एमाले अध्यक्ष ओलीको प्रस्ताव-हाउजिङ र प्लटिङ निर्माण रोकौं !
काठमाडौँ, माघ २०। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन शुभारम्भ गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताए ।
“किसानमा अझै पनि पुरानो पद्धतिअनुसार खेती गर्ने बानी छ”, उनले भने –“नयाँ प्रविधि प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ ।”
भूमिमा असमान वितरणले वास्तविक कृषकसँग भूमिको पहुँच नभएकाले भूमिको समान वितरण गरेर राज्यले कृषकलाई भूमि उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले केही वर्षयता हाउजिङ र प्लटिङका नाममा उर्वर भूमिलाई नष्ट गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।
उहाँले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर देशलाई राजनीतिक सङ्क्रमणकालबाट टुङ्ग्याउनुपर्ने पनि बताए ।
एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्षभित्रमा नेपालमा समाजवाद आउने दाबी गरे ।
सम्मेलनले नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभावका विषयमा छलफल गरी किसानको हक अधिकार, खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गर्दै नयाँ रणनीतिक योजनासमेत बनाउने महासङ्घका महासचिव बलराम बास्कोटाले जानकारी गराए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता छ । रासस
यस्तो फाइदा हुन्छ खिम्ती-ढल्केबर प्रशारण लाईनबाट
दोलखा, खिम्ती, माघ २० । खिम्ती-ढल्केबर प्रशारण लाईन अौपचारिक रुपमा जोडिएपछि उपत्यका लगायत देशका धेरै जिल्लामा लोडसेडङ अन्त्य गराउन महत्वपूर्ण सफलता मिलेको छ । प्रशारण लाईनको प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार एक कार्यक्रमबीच उद्घाटन गरे । २०६२ ०६३ मा सुरु भएको खिम्ती-ढल्केवर प्रशारण लाइनको निर्माण छिटो सकाउन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले पटक पटक निरीक्षण र ताकेता गरेका कारण समयमै सम्पन्न हुन सकेको हो । विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ सक्रिए भए । ३ वटा निर्माणकम्पनी संलग्न यो प्रसारण लाइनमा ७२० केभीसम्म बिध्युत चार्ज गर्न सकिंने कार्यकारी प्रमुख घिसिङले बताए । तर अहिले भने २२० केभी प्रसारण गरिएको उनले जानकारी दिए । परियोजना निर्माणका क्रममा २ हजार रोपनी जग्गा अधिग्रहण गरिएको थियो । प्रशारण लाईनबाट के फ़ाइदा हुन्छ ? प्राधिकरणका प्रमुख घिसिङका अनुसार यो प्रशारण लाईन सम्पन्न भएपछि राजधानीमा बिजुली ल्याउँदा अन्य ठाउँलाई भार हुँदैन । यसअघि काठमाडौं उपत्यकामा बिजुली ल्याउँदा पोखराको बिजली प्रयोग गरेर पोखरालाई भार पर्ने गरेको थियो तर अहिले यो प्रसारण लाईनलाई काठमाडौंसँग जोड़ेको कारण खसम्तीको बिजुली सिधै उपत्यका पुर्याउन सजिलो भएको उनले बताए । यसले पोखराको लोडशेडिंग अन्त्य गर्न समेत ठुलो सहयोग गरेको उनले जानकारी दिए । अब पोखरामा हामीले निर्धक्क भएर लोडसेडिङ अन्त्य भएको छ । ढल्केबर या खिम्तीमा समस्या आए पनि वैकल्पिक रूपमा एउटामा समस्या देखिए अर्कों बाट पठाउन सकिने भएको छ । बिरगंज लगायत् का क्षेत्रमा पावर भोल्टेज कम भएर उद्योग चल्न नसकने समस्या अन्त्य भएको छ । यो नेपाल र पहाड़ जोड़ने महत्वपूर्ण प्रसारण लाइन बनेको छ । यसबाट भारतलाई बिजली बेच्न या ख़रीद गर्न महत्वपूर्ण सहयोग पुग्ने घिसिङले जानकारी दिए । खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माण भएपछि तामकोशी करिडोर लगायतका क्षेत्रमा निर्माणाधीन बिध्युत परियोजनाहरूबाट उत्पादन हुने बिजुली निर्यात गर्न सकिने भएको छ । यसैगरी रामेछाप दोलखा र ओखलढुङ्गाका परियोजनाको बिध्युतमा पनि यसले महत्वपूर्ण भूमिका खेल्नेछ । यो परियोजनाबाट प्रभावित ३ ज़िल्लाका ५५ गाविसमा १ अरबको बिध्युतिकरण कार्यक्रम शुरू भएकों छ । नेपाल सरकार, विश्व बैङ्क लगायतको सहयोगमा कुल दुई अरवको लगानीमा यस योजना बनेको हो ।
२२० केभी प्रसारण लाईन उदघाटन गर्न प्रचण्ड खिम्तीमा
खिम्ती, माघ २० । प्रधानमन्त्री रामेछापको खिम्ती २२० केभी प्रशारण लाईनको उद्घाटन गर्न दोलखा पुगेका छन् । यसअघि १३२ केभी प्रशारण लाइन रहेको खिम्ती आजैदेखि २२० प्रशारण लाइनमा जोडिएको हो । बिहिबार विहान पुगेका प्रधानमन्त्रीको साथमा उर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ रहेका छन् । प्रधानमन्त्रीलाई खिम्तीमा भव्य स्वागत गरिएको छ । स्वागतमा नेपाली कांग्रेस, माले, नयाँ शक्ति, विप्लव नेतृत्वको माओवादी र बैद्य माओवादीले स्वागत गरेका हाम्रा सहकर्मी गोकर्ण भट्टले जनाएका छन् । खिम्तीमा रहेको खिम्ती–ढल्केबर प्रशारण लाइनको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको उक्त प्रशारण लाइनको उर्जामन्त्री जनार्दन शर्माको कडा निर्देशनले तीव्र रुपमा निर्माण भएको हो । खिम्ती–ढल्केबर प्रशारण लाइन माघ १ गतेदेखि परीक्षण प्रसारण शुरु गरिएको थियो । उक्त आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका लाभान्वित भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने भनिए पनि जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो । prachanda-khimti 1 prachanda-khimti 2 prachanda-khimti 3 prachanda-khimti 5 prachanda-khimti 7 prachanda-khimti कार्यक्रमको अध्यक्षयता कुलमान घिसिङले गरेका छन् । प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्ड रहेका छन् । विशेष अतिथि उर्जामन्त्री जनार्दश शर्मा प्रभाकर रहेका छन् । एमाले कांग्रेस, माओवादी, माले नयाँ शक्ति विप्लव बैद्य माओवादी राप्रपा सबै दल उपस्थित रहेका छन् ।
नेविसंघलाई माउ पार्टीको निर्देशन ! पहिलो बन्नेगरी स्ववियु चुनावमा होमिनु
काठमाडौं, माघ २० । नेपाली कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन निर्देशन दिएको छ । नेविसंघले त्रिभुवन विश्व विद्यालयले तोकेको उमेर हद अनुसार चुनावमा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएपछि माउ पार्टीले चुनावमा लाग्न निर्देशन दिएको हो । बिहिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन नेविसंघलाई निर्देशन दिएको हो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु र नेविसंघका वर्तमान पदाधिकारीसमेत सहभागी थिए । बैठकमा सभापति देउवाले नेविसंघका नेताहरुलाई सबै असन्तुष्टि त्यागेर स्ववियु निर्वाचनमा होमिन निर्देशन दिएका हुन् । ‘यो निर्देशनसँगै नेविसंघमा जुन समस्या थियो त्यो सबै अन्त्य भएको नेविसंघका सभापति नैनसिंह महरले जानकारी दिए । ‘अब हामी एक भएर स्ववियु निर्वाचनमा जानेछौं,’ उनले भने, ‘म नेविसंघका सबै साथीहरुलाई निर्वाचनमा होमिन र आजैदेखि निर्वाचनको प्रचार प्रसारमा जुट्न निर्देशन दिन्छु,’ उनले भने । नेविसंघको असन्तुष्ट पक्षले उमेर हदको विरोधमा क्याम्पसमा तालाबन्दी लगायत विरोधका कार्यक्रम गरिरहेका थिए। त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तोकेको छ। उक्त चुनावमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली लागू गर्ने बताएको छ।
सरकार ! खडेरीले गाउँ खायो, हामी भोकै छौं
मुगु, माघ २० । मुगु हयाङलुकी चिनकला रोकायाको तीन रोपनी खेत छ । पाँच जनाको परिवार, बिहान बेलुकाको छाक टार्न त्यही खेतको भर हो । उनको खेतमा वर्षमा झन्डै छ क्वीन्टल धान फल्थ्यो । तर यो बर्ष खडेरीका कारण धान पसाउनै पाएन । चिनकलाको खेतमा धानका बालामा एक दाना पनि लागेनन् । भन्छिन, ‘धान भएन, कोदो भएन । अहिले रुन परिरहेको छ । सरकारले दया गर्यो भने खाने हो नत्र के गर्नु ? मर्ने त होला ।’ चिनकलाकै जस्तो अवस्था अहिले हयाङलुका सबै परिवारको छ । हयाङलु सँगै मुगु श्रीकोट भेगका सात वटा गाविसका बासिन्दालाई खडेरीले पिरोलेको छ । सीमाना जोडिएको हुम्लाको समस्या पनि उही हो । हुम्लाको श्रीनगरका किसानले बाली भित्र्याउन नपाएको तीन वर्ष भयो । डिपोमा चामल छैन । हुम्ला मैला गाबिसकी धनरुपा जोशी भन्छिन, ‘पहिले पहिले अैंचो पैँचो नि गरेर खायौं । तर अहिले त सबैको अन्न सकिइसक्यो । नेताले दिन्छौं दिन्छौं भन्छ तर दिन्नन् । अब सुविस्ता हुन्छ कि भन्यो । केही भएको छैन । भोकले मर्ने भयौं ।’ सरकारले खडेरी पिडीतलाई राहत स्वरुप गएको जेठमा चामल दियो । तर त्यति चामलले के पुग्थ्यो ! त्यो त समस्याको क्षणिक समाधानको रुपमा मात्र देखियो । यही खडेरीको समस्यासँग जुधिरहेको बाजुराको उत्तरी क्षेत्रका ११ गाविसमा यो वर्ष ४० बर्ष यताकै लामो खडेरी पर्यो । त्यहाँ मकै कोदो तथा धान भएन । बिउहरु पाइएन । पानीका भएका मुलहरु सुके । मान्छेहरु तीनवटा रोटी खाने ठाउँमा दुईवटा र दुईवटा खाने ठाउँमा एउटा खाएर जीवीकोपार्जन गरिरहेका छन् । तीन साल देखि लगातार खडेरीले थिलाथिलो पारेको ठाउँमा अहिले खुर्सानी पनि नहुने स्थीती छ । खडेरीले गर्दा खाद्यान्न संकट पर्दै गएको छ । समस्या दिनानुदिन बढिरहेको छ । तर जिल्ला कृषि विकास कार्यलय बाजुराका प्रमुख डा. रामकृष्ण श्रेष्ठ भन्छन्, ‘खाद्यान्न अभाव चाहिँ भएको हैन । मान्छेहरुमा क्रय शक्तिको अभाव चाहिँ पक्कै हो । यो एक प्रकारको समस्या हो । त्यसलाइ सम्बोधन गर्न राज्य क्रियाशिल छ । त्यसैले १३ गाविसका दश हजार परिवारलाइ पोहोर एक किलोको दरले गहुँको बिउ बाँड्यौं । यो बर्ष पनि २३५ क्वीन्टल गहुँको बिउ बाँडयौ । यसले सुख्खा खडेरीसँग जुध्न निकै सहयोग गर्ला भन्ने अपेक्षा राखेका छौं । यसका साथै परम्परागत बालीहरु फापर, कागुनो लगाउने र पानीका श्रोतहरु बचाउने अभिनायमा हामी लागेका छौं ।’ तीन बर्ष भयो, हुम्ला मुगु र बाजुराका उत्तरी क्षेत्रका बासिन्दाहरु खडेरी र खडेरीले खाद्यान्न उत्पादनमा भएको ह्राससँग पौंठेजोरी खेलिरहेका छन् । विगत तीन बर्षदेखि त्यहाँका बासिन्दाहरु खडेरीको मारमा छन् । लगाए पनि बाली हुँदैन । कुनै कुनै बाली त नपसाइकन नै सुक्छन् । त्यसै त उत्पादन कम हुने ठाउँ, त्यसमाथि खडेरी, गाउँलेका घरमा अन्नको एक गेडा पनि नभएको अवस्थामा उनीहरु रोजगारीको लागि भारततिर छिर्न बाध्य भएका छन् ।
खिम्ती–ढल्केबर प्रशारण लाइनको आज अौपचारिक उद्घाटन हुने
काठमाडौं, माघ २० । दोलखाको खिम्तीमा रहेको खिम्ती–ढल्केबर प्रशारण लाइनको बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अौपचारिक उद्घाटन गर्ने भएका छन् । आज बिहान साढे ११ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको उक्त प्रशारण लाइनको निर्माण कामले तीब्रता पाएको थियो । खिम्ती–ढल्केबर प्रशारण लाइन माघ १ गतेदेखि परीक्षण प्रसारण शुरु गरिएको थियो । उक्त आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका लाभान्वित भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने भनिए पनि जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो ।
संशोधन प्रक्रियालाई तत्काल अघि बढाउनु पर्छ : डा.भट्टराई
विराटनगर, माघ १९ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनलाई थाती राखेर चुनावमा जान नसकिने बताएका छन् । उनले संविधानको स्वीकार्यता बढाउन तत्काल संशोधन प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएका छन् । मोरङ जिल्ला परिषदले बुधबार विराटनगरमा आयोजना गरेको ध्रुवीकरण सभालाई सम्बोधन गर्दै डा.भट्टराईले संशोधन प्रकृयालाई थाती राखेर अघि बढे यसले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । संविधान संशोधनसँगै सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्ने उनले बताए । पूर्वप्रधानमन्त्री भट्टराईले अहिले मुलुक सामु एकल जातीय अहंकारवाद र सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै गएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘एकापट्टी उखान टुक्के नेताले अघि सारेको एकल जातीय अहंकारवादी छ भने अर्कोतिर सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै जाँदा देशलाई विभिन्न बहानामा टुक्राउने कुरा गरेका छन् ।’
कामकाज ठप्प पारेर देशभरका गाविस सचिवहरु आन्दोलनमा
काठमाडौं, माघ १९ । प्रोत्साहन भत्ता रोकेको विरोधमा देशभरका गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कामकाज गर्नुपर्दा शतप्रतिशत प्रोत्साहन भत्ता दिनुपर्ने लगायत १२ बुँदे माग राखेर गाविस सचिवहरु कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेपछि गाविस सचिवहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुबाईमा आजबाट गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले १५ वर्षदेखि जनप्रतिनिधि विहीन भएको अवस्थामा सबै काम गर्नुपरेको र गतवर्षदेखि दिन थालेको प्रोत्साहन भत्ता साउनदेखि नपाएको भन्दै आन्दोलन गरेका छन् । गाविस सचिवले सरकारी सेवालाई संघीय सेवा र प्रदेश सेवा गरी दुई तहमा राख्न, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्न, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धि सहितको अवकाश योजना ल्याउन पनि माग गरेका छन् ।
ओलीका पछिल्ला सबै उपद्रो ‘रातो सूर्य’ सुटिङका लागि
काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन वा अरु कुनै वहानामा गर्ने सबै उभद्रो उनको जिवनीमा आधारित भएर बनिरहेको फिल्म ‘रातो सूर्य’ का लागी भएको खुलेको छ । राष्ट्रवादी आन्दोलनका नाममा भएको भृकुटीमण्डपको सभा, स्याङ्जा महोत्सब नै विथोलिने गरी भएको ढुगंमुडा र माइतिघरमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम समेत ओलीलको फिल्मका लागी बताइन्छ । पछिल्लो समय बनेका सबै कार्यक्रमहरु फिल्म निर्माणकर्ताको योजनाअनुसार भईरहेको समेत एमाले मुख्यालयमा चर्चा चल्ने गरेको छ । ओलीको जीवनीमा बनिरहेको फिल्म ‘रातो सूर्य’ मंसिर २८ गतेदेखि छायाँकनमा छ । ‘रातो सूर्य’ फिल्मको टिम अध्यक्ष ओलीका हरेक कार्यक्रममा सँगै हिँड्ने गरेको छ । फिल्मको मुख्य पात्र नै अध्यक्ष ओली हुन् । केही दिन अगाडि फिल्मको टिमले ओलीसँगै टेकुस्थित पचली पुगेर बीर बलभद्र कुँवरको शालिक अनावरण गरेको दृष्य पनि लिएको थियो । ‘रातो सूर्य’का लेखक तथा निर्देशक दीपेन्द्रप्रसाद दाहाल हुन् भने निर्माता पुरन गिरी हुन् । फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, सुरबीर पण्डित, टीका पहाडी, ध्रुब कोइराला, पवन खतिवडा, केशव भट्टराईलगायतको मुख्य अभिनय रहनेछ ।
निर्वाचनमा केन्द्रित छ सरकार : मन्त्री पाण्डे
कपिलवस्तु, माघ १९ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताएका छन्। प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पाण्डेले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पारे। संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव पहिलो प्राथमिकता रहेकोले वर्तमान सरकार त्यसैतिर लागेको उनले बताएका छन् । निर्वाचनको तयारी कै लागि संसद्ले निर्वाचन सम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले चर्चा गरे। स्थानीय निकायबारे राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन संसद्मा पेस गरिएको जनाउँदै सोही प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने उनले बताए । मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि समय सीमाभित्रै निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०लाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयत्न गरिरहेको प्रष्ट पारे।
संसोधनको बिषयमा थप छलफल गर्ने भन्दै एमालेले बोलायो पोलिटब्युरो बैठक
काठमाडौं, माघ १९ । नेकपा एमालेले यही माघ २४ र २५ गते पोलिटब्युरो बैठक बोलाएको छ । संसदमा पेश भएको संविधान संसोधन विषयमा छलफल गर्न एमालेले दुइ दिने बैठक बोलाएको हो । बैठकमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम संविधान संसोधनका विषयमा थप छलफल गर्ने बताइएको छ । एमालेले संसदमा पेश भएको संबिधान संसोधनको बिरोध गर्दै आएको छ । एमालेले संविधान संसोधन प्रस्ताव राष्ट्रघाति भएको भन्दै मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । यसैक्रममा फागुन २१ गते झापामा एमाले अध्यक्ष केपी ओलीले सो अभियानको उद्घाटन गर्दै ५ गते कन्चनपुरमा पुगेर समापन हुनेछ ।
स्थानीय तहको प्रतिवेदनबारे प्रधानमन्त्रीले मागे संविधानविद्सँग सुझाव
काठमाडौं,माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविद्हरुसँग परामर्श गरेका छन् । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका प्रमूख नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले संविधानविदहरुसँग परामर्श गरेका हुन्। परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदहरुसँग राय मागेका थिए । संविधानविदहरुले सरकारले तोकेको मापदण्ड र कार्यदेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका थिए ।
निर्वाचन जनताको अधिकार हो त्यो हुनुपर्छ : नेता विष्ट
नेपालगन्ज, माघ १८ । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले निर्वाचन जनताको अधिकार भएको भन्दै तत्काल मिति घोषणा गरी निर्वाचन हुनुपर्ने बताएका छन् । एमाले बाँकेले कोहलपुरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएका र यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताएका छन् । उनले भने, ‘निर्वाचन हुनुपर्छ, जनताको सर्वोच्चतालाई चुनौती दिनेलाई पाखा लगाउनुपर्छ ।’ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै उनले भने, ‘लोकतन्त्रमा आप्mनो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” उनले नेकपा एमाले आफ्नाे दल निर्वाचनको पक्षमा भएको र सरकारले निर्वाचनको मिति तत्काल घोषणा गरी संविधान कार्यान्वयनको बाटो सहज बनाउनुपर्ने बताए ।
साउदी जेलबाट छुटेर आएका ११ नेपालीले भेटे प्रधानमन्त्री प्रचण्डलाई
काठमाडौं, माघ १८ । विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनीहरुले भेट गरेका हुन् । सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका उनीहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी आफूहरुलाई नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिएका छन् । उनीहरुले आफूहरुको सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै सरकारसँग सहयोगका लागि अनुरोध गरेका छन् । कामका लागि साउदी गएका उनीहरुमाथि भारतीय नागरिकको हत्या अभियोग लगाइएको थियो । करिब साढे पाँच वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूताबासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पीडित भीमप्रसाद चिमरियाले भने, ‘हामी कामका लागि सात वर्षअघि साउदी गएका थियौं । भारतीय नागरिकको हत्या अभियोगमा हामीलाई जेलमा हालियो । अनुसन्धानका क्रममा हामीमाथि चर्को मानसिक र शारीरिक यातना दिइयो । पाँच वर्षपछि हामी निर्दोष सावित भयौं । दुतावासका कर्मचारीले बेलैमा पहल गरेको भए हामी १÷२ महिनामै छुट्न सक्थ्यौं । तर, कर्मचारीको लापरवाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुपर्यो । जेलबाट छुटेपछि नेपाल ल्याउन प्रधानमन्त्री कार्यालयले गरेको सहयोगका लागि आभारी छौं । तर, अब सरकारले हाम्रो परिवारको जीवन रक्षाका लागि भए पनि केही राहत उपलब्ध गराउने आशा गरेका छौं ।’ जेलबाट छुटेका नेपालीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुको कुरा सुन्दा निकै दुःख लाग्यो । बिदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरु छन् । मेरो नेतृत्वमा सरकार बनेपछि मैले बिदेशमा रहेका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु । बिदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनि टाट पल्टिएर बेरोजगार भएका नेपालीहरुको उद्दार, विदेशमा काम गर्ने नेपालीहरुका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था त्यसैका लागि गरिएको हो । तपाईहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु । तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ । कर्मचारीको लापरवाहीका कारण तपाईहरुले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ । साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।’ सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा क्रममा पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
कामै नगरी संकटमा पुगे दुई आयोग, ६१ हजार उजुरी अलपत्र
काठमाडौँ, माघ १८ । सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सङ्कटमा परेका छन् । दुई वर्षभित्र सशस्त्र द्वन्द्वकालीन घटनाको व्यवस्थापनका लागि गठित ती आयोगको समय यही माघ २७ गते सकिँदैछ भने ती दुवै आयोगले गतवर्ष संशोधन गर्न पठाएको ऐनसमेत पारित नहुँदा तीनको कामकारबाही सङ्कटमा परेको हो । ती आयोग गठनका क्रममा दुई वर्षमा वर्षमा काम नसकिए एक वर्ष थप गर्न सकिने कानुनी व्यवस्थाबमोजिम शान्ति तथा पुनःनिर्माण मन्त्रालयले म्याद थपका लागि प्रस्ताव अघि बढाउन सक्छ । तर म्याद थप भएपनि पनि ऐनको अभावमा दुवै आयोगले अहिलेसम्म प्रभावकारी रुपमा काम अघि बढाउन नसक्दा पीडितले न्याय पाउन ढिलाइ भइरहेको हो । बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता डा विष्णु पाठकले भने– “उजुरी सङ्कलन भए पनि अनुसन्धान गरी अन्तिम प्रतिवेदन तयार पार्ने काम बाँकी हुँदा म्याद थप गर्न यही माघ १२ गते शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई पत्र पठाएका छौँ” । फागुनदेखि सुरु गर्ने भनिएको बेपत्ता व्यक्तिको अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि ऐन संशोधन भएर नआउँदा कठिनाइ भएको उनले बताए । “गतवर्ष कसुरजन्य संहिता मस्यौदा तयार गरेर बुझाएको अहिलेसम्म कार्यान्वयन भएर नआएकाले अनुसन्धान गर्न र पीडितलाई अन्तरिम राहत उपलब्ध गराउन समस्या भएको छ” – प्रवक्ता डा. पाठकले भने । आयोगमा दुई हजार ८८८ थान उजुरी छ । पीडितहरु आफन्तको अवस्था थाहा पाउन र राहतका लागि आतुर छन् तर सरकारको ढिलासुस्तीका कारण काम द्रुत रुपमा अघि बढ्न सकेको छैन । सत्य निरुपण तथा छानबिन आयोगको अवस्था पनि बेपत्ता आयोगको भन्दा फरक छैन । आयोगमा हालसम्म ५८ हजार ५२ वटा द्वन्द्वका हत्या, अपहरण, बलात्कार, कुटपिटजस्ता मुद्दाका उजुरी दर्ता भएको छ । कानुन र जनशक्तिको अभावमा आयोगले उजुरी सङ्कलनपछिका काम सोचेअनुरुप अगाडि बढाउन सकेको छैन । आयोगले सरकारसँग सात वटा प्रदेशमा आयोगका मुकाम खोली अनुसन्धान गर्ने तयारी गरेपनि काम हुन सकेको छैन । आयोगको म्याद थपका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पत्र पठाउने तयारी भएको आयोगका सदस्य मञ्चला झाले बताइन । उनले भनिन– “उजुरीको अनुसन्धान नसकिएकाले ऐन संशोधन भएर नआउँदा थप काम गर्न जटिल छ”। आयोगले गतवर्ष नै ऐन संशोधनका लागि पठाएको थियो तर हालसम्म संशोधन भएर आएको छैन । गम्भीर प्रकृतिका मानव अधिकारको घटनामा आम माफी दिन नमिल्नेलगायतका कानुनी समस्या समाधानका लागि कानुनको अभाव छ ।
क्रान्तिकारीले नेविसंघलाई भन्यो- ‘स्ववियु चुनाव विथोल्ने गतिविधि तत्काल बन्द होस्’
सिन्धुपाल्चोक, माघ १८ । स्ववियु चुनाव विथोल्ने गतिविधि तत्काल रोक्त अनेरास्ववियु क्रान्तिकारीले नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई आग्रह गरेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले विगत आठ वर्षदेखि हुन नसकेको स्ववियु चुनाव कुनै वहानामा पनि रोकिन नहुँने भन्दै चुनाव विरोधी गतिविधि तत्काल रोक्न नेविसंघलाई आग्रह गरका हुन् । सिन्धुपाल्चोकको मेलाञ्चीमा आयोजित अखिल (क्रान्तिकारी)को जिल्ला एकता भेलामा बोल्दै अध्यक्ष न्यौपानेले नेविसंघका केन्द्रका नेताहरु स्ववियु चुनावमा सकारात्मक भएपनि तल्लो तहका असन्तुष्ट पक्षले कतिपय कलेजमा ताला लगाउने जस्ता गतिविधि गरेकाले त्यसलाई तत्काल रोक्नुपर्ने बताए । उनले भने ‘नेविसंघको मुल नेतृत्व चुनावप्रति प्रतिवद्ध भएको पाएका छौं तर तलका कार्यकर्ताले चुनावको मुखमा आएर क्याम्पसमा ताला लगाउने काम गरिहेका छन्, यस्ता गतिविधिले चुनावको माहौल विगार्छ।’ ‘नेविसंघले तत्काल आफ्नो आन्तरिक समस्या मिलाओस्’ – न्यौपानेले भने– ‘अब आफ्नो प्रतिवद्धतालाई ब्यवहारमा उतार्न ढिलाइ गर्नु हुंदैन।’ कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका युवा नेता माधवप्रसाद सापकोटाले क्रान्तिकारीले स्ववियु चुनाव मार्फत माओवादी पुनर्जागरणको नेतृत्व गर्नुपर्ने बताए । कार्यक्रममा क्रान्तिकारीका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले आगामी स्ववियु चुनावमा क्रान्तिकारीलाई एक नम्वर वनाउन आग्रह गरे । क्रान्तिकारीका सचिव तथा ३ नं प्रदेशका संयोजक विजय गौतमले स्ववियु चुनावलाई कुनै तागतले रोक्न नसक्ने दावी गरे। विद्यार्थी स्वयंसेवकका सचिव केशव रावल,३ नं प्रदेशका सहसंयोजक चिरञ्जीवी कट्टेल लगायतको सहभागीता रहेको भेलाले सिपि दुलाललाई अध्यक्ष चयन गरेको छ।


>
>