श्रीधर र अस्मिताको ‘राजा रानी’ : अफ्रिकामा छायांकन, यस्तो छ भिडियो

काठमाडौं । गायक तथा सङ्गीतकार श्रीधर अधिकारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘राजा रानी’ बजारमा आएको छ ।

गीतमा शिव हमालको शब्द रहेको छ भने श्रीधर अधिकारीले सङ्गीत भरेका छन्। गीतमा अफ्रिकामा रहेर टिकटक बनाउने चर्चित टिकटकर विष्णु गिरि अफ्रिकन नागरिकको अभिनय देख्न सकिन्छ ।

गीतको छायाङ्कन नाइजेरियामा गरिएको हो । राजा रानीमा कथामा आधारित गीत नेपाल र अफ्रिकाको भेसभुसा साथै परिवेशमा निर्माण गरिएको छ ।

गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् भने गीतको निर्देशन शिव गिरिले गरेका हुन ।अहिलेसम्म गीतलाई करिब एक लाख पचास हजार बढी दर्शकले हरेका छन् ।

कर्मचारी र सुरक्षा अगंलाई प्रचण्डको आग्रह-'राजनैतिक परिस्थिति जस्तो भएपनि अविचलित भई जनताको सेवामा लाग्नुहोस्'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिएका छन् । उनले सो अवसरमा सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका छन्।  साथै, सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उक्त अवसरमा उनले सिमलताल लगायत  देशका विभिन्न भागमा बाढी, पहिरो,डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न आग्रह गरेका छन् ।

संगितमय प्रतिनिभिसभा : एमालेलाई माओवादीको जवाफः ‘कति जल्छौं आरिसले, अझै जल्दै गर..’

काठमाडौं ।राजनीतिक दाउपेच चर्को भईरहेका बेला आजको प्रतिनिधिसभा बैठक संगितमय बनेको छ । राजनीति दलका नेता तथा सांसदहरुले विभिन्न गितहरुलाई विम्ब बनाएर एक अर्कोलाई प्रहार गर्दा संसद बैठक नै संगितमय बनेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमालेका मन्त्रीहरुले राजिनामा बुझाउदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फत्तेमान राजभण्डारीको गित गुन्गुनाएका थिए । ‘‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले....।’ एमालेले धोका दिएको अर्थमा प्रधानमन्त्री प्रचण्डले यस्तो भावुक गित सुनाएका थिए।  आज बसेको संघिय संसदको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ठाकुर गैरेले प्रचण्डले बरु उडायो सपना सबै हुरीले गित गाए हुने भन्दै ब्यङ्ग्य गरे । एमालेको गितको जवाफ माओवादीका सांसद पूर्णबहादुर घर्तीले दिए । उनले सिलाबहादुर मोक्तानले संगित गरेको कुन्ती मोक्तानको गीत संसद बैठकमा सुनाए। उनले भने, ‘कति जल्छौं आरिसले अझै जल्दै गरे, मत हिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर...।  त्यस्तै, सोमबारको प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीलाई गीतबाटै जवाफ फर्‍काए।उनले 'तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र...' भन्ने अञ्जु पन्तको गीत गाएका थिए ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ।  यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो। माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ। राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही २८ गते हुँदैछ।

कार्यसम्पादनमा कम्तिमा ८० प्रतिशत प्रगति हुनुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालयलाई आफ्ना कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यसम्म पुग्दा कम्तिमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्।   सो क्रममा प्रधानमन्त्री प्रचण्डले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन्।  “बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोहीअनुसार काम गर्नुपर्नेछ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए। सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारे। “तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील भएर लिन जरुरी छ।” आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिती विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए।

गठबन्धनमा सहकार्य गर्न माधव नेपाल सकारात्मक, पार्टीमा छलफल गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल आफ्नो पार्टीलाई सत्ता गठबन्धनमा सहकार्य गर्न सकारात्मक देखिएका छन्  । मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको भेटवार्ता सकारात्मक रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र उनी सकारात्मक रहेको पोख्रेलको भनाई थियो । आफु सकारात्म रहेको बताउँदै नेपालले नेकपा (एकीकृत समाजवादी)ले बुधबार बैठक राखेर बैठकबाट यस विषयको टुंगो लगाउने बताएका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली सहभागी थिए । साथमा एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु थिए ।

जहाज दुर्घटना : अपडेट  १५ जनाको मृत्यु, ४ जनाको जिवितै उद्दार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । जहाजमा सवार १९ जना मध्ये १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको अफिसियल फेसवुकमार्फत जानकारी दिददै १५ जनाको मृत्यु भएको र ४ जना घाइतेको उद्दार गरीएको जानकारी दिएको छ । चार जना घाइतेहरु मध्ये ३ जनाको टिचिङ अस्पतालमा र एक जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

पार्टी बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव सभापतिले मानेन् : रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न आफुले गरेको प्रस्ताव सभापति लामिछानेले अस्वीकार गरेको बताएका छन्।  महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको भए पनि सभापति लामिछानेले भने स्वीकृत/अस्वीकृत नगरेको महामन्त्री ढकालले जानकारी दिएका हुन् ।  महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । पार्टी सभापतिले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको विषय सभापति निकट सहप्रवक्ता प्रतिभा रावलले सार्वजनिक गरेकी थिइन् । तर, महामन्त्री ढकालले भने आफूमाथि कुनै पनि स्पष्टीकरण नसोधिएको जानकारी दिएका छन्।  रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी बुधबार केन्द्रीय समितिकोे बैठक बोलाएको छ ।

एमाले मुख्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा

काठमाडौं । नेकपा (एमाले)को मुख्यालयमा सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन बारेमा अनुभव लिन नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटा च्यासल पुगेर त्यसबारे जानकारी लिएका छन्। नेता सापकोटा आज एमाले मुख्यालय पुगेर सोबारे जानकारी लिएका हुन्।  उपाध्यक्ष सापकोटालाई एमाले उपमहासचिव विष्णु रिमालले व्यवस्थापन गरिएको बारेमा जानकारी गराएका थिए। एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात गर्दै चलेको बारेमा सिक्न र र व्यवस्थापकीय अनुभव लिन आफू एमाले कार्यालय पुगेको नेता सापकोटाले बताए। सो अवसरमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रतिप ज्ञवाली, नेता रिमाल, प्रचार विभाग सचिव गगन विष्टलगायतको सहभागिता थियो । 

रविविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै दरपिठ (रिट) निवेदन दर्ता गर्न अस्वीकारको आदेश गरेका हुन् । रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले असाधारण अधिकार क्षेत्र (रिट निवेदन)को प्रयोग गर्न नपर्ने जनाएको हो। ‘निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन’ आदेशमा भनिएको छ, ‘रिट निवेदकको माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।

कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद

काठमाडौं ।पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैद हुने भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो। इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो। यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् । आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

राजेन्द्र महतोद्धारा लोसपा परित्याग, राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गर्दै लोसपा छाडेको जानकारी गराएका हुन् । अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उनको निष्कर्ष छ । “अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन । तसर्थ, विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन, सोचको प्रभावलाई तिलाञ्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ । यसको निम्ति, यस नवीन युगको नवीन नेपाल निर्माणनिम्ति युगीन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु,” उनले भनेका छन् । विज्ञप्तिको पूर्णपाठ पढ्नोस् 

टुडिखेलमा नाराबाजी गर्नेमाथि दमन थालिएकोमा भीम रावलद्वारा बिरोध

काठमाडौं । काठमाडौंको टुडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध भएको नाराबाजीमा संलग्न भएको आशंकामा सरकारले युवाहरुलाई पक्राउ गर्न थालेकोमा  एमाले भीम रावलले बिरोध गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले बिरोध जनाउनुभएको हो । ‘टुडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो’– उहाँले भन्नुभएको छ– ‘जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी।जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो। दमनले के निम्त्याउछ, नेपालको इतिहासको फेरी अध्ययन र स्मरण गर्नु उचित हुन्छ।'

जुवातास खेलिरहेका ६ जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।  भिमाद नगरपालिका ६ बस्ने आरती थापाको घर पछाडी रहेको ट्रसमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताए। “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।” उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए।   विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्री प्रचण्डले भने, “विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्नेछ ।” उनले विकास निर्माणको कार्यमा बाधक नभई व्यवहारिक बनिदिन अनुरोधसमेत गरे।  ‘ठूला जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाइन्छ’ सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठूला जलाशययुक्त आयोजना निर्माण गरिने बताए। “१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एकहजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।” प्रधानमन्त्री प्रचण्डले भने, “साथै देशलाई दिर्घकालिन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्त्वका कर्णाली चिसापानी १० हजार ८०० मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।” विश्व बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एशियाली विकास बैंकको नेतृत्वमा ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको बित्तिय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । देशभित्र उत्पादित विद्युत् स्वदेशमै खपत गर्न सरकारले विद्युत् खपत बृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले विद्युत् खपत बढाउनका लागि दिशानिर्देश गर्ने बताए ।  अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको बताउनुभयो । उनले भने, “पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धी हो । नेपालको विकासमा यो एउटा मूख्य खुडकिलो हो ।” मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो । यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने  काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।