारे टुंगो लगाउन कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँण, माओवादी केन्द्रका वामदेव क्षेत्री, एकीकृत समाजवादीका राजु गुरुङ र जनमोर्चाका पदमराज श्रेष्ठलाई जिम्मा दिइएको छ। उनीहरूले आआफ्ना पार्टीको केन्द्रसँग समन्वय गरेर निर्णय लिने कांग्रेस रुपन्देही २ का क्षेत्रीय सचिव प्रजापाल गिरिले जानकारी दिए। ‘जनमुक्तिसँग मात्र होइन। वार्ताका लागि सबैसँग ढोका खुला छ। त्यसअनुसार उहाँँहरूलाई जिम्मेवारी दिइएको हो’, उनले भने, ‘५ दलीय गठबन्धनमा छैटौं दल मिसिँदा केन्द्रसँग स्वीकृति चाहियो।’ तर जनमुक्तिको मत धेरै भएकाले गठबन्धनले उसैलाई सघाउने बढी सम्भावना छ। २०७४ सालको संसदीय चुनावमा रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो। एमालेका विष्णु पौडेल ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार रुकबहादुर पुनले ३५ हजार ६८८ मत पाएका थिए। त्यसबेला एमाले र माओवादी एक भएर चुनाव लडेका थिए। गत वैशाखमा भएको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा जनमुक्तिले ११ जना वडा सदस्य लिएर नेकपा एमालेसँग तालमेल गरेको थियो। तर एउटा वडा सदस्य मात्र जित्न सक्यो। तालमेल भएकाले स्थानिय चुनावमा बुटवलमा उसको मत प्रस्ट देखिँदैन। तर रुपन्देही २ को केही भाग समेटिएको तिलोत्तमा नगरपालिकामा जनमुक्तिका मेयरका उम्मेदवार तेस्रो स्थानमा थिए।

प्रतिनिधिसभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो । प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइने छ । हेर्नुहोस् निर्वाचन आयोको सूचना

तिहारको बिदामा पनि निगमका डिपोहरुले तेल बेच्ने

काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमकाअनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरुबाट पेट्रोल पम्पहरुलाई इन्धन बिक्रीको व्यवस्था गरिएको छ । जसअनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेश प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कर्णाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्स्था मिलाइएको निगमले जनाएको छ ।

तिहार र छठ पर्व : सर्वोच्च अदालत बिहान ११ देखि दिउँसो ३ बजेसम्म खुल्ने

काठमाडौं। सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ। सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ। अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसंकेत गर्नुपर्ने

काठमाडौं । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा इच्छाएको उमेदवारको चुनाव चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ । यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ । तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा इच्छाएको उमेदवार चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्यएर ‘तीन’ लेखिएको नजिकैको मतपेटिकमा मत खसाल्नुपर्छ । चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गरिसकेपछि त्यसलाई पट्याएर ‘चार’ लेखिएको नजिकैको मतपेटिकामा मत खासाल्नुपर्नेछ । हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ । मतदाताले मतदान केन्द्रमा मास्क लगाएर आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ । महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ । गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाता लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले गएको स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो आकारको भएको र मत संकेत सात ठाउँमा गर्नुपर्ने कारणले मत संकेत गर्दा कतिपयमा देखिएको अलमलले खसेको मतमा केही बदर हुने समस्या देखिएको हुनसक्ने बताए । उनले भने, “आउने निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाहरुको मात्रै चुनाव चिह्नको व्यवस्था गरिएकाले बदर मत निकै घट्ने विश्वास गरेका छौँ ।” बदरमत घटाउन निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ । विगतका निर्वाचनको तुलनामा बदर मतको समस्या घट्दै गएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा खसेका मतमध्ये पाँच प्रतिशत मत पूर्णरुपमा बदर भएको थियो । गत निर्वाचनमा कतिपय दल र प्रत्याशीहरुले आपसमा गठबन्धनरतालमेल गरेर प्रतिस्पर्धा गरे पनि त्यो अनुसारको मतदाता शिक्षाबारे मतदातालाई बुझाउन नसक्दा पनि बदर मतको केही समस्या देखिएको हुन सक्ने स्थानीय मतदाता चेतराज भट्टले बताए । निर्वाचनको मिति नजिकिँदै जाँदा सबै प्रत्याशीले आ–आफ्नो पक्षमा मतदातालाई रिझाउन कसरतमा लागेका छन् । रासस

आज सूर्यग्रहण लाग्दै, के–के गर्न हुँदैन ?

काठमाडौं । आज कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसी । आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) अर्थात सूर्यग्रहण लाग्दैछ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार सूर्यग्रहण अपराह्न ४ः ५२ बजेबाट लाग्दै छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्। नेपालबाट करिब ३२ मिनेटमात्र ग्रहण देखिने उनले बताए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्नेछ । शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ । निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।। अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिकग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्र ग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नुहुँदैन । ग्रहणका समयमा नित्यकर्म गर्छन् । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ ।

निर्वाचन अग्रगमन र पश्चगमनका बीचको संग्राम : अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मंसिर ४ को निर्वाचन पनि अग्रगमन र पश्चगमनका बीचको संघर्ष भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले भने, “परिवर्तन र अग्रगमनका पक्षधर र परिवर्तन र अग्रगमन विरोधीका बीचमा मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ ।” लोकतन्त्रमा निर्वाचन आउने र जाने प्रक्रिया भएपनि हरेक निर्वाचनमा खास मुद्धा उठ्ने गरेको उनको भनाई थियो । अध्यक्षले अगाडि भने, “प्रत्येक निर्वाचनमा खास राजनीतिक मुद्धामा देश बहसमा केन्द्रित हुन्छ । त्यसकै वरिपरि संघर्ष चलिरहेको हुन्छ । मंसिर ४ को निर्वाचन पनि अग्रगमन र पश्चगमनका बीचको संघर्षका बीचमा हाम्रो अगाडि आउँदैछ । ” अध्यक्षले संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ । संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो । उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए । उनले भने, “विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो । त्यसका विरुद्ध हामी सबै उभियौँ । सङ्घर्षका बीचमा गठबन्धन बनेको हो । सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन । त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो ।” शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो । नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै अध्यक्ष प्रचण्डले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ थियो । तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, “परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरङ्कुशता र सामान्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौँ । यो स्वभाविक र प्राकृतिक छ ।” विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारी दिँदै उनले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताए । उनले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा साझा धारणा रहेको बताए। ‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको तथ्य पेश गर्दै अध्यक्षले आर्थिक विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौँ भने नेपाली जनताले पुनःभरोसा प्रदान गर्ने स्पष्ट पारे । उनले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गरे । कुनै पनि दुविधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जानसमेत उनले आग्रह गरे ।