त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन्।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार उनले दुईमध्ये एक पद छाड्नुपर्ने भएको हो। त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

सो दफामा ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्ने व्यवस्था छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

नेपालमा थपियो अर्को सिकार आरक्ष

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको छ । यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भू–भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् । फाइल फोटो

प्रधानमन्त्री ओली ७४औं राष्ट्रसंघीय महासभामा सहभागी नहुने

काठमाडौं । राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्यूयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए । प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन् । अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

तोकिएको भन्दा ६ महिना अघिनै पोखरा विमानस्थल निर्माण सकिने

पोखराः  निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा छ महिना अगाडि नै सकिने भएको छ । सन् २०२१ जुलाईमा सम्पन्न हुने गरी निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सिएमसीले द्रुत गतिमा काम गरेकाले अवधी भन्दा छ महिना अगाडि नै विमानस्थल निर्माण हुने भएको हो । विमानस्थलको अवलोकन गर्न पोखरा आएका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिएमसीका प्रतिनिधि, आयोजना प्रमुख, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायतले विमानस्थलको भौतिक र आर्थिक प्रगतिसँगै अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँदै छ महिना अगाडिनै निर्माण सक्ने जनाएका थिए । मन्त्री भट्टराईलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले लक्ष्यको १२० प्रतिशत काम भइरहेको भन्दै छ महिना अगाडिनै एक सय ६० सिट क्षमताका फोरडि’ जहाजहरु अवतरण गर्न सक्ने जानकारी गराएका थिए । निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि, आयोजना प्रमुख लगायतको व्रिफिब सुनेपछि उत्साहित बनेका मन्त्री भट्टराईलाई छ महिना अगाडि विमानस्थल सम्पन्न गरी निर्माणमा संलग्नलाई रथयात्रा सहित पोखरा घुमाउँन आग्रह गरेका थिए । आफू मन्त्री भएरदेखि राष्ट्रिय गौरवका आयोजनाहरुमा हरेक दिन भएका प्रगतिको जानकारी लिने गरेको बताउँदै मन्त्री भट्टराईले पोखरा विमानस्थलको प्रगतिले आफूलाई उत्साहित बनाएको बताए । नेपालमा काम ढिलो हुन्छ भन्ने रेडिमेड उत्तर स्थापित हुँदै आइरहेका बेला अरवौं रुपैयाँको लागतमा निर्माण हुने पोखरा विमानस्थल छ महिना अगाडि नै सम्पन्न हुने भएपछि त्यस काममा संलग्नलाई रथयात्रा गरेर सम्मान गर्नुपर्छ ।’ मन्त्री भट्टराईले भने । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, निजगढ विमानस्थलको निर्माण तथा अन्य सञ्चालित विमानस्थलहरुको स्तरोन्नतीलाई आफूले प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै मन्त्री भट्टराईले तोकिएको समयमै भन्दा छिटो सम्पन्न हुनेगरी कामलाई अगाडि बढाइएको जानकारी दिए । मन्त्री भएपछि आफूले गर्नुपर्ने कामको बारेमा भित्रै पुगेर अध्ययन गरिरहेको भन्दै मन्त्री भट्टराईले विमानस्थलको भौतिक तथा आर्थिक प्रगति कस्तो छ भन्ने बारेमा जानकारी लिन आफू पोखरा आएको बताए ।

संविधान दिवसमा घरघर र हातहातमा फहरिने छ राष्ट्रिय झण्डा

काठमाडौंः  राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको आजको बैठकमा सो अवसरमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ । वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । प्लाष्टिकको बनाउन नपाइने र कपडा वा कागजको झण्डा हुनुपर्ने निर्देशिकामा उल्लेख छ । झण्डालाई सम्मानपूर्वक प्रयोग गरी टिसर्टका रुपमा पनि लगाउन पाइने प्रबन्ध गरिएको छ । राष्ट्रिय झण्डा हरेक राष्ट्रको गौरव, सम्मान तथा शान्ति र क्रान्तिको प्रतीक मानिन्छ । राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति र समुदायबीच एकता र सद्भाव कायम गर्नमा झण्डाको भूमिका अतुलनीय हुन्छ । दुई त्रिकोणमध्ये माथि चन्द्र र तल सूर्य अङ्कित सिम्रिक रङको नेपालको राष्ट्रिय झण्डा विश्वकै पृथक र आकर्षकमध्ये मानिन्छ । चन्द्रले शीतल तथा सूर्यले तेज र अटलताको सङ्केत गर्छ । मन्त्री बाँस्कोटाले २०६२÷०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताए । “संविधान त्यतिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्काे राष्ट्रिय दिवस हुँदैन । जो जो जतिसुकै उफ्रेपनि गणतन्त्र फालिँदैन ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो, “कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद तर कर्तव्यको शून्यता देखिन्छ । यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ । हरेक प्रगतिभित्र इतिहासको जीवन्तताको विरासत भने चाहिन्छ ।” उनले सो दिन उत्सवको दिन भएकाले कर्मचारीलाई बिदा दिइए पनि अन्य व्यक्तिगत कामका लागि नभई उत्सव मनाउन बिदा दिइएको स्पष्ट गरे । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दिवसलाई व्यापक र जनस्तरमा लैजान यही भदौ ४ गते सम्पन्न मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनानुसार सबै नेपालीले हाम्रो दिवस हो भन्ने भावना विकासका लागि उपसमितिको महत्वपूर्ण भूमिका हुने बताए ।

व्यवसायी अर्यालद्वारा सिधाकुराका पत्रकारलाई कार उपहार

काठमाडौंः  टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’ का उत्पादक दीपक बोहराले एक जना व्यवसायीबाट कार उपहार पाएका छन् । उनले जापानमा बस्ने रेमिटेन्स कम्पनी इजि लिंक सञ्चालक नेपाली नागरिक डिपी अर्यालबाट कार उपहार पाएका हुन् । कार्यक्रम उत्पादक बोहराले अर्याललाई धन्यवाद दिँदै आफ्नो फेसबुकमा फोटो राख्दै लेखेका छन्, ‘मलाई पनि भित्री आत्मादेखि माया र स्नेह गर्ने दाइहरु छन् । डिपी अर्याल दाइ जसले आफ्नो जीवनको पहिलो यती राम्रो गाडी दिनुभयो । यो गाडी म जीवनभर माया गरेर चलाउने छु । थ्याङ्क यू सो मच दाई ।’ अर्याल को हुन्? उनी रेमिटेन्स कम्पनी इजि लिंकका सञ्चालक हुन् । जसले केही समय पहिला ‘सिधाकुरा जनतासँग’ का सञ्चालक रवि लामिछाने र उत्पादक बोहरालाई जापान लगेर सयौँ नेपालीहरु भेला पारेर इजिलिंकको प्रचार गरेका थिए । उक्त रेमिटेन्स मार्फत जापानमा बस्ने नेपालीहरुले रकम पठाएमा अतिरिक्त एक सय रुपैयाँ अतिरिक्त लिने गरेका छन् । अर्यालले बोहरालाई आफन्त वा नातेदार भएर उपहार दिए वा कुनै व्यवसायीक सम्बन्धका कारण दिए भन्ने कुरा भने खुलेको छैन । पत्रकार आचार संहितामा पत्रकारले पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण गर्न नहुने भनिएको छ । संहिताको पत्रकारले गर्न नहुने कार्य अन्तर्गत बुँदा नम्बर १३ मा भनिएको छ “पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।”

आइतवार सार्वजनिक बिदा

काठमाडौंः  थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अट्वारी पर्व थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतवार र सोमवार मनाइने प्रचलन रहँदै आएको हो ।

टेलिकम बचाउ अभियान सुरु हुँदै

काठमाडौंः  सरकारी स्वामित्वको नेपाल टेलिकम विस्तार धराशायी हुँदै गएको भन्दै नागरिकहरुले टेलिकम बचाउ अभियान गर्ने भएका छन् । नागरिक अधिकार अभियानको आह्वानमा आगामी शुक्रबारदेखि खबरदारी अभियान हुन लागेको हो । भद्रकाली मन्दिर पछाडी नेपाल टेलिकमको कार्यालय आगाडि कार्यक्रम हुन लागेको हो । खबरदारी सभा शुक्रबार ३ बजेदेखि सुरु हुनेछ । नेपाल टेलिकमको खस्किँदो तथा गिर्दो अवस्था, दूरसंचार क्षेत्रमा हुने बेथिति तथा भ्रष्टाचार र नागरिक अधिकारको बिषयमा गैर राजनीतिक नागरिक खबरदारी तथा सचेतना कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । खबरदारी सभामा डा. सुरेन्द्र केसी, सुकदेव भट्टराइ, वरिष्ठ अधिवक्ता ज्योति बानियाँ, पूर्व मिस नेपाल सुबिन लिम्बु, नागरिक अभियन्ताहरु हरिराम रिमाल, ज्ञानेन्द्र शाही लगायतले धारणा राख्ने छन् । सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको वित्तिय विवरण सार्वजनिक भएको थियो । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनमा कम्पनीको खुद नाफा ७ अर्बले कमी आएको छ । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ । टेलिकमको नाफा मात्रै नभई आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षमा टेलिकमलेकुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घटदो अवस्थामा छ । टेलिकमको आम्दानी र नाफा घट्नुको प्रमुख कारण फोजी विस्तारमा ढिलाइ भएको विज्ञहरुको भनाइ छ । आफूभन्दा कम ग्राहक आधार भएको एनसेलको भन्दा टेलिकमको आम्दानी घट्दै जान थालेको छ । बढ्दो भ्रष्टाचारकै कारण टेलिकम पनि खस्किँदै गएकाले खबरदारी सभा गरेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहनेले यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

संविधान दिवसमा घरघर र हातहातमा फहरिनेछ राष्ट्रिय झण्डा

काठमाडौं :  राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बुधबारको बैठकमा सो अवसरमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेकोे छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । प्लाष्टिकको बनाउन नपाइने र कपडा वा कागजको झण्डा हुनुपर्ने निर्देशिकामा उल्लेख छ । झण्डालाई सम्मानपूर्वक प्रयोग गरी टिसर्टका रुपमा पनि लगाउन पाइने प्रबन्ध गरिएको छ । राष्ट्रिय झण्डा हरेक राष्ट्रको गौरव, सम्मान तथा शान्ति र क्रान्तिको प्रतीक मानिन्छ । राष्ट्रिय महत्वलाई झल्काउँदै सबै जातजाति र समुदायबीच एकता र सद्भाव कायम गर्नमा झण्डाको भूमिका अतुलनीय हुन्छ । दुई त्रिकोणमध्ये माथि चन्द्र र तल सूर्य अङ्कित सिम्रिक रङको नेपालको राष्ट्रिय झण्डा विश्वकै पृथक र आकर्षकमध्ये मानिन्छ । चन्द्रले शीतल तथा सूर्यले तेज र अटलताको सङ्केत गर्छ । मन्त्री बाँस्कोटाले २०६२/०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताए । ‘संविधान त्यतिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्काे राष्ट्रिय दिवस हुँदैन । जो जो जतिसुकै उफ्रेपनि गणतन्त्र फालिँदैन,’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने, ‘कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद तर कर्तव्यको शून्यता देखिन्छ । यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ । हरेक प्रगतिभित्र इतिहासको जीवन्तताको विरासत भने चाहिन्छ ।’ उनले सो दिन उत्सवको दिन भएकाले कर्मचारीलाई बिदा दिइए पनि अन्य व्यक्तिगत कामका लागि नभई उत्सव मनाउन बिदा दिइएको स्पष्ट गरे । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दिवसलाई व्यापक र जनस्तरमा लैजान यही भदौ ४ गते सम्पन्न मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनानुसार सबै नेपालीले हाम्रो दिवस हो भन्ने भावना विकासका लागि उपसमितिको महत्वपूर्ण भूमिका हुने बताए । उपसमितिले असोज २ गते नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद र प्रचारप्रसार गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क प्रकाशन गरी संविधानको बहुआयामिक पक्षलाई उजागार गर्ने, सबै सञ्चार माध्यमबाट संविधानको महत्व प्रसारण गर्ने, असोज ३ गतेको मूल कार्यक्रम नेपाल टेलिभिजन, रेडियो नेपाललगायत राष्ट्रिय प्रसारणका साथ प्रत्यक्ष प्रसारण गर्ने, रेडियो नेपालले असोज ४ गते जागरण गीत सम्मेलन गर्ने, ‘मास एसएमएस’ गर्ने, सिनेमा हलमा सिनेमा प्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाउने आदि कार्यबारे जिम्मेवारी बाँडफाँट गरेको छ । दिवसलाई औपचारिक नबनाई जनजनमा संविधानबारे चेतना फैलाउनुपर्ने, प्रचार सामग्री तयार गर्ने, संविधानसँगका जल्दोबल्दो विषय पहिचान गर्नुपर्ने, व्यवसायीले सामानहरुमा विशेष छुट दिने, निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, विद्यालय तहमा संविधानबारे प्रचार गर्ने आदि सुझाव बैठकमा दिइएको छ । दिवसको मूल नारा ‘संविधान तथा राष्ट्रिय दिवस हर्षाेल्लासपूर्वक मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने तय भएको छ । उक्त नारा मोबाइलमा एसएमएस सन्देशमार्फत सबैलाई दिवसका अवसरमा पठाइनेछ । सन्देशमा झण्डाको रङ र आकारका बारेमा पनि जानकारी दिइनेछ । बैठकमा राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले जनस्तरमा संविधानबारे जनचेतना पु¥याउन विद्यार्थीमाझ संविधान र यससँग सम्बन्धित हाजिरीजवाफ गर्न सकिने सुझाव दिनुभयो । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले संविधानबारे पर्याप्त प्रचार सामग्री तयार गरी वितरण गर्नुपर्ने बताउनुभयो । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले झण्डाहरुमार्फत राष्ट्रियताको थप प्रवद्र्धन गर्न देखिए पनि दिवसलाई परम्परागतभन्दा थप नयाँपनका साथ मनाउनुपर्ने बताउनुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले निजी विद्यालयहरुमा विद्यार्थीलाई झण्डा प्रयोगलगायत अन्य गतिविधि आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मूल समारोह समितिले यस वर्ष असोज २ गतेदेखि त्रिदिवसीय मुख्य कार्यक्रम तय गरेको छ, जसमा असोज २ गतेदेखि ४ गतेसम्म साँझ दीपावली गर्नेलगायत छन् । समितिले राष्ट्रिय झण्डा, व्यानरसहित सरसफाइ, असोज ३ गते सूर्याेदयका साथ नेपाली सेनाले बिगुल बजाउने, शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्ने, सबै कर्मचारीले हात हातमा राष्ट्रिय झण्डासहित मुख्य कार्यक्रममा उपस्थित हुने, सांस्कृतिक झलक गर्ने, सबै जिल्लामा वृक्षरोपण र रक्तदानलगायका मुख्य कार्यक्रम तय गरेको छ । दिवसलाई सङ्घ, प्रदेश र स्थानीय तहमा मनाउन पत्राचार गरिएको छ । मूल समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको संयोजकत्वमा ३१ सदस्यीय सदस्यीय उपसमिति गठन गरेको थियो । (रासस)

मन्त्री भट्टराईको प्रश्न, ‘जहाजमा लैजाने के के माल छ तपाईहरुसँग ?’

पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रश्न सोधेपछि पोखराका जनप्रतिनिधि एकछिन अक्मकाए । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले प्रश्न तेस्र्याएका थिए । नाफा भएपछि मात्रै जहाज चल्ने प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले मान्छे ओसारेर मात्रै जहाज नाफामा नजाने बताएका थिए । त्यसपछि उनले सोधे, “मान्छेबाहेक प्लेनमा बोकाएर पठाउने के छ तपाईंहरुसँग ?” मन्त्रीको आशय पोखराबाट अन्य क्षेत्रमा उत्पादनमूलक सामग्री कार्गोमार्फत पठाउन सके जहाज नाफामा जान्छ भन्नेतर्फ थियो । उनले अगाडि भने, “हवाइजहाजले मान्छे मात्रै नबोकेर व्यापार पनि गर्नुपर्ने हुन्छ । ‘यहाँबाट कार्गो हुन सक्छ। कार्गोका निम्ति मालसामान चाहियो। अब माल बोकेर जानुपर्‍यो। माल के छ तपाईंहरुसँग ? तपाईंले के माल बोकाएर पठाउनुहुन्छ प्लेनमा ? सोच्नुस्।” मन्त्रीले पोखराका मानिसहरुले टनका टन माल बोकेर जाने किसिमले उत्पादन गर्न सुझाव दिए । विमानस्थल बनिसकेपछि पोखराका हालका सडक उपयुक्त नहुने, हालकै होटलले व्यापार गर्न नसक्ने बताए। सडकलगायत पूर्वाधार स्तरीय बनाउन तयारी थालिहाल्नुपर्ने आवश्यकता उनले औंल्याए। सडकको कुरा पोखरा विमानस्थलसँग सम्बन्धित भएपनि आफ्नो जिम्मा नभएको उनले जनाए। त्यसका लागि आवश्यक परे आयोजना, प्रदेश र स्थानीतहबीच समन्वय गर्ने संयन्त्र बनाउनपर्ने उनले बताए। मन्त्री भट्टराईले पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले हरेक दिन अनुगमन भइरहने बताए। उनका अनुसार अध्यागमनले ग्राउन्ड ह्यान्डलिङ, भिसा जाँच, कस्टम लगायतका लागि आवश्यक तयारी गरेको छ।

विप्लव र राजावादीबीच साँठगाँठ ?

काठमाडौंः अलिकति इतिहासको कुरा नेपालको कम्युनिष्ट आन्दोलनको स्थापनादेखि नै भारत र राजालाई हेर्ने सवालमा दुई धार देखिए । कम्युनिष्टहरुले समाजको तत्कालिन परिस्थितिको ब्याख्या गर्दै त्यसलाई बदल्न बनाउने रणनीतिमा प्रधान अन्तरविरोध को सँग हुने भन्ने विषयका आधारमा तत्कालिन कार्यनीति, कार्यक्रम र संघर्षको स्वरुप निर्धारण गर्ने गर्दछन् । जोविरुद्ध तत्कालका लागि संघर्ष गर्नुपर्ने हो, त्यो प्रधान अन्तविरोधी शक्ति हुन्छ । रणनीतिकरुपमा मुख्य बिरोधी शक्तिसँगको संघर्षमा अन्य बिरोधी शक्तिसँग मोर्चागत एकताको समेत परिकल्पना कम्युनिष्टहरुले गरेका हुन्छन् । नेपालमा २००७ सालको राजनीतिक परिवर्तनपछि भारतको प्रत्यक्ष राजनीतिक हस्तक्षेप देखा पर्दै आयो । पछि २०१७ मा पञ्चायत शासन लागू भएपछि यसका बिरुद्ध समेत संघर्ष शुरु भयो । यही बिन्दुमा आएर कम्युनिष्टहरु विभाजित भए । एकथरिले भने– राजा नै नेपाली क्रान्तिको प्रधान निशाना बन्नुपर्छ । राजनीतिक भाषामा नेपाली सामन्तवादको संरक्षक राजतन्त्र भएकोले पहिलो निशाना राजालाई बनाउनुपर्छ र यसका लागि भारतप्रति नरम बन्नुपर्छ । अर्कोथरिले भने– प्रधान शत्रु भारत हो, राष्ट्रिय स्वाधिनताको लडाईं लडने क्रममा राजा पनि साथमा लिएर जानुपर्छ । राजासँगको संघर्ष प्रधान होइन, सहायक हो । त्यसैले नेपाली कम्युनिष्टहरु कुनै बेला राजासँग नजिक हुने र भारतको बिरोध गर्ने अनि भारतसँग नजिक हुने र राजाको बिरोध गर्दै आएको इतिहास देखिन्छ । कतिपय अवस्थामा भने खासगरी तत्कालिन माओवादी र मसालले राजा र भारतीय बिस्तारविरुद्ध समानस्तरमा अन्तरविरोध रहेकोले क्रान्ति या कार्यक्रमको निशाना दुबै बन्नुपर्छ भन्ने मत समेत राखेको पाइन्छ । अहिले यो प्रसंग उल्लेख गर्नुको कारण के हो भने पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा यसप्रकारका प्रयोगहरु फेरी शुरु भएका छन् । राजा गएपछि गणतन्त्र निशानामा राजा गइसकेपछि पनि नेपाली समाजको एउटा तप्काले राजाको समर्थन गर्दछ । राजाको समर्थन भनेको व्यक्तिको मात्र समर्थन नभई राजतन्त्र नामक राजनीतिक संस्थाको समर्थन हो । एकथरिले राजालाई हिन्दुधर्मसँग जोड्छन् । यसरी राजा या राजतन्त्रका समर्थक र हिन्दु राष्ट्र नेपालका पक्षधरहरु एउटा कित्तामा उभिन पुगेका छन् । उनीहरुले वर्तमान व्यवस्थाको बिरोध गर्दछन् । गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक संघीयताको बिरोध गर्दछन् । एउटा उत्तर र एउटा दक्षिण बाटोमा हिँडिरहेका भए पनि दुबैका लागि एउटा मध्यबिन्दु बनेको छ । यो मध्यबिन्दुमा वर्तमान व्यवस्था छ, वर्तमान सरकार छ । अर्कोतर्फ अति क्रान्तिकारी चरित्र रहेको दावी गर्ने नेत्र बिक्रम चन्द नेतृत्वको पार्टीले समेत अहिलेको संविधानलाई अस्वीकार गर्दछ । उसले संसदीय व्यवस्थालाई भत्काउनु पर्ने मत राख्दछ । राजनीतिक विचारका हिसाबले बिप्लवले अग्रगामी कुरा गर्छ भने राजावादी प्लस हिन्दुवादीहरुले पश्चमगमनको कुरा गर्छन् । एउटा फेरी हिन्दु राजतन्त्रात्मक नेपालको कुरा गर्छ भने अर्कोले अहिलेको बहुदलीय संसदीय व्यवस्थाको ठाउँमा समाजवादको कुरा गर्छ । एजेण्डाका हिसाबले विप्लवहरु प्रगतिशील देखिएका छन् भने राजावादीहरु प्रतिगामी भूमिकामा छन् । बाटो उल्टो निशाना एउटै तर उनीहरुबीच एउटा कुरामा समानता देखिएको छ । दुबैका लागि अहिलेको संसदीय व्यवस्था र यसलाई समर्थन गर्ने दलहरु मुख्य बिरोधी देखिएका छन् । विप्लव समूहले आफ्ना राजनीतिक दस्तावेजमा प्रधान अन्तरविरोध दलाल पूँजिवादी राज्यसत्ता मान्छ भने राजावादीहरुले गणतन्त्रात्मक संसदीय व्यवस्था नै मुख्य बाधक भएको मान्दछ । एउटा उत्तर र एउटा दक्षिण बाटोमा हिंडिरहेका भएपनि दुबैका लागि एउटा मध्यबिन्दु बनेको छ । यो मध्यबिन्दुमा वर्तमान व्यवस्था छ, वर्तमान सरकार छ । तसर्थ, कार्यनीतिकरुपमा कतिपय अवस्थामा विप्लव र राजावादीहरुबीच साँठगाँठ देखिएको हो । पछिल्ला दिनहरुमा राजावादी र विप्लववादीका गतिविधि चुलिएका छन् । राजावादीहरु खुलेआम गतिविधि गरिरहेका छन् भने विप्लव समूहमाथि प्रतिबन्ध लागेको छ । दुबैले संविधानको बिरोध गरेका छन् । सरकारका काम कारवाहीप्रति जनता पूर्ण सन्तुष्ट हुन नसक्दा र सरकारको अनुभूति त्यो तहसम्म हुन नसक्दा दुबै समूहले समाजको एउटा तप्कालाई आकर्षण गर्न सकेका छन् । तर दुबैको निसानामा सरकार भएकोले कतिपय घटनाहरुमा उनीहरु एकै ठाउँमा देखिएका छन् । त्यसो भए के दुबै राजावादी र विप्लवहरुले अहिलेको व्यवस्थालाई निशाना बनाउने नाममा अघोषित मोर्चाबन्दी गरेका हुन त ? पुडासैनी प्रकरणमा मौनता ? प्रायःजसो स–साना घटनामा पनि रिएक्टिभ हुने विप्लव समूह देश र विदेशमा नै ठूलो हलचल मच्च्याएको रबि लामिछाने प्रकरणमा भने मौन देखियो । जबकि निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा भने विप्लव समूहले निकै सक्रियता देखाउँदै आफूले हत्यारा पत्ता लगाई कार्वाही गर्ने सम्मको विज्ञप्ती निकाल्यो । तर चितवन प्रकरणमा भने रवि लामिछाने पक्राउ परेदेखि रिहाईसम्म विप्लव समूह कतै देखिएन । संयोग चाहिं के थियो भने रवि समर्थकहरुको आन्दोलनमा पूर्व राजारानीका तस्वीर अंकित टिशर्ट लगाएका युवाहरुको जमात उल्लेख्य नै देखिन्थ्यो । यता विप्लवहरुको मौनता र उता राजावादीहरुले आन्दोलनलाई प्रयोग गर्नुका पछाडि के अर्थ हुनसक्छ ? त्यो भने समयले स्पष्ट गर्ने छ । जबकि सामान्यरुपमा ससाना घटनामा पनि विप्लव समूहले आफ्नो प्रतिक्रिया जनाएको हुन्छ । अर्को संयोग एउटा प्रतिक्षालय भत्काएको आरोपमा त्यहि बेला विप्लव समूहले चितवन बन्दको आयोजना गरेको थियो । त्यसो भए के दुबै राजावादी र विप्लवहरुले अहिलेको व्यवस्थालाई निशाना बनाउने नाममा अघोषित मोर्चाबन्दी गरेका हुन त ? राजनीतिकरुपमा विप्लव समूह र राजाबादीको बाटो ठ्याक्कै उल्टो भएकोले यो कुरा पत्याउन नसकिएला तर वर्तमान सत्तासँग उनीहरु दुबैको अन्तरविरोध र तथाकथित राष्ट्रवादको नाममा दुबैबीच सामिप्यता नहोला र ? अर्को घटना, आन्दोलनको समापन भएकै दिन विप्लव समूहका केही सामाजिक सञ्जालमा रहेका समूह र व्यक्तिबाट प्रचण्डलाई लक्षित गरेर भिडियो र पोष्टहरु सार्वजनिक भए । यो बीचमा प्रचण्ड सबैभन्दा बढी आन्दोलनकारीको प्रहारमा थिए । रवि लामिछानेको आन्दोलन एकअर्थमा प्रचण्डविरुद्ध केन्द्रीत थियो भन्दा पनि फरक नपर्ला । र, रविहरुको आलोचनामाथि विप्लव समूहका ती सामाजिक सञ्जालका पेजहरुले थप योगदान दिए । प्रचण्डको ३३ दलको आन्दोलनका बेलाको एउटा भिडियो विप्लव फ्यान क्लब, काठमाडौंका नामले सार्वजनिक गरियो । अनि यो भिडियोलाई रवि लामिछाने समर्थकहरुले निकै जोडतोडका साथ प्रचार प्रसार गरे । दुबै समूहबीच घोषितरुपमा सल्लाह भएर यसो नभएको हुनसक्ला तर प्रवृत्तिगतरुपमा दुबै एकै ठाउँ देखिए । दुबैका विचार फरक भएपनि दुबैको क्रियाकलाप एउटै बिन्दुमा देखिए  । तर एउटा सत्य के हो भने वर्तमान व्यवस्था नै सबैथोक नभएपनि राजावादीहरुका क्रियाकलाप भोली विप्लवकै सत्ता आएमा पनि परिवर्तनका सबैभन्दा ठूलो बाधक हुन । राजावादीहरुले सत्ताको बिरोध गर्दा खुसी हुने अवस्थाको सबैभन्दा ठूलो प्रहार प्रगतिशील शक्तिहरुमा नै पर्छ । माथि नै भनियो, विप्लव प्रगतिशील समूह हो, राजावादीहरु प्रतिगामी समूह हो । त्यसैले उपलब्धि रक्ष ागर्ने सवालमा जतिसुकै अन्तरविरोध भएपनि वर्तमान सत्ता या सरकारको बिरोध गर्ने अवस्थामा विप्लव र राजावादी एक ठाउँ भएको कुनै पनि अर्थमा सुहाउँदैन ।

विदेश भ्रमणको निहुँमा गोप्य भेटघाटमा पूर्वराजा

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाहले विदेश भ्रमणका क्रममा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूसँग हिमचिम बढाउँदै गैरहेको समाचार बाहिरिएको छ। पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा शाहले राजनीतिक भेटवार्ता सुरु गरेको समाचारलाई आएपछि शाहको बैंकक बसाईलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको हो । पूर्वराजाको यस भ्रमणलाई नेपालमात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ हेरिरहेका छन् । विशेष सूत्रलाई उद्धृत गर्दै रिपोर्टर्स क्लबले प्रकाशित गरेको समाचारमा बैंकक बसाईको क्रममा पूर्वराजा शाहले भारत र चीन दुवै देशका विशेष एजेन्सीको प्रतिनिधिहरुसँग समेत भेटवार्ता सुरु गरेका छन् । नेपालमा पछिल्लो समय राजावादीहरु सक्रिय भैरहेको अड्कलबाजी सुरु भएको अवस्थामा उनको बैंकक बसाई र विभिन्न एजेन्सीका प्रतिनिधिहरुसँगको भेटवार्ताले विशेष रूपमा हेरिएको छ । २४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका थिए । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । उनले त्यहाँबाट अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ । नातिनीहरू बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवतजावत बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक र कूटनीतिक सक्रियता बढाइरहेको भनिएको छ । पूर्वराजा शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेको समाचारले विशेष चर्चा पाएको थियो । स्रोतले कोइरालाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको दाबी गरेको छ । तर, कोइरालाले भने यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । एक महिनाको अन्तरालमा पूर्वराजा शाह पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए ।

अस्मिताको मात्र बयान सकियाे, आज पनि रवि प्रहरी हिरासतमै रहने

काठमाडौं । अदालत चितवनले आज बयान नसकिएपछि टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीका अनुसार भोलि १० बजेबाट पुनः बयान सुरु हुनेछ ।

वनको जमिन भूमिहीन र सुकुम्बासीलाई वितरण गरिने छैनः मन्त्री अर्याल

काठमाडौंः  राष्ट्रियसभाको बैठकले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक प्रस्तुत गरेकी थिइन् । विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा मन्त्री अर्यालले संविधान प्रदत्त मौलिक अधिकारलाई हनन् हुने गरी विधेयक नआएको स्पष्ट पारिन् । उनले भनिन्, ‘संविधानले व्यक्तिको सम्पत्ति संरक्षण गरेको छ । यसको प्रतिकूल हुने गरी विधेयक आएको छैन । भूमि व्यवस्थामार्फत नै समृद्धि आउनेछ ।’ भूमि नीति कार्यान्वयनमा आइसकेको सन्दर्भमा ‘देशमा कोही पनि भूमिहीन र सुकुम्बासी हुने छैनन्’ भन्ने मनशायबाट विधेयक आएको स्पष्ट पार्दै मन्त्री अर्यालले १२ प्रकारका अव्यवस्थित बसोवासीलाई विधेयकले फरकफरक विधिबाट समस्या सम्बोधन गर्ने जिकिर गरिन् । उनले भनिन्, ‘वन क्षेत्रको जमिन भूमिहीन र सुकुम्बासीलाई वितरण गरिने छैन । देशभर जमिनको पुनः नापी सरकारले चलाउने छ । हदबन्दीको जमिन बिक्री वितरण गर्न विधेयकले फुकुवा गरेको छ ।’ यसअघि विधेयक माथिको छलफलमा भाग लिँदै सांसद ठेगेन्द्रप्रकाश पुरी, रमेशप्रसाद यादव, रामनारायण विडारी, रामचन्द्र राई, रामप्रित पासवान, जीतेन्द्रनारायण देव, राधेश्याम अधिकारी, वृशेसचन्द्र लाल, बलराम बाँस्कोटा, खिमलाल भट्टराईले भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न विधेयकमा थप परिमार्जनको आवश्यकता औँल्याए । सांसदहरुले हदबन्दीको भूमि बिक्री गर्न विधेयकले छुट दिएकामा आपत्ति जनाउँदै सुकुम्बासी र भूमिहीनका समस्या देखाएर वन फँडानी हुने खतरा बढेकामा चिन्ता व्यक्त गर्दै सरकारी जमिन संरक्षणमा विशेष ध्यान दिन सुझावसमेत दिए । विसं २०४६ देखि पछिल्लो समयसम्म आउँदा सुकुम्बासी तथा भूमिहीन नागरिकका समस्या सम्बोधन गर्न १५ वटा आयोग बनेका तर उल्लेखनीय सुधार आउन नसकेको भन्दै उनीहरुले विधेयकले अब समस्या समाधान गर्नुपर्छ भने ।

भारतीय नागरिक र दाजुभाईबाटै बलात्कृत भए १६ र ८ वर्षीया किशोरी, ४ जना हिरासतमा

काठमाडौं । आफ्नै दाजुबाट बलात्कृत भएका दुई किशोरीको बयानका आधारमा चार जनालाई प्रहरीले हिरासतमा लिएको छ । ललितपुरको बुथाथोकी गाउँ निवासी दुई किशोरी आफ्नै दाजु र भाईबाट बलात्कृत भएका हुन । एउटै घरमा बस्ने भारतीय नागरिकले शुरुमा बलात्कार गरेको र पछि आफ्नै दाईले बलात्कार गरेको किशोरीले बताएकी छिन् । सोही घरमा नै अर्की किशोरीलाई भने भाईले बलात्कार गरेका छन् । सीता र गीतालाई बलात्कार गरेको आरोपमा यतिबेला उनीहरुका दाजुभाइसँगै ४ जना महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा छन् । उनीहरु एउटै घरका दुइए वटा तलमा बेग्लाबेग्लै कोठा भाडामा लिएर बसेका थिए । सोही घरमा पेन्टरको काम गर्दै आएका ३७ वर्षीय भारतीय नागरिकले बलात्कार गरेको हो । निज मण्डलले ८ वर्षकी गीतालाई ३० रुपैयाँ र १६ वर्षकी सीतालाई ५० रुपैयाँ दिएर शुरुमा एकै पटक बलात्कार गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । प्रहरीलाई उनीहरु बस्दै आएको घरबेटीले घटनाबारे जानकारी दिएपछि उनीहरु पक्राउ परेका हुन् । १६ वर्षीया सीताले घटनाबारे घरबेटीलाई बताएकी थिइन । घटनाबारे परिवारलाई थाहा भएपछि गीता र सीताले प्रहरीमा उनीहरु चारैजना विरुद्ध जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । सोही आधारमा चारैजना भदौ ७ गते साँझ आफ्नै डेराबाट पक्राउ परेका हुन् । पक्राउ परेका चारैजना माथि जबर्जस्ती करणी मुद्दामा आज जिल्ला अदालत ललितपुरमा म्याद थप हुने प्रहरीले जनाएको छ । रातोपाटीमा प्रकाशित समाचार अनुसार, विगत केही महिना यता मण्डलले कहिले २० त कहिले ३० रुपैयाँ दिएर फकाउँदै उनीहरुमाथि यौनशोषण गर्दै आएका थिए । एसएसपी धानुकले भने, ‘मण्डलले छुट्टै बोलाएर पनि उनीहरुमाथि यौनशोषण गर्दै आएको पाइएको छ ।’ घरमा कोही नभएको मौकामा मण्डल उनीहरुको कोठामा जाने र फकाउँदै शोषण गर्ने गरेको एसएसपी धानुकको भनाइ छ । मण्डलसँगै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका अन्य २ जनामा सीताका भाइ र गीताको दाइ रहेका छन् । प्रहरीका अनुसार १६ वर्ष टेकेका भाइले सीतालाई पटक–पटक यौनशोषण गर्दै आएको खुल्न आएको छ । घरमा आमाबुबा नभएको मौकामा भाँडाकुट्टी खेल्ने भन्दै कोठामै सीतालाई यौनशोषण गर्दै आएको पाइएको हो । एउटै घरमा सँगै बस्ने भएपछि सीताको कोठामा गीता र उनको दाइ पनि खेल्न आउँथेँ । सोही क्रममा गीताको ११ वर्षीय दाइले पनि सीतालाई बलात्कार गरेको खुल्न आएको छ । यता, गीतालाई पनि सीताको भाइले बलात्कार गर्दै आएको प्रहरीको भनाइ छ । चार जना मिलेर भाँडाकुट्टी खेल्ने भन्दै कोठामै जबर्जस्ती करणी हुने गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए । यसैगरी मोरङ पथरी घर भई हाल ललितपुर महानगरपालिका–१४ शोभाहिटी बस्दै आएका १९ वर्षीय विकेश खड्का पनि १६ वर्षीया सीतालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । विकेशले प्रहरीसमक्ष डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको सीतालाई पछिल्लो समय नदेखेको बताएका छन् । सीतासँग डेढ वर्षअघि सहमतिमै यौनसम्पर्क भएको विकेशको भनाइ छ । त्यतिबेला सीताको स्कुल छुट्टी हुनासाथ हामी भेटेर सीताकै कोठामा गएर यौनसम्पर्क गर्ने गरेको विकेशले प्रहरी समक्ष बताएका छन् । प्रहरीका अनुसार विकेशविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै सीताले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन् । १६ वर्षीया सीता ४ जनाबाट बलात्कारको शिकार भएकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सीतालाई सुरुमा भारतीय नागरिक सञ्जय मण्डलले बलात्कार गरेका थिए । यस्तै विकेशले पनि प्रहरी समक्ष सीतासँग यौनसम्पर्क राख्ने गरेको बताएका छन् । आफ्नै भाइ र गीताको भाइबाट पनि सीता शिकार भएकी छन् । यता, गीता भने ३ जनाको शिकार भएकी छन् । सुरुमा भारतीय नागरिक मण्डलको शिकार भएकी गीता विकेशसँग भने जोगिएकी छन् । सीताको भाइ र आफ्नै दाइबाट पनि गीता यौनशोषणको शिकार भएकी छन् ।  

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सांसदको माग

काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। आजको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले राजाबाट नागरिक बन्न स्वीकार गरेको ज्ञानेन्द्र शाह र उनका छोरा पारसको अवाञ्छित गतिविधिहरु बढिरहेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे। उनले भने, ‘दिनदहाडै विमानस्थलमा पारसको ताण्डव नृत्यको विरुद्धको सरकारको ध्यानाकर्षण भएको छ कि छैन?’ सांसद बाँस्कोटाले रवी लामिछानेको नाममा भइरहेको भीडतन्त्र नियन्त्रण गर्न पनि माग गरे। दिनदडाहै संविधान विरोधी गतिविधि गरेको भन्दै उनले आपत्ति समेत जनाए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वराजालाई खेल्ने मौका दलहरुले नै दिएको आरोप लगाए । दलहरुको द्वन्द्वले यो अवस्था सिर्जना भएको उनको निष्कर्ष छ। मुलुकलाई समृद्धिमा लैजान सदनमा भएका दलको एउटै लक्ष्य हुनुपर्ने उनले बताए। मिलेर गए मात्रै परिवर्तन संस्थागत हुने उनको भनाई छ।