प्रधानसेनापतिमा पूर्णचन्द्र थापा आएपछि नेपाली सेनामा उत्साह
काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व गरेको एक वर्षमा नेपाली सेनामा नीतिगत र सङ्गठन सुधारका महत्वपूर्ण कार्यबाट सेनाको सकल दर्जामा आशा र उत्साह जागृत भएको छ । सङ्गठन भित्रका विकृति र विसङ्गतिलाई जरैदेखि हटाइ पारदर्शी र स्पष्ट आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा यो अवधि निकै महत्वपूर्ण भएको बताइएको छ ।
सेनाले आर्थिक अनुशासनमा कडाइ गर्ने सिलसिलामा बजेटको सदुपयोग नगर्ने तथा आर्थिक सुशासन कायम नगर्ने जो कोहीलाई पनि कडा कारवाही गरिने नीति अबलम्वन गरेको छ ।
प्रधानसेनापति थापाले २०७५ भदौ २४ गतेदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्दै आएका छन् । आर्थिक सुशासन कायम भएको सुनिश्चित गर्न र बजेटको सदुपयोगका सम्बन्धमा एकिन गर्न प्रधानसेनापतिबाट उच्चस्तरीय आन्तरिक समिति गठन गरी गत आर्थिक वर्षको बजेट सदुपयोग भए नभएको बारेमा प्रतिवेदन तयार गर्न पहल गरिएको छ ।
सात वटा लक्ष्य र १५१ कार्य समेटिएको ‘कमाण्ड मार्ग’ निर्देशन जारी गरी काम प्रारम्भ गर्नुभएका प्रधानसेनापति थापाले साङ्गठनिक शुद्धीकरण र आर्थिक अनियमिता रोक्न भ्रष्टाचारप्रति शून्य सहिष्णुताको नीति कार्यान्वयनलाई विशेष जोड दिएका छन् । सेनाले बजेट कार्यान्वयन गर्ने निकायबाट ठिक ढङ्गबाट कार्यसम्पादन भए नभएको परीक्षण गर्न टोली बनाइ अनुगमन निरीक्षणको थालनीका साथै बजेट आचारसंहिता र बजेट आन्तरिक निर्देशिका प्रकाशन गरी लागू गरेको जनाएको छ । पुराना बेरुजु फछ्र्यौट गर्न र आगामी दिनमा बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन गरी कार्य प्रारम्भ गरिएको, तालुकदार मन्त्रालयको बजेट सूचना प्रणालीसँग मेलखाने गरी बजेट सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।
पद्धति र प्रणालीमा आधारित व्यवस्थापन स्थापित गर्न तथा शान्तिसेना, बढुवा र सरुवा नातावाद तथा कृपावादको अन्त्य गर्न पनि वर्तमान नेतृत्वले काम गरिरहेको छ । छलफलमा आधारित योजना र निर्णय लिने प्रणालीको विकास, सूचना प्रविधिमैत्री सङ्गठन, तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने पद्धति, भर्ना छनोटलाई वैज्ञानिक र व्यवस्थित गर्ने विषयलाई प्राथमिकतामा राखेर सेनाले काम गरिरहेको छ ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा ‘एक नागरिक, एक फलफूल बिरुवा’को अवधारणालाई सार्थक तुल्याउन ‘भिजन २०३०’ र ‘एक जवान, एक फलफूलको बिरुवा’ कार्यक्रम अघि बढाइएको सेनाले स्पष्ट पारेको छ ।
यस्तै सेनाले हरेक ब्यारेकमा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने र चुरे संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको छ । राष्ट्रिय सुरक्षामा सबैको साझा धारणाको विकास, ऐतिहासिक किल्ला र गढीको संरक्षण, प्रभावकारी गुनासो व्यवस्थापन, समानता र समतामा आधारित कल्याणकारी कार्यको थालनी, पर्यावरण संरक्षण र सुरक्षामा योगदान पनि वर्तमान सैनिक नेतृत्वबाट शुरु गरिएका नवीनतम् कार्य हुन ।
प्रधानसेनापति थापाको कार्यकालको एक वर्षमा शान्ति सेना छनौट निर्देशिका, वार्षिकोत्सव सञ्चालन कार्यविधि, सैनिक आचारसंहिता सङ्ग्रह, नेपाली सेनाको बजेट आचारसंहितालगायत करीब १५० भन्दा बढी विविध कार्यविधि, निर्देशिका, परिपत्र जारी गरी कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ । राष्ट्रिय सुरक्षा नीति २०७५ जारी भएको, प्रतिरक्षा नीति मस्यौदा तयार भइरहेको, अबको सेना कस्तो हुने भन्ने परिकल्पना गरिएको र ‘नेपाली आर्मी भिजन सन् २०३०’ को मस्यौदा तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
कमाण्ड प्रतिबद्धतालाई कुनै पनि कमाण्डरको वार्षिक कार्य सम्पादन मूल्याङ्कनसँग समेत जोडिने हुँदा कार्य सम्पादनमा अझै बढी निखारता आउने विश्वास गरिएको छ । सरकारले ल्याएको कार्यसम्पादन सम्झौता कार्यान्वयनमा ल्याएबाट सेनाले चालेको अवधारणालाई थप ऊर्जा मिलेको सेनाले जनाएको छ ।
मन्त्री पोखरेलद्धारा विद्युतीय बस उदघाटन, भाडामा २० % छूट
काठमाडौं । ‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरेका छन । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् । कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।
पूर्व लडाकु महराले जितेको वडामा जनसत्ताको अभ्यास
धनगढी। रातो हाप टिसर्ट र कट्टुमा भेटिएका थिए, वडा अध्यक्ष बहादुर सिं महरा । अनि बसेका थिए रातै डल्फीन कुर्चीमा । उनको हातमा थियो,जरिवाना रसिदको ठेली पनि । उनी एक अद्बैसे महिलालाई वडा कार्यालयको नियम बारे बुझाउँदै थिए । उनको हातमा थमाउँदै थिए जरिवाना रसिद पनि । तर ती महिला भने अटेर गरी रहेकी थिइन् । दुबै जनाबीच एकछिन चर्को भनाभननै चल्यो । नियम सबैका लागि समान हुन्छ,नियम मिच्ने जो सुकैलाई पनि कारबाही गरिन्छ भन्दै अन्तः जरिवाना रसिद थमाएरै छोडे । जंगल क्षेत्रमा गाई छाडा छोडे बाफत बयस्क गाईको १५ सय र सानोको एक हजार रुपैयाँ जरिवाना लिने नियम अनुसार रु २५ सय वडा अध्यक्ष महराले जरिवाना गराएका हुन् । जरिवाना नर्तिर्ने ढिपी गरि रहेकी महिला अन्तिममा स्थानीय तहको निर्वाचनमा आफुले भोट नहालेका कारण वडा अध्यक्षले आफुलाई जर्वजस्त जरिवाना गराएको र नमस्कार पनि नगरेको भन्दै रिसाएर घरतिर लागिन् । शुक्लाफाँटा नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन सम्बन्धी कार्यबिधी २०७५ अनुसार उनलाई जरिवाना गरिएको अध्यक्ष महराले बताए । शुक्लाफाँटा नगरपालिका-८ फुलेली वडापालिकाले मणीकाधाम जाने बाटो छेउमै बन बातावरण,विपद् व्यवस्थापन तथा बन्यजन्तु सुरक्षा बिशेष युनिट स्थापना गरेको छ । चुरे क्षेत्रसंग जोडिएको ८ नं.वडा आगलागी र नदी कटानयुक्त वडा हो । यहाँ गौडी नदी,घरकटुवा नदी -घर जग्गा कटान गर्ने हुनाले) सुनबरा नदी,बनहरा नदी,धारापानी खोलाले बर्षेनी कटान गर्नाले बस्तीनै जोखिममा रहेको छ । यहाँ बर्षेनी आगलागी र बाढीले समस्या निम्त्याउँछ । यसैलाई मध्यनजर गर्दै ०७५ भदौ १५ गते बिशेष युनिट स्थापना गरिएको हो । अग्नी नियन्त्रण र बाढी पिडित वडाबासीको खोज तथा उद्धारसंगै घाईते बन्यजन्तुको उद्धार तथा उपचारका लागि बिशेष सुरक्षा युनिट स्थापना गरी छाडा गाईबस्तुहरुको व्यवस्थापनका लागि गौशाला निर्माण गरेर अध्यक्ष महराले प्रशंसनीय काम गरेका छन् । शुक्लाफाँटा नगरपालिकाबाट प्राप्त दुई लाख रकममा ४० हजार जनश्रमदान जुटाएर उनले झलारी धारापानी सडकको ट्यांकीदेखी धारापानी लिंगासम्मको ६ मिटर चौडाई भएको ३ किलोमिटर २ सय ६० मिटर लामो बनपथ निर्माण गरेर उदाहरणीय काम समेत गरेका छन् । बिशेष सुरक्षा युनिटले ६० हजार हेक्टर बनक्षेत्रको सुरक्षा गर्दै आएको छ । सामुदायिक बन उपभोक्ता समितिको तीन बिघा क्षेत्रफल जमिनमा माटोले पोतेको आकर्षक टहरो निर्माण गरिएको छ । टहरोमा सभाहल,पशु स्वास्थ्य सेवा केन्द्र,उद्धार सामाग्री स्टोर,खाधान्न स्टोर,सुत्ने र भान्सा गरी ३ वटा टहरो र एउटा पक्की सौचालय निर्माण गरिएको छ । आकस्मिक आईपर्ने विपद्का लागि पूर्व तयारीको रुपमा अग्नी नियन्त्रण सामाग्री,बाढी पिडित उद्धार सामाग्री,सवारी साधन,प्राथमिक उपचार लगायत आबश्यक सामाग्रीहरु रहेका छन् । यहाँ अध्यक्ष महरासहित २५ जना तालिम प्राप्त उद्धारकर्ताहरु २४ सै घण्टा उद्धार कार्यमा खटिरहेका हुन्छन् । उद्धार दस्ता दैनिक विपद् व्यवस्थापन प्रतिकार्य अभ्यासमै व्यस्त रहनछन् । विहान बेलुका आलोपालो भान्साको काम गर्छन् । दैनिक भान्सामा मोटो चामल र दाल पाक्छ । पालैपालो आफै भात पस्केर सामुहिक रुपमा एकै थलोमा बसेर भोजन गर्छन् । जिम्मेवारी अनुसारको कार्य सम्पादन गर्न जंगल क्षेत्रमा परिचालन हुन्छन् । छाडा बस्तु चौपायाको रेखदेख,मलमुत्र संकलन,घाईते जंगली जनावरको उद्धार,चोरी सिकारी,काठ तस्करी नियन्त्रण गर्नु सुरक्षा दस्ताको दैनिकी हो । सबैले पालैपालो जंगलमा ड्युटी गर्ने नियम बसालिएको छ । घना जंगलबीचमा तीन ठाउँमा खरले छाएको सेन्ट्री निर्माण गरिएको छ । सेन्ट्रीमा सुरक्षा दस्ताले विहानदेखी बेलुकीसम्म पहरा दिई रहेका हुन्छन् । सुरक्षा दस्ताले पहरा दिन थालेपछि लुटपाट पूर्ण रुपमा अन्त्य भएको छ । यसअघि घासदाउरा लिन आउने र बाटो हिडेने महिलाहरु अपरीचित पुरुषहरुबाट लुटिने गरेका थिए । हातमा चक्कु बोकेर बसेकाहरुले महिलाहरुको सुनका गरगहनाहरु लुट्ने गरेको स्थानीयहरु बताउँछन् । युद्धकालमा जनमुक्ति सेनाले जे गर्ने गरेका थिए । त्यही अभ्यास महराले यहाँ पनि पालना गरेका छन् । समान काम समान व्यवहारको निति यहाँ लागु गरेका छन् । खाना,बासको व्यवस्था गरेर प्रति जनाले दैनिक ४ सय पचास रुपैयाँ पारिश्रमिक पाउँछन् । काम परेका बेला मात्र घर जाने महरा २४ सैं घण्टा यही युनिटमा बिताउँछन् । कार्यालय समयमा सेवाग्राहीको सेवाका लागि वडा कार्यालयमा रहने वडा अध्यक्ष महरा त्यसपछिको पुरै समय भने बिशेष सुरक्षा युनिटमै बिताउने गर्छन् । विहान सबेरै उठेर हाप टिसर्ट र कट्टुमा उनी दैनिक कार्य योजना अनुसारको जिम्मेवारी पुरा गर्नु र अन्य साथीहरुलाई पनि जिम्मेवारी अनुसारको खटनपटन गर्नमै व्यस्त रहन्छन् । जंगलभित्र ३ ठाउँमा गौशाला निर्माण गरिएको छ । पशु चौपायाका लागि ठाउँठाउँमा पानी खाने खाल्डो स्थल निर्माण गरिएको छ । छाडा छोडिएका पशुचौपायाको ब्यबस्थापन गर्न पटकपटक असफल भएपछि २०७५ साउन २६ गते शुक्लाफाँटा नगरपालिकाभरीका जनताले आन्दोलन गरि नगरपालिकाभित्र छाडा पशुचौपाया हुलेपछि छाडा पशुचौपायाको ब्यबस्थापन गर्न चुनौतीपूर्ण कदम उठाएको अध्यक्ष महराले बताए । उनले भने, गौशालाबाट संकलन गरिएको गौबर बिक्रि गरेर डेढ लाख रुपैयाँ आम्दानी समेत गरिएको छ । बहुउदेश्यिक छाला प्रशोधन उधोग स्थापना गर्न सके स्वरोजगार सृजना गर्न सकिने समेत उनले बताए । को हुन महरा ? २०४३ साल भदौ ८ गते मार्मा गाउँपालिका ८ दार्चुलामा वुवा अमर सिंह र आमा द्रोपतीदेबी महराका आठौं सन्तानको रुपमा जन्मिएका ३३ बर्षिय बहादुर सिं महरा तत्कालिन नेकपा माओबादीले संचालन गरेको महान जनयुद्धमा होमिएका थिए । २०५८ पौष महिनामा वडा प्रमुखको जिम्मेवारी पाएर पूर्णकालिन बनेका उनी ०५९ सालमा जिल्ला मिलिसिया ०६१ साल असोज १५ गते जनमुक्ति सेनामा आबद्ध भए । जनमुक्ति सेनामा आबद्ध उनी फन्ट गार्ड लिडर,सेक्सन सहायक कमाण्डर सेक्सन कमाण्डर प्लाटुन सहायक कमाण्डर प्लाटुन कमाण्डर जिम्मेवारी सम्हाल्दै तत्कालिन शाही नेपाली सेनासंगको समायोजन प्रकियामा कैलाली जिल्लाको बडैपुरमा रहेका जनमुक्ति सेनाको सातौ डिभिजनबाट ०६९ असारमा स्वच्छीक अबकास लिएर फर्केका हुन् । ०७२ असोज १० गते दार्चुलाबाट शुक्लाफाँटा नगरपालिका ८ फुलेलीमा बसाई सरी आएका महरा बसाई सरी आएको ६ महिनामै स्थानीयको साथ पाएर ०७२ चैत्र १२ गते श्री बैजनाथ सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भए । सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भएको १६ महिनामै स्थानीयको मनमनमा बस्न सफल भएका महरा स्थानीयकै अनुरोधमा ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४१ मत प्राप्त गरी वडा अध्यक्ष निर्वाचित भएका हुन् । सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष भएपछि उनले यसअघि समितिमा हुदै आएको आर्थिक अनियमितता, अत्याचार, बन्यजन्तुको चोरी सिकारी, काठ तस्करी निर्मल पार्नुका साथै राजनीतिक पूर्वाग्रहका आधारमा उपभोक्ताहरुलाई बन पैदावार उपभोगबाट बंचित गरिनु लगायतका समस्याहरु हटाएपछि उनीप्रति एकाएक स्थानीयको बिश्वास बढेपछि उनी वडा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् । शासन व्यवस्था परिवर्तनका लागि नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा अन्याय र अत्याचारका बिरुद्ध लड्न जनयुद्धमा होमिएका उनीसंग जनमुक्ती सेनाको कठोर अनुशासन पालना गरेको अनुभव छ । यही अनुभवले उनलाई छोटो अबधीमै चूनौतीको पहाड चड्न र सामना गर्न सिकायो । अन्तः उनले युद्धकालिन अनुभवलाई आफ्नो कार्यशैली मार्फत देखाउन सफल भएका छन् । जनमुक्ति सेनाको कठोर अनुशासनबाट खुल्ला जीवनमा आएको मेरा लागि नयाँ ठाउँमा चुनाव लडेर सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष बन्नु नौलो अभ्यास थियो तर पनि यहाँका जनताको साथ र बिश्वासले गर्दा अध्यक्ष बन्न सफल भएको उनले बताए । निकै चुनौतीकाबीच अध्यक्षको जिम्मेवारी सम्हालेको थिए,केही गरेर देखाउ भन्ने युवा जोस पनि थियो जनताले साथ दिए,रातदिन खटेर काम गरे अहिले पुरै सिस्टम परिवर्तन गर्न सफल भएको छु उनले छोटो अबधीमै सफल हुनुको अनुभव सुनाए । घना जंगल एरियामा बस्ती भएकाले युवाहरु दिउँसै कुखुरी बोकेर हिड्ने,जंगलमा घासदाउरा गर्ने महिलालाई लुटपाट गर्ने,पुरुषहरु दिनभर जुवातास खेल्ने साझ मदिरा सेवन गरेर श्रीमती कुट्ने लगायतका क्रियाकलापले वडानै बदनामीत भएको रहेछ । त्यसलाई पूर्ण रुपमा बन्द गर्न सफल भए । छोटो अबधीमै मेरो कामको मूल्यांकन गर्दै यहाँका जनताले वडा अध्यक्षको चुनाव लड्न आग्रह गरेपछि उम्मेदवारी दिए र बिजयी भए उनले भने,टिकटका लागि २८ जना दावेदार थिए मध्ये स्थानीयकै पहलमा आफुले टिकट पाएको बताए । जाड,रक्सी सेवन गर्ने,जुवातास खेल्ने,छाउपडी प्रथा,छुवाछुत,बहुविवाह गर्नेलाई वडाको सेवा सुबिधामा रोक लगाउने,जनताको जिउधनको सुरक्षा जनता आफैले गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न जनताको सुरक्षा जनताबाटै कार्यक्रम संचालन,प्रत्येक घरहरु राष्ट्रिय सडक संजालसंग जोडिनु,श्री सिद्धनाथ मा।वि।श्री बैजनाथ आधारभुत बिद्यालय,श्री पंचकोटी आधारभुत विद्यालय र श्री जनभावना आधारभुत बिद्यालयमा आबश्यक भौतिक पूर्वाधार निर्माण,नदी कटान रोक्न जैविक तटबन्धनको प्रयोग,यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुमा सडक विस्तार,पदमार्ग निर्माण र प्रचार,प्रचार लगायतका जनतासंग प्रत्यक्ष जोडिका कार्यक्रमहरु संचालन गरिनु नै मेरो दुई बर्षे कार्यकालको महत्वपूर्ण उपलब्धी हो अध्यक्ष महराले सुनाए । कट्वाल खबरबाट
ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्छुः एसएसपी ढकाल
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले विनम्रतापूर्वक ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्ने बताएका छन् । सोमबार महाशाखामा आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एसएसपी ढकालले ट्राफिक प्रहरीको व्यवहारमा विनम्रता र कानुन कार्यान्वयनमा कडाई गर्ने बताएका हुन् । सरकारी गाडीका चालकहरुलाई पनि प्रशिक्षण दिने तयारी भइरहेको एसएसपी ढकालले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने, ‘सिंहदरबारभित्रका सरकारी गाडीका चालकलाई पनि प्रशिक्षण दिन्छौं ।’ काठमाडौं उपत्यकामा देखिएका ट्राफिक जामको समस्यालाई पहिलो प्राथमिकतामा राखेर तदारुकताका साथ समाधान गर्नेमा जोड दिने एसएसपी ढकालेको भनाई थियो । निकट भविष्यमै उपत्यकामा ट्राफिक बत्ती जडान गर्ने एसएसपी ढकालले दावी गरे । ‘ट्राफिक बत्ती राख्ने सम्बन्धमा अर्थमन्त्रालयसँग प्रहरी महानिरीक्षकले समन्वय गरिसक्नुभएको छ,’ उनले भने । पत्रकार सम्मेलनमा एसएसपी ढकालले नेपालमा ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको जानकारी दिए । जसमा बाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार, ४१३ सवारी साधन दर्ता भएको पाइएको छ । कुल दर्तामध्ये नीजि सवारी ९४ प्रतिशत रहेको छ भने ६ प्रतिशत मात्र सार्वजनिक सवारी रहेको सम्मेलनमा एसएसपी ढकालले बताए । उपत्यकामा एक हजार ८४ जना ट्राफिक प्रहरीको दरबन्दी छ । तर, उपत्यकामा एक हजार ३६८ जना कार्यरत छन् । १ जना ट्राफिक प्रहरी बराबर ९०० सवारी साधन र १ ट्राफिक प्रहरी बराबर १ं५ किलोमिटर सडक हेर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकामा १ लेनको सडक ६६० किलोमिटर छ । यस्तै २ लेनको सडक २३९ किलोमिटर र ४ लेनको १९३ किलोमिटर सडक छ । एसएसपी ढकाल ४ दिनअघि मात्र ट्राफिक महाशाखाको प्रमुख भएर आएका हुन् । महाशाखा आएपछि एसएसपी ढकालले सातवटा योजना अघि सादै कार्यान्वयनमा लैजाने घोषणा गरे । रातो पाटीबाट साभार यस्ता छन् एसएसपी ढकालका योजना १. स्मार्ट ट्राफिक प्रहरी २. समस्यालाई प्राथमिकता, समाधानमा तदारुकता ३. प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड ४. व्यवहारमा विनम्रता, कानुन कार्यान्वयनमा कडाई ५. सरोकारवाला निकायसँग उपलब्धीपूर्ण सहकार्य ६. ट्राफिक अनुशिक्षण र जनचेतामा विशिष्टिकरण ७. ट्राफिक नियमको पालना, आम नागरिकको चाहना
अनुगमनमा मेयर शाक्य, धरहरा निर्माण छिटो सक्न निर्देशन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धरहरा पुनर्निमाणको काम छिटो सक्न निर्देशन दिएका छन् । मेयर शाक्यले वडा–२२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको टोलीसहित आज उक्त क्षेत्रको निरिक्षण गरेका थिए । मेयर शाक्यले धरहरा निर्माणका क्रममा केही समस्या भए पहिला वडा समितिमा र त्यसपछि समाधान नभए आफूलाई खबर गर्न समेत निर्माण कम्पनीलाई सुझाव दिए । ‘धरहरा निर्माणको काममा तपाईंहरुले ढिला–सुस्ती गर्न पाउनुहुन्न,’ मेयर शाक्यले भने, ‘केही समस्या भयो भने पहिला वडा समितिलाई भन्नु, त्यहाँबाट पनि समाधान भएन भने मलाई भन्नु, म सहयोग गर्न तयार छु । तर, जसरी पनि समयमा काम सम्पन्न गर्नुपर्छ ।’ मेयर शाक्यले धरहरा सबैको साझा सम्पदा भएको भन्दै स्थानीय र महानगरपालिका जसरी पनि धरहरा बन्नुपर्छ भन्ने अडानमा रहेको बताए ।
सर्वोच्चले सबै सूचना नदिने, संवेदनशील सूचनामा बन्देज लगाउने तयारी
सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ। न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन थालिएको भनाइ सर्वोच्चको छ। प्रसारणमा बन्देज लगाइएका सूचना – व्यक्तिगत गोपनीयता र व्यक्तिको जीवन – स्वास्थ्य तथा सुरक्षामा खतरा – अपराधको अनुसन्धान, तहकिकात र अभियोजनमा प्रत्यक्ष असर पार्ने – आर्थिक, व्यापारिक, मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण – बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर असर पर्ने विषय – जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल – सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था – अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने सूचना – इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण वा गोप्यता राख्नुपर्ने मुद्दा।
दोषीलाई कारबाही नगरे फेरि अनशन बस्ने गंगामायाको चेतावनी
काठमाडौंः छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग राख्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले असोज ३ देखि पुनः आमरण अनशन बस्ने बताएकी छन् । वीर अस्पतालमा रहेकी गंगामाया अधिकारीको फाइल तस्बिर । उनका छोरा नुरप्रसाद लामो समयदेखि सम्पर्कबिहिन थिए ।उनले अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई १२ दिने अल्टिमेटम दिएकी छन् । ११ पटक अनशन बसिसकेकी अधिकारीले आइतबार वीर अस्पतालभित्रै पत्रकारसँग कुराकानी गर्दै छोराको हत्याका अभियुक्तलाई कानुनी कठघरामा ल्याउन १२ औं अनशनमा बस्ने बताएकी हुन् । ‘यो छोराको न्यायका लागि अन्तिम लडाइँ हो, सरकारले मेरो छोराको हत्या गर्नेलाई न्यायको कठघरामा उभ्याएन भने १२ दिनपछि आमरण अनशन सुरु गर्छु, नमरेसम्म लडिरहन्छु,’ उनले भनिन् । छोराको हत्याका अभियुक्तलाई कारबाही माग गर्दै अनशन बस्ने क्रममै उनका पति नन्दप्रसादकोमृत्यु भइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
स्यालको तुलना सिंहसँग गर्न सकिन्न– प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको जाँतोमा धकेल्ने काम सह्य नहुने बताएका छन् । तत्कालिन माओवादी जनयुद्दका क्रममा प्रहरीबाट मारिएका सुरेश वाग्ले वासुको २१ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीबाट केही कमजोरी भए सच्याउन तयार रहेको तर इतिहासका उपलब्धि खोस्न चाहने तत्वलाई भने छूट दिन नसकिने बताए । प्रचण्डले सुरेश वाग्लेको योगदानको व्याख्या गर्दै वाग्ले वैचारिक र नैतिकरुपमा निकै उच्च व्यक्तित्व रहेको बताए । प्रचण्डको सम्बोधनको मुख्य अंश कमरेड बासुका अगाडि हामी सबै झुक्नुपर्थ्यो त्याग र बलिदानको भावनाले पोलिटब्यूरो भन्दा धेरै माथिको योग्यता थियो । कमरेड सुरेश वाग्लेलाई स्मरण र चर्चा गर्ने कुरा धेरै ठूलो जिम्मेवारीको कुरा हो । जनयुद्दको तयारीको बेला महामन्त्री थिएँ, जनयुद्द शुरु भएर त्यो अगाडि बढदै जाँदा जुन परिस्थिति बन्यो, सुरेश वाग्ले त्यस्तो नेतामध्ये हुनुहुन्थ्यो जो पार्टीका सबै वरिष्ठ नेता म, किरण, बाबुराम, बादललगायत हामी बासुका अगाडि नतमस्तक हुन्थ्यौं । बहसहरुमा वहाँ अगाडि सरेपछि सबै झुक्नुपथ्र्यो । बौद्धिक व्यक्तित्व, विचार र निष्ठा तथा राजनीतिक प्रवृत्तिलाई सन्तुलनमा ल्याउने सवालमा र खासगरी चरित्रको नैतिक बल धेरै ठूलो थियो । सबै वरिष्ठ नेताहरुलाई आफ्नो राजनीतिक कुशलताद्वारा प्रभावित पार्न सक्नुहुन्थ्यो । जनयुद्दको तयारीको बेला, जनयुद्द शुरु भइसकेपछि किलो सेरा लगायतका अप्रेसन चलिरहेका बेला, अन्तर्पार्टी वहस र अन्तर्सघंषलाई ठीक ढंगले परिचालन गर्ने कुरामा कमरेड सुरेश अग्रणी भूमिका हुनुहुन्थ्यो । अहिले वहाँको त्यो चरित्र, नैतिक तागत र कम्युनिष्ट आदर्शप्रतिको समर्पण भावलाई एउटा सानो कार्यक्रम या भाषणमा समेटन सकिने जस्तो मलाई लाग्दैन । बाँच्ने मर्ने ठेगान थिएन जनयुद्दमा यदि कमरेड सुरेश जस्ता वैचारिक स्पष्टता, निष्ठा र नैतिक चरित्र भएका मानिस नभएको भए त्यो जनयुद्दका रुपमा युगान्तकारी तागतका रुपमा विकास हुने थिएन । अन्तर्राष्ट्रिय अनुकुल थिएन, देशकै परिस्थिति पनि त्यति धेरै अनुकुल थिएन । हामीले तयारी गर्दै गरेको बेला, पञ्चायतबिरोधी आन्दोलन बिस्तारित भइरहेको बेला छापामार युद्द शुरु गर्नुपर्छ भनेर गोर्खाको सिरानचोकमा सुरेश वाग्लेको व्यवस्थापन र सहयोगमा त्यसको आयोजना गरिएको थियो । को बाँचिन्छ, को मरिन्छ ठेगान थिएन । केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गरेका थियौं । हामी केन्द्रीय समितिमा १९ जना थियौं, हामी छिटै मारिन्छौं जस्तो लागेको थियो । विद्रोहका आधार त छन तर सांगठनिक तागत र बौद्धिक तागतले राज्यसँग लडेर तुरुन्त जित्न सकिन्छ अनि नेतृत्व सबै बाँचिन्छ नै भन्ने छैन भन्ने परेको थियो । हामीले अलग अलग फोटो खिचेका थियौं । यो अन्तिम बैठक पनि हुनसक्छ भनेर फोटो खिँचेका थियौं । हामीले जम्मा गरेको साधनको जिम्मा पनि सुरेशले नै लिनुभएको थियो । वहाँ बौद्धिक समुदायमा खासगरी शिक्षक समुदायमा असाध्यै व्यक्तिको रुपमा प्रेरणादायी व्यक्तिको रुपमा परिचित हुनुभयो । हत्याले जनयुद्दमा बलिदान गर्न चाहने लर्को २०५६ सालमा वहाँको हत्या भएपछि निकै ठूलो तरंग आयो । त्यो भन्दा अगाडि विद्रोह शुरु गरेपछि १५, १६ सय बढीको मृत्यु भएको थिएन । तर वासुको हत्या निमर्म तरिकाले गरिएको खबर फैलिएपछि विद्यार्थी, बुद्धिजीवि, शिक्षक सबैमा फैलिएपछि माओवादी आन्दोलनमा संलग्न हुने राजनीतिक कार्यकर्ताको संख्या गुणात्मकरुपमा बढ्यो । अहिले कथा जस्तो लागेपनि मर्नका लागि बलिदानका लागि तछाडमछाड हुन थाल्यो । मलाई अग्रीम मोर्चामा राखियोस् भन्ने सयौं हजारौं देखा पर्न थाल्यो । त्यसपछि सहीदको संख्या बढेर हजार बढी भयो । हामीले सकेसम्म कम बलिदानबाट यो राजनीतिक आन्दोलन अघि जाओस् भन्ने चाहना राखेका थियौं । तर कमरेड सुरेश र भीमसेनको हत्या भएपछि, सांस्कृतिक आन्दोलनका थुप्रै योद्दा मस्त विष्टदेखि कृष्णसेनसम्म समाजले सबभन्दा राम्रो नागरिक र असल प्रतिनिधिको रुपमा स्वीकार गरेका व्यक्तित्वको लामबन्दी शुरु भयो । त्यो बलिदानका कारण निमोठेर नै सक्ने प्रतिक्रियावादीको सपना पुरा हुन दिएन । यो बलिदानकै बलमा त्यो परिस्थिति सिर्जना भयो । अहिले पनि सबैभन्दा राम्रा मान्छेको मृत्यु हुँदा, मारिँदा या शहीद हुँदा तिनले थुप्रै क्रान्तिकारी जन्माउँदा रहेछौं । यो कुरा हामीले प्रत्यक्ष देख्यौं, भोग्यौं । जनयुद्दको अन्तिम तयारीमा हुँदा मधेशमा कमरेड रामवृक्ष यादवको हत्या गर्यो । हामीले जनयुद्द शुरु गरेका थिएनौं तर त्यसले देशैभरी माडसाबको रुपमा परिचित मधेशको होनहार छोरा सबैले मन पराउने पारदर्शी व्यक्तिको हत्या भएपछि मानिसमा बलिदान गर्ने लाइन लाग्दो रहेछ । वैचारिक र नैतिक स्खलनबाट रक्षा जरुरी हामीले कम्युनिष्ट आन्दोलन लोकप्रिय त बनाएको छौं, हामीले अत्यधिक बहुमत प्राप्त गरेर लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त पुर्याएका छौं । तर वैचारिक निष्ठाको दृष्टि, वैचारिक स्पष्टताको दृष्टिले, राजनीतिक परिपक्वता, नैतिक चरित्र र आचरणको दृष्टिले हेर्दा हामी निकै खस्किएका छौं मलाई लाग्छ । हामी अलि बढी नै आत्मकेन्द्रीत, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान थालेको आभास हुन थालेको छ । यस्तो बेला कमरेड वासुसहित अन्य क्रान्तिकारीलाई स्मरण गर्दैछौं भने यो पार्टीलाई फेरी क्रान्तिकारी, आदर्शपुर्ण बनाउने, यो पार्टीका सबै सदस्य र नेतालाई समाजका सबैले स्वीकार्ने पार्टी बनाउने आवश्यकतामा जोड दिनु जरुरी छ । त्यसो गर्ने संकल्प लिए मात्रै समाजवादी आदर्शतर्फ उन्मुख बनाउन सक्छौं । हामीले साँच्चिकै औपचारिक होइन, ह्दयदेखि नै यो पार्टीलाई त्यस्तै बनाउने प्रतिबद्धता गर्यौं, संकल्प गर्यौ भने हजारौं शहीदप्रति सच्चा श्रद्धान्जली गरेको ठहर्छ । हैन भने यो औपचारिकता मात्रै हुने देखिन्छ । सुरेश वाग्ले तत्कालिन माओवादी आन्दोलनको मात्र हुन भन्ने होइन, उनी राष्ट्रकै सम्पत्ति, गौरव र आउने पीढिका लागि गौरवका रुपमा स्थापित गर्ने व्यक्तित्व वहाँ हुनुहुन्थ्यो । यस्तो चरित्रलाई प्रेरणाका रुपमा कसरी अगाडि लैजाने ? वहाँका कैयन लेख छन । कम्युनिष्ट आचरण र विचारसँग सम्बन्धित सामग्री छन् । तिनलाई जनतामा लैजाने आवश्यकता छ । निरंकुशताको जाँतोमा पिस्ने षडयन्त्र अहिले लोकतान्त्रिक गणतन्त्रमा हामी छौं, त्यस्तो महान क्रान्तिकारीको संलग्नता नभएको भए यो परिवर्तन यति छिटो सम्भव थिएन । एकथरिले यो क्रान्तिकारी आन्दोलन र यसको नेतृत्वलाई बदनाम गर्न धेरै तल्लो स्तरमा ओर्लेर गाली गलौज समेत गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले आन्दोलनमा प्रदर्शित गरिएको त्याग तपस्या, क्षमता, प्रतिभा र देशका लागि समर्पित गर्ने व्यक्तित्व र आन्दोलनलाई बदनाम गर्ने, हिजोको अत्याचारी निरंकुश सामन्तहरुलाई फेरी अगाडि ल्याउने षडयन्त्रका झिल्का यत्रतत्र देख्न थालिएको छ । यस्तो बेला कमरेड सुरेश, भिमसेन जस्ता व्यक्तिलाई जब हामी सम्झिन्छौं, मलाई अनौठो पनि लाग्छ । यस्तो महान इतिहासलाई अपमानित गर्ने, शहीदको अवमूल्यन गर्ने, त्यसका नेताहरुलाई बदनाम गर्नै नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ । त्यसैले यस्तो बेलामा पार्टीलाई सांगठनिक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी छ । कहिलेकाहिँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा स्यालको तुलना सिंहजस्तो गर्न सकिन्न । स्याल स्याल नै रहन्छ, सिंह सिंह नै रहन्छ । हामी आज भोली कहिं न कहिँ पार्टी एकता प्रक्रिया ढिलो भएकोमा चिन्ता, सरकारले प्रभावकारीरुपमा छिटो छिटो काम गरोस भन्ने चिन्ता जताततै सुन्छौं । राम्रा काम गर्न नसकेको होइन, तर जनताको आशा अपेक्षा अनुरुप काम भएन भन्नेतर्फ हाम्रो ध्यान गम्भीररुपमा गएको छ । हामीले देशव्यापीरुपमा कार्यक्रम लिएर कार्यकर्ता र जनताको पंक्तिमा जाने अन्तिम तयारीमा छौं । म कमरेड सुरेश वाग्लेजस्ता महान क्रान्तिकारी योद्दा, विचारक, नैतिक उचाईमा रहेका कमरेडहरुलाई सम्मान गर्दै सबैमा एकताबद्ध हुनुको कुनै विकल्प छैन, जनताको सेवा गर्नुको कुनै विकल्प छैन । कुनै पनि नामका प्रतिक्रियावादी आएर निरंकुशताको जाँतोमा पिस्न दिने काम हामी र जनतालाई स्वीकार्य छैन । हामीभित्र केही कमजोरी भए सच्च्याउन चाहन्छौ । तर इतिहासको चक्कालाई पछाडि धकेल्ने तर हजारौं जनताको बलिदान र लाखौं कार्यकर्ताको त्यागले प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्ट्याउने छूट कुनै पनि हालतमा दिन सकिन्न । त्यो गरेमा मात्रै सुरेश वाग्लेलगायतको साँचो सम्झना गरेको ठहर्नेछ ।
अब समुद्रको आनन्द लिन विदेश जानु पर्दैन, भैरहवामै बन्यो स्वर्गीय आनन्द दिने समुद्र!
काठमाडौं । समुद्रको आनन्द लिन यहाँबाट मानिसको विदेश भ्रमणमा जाने क्रम बढ्दो छ। ट्राभल्स एजेन्सीहरूको लोभ्याउने विभिन्न भ्रमण प्याकेज छन्। समुद्रमा नुहाउन र त्यसमा छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै आएका छन्। मनोरञ्जनको नाममा देशबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिँदैछ। भैरहवाको बोधी रेडसन होटल परिसरमा निर्मित रेडसन वाटर फन पार्कमा पर्यटन उद्यमी प्रमोदकुमार यादवले समुद्रको झल्को दिने गरी कृत्रिम समुद्र तयार गरेका छन्। शनिबारबाट सञ्चालनमा आएको फनपार्कमा समुद्रमा नुहाउनेदेखि त्यसको छलाङको आनन्दसम्म लिन सकिन्छ। जसका लागि ‘वेभ पुल’ तयार गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।
झापाको गौरादह नगरपालिकामा बम विष्फोट, विप्लवका कार्यकर्तामाथि आंशका
सुरुङ्गाः झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो । कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ । यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह ९विप्लव० का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो ।
पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक
काठमाडौंः नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ। आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन भएको हो । उनको सोमबार बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। क्यान्सर पीडित आचार्यका दुई छोरा र एक छोरी छन्। अन्त्येष्टिका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा र सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए।
विप्लव नेकपाको कुन प्रदेशमा कस्तो प्रभाव?
काठमाडौंः प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेता/कार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय ६१ जना पक्राउ परेका छन् । त्यसअघि ८५ नेता/कार्यकर्ता पक्राउ परेका थिए । प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ । एक सय २४ पुर्पक्षका लागि जेलमा छन् । ६२ माथि अनुसन्धान जारी छ । सबैगरि विप्लवका एक सय ८६ नेता/कार्यकर्ता सरकारको नियन्त्रणमा छन् । बाँकी तारेखमा रिहा भएका छन् । सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नौजना नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ । तीमध्ये तीनजना प्रहरी कारबाहीमा मारिएका हुन् भने ६ जनाले आफैँले बोकेको बम विस्फोटमा ज्यान गुमाएका थिए । प्रहरीको गोलीबाट ७ जेठमा भोजपुरमा तीर्थराज घिमिरे, ५ असारमा सर्लाहीमा कुमार पौडेल र २५ असारमा भोजपुरमा नीरकुमार राईको मृत्यु भएको थियो । पौडेल विप्लवका सर्लाही इन्चार्ज हुन् भने भोजपुरमा मारिएका राई ओखलढुंगा इन्चार्ज हुन् । प्रहरीले दोहोरो भिडन्तमा मारिएको भने पनि पक्राउ गरी आफ्ना नेता–कार्यकर्ताको हत्या गरिएको विप्लव समूहले दाबी गरेको छ । आफैँले बनाएको टाइम बम विस्फोट भएर १२ जेठमा उपत्यकामा पाँच विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यस्तै ३ साउनमा कैलालीको धनगढीमा बोकेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । यो पार्टीले राखेको बम विस्फोट हुँदा एनसेल कार्यालय नख्खुमा एकजना सर्वसाधारणको मृत्यु भएको थियो । विप्लवको प्रभाव सबैभन्दा धेरै प्रदेश ४ र ५ मा विप्लव नेकपाले पछिल्लो समय प्रदेश ४ र ५ मा आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ । सरकारले विप्लव समूहमाथि २९ फागुनबाट प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै प्रहरीले सो समूहविरुद्ध चलाएको कारबाही पनि प्रदेश ४ र ५ मै केन्द्रित देखिन्छ । प्रहरीको तथ्यांकअनुसार गत ६ महिनामा प्रदेश ४ मा मात्रै विप्लव समूहका एक सय ५५ नेता–कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये एक सय ३३ विरुद्ध मुद्दा दर्ता भएको छ । १४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । २२ जनालाई सोधपुछपछि छाडिएको छ भने एक सय ६ जनालाई तारेखमा छाडिएको छ । बाँकी १३ जना माथि भने अनुसन्धान जारी छ । सोही अवधिमा प्रदेश ५ मा एक सय ४७ पक्राउ परेका छन् । जसमध्ये चारजना सोधपुछपछि छुटे । बाँकी एक सय ४३ विरुद्ध मुद्दा दर्ता भएको छ । तीमध्ये २७ जना पुर्पक्षका लागि जेलमा छन् । १६ जनामाथि अनुसन्धान जारी छ । एक सयजना भने तारेखमा छुटेका छन् । प्रदेश ३ र प्रदेश १ मा पनि ठूलै प्रभाव, उपत्यकामा मात्र १३३ पक्राउ प्रदेश ४ र ५ पछि विप्लव समूहको गतिविधि काठमाडौं उपत्यका र प्रदेश १ मा ज्यादा देखिन्छ । धप्रतिबन्धपछि उपत्यकाबाट मात्रै विप्लवका एक सय ३३ कार्यकर्ता पक्राउ परे । जसमध्ये तीनजनालाई सोधपुछपछि छाडिएको छ । बाँकी एक सय ३० लाई मुद्दा चलाइयो । १४ जना अहिले पुर्पक्षका लागि जेलमा छन् । दुईजनामाथि अनुसन्धान नै बाँकी छ । बाँकी एक सय १४ लाई भने तारेखमा छाडियो । यो अवधिमा प्रदेश १ मा एक सय १३ जना समातिए । ६ जनालाई सोधपुछपछि छाडेर एक सय सातजनाविरुद्ध मुद्दा चलाइएको छ । जसमध्ये २५ पुर्पक्षका लागि जेलमा छन् । १६ माथि अनुसन्धान जारी छ । ६६ जना तारेखमा छुटेका छन् । कर्णालीमा ८१ र प्रदेश ७ मा ९१ पक्राउ कर्णालीमा २९ फागुनयता विप्लव समूहका ८१ र प्रदेश ७ मा ९१ जना पक्राउ परेका छन् । जसमध्ये कणालीमा र प्रदेश ७ मा क्रमशः ७२ र ८७ जनामाथि मुद्दा दर्ता गरिएको छ । पुर्पक्षका लागि जेल जाने कर्णालीमा आठ र प्रदेश ७ मा १७ जना छन् । दुवै प्रदेश गरी ६ जनालाई अनुसन्धानमा राखिएको छ । बाँकीलाई भने तारेखमा छाडिएको छ । प्रदेश २ र ३ मा कम प्रभाव प्रहरीको कारबाही तथ्यांक हेर्दा विप्लव समूहको प्रभाव प्रदेश २ र ३ कम देखिन्छ । प्रदेश २ मा पक्राउ परेका ४४ जनामध्ये ४२ विरुद्ध मुद्दा चल्यो । जसमध्ये नौजना कारागारमा छन् । तीनजनामाथि अनुसन्धान जारी छ । बाँकीलाई तारेखमा छाडिएको छ । त्यस्तै, प्रदेश ३ मा पक्राउ परेका ८२ मध्ये ७८ विरुद्ध मुद्दा चल्यो । १० जना कारागारमा छन् । ६ विरुद्ध अनुसन्धान जारी छ । बाँकी तारेखमा छुटेका छन् । याे समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।
एसिड खरिदबिक्री नियमन गर्न सांसदहरूको माग
काठमाडौंः वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनमाथि विद्यालय जाने क्रममा भएको एसिड आक्रमणको घटनाका दोषीलाई कारबाही गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बिहान खातुनमाथि वीरगञ्जको छपकैयामा एसिड आक्रमण भएको थियो । घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । अन्य व्यक्ति फरार छन् । पीडित युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष र शून्य समयमा सांसदहरूले घटनामा संलग्नलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । यस्तै, पीडितको सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले तत्काल उपचारका लागि पीडित युवतीको परिवारलाई पाँच लाख रुपियाँ दिने घोषणा गरिसकेको छ । प्रतिनिधिसभाको विशेष समयमा सांसद एकवाल मियाँले दोषीलाई कारबाहीको माग गरे । उपचार खर्चलगायतको व्यवस्थापनले परिवार पीडामा रहेको भन्दै खर्च व्यवस्थापनका लागि पनि मियाँले सरकारसँग आग्रह गरे । उनले भने, ‘‘१५ वर्षीया खातुनमाथि शुक्रबार एसिड आक्रमण भएको छ । अभिभावक चिन्तित छन् । पीडित परिवारले आर्थिक सहायतको याचना गरेको छ । सम्पूर्ण उपचारको व्यवस्था सरकारले गरोस् । दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।’’ यस्तै, सांसद प्रदीप यादवले दोषीलाई कारबाहीको माग गरे । यादवले सहजरूपमा एसिड खरिदबिक्री भइरहेको भन्दै नियमनका लागि पनि ध्यानाकर्षण गराए। यादवले भने, ‘‘एसिड बिक्री वितरणमा कडाइ होस् । किन्नेको अभिलेख राख्ने व्यवस्था होस् । किन्नेको नाममा इजाजत दिने र नागरिकताको विवरण राख्ने व्यवस्था होस् । यसले कसले किन्यो, किन किन्यो भन्ने जानकारी हुन्छ ।’’ यस्तै, सांसद शेष चाँदताराले आक्रमणका दोषीलाई कारबाहीको माग गरे । उनले पीडितलाई अन्तरिम राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद उमा रेग्मीले महिला र बालबालिकामाथि जघन्य घटना भइरहँदा पनि सरकारले नियन्त्रणका लागि कुनै प्रयास नगरेको आरोप लगाइन् । रेग्मीले वीरगञ्जमा भएको एसिड आक्रमण्को घटनाका दोषीलाई कारबाहीको माग गरिन् । सांसद पार्वती विशुन्केले पनि एसिड आक्रमणकारीमाथि कारबाहीको माग गरिन् । पीडितको सम्पूर्ण उपचारको जिम्मा दिन सङ्घिय सरकारको ध्यानाकर्षण पनि गराइन् । के हुन्छ कारबाही मुलुकी अपराध संहिताको दफा १९३ मा तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारे सजाय हुने व्यवस्था छ । त्यस्तो पदार्थले पोली, डामी, दली, जिउमा पीडा हुने काम गरेमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । शरीरको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि तीन लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था अपराध संहितामा उल्लेख छ । यस्तो जरिवानाबापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिका रूपमा दिनुपर्ने व्यवस्था संहितामा उल्लेख छ । पुनरवलोकनमा जान सुझाव दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकरका सम्बन्धमा अदालतले गरेको फैसलाको पुनरवलोकनमा जान सत्तारुढ दलकै सांसदले सरकारलाई सुझाव दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पछिल्लो फैसलाको पुनरवलोकनमा जान सरकारलाई सुझाव दिएका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले एनसेलका सम्बन्धमा फैसला गर्ने न्यायाधीशमाथि छानबिन गरी महाभियोग लगाउन माग गरे । विशेष समयमा नेकपा सांसद् हृदयेश त्रिपाठीले नागरिकलाई एकपछि अर्को कर राज्यले थोपरेको तर यसको प्रभावबारे कुनै पनि अध्ययन नभएको बताए । सांसद् भीमसेनदास प्रधानले पशुपतिको आरतीको सुरुवातमा राष्ट्रियगान बजाउनुपर्ने निर्णय उपयुक्त नभएको बताए । सांसद् कृष्णगोपाल श्रेष्ठले डेङ्गुका कारण थुप्रै नागरिक प्रभावित भए पनि सरकारले प्रभावकारी रूपमा नियन्त्रणमा लिन नसकेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
चिकित्सकद्धारा प्रधानमन्त्रीलाई धपेडी नगर्न सुझाव
काठमाडौंः दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ
ओखलढुंगा । छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइटेल पक्राउ परेका छन्। लुइटेल आइबार साँझ पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। डीएसपी मल्लले अनुसन्धान सुरु भएको जानकारी दिए। लुइटेलले चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई गत असार ३० गते कुटपिट गरेका थिए। थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए। उजुरीपछि उनी सम्र्पकमा नरहेको प्रहरीले बताउँदै आएको थियो। उनलाई पटकपटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो। लुइटेलविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कुसरमा मुद्दा दर्ता भएको छ। अन्नपूर्ण पाेष्टबाट
कार्यालय समयभित्र ट्रेड युनियनको गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा
काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन् । तर, उनले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनको सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा गरे । निजामती सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले निजामती कर्मचारीलाई इमान्दारिताका साथ काम गर्न सचेत गराएका थिए । उनले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीलाई निजामती सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामा पर्ने जस्ता अनुशासनहिन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिए । मन्त्री पण्डितले संविधान र कानुनअनुसार कर्मचारीको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिवद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका थिए ।

