उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं नेताहरू माओवादी केन्द्रमा प्रवेश

 काठमाडौं,  वैशाख २२ । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रौतहट उद्योग वाणिज्य संघका कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवलगायत रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

शुक्रवार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच निजी निवास लाजिम्पाटमा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिमाल, पहाड र तराई–मधेसलाई एकतावद्ध गर्ने, संविधानको दायरा फराकिलो पारेर राष्ट्रिय एकता कायम गर्ने निरन्तर कोशिस गरिरहेको छु । यसमा सरकार सफल भएको छ, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको पनि सहमतिमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । संविधान संशोधन प्रस्ताव पारित हुन्छ र नयाँ राष्ट्रिय एकता हासिल हुन्छ । संविधान संशोधनपछि हाम्रो संविधान सबैका लागि स्वीकार्य संविधान हुनेछ ।’

इतिहासमै पहिलोपटक स्थानीय तहको निर्वाचन उत्साहवद्र्धक रुपमा सम्पन्न हुन लागेको प्रचण्डले बताए । उनले भने, ‘निर्वाचन हुँदैन कि भन्ने आशंका र भ्रमहरु थिए । उम्मेदवारी दर्ता प्रक्रिया उत्साहवद्र्धक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । हामीले परिकल्पना गरेको सिंहदरबार गाउँ नगरमा आएको छ । हामीले दशौं हजारको बलिदानी गरेर जनताको घर दैलोमा अधिकार स्थापित गरेका छौं । देशलाई यो अवस्थामा ल्याउन पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।’

दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेशलाई मधेसमा माओवादी पार्टी थप शक्तिशाली भएको बताए । कार्यक्रममा पूर्व मन्त्रीहरु गीरिराजमणि पोखरेल, प्रभू शाहलगायतका नेताहरु उपस्थित थिए । पार्टी प्रवेश गर्ने नेताहरुलाई प्रचण्डले माला लगाएर स्वागत गरेका थिए ।

लिन होइन, दिन माओवादीमा आएका हौं, ‘जैसवाल यादव’

माओवादी केन्द्रमा प्रवेश गर्दै रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कन्तमुनी जैसवाल र पूर्व गाबिस अध्यक्ष राम प्रवेश यादवले आफूहरु केही लिन नभई देशको हितका लागि माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

माओवादी केन्द्र प्रवेश गर्दै अध्यक्ष जैसवालले भने, ‘म दोस्रोपटक रौतहट उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा छु । मेरो विचारमा हिमाल, पहाड र मधेश मिलाउने र देश बचाउने पार्टी माओवादी केन्द्र मात्रै हो । म कुनै स्वार्थ बोकेर माओवादीमा आएको छैन । पार्टीको विधानभित्र रहेर माओवादीको हाइट बढाउन क्रियाशील हुनेछु ।’

कार्यक्रममा पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवले भने, ‘गीरिजाप्रसादको निधनपछि देशको एक मात्रै सक्षम नेता प्रचण्ड नै हो । मधेसप्रति माओवादी पार्टी धेरै संवेदनशील र जिम्मेवार रहेको पाएँ । हाम्रा लागि मधेश, रोल्पा, रुकुम वा हुम्लाको पीडा र समस्या एउटै हो । हिमाल, पहाड, मधेश सबैंको भावना प्रचण्डले बुझ्नुभएको छ । त्यसैले केही लिनका लागि होइन, देश र माओवादी पार्टीको हितमा केही गर्ने सोंच बोकेर माओवादीमा आएको छु । पार्टी प्रवेशमा मेरो कुनै स्वार्थ छैन ।’

माओवादीमा प्रवेश गर्नेहरु कन्तमुनी जयसवाल, अध्यक्ष, रौतहट उद्योग वाणिज्य संघ, रामप्रवेश यादव, पूर्व गाबिस अध्यक्ष, सत्यनारायण सहनी, सुखियादेवी सहनी, भूपनारायण सहनी, विजय जयसवाल, गीता जैसवाल, शेख मिया, सेख खैरातुन, गीता जैसवाल, सन्तोष जैसवाल, सेख नौसाद आलम, सलेशकुमार जैसवाल, मुखिया जैसवाल, प्रेमभक्त साह, राजदेव साह, रविकुमार जैसवाल, सुरेश सहनी, सत्यनारायण सहनी, सुकदेव साह, पनलाल प्रसाद यादव, मौजेलाल राय यादव, बद्री चौधरी, ध्रुव साह, पुनमकुमारी सिंह, शंकर राय, पप्पुदेव राय, अवध सिंह, राधा सहनी, मोहित पोदार, जगत सहनी, शिबकुमार सहनी र महेन्द्र सहनी रहेका छन् । उनीहरु विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेको माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।

महाअभियोग प्रस्तावको बिरोध नगर्न बार एशोसिएसनको सर्कुलर

काठमाडौं, वैशाख २२ । संसदमा दर्ता भएका प्रधान न्यायाधिश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्तावको बिरोध नगर्न बार एशोसिएसनले देशव्यापी सर्कुलर जारी गरेको छ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन केन्द्रिय समितिले महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा विचाराधिन रहेकोले त्यसबारेमा बोल्न उचित नहुने उल्लेख गरेको छ । मातहतका इकाइ तथा शाखा कार्यालयमा परिपत्र जारी गर्दै नेपाल बारका महासचिव खम्ब बहादुर खातीले महाअभियोगको समर्थन या बिरोधमा कुनै कार्यक्रम नगर्न नगराउन मातहतका निकायहरुलाई बिहिबार परिपत्र गर्नुभएको हो। महाअभियोग प्रस्तावमा बार एशोसिएसनको मौनता भन्दै एमाले समर्थित बारका पूर्व पदाधिकारीहरुले भने बिरोध जारी गरेका छन् । पूर्व बार अध्यक्ष अधिवक्त शम्भु थापाले बार नेतृत्व निरंकुश बन्न खोजेको आरोप बिरोध कार्यक्रममा लगाए । फाइल फाेटाे

प्रधानमन्त्री प्रचण्डलाई राप्रपा मन्त्रीहरूको राजिनामापत्र

काठमाडौं, वैशाख २० । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा आफूहरुसँग सरसल्लाह नगरेको भन्दै असन्तुष्ट बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजिनामा पत्र बुझाएका छन् । पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका कमल थापासहित राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामापत्र बुझाएका हुन् । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा सल्लाह नगरेको भन्दै आपत्ति जनाएको राप्रपाले आइतबारै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारमा रहने नरहनेबारे केही सातादेखि राप्रपाका नेताहरूबीच विवाद थियो । गत मंसिर ६ गते दुई राप्रपा एक हुनुअघिदेखि नै तत्कालीन राप्रपाबाट २ मन्त्री सरकारमा सहभागी थिए । एकीकरणलगत्तै राप्रपाले थप २ मन्त्रालय पाएको थियो ।

राजधानीबाट नयाँ शक्ति नेपालका उम्मेद्वार अपहरण

काठमाडौं, वैशाख २०। नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिकाका उम्मेदवार अपहरणमा परेका छन् । आज साँझ अज्ञात समूहले वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अपहरण गरेको नयाँ शक्तिले जनाएको छ । ४ जनाको समूहमा रहेका उनीहरुले नयाँबजारबाट गिरीलाई अपहरण गरेका छन् । यसअघि पनि उनलाई फोनमार्फत उम्मेदवारी फिर्ता लिन धम्की आइरहने गरेको नयाँ शक्ति पार्टीलाई जानकारी गराइरहेका थिए । नयाँ शक्ति पार्टी जित्ने भएपछि विपक्षीहरुले यस्तो चलखेल गरेको हुनसक्ने नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । हाल प्रहरीले वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको जनाएको छ ।

महालेखा परीक्षकमा टंकमणि शर्मा

काठमाडौं, बैशाख २० । संवैधानिक परिषद्‍ले प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा आज साँझ बसेको संवैधानिक परिषदको बैठकले शर्माको नाम सिफारिस गरेको गर्दै संसदीय सुनुवाइका लागि नाम पठाउने निर्णय गरेको हो। उमेर हदका कारण भानुप्रसाद आचार्यको अवकाशपछि लामोसमयदेखि उक्त महालेखा परिक्षक रिक्त रहेको थियो । अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव हासिल गरेका शर्मा सचिवबाट अवकाश हुनुअघि महालेखा परीक्षक सिफारिस भएका छन् । संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, संघीय प्रदेश, प्रदेश सभा, स्थानीय तह, संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, सुरक्षा निकायका सबै अंगलगायतका सरकारी कार्यालयहरुको लेखापरिक्षण गर्दछ ।

नेकपा माअोवादी केन्द्रका मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षहरुका उम्मेदवारका नामावाली

काठमाडौं, वैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश नं.३ को ८ वटा जिल्लाभित्रका म.न.पा., उपमनपा, नपा, गापा क्रमशः मेयर उपमेयर अध्यक्ष–उपाध्यक्षका उम्मेदवारहरुको विवरण– सिन्धुली कमलामाई नगरपालिकाका मेयर सावित्री देवी पाण्डे उपमेयर सावित्रा श्रेष्ठ सिन्धुली दुधौली नगरपालिका मेयर दिनेश अधिकारी दनुवार उपमेयर ईन्दीरा काफ्ले सिन्धुली कोखाजोर गापा अध्यक्ष ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष सुष्पा भुजेल सिन्धुली ग्याङखेल गापा अध्यक्ष शंकरमान ग्घालाङ, उपाध्यक्ष कान्छीमाया ग्घालाङ सिन्धुली तिनपाटन गापा अध्यक्ष धनबहादुर पुलामी, उपाध्यक्ष जानुका तिमल्सिना सिन्धुली फिकल गापा अध्यक्ष खड्ग रजन मगर, उपाध्यक्ष वैद्य माओवादीबाट लोकेन्द्र काफ्ले सिन्धुली मरिन गापा अध्यक्ष पानिराज बंजन, उपाध्यक्ष संगिता माझी सिन्धुली सुनकोसी अध्यक्ष दिपा बोहरा दाहाल, उपाध्यक्ष दिर्घ घिसिङ सिन्धुली हरिहरगडी गापा अध्यक्ष काईसींह लामा, उपाध्यक्ष अनिता राई चितवन भरतपुर मनपा मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ चितवन रत्ननगर नपा मेयर पुर्णबहादुर आपागाई, उपमेयर संगिता भट्टराई उप्रेती चितवन खैरेनी नपा मेयर एकराज डल्लाकोटी, उपमेयर रेवती उप्रेती चितवन राप्ती नपा मेयर रामचन्द्र पाठक, उपमेयर कल्पना लामा चितवन माडी नपा मेयर ठाकुरप्रसाद ढकाल, उपमेयर सरिता महतो चितवन ईछ छ्रा कामना गापा अध्यक्ष प्रताप गुरुङ, उपाध्यक्ष सावित्री सिलवाल नुवाकोट बिदुर नपा मेयर लीलानाथ न्यौपाने, उपमेयर सुभद्रा नेपाल नुवाकोट बेलकोटगडी नपा मेयर जगतबहादुर गरुङ, उपमेयर कबीता ढुङ्गाना नुवाकोट ककनी गापा अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा नुवाकोट मेघाङ्ग गापा अध्यक्ष रामेश्वर खड्का, उपाध्यक्ष चिजामायाँ तामाङ नुवाकोट शिबपुरी गापा अध्यक्ष मीनबहादुर तामाङ, उपाध्यक्ष सुशिला थापा नुवाकोट किस्पाङ गापा अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, उपाध्यक्ष सानुमाया तामाङ नुवाकोट तार्केश्वर गापा अध्यक्ष राजेन्द्र न्यौपाने, उपाध्यक्ष कमल कुमारी तामाङ नुवाकोट सुर्यगडी गापा अध्यक्ष पुष्प लामिछाने, उपाध्यक्ष कोपीला गुरुङ नुवाकोट दुप्चेश्वरी गापा अध्यक्ष लालबहादुर तामाङ, उपाध्यक्ष सीता थापा नुवाकोट तादी गापा अध्यक्ष मानसिंह तामाङ, उपाध्यक्ष गमला श्रेष्ठ नुवाकोट लिखु गापा अध्यक्ष धर्म अधिकारी, उपाध्यक्ष रेखा भण्डारी नुवाकोट पन्चकन्या गापा अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष प्रकृति रिजाल धादिङ निलकण्ठ नपा मेयर सोभा डंगोल, उपमेयर मनराज भण्डारी धादिङ धुनीबेसी नपा मेयर दिपक लामिछाने, उपमेयर सावित्री आचार्य धादिङ रुबीभ्याली गापा अध्यक्ष रामसिंह तामाङ, उपाध्यक्ष अमृता गुरुङ धादिङ खनायावास गापा अध्यक्ष सेतेमान तामाङ, उपाध्यक्ष कृष्णा मोक्तान धादिङ गंंगा जमुना गापा अध्यक्ष नवराज, अधिकारी उपाध्यक्ष खीना मगर धादिङ त्रिपुरासुन्दरी गापा अध्यक्ष दलबहादुर बुर्लाकोटी, उपाध्यक्ष सुमित्रा भण्डारी धादिङ नेत्रावती गापा अध्यक्ष ठाकुर गुरुङ, उपाध्यक्ष उर्मीला तामाङ धादिङ सिध्दलेक गापा अध्यक्ष पुष्प थपलिया, उपाध्यक्ष संझना पण्डित धादिङ गल्छी गापा अध्यक्ष बिक्रम तामाङ, उपाध्यक्ष सरिता मगर धादिङ ज्वालामुखी गापा अध्यक्ष, लक्ष्मी थापामगर,  उपाध्यक्ष विष्णु श्रेष्ठ धादिङ बेनीघाट बोराङ्ग गापा अध्यक्ष पित्त बा.डल्लाकोटी, उपाध्यक्ष संगीता कडेल धादिङ गजुरी गापा अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष चेलीमाया तामाङ धादिङ थाँक्रे गापा अध्यक्ष यन्त्रबहादुर थापा, उपाध्यक्ष मकवानपुर हेटौंडा उमनपा मेयरकुमारी मोक्तान, उपमेयर बलराम लामा मकवानपुर थाहा नपा मेयर लवसेर विष्ट, उपमेयर सकुन्तला गोपाली मकवानपुर बागमती गापा अध्यक्ष सर्केस घ्लान मधु, उपाध्यक्ष बच्चु खड्का गोले मकवानपुर बकैया गापा अध्यक्ष भक्तबहादुर खत्री, उपाध्यक्ष लक्ष्मी पाख्रीन मकवानपुर गडी गापा अध्यक्ष भिम पाख्रीन, उपाध्यक्ष राधिका तिमलसीना मकवानपुर मनोहरी गापा अध्यक्ष रामहरी सुबेदी, उपाध्यक्ष चन्द्रकला खनाल मकवानपुर राक्सीराङ गापा अध्यक्ष युसाई प्रजा, उपाध्यक्ष पुर्णीमा दोङ मकवानपुर कैलाश गापा अध्यक्ष नरेन्द्र रिजाल, उपाध्यक्ष बिन्दामायाँ तितुङ मकवानपुर ईन्द्रसरोवर गापा अध्यक्ष बिक्रमसिंह मोक्तान, उपाध्यक्ष चनुमाया भोलाङ रामेछाप मन्थली नपा मेयर तारानारायण श्रेष्ठ, उपमेयर रमादेबी घिमिरे रामेछाप रामेछाप नपा मेयर शिशिर खड्गी, उपमेयर ईन्दिरा बखरेल रामेछाप उमाकुण्ड गापा अध्यक्ष मदन कालीकोटे, उपाध्यक्ष लक्ष्मी तामाङ रामेछाप गोकुलगंगा गापा अध्यक्ष प्रेमकुमार कार्की, उपाध्यक्ष रमा कार्की रामेछाप खाँडादेबी गापा अध्यक्ष शिवकुमार कार्की, उपाध्यक्ष सुकमायाँ माझी रामेछाप लिखु गापा अध्यक्ष धुर्बकुमार कार्की, उपाध्यक्ष बन्धना श्रेष्ठ रामेछाप दोरम्बा गापा अध्यक्ष कमानसिंह मोक्तान उपाध्यक्ष कृषीला तामाङ रामेछाप सुनपती गापा अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता बिष्ट रसुवा उत्तरगया गापा अध्यक्ष मेगनाथ घिमीरे, उपाध्यक्ष रेनुमायाँ गुरुङ्ग रसुवा नौकुण्ड गापा अध्यक्ष फुलमायाँ वाईबा, उपाध्यक्ष केशबप्रसाद पौडेल रसुवा कालिका गापा अध्यक्ष उध्दव रिजाल, उपाध्यक्ष शिला मगर रसुवा गोसांईकुण्ड गापा अध्यक्ष उपाध्यक्ष फुर्बा तामाङ्ग रसुवा पावर्तीकुण्ड गापा अध्यक्ष फुर्पु तेनजेन तामाङ, उपाध्यक्ष तारा तामाङ दोलखा नेकपा (माओवादी केन्द्र र नेपाली काग्रेस तालमेल दोलखा गौरीशंकर गाउपालिका अध्यक्ष निमा लामा (माओवादी केन्द्र) उपाध्यक्ष कमलबिक्रम खड्का नेपाली काङ्ग्रेस दोलखा बिगु गाउपालिका अध्यक्ष युधिश्ठिर खड्का नेपाली काङ्ग्रेस उपाध्यक्ष संजिब ओलि (माओवादी केन्द्र) दोलखा कालिन्चोक गाउपालिका अध्यक्ष कुलबहादुर खड्का (माओवादी केन्द्र) उपाध्यक्ष गोपिलाल थामी नेपाली काङ्ग्रेस दोलखा बैत्यश्वर गाउपालिका अध्यक्ष छवि लामा (नेपाली काङ्ग्रेस), उपाध्यक्ष रबिचन्द्र आचार्य (माओवादी केन्द्र) दोलखा तामाकोशी गाउपालिका अध्यक्ष साबित्रा केसी साबित्रा केसी रामचन्द्र पोखरेल नेकपा (माओवादी केन्द्र) दोलखा मेलुङ गाउपालिका अध्यक्ष सीता तामाङ, उपाध्यक्ष कृष्णबहादुर कार्की दोलखा शैलुङ गाउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ उपाध्यक्ष देबकुमारी शाही दोलखा भिमेश्वर नगरपालिका मेयर मोहन थापा, उपमेयर कमला कार्की दोलखा जिरी नगरपालिका मेयर गेल्बु शेर्पा, उपमेयर चित्रमाया दाहाल

अझैसम्म पनि म्यानपावरहरुले वैदेशिक रोजगारमा जानेहरुसँग यसरी रकम असुल्दै छन्

काठमाडौं, वैशाख २० । सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरुसँग बढीमा १० हजारमात्र रकम लिन पाउने व्यवस्था गरेको छ । तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गरेको सो निर्णय हाल पनि कायम गरेको छ । तर, वैदेशिक रोजगारमा जानेहरुले हाल समेत धेरै रकम तिर्नु परिरहेको छ । वैदेशिक रोजगारमा जान चाहनेहरुमध्ये एजेण्टसँग सम्पर्क गर्नेहरुले हाल पनि १ लाखभन्दा बढी रकम तिर्नुपर्ने बाध्य रहँदै आएको छ । यसैगरी सोझै म्यानपावर कम्पनीहरुमा जानेहरुसँग पनि राम्रैसँग मोलतोल हुने गरेको छ । कति रकम असुल्दै छन् त म्यानपावर कम्पनीहरु ? हेर्नुहोस् भिडियो–

भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउनेः उम्मेदवारको प्रतिबद्धता

भक्तपुर, वैशाख २० । भक्तपुर जिल्लालाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता स्थानीय तहको निर्वाचनका नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवारले व्यक्त गरेका छन् । आज भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुर ठिमी नगरपालिकामा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार हुनुभएका अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताउनुभयो । मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पताललाई सुविधासम्पन्न एव्म यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताउँदै उनले मध्यपुर नगरपालिका भएर बग्ने मनोहरा हनुमन्ते खोला किनारमा करिडोर निर्माण गर्ने, यहाँका सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने, मध्यपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पहुँचमा वृद्धि गर्ने योजना लिएर आफू निर्वाचनमा आएको धारणा व्यक्त गरे । यता रफतसञ्चार क्लबमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए । उहाँले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, यहाँका नागरिकको आयस्रोतलाई उच्च बनाउने, भक्तपुर नेपालकै सफल कृषि आधुनिकिरण एवम् उत्पादनको जिल्लाको रुपमा विकास गर्ने, राष्ट्रिय प्राणी उद्यानको पूर्णता दिने कार्यमा तीव्रता दिने र जैविक विविद्यताको संरक्षण एवम् प्रर्वद्धनमा आफ्नो महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे । कार्कीले सूर्यविनायकलाई सडक र खानेपानीबाट जोड्ने, गाउँगाउँमा पक्की सडक पु¥याउने, स्वास्थ्य संस्थाको विकास र विस्तार गरी यसलाई गाउँगाउँमा पहुँच पु¥याउने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख पदमा काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजाराम खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा जोड दिइने प्रतिबद्धता जनाए । उपत्यकामै पछाडि परेको भक्तपुरको– १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको पनि उनले बताए । भक्तपुर नगरपालिकामा काँग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

झापा, वैशाख २० । प्रेस स्वतन्त्रताको अवस्थाले लोकतन्त्रको मापन हुने बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आयोजित कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले अभिव्यक्ति स्वतन्तत्रताको स्तरले राज्यमा लोकतान्त्रिक अवस्था कस्तो छ ? भन्ने देखाउने बताए । शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल झापा शाखा सचिव प्रदिप परियारले आज पनि सञ्चारकर्मीहरुले स्वतन्त्रपूर्वक बोल्न लेख्न पाउने अवस्था नरहेको बताए । विश्व पे्रस स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार लोक रेग्मीको प्रस्तुति रहेको मिलन विछोड नामक म्युजिक भिडियोको समेत लोकार्पण गरिएको थियो । म्युजिक भिडियोको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ लोकगायक एलपी जोसीले गरेको थियो । कार्यक्रमलाई वरिष्ठ गीतकार शिवशंकर थापा, निर्देशक तथा पत्रकार डिकेस लामा, लोक रेग्मी, संगीतकार राम सिटौला लगायतले शुभकामन व्यक्त गरेका थिए । महासंघ शाखा उपाध्यक्ष एकराज गिरिले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा सचिव सन्तोष आयार्यले गरेका थिए । कार्यक्रममा ४ मिनट २२ सेकेन्डको एउटा म्युजिक भिडियो प्रस्तुती र गायक प्रेम मोक्तानले एउटा गीत प्रस्तुत गरेका थिए ।

सबै शैक्षिक संघसंस्थाहरुमा सार्वजनिक बिदा

काठमाडौंँ, वैशाख २० । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलार्इ दृष्टिगत गरी वैशाख २५ गतेदेखि ३१ गतेसम्म सम्पूर्ण शैक्षिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिनका लागि सरकारलार्इ निर्वाचन अायाेगले अाग्रह गरेको छ ।

चुनावमा उम्मेदवारलाई एक मुठ्ठी चामल नदिनुहोस्– निर्वाचन आयुक्त

काठमाडौं, वैशाख २० । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनाव प्रचारप्रसारका क्रममा एक अर्कालाई होच्याउने कार्य नगर्न राजनीतिक दल र तीनका उम्मेदवारलाई आग्रह गरेका छन् । राजधानीमा बुधबार कान नसुन्ने नागरिकका लागि आयोजित निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले सामाजिक र सांस्कृतिकरुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारका क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न आग्रह गरेको हो । उनले भने– ‘उम्मेदवारी दर्ता गर्नुअघि भगवानसँग आर्शिवाद लिएर गएको छ, अब उम्मेदवारहरुले कानुनको बर्खिलाप गर्छन् भन्ने लाग्दैन ।’ उनले उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण उल्लासमय बनेको बताउँदै उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरुले पनि दबाब दिनुपर्ने उल्लेख गरे । निर्वाचनका बेला उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इंगित गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने, निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिनुहोला । नेपाल राष्ट्रिय बहिरा संघका अध्यक्ष रामप्रसाद पन्तले निर्वाचनसम्बन्धी संशय समाप्त भएकाले निर्वाचन आचारसंहिताको परिधि भित्र रहेर मतदानका लागि प्ररित गर्ने काममा सवै जुट्ने पर्नेमा जोड दिए ।

निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण सुरु

काभ्रे, वैशाख २० । स्थानीय तह चुनावमा खटिने काभ्रे जिल्लाका मतदान अधिकृत तथा सहायक अधिकृतलाई मतदान तथा मतगणना प्रशिक्षण सुरु गरिएको छ । ३ सय ७ मतदान केन्द्रमा खटिने अधिकृतहरुलाई मतदानसम्बन्धी विभिन्न प्रयोगात्मक प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सबै मतदान निर्वाचन अधिकृतलाई ३ चरणमा २–२ दिनको प्रशिक्षण दिइ नेछ । एक मतदान केन्द्रमा कम्तीमा ५ र दुई स्वंयमसेवक गरी ७ कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत पोखरेलले बताए । जिल्लाका १ सय ८९ मतदानस्थलमा १ हजार ५ सय ९४ कर्मचारी खटिने पोखरेलले जानकारी दिए । २५ गतेभित्रमा मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट नियुक्त दिएर कर्मचारी खटिनेछन् । २७ गते २ बजे सम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने आयोगले जनाएको छ । मतदान अधिकृतले निर्वाचन केन्द्रमा नै वैशाख २८, २९ र ३० गते मतदाता परिचयपत्र वितरण गर्नेछन् ।

उपमेयरको उम्मेदवारीमा उठ्दै सुन्तलीकी आमा

काठमाडौं, वैशाख २० । नेपाली हाँस्य टेलिश्रृंखलाको चर्चित कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ को आमा सीतादेवी घिमिरे ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिएकी छन् । भूकम्प गएको दुई वर्ष नपुग्दै भुकम्प पीडितका लागि धुर्मुस र सुन्तलीले घरबारविहीन मुसहर समुदायक लागि एउटा बस्ती ख्याती कमाउन सफल भएका छन् । पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट रहेकी सीता दोस्रो संविधानसभा ताका माओवादीमा प्रवेश गरेकी थिइन् । हाल हाँस्य कार्यक्रमको सिलसिलामा धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिइन् । ‘हाम्रो र आमाको अभियान विल्कुलै फरक छ,’ भाइबर कुराकानीमा कुन्जनाले भनिन्, ‘हामी शुभचिन्तकसँग आमाका लागि भोट दिन आग्रह गर्छौं तर प्रचारका लागि हिँड्दैनौं । हामी कुनै पार्टी विशेषले भन्दा पनि राम्रो उमेदवारको जित होस् भन्ने चाहन्छौं । भोलि आमाले जितेको खण्डमा हाम्रो सहयोग र समर्थन रहनेछ।’

चुनावलार्इ लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत

चितवन, वैशाख २० । जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । जिल्लामा रहेका एकसय ६१ मतदानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ भने मंगलबारदेखि म्यादी प्रहरीको समेत परिचालन गरिएको छ । सुरक्षा समितिले जिल्लामा रहेका मतदानस्थलमध्ये ४९ वटा अति संवेदनशील, ५९ संवेदनशील र ५३ सामान्य गरी वर्गीकरण गरेको छ । वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको थापाले बताउनुभयो । थापाका अनुसार जिल्लामा निर्वाचनको समयमा तीनहजार दुईसय १५ जना नेपाल प्रहरी, एक हजार दुई सय ५५ म्यादी प्रहरी, चारसय २० सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन् । हरेक तहमा तीनवटै सुरक्षा निकायको एक–एक टुकडी राखिएको छ । सेनाले निर्वाचनको समयमा बाह्य सुरक्षा दिनेछ भने सशस्त्र दोस्रो घेरामा रहने व्यवस्था गरिएको छ । यस्तै, नेपाल प्रहरी, म्यादी प्रहरी पहिलो घेरामा हुनेछन् भने राष्ट्रिय अनुसन्धानका गुप्तचरले हरेक स्थानबाट सूचना दिनेछन् । यसबाहेक प्रत्येक तहमा सशस्त्र प्रहरीको दुई–दुईवटा मोबाइल स्कर्टिङ टोली राखिनेछ । निर्वाचनको समयमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा समितिले निर्वाचनको समयमा दङ्गाफसादलाई नियन्त्रणमा लिनका लागि मतदानस्थलमा नेपाल प्रहरीको टोली तीन, सशस्त्र प्रहरी पाँच र नेपाली सेना १० मिनेटमा पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यसैक्रममा जिल्लामा रहेका सातसय १४ जना नेपाल प्रहरीलाई निर्वाचनसम्बन्धी अनुशिक्षणसमेत गराई सकिएको छ । जिल्लामा थप मद्दतका लागि आएका प्रहरीमध्ये नौसय १४ जना प्रहरी रिजर्भ फोर्सका लागि राखिने थापाले बताउनुभयो । चारजना प्रहरी नायब उपरीक्षकको कमान्डमा रहने सो टोलीलाई जिल्लाको संवेदनशील र अन्य क्षेत्रमा राखिने उहाँले बताउनुभयो । यस्तै, समितिले दङ्गाग्रस्त क्षेत्रको समेत पहिचान गरी सो क्षेत्रको अनुगमनसमेत गरेको उहाँले बताउनुभयो ।

महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, वैशाख २० । महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । बुधबार बिहान मन्त्री रमेश लेखकसहित प्रधानमन्त्री भेट्न आएको सर्वदलीय टोलीले महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा ८.५ बिघा जमिन रहेको, उक्त जमिनमा आयुर्वेद कलेज स्थापना गर्न जिल्लाका सबै दल, सामाजिक संघसंस्था सहमत भएको र संस्कृत विश्वविद्यालयले समेत आफ्नो आंगिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी बजेटमा कलेज सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने– ‘प्राविधिक शिक्षा हाम्रो विकासको महत्वपूर्ण आधार हो । हाम्रा बहुमूल्य जडीबुटीहरु सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका छन् । तिनीहरुको नेपालमै प्रशोधन र औषधि उत्पादन गर्नैपर्छ । त्यसका लागि पनि देशैभरी आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न मेरो तर्फबाट पहल हुन्छ ।’

ग्रेसबाट सबै स्थानीय तहमा उम्मेदवारी

काठमाडौँ, वैशाख २० । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा मङ्गलबार राति एक विज्ञप्ति जारी गरी सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ ।’ पहिलो चरणअन्तर्गत हुन लागेको तीन प्रदेश नं.९ ३, ४ र ६० का ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एकसय ८६ गाउँपालिकामा निर्वाचनमा भाग लिएको तथा केही गाउँपालिकाको प्रमुख र वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको समेत जनाएको छ ।