नेपालकाे आर्थिक वृद्धि ६ प्रतिशत : विश्व बैंक

काठमाडौं, कार्तिक १५ ।

विश्‍व बैंकले आगामी तीन आर्थिक वर्षसम्म नेपालको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

विश्‍व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल अपडेट’ प्रतिवदेनले सन् २०२१ सम्ममा ६ प्रतिशतको औसत आर्थिक वृद्धि रहने उल्लेख गरेको हो ।

सरकारले १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा विश्‍व बैंकले भने ६ प्रतिशतको रहने प्रक्षेपण गरेको हो। विश्‍व बैंकको प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०१९ ०२० मा ५.९ प्रतिशत र २०२० ०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने प्रक्षेपण गरेको छ।

विश्‍व बैंकले नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ। बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले विगतको तुलनामा नेपालले राम्रो गरे पनि त्यति मात्रैले नुपुग्ने बताए।

उनले सरकारले केही गर्न खोजे पनि विगतमा नै धेरै काम गर्न नसेकेको कारण पर्याप्त नभएको समेत उल्लेख गरे। ुनेपालको विकासका लागि सबै विकल्पहरू खोल्नुपर्छु, फ्यानले भने।

विश्‍व बैंकले अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी रेमिट्यान्सले योगदान दिएको उल्लेख गरेको छ भने प्रमुख चुनौती बढ्दो व्यापार घाटा रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २।८, औद्योगिक क्षेत्रको वृद्धिदर ८।८ र सेवा क्षेत्रको वृद्धिदर ७।१ प्रतिशत रहने अनुमान गरिएको छ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले नेपाल सुधारको बाटोमा रहेको बताए। ुसरकार समृद्ध नेपाल, सुखी नेपाली अभियान अघि सारेर अघि बढेको छु, खतिवडाले भने। उनले डुइङ विजनेसमा नेपाल केही खस्किएको देखिए पनि नेपालमा व्यावसायिक वातावरण बन्दै गएको बताए।

बैंकको एक प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरूको सूचीमा नेपाल १०५औँ स्थानमा परेको समेत उल्लेख छ। सरकार निजी क्षेत्रसँग सहकार्य गरेर तीव्र अंकको आर्थिक वृद्धि गर्ने अर्थमन्त्री खतिवडाको भनाइ रहेको छ।

उनले पुराना नीति नियमहरू सुधार हुँदै गएको अवस्थामा व्यावसायिक वातावरणलाई सहयोग पुर्‍याउने अर्थमन्त्री खतिवडाको भनाइ छ।

तपोवनलाई प्रयोग गर्न दिएकाे ३७ रोपनी वन क्षेत्र फिर्ता

काठमाडौँ — शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले ओशो तपोवनलाई धार्मिक वनका रुपमा प्रयोग गर्न दिएकाे ३७ रोपनी वन क्षेत्र बिहीबार फिर्ता लिएको छ । सरकारले २०६२ सालमा ओशो तपोवनलाई नागार्जुनको ३७ रोपनी वन क्षेत्र धार्मिक वनका रुपमा हस्तान्तरण गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुवँरले ओशो तपोवनले धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएपछि फिर्ता गरिएको पत्र बिहीबार ओशो तपोवनलाई बुझाइएको जनकारी दिए। उक्त पत्र तपोवन व्यवस्थापकले बुझेको हो। तपोवनले मध्यवर्ती धार्मिक वनमा वातावरणमा प्रतिकुल असर पर्ने सडक, पुल र भवन निर्माण गरी वन क्षेत्रलाई अन्य प्रयोजनमा लगेर वन विनाश तथा रुख कटानबाट जलाधार क्षेत्रमा भूक्षय गर्नसक्ने कार्य गरेको र कानुनको प्रावधान विपरित कार्य गरेको पाइएकाले वन फिर्ता लिइएको पत्रमा उल्लेख भएको कुवँरले बताए। धार्मिक वनका रुपमा दिइएको वन क्षेत्रमा परापूर्वकालदेखि रहेको कुनै धार्मिक स्थल वा त्यस वरिपरिको वन क्षेत्र नभएको र ओशो तपोवन कुनै धार्मिक निकाय, समूह वा समुदाय नभई एक गैरसरकारी संस्था रहेकाले नियमावलीको नियम २२ (४) मा भएको व्यवस्था अनुसार फिर्ता लिइएको हो। तपोवनले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोसमेत उनले बताए। फिर्ता लिइएको बोधार्थ डिभिजन सडक कार्यालय टेकुलाईसमेत दिइएको छ। फिर्ता लिइएको वन क्षेत्र मुड्खु सृजनशील महिला सामुदायिक वनमा गाभ्ने प्रक्रिया अघि बढाउन निकुञ्जको नागार्जुन सेक्टर कार्यालयलाई बोधार्थ दिइएको छ। नियमावलीको दफा (२२) को उपनियम (३) मा ‘वातावरणमा प्रतिकुल असर पर्ने गरी वा सार्वजनिक रुपमा हानीनोक्सानी हुने गरी जलाधार क्षेत्रमा भू–क्षय हुने गरी रुख कटान’ गर्न नपाइने व्यवस्था भए पनि ओशो तपोवनले आफूखुसी सडक, पुल र अन्य भौतिक संरचना बनाएर व्यापार सञ्चालन गरेको थियो। नियमावलीको दफा २२ (४) को उपनियम (२) मा मध्यवर्ती धार्मिक वनमा सम्वन्धित धार्मिक निकाय, समूह वा समुदायले मध्यवर्ती धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसकेमा संरक्षकले त्यस्तो धार्मिक वनसंरक्षकले फिर्ता लिन सक्ने व्यवस्था छ। निकुञ्ज प्रमुख संरक्षक हुन्। कान्तिपुर दैनिकबाट अब्दुल्लाह मियाँको समाचार साभार गरिएको ।

जापान जान चाहनेले अनलाइनबाटै भाषा परीक्षा दिन सक्ने

काठमाडौं, कार्तिक १५ । जापान जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिन पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक सातापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो । मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिकाअनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क तीन हजार ५ सय लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिने छ ।

प्रधानमन्त्रीलार्इ भेट्न अस्पताल पुगे मुख्यमन्त्री भट्ट

धनगढी, कार्तिक १५ । छातिको संक्रमणका कारण त्रिबि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल पुगेका छन् । प्रधानमन्त्रीलाई भेट्न आजै काठमाडौं आएका मुख्यमन्त्री भट्टले प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका हुन् । त्रिवि शिक्षण अस्पतालको आईसियु कक्षमा प्रधानमन्त्री ओलीसँग भेट गर्दै मुख्यमन्त्री भट्टले उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उपचारपछि प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उपचारपछि स्वास्थ्यमा सुधार आएपनि केही दिन भने अस्पतालमानै रहने भएका छन्। त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि डिस्चार्ज गर्न नसकिने बताएको हो। प्रधानमन्त्रीको रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहे पनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केही दिन अस्पतालमा नै रहने डा .दिव्या सिंहले जानकारी दिइन्। अहिलेनै काममा फर्कने गरी स्वास्थ्य अवस्था तयार नभएको र केही औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केही दिन अस्पतालमा नै बस्ने डा. सिंहले बताइन्। प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो। प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा। दीलिप शर्मा र एनेस्थेसियाका डा। सुवास आचार्य छन्। बुधबारदेखि प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले जानकारी दिए। साथै, प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना आफैंले खान थालेका पनि डा. सायमीले जानकारी दिए।

करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं, कार्तिक १५ । गृह मन्त्रालयले करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालय अन्तर्गतका करार सेवामा कार्यरत ८३ (तत्कालिन शान्ति मन्त्रालय समेत गरी) कर्मचारीलाई हटाउँदै बुधबारदेखि सिंहदरवारभित्र प्रवेशमा रोक लगाएको हो । यसरी सेवाबाट हटाइनेमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका ४१ कर्मचारी पनि छन् । गृह मन्त्रालय अन्तर्गत प्रशासन शाखामा कार्यरत उपसचिव ज्ञाननाथ ढकालका अनुसार तत्कालीन शान्ति मन्त्रालयका कम्प्युटर अपरेटर ६, सहायक कम्प्युटर अपरेटर ३, रिसेप्सनिस्ट १, हलुका सवारी चालक ७ र कार्यालय सहयोगी २६ छन् । यस्तै, गृह मन्त्रालय अन्तर्गतका कम्प्युटर टेक्निसियन १, कम्प्युटर अपरेटर ४, सहायक कम्प्युटर अपरेटर ३ र कार्यालय सहयोगी (झाडु बडार सहित) ३४ छन्। गृहले करार सेवामा कार्यरत तत्कालीन शान्ति मन्त्रालयका ४ र गृहका १२ कर्मचारीको भने दरबन्दी मिलान गरेको छ । जसमध्ये कम्प्युटर अपरेटर १०, हलुका सवारी चालक ४ र कार्यालय सहयोगी २ छन् । गृहले हटाइएका कर्मचारीको नाम लिस्ट सिंहदरबार सुरक्षामा खटिइएका प्रहरी अधिकारीलाई दिएर उनीहरूले सिंहदरबार प्रवेशमा रोक लगाएको हो । गृहका सूचना अधिकारी एकदेव अधिकारीले दरबन्दी नभएकाले करार सेवामा कार्यरत कर्मचारीको नवीकरण नगरिएको जानकारी दिए । ‘ती कर्मचारीहरूलाई ३ महिनाको थप तलब सुविधा उपलब्ध गराउँछौं,’ उनले भने । अन्य मन्त्रालयका करार सेवाका कर्मचारीले आफूहरूले पुनस्थापित गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन्। गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले करार सेवाका कर्मचारीको असोज मसान्तसम्म म्याद थपी ३ महिनाको सुविधा दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो । गृह मन्त्रालय अन्तर्गत दरबन्दी खाली भए मिलान गर्ने निर्णय पनि गरेको थियो । प्रशासनडटकमबाट

गुर्जुधाराबाट चरेशसहित ४ जना पक्राउ

काठमाडौं, कार्तिक १५ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग बलम्वुको संयुत्त टोलीले पाँच किलो ६० ग्राम अवैध चरेस सहित ४ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२ गर्जुधारास्थित विशेष सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग वलम्वुको संयुत्त टोलीले अवैध ५ किलो ६० ग्राम अवैध चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउपालिका वडा नं ८ किरानचोक बस्ने वर्ष १९ को दिनेश तामाङ, वर्ष २५ को रामबहादुर लोप्चन, वर्ष १८ को विक्रम लोप्चन तथा वर्ष २७ को विकास तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए । थापाका अनुसार उक्त चरेश निज व्यक्तिहरु शंकास्पद अबस्थामा हिंडिरहेकाले धादिङ जिल्लाबाट ओसार पसार गरेर ल्याएको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । पक्राउ परेका चारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरी बताएको छ । उनीहरुलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

अान्तरिक तथा बाह्य पर्यटकको रोजार्इमा अपी हिमाल

दार्चुला, कार्तिक १५ । अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ । सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार ७५७ मिटर उचाइको नाम्पा हिमाल, तथा ६ हजार ६७० मिटर उचाइको व्यास हिमालको मनोरम दृश्य एकै पटक एउटै ठाउँबाट देख्न सकिने भएपछि विदेशी पर्यटकको रोजाइमा अपी हिमाल क्षेत्र परेको हो । जिल्लाको दुई वटै बाटो भएर अहिले विदेशी पर्यटक अपी हिमाल आधार शिविरसम्म पुग्छन् । भौगोलिक रुपमा सहज तथा सजिलो बाटोका रुपमा गोकुलेश्वर, लटिनाथ, घुसा हुँदै अपी हिमाल आधार शिविर पुग्ने बाटो सुविधायुक्त छ । गोकुलेश्वर, खलङ्गा, व्यास हुँदै अपी हिमाल पुग्ने त्रिदेशीय सीमा तथा बाटो निर्माण गर्न सके अझै पर्यटक बढाउन सकिने बताइएको छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत मनोज अवस्थीका अनुसार सो संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत २५ प्रकारका स्तनधारी जनावर पाइन्छ । त्यस्तै डाँफे, मोना, चील, च्याखुरालगायत २४३ प्रजातिका चराचुरुङ्गी पाइने गरेको छ । यीनै जीवजन्तु र चराचुरुङ्गी हेर्न पनि विदेशी पर्यटक पछिल्लो समय उक्त संरक्षण क्षेत्रको अपी हिमालतर्फ पदयात्रा गर्न मन पराउने गरेको संरक्षण अधिकृत अवस्थीको भनाइ छ । यस आर्थिक वर्षको शुरुवातदेखि नै अपी हिमाल क्षेत्रमा पर्यटक आउने क्रम चलेको छ । एक महीनाअघि युरोपियन मुलुक चेक गणतन्त्रका आठ विदेशी अपी हिमालबाट फर्किएपछि पर्यटक आउने क्रम बढेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार केही जर्मन नागरिक अपी आधार शिविरतर्फ घुम्न गएका छन् । संरक्षण क्षेत्र कार्यालयबाट १५ दिनको अनुमति लिएर जर्मन नागरिक जोसिफ र जानुस त्यसतर्फ गएको बताइएको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाको अनुमति लिएर हालसम्म ६ विदेशी नागरिक अपी आधार शिविरतर्फ गएका छन् । यस्तै अपी नाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट विटुले हुँदै विदेशी पर्यटक अपी हिमाल अवलोकनमा जाने गरेका छन् । विटुलेबाट कति पर्यटक गए भन्ने यकिन तथ्याङ्क जिल्लामा आइनसकेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यस्तै केही विदेशी पर्यटकहरु पर्यटन विभागबाटै स्वीकृति ल्याएर आउने गरेको कारण यकिन तथ्याङ्क कार्यालयसँग नभएको संरक्षण अधिकृत अवस्थीको भनाइ छ । जिल्लामा आव ०७४/७५ मा २७ र ०७३/७४ मा २५ जना विदेशी पर्यटकले अपी नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । यस क्षेत्रको अवलोकनका लागि आउने पर्यटक आउने गरेको रेञ्जपोस्ट विटुलेका इञ्चार्ज भुवनेश्वर चौधरीले बताए । महीनामा तीन–चार जना पर्यटक अपी हिमाल पुगेर फर्किने गरेका छन् । यहाँका आकर्षक पर्यटकीय गन्तव्यस्थलको प्रचार प्रसार हुन सकेको छैन । उनले भने, “पर्यटकका लागि आवश्यक सुविधा सम्पन्न होटल, पथप्रदर्शक तथा घरबाससमेत प्रभावकारी सञ्चालन गर्न सएिको छैन ।” पूर्वाधारका लागि पर्यटन क्षेत्रमा लगानी हुन नसक्दा विदेशी पर्यटक तान्न नसकिएकोे अपी पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले बताए । जिल्लाका साबिकका २१ गाविस समेटेर अपी नाम्पा संरक्षण क्षेत्र बनेको छ । तर कार्यालयले पर्यटक तान्ने गतिविधि गर्न नसक्दा प्रचार प्रसार हुन नसकेको नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव कृष्णसिंह धामीले बताए । रासस

बैतडीमा सासू–बुहारी बेपत्ता पछि बुहारी मृत फेला

बैतडी, कार्तिक १५ । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी बिहीबार मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् । बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ । दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको छ । सुत्केरी भत्ता वितरण भएन स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाले पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत रु दुई हजार र नेपाल सरकारको प्रोटोकलअनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु ८०० चालू आर्थिक वर्षमा वितरण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिए । स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको उनले बताए । जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्ताबापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् । रासस

छुट्टाछुट्टै स्थानमा ३ जनाको शव भेटिए

गौशाला, कार्तिक १५ । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार २ जनाको शव भेटेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव भेटिएको हो । उनका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव भेटिएको हो । त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो । त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । भारतबाट ल्याउँदै गरेको ९२ प्याकेट पटाका बरामद भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको ९२ प्याकेट पटाका गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–३ मलिवारास्थित बस बिसौनीमा भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याएको विभिन्न ब्राण्डका ९२ प्याकेट पटाका प्रहरीले बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार प्रहरीले गस्तीको क्रममा बस बिसौनीबाट ५० प्याकेट नागिन ब्राण्ड, ३५ प्याकेट फुलझरी ब्राण्ड र सात प्याकेट आलुबम ब्राण्डका गरी जम्मा ९२ प्याकेट पटाका बरामद गरेको छ । रासस

शेयरबजारः नेप्से परिसूचक ०.२२ प्रतिशत घट्यो

काठमाडौं, कात्तिक १५ । साताको अन्तिम दिन अर्थात बिहीबारको कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव २२ प्रतिशतले घटेको छ । कारोबार भएदेखि घटेको परिसूचक यस अवधिमा २ दशमलव ६७ अङ्कले घटेर १ हजार २ सय १८ दशमलव ७९ विन्दुमा पुगेको छ । कारोबार भएको १ सय १० कम्पनीको रू. ७ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । दश समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । नगद लाभांश प्रस्ताव गरेको सानिमा बैङ्कको सर्वाधिक रू। १ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ ।

कृषि विकास बैंकमा जेष्ठ नागरिक सहायता कक्ष संचालन

धनगढी, कार्तिक १५ । ‘समाजलाई सेवा लिन सजिलो हो्स’ भन्ने उद्देश्यले बिहीबारदेखि कृषि विकास बैंक शाखा कार्यालय कैलाली पुल धनगढीमा जेष्ठ नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ । यूवा शान्ति परिषद कैलालीले संचालनमा ल्याईएको उक्त सहायता कक्षको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन । यस शाखाबाट ५ हजारभन्दा बढीले स्थानीय तहबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्दछन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती नहोस् भनेर जेष्ठ नागरिक सहायता कक्षा संचालन गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । यहाँहरु प्रत्येक महिना बैंकमा लाईन बस्नुपर्छ भन्ने छैन नगरप्रमुख वडले भने, बैंक खातामा जमा भएको रकम जहिले आएर पनि बुझ्न वा झिक्न सकिन्छ । जेष्ठ नागरिकका लागि उभिएर लाईन बस्न नपर्ने गरि कुर्चीहरु राखिएका छन् युवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले भने, बाहिर खडा गरिएको सहायता कक्षा चेक काट्ने, केवाईसी भर्ने, सल्लाह दिने, पानी खुवाउने काम गरिने छ । यसका लागि युवा शान्ति परिषदले स्वयंसेवकहरु खटाएको छ । कृषि विकास बैंक कैलाली पुल शाखाका प्रवन्धक डम्बरसिंह गुरुले जेष्ठ नागरिक सहायता कक्षले जेष्ठ नागरिकलाई राहत पुग्ने बताए । उनले भने, सबै वडाका जेष्ठ नागरिकलाई सजिलो होस भनेर सामाजिक सुरक्षाभत्ता बुझ्ने ब्यबस्था मिलाएका छौं ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, कहिले हुन्छ डिस्चार्ज ? (प्रेस विज्ञप्तिसहित)

काठमाडौं, कार्तिक १५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । अब उनलाई हस्पिटलबाट डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गरेका छन् भन्ने ठानेका छौं । डिस्चार्ज कहिले गर्ने ? भन्ने विषयमा छलफल गरेका छौं तर टुंगो लगाएका छैनौं ।’ उनले अघि भने, ‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्किने छन् । अस्पतालले बिहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख छ । प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली खटिएको छ। हेर्नुहोस् अस्पतालले जारी गरेको विज्ञप्ति

अमेरिकामा यसरी मनाए नेपालीहरु समेतले हालोविन पर्व

विजय थापा कार्तिक १५ । प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व २०१८ हर्षोल्लासका साथ नेपाली समुदायले पनि मनाएका छन् । अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण अगाडि र पछाडि मनाउने क्रम जारी रहेको छ । नेपालीको महान चाड दशैँ मनाइसकेका नेपाली समुदायले नजिकै आउँदै गरेको तिहारअघि हालोविन पर्वलाई हृदयदेखि नै स्वागत गर्दै अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् । आफ्नो चाडपर्वका साथै अमेरिकामा मनाइने ईसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस) सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका छन् । नेपालीले तिहारमा देउसी-भैलो खेलेझैँ अमेरिकाका बालबालिकाहरुले ‘ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर’ भन्दै हालोविन हलोविन पर्व मनाएका छन् । साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी विदेशीहरुले खेलेझैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् । प्राय:जसो कालो रंगको पोशाक अधिकांश देखिए तापनि विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई बाढेका छन् । हेलोविन खेल्न आउनेलाई पैसा दिनुपर्दैन । बालबालिका तथा किशोरकिशोरीले मिठाई माग्ने गर्छन । यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा जाने चलन छ र जानुपर्छ । घरबेटीले अन्य खाने कुराहरु दिनुपर्दैन । नेपालको तिहारको समय र हेलोविनको समय कहिलेकाहीँ एक-दुई दिनको फरकमा पर्न जान्छ । बालबालिकाले पहेला, निला, काला, सेता वस्त्र, भूतप्रेतझैँ, होलिका, मुकुण्डो, नकाव, भोजमा लगाईने विशेष पोशाकमा घर ,बजार तथा ठुला-ठुला बिशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन । हालोविन के हो रु र किन मनाइन्छ ? हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ। गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यी बाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ । आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन् । हालोविन शब्दको प्रयोग पहिलो पटक १६अौं शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो । यो आत्मा दिवस को पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ । अमेरिकामा २०१८ को हालोविनमा करिव ९ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । झन्डै १७ करोड अमेरिकनहरूले हालोविनमा सहभागिता हुने अड्कल छ । साथै आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षितसँग हालोविनमा सहभागी हुने, कसरी सडक काट्ने आदि बारेमा पनि जानकारी गराईएको छ । यदि मुख्य बजारभित्र खेल्ने हो भने र बाटो काट्दा चम्किलो लुगा लगाउन समेत जानकारी गराइएको छ । ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग) पछिको सबैभन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । एक आंकडाअनुसार एक व्यक्तिले कम्तिमा औसतमा १ सय डलर हालोविनमा खर्च गर्ने जनाएको छ । हालोविनमा घर बाहिर ,भित्र सजावट ,बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरु पनि सजावटको साथमा हिड्न थालेका छन् । हालोविन खेल्दा १२ बर्षमुनिका भएमा अनिवार्यरुपमा अभिभावक साथमा हिड्ने गर्छन र यदि बालबालिका परिपक्व छ भनेपनि आफ्नो नजिकका छर छिमेकL वरपर मात्र खेल्न सुझाव गर्दछन । केही झलकहरु-  

समुद्रको तापमान बढ्दा जनजीवनलाई कस्तो प्रभाव पार्छ ?

काठमाडौं, कार्तिक १५ । मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्यासहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएका छन् । गत २५ वर्षमा समुद्रहरूले सोसेको ताप पहिले सोचिएभन्दा धेरै परिमाणमा भएको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । नयाँ अध्ययनले पहिले आँकलन गरिएको भन्दा ६० प्रतिशत धेरै ताप समुद्रहरूले सोसेको पाइएको देखाएको छ । नयाँ निष्कर्ष अनुसार पृथ्वी इन्धन उत्सर्जनको परिणामप्रति धेरै नै सम्वेदनशील रहेको देखिन्छ । यसले यो शताब्दीमा विश्वव्यापी तापमान वृद्धिलाई सुरक्षित स्तरमा राखिराख्न निकै कठिन बनाइदिने देखिन्छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी अन्तर्सरकारी प्यानेलको पछिल्लो वृहत् परीक्षण बमोजिम हरितगृह ग्यासका कारण संकलित अतिरिक्त तापको ९० प्रतिशत विश्वका समुद्रहरूले सोसेको देखिएको छ । यो नयाँ हिसाबले के देखाएको छ भने समुद्रहरूले पहिले सोचिएभन्दा निकै धेरै परिमाणमा ताप सोसेका छन् । यसले मानव क्रियाकलापका कारण उत्पन्न विश्वव्यापी तापमान वृद्धिका कारक ग्यासहरूले पहिले सोचेभन्दा धेरै तापमान वृद्धि गराएको देखाएको छ। सो अध्ययनमा सामेल अनुसन्धानकर्ताहरू भन्छन् यी नयाँ तथ्यले प्यारिस सम्झौतामा सरकारहरूले तापमान वृद्धि सम्बन्धी राखेका लक्ष्य भेट्टाउन झन् कठिन हुने देखिन्छ । बढी ताप भएको समुद्रमा अक्सिजनको मात्रा कम हुन्छ, जलचर प्रभावित हुन्छन् र सामुद्रिक सतह माथि आउने जोखिम बढ्छ। यस शताब्दीमा तापमान वृद्धिलाई डेढ वा अझ २ डिग्री सेल्सियसभित्रै कायम राख्न थप कठिन बनाउने त छँदैछ, समुद्रहरूमा मिसिएको अतिरिक्त तापले त्यहाँको पानीमा पनि व्यापक परिवर्तन ल्याउनेछ। संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स र जर्मनीका अनुसन्धानकर्ताहरूको सो अध्ययनले पृथ्वीको तापमान बढाउने हानिकारक तत्वहरूको उत्सर्जनमा पहिले लक्ष्य गरिएभन्दा थप २५ प्रतिशतले कमी ल्याउन पर्ने निष्कर्ष निकालेको छ। बढी ताप भएको समुद्रमा कम अक्सिजन हुन्छ जसले सामुद्रिक पर्यावरणमा सोझो असर पर्छ। त्यसले समुद्र सतह माथि आउने जोखिम पनि बढाउँछ । बीबीसीबाट

१६ लाख बढीको रिचार्ज कार्डसहित एकजना पक्राउ

दाङ, कार्तिक १५ । दाङमा रिचार्ज कार्ड चोरी गरेर बिक्री गरेको अभियोगमा एकजनालाई पक्राउ परेका छन् । रिचार्ज कार्डसहित रोल्पा माडी गाउँपालिका–१ का २१ वर्षे दलबहादुर पुन पक्राउ परेका हुन् ।   असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको उजुरी प्रहरीमा परेको थियो । प्रहरीले उजुरी परेको २१ दिनपछि १६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित पुनलाई पक्राउ गरेको हो ।   पुनले ससुराली प्युठान स्वर्गद्वारी नगरपालिका–७ मा लुकाइ राखेको अवस्थामा रिचार्ड कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए । पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको र चोरी मुद्दा दर्ता गरेर कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

कालोपत्रेको काम सुरु भयो गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलमा

भैरहवा, कार्तिक १३ । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कालोपत्रेको काम मंगलबारदेखि सुरु भएको छ । २०१९ को जुलाई १६ अघि नै संचालनमा ल्याउने लक्ष्य राखिएको विमानस्थलमा मंगलबार नेपाल सरकारको पर्यटन मन्त्री रबिन्द्र अधिकारीले पिच कामको सुरुवात गरे । विमानस्थलमा रहेको ३ किमी रन वेको सव बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम सुरु गरेको हो । २०७१ माघमा सिलन्यास भएको बिमानस्थल २०७४ पुस मसान्त भित्र पूरा गर्नुपर्ने भएतापनि बिभिन्न अवरोधका कारण हुन सकेको छैन । पछिल्लो समय भने बिमानस्थलको निर्माणको काममा तीव्रता आएको छ । अहिलेसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ । विमानस्थल निर्माण कार्यअन्तरगत अहिले निर्माण भइरहेको रन वे १ दशमलव २५ मिटर उचाई, ३ हजार मिटर लम्बाई तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुवै किनारमा १५–१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो रन वेको दुवैतिर ३००–३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेङ्खटी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ । सरकारले रनवे पिचको काम ६ महिना भित्र पूरा गर्न आयोजनालाई निर्देशन दिएको जानकारी मन्त्री रबिन्ı अधिकारीले दिए । पिचको काम ४ महिना भित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी आयोजनाका निमित्त प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । ६ महिनापछि बिमानस्थलको रनवे सकिएपछि आन्तरिक उडान सुरु हुने जानकारी मन्त्री अधिकारीले दिए । आन्तरिक उडानपछि सबै पक्रिया पूरा गरेर अन्तराष्ट्रिय उडान सुरु गर्ने उनले प्रतिबद्धता जनाए । मन्त्री अधिकारीले थाइलेन्ड लगायतका धेरै देशले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थनमा आउन इच्छा देखाएकोले सरकारले पनि सोही अनुरुप नयाँ सम्झौताहरु यस बिमानस्थलकै लागि भनेर पहलकदमी अघि बढाएको बताए । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तराष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । कूल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यो विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थलको निर्माणकार्य जिम्मा चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले लिएको छ । नयाँपत्रिकाबाट