सोमबार सञ्चारमन्त्री बास्कोटा स्वदेश फिर्ता
काठमाडौं, कार्तिक १९ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा स्वदेश फिर्ता भएका छन् ।
उनी संयुक्त अरब इमिरेट्स (दुबई)को भ्रमण सकिएर स्वदेश फिर्ता भएका हुन् । मन्त्री बास्कोटा दुबईमा आयोजित अन्र्तराष्ट्रिय टेलिकम्युनिकेशन यूनियन (आईटियू) को १८ औँ सम्मेलनमा भाग लिएर सोमबार स्वदेश फिर्ता भएका हुन् । सम्मेलन कात्तिक १२ देखि ३० गतेसम्म चलेको थियो ।
मन्त्री बास्कोटाले सम्बोधनका क्रममा कृषि, शिक्षा, स्वास्थ्य, शहरी पूर्वाधार, उर्जा, पर्यटन, वित्त आदि क्षेत्रलाई केन्द्रमा राखेर डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सूचना प्रविधिको विकासलाई अगाडि बढाईएको बताए । उनले दिगो विकासको लक्ष्य हाँसिल गर्न सूचना प्रविधि नीति र ब्रोडव्याण्ड नीति तर्जुमा गरी कार्यान्वयनमा लगिएको उल्लेख गरे ।
यस्तै सूचना प्रविधि ऐन तर्जुमाको कार्यलाई अगाडि बढाईएको र दूरसञ्चारको क्षेत्रमा विश्व समुदायले हाँसिल गरेका नविनतम प्रविधिलाई आत्मसाथ गर्दै आईटियू सँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । १९३ राष्ट्र सहाभागी सम्मेलनमा मन्त्री बास्कोटाले नेपालको दूरसञ्चार क्षेत्रका भावी योजना प्रस्तुत गर्नुका साथै प्रगतिबारे जानकारी गराएका थिए।
नेपालले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लागि नेपाल सरकारले विभिन्न कार्ययोजना बनाएको र दिगो विकास लक्ष्य हासिल गर्न ब्रोडब्याण्ड नीति, २०७१ तथा आईटीयूको कनेक्ट, २०२० निर्धारण गरेका लक्ष्यहरू हासिल गर्ने गरी कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको विवरणसमेत मन्त्री बास्कोताले बैठकमा प्रस्तुत गरेको सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।
आईटीयूका नीति र रणनीतिबारे निर्णय लिन हरेक ४ वर्षमा यसका सदस्य राष्ट्रहरुको सम्मेलन हुने गरेको छ । सम्मेलनकै क्रममा मन्त्री बास्कोटाले विभिन्न देशका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावासको अनुगमन गरेका थिए । प्रशासनबाट
सोमबार नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि
काठमाडौं, कार्तिक १९ । वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिँदै छ । लाजिम्पाटस्थित निवासबाट दिउँसो १ बजे शव यात्रा निकालिने छ । कमलाक्षी, असन, बांगेमुढा, क्षेत्रपाटी हुँदै शोभा भगवतीसम्म शवयात्रा गरिने र दिउँसो शोभा भगवतीको कर्णदीपमा अन्त्येष्टि गरिने छ । शवयात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि शव निवासमै राखिएको पारिवारिक स्रोतले जनाए । मस्तिष्कघात र मृगौलाको समस्याबाट पीडित तुलाधरको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो । कात्तिक १३ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालको आइसीयूमा उपचाररत तुलाधरको आइतबार अपराह्न निधन भएको हो । पञ्चायतकालदेखि वाम राजनीतिमा सक्रिय उनी पछिल्लो समय मानवअधिकारवादी अभियानमा पनि लागेका थिए। उनको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्। प्रशासनबाट
मेयर रेणुको कडा निर्देशनः सरसफाईमा अटेर गरे कानून बनाएर कारबाही गरिने
चितवन कार्तिक १९ । भरतपुर महानगरपालिका मेयर रेणु दाहालले सुन्दर, शान्त, स्वच्छ र हराभरा महानगर बनाउन आवश्यक ऐननियम कानुन बनाएर नै अगाडि बढ्ने बताएकी छन् । हरेक हप्ता नयाँ ठाउँमा गई महानगरपालिकाले आफैं सरसफाईमा सरिक भई आमजनतालाई प्रेरित गर्दै आएको अभियानअन्तर्गत सोमबार महानगरपालिका परिसरदेखि शहीद चोकसम्म गरिएको सरसफाई कार्यक्रममा बोल्दै मेयर दाहालले आफुहरु महानगरलाई सरसफाई युक्त राख्न आग्रह, अपिल, पत्रचार गरेको बताउदै यति गर्दा पनि भएन् भने आफू कडा ढगंले कार्यपालिका बैठकबाटै निति र कानुन के बनाउन पर्छ त्यो बनाएरै कार्वाही गर्ने चेतावनी दिईन् । “यदि यो आग्रह अनुरोधलाई फेरि पनि सुनेको नसुन्यै गरेर, कानमा तेल हालेर बस्ने परिपार्टी यहि स्थितिमा रहन्छ भने महानगर कडाईका साथ अगाडि बढ्छ, उनले भनिन् । समृद्धिका लागि आवश्यक ऐननियम कानुन बढाएर अगाडी बढ्छौँ ।” महानगरलाई उत्कृष्ट र समृद्ध महानगर बनाउन आफ्नो टिम स्मार्ट सिटीको परिकल्पना गदै अगाडि बढिरहेको सन्दर्भमा स्मार्ट सिटिको परिकल्पना गरिदा स्मार्ट पिपुलसगैँ स्मार्टनेस हुन जरुरी रहेको उनले बताईन् । ‘हरेक होटल, हरेक पसलको अगाडी, रेष्टुरेन्टको अगाडी एकदम फोहोरहरु, आफ्नो घरभित्रको फोहोर सडकमा थुपारिएको छ । त्यसले हाम्रो शहरलाई स्वच्छ सफा, हराभरा, सुन्दर, शान्त बनाउने सपनालाई अप्ठारो बनाई राखेका छ, उनले भनिन्– म के अनुरोध गर्न चाहान्छु भने, यो अभियानमा नगरवासीको सक्रिय सहभागिता हुनु जरुरी छ ।” ‘महानगरपालिका मात्रै एक्लैले चाहेर मात्रै सरसफाई हुनु सक्दैन्, गाह्रो छ, कठिन छ, उनले भनिन्– यसमा सबैको सहभागिता भयो भने मात्रै सफलता मिल्छ । व्यवस्थित सुन्दर शान्त महानगर बनाउन सक्छौँ । सफाई युक्त महानगर बनाउन सक्छौँ ।’ सो अवसरमा महानगरका प्रवक्ता एवं वडा नं.१० का अध्यक्ष अरुण पीडित भण्डारीले सबै सेचत र सबै गम्भीर हुदै सरसफाईमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए । महानगरपालिका गेटदेखि सुरु भएको सो कार्यक्रम लायन्सचोक, शहिदचोक लगायतका स्थानमा सरसफाई गरिएको थियो । सो अवसरमा पसलेहरुले नै जथाभावी फोहर गरेको र घरको ट्वाइलेट समेत सिधै ढलमा मिसाइएको पाइएको थियो । सरसफाई अभियानमा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित महानगरका पदाधिकारी एवं कर्मचारीहरु, लगायत विभिन्न कार्यालयका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, टोल विकास समितिका पदाधिकारी एवं सदस्यहरु, सरसफाई अभियन्ताहरु, सामाजिक संघसंस्था तथा नागरिक समाजका अगुवा एवं सदस्यहरु, मिडियाकर्मी तथा स्थानीय व्यवसायी एवं सर्वसाधरण समेतको सहभागितामा रहेको थियो ।
सुविधा दुई चालकको, काम एकै जनाबाट
काठमाडौँ, कात्तिक १९ । संघीय संसद्का पदाधिकारी सबैले २ जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले २ जना चालकको सुविधा पाउँछन् । संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ । चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खाता मार्फत गरिन्छ । हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ । तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एक जनामात्र छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताए । पाण्डेले भने– ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्र्दै आएका छौँ । को राख्ने कति राख्ने सबै उहाँहरुकै स्वविवेकको कुरा हो । दुई चालक राख्ने सुविधा ऐनले दिएको छ ।’ पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ । तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एकमात्र छन् । दुई जनाका दुई चालक सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन् । गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन् । रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन् । नेकपाका संसदीय दलका सचेतक शान्ता चौधरीको पनि एकमात्र चालक छन् । उहाँका चालकका रुपमा अर्जुन प्याकुरेलको नाम दर्ता छ । यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालका चालकका रूपमा बुदु खड्गीको नाम दर्ता छ । लेखा समिति सभापति भरतकुमार शाहका पनि एकमात्र चालक छन् । नेकपाका राष्ट्रियसभा दलका अध्यक्ष दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईका पनि एक-एक जना चालकको मात्र दर्ता छन् । यस्तै, विपक्षी दल कांग्रेसकी सचेतक सरिता प्रसाईँका तर्फबाट पनि एकमात्र चालकको नाम दर्ता छ । प्रसाईँका चालकका रुपमा मिङ्मा शेर्पा छन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका पनि एकमात्र चालक छन् । यस्तै, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलका पनि एकमात्र चालकले परिचयपत्र र पासका लागि नाम दर्ता गराएका छन् । सचिवालयको रेकर्ड अनुसार प्रतिनिधिसभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, विकास समिति सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, कृषि समिति सभापति पूर्णकुमारी सुवेदीका पनि एकमात्र चालक छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापति निरादेवी जैरुका पनि एकमात्र चालक छन् । सचिवालयको रेकर्ड अनुसार जैरुका चालकका रुपमा कुमार रोका कार्यरत छन् । न्यून पारिश्रमिक, टिक्दैनन् चालक सचिवालयले दुई सवारी चालक पदाधिकारीका लागि व्यवस्था गरिदिए पनि अधिकांशले एकमात्र चालक राख्ने गरेका छन् भने राखिएका चालकले पनि सन्तोषजनक पारिश्रमिक नपाएको बताएका छन् । केही चालकले भने पारिश्रमिकमा सन्तुष्टि जनाएका छन् । ‘दुई जना ड्राइभर राख्न तलब आउँछ भन्ने हामीलाई पनि जानकारी छ । तर, एकजना ड्राइभर राखिन्छ । त्यसमा पनि भनेजस्स्तो पैसा पाइन्न । कहिले त १७–१८ घन्टासम्म काम गर्नुपर्छ’ एक पदाधिकारीका चालकले गुनासो गरे । चालकहरूका अनुसार केहीले २५ हजार रुपियाँसम्म पारिश्रमिक पाएका छन् । कतिपयले भने २० देखि २२ हजारसम्म मात्र मासिक भुक्तानी पाउने गरेको बताएका छन् । सचिवालयका उच्च अधिकारीको अनुभव अनुसार पनि पदाधिकारीका चालक फेरिइरहन्छन् । ‘कतिपयका त १५ दिनमै फेरिएको पनि रेकर्ड छ । केहीका दुई चार महिनामा । केहीका भने लामो समयदेखि कार्यरत छन् । लामो समय काम गर्ने उच्च पदाधिकारीका चालक छन् । बिहान ६ बजेदेखि अबेरसम्म काम गर्नुपर्ने हुनसक्छ । पारिश्रमिक चित्त नबुझेर पनि होला हामी छिटोछिटो चालक फेरिएको देख्छौँ ।’ गोरखापत्रबाट
आजबाट यमपञ्चक सुरुः पहिलो दिन काग तिहार
काठमाडौँ, कात्तिक १९ । कात्तिक कृष्ण त्रयोदशीका दिन सोमवार यमदूत मानिने कागलाई भोजन गरार्इ कागप्रति श्रद्धा प्रकट गरिँदै छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा ५ दिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो ५ दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहोर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । काग धुरीमा कराउँदा र कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउँछन् । काठमाडौँको उत्तर पूर्वी क्षेत्र गागलफेदीमा रहेको कागेश्वरी मन्दिर परिसरमा राखिएको अजङ्गको कागको प्रतिमामा स्थानीय युवाले मेला आयोजना गरेका छन् । वीपी सङ्ग्रहालय प्रमुख पर्शुराम पोखरेलका अनुसार दशैँका बेला लाग्ने कागेश्वरी मेला भने यो होइन । कागेश्वरी मेलाका दिन रातो मच्छिन्द्रनाथको भोटो देखाए जसरी देखाइने गरेको कागको प्रतिमा गायव भएपछि यहाँ कागको नयाँ प्रतिमा स्थापना गरिएको हो । गायव भएको कागको प्रतिमाको खोजी होस् भन्ने जनमाग रहेको उनी बताउँछन् । यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाइन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् । राजधानीको जयवागेश्वरीस्थित नेपालमा एकमात्र धनवन्तरी मन्दिरमा वागमती अञ्चल आयुर्वेद औषधालय र जयवागेश्वरी युवा क्लवले पूजा अर्चना सहित विशेष समारोहको आयोजना गरेका छन् ।
सोमबार अपरान्ह साढे २ बजे उपराष्ट्रपतिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु
काठमाडौं, कात्तिक १९ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार अपरान्ह शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरेका छन् । उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान सोमबार अपरान्ह साढे २ बजेबाट सुरु हुने छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ । समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कालकार, पत्रकार लगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । उपराष्ट्रपतिले यस अघि कात्तिक १६ गते जलपान समारोहको आयोजना गरेका थिए । सोही दिन नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान समारोह सोमबारका लागि सारिएको थियो ।
उपराष्ट्रपतिद्वारा पद्यरत्नप्रति श्रद्धाञ्जली व्यक्त, ‘तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति’
काठमाडौं, कात्तिक १९ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरे । ‘मैले उनलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवम् वरिष्ठ मानवअधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्तिप्रक्रियाको पहलकर्ता आदरणीय पद्यरत्नको निधनले म स्तब्ध भएको छु’, उपराष्ट्रपतिले परिवारजनसँग भने, ‘साधारण जीवनशैली अपनाएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताए । ‘पद्यरत्नको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । नेपालको परिवर्तनकारी आन्दोलन, विशेष गरी पञ्चायत विरुद्धको संघर्ष, २०६२–०६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उनले पुर्याएका योगदान सगरमाथा जस्तो उच्च छ,’ उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नले पुर्याएका योगदानको म उच्च सम्मान गर्दछु ।’ उपराष्ट्रपतिले पद्यरत्न तुलाधरको भौतिक रुपमा निधन भएपनि सदा सदाका लागि बाँचिरहने बताए । ‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ उ अमर रहन्छ,’ उनले भने, ‘पद्यरत्न भौतिकरुपमा त हामीबाट बिदा भए तर राष्ट्रका लागि उच्च योगदान दिएर विदा भएकाले उनी सदा सदाका लागि बाँचिरहने छ ।’
एक दर्जनभन्दा बढी ढोई गर्भवती, बाँके, पर्सा र शुक्लाफाँटामा बसेन गर्भ
काठमाडौँ, कात्तिक १९ गते । राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा (छावा) जन्माइसकेका छन् भने सात वटा गर्भवती अवस्थामा छन् । त्यस्तै बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् । कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ढोईले भने यस पटक बच्चा पाउने पत्तो छैन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार यस अघि दुइटा ढोईले छावा जन्माइसकेका र बाँकी सात वटा गर्भिणी अवस्थामा छन् । चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती छन् । बर्दियामा रहेका १३ वटा हात्तीमध्ये दुईवटा हात्तीले यस पटक बच्चा जन्माउने भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीका अनुसार निकुञ्जमा रहेका नौवटा पोथीमध्ये दुईवटा पोथीले बच्चा जन्माउने भएका छन् । उता शुक्लाफाँटामा सात वटा हात्तीको दरबन्दी रहेको र तीमध्ये पाँच वटा ढोई रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दीमा कुनै पनि ढोईमा गर्भ नबसेको बताइएको छ । बाँके राष्ट्रिय निकुञ्जमा दरबन्दी रहेका १० वटा हात्तीले पनि यस पटक बच्चा नजन्माउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार चितवनमा गर्भवती भएका सात वटा ढोईमध्ये केहीले त केही दिनभित्रै छावा जन्माउने लक्षण देखिएको छ । केहीको भने बच्चा जन्माउने समय पुगेको छैन । हात्तीले सामान्यतया २० देखि २२ महिनाको अवधिमा छावा जन्माउने गर्छ । एक महिना अघि चितवन राष्ट्रिय निकुञ्जमा गणेशकली नामक ढोईले भाले छावा जन्म दिएको छ भने पूजाकली नाम गरेको अर्काेले पोथी छावा जन्माएको छ । छावाको विधि पु¥याएर ११औँ दिनमा न्वारन गर्ने परम्परा रहेको छ । हात्तीलाई भगवान् गणेशका अवतारको रूपमा लिइने भएकाले मानिसको न्वारनको विधि पु¥याएझैँ न्वारन गरेर नामकरण गर्ने गरिन्छ । पोथी छावाको नाम पछाडि कली राखिने गरिन्छ भने भालेको नाम पछाडि गज राखिने प्रचलन छ । केही दिन अघि जन्मिएका छावाले हाल दूध मात्र खाने गरेका छन् । कम्तीमा तीन महिनाको अवधिपछि मात्र छावालाई खिर खुवाउने गरिन्छ भने छ महिना पछि छावाले घाँसपात खान सुरु गर्छ । चितवनमा हात्ती प्रजनन तथा तालिम केन्द्रको २०४२ सालमा स्थापना पछि ४७ छावाकÞो जन्म भइसकेको छ । जन्मेकामध्ये चार वटाको मृत्यु भएको छ भने हाल ४३ वटा सकुशल छन् । यहाँ जन्मिएका छावा अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षमा पाल्ने गरिएको छ । साभारः लक्ष्मी उपाध्याय/गोर्खापत्र दैनिक
दुई जना ड्राइभर राख्न तलब तर ड्राइभर एक मात्र, संसदकै पदाधिकारीद्वारा लूट
काठमाडौँ, कात्तिक १९ गते । संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन् । प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष/उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ । चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ । हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ । तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताउनुभयो । पाण्डेले भन्नुभयो ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्र्दै आएका छौँ । को राख्ने कति राख्ने सबै उहाँहरुकै स्वविवेकको कुरा हो । दुई चालक राख्ने सुविधा ऐनले दिएको छ ।’ पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ । तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एक मात्र छन् । दुई जनाका दुई चालक सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन् । गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन् । रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन् । ने क पा का संसदीय दलका सचेतक शान्ता चौधरीको पनि एकमात्र चालक छन् । उहाँका चालकका रुपमा अर्जुन प्याकुरेलको नाम दर्ता छ । यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालका चालकका रूपमा बुदु खड्गीको नाम दर्ता छ । लेखा समिति सभापति भरतकुमार शाहका पनि एकमात्र चालक छन् । ने क पाका राष्ट्रियसभा दलका अध्यक्ष दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईका पनि एक÷एक जना चालकको मात्र दर्ता छन् । यस्तै, विपक्षी दल कांग्रेसकी सचेतक सरिता प्रसाईँका तर्फबाट पनि एकमात्र चालकको नाम दर्ता छ । प्रसाईँका चालकका रुपमा मिङ्मा शेर्पा छन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका पनि एकमात्र चालक छन् । यस्तै, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलका पनि एकमात्र चालकले परिचयपत्र र पासका लागि नाम दर्ता गराएका छन् । सचिवालयको रेकर्ड अनुसार प्रतिनिधिसभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, विकास समिति सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, कृषि समिति सभापति पूर्णकुमारी सुवेदीका पनि एकमात्र चालक छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुका पनि एकमात्र चालक छन् । सचिवालयको रेकर्ड अनुसार जैरुका चालकका रुपमा कुमार रोका कार्यरत छन् । न्यून पारिश्रमिक, टिक्दैनन् चालक सचिवालयले दुई सवारी चालक पदाधिकारीका लागि व्यवस्था गरिदिए पनि अधिकांशले एकमात्र चालक राख्ने गरेका छन् भने राखिएका चालकले पनि सन्तोषजनक पारिश्रमिक नपाएको बताएका छन् । केही चालकले भने पारिश्रमिकमा सन्तुष्टि जनाएका छन् । ‘दुई जना ड्राइभर राख्न तलब आउँछ भन्ने हामीलाई पनि जानकारी छ । तर, एकजना ड्राइभर राखिन्छ । त्यसमा पनि भनेजस्स्तो पैसा पाइन्न । कहिले त १७–१८ घन्टासम्म काम गर्नुपर्छ’ एक पदाधिकारीका चालकले गुनासो गरे । चालकहरूका अनुसार केहीले २५ हजार रुपियाँसम्म पारिश्रमिक पाएका छन् । कतिपयले भने २० देखि २२ हजारसम्म मात्र मासिक भुक्तानी पाउने गरेको बताएका छन् । सचिवालयका उच्च अधिकारीको अनुभव अनुसार पनि पदाधिकारीका चालक फेरिइरहन्छन् । ‘कतिपयका त १५ दिनमै फेरिएको पनि रेकर्ड छ । केहीका दुई चार महिनामा । केहीका भने लामो समयदेखि कार्यरत छन् । लामो समय काम गर्ने उच्च पदाधिकारीका चालक छन् । बिहान ६ बजेदेखि अबेरसम्म काम गर्नुपर्ने हुनसक्छ । पारिश्रमिक चित्त नबुझेर पनि होला हामी छिटोछिटो चालक फेरिएको देख्छौँ ।’ गोर्खापत्र दैनिकबाट साभार गरिएको
चीनबाट आईपुग्यो मुख्यमन्त्रीले चढने विद्युतीय कार, २ घण्टा चार्ज गर्दा ४ सय किमी गुडने
मकवानपुर, तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो। यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो । मुख्यमन्त्रीको लागि सुविधायुक्त पाँच सिटे विद्युतीय जीप ल्याइएको हो। चीनमा उत्पादन गरिएको बीवाईडी जिपको मूल्य ५५ लाख रुपैंया पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको छ भने २ घण्टा चार्ज गर्दा जिप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ। उक्त जीप नेपालका लागि चिनियाँ कम्पनीको सो गाडिहरुको बिक्रेता सूर्या गुड्स सप्लायर्समार्फत् ल्याईएको हो। ‘देशको वातावारणमा स्वच्छता कायम राख्ने भरपर्दो उपाय विद्युतीय गाडीको प्रयोग र प्रवद्र्धन हो,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘सरकारले प्रदेशलाई अब विद्युतीय सवारी साधनतर्फ डोर्याउने छ।’ स्वदेशमै विद्युत पर्याप्त उत्पादन हुने भएकाले विद्युतीय सवारी साधनको सञ्चालनमा बृद्धि गर्नुपर्नेमा जोड दिदै उनले विद्युतीय सवारी वातावरणमैत्री समेत रहेकाले सरकारले विशेष कदम चाल्ने बताए। वि।सं। २०८५ सालदेखि केही ठूला शहरहरुमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन पूर्ण रुपमा प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रम प्रदेश सरकारले घोषणा गरिसकेको छ। ती शहरहरुमा काठमाडौं उपत्यका, चितवन, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, धुलिखेल र पनौतीलगायत रहेका छन्। सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने बताउँदै प्रदेश सरकारले यातायात सेवालाई वातावरणमैत्री बनाउने अभियान अन्तर्गत मुख्यमन्त्रीबाट अभियान शुरु गर्न लागेको जनाएको छ। विद्युतीय सवारीहरुको नियमित सञ्चालनका लागि प्रदेशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न समेत लागिएको छ। त्रिभुवन राजपथको विभिन्न स्थान, पूर्वपश्चिम राजमार्गको चितवनको मुग्लिन, हेटौंडालगायतमा केही महिनापछि चार्जिङ स्टेशन बनाईने छ। पहिलो चरणमा भने प्रदेश राजधानी हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ। प्रदेश सरकारले स्थानीय रुटमा विद्युतीय बस पनि सञ्चालनको तयारी गरिरहेको छ। पहिलो चरणमा हेटौंडा–नारायणगढ विद्युतीय बस सञ्चालन हुने छ। निकट भविष्यमै प्रदेश राजधानी हेटौंडाबाट प्रदेशको प्रमुख क्षेत्रसम्म विद्युतीय बस सञ्चालनको तयारी भईरहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।
बोक्सी भन्दै कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना !
जनकपुर, कार्तिक १८ । घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटार्इ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् । उनका पति इन्द्रजित मण्डल दुबईमा छन् । सम्पत्तिका विषयमा परिवारमा किचलो छ । त्यही किचलोका कारण जेठाजु इन्दल मण्डलले उनलाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ । सेलले कुटपिट गर्ने पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ । इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत डाकेका थिए । पञ्चायतमै सबैका सामुन्ने उनले मनतोरियालाई कुटपिट गरे । पञ्चायतमा खत्वे समाजका माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायतले जेठाजुको लहैलहैमा लागेर आफूलाई कुटपिट गरेको उनको आरोप छ । कुटपिटपछि मनतोरियाले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहलाई उजुरी गरिन् । वडाध्यक्ष साहले पञ्चले गरेको निर्णय स्वीकार गर्न दबाब दिएपछि प्रहरीमा उजुरी गरेको उनले बताइन् । साहले जरिवानाको निर्णय पञ्चायतले गरेको र मनतोरियालाई प्रहरीमा जान सुझाएको बताए । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले बोक्सी आरोपमा महिलालाई यातना दिएको ठहर भए कानुनअनुसार कडा कारबाही गरिने बताए । उनले घटनाबारे बुझन तत्कालै निर्देशन दिइएको र दोषीलाई कारबाही दायरामा ल्याउने बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद रामसरोज यादवले घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् । कान्तिपुरबाट
घरमै गएर धर्म परिर्वतन गराउने ४ महिला प्रहरीको फन्दामा
रुपन्देही, कार्तिक १८ । बुटवलमा धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चार जना पक्राउ परेका छन् । उनीहरुलाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला छन् । पक्राउ पर्नेमा जापानिज् ४९ वर्षिय यासुको ओवा र ४४ वर्षिय मकिहिकुला छन्। त्यस्तै तिलोत्तमा नगरपालिका ५ की २५ वर्षिय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षिय तिर्थमाया घले रहेको प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका वडा नं. १४ पदमपुरमा धर्म परिवर्तनका लागि घर घरमा पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रण गरी प्रहरीलाई खबर गरेका थिए। ६ जनाको टोलीले घरघरमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तनका लागि प्रचार गरेको अवस्थामा स्थानीयले वडा प्रहरी कार्यालय बुटवलमा जानकारी गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट क्रिश्चियन धर्मका पुस्तक तथा पोष्टरहरु फेला पारिएको प्रहरीले जनाएको छ । स्थानीय हरिशरण पाण्डेले एक घण्टासम्म निगरानी गरेर प्रहरीलाई खवर गरेको बताए । सुकुम्बासी बस्ती र दलित बस्तीमा घलेले विदेशी महिलाहरुलाई लैजाने र धर्म परिवर्तनका लागि प्रचार गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
बिराटनगर आइपुग्यो भारतीय रेल
बिराटनगर, कार्तिक १८ । प्रदेश नं. १ को अस्थायी राजधानी बिराटनगरसम्म भारतीय रेलको परीक्षण सम्पन्न भएको छ । नेपालको कटहरी जोड्ने रेलमार्ग परीक्षणका लागि भारतीय रेल बिराटनगर- १८ बुधनगरसम्म आइपुगेको हो । बिहारको बथनाहादेखि ८ किलोमिटर दुरी तय गर्दै आइतबार ब्रोडगेज मार्गमार्फत एक घण्टामा नेपाल-भारत सीमा क्षेत्र बुधनगरसम्म रेल आइपुगेको हो । परीक्षणमा एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कस्टम यार्डसम्म १३१०२ डब्लुडिजी ३ ए रेलको इन्जिनमा नेपाली र भारतीय झण्डा राखेर चालक एन.के.यादवले ल्याएका थिए । सफल परीक्षण भएपछि आगामी डिसेम्बर १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गरेसँगै सीमामा रहेको एकीकृत भन्सारसम्म मालबाहक रेल आवत जावत गर्नेछ । औद्योगिक सामान ओसार्न बथनाहादेखि बिराटनगर सीमाना कटहरी गाउँपालिकासम्म, १८ किलोमिटर दुरीको परियोजना सञ्चालन भैरहेको छ । तर, जग्गा अधिग्रहणमा ढिलाई हुँदा नेपालतर्फ अझै १० किमी रेलमार्ग बिस्तार गर्न, कटहरीमा प्लेटफर्म र गोदाम घर निर्माण गर्न बाँकी रहेको छ । भारतको राइटस लिमिटेड परामर्शदाता रहेको रेलमार्ग भारतीय रेल मन्त्रालय अन्तर्गत रहेको इरकोण कम्पनीले निर्माण गरिरहेको छ । हालसम्म नेपालतर्फ ३ किलोमिटर र भारततर्फ पाँच किमी दुरीमा मात्र बिस्तार भएको छ । नयाँ पत्रिकाबाट
झारफुकको बहानामा बलात्कार गर्ने ७१ वर्षीय गुरुवा पक्राउ
बर्दिया, कार्तिक १८ । बर्दियामा झारफुकको बहानामा महिलामाथि बलात्कार गर्ने एकजना गुरुवा पक्राउ परेका छन् । झारफुक गरेर क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारू पक्राउ परेका हुन् । क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले प्रहरीमा उजुरी दिएपछि थारू पक्राउ परेका हुन् । थारू समुदायमा झारफुक गर्नेलाई गुरुवा भनिन्छ । अन्धविश्वासका कारण अझै पनि थारू महिला झारफुकमै भर पर्छन् । राति फोन गरी झारफुक गर्न बोलाउने र भनेको नमाने रोग निको नहुने भनेपछि केही समय सहेरै बसेको तर रोग बढ्दै गएपछि प्रहरीमा उजुरी गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् । प्रहरी निरीक्षक वसन्त गौतमले थारूलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको बताए ।
निर्मलाका बलात्कारीलाई सार्वजनिक गरेरै छोड्छौं– नेता रावल
कैलाली, कार्तिक १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा कुनै हालतमा उन्मुक्ति नपाउने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनले तिहारको अवसरमा धनगढीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । पूर्व गृहमन्त्रीसमेत रहेका रावलले निर्मलाको हत्यारा संलग्न व्यक्तिको खोजीका लागि सरकार गम्भीर भएर लागेको बताए। जुन सुकै निकायको व्यक्ति भए पनि सार्वजनिक गरेर नै छोड्ने उनले दावी गरे। यस्तै अर्को प्रशंगमा नेता रावलले कैलालीको गोदावरी क्षेत्र बुट्यान भएको क्षेत्र भएकाले एक रुख नकाटेरै राजधानी बनाइने उनले बताए। प्रदेश सरकारले प्रदेश राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको छ। राजधानीको विषयलाई लिएर यहाँ आन्दोलन समेत भएको थियो। तराईमा हजारौं सरकारी विघा जमिन कब्जा गरिहरको अवस्थामा बाघको बाटोमा राजधानी, बाढी, पहिरो जान्छ भन्ने कुरा सबै अफाह फैलाउने काम भएको नेता रावलको भनाई छ।ुसीमाको सुरक्षा, भौगोलिक दृष्टिकोण प्रदेश सरकारकाले उपयुक्त ठाउँमा राजधानी तोकेको उनको जिकिर छ।
के लेख्दैछ कांग्रेसले राजनीतिक प्रतिवेदनमा, लेखन तयारी तीब्र
काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव लेखन अघि बढाएको छ । कांग्रेसले जनतालाई दिने राहतका कार्यक्रम, निर्वाचन एजेन्डा र परराष्ट्रनीतिका बारेमा केन्द्रीत रहेर प्रतिवेदन बनाउन लागेको हो । नेपाली कांग्रेसको महासमिति बैठक त्यति ठूलो संरचना हो, जसले पार्टी सिद्धान्त नै परिमार्जन गरिदिन सक्छ । कांग्रेसले महासमिति बैठकबाटै आफ्नो सिद्धान्तको रुपमा रहेको संवैधानिक राजतन्त्रलाई हटाउँदै गणतन्त्रमा जाने निर्णयसमेत गरेको थियो । महासमिति बैठक राजनीतिक दस्तावेजका हिसाबले महत्वपूर्ण फोरम पनि हो । अहिले पनि कांग्रेसलाई नयाँ कार्यक्रमविहीन पार्टीको रुपमा चित्रित गरिँदैछ । पुरानै दर्शन र सिद्धान्तका आधारमा पार्टी सञ्चालन भइरहेको आरोप कांग्रेसले खेपेको छ । कांग्रेसले पार्टीको यो महासमितिमा प्रस्तुत् गर्ने राजनीतिक प्रस्तावले उसले भविष्यमा लिने बाटो तय हुनेछ । राजनीतिक प्रस्ताव तयार गर्न पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाइएको छ । सोही समिति अहिले राजनीतिक प्रस्ताव मस्यौदा गर्ने क्रममा छ । राजनीतिक प्रस्तावको फ्रेमवर्क मात्र बनाएको समितिले पार्टीले अहिलेको अवस्थामा लिने राजनीतिक दृष्टिकोण, जनताले दिनानुदिन भोगिरहेका समस्या समाधानको उपाय, अन्य राजनीतिक शक्तिसँगको सम्बन्ध, विकास र समृद्धिसँग जोडिएका जनताका चाहनालाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउँदैछ । राजनीतिक प्रस्ताव तयारी समितिका संयोजक निधि महाधिवेशनसम्म लाने गरी जनताका सबै विषय समेटिएको र कांग्रेसलाई सुदृढ गर्ने गरी राजनीतिक प्रस्ताव तयार गर्न लागिएको बताउँछन् । नेपालको भूराजनीतिक अवस्थाबारे कांग्रेसले आफूलाई कसरी उभ्याउँछ भन्ने विषय पनि चर्चामै छ । कांग्रेसले आफ्नो दस्तावेजमा भूराजनीतिक अवस्थासँग जोडेर भारत, चीन, सार्क, विमस्टेकलगायतका देश र संगठनहरुसँगको आफ्नो सम्बन्ध दस्तावेजमै उल्लेख गर्ने तयारी गरेको बताउँछन् उपसभापति निधि । आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकले गर्ने निर्णयले नेपाली कांग्रेसको भावी कार्यदिशा तय हुनेछ । परराष्ट्र नीतिमा समेत स्पष्ट हुन नसकेको आरोप खेपिरहेको कांग्रेसले आफ्नो लिखित दस्तावेजमै यसलाई समेटेर स्पष्ट पार्ने अपेक्षा गरिएको छ । imagekhabar बाट

