पेरिसडाँडामा युवा संघको एकता सभा हुँदै, छापामार शैलीमा एकता टुंगिएको चर्चा
काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको नेकपा निकट दुई युवा संघको एकता आज औपचारिकरुपमा पूर्ण हुँदैछ । आज दिउँसो दुई बजे पेरिसडाँडा कार्यालयमा आयोजना गरिएका एक समारोहबीच एकतालाई पूर्णता दिइने भएको हो ।
लामो समयदेखि अवरुद्ध बनेको एकता प्रक्रियाबारे अनेकन् आशंका चलिरहेको बेला बिहिबार सबै विषयमा सहमति भएको वक्तव्य आएपछि कतिपयले यसलाई ‘सर्प्राइज निर्णय’ भन्दै टिप्पणी समेत गरे ।
दुबै युवा संघबीच संख्यामा सहमति नहुँदा एकता हुन सकेको थिएन । तर यही बीचमा संगठन विभाग इन्चार्ज महेश बस्नेत र सह इन्चार्ज तथा सहसंयोजक राम प्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलको सक्रियताले एकताक सबै विषय टुंगो लागेका हुन ।
तर एकतामा कायम रहेका विवादका बारेमा सार्वजनिकरुपमा भने दुबै पक्षबाट कुनै कुरा बाहिर आएको थिएन । एकैपटक सबै कुरा टुंगिएको समाचार सार्वजनिक भएपछि गुरिल्ला शैली भन्दै कतिपयले टिप्पणी गरेका छन् ।
एकताको सबै कुरा टुंगिएसँगै अब युवा संघले देशैभरी अभियान लैजाने एक पदाधिकारीले जनाए ।
यस्तो छ सहमति
यो पनि पढ्नुस के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?
१. राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागियो । ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिनेछ ।
२. केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गरिनेछ ।
३. केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ ।
यो पनि पढ्नुस के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?
४. संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ ।
५. यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ ।
६. ७ प्रदेशमध्य ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।
७. ७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।
व्यापार सुक्यो, दुर्घटना बढ्यो तर बनेन बौद्ध–जोरपाटी सडक
काठमाडौंः विष्णु चाैलागाईंले बौध्द क्षेत्रमा कपडा पसल गर्दै आएको ८ वर्ष भयो । विगतमा राम्रै व्यापार चल्थ्यो, अहिले व्यापार घटेको छ । बौद्ध क्षेत्रमा उनको मात्र होइन अरु धेरैको व्यापार घटेको छ । यसको मुख्य कारण यस क्षेत्रको सडक हो । बौद्ध क्षेत्रमा वर्षामा सडक हिलाम्मे हुन्छ भने घाम लागे धुलाम्य हुन्छ । चौलागाईंले पसलको भाडा ४० हजार र बत्तिको १६ हजार रूपैयाँ तिर्नुपर्छ । उनको पसल बाटोको सामुन्ने नै छ । सडकको दुराबस्थाको असर उनको पसलमा सिधै पर्छ । बाटो पारीका ग्राहक वारी आउन सक्ने अबस्था छैन । उनले भने, ‘सरकारले छिट्टै नै बाटो बनाइदिए यो समस्याबाट चाँडै मुक्ति पाइन्थ्यो । पानी पर्दा वारीको मानिस पारी आउन पनि झन्झट हुन्छ ।’ बाटोको धूलोले गर्दा आफूलाई विभिन्न रोग लाग्ने गरेको बताउँदै, उनले पसलमा राखिएका नयाँ लुगा धूलोले फोहोर हुँदा ग्राहकले खासै नरुचाउने गरेको बताउए । बौध्दनाथ क्षेत्र विकास समितिमा काम गर्दै आएका सन्जे लामा र मिलन राईका अनुसार विशेष सिजनमा दैनिक एकसयदेखि आठसयसम्म विदेशी पर्यटक आउने गर्छन् । अहिले अफ सिजन भएकाले तीनसयदेखि चारसयसम्म मात्र पर्यटकहरू बौद्धनाथ क्षेत्रमा आउने गरेका छन् । सो क्षेत्रमा आउने पर्यटकहरू मध्ये चीन र भारतबाट धेरै आउने गरेका छन् । बाटोका कारण अहिले पहिलाको भन्दा पर्यटक कम आउने गरेको उनीहरूको भनाइ छ । यस्तै, बौद्ध क्षेत्रमा दश वर्षदेखि फार्मेसी सञ्चालन गर्दै आउनुभएका पारामेडिक्स भरतराज पौडेलको फार्मेसीसँगै क्लिनिक पनि छ । उनको क्लिनिकमा दैनिक रूपमा बिरामीहरू स्वास्थ्य परीक्षण गर्न आउने उनको भनाइ छ । बाटोको धूलो र धुवाँले बिरामीका संख्या बढेको मात्र हाेइन उहाँको किल्निकमा कार्यरत स्टाफहरू पनि विभिन्न रोगको सिकार भएका छन् । बौध्दनाथ क्षेत्र विकास समितिका कर्मचारी सूर्य लामा बिहान ६.०० देखि दिउँसो १.०० बजेसम्म सोही क्षेत्र काम गर्छन् । उनले बाटोको कारण पर्यटक टिकट किन्ने बेलामा बाटोको समस्या बारे गुनासो गर्ने गरेको बताए । पाँच प्रतिशत पर्यटकले काउण्टरमा टिकट किन्ने बेला टिकटको मूल्य धेरै उठाउने तर उठाएको अनुसार सुबिधा नभएको जस्ता गुनासो गर्ने गर्छन् । पर्यटकले बौध्दनाथको अगाडि पुग्दा बसबाट आफ्नो पाइला राख्दा आनन्द महसुस भएकाे बताउने गरेको उनले सुनाए । लामाले भने, बौध्द स्तुपा विश्व सम्पदा क्षेत्रमा पर्छ तर पनि यी क्षेत्रको विकास भने हुनसकेको छैन । भिजिट नेपाल २०२० को प्रचार प्रसार सुनेका छौँ तर अझै उन्नति देख्न भने सकिन्छ त? पूर्ण लामाका अनुसार बाटोको समस्या र धूलो धुँवाका कारण दिन प्रतिदिन दुर्घटना वृद्धि हुँदै गरेको छ । विशेष गरी पानी पर्दा हिलो, घाम लाग्दा धूलो र धुँवाले गर्दा हरेक दिन बाइक, स्कूटर दुर्घटनाका कारण यात्रुहरू घाइते हुने गरेका छन् । गाेरखापत्र दैनिकबाट
नेकपा कार्यकर्ताकाे आक्रमणबाट कांग्रेस बाँके सभापतिको हात भाँचियो
नेपालगञ्जः बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेका छन् । नेकपाका स्थानीय नेता सुमन मल्लको निर्देशनमा मुमबहादुर वली, निर्मल खत्रीलगायतले सांघातिक आक्रमण गरी बाँके सभापति किरण कोइरालालगायतलाई घाइते बनाएको कांग्रेसले बताएको छ। बिहीबार दिउँसो रेडक्रसको हलमा कार्यक्रम भइराखेको बेला आफूहरूको प्रभाव क्षेत्रमा कार्यक्रम गर्न नदिने भन्दै नेकपा कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ। ‘यो हाम्रो क्षेत्र हो यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन भन्दै बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौं कार्यकर्तामाथि सुनियोजित र सांघातिक हमला भएको हो’ विज्ञप्तिमा उल्लेख छ, ‘सभापति कोइरालाको हात फ्याक्चर भएको छ, दर्जनौं कार्यकर्ता घाइते छन्।’ यो घटनामा सुरक्षा निकाय परिचालन नगरेको भन्दै कांग्रेसले गृह मन्त्रालय र प्रशासनको पनि आलोचना गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको अराजक कार्यकर्ताको आक्रमणमा सभापति कोइराला घाइते भएको भन्दै आफ्ना कार्यकर्तालाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। फाइल फाेटाे
उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट
काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार उपराष्ट्रपति भवन, हरितगृहमा राजदूत रोल्याण्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताए । उनले जनस्तरसम्म फैलिएको सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताए । उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्नुहुँदै जर्मनीको नीजि क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गरे । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार र नीजि क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ,’ उनले भने, ‘जर्मनी सरकार र जर्मनीको नीजि क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौँ ।’ उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भ्रमण वर्ष वैदेशिक लगानीकर्ताहरुका लागि फलदायी हुने विश्वास व्यक्त गरे । ‘भ्रमण वर्षमा भ्रमण पनि र लगानीको सम्भाव्यताहरुको अध्ययन पनि होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘जर्मनीका व्यवसायीहरु भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।’ उपराष्ट्रपतिसँगको भेटमा जर्मनीको राजदूत रोल्याण्डले जर्मनीको नीजि क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताए । ‘नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ,’ उनले भने, ‘अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’
उद्योग मन्त्री यादव र बेलारुसका राजदुतबीच भेटवार्ता
काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव र नेपालका लागि बेलारुसका राजदुत एन्ड्रे ई जियसबीच भेटवार्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा मन्त्री यादव र राजदुत जियसबीच भेटवार्ता भएको हो । भेटघाटको क्रममा मन्त्री यादवले नेपालमा लगानीको लागि प्रशस्त अवसर रहेको र लगानीको वातावरण बनेको बताए । दुई ठुला देश भारत र चीनको बीचमा नेपाल रहेकोले ती बजारमा अतिकम विकसित राष्ट्रको नाताले विभिन्न सुविधाहरु रहेकोले लगानीको लागि नेपाल उपयुक्त स्थान भएको बताए । द्विपक्षीय व्यापार र लगानीको क्षेत्रमा आवश्यक कार्य गर्न हाललाई दुबै पक्षबाट सम्पर्क व्यक्ति तोकेर अगाडि बढ्न सकिने विचार राख्दै मन्त्री यादवले बेलारुसलाई नेपालमा स्थायी दुतावास खोल्न समेत आग्रह गरे । जवाफमा राजदुत जियसले नेपाल र बेलारुसको सम्वन्ध राम्रो भएको तर यो पर्याप्त नभएकोले दुई देशबीचको सम्बन्धलाई व्यवसायिकस्तरमा विकास गर्न चाहेको बताए । वार्षिक ४०÷५० हजार डलरको कारोवारबाट यसलाई माथि उठाउनुपर्ने विचार उनले राखे । यसका लागि द्विपक्षिय व्यापार र लगानी बढाउनुपर्ने विचार समेत उनले राखे । बेलारुस खानी उद्योग, विज्ञान प्रविधि र ट्रक निर्माणमा विश्वमा नै अग्रस्थानमा रहेकोले ती विषयहरुमा बेलारुसबाट नेपालमा व्यापार र लगानी आउन सक्ने सम्भावना रहेको उनले बताए । बेलारुसले नेपालमा गर्न सक्ने लगानी र व्यापारको क्षेत्र र वस्तुहरुको पहिचान गर्न सकिने बताउदै राजदुत जियसले यसमा नेपाललाई सहयोग गर्न बेलारुस तयार रहेको समेत बताए । यसको लागि केही संयन्त्रगत व्यवस्थाको आवश्यकता रहने पनि उनले बताए । बेलारुसले यस प्रकारका कार्यहरु भारत र बंगलादेशसँग अगाडि वढाउदा दुई पक्षीय आयोग गठन गरिएको र नेपालको सम्बन्धमा पनि सोहि प्रकारको संयन्त्र मार्फत कार्य गर्न सकिने जानकारी गराए ।
तराईसँगै पहाडमा संगठन विस्तार गर्दै सिके राउत
काठमाडौंः स्वतन्त्र मधेसको राजनीति परित्याग गरेर मुलधारको राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तराईसँगै पहाडमा संगठन विस्तार गर्नमा लागेका छन् । राउतले तराईका २२ जिल्लासँगै सात प्रदेशमध्ये ६ प्रदेशमा समिति बनाइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्रै उनको पार्टीले संगठन बनाउन बाँकी छ । पार्टी पदाधिकारी दीपक शाहले राउत सबै प्रदेशका सबै जिल्लामा संगठन निर्माणमा केन्द्रित भएको जानकारी दिए ।
प्रदेशले आफ्नै प्रहरी भर्ना गर्न पाउने
काठमाडौंः प्रहरी कर्मचारी समायोजन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक सामान्य संशोधन गर्दै राष्ट्रिय सभाले पारित गरेको छ । विधेयक पारित भएसँगै अब प्रदेशहरुले आफूलाई आवश्यक परेका प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । प्रहरी निरीक्षकदेखि तल्लो तहका प्रहरी कर्मचारी अब प्रदेशले भर्ना गर्न सक्ने छन् । तर त्यसका लागि प्रदेश प्रहरी ऐन र प्रदेश लोकसेवा आयोग ऐन भने प्रदेशले बनाइसकेको हुनुपर्छ । यो ऐनहरु नबन्दासम्म प्रहरी जनशक्ति आवश्यक परे पनि प्रदेशले पदपूर्तिका लागि नेपाल प्रहरीलाई पत्राचार गर्नुपर्ने छ । प्रहरी समायोजन विधेयकको दफा १० मा प्रदेश प्रहरीको पदपूर्ति गर्ने गरी माग प्राप्त भएमा मन्त्रालयले त्यस्तो पदमा पदपूर्तिका लागि नेपाल प्रहरीमा हुने पदपूर्तिको व्यवस्थाबमोजिम उम्मेद्वार छनौट गरेर नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । समायोजन भएर खटाईएको प्रदेशमा जाने प्रहरी कर्मचारी १५ दिनभित्र अनिवार्य सम्बन्धित प्रदेशमा हाजिर हुनुपर्ने छ । समयमै हाजिर नभए अवकाश दिइने व्यवस्था ऐनमा गरिएको छ ।
लामखुट्टे मार्न बस्ती–बस्ती पुगे पूर्वमन्त्री बस्नेत
भक्तपुरः पूर्वमन्त्री महेश बस्नेत आफैँ लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहेका बस्नेत सोमबारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै बस्तीमा हिँडेका हुन् । उनी बुधबार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् । ती दुईवटा मेसिन कोरियन कम्पनीबाट निर्मित हुन् । बस्नेतका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैयाँ पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ । सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किरा पनि मर्छन् । मेसिनमा डिजेल, पेट्रोल र जिभ्यान नामक कीटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ । स्थानीयको आग्रहमा धेरैजसो ठाउँमा म आफैँ गइरहेको र यो प्रभावकारी भएको उनले बताए । उनले सरकारलाई गाली गरेर बस्न भन्दा आ-आफ्नो ठाउँबाट काम गर्नु उपयुक्त हुने बताए ।
अदालतकै कर्मचारी घुससहित रङ्गेहात पक्राउ !
काठमाडौंः जिल्ला अदालत सिराहामा करार सेवामा कार्यरत हलुका सवारी चालक बृज मोहन यादव घुससहित रङ्गेहात पक्राउ परेका छन् । लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भन्दै घुस लिएरहेका यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले १ लाख १० हजार घुससहित रङ्गेहात पक्राउ गरेको हो । सिराहा नगरपालिका वडा–७ हस्पिटल चोकस्थित खडग होटलबाट घसुसहित रङ्गेहात नियन्त्रणमा लिइएका यादवमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यी हुन्, आइतबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (निर्णयसहित)
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएको हुन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ । आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । यी हुन् सरकारका १९ निर्णय
दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने
काठमाडौंः दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ । सरकार भाडा बढाउन तयार नभएपछि यातायात व्यावसायीले यसपटक दसैंमा नयाँ यातायात सञ्चालन गर्ने छैनन् । यातायात व्यवस्था विभागमा बिहीबार बसेको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । बैंठकमा विभागका महानिर्देशक हमाल, यातायात व्यवसायी तथा ट्राफिक प्रहरी सहभागी थिए । दसैं तिहारका लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने, विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन गरिनेसमेत निर्णय भएको छ ।
बजारमा २० र ५० रुपैयाँका नयाँ नोट, कस्तो हुनेछ संकेत नम्बर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले रुपैयाँ २० र रुपैयाँ ५० दरको नयाँ सिरिजको नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२’ र पृष्ठभागमा ‘२०१६ एडी’ लेखिएका संकेत नंम्बर ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९९ सम्मका नोट निस्कासित गरेको हो। त्यसैगरी ५० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२‘ तथा पृष्ठभागमा ‘२०१५ एडी’ लेखिएका संकेत नं ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट निस्कासित भएका छन्। नोटको सिरिज नयाँ भए पनि डिजाइन भने पुरानै हुने राष्ट्र बैंकले जनाएको छ।
आगामी तीन दिन मनसुन सक्रिय हुने, सतर्कता अपाउन आग्रह
काठमाडौंः मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम सुुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको मौसमविद्को भनाइ रहेको छ । आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । ‘वर्षा निरन्तर नभइ केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ,’ मौसमविद् प्रधानाङ्गले भने । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन–चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ । हाल देशभरी आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशभर आशिकदेखि सामान्य बदली रही पहाडी भू– भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै शनिबार देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहिरोमा पुरिएर २ बालिकाको मृत्यु
रुकुम (पश्चिम): रुकुम पश्चिममा पहिरोमा पुरिएर दुईजना बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका– १० चुनका दुई बालिकाहरु विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको हो । स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बुधबार बेलुकी बिद्यालयबाट फर्कने क्रममा बाटोमा पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै बालिकाको बिहिबार जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको छ । यसअघि केहि दिन अघि जिल्लाको आठविसकोट नगरपालिका –१० मा विद्यालय जाँदै गरेकी एक बालिकाको समेत मृत्यु भएको थियो ।
तीन दिन मनसुन सक्रिय, मध्यम वर्षाको सम्भावना
काठमाडौंः न्यूनचापीय रेखासँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम सुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। ‘वर्षा निरन्तर नभइ केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ’ मौसमविद् प्रधानाङ्गलेभने। महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ। हाल देशभरी आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशभर आशिकदेखि सामान्य बदली रही पहाडी भू– भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। त्यस्तै शनिबार देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस रहेको छ।
वाइसिएल र युवा संघबीच यसरी भयो भागबण्डा, भोली एकता घोषणा सभा
काठमाडौं, राष्ट्रिय युवा संघ नेपालले संगठन एकतासम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । केन्द्रीय समितिको संख्याका लागि भने संगठनले पार्टीसँग अनुमति माग्ने निर्णय समेत गरेको छ । पढनुस संयोजक दीपशिखाले जारी गरेको विज्ञप्ती हाम्रा दुई गौरवशाली संगठन वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा यहि भदौं २५ गते संगठनका इन्चार्ज क।महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक क।राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक क।रमेश पौडेल उपस्थित विषेश बैठकले गरेका निर्णयहरु संम्प्रेशण गर्दछौं । १। राष्ट्रिय युवा संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागियो । ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिनेछ । २। केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन गरिनेछ । ३। केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ । ४। संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ । ५। यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ । ६। ७ प्रदेशमध्य ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ । ७। ७७ जिल्लामध्य ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ । एकता प्रक्रियालाई शिघ्र टुग्याउँन यहि भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ । साथै नयाँ चयन हुने केन्द्रिय समतिको बैठक अशोज ९ गते काठमाडौंमा बस्नेछ । प्रेस तथा पत्रकार मित्रहरुमा संगठनको कार्यालय उद्घाटन, पदभार ग्रहण कार्यक्रमका लागी भदौं २७ गते दिनको ३ बजे संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा हार्दीक आमन्त्रण गर्दछौं ।

