पेट्रोलियम भण्डारण गृहको निर्माण तीव्र

रुपन्देही । रुपन्देहीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि तीव्र गतिमा काम अगाडि बढेको छ। भण्डारणगृह निर्माणका लागि सुरुमा जग्गा व्यवस्थापनको काम अगाडि बढाइएको हो। ओमसतिया र रोहिणी गाउँपालिकाको सिमानामा पर्ने रोहिणी नदी किनारमा भण्डारण गृह बन्ने छ। जसका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

लुम्बिनी प्रदेशस्तरीय पेट्रोलियम इन्धन भण्डारण डिपो निर्माण गर्न गत जेठ १८ गतेदेखि जग्गा व्यवस्थापनको काम थालिएको थियो। नेपाल आयल निगमका उपनिर्देशक तथा भण्डारण निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवका अनुसार निर्माणस्थलमा अहिले ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएको छ।

निर्माणस्थलमा रोहिणी खोलामा आउने बाढीबाट हुन सक्ने क्षति रोक्नका लागि ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउन थालिएको हो। परियोजनाको पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्की निर्माण गरिने यादवले बताउनुभयो।

निगमले तीन वटा ठेकेदारमार्फत भण्डारणगृहको जग्गा व्यवस्थापनको काम जारी राखेको छ। भण्डारणगृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणीमा आएको बाढीले ढिला भएको यादवले बताउनुभयो।

निर्माणस्थलमा छ मिटर उचाइको ६२० मिटर ग्याबिन र उत्तरतर्फ ४.२ मिटर उचाइको १५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ। भण्डारणगृहलाई बाढीबाट सुरक्षित राख्न परियोजना स्थलभन्दा माथि करिब १८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ। रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ।

एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउन्ड’ निर्माणको काम थालिने योजना छ। करिब तीन अर्ब रुपियाँको लागतमा भण्डारणगृह निर्माण गर्न थालिएको हो।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भेट भएको हो। भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए।  भेटमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो। 

बजेट लेखन समिति गठन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन् । सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् । समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो ।

संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकाे प्रस्ताव  पेश, हेर्नुहोस् पूर्णपाठ

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल गरियोस् भन्ने प्रस्ताव छलफलका लागि प्रस्ताव पेश गरिरहेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा उनले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । बैठक प्रतिनिधिसभा हलमा अहिले चलिरहेको छ । संसदमा आगामी वर्ष बजेट निर्माणका क्रममा दिइने प्राथमिकताका विषय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेस गरिएको छ ।  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्दै उनले उत्पादन वृद्धिलाई प्राथमिकता दिइने, योजना सम्पन्न गर्न राष्ट्रिय गौरवका आयोजनमा लगानी केन्द्रीत गरिने , कर चवावट नियन्त्रण गरिने लगायतका विषय समेटेका छन् ।  साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेमा सबै माननीयको सहयोग र साथको अपेक्षा समेत अर्थमन्त्री महतले गरेका छन् । 

हाट बजारको दीर्घकालिन व्यवस्थापन गर्न व्यापारीको माग

धनगढी । धनगढी उपमहानगरपालिकामा रहेको एक मात्र त्रिनगर कृषि उपज हाट बजारलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्नु पर्ने किसान तथा व्यापारीले माग गरेका छन् । उनीहरुले धनगढी उपमहानगरपालिकाले कर मात्र लिने तर व्यवस्थापनमा चासो नदेखाएको गुनासो समेत गरेका छन । कृषि हाट बजारमा सुधारको प्रयास भए पनि त्यो पर्याप्त नभएको उनीहरुको भनाइ छ । हाट बजारलाई दीगो बनाउने उद्देश्यका साथ कृषक तथा व्यापारीले कृषि हाट बजारलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका हुन । एक मात्र हाटबजार त्रिनगर भाडामा रहेको र भाडाको समयावधि सकिएपछि के हुने भन्दै किसान चिन्तित भएका देखिन्छन् । उनीहरुले हाट बजारको दीर्घकालिन व्यवस्थापनको माग गरेका छन् । किसानहरुको मुख्य आम्दानीको स्रोत तरकारी तथा फलफुल भएकाले व्यवस्थित हाट बजारमा सधैभरी कृषि उपज बिक्री गनृ पाउनु पर्ने उनीहरुको भनाइ छ । हालसम्म हाट बजारको व्यवस्थापन नहुँदा उत्पादित कृषि उपज बिक्री गर्न समस्या हुने गरेको किसानको भनाइ छ । उनीहरुले आफूहरुबाट कर उठाउने तर हाट बजार व्यवस्थापनमा ध्यान नदिने धनगढी उपमहानगरपालिका जाईका किसान फर्तिराम कुश्मीले बताए । हाल लाग्दै आएको हाट बजार त्रिनगर माध्यमिक विद्यालयको जग्गामा पर्दछ । उक्त जग्गा भाडामा लिएर हाट बजार सञ्चालन गरिदैं आइएको छ । विद्यालयसंग भाडा सम्झौता सकिएपछि बजार व्यवस्थापनमा झनै समस्या हुने भन्दै स्थायी हाट बजारको व्यवस्थाका लागि पहल गर्न आवश्यक रहेको जाईकै कृषक मिना चौधरीले बताइन् । हाट बजारमा सान्य सेवा पनि नभएको किसानहरुको गुनासो छ । तरकारी ब्यापारी बढदै गएकाले पनि हाट बजारको ब्यवस्थापन अति आवस्यक रहेको किसान देवलाल चौधरीले बताए । अहिलेसम्म धनगढी बजार अस्थायी रहेकाले स्थायी हाट बजारको लागि कदम चाल्नु पर्ने कतिपयको भनाइ छ । अहिलेसम्म भइरहेको अस्थायी व्यापारलाई स्थायी बनाउनु पर्ने हाट बजार ब्यवस्थापन समितिका अध्यक्ष भवान सिंह चैसिरले बताए । हाट बजार व्यवस्थित र स्थायी नहुँदा बेला बेलामा विभिन्न समस्या खेप्नु पर्ने बाध्यता रहेको छ । सम्बन्धित निकायले कृषक, व्यापारीबाट कर लिने तर हाट बजार व्यवस्थापनमा ध्यान नदिएको उनको भनाइ छ । हाट बजारको दीर्घकालिन व्यवस्थापनका लागि ध्यान नदिइएमा आन्दोलनमा समेत उत्रिनु अध्यक्ष चैसिरले चेतावनी दिए ।

राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुईपक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।सचिवालयका अनुसार भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए। उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए । उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको  जनस्तरको सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताएका थिए ।

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री

रामपुर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे। “राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ।”  उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिएको स्पष्ट पारे।  नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए।  “आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाट हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण फड्को हान्नेछ ।”  सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने हुन्छ भने। “भूमण्डलीकृत विश्वासमा अनेकौँ अवसरहरू हुन्छन् । तर, हामीले अवसरलाई मात्रै हेरेर पुग्दैन, हाम्रो राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भावी पुस्ताको भविष्यबारे पनि गहिरो गरी विचार गर्नुपर्ने हुन्छ,” प्रधानमन्त्रीले भने, “आज विकसित भनिएका सबै मुलुकहरू इतिहासको विभिन्न कालखण्डमा ठूलठूला चुनौतीहरूको सामना गरेर यहाँसम्म आएका छन् । तसर्थ, हामीले विकसित मुलुकहरूको प्रगतिको कुरा गर्दा उनीहरूको विगत, समृद्धिका लागि गरेको सङ्घर्ष र ती देशका नागरिकमा जागृत देशभक्तिपूर्ण भावनाको समेत अध्ययन गर्नुपर्दछ ।” उनले विकसित देशका  उदाहरण र अनुभवहरूबाट सिकेर देशको विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे। 

राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

काठमाडौं ।११२औं अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमणमा निस्कने भएका छन्। राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन्। उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ। दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन्। मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो। जर्मनीले काठमाडौंमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो।सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ। जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए। त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए।तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेका थिए। यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए।राष्ट्रपति पौडेल राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ।

चार डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ।  जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा चार प्रहरी नायब उपरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको हो।  बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४)अनुसार बढुवा सिफारिस गरेको कार्यालयले जनाएको छ।

बझाङमा ४९.१२ प्रतिशत मतदान, आजै मतगणना नगरिने

धनगढी। शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१)को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९.१२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताए। सो क्षेत्रमा २०७९ को प्रदेश सभा निर्वाचन भन्दा कम मतदान भएको छ। २०७९ को चुनावमा अहिलको भन्दा मतदाता कम भए पनि ३१ हजार २७९ मत सदर भएका थिए। बझाङ प्रदेश सभा क्षेत्र नं.१ को मतगणना आज नगरिने भएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएको हो । दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था भएका कारण आजै मत गणना सम्भव नभएको हो ।

अर्थमन्त्री पुनद्धारा कार्यभार ग्रहण,  अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र पुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताएका छन् । अर्थमन्त्री पुनले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताए ।  “सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु” अर्थमन्त्री पुनले भने ।  अर्थमन्त्री पुनले जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्नेछु । अर्थमन्त्री पुनले भने, “असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २/३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्नेकुराहरु पनि मिल्यो ।”

नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित

काठमाडौं, १८ फागुन ।  त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराउँदै फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए । त्यसअघि तीन ओभर बलिङ गर्दा ४१ रन दिएका करणले अन्तिम ओभर भने किफायती बलिङ गर्दै नेपाललाई जित दिलाए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफ ३१ रनमा आउट भए । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं, १६ फागुन । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी–२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए । सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश्यक देखिन्छ । नेपालको डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा चोटबाट फर्किएका छन् । पहिलो खेलमा अभिनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए । कुशल भुर्तेल नामिबियाविरुद्ध पहिलो बलमै आउट भएका थिए । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उता नामिबियाका ओपनर म्याक्स ओडाउड र माइकल लेभिट दुई प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपालले खेलमा दबाब बढाउन सक्छ । अन्यथा लेभिट र ओडाउडले आफ्नो आक्रामक क्रिकेटमा विशाल योगफलको आधार तय पार्न सक्छन् । लगातार विश्वकप खेल्दै आएको डच टोली दबाबमा खेल्न जानेको छ । टी–२० को लागि मात्रै दुई तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन टोलीमा जोडिएका छन् । नेदरल्यान्ड्समा तेजा निडाामानिरु, बास डि लिडे र स्कट एडवार्ड्सले मध्यक्रम ब्याटिङ सम्हाल्ने छन् । बास डि लिडे, म्याक्स ओडाउड र फर्द क्लासेन प्रमुख हतियार हुन् । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए । नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

बक्यौता उठाइछाड्ने अडानमा रहेका कुलमानलाई प्रधानमन्त्रीको निर्देशन-'तत्काल लाइन जोड्नू'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् । यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली प्राधिकरणले काटेको थियो । शुक्रबार उद्योगी र प्रबन्ध निर्देशक घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई छलफलका लागि बोलाएका ओलीले विद्युत काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न निर्देशन दिएका हुन् । यसअघि घिसिङले कुनैपनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाएरै छोड्ने घोषणा अधुरो हुने भएको छ। यता उद्योगीहरुले भने नक्कली बिल नतिर्ने बताउँदै आइरहेका छन् । आजका छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तथा मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता थियो ।

माओवादीको सम्पर्क समन्वय समिति अध्यक्षमा साँवा

ताप्लेजुङ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङ-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित साँवा चयन भएका छन्। सम्पर्क समन्वय समितिको नवौँ अधिवेशनले साँवाको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।  काठमाडौँको चाबहिलमा शनिबार सम्पन्न अधिवेशनले चयन गरेको कार्यसमिति उपाध्यक्षमा निरोज लिबाङ, दावा इलावा र बिमला वनेम रहनुभएको छ। यस्तै सचिवमा प्रोसेष गौतम, सहसचिवमा दिनेश साँवा र कोषाध्यक्षमा सुवास नाल्बो चयन भएका हुन् ।   माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति सह-इन्चार्ज झक्कुप्रसाद सुवेदी, केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति कोशी प्रदेश इन्चार्ज करुणा बस्नेत, सचिव नन्द वनेमलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो। 

श्रीधर र अस्मिताको ‘राजा रानी’ : अफ्रिकामा छायांकन, यस्तो छ भिडियो

काठमाडौं । गायक तथा सङ्गीतकार श्रीधर अधिकारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘राजा रानी’ बजारमा आएको छ । गीतमा शिव हमालको शब्द रहेको छ भने श्रीधर अधिकारीले सङ्गीत भरेका छन्। गीतमा अफ्रिकामा रहेर टिकटक बनाउने चर्चित टिकटकर विष्णु गिरि अफ्रिकन नागरिकको अभिनय देख्न सकिन्छ । गीतको छायाङ्कन नाइजेरियामा गरिएको हो । राजा रानीमा कथामा आधारित गीत नेपाल र अफ्रिकाको भेसभुसा साथै परिवेशमा निर्माण गरिएको छ । गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् भने गीतको निर्देशन शिव गिरिले गरेका हुन ।अहिलेसम्म गीतलाई करिब एक लाख पचास हजार बढी दर्शकले हरेका छन् ।