अझै भेटिएन बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ ।

त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार ‍खोजीकार्य जारी छ।

बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो।

दुवै बसका गरी ६२ यात्रु बेपत्ता भएको अनुमान गरिएको छ।

सेक्स गर्दा यो कुरा गर्नुस्, सन्तुष्टि तपाइको पोल्टामा !

एभरेष्ट स्वास्थ्य । सेक्स, एउटा अनुभूति, एउटा क्रिया । एउटा विज्ञान । यसलाई सही ढंगले बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने यो बरदान बन्छ । तर, सेक्सलाई सही किसिमले ग्रहण नगर्दा यसले नै कैयन जिन्दगी बर्बाद समेत गरेको हुन्छ । मनोविज्ञ भन्छन– सेक्सले मानिसका आम व्यवहारलाई निर्देशित गरेको हुन्छ । अर्थात् यौनक्रियासँग जोडिएका हर्मोनहरुले मानिसका अन्य संवेदना समेत प्रभावित गर्दछ । उदाहरणका लागि, लामो समयसम्म यौनसम्बन्धमा सक्रिय नहुने जोडी मानसिकरुपमा तनावमा या चिडचिडापन हुने, या झर्किने या भनौं अरुसँग कुरा नमिल्ने खालको हुन्छन । सेक्सको यो मनोविज्ञानलाई सही अर्थमा बुझ्न सकियो भने जीवन सुखमय बन्छ । सेक्सलाई कसरी बुझ्ने ? त्यसैले सेक्सलाई एउटा कलाका रुपमा बुझ्नुपर्छ । तपाई सेक्सको निर्देशक हो । तपाई यसको मुख्य कलाकार पनि हो । तपाईले कलाकारलाई कस्तो किसिमले अभिनय गराउन सक्नहुन्छ त्यो तपाईको कौशलता हो । सेक्सलाई कलाको रुपमा बुझेमात्रै यसमा सिर्जनात्मकता आउँछ । यो सिर्जनशील बन्छ । यो यान्त्रिक बने समस्या आउँछ । एउटा चलचित्र जस्तै सेक्समा पनि उतारचढाव र क्लाइमेक्सको चरण आउँछ । क्लाइमेक्समा फिल्म पुर्याउन जति कोशिस निर्देशकले गर्छ, त्यही काम तपाईले सेक्समा गर्नुपर्छ । त्यसो भए के हो त यो क्रिया ? सबैभन्दा ठूलो कुरा तपाईले वातावरण बुझ्नु हो । पार्टनरले के खोजेको छ भन्ने कुरा बुझ्न सक्नु भयो भने तपाईको सेक्स आनन्द करिब करिब ब आधा पुरा भयो । किनभने सेक्स दुईजना बीचको मानसिक र शारीरिक अन्तक्र्रिया हो । यो अन्तक्र्रियामा तपाईले एकातिर मनको सन्तुष्टि पाउनुहुन्छ अर्कोतर्फ जैविकरुपमा तपाई सन्तुष्ट बन्नुहुन्छ । त्यसो भए कसरी बुझ्ने त ? यसका लागि तपाईले आफूलाई बिर्सिनुस् । तपाईले के चाहनुहुन्छ बिर्सिनुस । आफ्नो जीवन साथी या पार्टनर कुन मनस्थितिमा छ, उसले के खोजेको छ ? उसलाई अहिलेको सम्बन्ध कस्तो लाग्न सक्छ ? यदि पार्टनर श्रीमती या श्रीमान छैन भने झन बढी यो कुरा बुझ्नु पर्ने हुन्छ । यो कुरा तपाईले बुझ्नु भयो भने सोही अनुरुप पार्टनरसँग व्यवहार गर्नुस । रतिक्रियाको आरम्भ पहिलो चरण मनोविज्ञानको बुझाई हो । मनोविज्ञान बुझेपछि तपाईले रतिक्रियालाई नाटकीयरुपमा अगाडि बढाउनु पर्छ । जस्तो तपाईलाई सेक्स गर्न मन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ । जे होस, तपाईले परिस्थ्तििलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौन भनेको लाजको विषय होृ नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन । इशारा बुझ्नु पर्छ । संकेत र हाउभाउ बुझ्नुपर्छ । र, यही अनुरुप एक्सनमा जानुपर्छ । यो चरण पार गरेपछिन छ र तपाईलाई तपाईको पार्टनरको इच्छा थाहा छैन भने तपाईले ए, तिम्रो गर्धन दुखेको त छैन भनेर बिस्तारै मालिस गर्नेतर्फ जान सक्नुहुन्छ या फेरी हात समातेर सुस्तरी थिचेर स्पर्शतर्फ जान सक्नुहुन्छ । जे होस, तपाईले परिस्थितीलाई ध्यानमा राखेर शारीरिक क्रिया अगाडि बढाउनुपर्छ । ख्याल राख्नुस, यौन भनेको लाजको विषय होृ नेपाली समाजका लागि त्यसैले इच्छा नै भएपनि कोही पनि महिला या पुरुषले यो शुरुमा नै व्यक्त गर्दैन । इशारा बुझ्नु पर्छ । संकेत र हाउभाउ बुझ्नुपर्छ । र, यही अनुरुप एक्सनमा जानुपर्छ । यो चरण पार गरेपछि तपाईले मुसार्ने, किस गर्ने, हग गर्ने, मालिस गर्ने र बिस्तारै संवेदनशील अंग चलाउने काम गर्नुपर्छ । यो गरियो भने कुनै पनि महिला या पुरुष सेक्स गर्दिन भन्ने अवस्थामा हुँदैनन ।  यो अवस्था भनेको नशाको अवस्था हो । तपाईको मुख्य काम भनेकै पार्टनरलाई नशाको अवस्थामा पुर्याउनु हो ।

उपमहासचिवमा पराजित भएसँगै जीवन श्रेष्ठद्धारा कार्यालय सचिवबाट राजीनामा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)को उपमहासचिव पदमा पराजित भएसँगै जीवनराम श्रेष्ठले कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ। मंगलबार भएको निर्वाचनमा उनी उपमहासचिव पदमा पराजित हुनुभएको थियो । उहाँले ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाउनुभएको थियो। असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उहाँलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो । उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीय संसदबाट विश्वास प्राप्त भएको छ।संघीय संसदको प्रतिनिधि सभामा संविधानको धारा ७६ (२) अनुसारको राष्ट्रपतिले गरेको नियुक्तिका विषयमा ओलीले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।   ओलीलाई विश्वासको मत छ भन्ने पक्षमा एमालेसहित नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, जनमतलगायतका पार्टीले मत दिए भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, राजमो, नेमकिपा, आम जनता पार्टी लगायतले विपक्षमा मतदान गरे।   प्रतिनिधि सभाको बैठकमा उपश्थित भएका २६३  जनामध्य ओलीको पक्षमा १८८  विपक्षमा ७४ र मत दिन्न भन्ने पक्षमा १ मत खसेको थियो। 

अघिल्लो सरकारले नै तोकेको थियो कर्मचारीको खाजा समय (राजपत्रसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको भन्दै खाना समय निर्धारण गरिएको जानकारी गराउनुभएको छ । ‘छ।  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ’– उहाँले फेसबुकमार्फत भन्नुभएको छ– ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’ उहाँले अब खाजा समय घटाइएको बताए पनि अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी राजपत्रमा सूचना प्रकाशन गरेरै खाजा समय निर्धारण गरेको पाइएको छ । २०८० माघ २९ गते प्रकाशित राजपत्रको पेज १२ (घ)मा खाजा समय १ः३० देखि २ बजेसम्मका लागि निर्धारण गरिएको स्पष्ट गरिएको छ । यस सम्बन्धी सूचना हरेक सरकारी कार्यालयको सूचना पाटीमा टाँस गर्नुपर्ने र खाजा समय बाहेकको अन्य समयमा सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने राजत्रपत्रमा उल्लेख छ । सोही राजपत्रमा २०८१ मा लागु हुने सार्वजनिक विदाको विवरण सार्वजनिक गर्दै सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह सुचारु गर्नुपर्ने उल्लेख छ । यस्तो छ– २०८० माघ २९ गते प्रकाशित राजपत्रः  

कुलमानमाथि अप्राकृतिक लाञ्छना : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले डेडिकेटेट र ट्रंकलाइनका विषयमा अप्राकृतिक आरोप लगाएको बताएका हुन् । “विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने कुरा भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” प्रचण्डको धारणा उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने, “सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेका छौँ ।” प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसद्मा पेस हुने विषय भनेको सुखद् समाचार भएको सुनाएका थिए । बैठकमा उनले बंगलादेशको घटनाबाट नेपालमा पार्ने असर प्रभावबारे आफ्नो धारणा सापकोटाले जानकारी दिए । “त्यसबाट पनि हामीले शिक्षा लिनुपर्छ । जनताका दैनिक समस्याका विषयमा अघिल्लो सरकारले सुशासनको पक्षमा गरेका काम अघि बढाउनु त कता हो राम्रो काममा पनि अवरोध सिर्जना गरिरहेको छ,” सापकोटाले भने । आजबाट सुरु भएको स्थायी कमिटी बैठक शनिबार पनि बस्नेछ ।

पशुपतिनाथको भेटी चोर्ने आठ जनाको समूह पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सिसि क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरी स्रोतले जनाएको छ ।

मोरङको ग्रामथानमा माओवादीको उम्मेदवार घोषणा

मोरङ । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।  ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए ।  आगामी मंसिर १६ गते उपनिर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि कांग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन ।  ०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ। सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता गङ्गालाल तुलाधरले प्रस्तावहरू पढेर हलमा सुनाए। ‘नेकपा एकीकृत समाजवादीले समीकरण परिवर्तन गर्दै सैद्धान्तिक आधारविना सत्ता स्वार्थका लागि जोसँग र जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, एकीकृत समाजवादीले भनेको छ, ‘वर्ग संर्घषलाई सहि दिशा र गति दिन तथा समाजवादी क्रान्तिका वापन्थीहरुबिच बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै कम्युनिस्ट शक्तिलाई आह्वान गर्दछ।’  त्यस्तैभ्र,ष्टाचार नियन्त्रण, सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा, तेस्रोपटक सरकार बनाउने तयारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ। त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार बनाउन कसरत थालेको बताइएको छ।

उपेन्द्रले हाले प्रधानमन्त्रीको विश्वास मत रोक्न सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो।सोही आदेशमा टेकेर अध्यक्ष यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख २३ गते यादव नेतृत्वको जसपा विभाजन भएको थियो। प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सोमबारका दिन प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि संसद् सचिवालयलाई पत्राचार गरेका थिए।जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको जसपाले जनाएको छ।

सुहाङको अग्रता ४ हजार, दोस्रो स्थानमा रुख र मुढाको टक्कर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ । यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको कडा टक्कर देखिएको छ । खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा भेट

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । बुधबार अपराह्न शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न अध्यादेश ल्याउने तयारी गरेको छ । भेटघाटका अवसरमा विषयमा समेत छलफल हुने बताइएको छ । 

महानगर प्रमुख रेणु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

लन्डन। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई लन्डनस्थित संयुक्त अधिराज्य(बेलायत)को संसद् हाउस अफ कमन्समा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको छ ।  बेलायतस्थित इकोनोमिक पोलिसी ग्रुप तथा बेलायती सांसद भ्यालरी बाजद्धारा बिहीबार आयोजना गरिएको पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड २०२४ अन्तर्गत नगर प्रमुख दाहाललाई अन्तर्राष्ट्रिय मेयर अवार्ड प्रदान गरिएको हो । लन्डनका मेयर सादिक खानले दाहाललाई अवार्ड प्रदान गरे । कार्यक्रममा मेयर खानलाई पनि लोकल गर्भमेन्ट अवार्ड प्रदान गरिएको थियो । भरतपुर महानगरपालिकाको समग्र विकासमा उल्लेखनीय र उत्कृष्ट योगदान गरेबापत नगर प्रमुख दाहाललाई अवार्ड प्रदान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।  अवार्ड ग्रहण गर्दै नगर प्रमुख दाहालले आफूलाई नेपाल र भरतपुरवासीका लागि थप काम गर्ने ऊर्जा र हौसला मिलेको बताइन् । उनले आफ्नो कामको मूल्याङ्कन गरेर अवार्ड दिएकोमा आयोजकलाई धन्यवाद पनि दिइन् ।  राजनीतिक तथा सार्वजनिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय २४ जनालाई यस वर्ष सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।   यस वर्ष  नगर प्रमुखसँगै अवार्ड बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उप नेता एन्जेला रेनरसीप, लन्डनका मेयर सादिक खान,शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन,लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छाया मन्त्री ग्यारेथ थोमस,भारतका पूर्व मन्त्री सुरेश प्रभु,मौरिससकी पूर्व राष्ट्रपति अमिना गुरिब फकिम, बेलायती सांसद नताशा अस्गर लगायतले प्राप्त गरेका छन् । यसअघि बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन, बेलायती प्रस्तोता सर टेभर म्याकडोनाल्ड, मानव अधिकारवादी नेता रेभ जेसी ज्याक्सनलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।  

लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्नुपर्छ :  माओवादी केन्द्रका जनसंगठन

काठमाडौं । माओवादी केन्द्र निकट जनसंगठनले लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका ४ जनसंगठनले आज एक विज्ञप्ति जारी गर्दै लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिले गरेको संघर्षको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै सो कुरा बताएको हो । आज दिउँसो काठमाडौंमा बसेको माओवादी केन्द्र निकट संगठनहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा,   नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारको संयुक्त हस्ताक्षर विज्ञप्तिमा सरकार समक्ष विभिन्न माग समेत राखिएका छन् ।  यस्ता छन् माग  १.  लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गरियोस् । गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गरियोस् । २. मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको तर समस्या समाधानमा कुनै पहल नगरेको असक्षम, गैरजिम्मेवार र अकर्मण्य वार्ता समिति तत्काल भंग गरी नयाँ उच्चस्तरीय वार्ता समिति गठन गरियोस् । ३. नेपाल सरकारले लघुवित्त सम्बन्धी समस्या समाधान गर्न गठन गरेको वार्ता समितिमा आफ्नो प्रतिनिधि समेत नपठाउने र लघुवित्तहरूलाई नियमन नगरी लाखौँ जनतालाई पीडित बनाई हजारौँ जनतालाई सडकमा आउन वाध्य बनाउने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गरियोस् । ४. राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने जनपक्षीय र गरिबमुखी मौद्रिक नीति जारी गरियोस् । ५. लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झारियोस् । लघुवित्तहरूले चक्रिय ब्याज र हर्जानाको नाममा मासिक ३६% भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब रोकियोस् र लघुवित्तको नाममा चलाइएको संस्थागत मिटरब्याजको धन्दा बन्द गरियोस् ।  ६. लघुवित्तहरूबाट कालो सूची (कर्जा सूचना केन्द्र)मा नाम राखिएका सबैको नाम तत्काल हटाई धितो लिलामी प्रक्रिया रोकियोस् । ७. लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गरियोस् । बाँकी साँवा चुक्ता गर्न बढीमा ५ वर्षको अवधि दिई ऋणको पुनर्तालिकीकरण (नयाँ किस्ता जारी) गरियोस्। ८. नेपाल राष्ट्र बैंकको निर्देशिका पालना नगर्ने लघुवित्तहरूलाई अविलम्ब कडा कारबाही गरियोस् ।

सेञ्चुरी बैंकको डबल अफर

काठमाडौं, बैशाख १ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस शेयर र ४० प्रतिशत हकप्रद दिने निर्णय गरेको छ । चैत्र ३१ गते काठमाण्डौमा सम्पन्न कम्पनीको छैठौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति समेत प्रदान गरेको छ । यी संस्था प्राप्ती पछि मात्र बैंकले सो मात्राको हकप्रद निष्कासन गर्ने भएको छ । सेञ्चुरीले आफ्नो १०० कित्ता सेयर बराबर इन्नेभेटिभ बैंकलाई ८५ र अरनिको डेभलपमेन्ट बैंकलाई ९० कित्ता सेयर दिएर किन्न लागेको हो । इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्टलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको बैंकले सगरमाथा फाइनान्स र अल्पाईन डेभलपमेन्ट बैंकलाई समेत प्राप्ती गर्ने सम्झौता गरिसकेको छ यसैगरी सेञ्चुरी कमर्सियल बैंकले आफ्नो पूँजी ४ अर्ब ७ करोड र चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । त्यस्तै, नपुग पूँजीको लागि ४० प्रतिशत हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट ८ अर्ब रुपैयाँ पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यालयहरु करिब ९० वटा हुने छन् ।