ओली भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौंः पार्टी विवाद समाधानबारे नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।
पार्टीमा देखिएको विवाद समाधनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली–प्रचण्डबीच केही बेरमा ‘वान टु वान’ वार्ता शुरू हुँदैछ । ओली–प्रचण्डबीच सोमबार पनि ‘वान टु वान’ वार्ता भएको थियो ।
गत मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद देखिएको छ । विवाद समाधानका लागि लगातार वार्ता भइरहेका छन् । तर, हालसम्म कुनै सहमति हुन सकेको छैन ।
सहमित खोज्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारसम्ममा सहमति गर्ने गरि नेकपामा छलफल शुरू भएका छन् ।
मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?
काठमाडौंः मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।
नेपालमा व्यावसायिक एमआरओ सेवा सञ्चालनको तयारी
काठमाडाैं: हवाई क्षेत्रको आकर्षक बिजनेसका रुपमा लिइने वायुयानको परीक्षण तथा वायुयानका पार्टपुर्जा मर्मत सम्भार (एमआरओ) नेपालमा व्यावसायिक रुपमा सञ्चालनका लागि पहल थालिएको छ । वायुयान मर्मत सम्भारका निम्ति विदेशिने करोडौँ पूँजीको स्वदेशमै उपयोग गरी उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सरकारले एमआरओ संस्था स्थापनाका लागि पहल थालेको हो । सार्वजनिक निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा एमआरओ संस्था सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईसहित मन्त्रालयका उच्च अधिकारी तथा वायुयान सञ्चालक एवं विज्ञहरुसँग मन्त्रालयमा भएको छलफलमा एमआरओसम्बन्धी संस्था स्थापनाको अवधारणा, मोडालिटी, लगानी आदिबारे राय सुझाव लिइयो । त्यसका निम्ति मन्त्रालयले एक कमिटी गठन गरी एमआरओ स्थापनाको प्रक्रिया अघि बढाइने जनाइएको छ । वायुयान मर्मतका लागि दक्ष जनशक्ति नेपालमै रहेको र पूर्वाधार पनि धमाधम बनिरहेकाले यो सम्भावनाको व्यवसाय भएको विज्ञहरु बताउँछन् । उड्डयनको क्षेत्रमा राम्रो आर्थिक आम्दानी हुने क्षेत्रमा एमआरओ पर्छ । नेपाली वायु सेवा कम्पनीले यही कामका लागि विदेशमा वार्षिक करोडौँ खर्चनुपरेको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले मात्रै वार्षिक चार लाख अमेरिकी डलरभन्दा बढी एमआरओका लागि खर्च गर्ने गरेको छ । निजी क्षेत्रका वायुसेवा कम्पनीले वार्षिक १५ देखि २० लाख डलर खर्च गर्ने गरेको बताइन्छ । त्यसोत छ वर्षअघि अर्थात विसं २०७० मा पर्यटन मन्त्रालयले एमआरओसम्बन्धी संस्था स्थापनाका लागि एक अध्ययन कमिटी गठन गरेको थियो । पर्यटन मन्त्रालयका सहसचिव सरेश आचार्यको संयोजकत्वमा गठित उक्त समितिले आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाएको भए पनि प्रतिवेदन दराजमै थन्किएको थियो । पर्यटनमन्त्री भट्टराईले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि यो कार्यलाई अघि बढाउन चाँसो देखाए । सोहीअनुरुप नेपालमा एमआरओ संस्था स्थापना र यसमा गरिने लगानी तथा व्यावसायिक लाभका बारेमा विज्ञहरुसँग परामर्श गरिएको हो । पर्यटनमन्त्री भट्टराईले नेपालमा एमआरओसम्बन्धी संस्था सञ्चालनका लागि व्यावसायिक र पूर्वाधारका हिसाबले उपयुक्त रहेको भन्दै यसका लागि चुनौती र सम्भावना दुवै रहेकाले सकारात्मक सुझाव आएको बताए । संस्था शुरुआतीको चरणमा नेपालकै जनशक्ति र क्रमशः विदेशी दक्ष जनशक्ति भित्र्याएर भए पनि स्तरीय एमआरओ सञ्चालन गर्न सकिने उनको भनाइ छ । मन्त्री भट्टराईले उड्डयन क्षेत्रमा पैसा कमाउने आकर्षक क्षेत्र एमआरओ भएकाले नेपाली पूँजी देशमै उपयोग गरी रोजगारी सिर्जनाका साथै उड्डयन क्षेत्रमा आत्मविश्वास बढाउन पनि यो संस्थाको सान्दर्भिकता हुने उल्लेख गरे । नेपालमा पनि जहाजको सङ्ख्या बढिरहेका तथा पूर्वाधार पनि बनिरहेको सन्दर्भमा एमआरओको बहुपक्षीय उपयोग बढाइनुपर्ने उनको भनाइ छ । “उड्डयन क्षेत्रमा ठूलो लगानी गरिरहेका छौँ, पूर्वाधार पनि थपिँदै गएको छ, त्यसैले एमआरओ सञ्चालनका लागि सार्वजनिक निजी साझेदारीमा विदेशीले पनि लगानी गर्नसक्ने गरी संस्थागत संरचना बनाएर जान सकिन्छ”, उनले भने । गैर सैनिक हवाई उडान ऐन २०१५ मो एमआरओ संस्थाका लागि सरकारले इजाजत दिनसक्ने व्यवस्था रहेको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरण ऐन २०५३ मा पनि एमआरओ संस्थालाई पर्यटन मन्त्रालयबाट इजाजत प्राप्त भएपश्चात प्राधिकरणले सञ्चालन अनुमति दिनसक्ने भनिएको छ । पर्यटन मन्त्रालयको हवाई महाशाखाका एटीसी अधिकृत मुकेश डङ्गोलका अनुसार अहिले नेपालमा बुद्ध एयर र शिरिस मेन्टिनेन्स कम्पनीले एमआरओ सञ्चालन गरेका छन् । तर यी कम्पनीले सीमित प्रकृतिका जहाजलाई मात्रै सेवा दिन्छन् । बुद्ध एयरले एटीआर जहाजलाई मात्रै यस्तो सेवा उपलब्ध गराइरहेको छ । नेपालमा सञ्चालित वायुसेवा कम्पनी आठ देखि १० प्रकारका छन् । विश्वमा एयरबस ३३० र बोइङ ७३७ जहाजको को सर्वाधिक आकर्षण रहेकाले अहिले यी जहाजको सेवालाई मध्यनजर गरी एमआरओ सेवा सञ्चालन गरिरहेको बताइन्छ । छिमेकी मुलुक भारतले पनि एमआरओ सेवा शुरु गरिसकेको छ, भने श्रीलङ्काले पनि यो सेवा सञ्चालन गरिरहेको छ । दक्षिणपूर्वी एशियाली मुलुकमा सिङ्गापुर एमआरओका लागि हबका रुपमा मानिन्छ । नेपालको सन्दर्भमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई एमआरओ हबका रुपमा विकास गर्ने मन्त्रालयको योजना छ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक निजी साझेदारी संस्थाका रुपमा एमआरओ सेवा सञ्चालन गर्न सकिने बताए । सरोकारवालासँग छलफल गरी चाँडै यसको संस्थागत संरचना, मोडालिटी, लगानी आदिबारे निचोडमा पुगिने उनको भनाइ छ । सरकारको कम र निजी क्षेत्रको बढी लगानी हुने गरी नयाँ अभ्यासका रुपमा एमआरओ संस्था सञ्चालनको योजना रहेको मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले वायुयान मर्मतका नामका ठूलो धनराशी विदेशीएको सन्दर्भमा नेपालले आफैँ एमआरओ सञ्चालन गर्नसकेको खण्डमा स्वदेशी एयरलाइन्सलाई राहत पुग्ने बताए । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालमा एमआरओको व्यावसायिक सम्भावना रहेको र हेलिकोप्टर तथा एटीआर जहाजलाई लक्षित गरेर सेवा सञ्चालनको सम्भावना रहेको उनले उल्लेख गरे । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एमआरओ संस्था स्थापना गर्ने सैद्धान्तिक हिसाबले ठीक भए पनि व्यवहारिक कठिनाइ हुनसक्ने बताए । निगमका इञ्जिनियरिङ विभागका केबी थापाले वायुयान मर्मतका लागि धेरै खर्चिलो भएको र बिजनेसको हिसाबले यो क्षेत्र आकर्षक रहेको भन्दै राम्ररी अध्ययन गरेर मात्रै संस्था स्थापना गरिनुपर्ने सुझाए । बुद्धएयरका वरिष्ठ इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठले विदेशी एयरलाइन्सलाई आकर्षण गर्न तथा दक्ष जनशक्ति विकास गर्नसके एमआरओ सेवा सञ्चालनमा कुनै कठिनाइ नहुने बताए । श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलले नेपालको सन्दर्भमा एमआरओ सेवा अत्यावश्यक भएकाले यसलाई स्वायत्त निकायका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले एमआरओको व्यावसायिक सम्भावना, आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए । अध्यक्ष घिमिरेले जहाजको बाहिरपट्टिको भाग, इञ्जिन तथा जहाजका अन्य पार्टसको मर्मतका लागि विदेशमा करोडौँ खर्च हुने गरेको सन्दर्भमा नेपालमै यो सेवा सञ्चालन भएको खण्डमा एयरलाइन्स सञ्चालकलाई राहत मिल्ने बताए । अहिले जहाजको मुख्य पार्टपुर्जाको मर्मतका लागि बाहिर खर्चगर्नुपर्ने बाध्यता छ । भारतमा सरकारी तवरबाट एमआरओ स्थापना गरिएको छ । त्यहाँको गुजरातमा भर्खरै स्थापना भएको छ । अध्यक्ष घिमिरेले निकट भविष्यम सञ्चालन हुने भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई एमआरओ हबका रुपमा विकास गर्न सकिने बताए । रासस
काठमाडौं उपत्यकामा संक्रमित संख्या २३९ पुग्यो
काठमाडौंः काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको कोरोना संक्रमितको संख्याले उक्त जोखिममा थप बल मिलेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् । सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्याको कोभिड युनिट भरिएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको अधिकारीले बताएका छन् । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौंमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उच्च जोखिममा पर्दै गएको बताए । उनका अनुसार चाँगुनारायण, हरिसिद्धिलगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो । उनका अनुसार त्यसमा पनि उपत्यकाका विभिन्न १२ स्थानमा ‘ट्राभल हिस्ट्री’ (यात्राको इतिहास) नै नभएका १२ जनामा संक्रमण देखिएको पुष्टि भएपछि ईडीसीडीलाई कतै समुदायमै पो संक्रमण पुगिसक्यो कि भनेर थप तनाव थपिएको छ । महाशाखा प्रमुख डा. पाण्डेका अनुसार काठमाडौंको तीनकुने, कपन, खुसिबु, कागेश्वरी, मैतीदेवी, टोखा, कोटेश्वर र शंखमूल, ललितपुरको नख्खु र प्यूटार तथा भक्तपुरको भोलाछें र बोडेबाट नमुना संकलन गर्ने कार्य सुरु गरिएको छ । नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको बताउँदै डा. पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गरे । कहाँ छन् संक्रमित ? काठमाडौंः महाराजगञ्ज, तिनकुने, चाबहिल, कपन, खुसुवु, कागेश्वरी, कोटेश्वर, सिनामंगल र टोखा । ललितपुरः थसिखेल, चापागाउँ, लुभु, सिद्धिपुर, हात्तीवन, सातदोबाटो, नलिपोट, भैँसेपाटी, प्यूटार, टीकाथली, बुङ्मती र सुनाकोठी । भक्तपुरः थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिल, महालक्ष्मीस्थान, बोडे, भोलाछें, चाँगुनारायण र कमलविनायक, च्यामासिङ ।
नेपालमा भटाभट मर्न थाले सलह
बुटवलमा शनिबार सयपत्री फूलमा देखिएको सलह किरा । काठमाडौंः अघिल्लो सातादेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गार्हो हुने भन्दै चिन्ता बढाउने सलह घट्दै गएको छन् । मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलह चिसो ठाउँमा बाँच्न सक्दैन । ‘२२ डिग्रीभन्दा तलको तापक्रममा बाँच्दैन’, केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘बागलुङको उतर क्षेत्रमा सबैभन्दा बढी सलह मरेको पाइएको छ ।’ कालीकोट, मुस्ताङलगायत जिल्लामा पनि सलह कीरा मरेर झरेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य जिल्लामा पनि सलह मरेको सूचना प्राप्त भएकाने हुमागाईले बताए । केन्द्रका अनुसार समुद्र सतहबाट १६ सयदेखि १८ सय मिटर उचाइसम्म उड्न सक्ने सलह हावाको चापसँगैं छरिएर हिमाली क्षेत्रसम्म पुगेका थिए । हावाको वहावसँगैं हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा धेरै मरेको केन्द्रको अनुमान छ । सलह प्राय गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्याउँछ । नेपालमा मनसुन सबिmय हुँदा प्रायः क्षेत्रमा पानी परिरहेको छ । कान्तिपुर दैनिकबाट ।
विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो, निर्देशिकामा के छ ?
काठमाडौंः स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्णय लिन बाटो खुलेको हो । कोरोना भाइरसले लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीपछि सबै विश्वविद्यालयका परीक्षालगायतका शैक्षिक कार्यक्रमको क्यालेन्डरमा अवरोध आएको छ । आयोगका अध्यक्ष प्रा. भीमप्रसाद सुवेदीले विश्वविद्यालयहरूको परीक्षा र त्यसको मूल्याङ्कनमा सहज होस् भनेर नै विश्वविद्यालयहरूलाई सहजीकरण गरिएको बताए । निर्देशिकाअनुसार अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिने छ । कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिने गरी अगाडि बढ्न सक्ने सुवेदीले बताए । धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय तथा विषयको हकमा भने आफूहरूले विभिन्न विकल्प प्रस्तुत गरेको जानकारी उनले दिए । सोअनुसार सम्भव भए सामाजिक दूरी कायम गरेर परीक्षा लिन पनि विश्वविद्यालयहरूले सक्नेछन् । परीक्षा लिन सम्भव नभएको अवस्थामा परीक्षाको मोडल तथा प्रश्नपत्रको प्रकृति परिवर्तन गरेर पनि परीक्षा लिन सकिने व्यवस्था गरिएको छ । ‘विद्यार्थीलाई अब घरमै लेखेर ल्याउनुस् भनेर पनि परीक्षा लिनुपर्ने हुन सक्छ तर यसका लागि प्रश्न सोध्ने विगतको प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ’, आयोगका अध्यक्ष सुवेदीले भने । विगत जस्तो तीन घण्टा बन्द कोठामा बसेर विद्यार्थीसँग परीक्षा लिन सक्ने अवस्था नभएका कारण पनि परीक्षा लिने नयाँ विकल्प खोजिएको उनको भनाइ छ । उनका अनुसार सम्भव भएको अवस्थामा विश्वविद्यालयको अवस्था हेरी क्षेत्रगत रूपमा परीक्षा लिन सकिने बाटो समेत खोलिएको छ । विश्वविद्यालयहरूले अब अनुुदान आयोगको निर्देशिका परिधिभित्र रहेर परीक्षा सञ्चालन तथा विद्यार्थीको मूल्याङ्कन गर्ने उनको भनाइ छ । साथै विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्या तथा तह हेरेर निर्णय गर्न सक्ने अध्यक्ष सुवेदी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
काठमाडौं उपत्यकामा जोर विजोर नियममा थप कडाई
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा लगाईँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो । महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको जनाएको छ । सोमबार मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका २३४५ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । उनले दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाडिएको बताए । एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए । नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भीडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर–विजोर प्रणाली उल्लङ्घन गर्ने ४१,५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।
कहाँका हुन् आज भक्तपुरमा थपिएका १० संक्रमित?
काठमाडौं : सोमबार भक्तपुरमा१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोतका अनुसार संक्रमितमध्ये २ जना नेपाल एयरलाइन्सका पाइलट हुन् । संक्रमित चाबहिलका ४२ वर्षीय र चाँगुनारायण नगरपालिकाका-२ दुवाकोटका ३४ वर्षीय पुरुष हुन् । यस्तै, अरू संक्रमितमा भक्तपुर नगरपालिका (भनपा)-२ इँटाछेंका २४ वर्षीय पुरुष, भनपा-१ च्यामासिङका ३३ वर्षका महिला, भनपा-२ ब्यासीका २७ वर्षीय पुरुष, ब्यासीमा डेरामा बस्ने धनकुटाकी २१ वर्षीया महिला, सूर्यविनायक नागरपालिका, बालकोटका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । चाँगुनारायण नगरपालिका २ का २७ वर्षीया महिला र वडा नम्बर ७ का ३० वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरूको कन्ट्याक ट्रेसिङ गरेपछि स्थानीय हुन् वा अरू भन्ने खुल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले बताए ।
विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ
भोजपुर : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका-८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका-९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ । घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिए ।
अचम्म: चीनले बनायाे सामान बाेक्ने राेबाेट, काेराेनाविरुद्ध कारगार उपाय
अचम्म: चीनले बनायाे सामान बाेक्ने राेबाेट, काेराेनाविरुद्ध कारगार उपाय
नेकपा स्थायी कमिटी बैठकः आज के–के भयो ?
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । आजको बैठक बोल्ने सदस्यहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । बैठकमा बोल्दै स्थायी समिति सदस्यहरू पोखरेल र यादवले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरे । आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको भन्दै राजीनामा माग गरे । पर्यटन मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले भने नेतृत्व बीचको विवाद मिलाउनुपर्ने र सच्चिएर जानुपर्ने बताए । अर्का आमन्त्रित सदस्य नन्दु प्रसाईंले भने प्रधानमन्त्री ओलीलाई पदीय मर्यादाविपरीत जथाभावी नबोल्न सुझाव दिए ।
नेकपा एमाले दर्ताः को–को छन् केन्द्रीय समितिमा ?
काठमाडौंः निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । दलको अध्यक्ष सन्ध्या तिवारी छन् । उनी मोरङको विराटनगर महानगरपालिका–६ की हुन् । १२ असारमा महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका थिए । दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ । वामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । कार्यसमिति अध्यक्ष सन्ध्या तिवारी, उपाध्यक्ष भगवती खड्का, महासचिव मनिष कुमार उपाध्याय । प्रदेश सचिव अस्मिता सुनार (सचिव प्रदेश १), दावा लामा (सचिव प्रदेश २), जयराम रावत (सचिव प्रदेश ३), खगेन्द्र प्रसाद भुषाल (सचिव प्रदेश ४) राधा पुरी (सचिव प्रदेश ५), हिरा बहादुर बोहोरा (सचिव प्रदेश ६), तारा देवी शाही (सचिव प्रदेश ७) । सदस्यहरूः पवन विष्ट, निलम पोखरेल, किरण लामिछाने, उमेश महतो, उषा कुमारी झा, उदिपराज गिरी, पूर्णिमा तामाङ, निश्चत बस्नेत, सञ्जीव विष्ट, विनिता कार्की र विमला विष्ट रोका ।
के काठमाडौं उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिसकेको हो ?
काठमाडौंः पछिल्लो समय देशभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा काठमाडौं उपत्यका पनि त्यसबाट अछुतो देखिएको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विगत आठ दिनमा काठमाडौं उपत्यका मा ४२ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार मात्रै १४ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म काठमाडौं जिल्लामा सबैभन्दा बढी ३० जनामा, भक्तपुरमा आठ र ललितपुरमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो। सोमवार सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाले काठमाडौंबाहिर कतैको यात्रा पनि नगरेको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्। गागलफेदीका एक पाँच वर्षीय बालकलाई ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पतालमा परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको थियो। उसो भए के काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको सङ्केत हो त्यो? सरकारी अधिकारीहरू अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताउँछन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “काठमाडौंमा सोमवार छ जनामा पोजिटिभ देखिएकोमा पाँच जनाको बाहिरको ट्राभल हिस्ट्री छ भने एक जनाको कुनै ट्राभल हिस्ट्री नै छैन। त्यसो भएर उनी वरपर भएका मानिसहरूको हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ। कोही न कोहीबाट त सङ्क्रमण सरेको होला। हामी त्यो पत्ता लगाउँदैछौँ, त्यसपछि मात्रै केही भन्न सकिन्छ।” तर कतिपय सङ्क्रामक रोग विशेषज्ञहरू यसअघि पनि समुदाय स्तरमा हुने सङ्क्रमणका केही सङ्केत देखिसकेकाले अहिले आएर हो वा होइन भन्नेबारे बहस गर्नु नै अनावश्यक भएको तर्क गर्छन्। ‘बहस नै अनावश्यक’ सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, “हालै काठमाडौं महानगरपालिकाका सरसफाइका धेरै कर्मचारीको आरडीटी पोजिटिभ देखिएको थियो। शतप्रतिशत नै त्यो नमिल्ने भन्ने हुँदैन। मृत्युका घटना पनि भएकै छन्।” “त्यसैले अहिले आएर समुदाय स्तरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको हो वा होइन भन्ने बहसमा अल्झिँदा सङ्क्रमणविरुद्धको हाम्रो प्रतिकार्य नै प्रभावित हुन्छ,” उनले थपे। मङ्गलवार काठमाडौंमा एउटा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये ९४ प्रतिशत विदेशबाट आएका र छ प्रतिशत समुदायिक स्तरमा सङ्क्रमण फेला परेको बताएका छन्। खुकुलो लकडाउनले चिन्ता खासगरी सरकारले पछिल्लो समय लकडाउन खुकुलो बनाएपछि मानिसहरूको गतिविधि बढेसँगै सङ्क्रमण धेरै फैलिन सक्ने चिन्ता व्यक्त भइरहेको छ। भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा त्यो खालको चिन्तालाई स्वाभाविक नै ठान्छिन्। “सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने लगायतका कुरालाई त्यति अवलम्बन गरेको देखिँदैन। यसले सङ्क्रमण बढ्ने जोखिम हुन्छ,” उनले भनिन्। परीक्षणको दायरा जतिसक्दो बढाउन सके उति राम्रो हुने विशेषज्ञ चिकित्सकहरूको सुझाव छ। परीक्षण बढी गर्नु नै उत्तम डा. सुवेदी भन्छन्, “हामीले अस्पतालसम्म धेरै बिरामी पुग्न नपर्ने अवस्था जति सिर्जना गर्न सक्छौँ उति नै राम्रो हुन्छ।” सम्हाल्न नसक्ने स्थिति आउनुभन्दा पहिल्यै रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नु बुद्धिमानी हुने डा. शर्माको पनि ठम्याइ छ। “मानिसहरूले पनि सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने कुराको पालना गर्नुपर्यो भने सरकारले परीक्षणको दायरा पनि व्यापक रूपमा बढाउँदै लग्नुपर्यो,” उनले थपिन्। अधिकारीहरूका अनुसार नेपालमा हाल पाँचदेखि छ हजारको हाराहारीमा दैनिक पीसीआर विधिबाट परीक्षण गरिँदै आएको छ। कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर परीक्षणको सङ्ख्या मङ्गलवारसम्म २,२८,३४१ पुगेको छ। बीबीसी नेपाली
कांग्रेस सांसद छन्त्यालको निधन
काठमाडौंः नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । मुट सम्बन्धी समस्याबाट पीडित ६६ वर्षीया सांसद छन्त्यालको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो । हाल प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्याल २०७० सालको संविधानसभामा पनि सभासद थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी उनी बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी थिइन् । उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।
‘अवैध सम्बन्धबाट शिशु जन्माए, जङ्गलमा बेवारिसे फालिदिए’
बुर्तिबाङः यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरूको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा १ जना पक्राउ
काठमाडौः पूव सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेका छन् । भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताए । प्रतिबन्धित विप्लव समूहले झुठा मुद्दा लगाइएको दाबी गरेको छ । गत २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो ।


>
>
>