सेती नदीमा बगेर ७ जनाको मृत्यु

डोटी । डोटीमा  सेती नदीले गएको वैशाख महिनायता स्थानीयवासी ७ जनाको ज्यान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् ।

करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।

पाँच महीनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो व्यक्तिका रूपमा सेती नदीमा डुबेर मृत्यु भयो ।

शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएको उनको शव नौ दिनपछि फेला परेको थियो ।

त्यस्तै शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा जेठ ५ गते सेती नदीमै नुहाउने क्रममा डुबेर बेपत्ता भइन् । फुपूदिदीको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा गाउँ नजिक रहेको सेती नदीमा बेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन ।

यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुबेर बेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११ गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुबेर बेपत्ता भएका थिए । उनको शव पनि १३ दिनपछि फेला परेको थियो ।

आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा बेपत्ता भइन् । मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिइन् । उनको शव पनि अहिलेसम्म फेला परेको छैन ।

शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुबे । उनको शव डुबेको ठाउँबाट करीब तीन किलोमिटर तल फेला पर्यो । त्यस्तै आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन् । उनको शव पनि अहिलेसम्म फेला परेको छैन ।

त्यसैगरी यही भदौ १ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुबेर मृत्यु भयो । मामाको घर गएकी करिश्मा १ गते आइतबार बिहान करीब १० बजे सेतीमा डुबेकी हुन् । उनको शव बगेको ठाउँबाट करीब एक किलोमिटर तल मटेलामा फेलापरेको थियो ।

सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताउए ।

उनले भने, “सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो र तीव्र छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति सेती नदीमा छिट्टै डुब्ने गर्छन् ।” चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुब्ने गरेको उनको भनाइ छ । रासस

अदालतमा आजै थुनछेक बहस हुनसक्ने, रवि धरौटीमा छुट्ने सम्भावना !

चितवनः  चितवन प्रहरीले अनुसन्धानको सबै तथ्यसहित तयार पारेका मिसिलसहित आजै मुद्दा दर्ता गर्ने भएको छ । शालिक राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछानेसहितका प्रतिवादीलाई सरकारी वकिल कार्यालयले आजै अदालतमा पेश गर्ने र आज नै थुनछेक बहस हुनसक्ने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । आज थुनछेक बहस नभएको खण्डमा भने रवि लामिछानेलाई थप हिरासतमा राखिने अवस्था रहेका बताइन्छ । आज थुनछेक बहस सकिएको खण्डमा रवि लामिछाने धरौटीमा रिहा हुने सम्भावना बढेको हो । तर अदालतमा बहस गर्ने वकिलहरुको संख्या ठूलो भएका कारण आज नै आदेश नहुने सम्भावना समेत रहेको छ । यस्तोमा हेर्दाहेर्दैमा मुद्दाको निर्णय राखेर भोली फेरी बहस हुन सक्छ । आज अन्तीम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ । त्यसपछि आजै थुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन् । देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ । जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ । प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन भने आरोपी अस्मिता कार्किको तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको कोठाभित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मृत्यु अघि रेकर्ड गराएको भनिएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि उनिहरु तिनै जना साउन ३० गत्ते काठमाण्डौबाट पक्राउ परेका हुन ।

प्रधानमन्त्री ओलीलाई ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने

काठमाडौंः  सिंगापुरमा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। ओलीलाई शुक्रबार पहिलोपटक फेरेसिस गरिएको छ। यही अबस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाई छ। चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको बिरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचारविधि प्रयोग गरिन्छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ। चिकित्सक लोचन कार्कीका अनुसार मिर्गौलालाई कमजोर पार्ने एन्टीबडीसहितको प्लाज्मालाई निकालेर एन्टीबडीरहित प्लाज्मा फेर्ने उपचार विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।

दुई सातादेखि अवरुद्ध अरुणखोला पुल सञ्चालन

दुई सातादेखि अवरुद्ध भएको पुल पुनः सञ्चालनमा आएको छ । ट्रक दुर्घटना हुँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तरगत अरुणखोलाको पुल भाँचिएको थियो । अहिले पुललाई मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको छ । यो बीचमा डाइभर्सन गरेर गाडी पास गर्ने गरिएको थियो । शनिबार आएको बाढीले पुल देखि दक्षिणतर्फ बनाएको डाइभर्सन फेरि बगाए पछि सतह पुलबाट यातायात सञ्चालनमा ल्याइएको हो। डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनिले भाचिएको पुल मर्मत भइसकेका कारण त्यहाबाट हिडाउन मिल्ने भएकाले गाडि छाडिएको जानकारी दिए। ‘पुलको स्ल्याब केही फुटेको छ त्यसले रोकिन पर्दैन,’ उनले भने। गाडि चलाएरै पनि फुटेको भाग (सतह मर्मत) गर्न सकिने भएकाले फेरि पानी रोकिएपछि डाइभर्सन सडक प्रयोग गर्न नपर्ने उनले बताए। करिब २ साता अघि अरुणखोला पुल किनारको फलामे बारमा ट्रक ठोक्किएका कारण पुल भाचिएपछि महेन्द्रराजमार्गको यातायात ठप्प भएको थियो। पुलबाट हिड्न नमिल्ने भएपछि खोलामा हयूमपाइप राखेर बनाएको डाइभर्सन सडक यस अघि ४ पटक बाढीले बगाउँदा महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम हिड्ने हजारौ यात्रुले सास्ती ब्यहोरेका थिए। नवलपरासी अन्तरगत महेन्द्रराजमार्गमा रहेका ४ वटा पुल यस अघि पनि पटक–पटक भाचिएका थिए।३ वर्ष अघि गैडाकोटमा रहेको जयश्री खोलाको पुल भाचिदा नयाँ पुल बनाउन ३ वर्ष लागेको थियो।

४ वर्ष जेलमा बिताएपछि अदालतले निर्दोष साबित गरेपछि (पढ्नुस खुलबहादुरको व्यथा)

काठमाडौँ । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो । सर्वोच्च अदालतले गतसाता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकास हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकिएको छ । कुँवरले २०३६ साल फागुन १ गते प्रहरीमा जागिर खाएका थिए । ४२ असार ३० गते मध्यक्षेत्रीय तालिम केन्द्र काठमाडौं सरुवा भए । साउन १८ गते बढुवा भएर उनी तालिक केन्द्रमै कार्यरत रहेका थिए । ०४४ माघमा कोतमा रहेकामध्ये दुई रिभल्वर कम भेटियो । उनले तत्काल आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई घटनाबारे जानकारी गराए । त्यसपछि नै उनलाई हतियार चोरेको आरोप लगाउँदै जेल सजायसहित जारीरबाट हटाइएको थियो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

खुशीको खबरः आवेदन फारम भर्दा गल्ती भए सच्च्याउने मौका

अध्यापन अनुमति पत्रको आवेदनमा कुनै गलत विवरण त परेका छैन । त्यसो भए नआत्तिनुस । शिक्षा सेवा आयोगले कुनै त्यस्तो विवरण परेको भए पुनः सच्याउन मौका दिएको छ । आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो। गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए। भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ। आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताए।

हिंड्दाहिंडदै लडेर एककाे मृत्यु

कैलालीमा हिडिरहेको अवस्थामा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका १ बस्ने ७० बर्षीय खुलसी डगौराको बाटोमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाईते भएकी थिईन्। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।   

रविलाई अाज अदालत लगिने, ३ दिन म्याद थप हुन सक्ने !

चितवन, पत्रकार शालिकराम पुडासैनीकाे अात्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिईएका रवि लामिछानेलाई अाज म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिदैछ । गत अाईतबार अदालतले ५ दिन म्याद थप गरि अनुसन्धानका का लागि हिरासतमा राख्ने अादेश दिएकाे थियाे । रवि लामिछानेकाे बयान सकिएपनि अस्मिता कार्की र उनकाे बयानका कतिपय तथ्यहरु बाझिएकाे र प्राविधिक पक्षका तथ्यहरुबारे थप बयान लिनुपर्ने देखिएकाेले सरकारी वकिलका तर्फबाट पुन म्याद थपका लागि अदालतमा अपील हुने देखिन्छ । नेपालकाे कानुन अनुसार प्रहरीले २५ दिनभित्र अदालतमा अभियाेजनपत्रसहित मुद्दा दर्ता गर्नुपर्ने नियम छ । पुडासैनीका अधिवक्ता स्वागत नेपालका अनुसार, अनुसन्धान अझै नसकिएकाेले रविलाई हिरासतमा रतख्न म्याद थप हुने छ । पक्राउ परेपछि १० दिनदेखि रवि प्रअरि हिरासतमा नै छन् ।।शुरुमा प्रहरिले १०दिनकाे म्याद थपका लागि अादेश माग गरेपनि अदालतले ५ दिन म्याद दिएकाे थियाे । प्रहरिले शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएकाे भिडियाेमा उल्लेख गरिएका सबै तथ्यहरुकाे विभिन्न काेणबाट अनुसन्धान गरिरहेकाे छ । यााेाे अनुसन्धानका क्रममा रवि लामिछानेका कारण अात्महत्याकाे परिस्थिति सिर्जना भएकाे हाे वा हाईन भन्ने विषयमा प्रहरिले वास्तविक तथ्य पत्ता लगाउने बताएकाे छ । रविकाेे संलग्नताबारे सबै तथ्य बटुलेपछि मात्र प्रहरिले अदालतमा अभियाेग दायर गर्ने बताएकाे छ । रविका समर्थकहरु भने रविकाे रिहाई अाजै हुने दावी गरिरहेका छन् । प्रहरिले भने अाधिकारिकरुपमा यसबारेमा केही बाेलेकाे छैन । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान विभागकाे टाेलि समेत चितवनमा रहेकाे छ । यसअघि श्रीमतिसँग हिरासतमा भेटका क्रममा रविले अाफुलाई ५ वर्ष नै फसाउन खाेज्ने अाशंका व्यक्त गरेका थिए ।

बिराटनगर विमानस्थलका् डिपिअार अस्वीकृत बनेपछि तनाव

विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् ।  विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।  प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् । फाईल तस्वीरः बाढीले जलमग्न बिराटनगर विमानस्थल

खुलासा: केटी भेट्न मात्रै छुट्टै काेठा लिएका थिए पुडासैनीले

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प्रहरी परिसर टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए। ‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’

नेपाल स्याटेलाईटकाे लाईसेन्स खारेज, सुमार्गीकाे भाैतिक सम्पत्ति लिलाम गरेर बक्याैता उठाइने

काठमाडौँ, व्यापारी अजेेेेयराज सुमार्गीकाे नेपालफस्याटेलाईट टेलिकम कम्पनीकाे लाईसेन्स खारेज भएपछि कम्पनीले तिर्नुपर्ने रकम सरकारी बक्याैतासरह असुल गरिने भएकाे छ । कान्तिपुर दैनिकमा यसबारेमा बिस्तृत समाचार प्रकाशित छ । पढ्नुस समाचा बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार नेपाल स्याटेलाइट टेलिकम प्रालिको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । व्यापारी अजेयराज सुमार्गीको पारिवारिक लगानी रहेको यो कम्पनीले पटकपटक म्याद दिँदा पनि तिर्नुपर्ने रकम नतिरेपछि लाइसेन्स खारेजीको निर्णय भएको हो । दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज भएको कम्पनीले ३५ दिनभित्र सरकारसमक्ष निर्णय पुनरावलोकनका लागि निवेदन दिन सक्छ । प्राधिकरणले नेपाल स्याटेलाइटको लाइसेन्स खारेज गर्ने निर्णय गरेपछि प्राविधिक रूपमा यो अहिले कार्यान्वयन भने हुन्न । ऐनले नेपाल स्याटेलाइटलाई ३५ दिनसम्म पुनरावलोकनमा जान सक्ने सुविधा दिएको छ । ‘प्राधिकरणले अनुमतिपत्र खारेज गरेकोमा चित्त नबुझ्ने व्यक्तिले नेपाल सरकारसमक्ष ३५ दिनभित्र उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा नेपाल सरकारबाट भएको निर्णय अन्तिम हुनेछ,’ दूरसञ्चार ऐनको दफा २८ को उपदफा ५ मा भनिएको छ । प्राधिकरणले ऐनले भनेको सबै प्रक्रिया पूरा गरी नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गरेको हो । ऐनमा अनुमति पत्र खारेज गर्ने निर्णयअघि सफाइको मौका दिनुपर्ने प्रावधान राखेको छ । प्राधिकरणले साउन १ गते नेपाल स्याटेलाइटलाई पटकपटक म्याद दिँदा पनि बक्यौता नतिरेका कारण किन अनुमति पत्र रद्द नगर्ने भन्दै १० दिने स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै नेपाल स्याटेलाइटले काठमाडौंमा सेवा विस्तार गर्ने अनुमति दिए बक्यौता तिर्ने सर्त राखेको थियो । प्राधिकरणले साउन १६ गते १५ दिनभित्र ७ करोड तिर्न म्याद दिएको थियो । प्राधिकरणले दिएको अन्तिम म्यादमा पनि रकम भुक्तानी गर्न नसकेपछि अनुमति पत्र रद्द गर्ने निर्णय भएको हो । नेपाल स्याटेलाइटले ३५ दिनभित्र पुनरावलोकनका लागि सरकारसमक्ष निवेदन नदिए असोज ५ गतेदेखि उसको अनुमति पत्र रद्द स्वतः कार्यान्वयन हुन्छ । उसले निवेदन दिएर सरकारले निर्णय नउल्ट्याए पनि उसको अनुमति पत्र रद्द हुनेछ । टावरसहितका ठूला भौतिक संरचना भएको दूरसञ्चार सेवा प्रदायकको अनुमति पत्र रद्द भएको सम्भवतः यो पहिलो निर्णय हो । यसैकारण नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज भए के गर्ने भनेर प्राधिकरण आफैं पनि अन्योलमा छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल स्याटेलाइटका ग्राहक नै छैनन् । उसका पूर्वाधारहरू कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि प्राधिकरण प्रस्ट भइसकेको छैन । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अनुमति पत्र खारेजीको निर्णयसँगै प्राधिकरणका एक निर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको जानकारी दिए । ‘उक्त समितिले ३५ दिनभित्रै उसको संरचनाहरू केके छन् र तिनलाई कसरी व्यवस्थापन गर्ने भनेर अध्ययन सक्छ,’ उनले भने । उनका अनुसार नेपाल स्याटेलाइटसँग असुल्न बाँकी रकम अब अन्य सरकारी बक्यौतासरह उठाइनेछ । ‘हामी सरकारलाई बक्यौताबारे जानकारी दिन्छौं,’ अध्यक्ष खनालले भने, ‘सरकारले प्रहरी प्रशासन लगाए र उसको भौतिक सम्पत्ति लिलामी गरेर पनि पैसा उठाउँछ  प्राधिकरणका अनुसार नेपाल स्याटेलाइटले ग्रामीण क्षेत्रमा सेवा सञ्चालनका लागि १३ दशमलव ४ मेजाहर्ज फ्रिक्वेन्सी पाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नेपाल स्याटेलाइटले ९ सय मेगाहर्ज ब्यान्डमा ४ दशमलव ४ मेगाहर्ज र १८ सय मेगाहर्ज ब्यान्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी पाएको जानकारी दिए । ‘अनुमति पत्र खारेजीको निर्णय भइसकेको छ । अब ३५ दिनमा पुनरावलोकनमा नगए उसको फ्रिक्वेन्सी स्वतः खारेज हुन्छ,’ उनले भने, ‘प्राधिकरणको मातहत आउने फ्रिक्वेन्सी के गर्ने निर्णय हुन बाँकी छ ।’ प्राधिकरणले २०६४ फागुन ५ मा नेपाल स्याटेलाइटलाई जीएसएम सेवा सञ्चालनका लागि फ्रिक्वेन्सी उपलब्ध गराएको थियो । जीएसएमए सेवा सञ्चालनका लागि यी दुवै ब्यान्डका फ्रिक्वेन्सी महत्त्वपूर्ण छ । प्राधिकरणसँग अहिले ९ सय मेगाहर्ज ब्यान्डमा ३ र १८ सय मेगाहर्जमा १६ मेगाहर्ज मात्रै फ्रिक्वेन्सी बाँकी छ । प्राधिकरणको सञ्चालक समितिले गत पुस ३ गते पारित गरेको फ्रिक्वेन्सी लिलाम बढाबढ कार्यविधिअनुसार यी दुवै ब्यान्डका फ्रिक्वेन्सी लिलाम बढाबढका लागि आधार मूल्य तोकेको थियो । प्राधिकरणले आफूसँग रहेको फ्रिक्वेन्सी लिलाम बढाबढमार्फत बिक्री गर्न सार्वजनिक सूचना गरे पनि अदालतको आदेशका कारण प्रक्रिया स्थगित भएको छ । प्राधिकरणले लिलाम बढाबढका लागि ९ सय ब्यान्डमा प्रतिमेगाहर्ज आधार मूल्य ४ करोड ८० लाख तय गरेको थियो । यस्तै १८ सय ब्यान्डमा प्रतिमेगाहर्ज ३ करोड ६० लाख आधार मूल्य तय गरेको थियो । आधार मूल्यका हिसाबले पनि नेपाल स्याटेलाइटले पाएको ९ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीको मूल्य २१ करोड १२ लाख हुन आउँछ । उसले १८ सय मेगाहर्ज ब्यान्डमा पाएको ९ मेगाहर्ज फ्रिक्वेन्सीको मूल्य ३२ करोड ४० लाख हुन आउँछ । आधार मूल्यका हिसाबले मात्रै नेपाल स्याटेलाइटले पाएको फ्रिक्वेन्सी ५३ करोड ५२ लाख हुन आउँछ । लिलाम बढाबढमार्फत प्रतिस्पर्धामा जाँदा यसको मूल्य अझै बढ्ने जानकारहरू बताउँछन् । प्राधिकरणले तयार पारेको लिलाम बढाबढसम्बन्धी कार्यविधिमा दुवै ब्यान्डको लिलाम बढाबढ गर्दा हरेकपटक कम्तीमा पनि ५ प्रतिशतका दरले मूल्य वृद्धि हुने प्रावधान छ । प्राधिकरणले आइतबार नै वेबसर्भर कम्युनिकेसन सिस्टम प्रालि र आइटेल कम्युनिकेसन प्रालिको पनि अनुमति पत्र खारेजीको निर्णय गरेको थियो । दुवै कम्पनीले क्रमशः ४ करोड ६२ लाख र ३४ लाख रुपैयाँ बुझाउन बाँकी छ । यी कम्पनीबाट पनि सरकारी बक्यौतासरह रकम उठाइने प्राधिकरणले जनाएको छ ।

चितवनमा एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या

चितवन । जिल्लाको भरतपुर महानगरपालिका ज्योतिनगरमा एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन्। माडी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामबहादुर भुजेलले शनिबार चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भुजेल भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको भिनाजू यमबहादुर ढकालको घरमा भेटघाटका लागि आएका थिए। उनले भिनाजूको घरको बाथरुममा साढे ४ बजेतिर घाँटी रेटेर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ। मृतक भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुकुरलाई जथाभावी शौच गराए कारवाही गरिने

काठमाडौंः  के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ । कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् । एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ । कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । हाल काठमाडौं महानगरपालिकामा करीब ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।

एसपी मल्लको चेतावनीः ‘अन्तर्वार्ता सार्वजनिक गर्नेलाई कार्वाही हुन्छ’

चितवन । शालिकराम मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका ‘सिधाकुरा जनतासँग कार्यक्रम’का प्रस्तोता रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक भएपछि चितवन प्रहरी तनावमा परेको छ। रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको आरोप लगाइरहेकै बेला हिरासतमा लिइएको अडियो अन्तरवार्ता सार्वजनिक भएको हो। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन्। हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रूपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै अनरवार्ता लिने व्यक्तिमाथि कानुनी कार्वाही गर्ने बताए। कसले, कसरी? सार्वजनिक गर्‍यो भन्नेबारे अनुसन्धान गरी कार्वाही गर्ने एसपी मल्लको भनाइ छ। रविलाई हिरासतमा भेट्न गएका एक जना सञ्चारकर्मीले अडियो अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन्। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी सञ्चारकर्मी रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूमाथि दोस्रो पटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा गएको साउन २० गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

एक लाख घुससहित प्रहरी जावन हिटलरसहित ४ जना पक्राउ

काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोंगबुमा कार्यरत ४ प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । दुर्घटना सिफारिस दिएवापत् सेवाग्रहीसँग घुस लिने प्रहरीजवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउँदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानकाक्रममा प्रहरीजवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाइ साक्षीकारुपमा राखिएको आयोगले जनाएको छ । प्रहरीजवान बलायर र साउदलाई जनही एक–एक लाख बिगो माग गर्दै सोमबारै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

शालिकराम आत्महत्या प्रकरणः के भनिन् अस्मिताले बयानमा?

चितवनः  प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ। पत्रकार पुडासैनी मृत्यु प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आत्महत्याका दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा मृत्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्। ‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’ ‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएका थिए। पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। त्यसपछि अस्मिता शालिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेपछि आत्महत्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्। युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले बयानमा उल्लेख गरेकी छिन्। प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुसन्धान र जाँचका लागि सहायक हुनेछ। ‘बयानमा बाझिएका विषयमा थप अनुसन्धान हुन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घटनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’ प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ। ‘मृत्तकको कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’ शालिकरामको मोबाइलबाट सबै डाटा रिकोभर चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृत्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले बोकेको उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका हुन्। पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियोे समेत रिकोभर गरिएको हो। ‘मोबाइलमा भएका सबै डाटा रिकोभर भएका छन्। मुद्दाको अनुसन्धानसँग जोडिएका प्रमाण ठहरिने विषय मात्र हामी हेर्नेछौं,’ प्रहरी स्रोतले भन्यो ‘अनावश्यक विषय सुरक्षित रुपमा प्रहरीले राख्नेछ।’ डिएफएलको प्रतिवेदन शनिबारदेखि चितवनमा खटिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दीपक रेग्मीको टोलीले विश्लेषण गरिरहेको छ। सोमबार अपरान्ह प्रहरीले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले पठाएको शालिकरामको पोष्टमार्टम रिपोर्टका आधार समेत अनुसन्धान गर्नेछ। कपडा सुकाउन भन्दै डोरी खरिद शालिकरामले घटना हुनभन्दा केही घण्टा अघि चितवनको पोखरा बसपार्कस्थित होटल कंगारु नजिकै रहेको होलसेल पसलबाट पाँच मिटर नाइलनको डोरी खरिद गरेको अनुसन्धानमा पुष्टि भएको छ। कंगारु होटल रहेको स्थानबाट सडक वारी रहेको सो पसलमा पुगेका उनले आफुलाई कपडा सुकाउन डोरी चाहिएको भन्दै पाँच मिटर खरिद गरेका थिए। उनी पसलमा गएको क्लोज सर्किट क्यामरामा रेर्कड भिडियो प्रहरीले बरामद गरेको छ। २०७५ भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।