५ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि १०५ वटा नक्कली कोटेशन बनाई ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो ।
सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गर्नुभएका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो ।
आयोगको अनुसनधान अनुसार १ करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले ३ करोड ८१ लाख १० हजार ४९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ । आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा २ करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।
अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ ।
आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उनका श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलगत्तै महासंघले बोलायो आकस्मिक बैठक
काठमाडौं : सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको बैठक बस्ने भएको छ । सरकारको निर्णयका सम्बन्धमा माहासंघको आधिकारिक धारणा तय गर्न बैठक बस्ने भएको हो । महासंघले आधिकारिक निर्णयविना सरकारको निर्णयको स्वागत वा विरोध केहि पनि नगर्ने नीति लिएको छ । तर, उक्त निर्णय आमसञ्चार माध्यमबाट थाहा पाउनुपरेको र यातायात खोल्ने सम्बन्धमा आफूहरूसँग कुनै छलफल नगरिएकोमा महासंघ असन्तुष्ट बनेको छ । महासंघका महासचिव सरोज सिटौंलाका अनुसार महासंघले भोलि शुक्रबार दिउँसो १ बजेका लागि बैंठक बोलाएको छ । सरकारले सार्वजनिक यातायात सेवा बन्द गर्दा र खोल्ने निर्णय गर्दा समेत सम्बन्धित व्यवासयीहरुसँग कुनै छलफल नगरेकोप्रति व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । महासंघकै ट्याक्सी तर्फका केन्द्रिय सदस्य अर्जुन गौतमले सार्वजकि यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय स्वागतयोग्य भएपनि कुनै मापदण्ड र योजनाविना घोषणा मात्र गरिएकाले व्यवसायीहरु अन्योलतामा परेको बताए ।
बाढी पीडितको उद्दार र राहतमा कुनै सम्झौता हुन्न : सभामुख सापकोटा
सिन्धुपाल्चोक : सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी-पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइते हुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताएका हुन् । सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्ने बताए । जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएयो । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाल लगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेका छन् । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे-कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
कुँवरद्वारा ग्लोबल आइएमईको कार्यकारी अधिकृतबाट राजीनामा
काठमाडौं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पर्शुराम कुँवरले दिएको राजीनामा स्वीकृत भएको छ । साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको हो । तत्कालीन जनता बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका कुँवर ग्लोबल र जनता मर्ज भएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । २०७८ जेठसम्म कार्यकाल भए पनि उनले बीचमै बैंक छोडेका हुन् । क्षेत्रीले स्वास्थ्यको कारण देखाउँदै बैंक छाडेका बताइएको छ ।
सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय
काठमाडौं : सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यस बारेको जानकारी दिएका हुन् । खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र ३ वटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन् । ‘काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटा जिल्ला मानेर सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको छ’, उनले भने, ‘उपत्यका बाहिर एउटा जिल्ला भित्र सवारी साधन चल्न दिइने निर्णय भएको छ ।’
नेपालमा यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित
काठमाडौं : नेपालमा अहिलेसम्म ७७ मध्ये ५ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा ५ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेमा सोलुखम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र भोजपुर रहेका छन् । देशभर आज १०८ जनाको पीसीआर पोजिटिभ नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
काठमाडौंमा आज ५ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौंमा आज ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज विभिन्न ३ अस्पतालमा रहेका प्रयोगशलामा परीक्षण गर्दा काठमाडौंमा आज ५ जनामा कोरोना पोजिटिभ देखिएको हो । काठमाडौंमा बुधबारको तुलानामा आज संक्रमितको संख्या कम हो । उपत्यकाका भक्तपुर र ललितपुरमा भने बिहीबार संक्रमित थपिएका छैनन् । आज १०८ जनाको पीसीआर पोजिटिभ नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
आज १०८ जनामा मात्र कोरोना पुष्टि, १३९ जना डिस्चार्ज
काठमाडौं : नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
सरिता गिरी आजदेखि सांसद पदबाट मुक्त
काठमाडौं : जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी आजदेखि सांसद पदबाट मुक्त भएकी छन् । संघीय संसद सचिवालयले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेसँगै सांसद पदबाट मुक्त भएकी हुन् । पार्टीको ह्वीप उल्लंघन गरेको र नेपालको जारी नयाँ नक्साप्रति असहमति जाहेर गरेको भन्दै उनलाई समाजवादी पार्टीले पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाएको थियो । समाजवादीले संसद सचिवालयलाई पत्र पठाएर गिरीलाई पदमुक्त गराउन अनुरोध गरेको थियो । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरी पदमुक्त बनेकी हुन् । संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जारी सूचनामा उल्लेख गरेको छ ।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ । गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो । जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी एकीकरणका बाँकी काम अघि बढाइने बताए । आयोगमा अहिले १३२ राजनीतिक दल दर्ता भएका छन् । दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल हुनेछन् । जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ ।
बूढानीलकण्ठ विद्यालयले लकडाउन अवधिको शुल्क नलिने
काठमाडौंः बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी ९लकडाउन० का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए । विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।
नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग
लण्डनः आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । ३ वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो । अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताउनुभयो । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।
भारतीय मिडियालाई नारायणकाजीको चेतावनीः अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर
काठमाडौंः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन् । साथै उनले बकवास बन्द गर्न भारतीय मिडियालाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले भनेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’ उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरू एक ढिक्का रहेको भन्दै विदेशीको फुटाउ र स्वार्थ पुरा गर भन्ने नीति सफल हुन नदिने बताएका छन् । भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो। — NKShresthaPrakash (@nksthaprakash) July 9, 2020 नेपालले लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र नेपालमा चिनियाँ प्रभाव भन्दै अतिरन्जित सामग्रीहरू प्रकाशन प्रसारण भइरहेका छन् । टाइम्स अफ इन्डियाले प्रधानमन्त्रीको आपत्तीजनक स्केच बनाएर समाचार छापेको छ भने जी न्युजको बिहार झारखण्ड टेलिभिजनले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले हनी ट्रयापमा पारेको भिडिओ सामग्री प्रसारण गरेको छ ।
भीमदत्तका मेयर विष्टका तीन वर्ष पूरा, भने, ‘गरेको काम इतिहासले समीक्षा गर्नेछ’
महेन्द्रनगरः भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नगर प्रमुख निर्वाचित भएको तेस्रो वर्ष प्रवेशमा जनप्रतिनिधि सहित सहयोगी सबैमा आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् । नगर प्रमुख विष्टले बिहीबार वक्तव्यमार्फत तीन वर्षदेखि नगरको विकासका लागि निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । २०७४ असार १४ गतेको स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर विष्टले असार २४ गते पद तथा गोपनियताको शपथ लिएका थिए । उनी भीमदत्तको मेयरमा निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । मेयर विष्टले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहको निर्वाचनको दिनलाई स्वर्णिम दिनका रुपमा स्मरण गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले व्यवस्था गरे बमोजिमको तीन तहका सरकारहरु मध्ये स्थानीय तह (स्थानीय सरकार) को निर्वाचन सम्पन्न भएको स्वर्णिम दिनलाई म एक पटक स्मरण गर्न चाहन्छु’ नगर प्रमुख विष्टले वक्तत्वमा भनेका छन् । भीमदत्त नगरपालिकाका नगर वासिन्दाको साथ र समर्थनले नगर प्रमुखमा निर्वाचित भएको उल्लेख गर्दै उनले नगर विकासको सेवा गर्ने मौका दिएकोमा आभार व्यक्त गरेका छन् । स्थानीय तह निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा भए नभएको इतिहासले समीक्षा गर्ने नगर प्रमुख विष्टले बक्तव्यमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नगर प्रमुख पदमा निर्वाचित भएको दिन देखि आजका दिनसम्म आइपुग्दा समग्र नगरको विकास र समृद्धिका लागि मैले के कति गर्न सके वा सकिन इतिहासले समीक्षा गर्ने नै छ ।’ तीन वर्षमा स्थानीय, प्रदेश र संघीयका सबै जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्यमी, व्यवसायी, सञ्चार, कर्मचारी सबैमा सहयोग पाएको उल्लेख गर्दै आगामी अबका दुई वर्षमा पनि सबैको सहयोग पाउने आशा व्यक्त गरिएको छ ।
उद्धारका लागि बाह्रबिसे पुग्यो हेलिकप्टर
मेलम्चीः सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबिसेकाे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली हेलिकप्टर लिएर बाह्रबिसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं लगिने छ । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो । सिन्धुपाल्चोक पहिरोः राजमार्ग अवरुद्द हुँदा उद्धारमा समस्या, हेलिकप्टर पनि जान सकेन
नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान
गृहसचिव महेश्वर न्यौपानेबाट नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बिहीबार नियुक्ति–पत्र प्रदान । काठमाडौंः नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षक थापाक्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरे । थापा क्षेत्रीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यही २३ गते प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी नेतृत्वलाई व्यवसायिक र पेशाप्रति इमान्दार बन्न निर्देशन दिँदै भ्रष्टाचारमा शून्य सहनशीलता र कानुन कार्यान्वयनमा कडा बन्न नेतृत्व सक्षम हुनुपर्ने बताए । प्रहरी प्रमुख छनोटमा हुने घृणित परम्परा हटेको चर्चा गर्दै उनले नवनियुक्त महानिरीक्षक थापा क्षेत्री र अर्का दावेदार प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालबीचको भद्रसहमति प्रसंशनीय रहेको बताए । ‘अबको नेतृत्वले उहाँहरूबाट सिक्नुपर्छ’, उनले भने, ‘विगतमा जे जस्ता गतिविधि भए–भए । त्यसको जिम्मेवार प्रहरी सङ्गठनभित्रका सदस्यहरू बन्नुपर्छ । अपारदर्शी र गैरजिम्मेवार कार्य सम्पादन मूल्याङकनका कारण पनि यस्तो समस्या सिर्जना भएको देखिन्छ ।’ महानिरीक्षक थापा क्षेत्रीले आफ्नो बोली व्यवहार नम्र र भद्र भए पनि यसको फाइदा उठाउने कार्य कहीँकतैबाट हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘कानुनी कारबाहीका सवालमा म कसैसँग झुक्नेछैन’, उनले भने । उनले देश र नागरिकको सुरक्षा र प्रहरी सङ्गठनको हितका लागि सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, एआइजीहरू, सातवटै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरू सहभागी थिए ।


>
>
>