माधव नेपालको वडामा राजपाको सार्इकल सरर

४ असोज, रौतहट । गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा राकेशकुमार झा विजयी भएका हुन् ।

यो वडा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको वडा हो ।
मेयरमा भने एमालेको अग्रता कायमै छ । एमालेले १२१४ मत पाउँदा राजपा उम्मेदवारले १०४२ र संघीय फोरमका उम्मेदवारले १२२ मत पाएका छन् ।गौरको वडा नम्बर १ मा भने फोरम लोकतान्त्रिकका भरत सहको प्यानल नै विजयी भएको छ ।

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का !

 काठमाडौं, असोज १ । -सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग, -कालोधन बिटक्वाइनमा लगानी, -हुन्डीको नयाँ तरिका बिटक्वाइन, -ह्याकरले बढाए बिटक्वाइनको भाउ नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो । कालोधन बिटक्वाइनमा लगानी विगतमा अवैध रूपमा कमाएको रकम भारतीय ठूला नोटमा जम्मा गर्ने नेपालीको संख्या पनि निकै ठूलो रहेको राष्ट्र बैंकको भनाइ छ । भारतले विमुद्रीकरण गरेपछि भौतिक मुद्रामा सम्पत्ति सञ्चय गर्नु जोखिमपूर्ण भएका कारण ती मानिसले बिटक्वाइनमा लगानी गरेको अनुमान राष्ट्र बैंकले गरेको छ । बिटक्वाइन खरिद सम्पत्ति सञ्चय मात्रै होइन, लगानी पनि हो । अमेरिका, जापानलगायत विश्वका धेरै मुलुकमा बिटक्वाइनको कारोबार अवैध नभएका कारण पनि मानिसले यो मुद्रा खरिद गरी सम्पत्ति सञ्चय र लगानी गरिरहेको हुन सक्ने राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । त्यस्तै, सेना, प्रहरी र सरकारी कर्मचारीहरूले घुस खाएर कमाएर अवैध पैसा पनि बिटक्वाइनमा लगानी गरेको हुन सक्ने उनीहरूको अनुमान छ । सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले सम्पत्ति लैजानका लागि बिटक्वाइनको प्रयोग गरेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँछन् । राष्ट्र बैंकले नेपाली पैसा विदेश लैजाँदा डलरको सीमा तोकेका कारण नेपालीले आफ्नो सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गरेको पाइएको छ । नेपालबाट पुँजी विदेश लैजानसमेत पाइँदैन । ‘यस्तो अवस्थामा अमेरिकाको डिभी परेकालगायत विदेशमा स्थायी रूपमा बस्न जानेहरूले चल–अचल सम्पत्तिलाई बिटक्वाइनमा परिवर्तन गरेर लैजाने गरेको देखिएको छ,’ उनले भने । यहाँ बिटक्वाइन खरिद गरी विदेश जाने र त्यहाँ त्यो बचेर नगद प्राप्त गर्ने गरेको पनि देखिएको छ । हुन्डीको नयाँ तरिका ‘बिटक्वाइन’ विगतमा हुन्डीवालाले हुन्डी गर्दा यहाँ नगद लिन्थ्यो र जहाँ पैसा पठाउने हो, त्यहाँ पनि पाउनेलाई नगद नै भुक्तानी गथ्र्यो । यसो गर्दा उसले केही शुल्क पनि लिने गथ्र्यो । तर, बिटक्वाइनले हुन्डीमा पनि ‘क्रान्ति’ ल्याइदिएको छ । हुन्डीवालाहरूले पैसा पठाउन चाहनेहरू बिटक्वाइनको प्रयोगबाट अत्यन्तै कम शुल्कमा पुँजी बाहिर पठाइरहेका छन् । ‘हामी बिटक्वाइन कसले प्रयोग गरिरहेको छ भनेर सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ ढुंगानाले भने, ‘हुन्डीमा लागेका व्यक्तिले यसको प्रयोग अत्यधिक गरेको पाइएको छ ।’ हुन्डीमा संलग्न व्यक्ति र व्यापारिक घरानाहरूले बिटक्वाइनको कारोबारलाई वैध बनाउनका लागि पनि धेरै पहिलेदखि प्रयास गरिरहेको उनले बताए । व्यापारीहरूले अवैधानिक आयातका लागि बिटक्वाइनको कारोबार धेरै गर्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपालमा रेमिट्यान्सको कारोबार गर्ने केही कम्पनीले पनि यसको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ह्याकरले बढाए बिटक्वाइनको भाउ पछिल्लो समय विश्वभरि साइबर हमला गरेर संसारभर तहल्का मच्चाएको ह्याकर समूहले त्यसबापतको फिरौती रकम बिटक्वाइनमा मागेपछि यसको भाउमा एक्कासि वृद्धि भएको थियो । ह्याकरहरूले विश्वका लाखौँ कम्प्युटरमा एकैपटक साइबर हमला गरेपछि शक्तिशाली राष्ट्रहरूले पनि यस विषयमा गम्भीर भएको बताएका थिए । तर, उनीहरूले बिटक्वाइनबाहेक कुनै पनि माध्यमको रकम ट्रान्सफर नलिने बताएपछि यसको भाउमा डबलभन्दा धेरैले वृद्धि भएको थियो । केही दिनअघि एक बिटक्वाइनको मूल्य ५ हजार डलरसम्म पुगेको थियो । तर, अहिले घटेर ४ हजार डलरको केही तल छ । ह्याकरहरूले अमेरिका, जापान, चीन, दक्षिण कोरिया, भारत, क्यानाडा, फ्रान्स, जर्मनीलगायतका विश्वका शक्तिशाली देशका कम्प्युटरमा एकैपटक हमला गरेका थिए । त्यसको फिरौतीबापत उक्त समूहले बिटक्वाइन दिनुपर्ने माग गरेका थिए । सोबापत विश्वभरका देशले बिटक्वाइन दिएपछि यसको भाउले आकाश छोएको थियो । चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ। वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले शुक्रवार क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको हो । सरकारले जारी गरेको सूचना अनुसार ’कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध छ र यसको कारोवार गरेमा कारबाही हुनेछ,’ भनिएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ। त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् । यसको प्रत्यक्ष असर बिटक्वाइनको कारोवारमा परेको छ । १३ दिनमा २ लाख रुपैयाँ घट्यो बिटक्वाइनको मूल्य -गएको १३ दिनमा बिटक्वाइनको मूल्य २ लाख नेपाली रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा २ सेप्टेम्बरमा बिटक्वाइनको मूल्य ४ हजार ९ सय ३७ डलर (५ लाख ८ हजार रुपैयाँ) सम्म पुगेकोमा १५ सेप्टेम्बरमा २९८५ डलर (३ लाख ७ हजार रुपैयाँ) मा झरेको थियो । १३ दिनको बीचमा बिटक्वाइनको मूल्य ३९ दशमलव ५३ प्रतिशतले घटेको हो । शनिबार साँझ बिटक्वाइनको मूल्य ३ हजार ७ सय ७५ डलर (३ लाख ८८ हजार रुपैयाँ) छ । -भारतमा सेप्टेम्बर २ मा बिटक्वाइनको भाउ ३ लाख ४० हजार १ सय १४ भारु रहेकोमा १५ सेप्टेम्बरमा २ लाख २९ हजार ४ सय १७ भारुमा झरेको थियो । चीनले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाएपछि र भारतीय रिजर्भ बैंकका एक उच्च अधिकारीले क्रिप्टोकरेन्सीको आलोचना गरेपछि भारतमा यो अभौतिक मुद्राको मूल्यमा तीव्र गिरावट आएको द इकोनोमिक टाइम्सले जनाएको छ । -भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका कार्यकारी निर्देशक सुदर्शन सेनले क्रिप्टोकरेन्सीलाई लिएर आरबिआईले असहज महसुस गरिरहेको बताएका थिए । आरबिआईले पटकपटक क्रिप्टोकरेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराइरहेको छ । नयाँ पत्रिकाबाट

मतदान अधिकृत नै मतदाता हप्काएर भोट माग्न थालेपछि

सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको मत मागिरहेको अवस्थामा भेटिएको आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ । शुक्रबार बिहान मतदाता परिचयपत्र लिन मतदानस्थल पुुगेका लहान नगरपालिका २० निवासी मनोजकुमार महतोलाई उनले कांग्रेसको चुनाव चिन्ह रुख छापमा भोट दिन दबाब दिएका थिए । उनले आफूू मतदाता परिचयपत्र लिन आएको बताएपछि सर्वदलीय बैठक नबसी मतदाता परिचयपत्र बाड्न नमिल्ने बताएका थिए । महतोले मतदाता परिचय पत्रि पाउनु आफ्नो अधिकार भएको बताएपछि उनले साँझ पाँच बजेभन्दा पहिले परिचयपत्र नदिने भन्दै हप्काएका थिए । मतदान अधिकृतसँगै सोही ठाउँमा खटिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले पनि मतदातालाई नै हप्काएका थिए । पछि मतदान अधिकृत चौधरीले कांग्रेसलाई मतदान गर्न दबाब दिएको महतोले जानकारी दिए ।

लाै प्रधानमन्त्रीलार्इ चुनाव लागेकाे

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशमा नेपाली कांग्रेसले जित्ने दावी गर्दै अाएका छन् । तस्बिर : रोशन सापकोटा, वीरगन्ज  

वडाध्यक्षका उम्मेदवार झाको घरबाट लाखौँको चोरी

राजविराज, भदौ ३० । सप्तरीको राजविराज–१ बाट नेपाली कांग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ । राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन् । जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताए । झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रदेश २ मा प्रमुख दलहरुबीच नै प्रतिश्पर्धा

काठमाडौं, भदौ ३० । प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ । पहिलो र दोस्रो चरणमा जस्तै माओवादी तेस्रो र मधेस केन्द्रीत तीन दल राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक चौथो स्थानका लागि प्रतिश्पर्धा गर्नेछन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुमात्र होइन, स्वतन्त्र उम्मेदवार पनि सक्रिय छन् । कुनै विषय वा मुद्दालाई लिएर प्रदेश नम्बर २ मा दल विशेषको पक्षमा लहर देखिएको छैन । त्यसैले संगठनको जालो गाउँगाउँमा पु¥याएका परम्परागत दल कांग्रेस र एमालेले त्यसको लाभ लिने विश्लेषण गरिएको हो । –नागरिक दैनिकबाट

कुलमानले भने, ‘लोडसेडिङ कुनै पनि हालतमा हुँदैन’

काठमाडौं, भदौ २९ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हटाउने काम सफल हुन थालेकोले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने बताएका छन् । प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको एक बर्ष पूरा भएकोमा वार्षिक काम सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा घिसिङले लोडसेडिङको अन्त्य गर्न सफल भएको र अब दीर्घकालिन महत्वका आयोजनामा ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले आगामी २ वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने भएकाले देशभित्र आउँदो १० बर्षमा १२ हजार मेघावाट विजुली खपत हुने र विदेशमा विजुली बेच्नेतर्फ आफनो ध्यान केन्द्रित हुने बताए । केही व्यक्तिको लागि असम्भव रहेको लोडसेडिङ अन्त्यको काम आफूले कुशल व्यावस्थापनबाट सम्पन्न गरेको भन्दै निर्देशक घिसिङले अब ५ सय मेगावाट भन्दा ठूला आयोजना र पूर्व पश्चिम तथा उत्तर दक्षिण जोड्ने ४ सय केभी क्षमताका प्रशारण लाइन निर्माणमा लाग्ने पनि बताए । आर्थिक बर्ष २०७२÷७३ मा प्राधिकरण ३ अर्व ६ करोड नोक्सानीमा गएकोमा गएको बर्ष २ अर्व ४० करोड नाफा कमाउन सफल भएको भन्दै कार्यकारी निर्देशक घिसिङले यो आर्थिक बर्षमा प्राधिकरणको खुद नोक्सान पनि ९७ करोडबाट शुन्यमा झार्न सकिने दावी गरे । आफ्नो कार्यकालमा विद्युत चुहावट नियन्त्रण, महसुल बक्यौता असुलीमा बृद्धि, निर्मार्णाधीन आयोजनाको प्रगती बढेको, ट्रान्सफर्मर र टावर बनाउन छुट्टै विभाग बनाइएको, विद्युत व्यापार कम्पनीको स्थापना, देशका विभिन्न ठाउँमा नयाँ प्रशारण लाइनको निर्माण र पुरानाको मर्मत, उपभोक्तालाई छिटो छरितो सेवा लगायतका काम भएका बताए । उनले आउँदो हिउँदमा पोहोरको भन्दा पनि राम्रो अवस्थामा विद्युत प्रवाह गर्ने भएकाले लोडसेडिङ नहुने बताए । विद्युत चुहावट पनि घटेको र पश्चिममा ३० मेघावाटको चमेलिया जलविद्युत आयोजना पनि हिउँद अगाडि नै सम्पन्न हुने भन्दै पूर्वमा आवश्यक परेमा भारतबाट ल्याउन प्रशारणलाईन तयारी अवस्थामा रहेको भन्दै अब लोडसेडिङको अन्त्य हुने बताए ।

कर्मचारीले राजनीति गरे ठाडै बर्खास्त 

काठमाडौं, भदौ २९ । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय निजामती सेवा ऐन, २०७४’ मा कुनै पनि कर्मचारीले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिए, राजनीतिक क्रियाकलापमा संलग्न भए वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा निजामती कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी’ हटाउन सकिने प्रावधान राखिएको छ । हाल विद्यमान निजामती सेवा ऐन, २०४९ मा शाखा अधिकृतसम्म तहका कर्मचारीले कर्मचारी ट्रेड युनियनका नाममा राजनीतिमा सहभागी हुँदै आएका छन् । संघीयता कार्यान्वयनका लागि तर्जुमा भएको नयाँ निजामती ऐनको मस्यौदामा कुनै पनि तहका कर्मचारीलाई राजनीतिमा भाग लिन पूर्णरूपमा निषेध गरिएको छ । खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश विधेयकले कर्मचारी पदपूर्ति, बढुवा, आरक्षण, ट्रेड युनियन, कर्मचारी समायोजन आदिका विषयमा नयाँ व्यवस्था गरेको छ । प्रस्तावित ऐनले संघबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने सम्पूर्ण निजामती कर्मचारीको वृत्ति विकासलगायत सबै प्रकारका सुरक्षाको समेत व्यवस्था गरेको छ । कर्मचारीको उमेर हद यथावत् (५८ वर्ष नै) राखिएको उक्त मस्यौदामा अब निजामती सेवामा प्रवेश गर्दा खरिदार र शाखा अधिकृतबाट मात्रै प्रवेश पाइनेछ । सुब्बा, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न पाउने व्यवस्था खारेज हुनेछ । सबै ट्रेड युनियन खारेजी प्रस्तावित ऐनमा कर्मचारीका दलगत ट्रेड युनियन खारेजीको व्यवस्था गरिएको छ भने गैरराजनीतिक प्रकृतिको एउटा मात्रै आधिकारिक ट्रेड युनियन राखिएको छ । युनियनका पदाधिकारी अधिकृतसम्मका कर्मचारीबाट प्रत्यक्ष निर्वाचित प्रणालीको आधारमा छनोट हुने व्यवस्था गरिएको छ । –अन्नपूर्ण पोस्टबाट

माओवादीले चुनाव नजिते उपलब्धि गुम्ने खतरा : अध्यक्ष प्रचण्ड

लहान, २८ भदौ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे ।संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६÷४७ सालको अवस्थामा मुलुक फर्किने खतरा रहेको समेत बताए । पूर्वप्रधानमन्त्री दाहालले भने, “संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ । त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।” मधेसको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष दाहालले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे ।आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उहाँले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे । तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले बताए । कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिका प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी र उपप्रमुखका उम्मेवार फुलकुमारी श्रेष्ठले आफूहरु चुनाव जिते नगरपािलकालाई सुन्दर, सफा र पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि अध्यक्ष दाहालले सिरहाको लहानमा आयोजित सभालाई समेत सम्बोधन गरेका थिए ।

‘प्रधानमन्त्री कार्यकारी प्रमुख हो, उहाँलाई कारवाही गर्न मिल्दैन’: आयोग

काठमाडौं, भदौ २८ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारहरुको उम्मेद्धवारी नै रद्द गर्ने चेतावनी दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचनआयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन् । उनले भने,‘चुनावमाउम्मेद्धवारहरुले व्यापकखर्च गरिरहेका छन् भन्ने कुरा आएको छ, तर अहिलेसम्महामीले कुनै प्रमाण फेलापारेका छैनौं, यदि कसैले हामीलाई फोटोसहित प्रमाण दिनुहुन्छ भने हामी अन द स्पट कारबाही गर्छौं, उम्मेद्धवारहरुको उम्मेद्धवारी नै खारेजसम्मगरिदिन्छौं ।’ यद्धपी उनले मधेशमाअहिले सामाजिक–साँस्कृतिपर्व चलिरहेकोले तीपर्वमागरिने सामान्यभोजभतेरलाई अन्यथालिननहुने धाराणा राखे । क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले उम्मेद्धवारहरुले खर्च गरेको भएतीउम्मेद्धवारहरुलाई समेत पहिचान गरेर आयोगलाई दिन सञ्चारकर्मीहरुसँग आग्रह गरे । यादवले भने,‘तर अहिले सम्पन्नतातिर लम्कँदैछ, सबै धनीहुनु त राम्रो हो, अबधनी भैसकेपछि प्रतिष्पर्धा हुनु स्वभाविकहो ।’ निर्वाचनआचारसंहिताजारी अवस्थामा सरकारले हालै गरेको मन्त्रिमण्डल बिस्तारमाआयोगको पूर्णध्यानाकार्षण भएको भन्दै उनले आफूले प्रधानमन्त्रीलाई कारबाहीगर्न नमिल्ने भनाई राखे। ‘के गर्नुप्रधानमन्त्रीलाई कारबाहीगर्नु भएन, यसबारेमाहाम्रो ध्यानाकार्षण भएको छ, बसत्यतीहो,’ उनले भने,‘प्रधानमन्त्रीज्यूलाई कारवाहीतथा जरिवानागर्न मिल्दैन्, तर यसको मतलव यो होईन किआयोग निरीह भने छैन।’ आयोगको ध्यानाकार्षणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विराटनगर विमानस्थलमापत्रकारहरुसँग जवाफपनिदिएको उनले जनाए ।यादवले अघि भने,‘प्रधानमन्त्रीज्यूले भन्नुभएको छ किअहिले संक्रमणकालिन अवस्थाभएकोले मन्त्रिमण्डल विस्तार गर्नु बाध्यताभहो, उहाँले नै त्यसो भनिसकेपछि आयोग अब बढि विवादगर्न चाहँदैन्।’ यस्तै उनले निर्वाचनआचार संहिता उल्लंघनबारे उपप्रधानमन्त्रीविजयकुमार गच्छदारसँग स्पष्टिकरण समेत मागिएको बताए। उनले भने,‘राष्ट्रिय नेताहरुले स्पष्टिकरण दिनुभएको छ, उहाँहरुको जवाफमाआचारसंहिताको पूर्ण पालना गर्छौ भनेर प्रतिबद्धता आएको छ।’ यादवले आयोगले आचारसंहिता छिटो नलगाएको समेत जिकिर गरे । उनले भने,‘हामीले निर्वाचनआउनुभन्दा ८६ दिन अघिमात्रै आचारसंहितालगाएका छौं, निर्वाचनको मितिघोषणा भएपनिआचारसंहितालगाउने अधिकार हाम्रो हो, संसदले पारित गरेको निर्वाचन र कानुनलाई सबैले पालनागर्नुपर्छ।’उनले आचारसंहिता उल्लंघनलाई उत्साहसँगजोडेर हेर्न समेत उनले आग्रह गरे । यादवले भने,‘२० वर्षपछि निर्वाचनहुँदैछ, मतदाताहरु ज्यादै उत्साही छन्, उहाँहरुले होलीको पर्वजस्तो, रंग र अविर लगाएर उत्साहमनाईरहनुभएको छ, आचारसंहितापनि उल्लंघन भएका घट्नाहरु आईरहेका छन्, तर हामीले कडाईका साथनियमनगरिरहेका छौं।’ उनले मतदाता परिचयपत्रलिएर मतदानगर्न मतदाताहरू उत्साहितभएको भन्दै उनीहरूलाई उत्साहितपार्ने कामपनिभइरहेको बताए। मतदाताशिक्षाको काममापनिआयोग लागिरहेको बताए। अधिकांशअधिकृतहरू निर्वाचन क्षेत्रमापुगेको स्मरण गराउँदै यादवले भने,‘२९, ३० र ३१ गते मतदाता परिचयपत्रलिनआउनेलाई उचितशिक्षादिनहाम्रा साथीहरू लागिरहनुभएको छ।’ यादवले निर्वाचनलाई जनताहरुले उत्साहको रुपमालिएको उल्लेख गर्दै भने,‘अहिलेसम्मकुनै अप्रिय घट्ना घटेका छैनन्, अकल्पनीय कुरा पनिआएका छैनन्, हामीनिर्वाचन सफलबनाउनलागिरहेका छौं।’ निर्वाचन सफलबनाउनको लागिउनले सहयोगीहातहरुको खाँचो रहेको भन्दै नागरिक समाज र पत्रकारहरुसँग विशेष आग्रह गरे । उनले निर्वाचनको सम्पूर्ण तयारी भैरहेको समेत विश्वास दिलाए । यद्धपी उनले केही अघिसम्म बाढीका कारण मधेशमाभयभितअवस्था रहेको भएपनिअहिले त्यो अवस्था नरहेको स्पष्ट पारे । उनले भने,‘आयोगको अनुरोधमा नेपाली सेनाले आवातजावत सहजभएको छ, सुरक्षाको अवस्थापनि धेरै राम्रो छ, सम्पूर्ण सुरक्षाकर्मीहरु सरकारले डिप्लोईड गरिसकेको छ।’ त्यस्तै क्लबका सभापतिऋषिधमलाले निर्वाचन सफलबनाउनको लागिआफू हालै २ नम्बर प्रदेशका ८ वटै जिल्लामापुगेर आएको उल्लेख गर्दै भने,‘मधेशकाजनताहरु मतहाल्नआँतुर भएर बसेका छन्, निर्वाचनआचारसंहिता उल्लंघन भएका घट्नाहरुलाई आयोगले विशेष रुपमा कडाईका साथअनुगमनगर्नुपर्छ।’

जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म

गौशाला, भदौ २८ । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ । जलेश्वर नगरपालिकाबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले यस नगरलाई नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका छन् । उनले नेपाली काँग्रेस विकासप्रेमी पार्टी भएको भन्दै विकासलाई पहिलो प्राथमिकतामा राखेर जलेश्वरलाई नमूना सहर बनाउने भन्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । त्यस्तै, यस नगरपालिकाबाट नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार माधव मण्डलले जलेश्वरमा रिङरोड बनाउने प्रलोभन दिँदै जनतासँग भोट माग्न व्यस्त देखिएका छन् । उनले जलेश्वरमा बाटोघाटोको समस्या रहेको र ठूल्ठूला गाडी सहजरुपमा नगरभित्र आउन नसक्ने तथा पैदलयात्रीलाई समस्या हुने गरेको भन्दै एमालेले जितेमा पहिलो काम रिङरोड बनाउने प्रतिबद्धता प्रकट गरेका छन् । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार कौशलेन्द्र शर्माले जलेश्वरनाथ महादेवको नगरी यस जलेश्वर नगरपालिकालाई पर्यटकीय रुपमा देश विदेशमा चिनाउने गरी यसको विकास गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट मागिरहेका छन् । उनले जलेश्वरमा पर्यटनको ठूलो सम्भावना रहेको तर यसको व्यापक प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको भन्दै माओवादी केन्द्रले जिते जलेश्वरलाई देश विदेशसम्म पहिचान कायम हुनसक्ने गरी पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । पछिल्लो मधेश आन्दोलनको परिणामस्वरुप जन्मेको राष्ट्रिय जनता पार्टीका जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार रामशंकर मिश्रले राजपाले जलेश्वर क्षेत्रका जनताको पहिचान, स्वाभिमान र सम्मानको रक्षा गर्ने तथा जलेश्वर नगरको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दै भोट माग्न व्यस्त देखिएका छन् । त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका प्रमुख सुरेन्द्रप्रसाद सिंह र नेपाल लोकतान्त्रिक फोरम जलेश्वर नगरका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले पनि जलेश्वर नगरपालिकाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आ–आफ्ना भोट मागिरहेका छन् ।

राहत स्वरुप ओलीलाई तीन लाख २५ हजार हस्तान्तरण

भक्तपुर, भदौ २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले रु तीन लाख २५ हजार ७८० बुझाएको छ । ओली निवास बालकोटमा पुगेर टोलीले एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गर्ने गरी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरेको हो । रकम बुझ्दै एमाले अध्यक्ष ओलीले नेपालको जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताउँदै द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने जिकिर गरेका छन् ।

नेपालले भुटानमाथि सानदार जित हासिल गर्दै, ८ ओभरमै लक्ष्य बनायो

भदौ २८ । मलेसियामा जारी एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले भुटानलाई सहजै हराएको छ। लगातार दोस्रो जीत दर्ता गर्ने क्रममा नेपालले बुधबार भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिले ब्याटिङ गर्दै भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८‍।३ ओभरमा १ विकेट गुमाएर पार गर्‍यो । नेपालको जीतमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे । आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ओपनर सन्दीप सुनार २१ रन जोडेर आउट भए । यसअघि मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भएको थियो। भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिएका थिए। भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके। दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए। यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भुटान सिंगापुरसँग पनि समान ९ विकेटले पराजित भएको थियो। समूह ‘ए’मा रहेको नेपालले बिहीबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियन्स लिग : युभेन्टसलाई बार्सिलोनाले हरायो,

भदौ २८।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ ।  बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे । यस्तै इभान र्‍याकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे । गएको सिजनको फाइनलसम्म पुगेको युभेन्टसमाथि मंगलबार बार्सिलोना हाबी देखिएको थियो । खेलमा ६४ प्रतिशत बल बार्सिलोनाको पक्षमा थियो । पोस्टमा ७ वटा उत्कृष्ट प्रहार गरे पनि युभेन्टसले गोल गर्न भने सकेन ।  मंगलबारको गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा विभिन्न २७ टिमविरुद्ध गोल गरिसकेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा सन् २००९ मा बायन मुनिखसँग ४–१ ले हारेपछि युभेन्टसको मंगलबार बार्सिलोनासँगको हार नै फराकिलो अन्तरको हार हो । 

कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले पर्ख र हेर, पछि आक्रामक हुने

काठमाडौं, भदौ २८ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो । यद्यपि, चुनाव सकिएपछि भने आक्रामक प्रतिवाद गर्ने एमालेको तयारी छ । एक वर्षअघि वाम गठबन्धन टुटेपछि एमाले र माओवादी केन्द्रका नेताहरूले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रामक प्रतिवादमा नजाने नीति अख्तियार गरेको हो । उदार पुँजीवादी कार्यक्रम बोकेको कांग्रेस र समाजवादी कार्यक्रमको नीति अख्तियार गरिरहेको माओवादी केन्द्रको दुई परस्परविरोधी नीति र दलको गैरराजनीतिक गठबन्धन भएकाले कुनै पनि वेला तिक्तता बढ्ने र सरकारको कार्यशैलीले गठबन्धन भत्किन सक्ने आसमा एमाले देखिएको छ । विदेशी शक्तिको इसारामा आफूविरुद्ध दुई दलले मधेसकेन्द्रित दललाईसमेत मिलाएर निर्वाचनलक्षित बृहत् मोर्चाबन्दीको प्रयास गरिरहेको बुझाईमा एमालेले कार्यकर्तालाई एकताका साथ सामना गर्ने गरी तयारी थाल्न निर्देशन दिँदै आएको छ । ‘एक साताकै बीचमा प्रचण्डका विभिन्न खाले अभिव्यक्तिहरू आइरहे पनि हामी प्रतिक्रियात्मक हुने पक्षमा छैनौँ । आवश्यकता परे चुनावी प्रक्रिया सुरु भएपछि जवाफ दिन्छौँ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘माइन्डसेट नै अर्कै भएकाले आफ्ना कर्मका निम्ति माओवादी साथीहरूले भित्तामा बेस्सरी टाउको ठोक्काएर नोक्सानी नबेहोरुन्जेल गठबन्धनमा पुर्नविचार गरिहाल्नुहोलाजस्तो पनि देखिन्न ।’ उनले माओवादी केन्द्र सोचमा पुनर्विचार गर्न तयार नभएसम्म सहकार्यका लागि एमाले औपचारिक संवाद गर्ने पक्षमा पनि नरहेको स्पष्ट पारे । एक्लै प्रतिस्पर्धा, तालमेलको ढोका खुल्ला कांग्रेसलाई मुख्य चुनावी प्रतिस्पर्धी ठानिरहेको एमालेले ऊबाहेकका दलसँग स्थानीय, प्रदेश र प्रतिनिधिसभामा हुन सक्ने तालमेलको ढोका खुल्ला राखेको छ । ‘हामी मूलतः आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा गर्छौं । तर, स्थानीय आवश्यकताअनुसार तालमेलकोे ढोका खुल्लै राख्छौँ,’ ज्ञवालीले भने, ‘तालमेलबाटै चुनाव जित्ने र कुनै दलविरुद्ध मोर्चाबन्दी गर्ने हाम्रो नीति छैन ।’ गठबन्धनको धरातलमाथि प्रश्नै–प्रश्न एमालेले माओवादी केन्द्रलाई चिढ्याइहाल्ने नीति नलिए पनि सत्तापक्षको गठबन्धनको सैद्धान्तिक पक्षमाथि भने दर्जनौँ प्रश्न उठाउँदै प्रचार गर्ने नीति अख्तियार गरेको छ । विदेशीको दबाबमा राष्ट्रिय हित र लोकतन्त्रविरुद्ध दुई दलको गठबन्धन बनेको, अपवित्र गठबन्धनमार्फत माओवादी केन्द्रले सैद्धान्तिक, वैचारिक धरातल समाप्त पारेकोजस्ता प्रश्न उठाएर एमालेले प्राथमिकताका साथ प्रचार गरिरहेको छ । एमालेले आफूविरुद्ध लक्षित बृहत् मोर्चाबन्दीले कुनै पनि दलसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नरहेको प्रचार गरेर कार्यकर्ता र जनताको ‘सेन्टिमेन्ट’ जित्ने प्रयासलाई प्राथमिकता दिएको छ । विदेशी शक्ति, सत्ता, संसद्, संवैधानिक अंग, प्रशासनिक संयन्त्र आफूविरुद्ध रहेको जनाएर कार्यकर्तालाई मिहिनेतका साथ खट्न एमालेले उत्साहित गरिरहेको छ । -नयाँ पत्रिकाबाट

फाेरम, नयाँ शक्ति र विप्लवकाे पार्टीबाट सयाैँ कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गर्दै

काठमाडौं, भदौ २७ । अाज पनि अन्य पार्टीबाट सयाैँ नेता-कार्यकर्ता माअाेवादी केन्द्रमा प्रवेश गर्दैछन् । संघीय समाजवादी फाेरम, नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वकाे नेकपा लगायतका पार्टीबाट हजारौं नेता-कार्यकर्तालार्इ पार्टीमा प्रवेश गराउन माअाेवादी केन्द्रले अाज दिउँसाे १ बजे राष्ट्रिय नाचघरमा  कार्यक्रम राखिएकाे अध्यक्ष प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।