हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प
काठमाडौंः हुम्लालाई केन्द्रबिन्दू बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतवार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दू रहेको भूकम्पको धक्का महसूस भएको हो ।
यसअघि यही भदौ ५ गते सोलुखुम्बुलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको थियो ।
वडा सचिव र शिक्षक जुवा खालमा भेटिएपछि…
बाजुराः बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेखबाट पाँच जना जुवाडेलाई पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार सार्वजनिक गरेको छ । गाउँको पसलमा जुवातास खेल्दै गरेको अवस्थामा बडिमालिका नगरपालिका–१ का वडा सचिव मदनबहादुर दानी, सोही नगरपालिका–१ का होटल सञ्चालक कृष्णराज उपाध्याय, त्रिवेणी नगरपालिका–९ रहेको जाल्पा माविमा अध्यापन गराउदै आएका शिक्षक कर्णबहादुर थापा, बझाङ्ग जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका हाल बाजुराको हिमाली गाउँपालिकाको विद्यालयमा अध्यायपन गराउदै आएका भीमबहादुर गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा निमित्त कार्यलय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । गाउँमा जुवातास खेलाउँदै र खेलि रहेको गोप्य सूचनाका आधारमा शुक्रबार राति जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा जुवा खालबाट ४३ हजार ६ सय ६० रुपैयाँया नगद समेत बरामद गरेको ढुंगानाको बताए । पक्राउ परेका पाँच जनाको अनुसन्धान भइरहेको छ । जुवातास खेल्ने र खेलाउने कार्य गैर कानुनी भएकाले यसलाई अन्त्य गर्न प्रहरीले जुवातास बन्द गर्ने गरी जिल्लामा स्थानीय तहमा प्रहरीले सक्रियता बढाएको छ ।
तरुण दलका महासचिव शाही सदस्यसमेत नरहने गरी कारबाहीमा (विज्ञप्तिसहित)
काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्र जंग शाही कारबाहीमा परेका छन्। उनलाई अध्यक्ष जीतजंग बस्नेतले पार्टीको सदस्यसमेत नहुने गरी पदबाट हटाएका हुन्। अध्यक्ष बस्नेतले शनिबार एक विज्ञप्ति जारी गर्दै पदीय मर्यादा, जिम्वारी र पार्टीको सिद्धान्त विपरीत गई अनुशासनहिन कार्य गरेकाले शाहीलाई हटाइएको बताएका छन्। तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार महासचिव पदसहित साधारण सदस्यसमेत नरहने गरी हटाइएको उनले उल्लेख गरेका छन्। ‘तपाईंले आफ्नो पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरीत गई अनुशासनहीन कार्य गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिव सहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यवहोरा यसै पत्र मार्फत जानकारी गराइन्छ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यता महासचिवबाट हटाइका शाहीले भने आफू निर्वाचित महासचिव भएका कारण सोही सो समितिको अध्यक्षले हटाउन नसक्ने र पत्रको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन्। उनले पनि तरुण दलको अध्यक्षबाट बस्नेतलाई बर्खास्त गरेको दाबी गरेका छन्। आफू भ्रष्टाचार र संगठन विस्तारका बारेमा बोल्न थालेपछि बस्नेत आफूविरुद्ध लागेको उनको भनाइ छ। गत वर्ष बाढीपीडितको नाममा उठेको रकम अध्यक्ष बस्नेतबाट दुरुपयोग भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन्।
झापा पुगेर प्रचण्डले सम्झिए मदन भण्डारीलाई
झापाः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र एकता केन्द्रबीच एकताका गर्ने विषयमा मदन भण्डारी र आफूबीच छलफल भएको बताएका छन् । शनिबार झापामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी एकताका बारेमा बोल्दै यस्तो बताएका हुन् । ‘हाम्रो चाहना एकता केन्द्र र एमालेबीच एकता गर्ने थियो’, उनले भने। उनले मदन भण्डारीका हत्या हुनुभन्दा अगाडि नै आफूहरुबीच जेठ ११ गते एकता वार्ता गर्ने भन्ने सहमति भएको बताए। उनले भण्डारीको हत्याका कारण त्यो प्रक्रिया सफल हुन नसकेको बताए। ‘मलाई एउटा हाइपोथेटिकल प्रश्न जस्तो लाग्छ, मदन भण्डारी जीवितै रहेको भए र हामीले तय गरेको जेठ ११ को संवाद सम्पन्न भएको भए के हुन्थ्यो होलारु’, उनले भने, ‘हामी एकताको मुडमा थियौँ, कम्युनिस्टहरुलाई एकतावद्ध गराएर जनुपर्छ भन्ने मुडमा थियौँ।’ उनले पञ्चायतविरोधी आन्दोलन सफल भएपछि विचार मिल्ने एकताको प्रक्रिया सुरु भएको स्मरण गर्दै त्यतिबेलै एकीकृत माक्र्सवादीमा केही पार्टीहरुको एकता भएरै एमाले र आफ्नो नेतृत्वमा एकता केन्द्र बनेको बताए। उनले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता लहडमा नभएर यसको लामो वैचारिक शृंखला रहेको बताए। ‘यो रातारात र कुनै सनक कसैको लहडमा भएको होइन’, उनले भने, ‘यो लामो संघर्षमा नेपाली जनताले गरेको त्याग, तपस्या, बलिदानको शृंखलाको योगफलका रुपमा भएको हो।’ उनले २०१९ सालबाट विभाज भएका कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न थुप्रै प्रयासहरु भएको बताउँदै तिनै प्रयासको योगफलका रुपमा एकता सम्भव भएको बताए। जनयुद्ध र जनआन्दोलनको एतिहासिक जनक्रान्ति सम्पन्न भएपछि एकताको बाटो बनेको उनको भनाइ थियो। उनले २०६२ को आन्दोलन सफल भएपछि पनि एकताको प्रयास गरिएको र त्यो सफल हुन नसकेको भन्दै उनले पछिल्लो भिन्न परिस्थितिमा आएपछि आफू र ओलीबीच भएको वार्ताले एकता सम्भव भएको बताए।
विप्लव नेकपाका बारा जिल्ला इन्चार्ज पक्राउ
वीरगंज । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बाराका इन्चार्ज पक्राउ गरेको छ । बारा प्रहरीले शुक्रवार अपरान्ह राजन गिरी भनिने ३४ वर्षीय अतिश मिश्रलाई पक्राउ गरेको हो। बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरस्थित केडिया आँखा अस्पतालबाट उनलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले बताए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि बारा प्रहरीले यसअघि १० जनालाई नियन्त्रणमा लिइसकेको छ। हाल विप्लव समूहका जिल्ला ईन्चार्ज मिश्रसहित ११ जना हिरासतमा रहेको बारा प्रहरीले जनाएको छ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौं सुरुङमार्ग निर्माणको सम्झौता हुन्छः उपप्रधानमन्त्री पोखरेल
काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन् । टोखा नग रपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उनले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको बताउँदे सार्वजनिक खरिद ऐन संशोधनको तयारीमा रहेको बताए । ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुने मन्त्री पोखरेलको भनाइ छ । उनले विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए । विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अह्म हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न जनप्रतिनिधिलाई उनले निर्देशन समेत दिए । उनले स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने बताउँदै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीन रुपमा टिकाउ हुने बताए । पोखरेलले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने बताए । ‘कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुन्छ’, उनले भने, ‘विकासका पूर्वाधार तयार भएपछि ठाउँको महत्व बढ्ने हुँदा अवरोध गर्न खोज्नु हुँदैन ।’
अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्छः अध्यक्ष प्रचण्ड
झापाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । झापाको बिर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा उनले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए । उनले भने, ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’ जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको बताउँदै उनले भने, ‘आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।’
नेता शर्मा भन्छन्, ‘सिद्धान्तअनुसार नेता–कार्यकर्ताको चरित्र निर्माण नभए नेकपा पतन हुन्छ’
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले कम्युनिस्ट सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र नभएका कारण पार्टी सुधार खाँचो रहेको बताएका छन्। नेकपा धनकुटाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार नेता शर्माले पूर्वएमाले र पूर्वमाओवादी भनेर नेकपाको संगठन बिस्तार नहुने बताए। उनले नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र निर्माण गर्न नसके कम्युनिस्ट पार्टी पतनतर्फ उन्मुख हुने चेतावनी दिए। जनवादी क्रान्तिको चरण पार गरेको भन्दै पुँजीवादी चरणको प्रवेश गरेको र अब समाजवादतिर प्रवेश गर्ने बेला आएको नेता शर्माको भनाइ छ। प्रशिक्षणमा जिल्ला कमिटी, सल्लाहकार, नगर र गाउँपालिका पदाधिकारी, जनवर्गीय सङ्गठनका कमिटी लगायत सहभागी रहेका छन्। सात स्थानीय तह रहेको धनकुटा जिल्लाका करिब ४०० जना नेता तथा कार्यकर्तालाई सहभागी छन्। दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य हेमराज भण्डारी, शिवकुमार मण्डल, जिल्ला अध्यक्ष राजेन्द्र राई प्रशिक्षक रहेका छन्।
पत्यानुहुन्छ? १५० वर्षअघि नै चल्थ्यो बर्दियामा रेल
बर्दियाः पूर्व–पश्चिम रेल सञ्चालनका लागि सरकारी कसरत भएको धेरै भएको छैन । सरकारले रेल विभाग गठन गरी विस्तृत परियोजना रिपोर्ट (डीपीआर)सम्म तयार गरेको छ । तर, बर्दियाको मधुवन नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका हुँदै हाल बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने दनुवातालसम्म डेढ सय वर्षअघि रेल सञ्चालन भएको तथ्य खुलेको छ । भारतमा राज्य गरिरहेको तत्कालीन ब्रिटिस इस्ट इन्डिया सरकारले रेल सञ्चालन गरेको हो । भारतको निसानगढबाट मधुवन, गेरुवा हुँदै ठाकुरबाबा–५, गोविन्दपुर गाउँ छेउबाटै कोइलाको इन्धनले रेल चल्थ्यो । त्यतिबेला रेल सञ्चालनका लागि बनाइएको लिक हाल सडकका रुपमा प्रयोगमै छ । सर्वसाधारण मोटरसाइकल र साइकलमा आउजाउ गर्छन् । रेल चल्ने फलामको लिक र काठको पटरा हराइसकेको छ । तर, लिकका लागि बिछ्याइएको ग्राभेल अझै छ । ‘रेलै चलेको मैले देखिनँ । तर, बाजेहरूले हाम्रै गाउँको पश्चिम छेउबाट रेल चल्ने गरेको सुनाउनु हुन्थ्यो,’ ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरका बीरबहादुर कुसमाले भने, ‘नेपालमा रेल आउने कुरा अझै निश्चित भइसकेको छैन । तर, हाम्रो गाउँमा उहिले नै रेल चल्थ्यो ।’ अंग्रेजले बर्दियाको जंगलबाट इन्धनका लागि कोइला बनाउन र रेलका पटरीका लागि काठ बोक्न रेल चलाएका थिए । उक्त क्षेत्रमा अहिले पनि सालको घनघोर जंगल छ । गाउँ र जंगल हुँदै सीधा रेलको लिक निर्माण गरिएको थियो । रेल निर्माण गरिएको सडकमा रुखबिरुवा उम्रेका छैनन् । गोविन्दपुर गाउँदेखि पश्चिमतर्फको ओरहीखोलासम्म पनि रेल चल्थ्यो । रेलको इञ्जन तातिएपछि खोलाबाट पानी ल्याउनका लागि लिक तयार पारिएको थियो । ‘हाम्रा बाजेहरूको पालामा गाउँ भएर रेल चल्यो । हामीले देख्न पाएका छैनौं । अबको सरकारले रेल ल्याउँछु भन्छ तर देख्न पाउने हो कि होइन थाहा छैन,’ कुसमाले भने, ‘बर्दियाका लागि भने रेल नयाँ कुरा होइन रहेछ ।’ सन् १८६० नोभेम्बर १५ मा नेपाल–भारत सीमा छुट्याउन दशगजा कोरिएपछि बर्दिया नेपालतर्फ आयो । तर, अंग्रेजले त्यसअघि नै रेल बन्द गरिसकेको पुर्खाले सुनाउने गरेको स्थानीयले बताए । गोविन्दपुरका स्थानीय जीवनकुमार चौधरीले रेलको किस्सा अझै पनि गाउँमा सुनाउने गरिएको बताए । उनले रेलको बाटो भएर मधुवनको ओराली बजारसम्म स्थानीय पुग्थे । ‘रेलको लिकको रुपमा प्रयोग गरिएको फलाम पुरिसकेको छ । रेल बन्द भएपछि लिक भत्किसकेको छ,’ उनले भने, ‘मर्मतसम्भार गर्ने हो भने स्थानीयलाई आउजाउ गर्न सहज हुन्छ ।’ त्यसो त पूर्व–पश्चिम रेल सञ्चालनका लागि बाँके र बर्दियामा महेन्द्र राजमार्गबाट दुईदेखि तीन किलोमिटर दक्षिणबाट रेल मार्ग निर्माणको डीपीआर बनाइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पर्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा प्राकृतिक क्षति रोक्न दक्षिणतर्फ सारिएको हो । डीपीआर रेल विभागमा बुझाइएको छ । बुटवल–लमही, बाँकेको कोहलपुरदेखि बर्दिया हुँदै सदूरपश्चिमका सुख्खडसम्मको डीपीआर चाइना रेलवे सेवा कम्पनीले तयार परेको हो । लमहीदेखि पश्चिमतर्फ रेल मार्ग निर्माण गर्दा दुवै निकुञ्जमा हुन सक्ने ठूलो क्षति र दीर्घकालीन असर पार्नेबारे विस्तृत छलफल भएको छ । रेल विभागमा पेस गरिएको डीपीआर अनुसार पूर्व–पश्चिम रेल मार्ग महेन्द्र राजमार्ग र हुलाकी राजमार्गको बीच भागमा निर्माण हुने देखिएको छ । दुई दशकमा चार हजार किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य छ । आगामी पाँच वर्षभित्र ७ सय ५० किलोमिटर रेल सञ्जाल निर्माण गर्ने रेल विभागका अधिकारीले बताए । पूर्व–पश्चिम मेची–महाकाली, काठमाडौं–पोखरा–तराई, काठमाडौं–तराई लगायतका दक्षिण सीमा भारतीय बोर्डरबाट महत्त्वपूर्ण औद्योगिक, व्यापारिक सहर र प्रादेशिक प्रशासनिक केन्द्रलाई रेल सञ्जालसँग जोड्ने लक्ष्य छ । याे समाचार कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।
गोगंबुबाट अनैतिक काममा संलग्न तेस्रोलिंगीसहित ५६ जना पक्राउ
काठमाडौं । काठमाडौंको गोगंबु क्षेत्रबाट प्रहरीले असामाजिक गतिविधिमा संलग्न महिला र तेस्रोलिंगीसहित ५६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले असामाजिक, अश्लिल तथा शंकास्पद गतिविधिमा संग्लग्न भएकाहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले चलाएको अप्रेसनमा ४३ जना पुरुष, १२ जना महिला र एक तेस्रो लिङ्गी पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये धेरै जसो वेश्यावृत्तिका लागि बार्गेनिङ गर्नेहरु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई घुस दिन खोज्ने बस चालक पक्राउ
काठमाडौं । साँखु प्रहरीले घुस दिन खोज्ने चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखु–रत्नपार्क चल्ने बसका चालक सुकुराम तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए । मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नै ५०० रुपैयाँ घुस रकम दिन खोजको पन्थीले जानकारी दिए । सार्वजनिक यातायातमा मादक पदार्थ सेवन गरेर बस चलाउने र प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने जो कोहीलाई पनि नछाड्ने इन्सपेक्टर पन्थीको भनाइ छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
पेस्तोल र गोलीसहित धनौजीबाट एक जना युवक पक्राउ
जनकपुरधाम । धनौजी गाउँपालिकाबाट एक युवक पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनौजी गाउँपालिका–२ का ३२ वर्षीय मनिष मिश्र रहेको प्रहरी निरीक्षक सुरेन्द्र झाको कमाण्डरमा खटेको टोलीले पक्राउ गरेको हो। झाको साथबाट कटुवा पेस्तोल एक थान र सोमा लाग्ने ७६२ एमएमको गोली २ राउण्डसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।
राष्ट्रिय अभियान सञ्चालन गर्दै नेकपा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, “एकता प्रक्रियाका केही काम बाँकी छ, त्यो पूरा हुनेबित्तिकै पार्टी विशेष अभियानमा जान्छ । ” नेकपाले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पनि पठाइसकेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १३ गते सो सर्कुलर पठाएका हुन् । सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ । पार्टीका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टीको निर्देशनअनुसार प्रदेशदेखि स्थानीय तहसम्म अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए । सुदूरपश्चिम प्रदेश कमिटी मातहतका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको बताउँदै उनले पार्टी एकताका सन्देश दिन गाउँगाउँसम्म अभियान सञ्चालन गरिने बताए । नेकपाले २२ वटा जनवर्गीय सङ्गठन र पार्टीका ३३ वटा केन्द्रीय विभाग, ७७ वटै जिल्ला र छवटा महानगरपालिकाको इन्चार्ज, तथा सहइन्चार्ज, पाँचवटा उपत्यका विशेष कमिटी र सो मातहतका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव, आठवटा सम्पर्क समन्वय कमिटी तथा सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज, संयोजक÷अध्यक्ष, सचिव, २५ वटा जनवर्गीय तथा सामुदायिक सङ्गठनहरुका इन्चार्ज र सहइन्चार्ज तथा दुई जना कार्यालय सचिव टुङ्गो लगाइसकेको छ । अधिकांश जिल्लाका एकताका काम सम्पन्न भइसकेका छन् र एकीकरण सम्पन्न हुन बाँकी रहेका जिल्लाको काम पार्टीले जारी गरेको मापदण्ड तथा कार्यविधिअनुसार सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
राष्ट्रियतामा असर पर्ने कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं– अध्यक्ष प्रचण्ड
इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपाल सधैं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिका पक्षमा रहेको बताएका छन् । शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालले पञ्चशीलमा आधारित विदेश नीति अबलम्बन गरेको बताउँदै कुनै पनि सैन्य गठबन्धनमा समावेश नहुने बताए । पढ्नुस अध्यक्षको पूर्ण सम्बोधन विदेश नीतिका बारेमा हाम्रो विदेश नीति प्रष्ट छ । असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित छैन । हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी असंलग्न रहन्छौं । पहिलो बुझ्नु जरुरी छ । यसै सन्दर्भममा चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इण्डो प्यासिफिकको सैन्य अभ्यासमा किन नहोस हाम्रो राष्ट्रियतालाई असर पर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौं । मैले प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो । हाम्रो चीनका बारेमा एक चीन नीति छ । हामी चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो । यही कुरा मैले गरेको हो । इण्डो प्यासिफिकका सन्दर्भममा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको हो । प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन । कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो । त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन । अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन । त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो । आधिकारिकरुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो । मैले नेपाल राष्ट्रको घोषित नीति अनुरुप भनेको हो । कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो । क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन । भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा पराष्ट्रले भनिसकेको हो । जहाँसम्म क्यूबाको कुरा हो, क्यूबाको पक्षमा त पुरै संसार छ । संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ । नाकाबन्दीविरुद्ध छ । क्यूबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो । चेको छोरी नै आउनु भएको थियो । त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो । तर अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै आवश्यकता छैन । अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ । कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ । म अमेरिका भ्रमणका बेला समेत यसविषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छ । विदेश नीतिका बारेमा मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु । यसमा स्प्ष्ट हुनुपर्छ । पार्टी एकताका बारेमा ्पार्टी एकताको विषय धेरै टुंगिएको छ । केही पक्ष बाँकी छ । यो पनि सजिलै टुंगिन्छ । माधवजीसँग प्रधानमन्त्रीजीसँगको सम्बन्ध अलि बिग्रियो कि भन्ने छ, अहिले त्यस्तो छैन । सचिवालयको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने विषयमा सर्वसम्मतले निर्णय भयो । अब फेरी माधवजीले भनेजस्तो केपी जी र मेरोबीच ठूलो कुरा होइन भनेजस्तो अहिले बैठकपछि सम्बन्ध सहज छ । यतिबेला पार्टीको जोड गुटहरु भत्काउनेमा छ । पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमा हामी केन्द्रीत छौ । अब हाम्रा छलफल त्यसरी नै जान्छन् । सरकारको काम कारवाही छिमेकीसँग जे जस्ता सम्झौत भएका छन् त्इसले नेपालको हैसियत माथि उठाएको छ । ल्याण्ड लक्डबाट ल्याण्ड लिंकमा पुगेको छ । यो दूरगामी महत्वको छ । आर्थिक विकासको हेर्दा हामी ७ प्रतिशत भन्दा माथि गएका छौं । हामी सारै बर्बाद हुन लाग्यो भनेर प्रचार गर्नु जायज छैन । पूर्वाधार विकासमा गाउँदेखि संघीय सरकारले योजना बनाएर जाने प्रक्रिया शुरु भएको छ । सरकारको अवधिभित्र धेरै राम्रो परिणाम आउँछ भन्ने विश्वास छ । जनताको अपेक्षा अनुरुप हुन नसकेको सत्य हो । पार्टीले जसरी जनताले स्पष्ट पार्न अभियानको रुपमा जानुपर्ने, पार्टीले सरकारलाई निर्देशित गर्ने अवस्था नभएको, आन्तरिक कुरामा धेरै जेलिएकोले जे कमी भएको छ, त्यसमा सुधार गर्ने र जनतामा जाने साथै विकासलाई गति दिने दिशामा हामी केन्द्रीत छौं । अब यो सरकारले नयाँ गति लिएर जान्छ । गणतन्त्रमा खतरा संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा अलि बढी नै भयो भन्ने चाहिँ होइन । प्रतिगामीहरुले होहल्ला गर्दैमा सार्वभौम जनताले बनाएको सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर गरेर कमजोर हुने स्थिति छैन । यो सिष्टम नै उल्टिने खतरा आयो भन्ने पनि होइन । तर हिजोका निरंकुशतावादी, अलि होहल्ला गर्न खोज्ने, एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने, गणतन्त्रको विरुद्ध नारा लगाउने मान्छेहरु निक्लेर नेताहरुलाई सत्तोसराप गरेर गाली गर्ने प्रवृत्तिलाई गम्भीररुपमा लिनुपर्छ । यस्ता गतिविधि अहिलेको समृद्धिको यात्राका बाधक तत्वलाई जनतालाई सचेत पार्नुपर्छ । तर यसबाट अहिले नै संवैधानिक समस्या पर्यो भन्ने सत्य होइन । प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भयो, सबैले यो संविधान र गणतन्त्रप्रति संकल्प र प्रतिबद्धता व्यक्त गरे । मिडिया काउन्सिल विधेयकबारे संविधानसभाको अध्यक्ष यहीं हुनुहुन्छ, संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरिएको छ । अहिले मिडिया काउन्सिलसँगको विधेयक परिमार्जन गरेर संविधानको मर्म र भावना अनुरुप नै अघि बढाइन्छ । यो लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध सरकार हो, हामीले नै संविधान बनाएका हौं त्यसैले त्यसविरुद्ध हामी जान सक्दैनौं । तर प्रधानमन्त्रीलाई मनपरी गाली गरेर हिंडने पाउने, अभद्र, अनर्गल प्रचार गर्दै हिंडन पाउने, झठा कुरा गरेर भ्रमित गरेर हिंडन पाउने स्वतन्त्रता विश्वका कुन चाहिँ देशमा छ ? लोकतन्त्र भएपनि त्यसको मान्यता छ, गरिमा छ । के अरु पार्टी भए यत्तिको हुन्थ्यो त ? यो प्रेस स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउने उपाय के हो भन्ने पक्ष विचारणीय भएको छ । तर निरंकुश हुन खोज्यो भन्ने कुरा मिलेको देखिएको छैन । मिडिया काउन्सिल विधेयकमा केही कमी भए सच्च्याउन तयार छौं । कार्यदिशा र जिम्मेवारी बाँडफाँड पार्टीमा कोही पनि जबज र एक्काइसौं शताब्दीको बिरोधी छैनौं । आउँदो महाधिवेशनका यसलाई परिमार्जन गर्ने भनेका छैनौं । त्यो नहुँदा सम्म समाजावादोन्मुख जनताको जनवाद भनेका छौं । बीचमा त्यस्तो देखिन खोजे जस्तो देखिएपनि अहिले हामी एउटै भाषा र प्रतिबद्धतामा छौं । सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा हो । पार्टी एकताको सन्दर्भमाम केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं । यो समाचार एभरेष्ट दैनिकडटकममा पढदै हुनुहुन्छ । पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु । जनताको चाहना सरकारले राम्रा काम छिटो गरोस भन्ने छ । पार्टी एकता छिटो होस भन्ने कुरा कार्यकर्ताले भनेका छन् । हाम्रा लागि यो पदको कुरा ठूलो होइन । चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हो । चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु सारै गलत हुन्छ । मैले जसरी लचकता र उदारता अपनाएको छु, म जस्तो अरु पाउन गारो हुन्छ । पाँच वर्ष सरकार चल्छ । राष्ट्रको र इतिहासको आवश्यकतालाई रचनात्मक रुपमा सोचेर जानु छ । सहमति र सहकार्य जरुरी छ । संविधान संशाेधन संघीय समाजवादी पार्टीसँग तीन बुँदे सहमति भएको हो । त्यहाँ आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने कुरा छ । अहिले पनि संविधान भनेको संशोधनीय दस्तावेज हो भन्ने पार्टीको नीति हो । त्यतिबेला समाजवादी अहिले नै गर्नुपर्यो भनेको पनि हो । समयावधि तोकिएको होइन । आवश्यकता अनुसार गर्न सकिन्छ ।
धरहरा पुनर्निर्माण धमाधम, कहिले हुन्छ पूरा ?
काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो । सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७।५ प्रतिशत प्रगति भएको छ । धराहरा पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने । समीक्षा कार्यक्रममा धरहरा पुनर्निर्माणको सुपरिवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयबारे प्रस्तुतीकरण गरिएको थियो । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो । हाल पुनर्निर्माणका क्रममा रहेको धरहारा २९ रोपनी क्षेत्रफलमा फैलिनेछ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । नयाँ धरहरामा अब लिफ्टबाट नै ‘टप’ मा पुग्ने व्यवस्था हुने जनाइएको छ । धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुने बताइएको छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट पनि बनाइने भएको छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियमसमेत बनाइनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरू प्रदर्शनीमा राखिनेछ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ । धरहरा छिर्नेबित्तिकै आकर्षक बगैंचा आउनेछ । धरहरा परिसरमा लाइब्रेरी, रेस्टुरेन्टलगायतका सुविधा पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङसमेत हुनेछ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । यसैबीच, दसैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम अघि बढाइएको छ । सञ्चय कोष र साबिकको गोश्वार हुलाकको बीचमा आठ फुटे अस्थायी पैदल मार्ग बनाउन लागिएको हो । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ । पछि यहाँ स्थायी सडक रहनेछ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
गृहमन्त्रीका भाइले किन भेटे कैदी ?
काठमाडौं । फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन् । केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्स्पेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन् । ब्युरोसँगको बयानमा नरेशले फिरौती संलग्न धन्दाका आठ आरोपीमध्ये तीन जनालाई चिनेको बताएका छन् । बस्नेत गत वर्ष असोज २३ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको शान्तिनगरमा गाडीभित्रै गोलीप्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपी हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


>
>
>