सरकारले संविधान विरोधी क्रियाकलाप गर्दैछः कांग्रेस नेता खाँड

जनकपुरधाम, कार्तिक २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् ।

कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाँडले सरकारका नकारात्मक क्रियाकलाप विरूद्धमा कांग्रेस छठपर्वपछि रचनात्मक र स्रघर्षशील कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। प्रदेश सरकारलाई अख्तियारी दिने र संघीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको आरोपसमेत लगाए ।

देशमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उनको भनाइ थियो । नेता खाँडले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको बताए ।

मंसिर ५ गते देशैभरिका द्वन्द्व पीडित काठमाडौंमा भेला हुने, वडापत्र जारी गर्ने तयारी

काठमाडौं, विस्तृत शान्ति सम्झौताको १२ वर्ष पुगेपनि न्याय नपाएको गुनासो गर्दै आन्दोलनरत द्वन्द्वपीडितहरु मंसिर ५ गते राजधानीमा भेला हुने भएका छन् । शान्ति सम्झौताको मुख्य उपलब्धिका रुपमा गणतन्त्र संस्थागत भई संविधानसभाबाट नयाँ संविधान बनेको भएपनि सशस्त्र द्वन्द्वका पीडितहरु भने अझै पनि विचल्लीमा नै छन् । तत्कालिन माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने बेला पीडितहरुको माग सम्बोधन गर्ने प्रयास गरेपनि अवस्था फेरिएको छैन । त्यसैले १२ वर्ष पुगिसक्दा पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरूले मंसिर ५ गते राष्ट्रिय भेला गरी बडापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्व समाप्त भएको १२ वर्ष आगामी मंसिर ५ गते पुग्ने छ । शान्ति प्रक्रिया सुरु गर्न विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्ने दिन मंसिर ५ गते संक्रमणकालीन न्याय समाधानको मार्गचित्रसहित विद्रोही र राज्य दुवै पक्षबाट पीडितहरूले बडापत्र सार्वजनिक गर्ने निर्णय गरेका हुन् । द्वन्द्वपीडितहरूको साझा संगठन ‘द्वन्द्वपीडित साझा चौतारी’ ले पोखरा, नेपालगन्ज, विराटनगर र जनकपुरमा सबै क्षेत्रका पीडितसँग छलफल गरेपछि मंगलबार काठमाडौंमा भेला गरेको थियो । भेलाले अब राष्ट्रिय संगोष्ठी गरी आफ्ना निष्कर्ष बडापत्रमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो । ‘विस्तृत शान्ति सम्झौताको मुख्य तीन काममध्ये संविधान लेखन र सेना समायोजन पूरा भइसकेको छ तर संक्रमणकालीन न्यायको भने सम्बोधनै हुन सकिरहेको छैन,’ काठमाडौंका यातनापीडित देवबहादुर महर्जनले भने, ‘हामीलाई नेताहरूले झुलाइमात्रै रहे, हामी पनि राज्य र विद्रोही पक्ष भनेर आफू–आफूमै मनमुटाव राखेर बसिरह्यौं ।’ अब त्यो अवस्था अन्त्य गर्न आफूहरू एकजुट भएर साझा माग र बाटो तय गरी न्याय प्रक्रिया अघि बढाउन लागिपरेको उनले बताए। ‘हामी द्वन्द्वको घाउ सधैँ कचपल्ट्याएर बसिरहन सक्दैनौं, हामीलाई पनि निकास चाहिन्छ,’ बेपत्ता परिवार भक्तपुरकी रुवी श्रेष्ठ भन्छिन्, ‘त्यो बेला के भएको थियो भन्ने सत्य अब सार्वजनिक हुनैपर्छ, हामीले न्याय पाउनैपर्छ ।’ उपत्यका बाहिरको छलफलमा पीडितहरूले तय गरेको आठ बुँदे साझा निष्कर्ष काठमाडौंको भेलामा पनि सुनाइएको थियो, जसमाथि उनीहरूले पनि ऐक्यबद्धता जनाएका छन् । शीर्ष नेताहरूले सम्पूर्ण पीडितसँग राष्ट्रिय रूपमा माफी मागेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनीहरूको पहिलो माग छ । ‘यसो भयो भने मात्रै न्यायको प्रक्रियामा हाम्रो विश्वास रहन्छ र दुस्खेको घाउमा थोरै भए पनि मलम लागेजस्तो हुन्छ,’ चौतारीका अध्यक्ष भागिराम चौधरीले भने, ‘नेपालको द्वन्द्व मौलिक भएकाले यसको समाधान पनि मौलिक ढंगबाट गरेर आपसी मेलमिलाप र न्याय स्थापना गर्नुपर्छ भन्नेमा हामी पीडित एक भएका छौं ।’ आर्थिक रूपले ठूलो विषमता र विविधता रहेका पीडितका लागि न्यायको अर्थ एकै हुन नसक्ने हुनाले बहुआयामिक खालको मार्गचित्रको परिपालन हुनुपर्ने उनको बुझाइ छ । ‘तुलनात्मक रूपले काठमाडौंका पीडित साथीलाई आर्थिक समस्या छैन, तर जुम्ला–हुम्लाका पीडितलाई जीवन निर्वाहकै ठूलो समस्या छ,’ चौधरीले भने, ‘त्यसैले हाम्रा लागि न्याय एकै हुन सक्दैन । यो तथ्यलाई ध्यानमा राखेर राज्यले व्यक्तिको प्राथमिकताका आधारमा समस्या सम्बोधन गर्ने पहल गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’ पीडितको आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा अन्य आवश्यकता सम्बोधन हुनुपर्ने, हरेक घटनामा सत्यको सार्वजनिकीकरण हुनुपर्ने, आफू र आफ्नो परिवारले देशको परिवर्तनमा पुर्‍याएको योगदानको कदरस्वरूप राष्ट्रिय रूपमा सहिद, बेपत्ता तथा घाइतेहरूको स्मरणमा विभिन्न स्मारक, सालिक तथा उद्यान निर्माण गरी द्वन्द्वको संस्मरण हुनुपर्ने, नेताहरूले न्यायिक प्रक्रियाको स्वामित्व ग्रहण गर्नुपर्ने लगायतका माग पीडितका छन् । यसैमा आधारित भएर मंसिर ४ गते हुने पीडितहरूको राष्ट्रिय भेलाले समाधानका विविध पाटामा छलफल गरी मंसिर ५ गते बडापत्र सार्वजनिक गर्ने निर्णयमा चौतारी पुगेको हो ।

खटाएको ठाँउमा नजाने कर्मचारीलाई अवकास

काठमाडौं, कार्तिक २१ । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ। समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए। बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ। ९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ। कि पठाएका ठाँउमा जानु पर्‍यो कि छोड्नु पर्‍यो मन्त्रालयका निमित्त सचिव अधिकारीले भने । कर्मचारी समायोजनाको लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयर मै तयार पारिने जनाइएको छ । अन्नपुर्ण पोष्टबाट

यी बानी त्यागे घरमा सुख, शान्ति र समृद्धि आउछ

काठमाडौं, कार्तिक २१ । धनधान्यकी देिव लक्ष्मी लक्ष्मी माताको कृपा बनायराख्न यी कुरामा ध्यान दिन जरुरी छ । हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । यतिधेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएको छैन भन्ने धेरैको गुनासो पनि सुन्न सकिन्छ । यसमा तपाई केही बानी कारक हुन सक्छन् । कारण तपाईंका केही बानी पनि हुनसक्छन् । सुन्दा सामान्य लाग्ने बानी सुधारेमा लक्ष्मी माताको कृपाहुने र मनले चिताएको सफलता प्राप्त गर्न सकिने धार्मिक मान्यता छ । यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ । १. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको क्रिया हुँदैन । २. कयौं पटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँने व्यक्तिलाई धनकी देवी लक्ष्मीले कृपा हुनसक्दैन । ३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ । ४. जो व्यक्ति साधुसन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् । ५। शास्त्रका अनुसार, बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो । जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

संसद सचिवालयमैं बेथितिः ‘कण्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग’

काठमाडौँ, कात्तिक २० गते । सङघीय संसद्का विषयगत समिति सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो उस्तै थियो,‘सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए ।’ सभापति मात्र हैन केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको सवारीमा चित्त बुझाउनुभएन । पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेण्डा’ नै बन्यो । र, त्यो एजेण्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म । सङ्ख्याका हिसाबले हेर्ने हो भने सङघीय संसद् सचिवालयसँग सयभन्दा बढी गाडी छन् । प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवातजावातका लागि प्रयोग गरिए पनि अन्य सवारी पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् । कूल गाडीमध्ये दुई वर्ष यता भित्र्याइएका सवारी नै २५ वटाभन्दा बढी छन् । तर, दुई वर्षयता खरिद भई प्रचलनमा ल्याइएका सवारीलाई समेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका हुन् । व्यवस्थापन समितिमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष लगायतका पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी र सभापतिको दबाब परेपछि सचिवालय व्यवस्थापन समितिले दसैँअघि २३ नयाँ गाडी खरिदको निर्णय गरेको छ । निर्णयअनुसार बजेटका लागि अर्थ मन्त्रालयसँग सहमति माग भएको छ । अर्थ मन्त्रालयले अहिलेसम्म सवारी खरिदका लागि रकम दिने वा नदिने जवाफ दिइसकेको छैन । प्रति सवारी ७० लाख रुपियाँका दरले पर्ने गरी रकम माग भएको हो । खरिदका लागि निर्णय भएका सवारी राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा समितिका सभापति र दलका प्रमुख सचेतकलाई दिने योजना छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सवारी खरिदको निर्णय भई अर्थ मन्त्रालयको सहमतिका लागि पठाइए पनि कुनै जवाफ नआएको बताउनुभयो । योगीले भन्नुभयो ‘सवारी खरिदको निर्णय भई सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । कुनै पनि जवाफ प्राप्त भइसकेको छैन ।’ कति छन् संसद्सँग गाडी? सचिवालयको सवारी शाखाका अनुसार हाल ९३ वटा गाडी प्रचलनमा नै छन् । जसमा चारवटा ठूला बस छन् । ती बसहरू बिहान तथा दिउँसो कर्मचारी ल्याउन तथा पु¥याउनका लागि प्रयोग हुन्छन् । अन्य सवारी भने उच्च अधिकारीकै लागि प्रयोगमा छन् । सरकारका अन्य निकायमा जस्तै संसदका कतिपय पदाधिकारीले एकमात्र सवारीमा चित्त बुझाएका छैनन् । सचिवालयका अनुसार हाल सचिवालयसँग ४२ वटा स्कार्पियो गाडी छन् । जसमध्ये नौवटा मर्मतका क्रममा छन् । मर्मत बाहेकका ३३ स्कार्पियो सञ्चालनमा छन् । सञ्चालनमा रहेका यी गाडी समिति सभापतिहरूले प्रयोग गरिरहनुभएको छ । पछिल्लो पटक संसद् सचिवालयले २०७४ जेठमा १८ वटा नयाँ गाडी किनेको थियो । जसमा १२ वटा स्कार्पियो र छ वटा टाटाका कार थिए । कारहरू सहसचिव स्तरका कर्मचारीलाई दिनेगरी खरिद भएका थिए । तोकिएको मापदण्ड विपरीत सवारी ल्याइएको भन्दै केही सहसचिवले उक्त सवारी प्रयोग गरेका थिएनन् । दोस्रो संविधानसभा रुपान्तरित संसद्मा परिणत भएपछि मात्र संसद्लाई चीनले नौ वटा कार उपलब्ध गराएको थियो । कियाका नौ वटा कार तत्कालीन दलका संसदीय दलका प्रमुख सचेतकहरूले प्रयोग गर्नुभएको थियो । हाल ती गाडी संसद्का सचिवहरुले प्रयोग गरिरहनुभएको छ । सङघीय संसद्ले पहिलो संविधानसभा लगत्तै ४० वटा गाडी युएनडीपीको सहायताबाट पनि प्राप्त गरेको थियो । साभारः नारायण काफ्ले/गोरखापत्र दैनिक

देउसी भैलो खेल्दा स्पीकरमा गीत बजाए कारबाही

रूपन्देही, कार्तिक २० । रुपन्देहीमा स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने । नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ । देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।अन्नपुर्ण पोष्ट दैनिकबाट

अाज कुकुर तिहार : के छ धार्मिक मान्यता ?

काठमाडौं, कार्तिक २० कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज दोस्रो दिन कुकुर तिहारको रुपमा कुकुरलाई पूजा गरी मनाइँदै छ । कुकुरलाई यमदूतको रुपमा मान्ने शास्त्रीय परम्परा छ । खासगरी कुकुरले घरको रेखदेख गर्ने विश्वास गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई मन पर्ने खाना खुवाएर पूजा गरी माला लगाइदिने प्रचलन छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ। अाजकाे दिन कुकुरलाई मीठा, मीठा परिकार खान दिएको खण्डमा यमराजको ढोकामा द्वारपालकारुपमा बस्ने श्याम र सबल नामका कुकुरहरुले यमलोक जाँदा सजिलैसँग बाटो छोडिदिने धार्मिक विश्वास रहँदै आएको छ । परापूर्वकालमा वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको हिन्दुहरुमाँझ धार्मिक विश्वास रहँदै आएको छ । विशेषगरी तिहारको दोश्रो दिनमा पूजा गरिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरकारुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग नलाग्ने विश्वास समेत गरिन्छ । साथै, यसैदिनको बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने प्रचलन समेत रहँदै आएको छ ।

वामपन्थी नेता तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि [फोटोफिचर]

काठमाडौं, कार्तिक १९ । पूराना वामपन्थी नेता एवं मानवअधिकारवादी पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गरेका थिए। यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार तुलाधरको शवयात्रा गरिएको थियो । विक्रम सम्वत १९९७ मा काठमाडौंमा जन्मिएका तुलाधरको गएको कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।थप उपचारका लागि कात्तिक १३ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उनको निधन भएको थियो । तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिएका छन् । उपप्रधान एवव रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारी, नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा तुलाधरप्रति श्रद्धासुमन अर्पण गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता तीर्थराम डङ्गोल, सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता लीलामणि पोखरेल, नेतृ हिसिला यमी, पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि कर्णदीपमा स्वर्गीय तुलाधरप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गरेका थिए । त्यस्तै संस्कृतिविद् डाक्टर चुन्दा बज्राचार्य, नेपाल भाषाका चर्चित कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका साहित्यकार भूषणप्रसाद श्रेष्ठलगायत ठूलो सङ्ख्यामा शुभेच्छुक तथा जनसमुदायको कर्णदीपमा उपस्थिति थियो । -रासस t’nfw/sf] kfly{j z/L/df em08f cf]9fP/ >4f~hln ck{0fcfOtaf/ lgwg ePsf jl/i7 dfgj clwsf/jfbL Pj+ jfdkGyL g]tf kbd/Tg t’nfw/sf] kfly{j z/L/df g]kfnL em08f cf]9fP/ >4f~hln ck{0f ub}{ /IffdGqL O{Zj/ kf]v/]n . t:jL/ M /Tg >]i7, /f;;

नेपालको शिक्षाको विकासका लागि बेलायत साझेदारी गर्न तयारः राजदूत मोरिस

काठमाडौं, कार्तिक १९ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आएका राजदूत मोरिसले बेलायत सरकार नेपालको शिक्षाको विकासको लागि नेपाल सरकारसँग साझेदारी गर्न तयार रहेको बताए । विशेष गरि छात्रा शिक्षा, विपन्न र लक्षित वर्गलाई सहयोग गर्ने राजदूत मोरिसले प्रतिबद्धता व्यक्त गरे । भेटमा राजदूत मोरिसले ए लेभलको समकक्षता सम्बन्धनको बिषयमा चाँसो व्यक्त गर्दै थप प्रष्ट पारिदिन मन्त्री पोखरेललाई आग्रह गरे । उनले सन २०१९ को जनवरी २१ देखी २३ सम्म लन्डनमा आयोजना हुने ग्लोबल एजुकेसन फोरममा सहभागी हुन मन्त्री पोखरेललाइ निम्तो पनि दिए । भेटमा मन्त्री पोखरेलले साझेदारी मार्फत शिक्षा क्षेत्रको थप विकास गर्न सदैव तयार रहेको बताए । उनले बिशेषगरि प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गर्न र प्रविधिको क्षेत्रमा साझेदारी गर्न तयार रहेको जानकारी गराए ।

डोल्पा जिप दुर्घटनाः मृतक १० जनाको सनाखत

डोल्पा, कार्तिक १९ । जिल्लाको ठूलीभेरी नगरपालिका–९ बतासेमा भएको जिप दुर्घटना परी ज्यान गुमाएका १० जनाकै पहिचान खुलेको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ का ४५ वर्षीय हेमराज हमाल, त्रिपुरा सुन्दरी–५ का १८ वर्षीय लक्ष्मी रोकाय, त्रिपुरा सुन्दरी–१ का ६५ वर्षीय नरसिंह कठायत, त्रिपुरा सुन्दरी–२ का अस्मिता रोकाय रहेका छन् ।   यस्तै, त्रिपुरासुन्दरी–१ का २५ वर्षीय शेरबहादुर थापा, त्रिपुरासुन्दरी–३ का ४५ वर्षीय बोधराज धराला र भद्र रोकाय, त्रिपुरा सुन्दरी–२ का २४ वर्षिय कुमार रोकाय, त्रिपुरासुन्दरी–५ का याम रोकाय, त्रिपुरा सुन्दरी–३ का १७ वर्षीय मनिषा धरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक इन्द्रबहादुर साउदले जानकारी दिए ।   उनका अनुसार दुर्घटनास्थलमा अमिना बुढाको प्रमाण पत्रहरु भेटिएको छ। जिल्ला अदालत डोल्पामा कार्यरत उनी हालसम्म सम्पर्कमा आएकी छैनन्। डिएसपी अवधेश बिष्टका अनुसार उनको खोजी कार्य तीव्र पारिएको छ।   डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे१ज १६१० नम्बर जिप दुर्घटनामा परेको हो। दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाअध्यक्ष नन्दबहादुर थापा र जीपका चालक त्रिपुरासुन्दरी नगरपालिका–३ का दिनेश बोहरा घाइते छन्।   ओरालो, कच्ची र साँघुरो सडकका कारण जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। घाइते २ जनाको पनि अवस्था गम्भीर रहेको छ।

कम्युनिस्ट सरकार पाँच बर्ष नपुग्दै ढल्छः पूर्वमन्त्री बलायर

धनगढी, कार्तिक १९ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले कम्युनिस्टको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री समेत रहेका बलायरले यस्तो बताएका हुन् । उनले दुई तिहाइको सरकारका गतिविधीका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । उनले नेकपाका जनप्रतिनिधी भष्ट्राचारबाट मुक्त हुन नसकेको बताए । उनले भने, ‘नेकपाले चलाएका स्थानीय तहमा अहिले संस्थागत भष्ट्राचार भैरहेको छ ।’ नेता बलायरले निर्मला पन्तका हत्यारा नेकपाका कार्यकर्ता भएकाले नै कारवाही हुन नसकेको आरोप लगाए । उनले भने, ‘हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आशय भनेकै यही हो ।’ सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएकोसमेत नेता बलायरले आरोप लगाए । उनले भने, ‘एउटा छोरीको बलात्कारपछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुटेको छ ।’ पूर्व भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका बलायरले देशमा कम्युनिष्टको सरकार आएपछि देश महंगीमा डुबेको आरोप लगाए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले कम्यूनिष्टहरुको सरकार पाँच बर्ष नटिक्ने बताएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ ले दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका बलायरले यस्तो ठोकुवा गरेका हुन । उनले दुई तिहाईको सरकारका गतिविधीका कारण जनताहरु सडकमा आएर सरकार ढल्ने बताए । कांग्रेस केन्द्रिय सदस्य बलायरले नेकपाका जनप्रतिनिधीहरु भष्टाचारबाट मुक्त हुन नसकेको बताए । उनले भने, नेकपाले चलाएका स्थानीयतहमा अहिले संस्थागत भष्टाचार भैरहेको छ । निर्मला पन्तका हत्यारा केपी ओलीको कार्यकर्ता भएकाले आरोप पनि कांग्रेस केन्द्रिय सदस्य बलायरले लगाए । उनले भने, हत्यारा पत्ता लगाउन १२ बर्ष पनि लाग्न सक्छ भन्नुको आसय भनेकै यही हो । सुदूरपश्चिम प्रदेश सरकार निर्मला पन्तको हत्यारा पत्ता लगाउने बिषयमा गम्भीर नभएको बताए । उनले भने, एउटा छोरीको बलात्कार पछि हत्या हुन्छ सरकार अपराधी पक्राउ गर्नुको साटो संरक्षण गर्न जुट्छ । कम्यूनिष्टहरुको सरकार आएपछि देश महंगीमा डुबेको नेता बलायरले बताए । यस पटक बस ब्यावसायीले होईन सरकारले दशैंको मुखमा भाडा बढायो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले अहिलेको अबस्थामा कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको छ सभापती शाहले भने, ‘लोकतन्त्रको रक्षाका लागि खवरदारी आवश्यक छ ।’ नेपाली कांग्रेसका महासमिति सदस्य नारायण भट्टले नेपाली कांग्रेस विधी पद्धती र सिद्धान्तबाट चल्ने पार्टी भएको बताए । उनले भने, ‘बिदेशी दर्शनलाई अंगालेका पार्टी र नेपाली कांग्रेस बिचको भिन्नता यही हो ।’ कार्यक्रम नेपाली कांग्रेस कैलाली क्षेत्र नं ५ का सभापती हरिष खड्काको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्र नं ५ का क्षेत्रिय कार्यसमिति सदस्य अमृत बी.सीले राखेको थिए ।

प्रोफेसनल जुवाडे मोबाइल शैलीमा खेल्छन्– प्रहरी प्रवक्ता बोगटी

काठमाडौं, कार्तिक १९ । नेपालीको महान पर्वमध्ये तिहार नेपालीहरुको घरआँगनमै आई पुगेको छ । तिहार खुसीको पर्व हो । अधिकांश नेपालीको रोजाइमा तिहार पहिलो स्थानमा पर्छ । यो पर्वमा मिठो खाने कुरा त पाक्छ नै । अन्य विभिन्न प्रकारको रमाइलो पनि गर्न पाइन्छ । तिहारमा रमाइलो त गरिन्छ नै कतै नरमाइलो पनि ।   नरमाइलो के भने जुवातास । उसो त तिहार अघिपछि पनि जुवातास खेल्ने गरिन्छ । तर, तिहारको मौकामा बढी खेल्ने र खेलाइने गरिन्छ । धेरैले रमाइलोका लागि खेल्ने गरे पनि पछिल्ला वर्षमा विकृतीका रुपमा तिहारमा जुवातास खेल्ने प्रवृति बढिरहेको छ । यसैबीच, प्रस्तुत छ महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीसँग जुवाडेका प्रकारबारे र जुवा खेल्ने क्रम कस्तो छ भन्ने विषयमा गरिएको कुराकानी   अहिले जुवा खेल्ने ट्रेण्ड कस्तो देखिन्छ ? अहिले जुवाको विभिन्न भेराइटिज देखिएको छ । जस्तै चाडबाडको समयमा खेलिने जुवा, मनोरन्जनका लागि खेलिने जुवा, संगठित रूपमा ठूलो सम्पत्ति हारजितका लागि खेलिने जुवा आदि । दसैं तिहारमा सबैको विदा हुने, चाडबाडको बेला मनोरन्जन पनि हुने भएकाले यतिबेला बढी जुवा खेलिन्छ । क्यासिनोहरूमा नेपालीलाई प्रवेश निषेध गरिएपछि त्यहाँ रमाउनेहरू पनि संगठित रूपमा सुरक्षित स्थल खडा गरेर जुवा सञ्चालनमा लागेको पाइएको छ ।   नेपाली जुवाडेहरू कस्ता प्रकृतिका छन् ? मनोरन्जनका लागि चाडबाडमा जुवा खेल्नेहरूमा सबै प्रकारका मानिस छन् । यसलाई हामीले सामान्य प्रकृतिको जुवाका रूपमा लिएका छौं । असामान्य प्रकृतिको जुवा भनेको जितहारका लागि ठूलो रकम र सम्पत्ति दाउमा राखेर खेलिने जुवा हो । यसमा प्रोफेसनल जुवाडेहरू नै संलग्न हुन्छन् । प्रोफेसनल जुवाडेमा घरजग्गा व्यवसायमा संलग्नहरू, होटल–रेस्टुराँ व्यवसायमा संलग्नहरू, ठेकेदारहरू तथा गिटी–बालुवा व्यवसायमा संलग्नहरूको बाहुल्यता देखिन्छ । कहीँकतै राजनीतिमा संलग्नहरू पनि प्रोफेसनल जुवाडेका रूपमा फेला परेका छन् । नेपाली जुवाडेहरू कस्तासम्म भेटिएका छन् भने कतिले गाडी, घरबार पनि जुवामै समाप्त पारेका छन् ।   काठमाडौं उपत्यकामा कसरी संगठित जुवा खेलाइन्छ ? जुवा खेल्ने मानिसहरूलाई पनि थाहा नहुने ठाउँमा फल्याट बुक गरिन्छ । त्यो जुवा खेलाउनका लागि सम्पर्क व्यक्ति अथवा एकजना एजेन्ट हुन्छ । ती एजेन्टले आफ्नो सम्पर्कमा रहेका जुवाडेहरूसँग सम्पर्क गर्छ । जुवाडेहरू एजेन्टले बोलाएको ठाउँमा आउँछन् र जुवा चल्छ । त्यो जुवा खेलाएको ठाउँ प्रहरीको नजरमा पर्न सक्छ वा थ्रेट हुन सक्छ भन्ने लाग्यो भने उनीहरू ठाउँ फेर्छन् । पेसेवर जुवाडेहरूले मोबाइल शैलीमा विभिन्न ठाउँ परिवर्तन गर्दै जुवा खेलाउँछन् । यस्ता जुवाडेहरूको काम विहानदेखि बेलुकासम्मै जुवा खेल्ने मात्र हुन्छ । यसलाई हामी अर्गनाइजड जुवा पनि भन्छौ ।   छापा हान्ने क्रममा जुवाको खालबाट अहिलेसम्म बरामद भएको सबैभन्दा ठूलो रकम कति हो ? जुवाको अप्रेसन एकदमै चुनौतीपूर्ण छ । जुवालाई हामीले सामाजिक अपराधको पहिलो स्टेजका रूपमा लिएका छौं । जुवाबाटै विभिन्न किसिमका अपराध जन्मन सक्छन् । हारजितमा मानिसको घरबार उडन सक्ने, सडकमा आउन सक्ने, दुव्र्यसनमा फस्न सक्ने, जाँड–रक्सी खान सक्ने अथवा ठूलो रकमको कारोबार हुन सक्ने वा अन्य ठूला अपराध सिर्जना हुन सक्ने भएकाले जुवालाई आचरण विरुद्ध वा नैतिकता विरुद्धको सामाजिक अपराधका रूपमा लिइएको हो । जुवाको अप्रेसन गर्नु आफैमा जोमिखपूर्ण र चुनौतीपूर्ण किन छ भन्दा जुवाडेहरूले पनि आफ्नो सेक्युरिटी प्लान बनाएका हुन्छन् । सुराकी राख्ने, च्यानल गेटहरू बन्द गर्नेजस्ता काम गरेका हुन्छन् ।   अहिलेको ट्रेण्ड हेर्ने हो भने चारतलामाथि गएर जुवा खेलिन्छ मेनगेटबाट नै चार–पाँचवटा च्यानल गेट बनाएर ती सबै गेट बन्द गरी जुवा खेलाइन्छ, प्रहरी चारवटा गेट काट्दै चौथो तलासम्म पुग्दा निकै समय लाग्छ, त्यो बेलासम्म नजिकै जोडिएको घरमा जम्प गरेर भाग्ने अथवा त्यहाँ रहेका जुवाजन्य प्रमाणहरू नष्ट गर्ने, ट्वाइलेटमा फ्लस गरेर फाल्ने, पोल्ने अथवा चपाएर निल्नेजस्ता काम गर्छन् । यिनै कारणले जुन मात्रामा हामीले पैसा र सामान बरामद गर्नुपथ्र्यो, त्यो मात्रामा बरामद गर्न नसकेको अवस्था छ । कान्तिपुर साप्ताहिकबाट साभार

डोल्पामा जिप दुर्घटनाः १० जनाको मृत्यु, २ घाइते

डोल्पा, कार्तिक १९ । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको भे १ च १६ १० नम्बरको जीप कालगौंडाबाट भेरी नदीमा खसेको हो । बसमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उद्धारको काम चलिरहेको छ । समाचारमा देखाइएको तस्विर प्रतिकात्मक हो ।

नेकपा अध्यक्ष प्रचण्डको घोषणा– आगामी वर्ष वृद्धभत्ता पुग्ने गरी बढ्छ

विराटनगर, कार्तिक १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षको बजेटमा वृद्धभत्ता वृद्धि हुने बताएका छन् । विराटनगरमा आयोजित तिहार तथा छठ पर्वकाे शुभकामना कार्यक्रममा प्रचण्डले भने, ‘वृद्धभक्ताबारे सचिवालयमा नेताहरुसँग छलफल भइरहेकाे छ । विचैमा कतैबाट काटेर दिउकी भन्ने पनि भएको छ । यात काटेर दिइन्छ, नभए भने आउने बजेटमा पुग्ने गरी दिइन्छ हेर्नुहोला ?’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए । उनले काठमाडौंका खाल्डाहरु पुर्ने काम छिट्टै सकिने विश्वास दिलाए । प्रचण्डले भने, ‘सरकारको गति बढ्दैछ। काठमाडौंका खाल्डा पुर्ने बित्तिकै सरकारको जयजयकार हुन्छ । खाल्डो पुरेपछि कांग्रेसले के भन्ने रहेछ, हेरौला ।’ साथै, अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धीहरु कर्मचारीका कारणले गुम्ने खतरा रहेको समेत उनले उल्लेख गरे। उनले भने, ‘प्रदेशमा कर्मचारी जान मान्दैनन्। केन्द्रमा बस्न खोज्छन्। कर्मचारीतन्त्रले परिर्वतन बुझ्न पर्नेछ। कर्मचारीलाई सिकाउन जरुरी छ । शान्ति प्रक्रिया पश्चात् दुई पार्टी एकीकरण अनेक प्रस‌ंग समेत कोट्याएका प्रचण्डले भने, ‘चुनावमा कति परिणाम आउने माओवादीलाई पूर्व आँकलन थिएन। ५०र५० प्रतिशत गरी एकता गरौं भनेको माधवजीले मान्नु भएन।’

वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ : वनमन्त्री बस्नेत

काठमाडौं, कार्तिक १९ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन् । कतिपय विकास निर्माण आयोजनाका काम ढिलाई हुनुमा वन मन्त्रालयलाई आरोप लगाउने गरेका छन् नि भन्ने जिज्ञासामा उनले भने, “आजको विकास वातावरण मैत्री हुनुपर्छ भन्ने नबुझ्दा, त्यसलाई आत्मसात् नगर्दा र विकासलाई परम्परागत दृष्टिबाट हेर्नेहरुले मात्र त्यस्तो भनेको हुनुपर्छ ।” वातावरण संरक्षणको विषयलाई पनि मुलुकको आजको आवश्यकता र अवस्थासँग नजोडीकन हेर्दा एकाङ्की हुने उनको भनाई थियो । “आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइ) को प्रक्रियामा आयोजनाका तर्फबाट हुने ढिलाईलाई पनि मन्त्रालयमाथि दोष थोपर्नु राम्रो होइन, कुनै पनि आयोजनाका फाइल मन्त्रालयमा आइसकेपछि हामीले त्यसलाई यथोचित सम्बोधन गरी काम अघि बढाउने गरेका छौँ” मन्त्री बस्नेतले भने । ईआइ प्रक्रिया लामो भयो भन्ने सम्बन्धमा उठेका प्रश्नलाई भने मन्त्रालयले गम्भिरताका साथ लिएको र त्यसको कार्यविधिलाई समयानुकुल परमार्जन गरी छोटो र सरल प्रक्रिया बनाईने उनले अवगत गराए । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रुख काट्ने काममा मात्र किन हतार भन्ने जिज्ञासामा मन्त्री बस्नेतले भने, “विमानस्थलको काम सुरु हुने वातावरण बनेपछि मात्र रुख कटानको काम सुरु हुन्छ ।” विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच नियमति छलफल भईरहेको जानकारी दिँदै मन्त्री बस्नेतले दुई मन्त्रालयबीच सो सम्बन्धमा कुनै विमति नरहेको पनि स्पष्ट पारेका छन् । “विमानस्थल मुलुकको आवश्यकता हो, कम भन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ” उनले भने । विमानस्थल निर्माणलाई प्रभावित पार्ने नियतका साथ तर्क गर्नेहरुलाई सरकारले सम्बोधन गर्न नसक्ने भन्दै उनले सकारात्मक चासो, चिन्ता र जैविक विविधताको संरक्षणबारे उठाइएका प्रश्नको भने उचित सम्मान तथा सम्बोधन गर्ने बताएका छन्। मन्त्रालयले विभिन्न आयोजनालाई अन्य प्रयोजनका लागि उपलब्ध गराउने वन क्षेत्रको क्षतिपूर्ति तिर्न सम्बन्धित आयोजनाले बेवास्ता गर्दै आएका छन् । यस सम्बन्धमा मन्त्री बस्नेतले त्यस्ता कार्यको अनुगमनलाई प्रभावकारी बनाएको र कार्यान्वयनमा जोड दिएकोसमेत जानकारी दिए । साथै उनले यस सम्बन्ध छुट्टै कोष बनाएर कोषमा क्षतिपूर्ति वापत आउने रकम जम्मा गर्ने र सो रकम वृक्षारोपणकै लागि विशेष व्यवस्था गर्ने बताएका छन् । मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि हालसम्म मुलुकभर १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ । त्यस्ता आयोजनाले सम्झौताको शर्तअनुसार क्षतिपूर्ति नतिर्ने, वृक्षरोपण नगर्ने र गरे पनि देखाउन मात्र गर्ने गरेका छन् । मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन उत्पादनमा वृद्धि र उपयुक्त व्यवस्थापनको काम अघि बढाएको छ । मन्त्री बस्नेतले विदेशी काठको आयात रोक्न यो वर्ष मुलुकभित्र काठको उत्पादनमा तीन गुणा बढी उत्पादन वृद्धि हुने र वृद्धिसँगै आवश्यकीय व्यवस्थापनको काम पनि सुरु गरेको बताएका छन् । हाल मुलुकमा वर्षेनी अर्बौ मूल्य बराबरको काठ र काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको छ । रासस

काग तिहार, धनतेरस र धन्वन्तरी जयन्ती आजै

काठमाडौं, कार्तिक १९ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात काग तिहार । आजका दिनदेखि यम पंचक सुरु भएको मानिन्छ । आज संदेश्वाहकको रूपमा कागको पूजा गर्ने चलन रहेको छ । त्यस्तै आजैका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी उत्पत्ति भएको मानिन्छ । आज यही सम्झनामा धन्वन्तरी दिवस मनाइने समेत प्रचलन रहेको छ । देव र असुर मिली समुन्द्र मन्थन गर्दा विभिन्न रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको वैदिक हिन्दू शास्त्रमा उल्लेख छ । १९७४ सालमा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार वेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ। आजै धनतेरस पनि  कात्तिक कृष्ण त्रयोदशीका दिन आज देवताहरूका कोषाध्यक्ष कुबेरको पूजा गर्दै धनतेरस पनि मनाइने गरेको छ । यस दिन सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ। धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ। यमपञ्चकको पहिलो दिन सोमबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ। यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। रासस