३० लाख अवैध रुपैयाँसहित धनगढीमा एक भारतीय पक्राउ
धनगढी : धनगढीमा झण्डै ३० लाख अवैध रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक अतुल बर्मा रहेका छन् ।
उनको साथबाट २५ लाख नेपाली र तीन लाख भारतीय रुपैया गरेर २९ लाख ८० हजार बरामद गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा सहित बर्मालाई पक्राउ गरिएको हो ।
उनको साथबाट विभिन्न बैँकका छ वटा एटीएम कार्ड समेत बरामद गरिएको छ । बर्माले धनगढीमा सुनचाँदी व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।
नेपाली हुनुमा गर्व गरौं, सधैं भ्रमण वर्ष हुने अवस्था सिर्जना गरौं – प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली हुनुमा गर्व गर्न सबैमा अपील गरेका छन् । नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको पर्यटन क्षेत्र नेपालको कहिल्यै नसकिने प्रचुर सम्भावना भएको क्षेत्र भएको बताए । “यसको विकास इमान्दारी र पारदर्शी तरिकाले गर्न सके नेपाल समृद्ध बनाउन यसले योगदान दिन सक्छ ।” उनले भने, “मन्त्रीले धेरै प्रतिबद्धता राख्नु भएको छ । यस्ता कार्यक्रममा यति स्पष्ट र भरोसायोग्य तरिकाले प्रूतिबद्धता राखेको पहिलोचोटी देखेको छु । यसअर्थमा तपाईहरुले आशा राख्ने अवस्था पैदा भएको छ ।” नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपीले गरे । त्यसका लागि आवश्यक पर्ने वातावारण बनाउने राज्यका तर्फबाट गर्नुपर्ने धेरै कुरा बाँकी रहेको कुरामा ध्यानाकर्षण भएको उनले बताए । धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए । “आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ ।” उनको भनाई थियो । प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने अवस्था आउनेमा सचेत गराए । उनले भने, “यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ ।” देशमा प्रतिगामी तत्वहरु सल्बलाएको तर्फ संकेत गर्दै प्रचण्डले इतिहासमा राजनीतिक क्रान्ति र परिवर्तनपछि पराजित तत्वहरु कुनै न कुनै रुपमा छटपटिने र पुनस्र्थापनाका लागि प्रयासका रुपमा देखिन बताए । हामीले २०६३/०६४ सम्म आउँदा सम्पन्न गरेको जनक्रान्ति र त्यसपछि संविधानसभा हुँदै संविधानमा भएको सबै तहको समझदारी र सहकार्यबाट इतिहासमा केही कीर्तिमान कायम गरेको बताउँदै अध्यक्षले मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उल्लेख गरे । “तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ ।” उनले अगाडि भने, “आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दीगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।” पर्यटन व्यवसायसँग सम्बन्धित सबैको काँधमा नेपालको पहिचान कायम राख्ने ठूलो जिम्मेवारी रहेको बताउँदै उनले अहिलेको पीढिले आफ्नो कर्मको इमान्दारिताबाट विश्वलाई परिचित गराउने जिम्मेवारी रहेकोमा विशेष जोड दिए । “राजनीतिक परिवर्तनबाट केही नयाँ पहिचान बनाएका छौं । अब आर्थिक क्रान्तिबाट पनि त्यसरी नै विश्वलाई नेपालको परिचय गराउनुपर्ने बाँकी छ ।” उनले भने । लाभका लागि मात्रै व्यवसाय नगरी सेवाभावले व्यवसाय गर्न उनले अपील गरे । नेपाल भित्रिने पर्यटकहरुसँग जोडिएको ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनाले व्यवसाय गर्नुपर्नेमा उनको जोड थियो ।
सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् । विकज तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका छोरा हुन् । सवारी साधन पनि ईश्वरकै भएको बताइएको छ । मृतक गाउँपालिका अध्यक्षका नातामा भतिज पर्ने बताइएको छ । घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार बिहीबार राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो । अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताए ।
सिंगापुरमा उपचार गराएर स्वदेश फर्किँदै प्रधानमन्त्री ओली
काठमाडौंः सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। मृगौलाको थप परीक्षण तथा उपचारका लागि सिङ्गापुर गएका प्रधाननमन्त्री ओली स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मृगौलामा देखिएको ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए। प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदैछन्। प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्।
विप्लव समूहद्धारा दुई छुटाछुटै दुई ठाउँमा बम विष्फोट
सुनसरी । सुनसरीका दुई छुटाछुटै स्थानमा बिहीबार राति बम विष्फोट भएको छ। इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लवले बम बिष्फोट गरेको हो। स्थानीयका अनुसार बिहीबार राति सवा १२ बजे बिष्फोटको ठूलो आवाज सुनिएको थियो। सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्षति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताए। त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्षति पुगेको छ। घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराउको हुन सक्ने बताए। केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको चन्दा उठाउने नाइके भनिएका मोहन कार्कीलाइ प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो। त्यसैको प्रतिक्रिया स्वरुप बम विष्फोट हुन सक्ने प्रहरीको अनुमान छ। एसपी पोखरेलले बम प्रहार गर्ने समूहको खोजी भैरहेको बताए।
आजको मौसम: देशको अधिकांश स्थानमा वर्षा, केही स्थानमा चट्याङको सम्भावना
काठमाडौं । अहिले (शुक्रबार बिहान) देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका धेरै स्थानमा चट्याङसहित पानी पर्ने तथा पश्चिमका एकरदुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले भनेको छ स् पहाडी भूभागमा पहिरो जानसक्ने, हवाई तथा तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध छ। महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंमा रातिदेखि नै वर्षा भइरहेको छ। बितेको १८ घण्टामा उपत्यकामा १३.५ मिलिमिटर वर्षा भएको छ। ‘अझै यो वर्षा ३ घण्टाजति जारी रहने सम्भावना छ,’ उनले भनिन्, ‘त्यसपछि खुल्ने सम्भावना छ।’ तर साँझपख पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्। ‘न्यून चापीय रेखा औसत स्थान (भारत) मै छ,’ उनले भनिन्, ‘तर त्यो एकदमै सक्रिय भएका कारण त्यसको प्रभाव नेपालमा पनि परेर वर्षा भएको हो।’ यस्तो छ आजदेखि तीन दिनसम्मको मौसमी अनुमान भाद्र २० गते शुक्रबार दिउँसोः देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिः देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म साथै पश्चिम र मध्य भेगका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ । भाद्र २१ गते शनिबार दिउँसोः देशभर आंशकिदेखि सामान्यसम्म रही थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिः देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै मध्य र पश्चिमी भेगका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। भाद्र २२ गते आइतबार दिउँसोः देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिः देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै पश्चिमी र मध्य भेगका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। मौसम पूर्वानुमान महाशाखा
कांग्रेस जागरण अभियानः कम बोल्ने, बढी सुन्ने
काठमाडौं । नेपाली कांग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको छ। पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि दोस्रो चरणको हिमाल, पहाड, तराई(मधेस (हिपतम) जागरण अभियान मुलुकभर एकैसाथ सुरु हुने कांग्रेसले जनाएको छ। असोज ७ गते सम्पन्न हुने जागरण अभियान प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित हुनेछ। मुलुकभर रहेका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउनेछ। पहिलो चरणको कार्यक्रमको ढाँचाजस्तै यसपटक पनि वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘जननायक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा १०६ वटा बिरुवा रोपेर अभियानको देशव्यापी रूपमा उद्घाटन गरिनेछ,’ अभियानबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइनेछ।’ जागरण अभियानलाई अन्तक्र्रियात्मक बनाउन एउटा मात्र सभाको आयोजना गरिनेछ। असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन कार्यक्रम गरिनेछ। ‘त्यसबाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ,’ कार्यक्रमको स्वरुपबारे कांग्रेसको परिपत्रमा भनिएको छ। जागरण अवधिभर विशेष सामाजिक संवादअन्तर्गत सामाजिक विसंगतिविरुद्ध, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया गर्ने कांग्रेसले जनाएको छ। पार्टी प्रवेश अभियान जागरण अभियानलाई कांग्रेसले पार्टी प्रवेश कार्यक्रमका रुपमा पनि प्राथमिकता दिएको छ। पहिलो चरणमा ३१ हजार ६ सय ४२ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको जानकारी दिँदै पार्टी प्रवक्ता शर्माले दोस्रो चरणमा यो संख्या बढ्ने दाबी गरे। जागरण अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले राजदूतावास र कन्सुलेटमार्फत नेपाल सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेस गर्ने कार्यक्रम छ। समयावधि सकिएका जनसम्पर्क समितिहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयबमोजिम अधिवेशन तयारीका लागि आवश्यक प्रारम्भ गर्ने जनाइएको छ। अन्तिम दिन हुने सभामा महँगी, भ्रष्टाचार ९वाइडबडी, न्यारो वडी प्रकरण लगायत०, महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। यसअघि वैशाख २५ गतेदेखि जेठ २५ मा पहिलो चरणको जागरण अभियान सम्पन्न भएको थियो। पहिलो चरणको जागरण अभियानमा क्रममा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य गर्न केन्द्रीय प्रतिनिधिलाई सुझाएका थिए। प्रतिनिधिको टुंगो लाग्दै दोस्रो चरणको जागरण अभियान मुलुकभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा आयोजना हुने भएकाले केन्द्रीय प्रतिनिधिको टुंगो अझै लागेको छैन। महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले ३३० केन्द्रीय प्रतिनिधि चयनको काममा जुटेका छन्। ‘सम्भवतः शुक्रबार सबै केन्द्रीय प्रतिनिधिको टुंगो लाग्छ होला,’ पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने, ‘ठूलो संख्यामा केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने भएकाले अलि समय लागेको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै छन् । उनी मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने जानकारी दिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किने छन् । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।
के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?
दिनेश ठकुल्ला, काठमाडौं : केन्द्रीय कमिटी कति संख्याको बनाउने भन्ने विषयका कारण पूर्व नेकपा (एमाले) निकट युवा संघ र माओवादी केन्द्र समर्थक योङ कम्युनिस्ट लिग (वाईसीएल)बीचको एकता अड्किएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि ढिलै भए पनि अधिकांश संगठनको एकता टुङगिएको छ । तर, युवा संघ र वाईसीएलको एकताले भने गति लिन सकेको छैन । शुरुका दिनमा नेतृत्व र नाममा विवाद भएपनि अहिले भने दुबै संगठनबीच संख्या र भावनात्मक मिलाप हुन नसक्दा एकता हुन नसकेको गुनासो दुबै संगठनका नेता तथा कार्यकर्ताहरुको देखिन्छ । केन्द्रीय कमिटी कति संख्याको बनाउने भन्ने विषयका कारण एकता अड्किएको युवा संघ र वाईसीएलका नेताहरू स्वीकार्छन् । एकता गर्दा कुन संगठनबाट कति प्रतिशत सहभागी हुने भन्ने कुरा अहिले पनि विवादको विषय बनेको छ । नेकपाको युवा संगठनका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले संख्याबाहेक अन्य सबै विषय टुङगिएको दाबी गरे । उनले भाद्र मसान्तसम्ममा एकता प्रक्रिया टुङ्गिने जानकारी दिए । यसअघि ‘युवा संघ र वाईसीएल एकतापछि बनेको संगठनको नाम राष्ट्रिय युवा संघ नेपाल राख्ने र झण्डा तत्कालीन युवा संघले प्रयोग गर्ने सहमति भएका थियो । ‘विधान पनि तयार भइसकेको छ,’ एभरेष्ट दैनिकसँग दिपशिखाले भने, ‘अब केन्द्रीय कमिटी कति संख्याको राख्ने भन्ने भन्ने विषय मात्र बाँकी छ । त्यो अब भदौ मसान्तसम्ममा टुङग्याउँछौं । त्यसका लागि हामी निरन्तर छलफलमा छौं ।’ तर यही संख्याको विवादकै कारण एकतामा निकै जटिलता थपिएको देखिन्छ । पूर्व युवा संघभित्र एकीकृत अवधारणा विकास हुन नसक्दा संख्याको विवाद अल्झिएको पूर्व वाईसिएल पक्षधरको छ । नेकपाको विधानमा जनवर्गिय संगठनको केन्द्रीय कमिटी २ सय ५१ राख्नुपर्ने उल्लेख छ । त्यति संख्यामा राख्दा सिनियर नेता छुट्ने चिन्ता दुबै संगठनमा छ । त्यसैले वाईसीयलले केन्द्रीय कमिटी ३ सय ५१ बनाउनुपर्ने बताएको छ । तर, युवा संघले भने त्यो संख्या पनि कम भएकोे, त्यसका कारण सिनियर नेता छुट्ने भन्दै ४ सय ७२ बनाउनुपर्ने बताउँदै आएको छ । युवा संघले तत्कालीन युवा संघको केन्द्रीय कमिटी संख्या २ सय ५६ र वाईसीएलको केन्द्रीय कमिटी संख्या २ सय १६ गरेर ४ सय ७२ बनाउनुपर्ने अडान राख्दै आएको हो । एकता यसैमा अड्किएको हो । एकता गर्दा कुन संगठनको कति प्रतिशत सहभागिता हुने भन्ने विषय पनि टुङ्गिन सकेको छैन । दिपशिखाले एकतामा केही ढिला भएको स्वीकारे । उनले भने, ‘एकता हामीले मात्रै चाहेर नहुँने भएका कारण केही ढिलाई भएको हो । कार्यव्यस्तताका कारण पनि केही ढिलाई भएको हो । अब भने टुङगिन्छ ।’ तत्कालीन युवा संघका सचिव बच्चन सिंहले पनि एकता टुङ्ग्याउनका लागि छलफल तीव्र भइरहेको भन्दै एकताले चाडै गति लिने विश्वास व्यक्त गरे । उनले भने, ‘एकताको खाका तयार भइसकेको छ । प्रदेश, जिल्ला, जिल्ला मातहतका कमिटी कति संख्याको बन्ने र कहाँ कु्न संगठनले नेतृत्व गर्ने सहमति भइसकेको छ । केन्द्रमा कुरा मिल्यो भने एकैचोटी एकता टुङ्गिन्छ ।’ उनले एकतामा खास्सै विवाद नरहेको बताए । विद्यार्थी संगठनमा भने यसअघि विवाद देखिएपनि पार्टीले इन्चार्ज तोके लगत्तै दुबै संगठनबीच एकताको कार्य तीब्र गतिमा अघि बढेको छ । एकतालाई पूर्णता दिन विधानदेखि राजनीतिक प्रतिवेदन तयार गर्न समिति गठन भएका छन् । संख्याको विवाद चलेकै बेला पार्टीले केन्द्रीय सदस्य महेश बसनेतलाई युवा संगठन विभागको ईञ्चार्जको जिम्मेवारी दिएपछि संगठनको एकताले गति लिने अपेक्षा गरिएको थियो । सह–ईञ्चार्जमा एकीकृत संगठनकै संयोजक रामप्रसाद सापकोटा र ईञ्चार्जमा पूर्व युवा संघभित्र बलियो निर्देशनात्मक पकड राख्ने बस्नेत भएपछि सतहमा देखिएको विवाद समाधान हुने अपेक्षा स्वभाविक पनि थियो । तर, यो विषयमा कुनै प्रगति नहुँदा संगठनभित्र निराशा छाएको छ । खासगरी युवा संघभित्र माधव नेपाल समूह र केपी ओली समूहबीचको विवाद एकता अघिदेखि नै अस्तित्वमा रहेको र केपी ओली समर्थक समूहभित्र समेत दुई तीनवटा समानान्तर उप समूह रहेको कारण यसले एकीकृत धारणा बनाउन समस्या परेको श्रोतले बतायो । ‘युवा संघभित्र नेतृत्वबीच एकरुपता नहुनु र बोल्ड निर्णय गर्न नसक्दा समस्या देखिएको हो ।’ श्रोतले भन्यो, ‘यसअघिको नेतृत्वको पनि चासो बलियो देखिएको र वर्तमान नेतृत्वको पनि संगठनमा पूर्ण कमाण्ड नहुँदा संख्याको विवाद टुंगिन सकेन ।’ पूर्व वाईसिएलभित्र समूहगत विभाजन नहुनु र देशैभरी नेतृत्वको कमाण्डमा पुरै संगठन भएकोले संख्या र अन्य विषयमा एकीकृत धारणा भएपनि पूर्व युवासंघमा त्यसप्रकारको लिडरसिप नदेखिएको हुँदा समस्या उत्पन्न भएको युवा संघका एकजना पूर्व केन्द्रीय पदाधिकारीले जनाए ।
जनयुद्दमा दलितले बन्दूक बोकेको देख्दा गर्व लाग्थ्यो- प्रचण्ड
काठमाडौंः काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आइसकेपछि पनि दलित समुदायको अवस्थामा सुधार नआएकोमा चिन्ता व्यक्त गरेका छन् । संविधानसभामार्फत दलित समुदायका कतिपय अधिकार सुनिश्चित गरिएको भएपनि समुदायमाथिको विभेद र शोषण उस्तै रहेको उनले बताएका हुन । विगतमा जनयुद्दका बेला दलित समुदायको उल्लेखनीय योगदान रहेको बताउँदै प्रचण्डले अहिलेको अवस्था देख्दा आफै अचम्ममा परेको समेत बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा बिहीबार यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले उक्त धारणा राखेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै “हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो” भने । उनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका एवम् पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पिडित दलित वर्ग विकास समिति खारेज गर्नु जनविरोधी र दलितहित विपरीत हुने भन्दै गम्भीर आपत्ति जनाए । उनले भने,“सामाजिक रूपान्तरणका सिलसिलामा जति काम गरियो धेरै गरे जस्तो लाग्छ तर विभेद्का घटना हेर्दा अझै गर्न बाँकी धेरै रहेछन्, अर्कातिर ती अधिकार र सुविधाहरु बढ्दै जानुपर्नेमा संविधानले दिएका अधिकार पनि खोसिएको देख्दा अत्यन्तै दुःख लागेको छ ।” संविधानमा उल्लेख गरिएको दलित समुदायको हक र त्यो धाराले सुनिश्चित गरेको दलितका अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । अर्का पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गरे । उनले सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउ । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।
अब राजतन्त्रको सपना कसैले नदेखे हुन्छः पूर्वमन्त्री शर्मा
दाङ । पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले अब कसैले राजतन्त्रको सपना देख्छ भने त्यो पूरा नहुने बताएका छन् । आज दाङको हापुरेमा गरिएको शान्ति सम्मेलमा नेता शर्माले यस्तो बताएका हुन्। उनले शान्ति सम्मेलनले शान्ति प्रक्रियालाई बलियो बनाउनेसमेत बताए। हापुरे वार्ताले नै निरुङकुस राजतन्त्र र शान्ति चाहने जनताको विचारलाई सम्मान गरेको उनले बताए। राजतन्त्र जनताको आवाज दवाउन उद्दृत भएकाले केही समस्या आएको भन्दै उनले पछि जनताले र राजनीतिक एकताले त्यो समाप्त गरेको बताए। उनले हापुरे वार्ताले नै संविधान बनाउन सफल भएको र राजनैतिक परिवर्तनसहित आएको स्पष्ट पारे। ‘सबै माग हापुरेका माग हुन्। ती माग हापुरेबाट भएका हुन्। यो हामीले घोषणा गर्नैपर्छ। तर अहिले विभिन्न भ्रम हालेर राजा फर्किने हल्ला बाहिर लगिदै गइएको छ,उनले भने’ त्यो अब सफल हुँदैन। कुनै पनि अवस्था र परिस्थितिले राजा फर्काउँदैन। राजतन्त्रको सपना कसैले नदेखे हुन्छ। कसैले केही लेख्दैमा राजतन्त्र फर्केर आउँदैन।’ उनले गिरिजाप्रसाद कोइराला र प्रचण्डको साहास र योगदानले देश यहाँसम्म आएको प्रष्ट पारे।
इमरान खानको सन्देश बोकेर उपराष्ट्रपति भेट्न पुगे पाकिस्तानी राजदूत
काठमाडौंः पाकिस्तानले जम्मु तथा कश्मिरमाथि भारतीय कदमको बिरोधमा अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको बेला पाकिस्तानी राजदूतले उपराष्ट्रतिसँग शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो । भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए । उनले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताए । भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताए । उनले पाकिस्तानले सधै शान्ति चाहेको र शान्तिको पक्षमा रहेको बताए ।
मृगौलापीडित पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डरको मृत्यु
काठमाडौं, तत्कालिन माओवादीले स्थापना गरेको जनमुक्ति सेनाका सेक्सन कमाण्डर बिरबल बिक ‘मिलन’को निधन भएको छ । मृगौला रोगबाट पीडित मिलनको गएराती निधन भएको हो । उनी विगत ६ महिनादेखि दुबै मृगौलामा समस्या देखिएपछि उपचारमा थिए । मिलन सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ साविक माओवादी केन्द्रका वडाअध्यक्ष , शारदा निमावि क्युरेनी व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । ४० वर्षीय मिलनको निधनपछि सल्यान गृहजिल्ला भएका नेकपा नेता रमेश मल्लले लेखेका छन हामीले कमरेड मिलनलाई बचाउन सकेनौं । मिलन जस्तै हजारौं जनयोद्दाहरु शरीरभरि बम र गोलिका छर्रा बोकेर बाचिरहेका छन । तिनको उपचार, जनयोद्दाको परिवारको रेखदेख र बालबालिकाको शिक्षादिक्षामा सरकार सम्वेदनशिल बनोस, गम्भीर ध्यानाकर्षण गराउँदछु ।
देशव्यापी जागरण अभियानः कांग्रेसले ३१ हजार बढीलाई पार्टी प्रवेश गराउने
काठमाडौंः नेपाली कांग्रेसले भदौ २४ गतेदेखि असोज ७ गतेसम्म दोस्रो चरणको देशव्यापी जागरण अभियान गर्ने भएको छ। कांग्रेसले बीपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा प्रदेश अन्तर्गतका ३३० वटै निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर जागरण अभियान सुरु गर्ने भएको हो । हरेक निर्वाचन क्षेत्रमा १०६ वटा विरुवा गरि देशभर ३४ हजार ९ सय ८० विरुवा रोपिने कांग्रेसको कार्यक्रम रहेको छ। दोस्रो चरणको जागरण अभियानलाई चुस्त दुरुस्त बनाउने र कार्यक्रमका सभा समारोहहरुमा कम भन्दा कम वक्तालाई मात्रै बोल्न दिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। अभियानको क्रममा कम बोल्ने बढी सुन्ने शर्माको भनाई छ। कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता शर्माले यसपटकको जागरण अभियानका क्रममा विशेष सामिजिक संवाद, समाजिक विसंगतिविरुद्धको अभियान, युवा केन्द्रित अभियान, वडा स्तरीय अन्तर्क्रिया लगायतका कार्यक्रम रहेका जानकारी दिए। पहिलो चरणको जागरण अभियानमा ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश गरेकोमा दोस्रो चरणको अभियानमा त्यो भन्दा बढीलाई पार्टी प्रवेश गराउने लक्ष्य रहेको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए।
शाखा सडक निर्माण गर्दा केआई सिंह राजमार्ग जोखिममा
डडेल्धुरा । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग जोखिममा छ । स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी रुपमा राष्ट्रिय राजमार्गसंग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त भएको हो । डडेल्धुरा जिल्लामा बुढर जोगवुढा, उग्रतारा मेलौली, पोखरा बेलापुर, बागबजार बगरकोट सडकलाई मुख्य सडकका रुपमा लिएको भए पनि हाल आउँदा ती सडकबाट पनि विभिन्न ग्रामीण क्षेत्रमा जाने शाखा सडकको निर्माणले गर्दा मुख्यसडक जोखिममा परेको प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ । मापदण्डविपरीत बनाइएका शाखा सडकका कारण राष्ट्रिय राजमार्गको नालीमा अवरोध हुने, सडक अवरोध हुने, सडक बिग्रने गरी पहिरो आउने, सडकको कालोपत्र उप्किदा खाल्टाखुल्टी पर्ने लगायतको समस्या देखिएको छ । सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए । प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिई मापदण्ड पुगाएर सडक निर्माण गर्नुपर्ने भए पनि स्थानीय तहले अटेर गरेर शाखा सडक निर्माण गर्ने गरिरहेको उनले बताए । शाखा सडक निर्माणले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनका लागि समस्या हुने गरेको चालकहरु बताउँछन् । फाइल फाेटाे
इन्सपेक्टर बनाइदिन्छु भन्दै घुस लिने पूर्वसभासद कार्की पक्राउ
काठमाडौं : पूर्वसभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद कार्कीलाई प्रहरीले काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेको छ । नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले पूर्वसभासद कार्कीलाई पक्राउ गरिएको पृष्टि गरे । उनलाई जिल्ला अदालतमा पेस जोशीले जानकारी दिए । सभासद हुँदा इन्सपेक्टर बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको अवस्थामा कार्की भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका थिए । उनलाई २०६७ सालमा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख जरिवाना फैसला गरेको थियो । सर्वोच्च अदालतमा पुनरावेदन गरेका कार्कीविरुद्ध सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो । कार्की पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेका थिए ।

