पानी नहुँदा दृष्टिविहीन आवासीय विद्यालयको शौचालयमा ताला
काठमाडौं । सिँजा गाउँपालिकाको नराकोटस्थित भैरव माध्यमिक विद्यालयको शौचालयमा ताला लगाइएको छ । यो विद्यालयमा नौजना दृष्टिविहीन विद्यार्थी पनि पढ्छन् । पानीको अभावमा शौचालयमा ताला लगाइएपछि उनीहरू दिसापिसाब गर्न जोखिम मोलेर जंगलतिर जान बाध्य छन् ।
शौचालय प्रयोगमा नआउँदा खानपिन गर्दा पनि सोच्नुपरेको कक्षा १० का विद्यार्थी धर्मलाल प्याकुरेलले गुनासो गरे । ‘पानी पिउँदा सोच्नुपर्छ । कसरी जंगलतिर जाने भन्ने समस्या हुन्छ,’ प्याकुरेलले भने, ‘कतिवेला खानपिन नै नगरौँ जस्तो लाग्छ । नखाई पनि भएन । दिसापिसाब लागेपछि डराउँदै जंगलतिर जान्छौँ ।’
प्लान इन्टरनेसनल नेपालको सहयोगमा यो विद्यालयमा किर्डाक नेपालले दृष्टिविहीन विद्यार्थीका लागि अपांगमैत्री र भूकम्प प्रतिरोधी आवासीय भवन बनाएको छ । आवासीय भवनमा ११ कोठा छन् । एक करोड १९ लाख ६ हजार ७३ रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा अपांगमन्त्री शौचालयको व्यवस्था छ ।तर, पानी नहुँदा शौचालयमा ताला लगाउनुपरेको विशेष शिक्षक दत्त रोकायाले बताए । ‘पानी अभाव छ । त्यसैले अहिले शौचालयमा ताला लगाएका छौँ,’ रोकायाले भने, ‘दिसापिसाब गर्न दृष्टिविहीन विद्यार्थी जंगलतिर जाने गर्छन् ।’
विद्यालयमा खानेपानीका सबै संरचना पनि बनाइएको छ । तर, नजिकैका गाउँका बासिन्दाले पाइप काट्दा समस्या भएको दृष्टिविहीन शिक्षक शान्ति रोकायाले बताइन् । ‘अहिले खानेपानी र सरसफाइका लागि भिरालो गोरेटोमा दुई घन्टा हिँड्नुपर्छ,’ शिक्षक रोकायाले भनिन्, ‘मुस्किलले बोकेर गुजारा चलाइरहेका छौँ ।’ पानीको अभावमा विद्यालयमा सरसफाइ पनि हुन नसकेको उनको भनाइ छ । नुहाइधुवाइ गर्न खोला तथा नदीको किनारतिर जानुपरेको उनले सुनाइन् ।
त्यस्तै, आवासीय विद्यालयको नयाँ भवन निर्माणमा प्राविधिक त्रुटि हुँदा जस्तापाताबाट पानी चुहिने गरेको शिक्षक रोकायाले बताइन् । ‘पानी पर्दा चुहिन्छ, राति त समस्या हुन्छ,’ उनले भनिन् । खानेपानी व्यवस्थापनका विषयमा विद्यालय प्रशासन, वडा कार्यालय र गाउँपालिकासँग गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको विद्यार्थीले बताएका छन् ।
स्थानीय बासिन्दा इमानदार नहुँदा समस्याः गाउँपालिका
सिँजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले विद्यालयमा खानेपानी अभाव भएको बताए । यसले दृष्टिविहीन विद्यार्थीलाई समस्या भएको उनको भनाइ छ । स्थानीय बासिन्दा इमानदार नहुँदा यस्तो समस्या भएको उनको भनाइ छ । ‘खानेपानीको पाइप काट्छन् अनि समस्या भएको हो,’ न्यौपानेले भने । विद्यालयमा खानेपानीको समस्या समाधान गर्न गाउँपालिकाले पहल गर्ने उनले बताए । स्थानीय साझेदार संघसंस्थासँग समन्वय गरेर यसको दिगो समाधान गर्ने उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
सांसद सूर्यनारायण यादवद्वारा राजीनामा फिर्ता
काठमाडौंः समाजवादी पार्टीका प्रतिनिधिसभाका सदस्य डा. सूर्यनारायण यादवले आफ्नो पदबाट दिनुभएको राजीनामा आज फिर्ता लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै सांसद यादवले साउन २७ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा समक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए । तर पार्टीसँग परामर्श गर्ने भन्दै उनको राजीनामा स्वीकृत भएको थिएन । केही दिनदेखि पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सांसद यादवसँग छलफल गरेपछि राजीनामा फिर्ता लिएका हुन् । सिंहदरवारमा आइतवार बसेको संसदीय दलको बैठकबाट भएको निर्णय अनुसार उनले राजीनामा फिर्ता लिएको सांसद प्रदीप यादवले जानकारी दिए । पार्टीसँग छलफलपछि उनले अध्यक्षलाई बुझाएको राजीनामा फिर्ता लिएको भन्दै सांसद सूर्यनारायण यादवले भने, ‘ राजीनामा दिएको भन्दै जनताले गाली गरे , पार्टीका नेताहरुले पनि फिर्ता लिन भने। त्यसैले आजै मैले राजीनामा फिर्ता लिने निर्णय गरे।’ २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी १ बाट यादव निर्वाचित भएका थिए।
रवि लामिछाने तत्काल नछुट्ने, अनुसन्धानका लागि म्याद थप हुने सम्भावना
चितवनः अधिवक्ता गोपिलाल देवकोटाले न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका छन् । आइतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै देवकोटाले अनुसन्धानका पाटाहरु अझ धेरै रहेकाले रवि तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका हुन् । उनले रविमाथि फेरि म्याद थप हुनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । रविसहित युवराज कंडेल र अस्मिता कार्की अहिले न्यायिक हिरासतमा रहेका छन् । उनीहरुमाथी ५ दिनको म्याद थपेर अहिले अनुसन्धान भइरहेको छ । चितवन जिल्ला अदालतबाट थप गरिएको म्याद मंगलवार सकिँदै छ । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा नाम मुछिएपछि उनीहरु काठमाडौंबाट पक्राउ परेका हुन् । गत साउन २० गते पुडासैनी चितवनको भरतपुर महानगरपालिका–१ नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सशस्त्रका ४३४ इन्सपेक्टरको सरुवा, को कहाँ? (सूचीसहित)
काठमाडौं, सशस्त्र प्रहरीले ठूलो संख्यामा इन्सपेक्टरहरुको सरुवा गरेको छ । आज प्रकाशित सूचना अनुसार, ४ सय ३४ जना इन्सपेक्टरको सरुवा भएको हो । सूची हेर्न यहाँ क्लिक गर्नुस्
सर्वोच्च अदालतले भन्यो, ‘शिल्पालाई तत्काल पक्राउ नगर्नू’
काठमाडौं । बहुविवाह सम्बन्धी मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलासले शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालत स्रोतका अनुसार दुवै पक्षलाई भदौ १५ गते थप छलफलका लागि बोलाएको छ। शिल्पा पोखरेल र छवी ओझविरुद्ध छविकी जेठी श्रीमती हेमा ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा परेको थियो। जहाँबाट पक्राउ गर्नू भनेर पक्राउ पुर्जी जारी भएको थियो। शिल्पाले उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै आदेश सदर भएपछि उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन्। फरार रहँदै आएकी शिल्पा सर्वोच्च अदालतमा आइतबार हाजिर भएकी थिइन्।
भारतमा होटल व्यवसाय गर्दै आएका डोटीका तीन जनामाथि चक्कु प्रहार
काठमाडौं । भारतको लुधियानामा होटल व्यवसाय गर्दै आएका डोटीका तीन जनामाथि आक्रमण भएको छ। पंजाव लुधियानामा होटल सञ्चालन गर्दै आएका डोटीको केआइसिंह गाउँपालिका वडा नम्वर ५ केदारगाउँका किसन पार्की उनकी श्रीमती राधादेवी पार्की र उनकी साली मैना पार्कीमाथि आक्रमण भएको हो। राती साढे १० बजेको समयमा उनीहरुमाथि आक्रमण भएको हो। होटलमा सधै खाना खान आउने एकजना भारतीय नागरिकले गुणडहरु ल्याएर चक्कु प्रहार गर्दै उनीहरुलाई घाईते बनाएको भतिजा तेज पुरुषले बताए। ‘खाना खाएपछि अंकलले पैसा मागेका थिएन,’ उनले भने, ‘काइको पैसा रे तेरे बापने दिया है क्या भनेर थर्काया, अनि सम्झाउने कुरा गर्दा पछाडीबाट चक्कु प्रहार गरि घाईते बनाएको छ।’ उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको र प्रहरीमा उजुरी दिने तयारी भईरहेको समेत उनले जानकारी दिए।
सम्पत्ति शुद्धीकरणमा कठोर रणनीति
काठमाडौं । अन्तर्राष्ट्रिय मूलांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको छ । सन् २०२०/२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तर्राष्ट्रिय निकायहरुले गर्दैछन् । यसमा पेश गर्ने विवरणहरुको स्वमूल्यांकनअनुसार नेपाल निकै कमजोर रहने र कालोसूचीमा समेत पर्ने सम्भावना देखिएकाले आर्थिक क्रियाकलापसँग सम्बन्धित नगद भुक्तानी, हरेक निकायका कारोबारीको अभिलेख, अनुगमन, अनुसन्धान र मुद्दा दायरमा कठोर प्रकृतिको व्यवस्थासहितको व्यवस्था मन्त्रिपरिषद्ले गत साता पास गरेको हो । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
पक्राउको डरले बस्तीभरि ताला
काठमाडौं । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँस परालले हाल्ने केही छैन । बस्तीका ३४ घरमध्ये सबैजसो घरमा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो । कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एकसयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन् । हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा नारायण शर्माले लेखेका छन् ।
कुकुरले टोकेको नभन्दा ज्यान गयो
काठमाडौं । कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्। कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो। गेलालका अनुसार दुखाइ कम नभएपछि उनलाई १७ गते मेडिसिटी अस्पताल पुर्याइएको थियो। अस्पताल लैजाँदा रेबिजको लक्षण देखिन थालेको थियो। बाटोमा गाडीको सिसाबाट हावा छिर्दा डराउन थालिन्। बाथरुममा पानी खोल्दा पनि डराउन थालिन्। गेलालले भने, ‘रेबिजका बिरामीमा वाटरफोयिबा, एरोफोबियाको समस्या हुन्छ। उनीहरू पानी र हावाबाट डराउँछन्।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।
लुटपाटको आर्जनले घडेरी र व्यवसाय !
काठमाडौं । चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौंमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार टमबहादुरले सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ । प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सुनुवारका सहयोगी रामेछाप मजुवा घर भई हाल भैँसेपाटी बस्दै आएका टलकबहादुर रायमाझीले घडेरी (जग्गा) खरिद गरेका छन् । सिक्री लुटपाट मुद्दामा पक्राउ परी तीन÷तीन वर्ष जेल सजाय भुक्तान गरी छुटेका अभियुक्तद्वय टमबहादुर र टलकबहादुरले हालसम्म १५ जना महिलाको करिब २० तोला सिक्री लुटेको बयान प्रहरीलाई दिएका हुन् । एक पीडित महिलाले दिएको घटना विवरणका आधारमा प्रहरीले गत २४ गते लुटपाटमा प्रयोग भएको मोटरसाइकल नम्बरको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको बयानका आधारमा भारत पश्चिम बङ्गाल घर भई हाल बालकुमारीमा सुन पसल सञ्चालन गर्दै आएका देवासिस दोलाही पनि पक्राउ परेका छन् । अभियुक्तहरूले लुटपाट गरेको सिक्री सुन व्यापारी देवासिसलाई बिक्री गर्दै आएका थिए । यसरी लुटपाटको सिक्री बिक्री गरेबापत प्राप्त भएको रकमले दुग्ध डेरी र घडेरी जोडेको जानकारी प्रहरीले दिएको छ । अभियुक्त टमबहादुरको कोठाबाट दुई लाख ५० हजार नगद, मोटरसाइकल, सुनका गरगहना, सुन जोख्ने तराजु, पाँचथान मोबाइल बरामद गरेको छ । यो समाचार आजको गोरखापत्र दनिकबाट लिइएको हो ।
रविमाथि आरोप प्रमाणित भए दफा १८७ अन्तर्गत कार्वाही हुनसक्ने, के छ कानुनमा व्यवस्था?
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या नोट मानिने भिडियो सार्वजनिक भएपछि कार्यक्रम प्रस्तोता रवि लामिछाने सबैको चासोमा रहेका छन् । यो पनि पढ्नुहोस् शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ पुडासैनीले रवि लामिछानेको समूहले दिएको पीडा व्यक्त गर्दै रेकर्ड गरेका १३ मिनेट जम्मा समयका दुईवटा भिडियोमा न्यूज २४ टेलिभिजनमा काम गर्दा रवि लामिछानेले आफैलाई दुख दिएको र फसाउन खोजेको आरोप लगाएका छन् । भिडियोका सार हेर्दा रवि लामिछाने र उनको टीमको पीडा खेप्न नसकी पत्रकार पुडासैनीले आत्महत्या गरेको बुझ्न सकिन्छ । यद्यपी उनले भनेका आरोपकै कारण आत्महत्या गर्नैपर्ने अवस्था थियो या थिएन भन्ने बहस पनि अहिले चलेको छ । लेखक दिल निशानी मगरले आफ्नो सामाजिक सञ्जालमा आरोप लगाइएकै विषयमा मर्नैपर्ने थियो र ? भन्ने आशयको प्रश्न समेत नगरेका होइनन् । अहिले अनुसन्धानका क्रममा रहेकोले यो आत्महत्याका कतिपय पक्षहरु अनुत्तरित छन । त्यसैले यसै होला या यो नै सत्य हो भन्ने विषयमा निक्र्यौलमा पुग्न सकिने अवस्था छैन । प्रहरीले समेत सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । तर भिडियोमा जसरी पत्रकार पुडासैनीले रबि लामिछानेलाई दोषारोपण गरेका छन् । त्यसलाई आत्महत्याको मुख्य कारण (मोटिभ) मान्ने निष्कर्शमा प्रहरी अनुसन्धान पुग्यो भने रबि लामिछानेमाथि कार्वाही हुने देखिन्छ । यदि त्यो प्रमाणित भएन भने या त्यो निश्कर्षमा प्रहरी पुगेन भने उनी कार्बाहीबाट जोगिन सक्छन् । नेपालको फौजदारी संहिता २०७४ ले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने भन्दै यदि कसैले कसैलाई आत्महत्याका लागि उक्साएको खण्डमा या त्यस्तो परिस्थिति सिर्जना गरेको खण्डमा त्यसका लागि सजाय तोकको छ । फौजदारी संहिताको परिच्छेद १२ ज्यान सम्बन्धी कसूरको दफा १८५ मा यसबारेमा स्पष्टसँग लेखिएको छ । दफा१८७ मा लेखिएको छ- १८७. आत्महत्या गर्न दुरुत्साहन दिन नहुने आत्महत्या गर्न दुरुत्साहन दिन नहुने ः (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा दुरुत्साहन दिई त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरिदिन हुंदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैंयाँसम्म जरिबाना हुनेछ । भिडियो सार्वजनिक भएपछि रबि लामिछानेले प्रारम्भिक प्रतिक्रिया दिँदै मृतक शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको र थप जानकारी फेरी सार्वजनिक गर्ने बताएका छन् । अर्कोतर्फ प्रहरीले पुडासैनीसँग जोडिएका कतिपय अन्य पक्षको समेत अनुसन्धान गरिरहेको छ । तर भिडियोमा हेर्दा भने रबि लामिछाने आत्महत्याको परिस्थिति सिर्जन गर्ने मुख्य पात्र रहेको आम बुझाई बन्न थालेको छ । यो स्थितिमा रबि लामिछानेमाथि कार्वाही हुने अवस्थामा यो उनको जीवनको सबैभन्दा दुखद क्षण बन्ने संकेत देखिएको छ ।
पुडासैनीको भिडियोबारे रविले दिए प्रतिक्रिया– शालिकरामलाई ठूलो भ्रम परेछ
काठमाडौं । केही दिन अघि चितवनको पोखरा बसपार्कस्थित एउटा होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु झन रहस्यमय बन्दै छ । घटनासँगै प्रहरीले प्राप्त गरेको पुडासैनीको आत्महत्या नोटको भिडियो सार्वजनिक भएपछि यसले ठूलै तरंग सिर्जना गरेको छ । भिडियोमा पत्रकार पुडासैनीले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेमाथि संगीन आरोप लगाएका छन् । भिडियोमा रवि लामिछाने लगायतले आफूलाई फसाउन खोजेको बताउँदै मर्न बाहेक अरु विकल्प नभएको आशय व्यक्त गरिएको छ । यो पनि पढ्नुहोस् पुडासैनीले आँसुले भिजेर रेकर्ड गरेको भिडियो सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै रवि लामिछानेमाथि गम्भीर आरोप लागेपछि रवि लामिछाने फेसबुकमार्फत यसबारेमा संक्षिप्तमा प्रतिक्रिया दिएका छन् । यसअघि भिडियो सार्वजनिक नहुँदै उनले रवि र आफ्नो सम्बन्ध राम्रो रहेको तर न्यूज २४ छोडेर गएपछि कुनै सम्पर्क नभएको बताएका थिए । अहिले भिडियो नै सार्वजनिक भएपछि रवि लामिछानेले लेखेका छन्- आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ। रवि लामिछानेले थप के के जानकारी गराउने हुन भन्ने भने स्पष्ट छैन । तर सामाजिक सञ्जालमा भने उनका विरुद्ध ठूलो जनमत निर्माण भएको देखिन्छ । उनका समर्थकहरुले भने भिडियो कसैको दबाबमा खिचिएको हो या होइन भन्ने कुराको प्राविधिक जाँच गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । प्रहरीले भने यसबारेमा आधिकारिकरुपमा केही उल्लेख गरेको छैन ।
फिल्डमै बसेर मेलम्चीको काम गर्न आयोजना प्रमुखलाई निर्देशन
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखसहितको टीमलाई आयोजनास्थलमै बसेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै बसेर मेलम्ची आयोजनाको काम अघि बढाउन निर्देशन दिनुभएको हो । मन्त्री मगरले अति आवश्यक काम गर्नुपर्दा बाहेक मेलम्चीको आयोजनास्थल नछाड्न समेत निर्देशन दिनुभयो । आयोजनाका प्रमुख, डिभिजनल इन्जिनियर र समितिका अन्य प्राविधिकहरु सहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्रीज्यूबाट निर्देशन जारी भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । मेलम्ची आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट भुक्तानी पाउन बाँकी रहेका स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । अहिले आयोजनास्थलमा नदी संरक्षण गर्ने कार्य भईरहेको र सुन्दरीजलस्थित भेन्टिलेसन साफ्टको काम सकिएको उहाँले बताउनुभयो ।
पोखराका वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी गर्ने थापा १४ महिनापछि पक्राऊ
पोखरा, पोखरा महानगरपालिकाका बिभिन्न वडामा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिकाका ११ वटा बिभिन्न वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने किशोर थापा पक्राउ परेका हुन । काठमाडौं १० घर भई ोखरामा डेरा लिएर बसेका ५१ वर्षे थापाले गत वर्षै जेठ ३ गते पहिलोपटक वडढा नम्बर १२ को कार्यालयमा चोरी गरेका थिए । त्यसपछि उनले पालैपालो अन्य वडामा समेत चोरी गरेका थिए । यसअघि पनि उनी २ पटक डाकाचोरी मुद्दामा जेल परेर छुटेको रेकर्ड रहेको जानकारी कार्कीले दिए। ‘२०४६ देखि ५१ सालसम्म केन्द्रीय कारागारमा थुनिएका रहेछन्’, उनले भने, ‘२०७१ सालदेखि ७४ सम्म पनि थापा जेलमै थिए।’ वडा नम्बर ५, १३, १४, १९, १५, १६, २५, २९ र ३१ का कार्यालयहरूमा पनि थापाले ल्यापटप लगायत सामान चोरेका थिए। एसपी कार्कीका अनुसार थापाले चोरी स्वीकारिसकेका छन्। अरु वडा कार्यालयहरूका सीसीटीभी फुटेजमा समेत देखिए पनि थापालाई पक्रन प्रहरीलाई १४ महिना लागेको छ। प्रहरी सबै वडाको चोर एकै व्यक्ति भएको निष्कर्षमा भने पहिल्यै पुगेको थियो। थापाको डेराबाट प्रहरीले चोरी गर्न प्रयोग हुने सामानहरू बदामद गरेको छ। पञ्जा, मास्क, स्क्रु ड्राइभर, टोपी, ल्यापटप चार्जर, छड, ताला काट्ने धारिलो वस्तु लगायत सामान बरामद भएको छ। चोरी गरेका विद्युतीय उपकरण भने उनको कोठामा थिएनन्। चोर्नासाथ काठमाडौं लगेर थापाले बेच्ने गरेको स्वीकारेका छन्। थापाकै बयानअनुसार प्रहरीले बिक्री भइसकेको ठाउँबाट ३ थान ल्यापटप लगायत सामान पनि काठमाडौंबाट बरामद गरेको छ। १७ वटा मनिटर, ९ वटा सीपीयू पनि प्रहरीले बरामद गरेको छ। तस्वीरः अन्नपूर्ण पोष्ट
टनकपुर र बेलाैरी नाका खुलाउन मन्त्रीकाे ध्यानाकर्षण
काठमाडौँ, २९ साउन (रासस) : सुदूरपश्चिम प्रदेशको एक टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको पक्रिया अगाडि बढाउनलगायतका माग राखेर ध्यानाकर्षण गराएको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालय पुगेर भारतका सीमा जोडिएका जिल्लाका समस्याबारे अवगत गराएको हो । विदेशमन्त्री जयशङ्कर आगामी भदौ ४ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको बताउनुभयो । यस्तै उहाँले कञ्चनपुरको बेलौरी र कैलालीको खक्रौला नाका खुलाउनसमेत मन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ । टोलीले चीनसँग जोडिएको दार्चुलाको तिङ्कर नाका खुलाउनसमेत माग गरिएको छ । भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसद भट्टले जानकारी दिनुभयो । महाकाली नदीमा दुवै देशको स्वामित्व बराबर हुन नसक्दा उपयोगमा समस्या आइरहेकाले सो विषयमा दुई पक्षयी आगामी बैठकमा यसबारे कुरा उठाइने मन्त्री ज्ञवालीले प्रतिबद्धता जनाउनुभएको छ । टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।
कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालिकोटमा बम विस्फोट
सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ । मुख्यमन्त्री शाही बुधबार (आज) स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए । बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो । कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जंगलमा बम विष्फोट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । अहिले प्रहरीले बम विष्फोट भएको स्थलको अनुगमन गरिरहेको अध्यक्ष शाहीले बताए ।

