निवार्चन आयोग: बसेको स्थानबाट फोटोसहितका मतदाता नामवली दर्ता

काठमाडौं, साउन ३ । फोटासहितको मतदाता नामवली संकलन कार्य अस्थायी बसोवास गरेको स्थान र स्थानीय तहबाट गर्ने निवार्चन आयोगले आज निर्णय गरेको छ ।

मंगलबार अपरान्ह बसेको आयोगको बैठकले राजनीतिक दलको आग्रहमा पहिलेको निर्णय परिवर्तन गरि आगामी साउन १६ गतेबाट गाउँपालिका र नगरपालिकामा टोली खटाई नामवली संकलन गर्ने र अस्थायी बसोबास भएकाहरुले जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले एभेष्ट दैनिकलाई जानकारी दिए ।

यसअघि साउन १ गतेदेखि आयोगले जिल्ला निर्वाचन कार्याललयबाट मात्रै फोटोसहितको मतदाता नामवली संकलन कार्य शुरु गरेको थियो ।

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

काठमाडौं, असार २० । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् । यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्नुहुने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् । म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ । मनोरञ्जनले भरिपुर्ण यो सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स१७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि१’ र स्वतः नविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखि १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभि१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशन अनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा ७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजा लिन सक्नेछन् । यो सेवा अन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्छन् । म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने छ । ‘‘यो रोचक सेवा ग्राहकमाझ ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यसले ग्राहकलाई थप मुल्य प्रदान गर्ने छ र सेवा प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्नेछ । साथै यो सेवामा हामी मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लग्ने छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न अङ्ग्रेजीमा ‘युएनएसयुबि एमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।

पहिरो पीडितहरुको बारेमा संसदमा वहस

काठमाडौं, असार १९ । प्राकृतिक प्रकोपमा परी विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै सांसदहरुले तत्काल राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् । बैठकको सुरुमा नै सांसद विन्दादेवी आलेले असार १७ गतेको बाढी पहिरोका कारण कास्कीमा तीन जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको, बस्ती जोखिममा परेको भन्दै बाढीपहिरो नियन्त्रण र भूसंरक्षण गर्न सरकारको ध्यानकर्षण गराए । यस्तै, सांसद रवीन्द्र अधिकारीले सप्तरीको तिलाठीमा एक हजार ५०० घर जोखिममा परेको, ३० घर पूर्ण रुपमा क्षति भएको भन्दै भारतका कारण सीमा क्षेत्रमा बर्सेनि समस्या आउने गरेकाले सो को समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरे । सांसद अग्निप्रसाद सापकोटाले भूकम्पका कारण जर्जर भएको सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक विपद् सुरु भएको र केही स्थानमा जोखिम बढेकोे भन्दै तत्काल पूर्वतयारी गर्न आग्रह गरे ।  

अध्यक्ष अाेलीकाे गृह जिल्लामा एमालेकाे हार, राप्रपा विजयी

दमक, असार १९ । स्थानीय तह दाेस्राे चरणकाे निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे गृह जिल्ला झापाको हल्दिबारी गाउँपालिकामा एमालेले हार व्यहाेर्नु परेकाे छ । उक्त गाउँपालिकामा अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षमा भने एमालेका डम्बर गिरी निर्वाचित भएका छन् । लिङ्देनले ३९४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु साप्कोटाले ३५४३ मत प्राप्त गरिन्। यस्तै, उपाध्यक्षमा निर्वाचित गिरीले ४३८६ मत प्राप्त गरे भने उनका निटकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रकला राईले २७४७ मत प्राप्त गरिन्। ५ वटा वडा रहेको यस गाउँपालिकाको वडामा भने मिश्रित परिणाम आएको छ। वडा नम्बर १ को अध्यक्षमा एमालेका त्रिलोचन सापकोटाको प्यानलनै विजयी भएको छ। २ नम्बर वडामा माओवादी केन्द्रका राजेन्द्र योङ्हाङको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ३ मा एमालेकी रोशनी सिवाकोटीको प्यानलनै विजयी भएको छ। यस्तै वडा नम्बर ४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका होम चुडाल विजयी भए भने सदस्यमा भने चारैजना एमालेका विजयी भएका हुन्। वडा नम्बर ५ मा भने राप्रपाका शेरबहादुर थापाको प्यानलनै विजयी भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए।

कैलालीमा हावाहुरीले मतदान प्रभावित, २५ प्रतिशत मत खस्यो

धनगढी, असार १४ । हावाहुरीसँगै वर्षा शुरु भएपछि कैलाली जिल्लाको उत्तरी क्षेत्रका मतदान केन्द्र प्रभावित भएका छन् । बर्दगोरीया गाँउपालिकालगायतका क्षेत्रमा हावाहुरीका कारण मतदान गर्न आएका मतदाता अलपत्र परेका हुन । सहायक जिल्ला प्रमुख अधिकारी मोहनराज जोशीका अनुसार, हावाहुरी र वर्षाले असर परेपनि मतदाता फर्केर भने गएका छैनन् । जोशीका अनुसार, अहिलेसम्म २५ देखि ३० प्रतिशत मत खसेको छ । यही अवस्था रहे साँझ पाँच बजेसम्म सत्तरीदेखि असी प्रतिशत मत खस्ने आँकलन रहेको उनले बताए । मतदानको अघिल्लो दिन आफैले बोकेको बम विष्फोट परी विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यसैगरी फुलबारीमा एमालेका उम्मेदवार पैसा बाँडदै गरेको आरोप कांग्रेस र माओवादीले लगाएपछि तनावको अवस्था सिर्जना भएको थियो । सहायक जिल्ला प्रमुख अधिकारी जोशीका अनुसार, निर्वाचनको दिन भने अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन । सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको उनले बताए ।

९८ वर्षका वृद्ध वडाध्यक्षका उम्मेदवार !

काठमाडौं, असार ११ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेको वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाचुली गाउँपालिका–३ बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । ८० वर्ष उमेर कटेका ५१ जनाले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । यीमध्ये ६ जना स्वतन्त्र रुपमा उठेको आजको नयाँ पत्रिका मा खबर छ । बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी सुनसरीको कोसी गाउँपलिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् ।

युवतीको ग्याङफाईट, एक गम्भिर घाईते

ललितपुर, असार ८ । ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ ।  झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो । महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भईरहेको बताएका नागरिक दैनिकमा खबर छ ।

गृहमन्त्रीको कडा निर्देशन– चुनावमा दलीय पूर्वाग्रह राखेर काम नगर्नुस्

बुटवल, असार ५ । गृहमन्त्री जनार्दन शर्माले बर्दी लगाएर राजनीतिक प्रभाव पार्न खोजे कारवाही हुने बताएका छन् । निर्वाचनका बेला विशेष सुरक्षा सतर्कता अपनाउन मातहतका प्रहरी तथा प्रशासनका प्रमुखलाई निष्पक्षरुपमा कार्यसम्पाद गर्न शर्माले निर्देशन दिए । “जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनु होला । सँगसँगै बर्दिभित्र राजनीतिक बिचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला ।” शर्माले भने । निर्वाचनका बेला कर्मचारी तथा सुरक्षा निकायबाट प्रत्यक्ष या अप्रत्यक्षरुपमा पार्टी विशेषका पक्षमा काम हुँदै आएको तर्फ इंगित गर्दै शर्माले निर्वाचनको बेला कुनै राजनीतिक दलप्रति आग्रह(पूर्वाग्रह नराख्न निर्देशन दिए । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री शर्माले सो निर्देशन दिएका हुन् । जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन निर्देशन दिए । कपिलवस्तुको वाणगंगा, बाजुरा, संखुवासभा र बाँकेको नेपालगञ्जमा आइतबार भएका घटनाप्रति दुःख व्यक्त गर्दै उनले ति जिल्लाहरुमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको जानकारी दिए । सरकारले नागरिकले ढुक्कसँग भोट हाल्न पाउने गरी सुरक्षा रणनीति बनाएको भन्दै उनले मतदातालाई कुनै पनि सुरक्षा चुनौती नरहने स्पष्ट पारे । कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन निर्देशन दिँदै मन्त्री शर्माले भने, ुचुनावमा अप्रिय घटना सकेसम्म हुँदै नहोस् । तर, बल प्रयोग गर्नैपर्ने अवस्था आयो भने पछि नहट्नुहोस् ।ु सरकार र राजपाका नेताहरुबीच भएको छलफलपछि प्रदेश नम्बर २ को निर्बाचन सारिएको मन्त्री शर्माले जानकारी दिए । २ नम्बर प्रदेशमा सुरक्षा चुनौति नरहे पनि द्वन्द्वलाई दीर्घकालीन रुपमा अन्त्य गर्ने उद्देश्यले चुनाव सारिएको जानकारी मन्त्री शर्माले दिए । सुरक्षा गोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिर शाहका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए । बुटवलको कार्यक्रम सकेर मन्त्री शर्मा सोमबार नै नेपालगञ्ज पुगेका छन् ।

हत्या आरोपीलाई क्षतिपूर्ति

काठमाडौं, असार ३ । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनाको आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम बाँडेको छ । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलार्य सरकारले पीडित भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो । सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरील्े ५० लाख १२ हजार आठ सय मात्र पाएका छन् । मन्त्रिपरिषदले विशेष निर्णय गरर रेशमलाई राहत दिएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका नागरिक दैनिकमा खबर छ । यसैगरी हार्डवेयर पसल तोडफोड भएका प्रदीप चौधरीले एक करोड ३९ लाख, फर्रिचर पसल तोडफोड भएका शिवनारायण चौधरीले एक करोड ५० लाख पाएका छन् । रेशमको राहत बुझ्न उनका बुबा लालवीर चौधरी पुगेका थिए । नजिकको हकवालाका नाताले लालवीर चौधरीकै नाममा एकउन्ट पेयी चेक उपलब्ध गराइएको प्रजिअ रिजालले बताए । चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सूचीमा छन् । उनीविरुद्ध एसएसपीलगायत ९ जनाको हत्या अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध

काठमाडौं, असार २ । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको कारोबारमा खबर छ । मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ । सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराइले जानकारी दिए ।

राजधानीका हलहरुमा “रातो घर” र “जालो” काे भिडन्त

जेठ २१ । गत शुक्रबारे साइत पारेर नेपाली चलचित्र ‘रातो घर’ र ‘जालो’  राजधनीका हलहरुमा एकसाथ प्रदर्शनमा अाएका छन् । सुरज सुब्बा ‘नाल्बो’ को लेखन तथा निर्देशन रहेको ‘रातो घर’ बाट विल्सनविक्रम राईसमेत निर्माताका रूपमा आएका छन् । यस चलचित्रमा मुख्य कलाकारहरुको भूमिकामा विल्सन कमेडी रुपमै प्रस्तुत भएका छन् । त्यस्तै अन्य कलाकारहरुमा विल्सनसहित मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, माला लिम्बू, विकेश श्रेष्ठ, भानुप्रताप, श्याम राई, कमला लिम्बू लगायतको अभिनय रहेको फिल्मले यति बेला दर्शकबाट सन्तोषजनक प्रतिक्रिया बटुलेको निर्माण पक्षको दाबी छ । ‘भयंकर होइन तर फिल्मले सुखद ओपनिङ गरेको छ,’ निर्देशक नाल्बोले भने । कालो धन कमाउनेको सेतो कथा भनिएको ‘रातो घर’ लाई विपिन मल्लले सम्पादन गरेका हुन् भने छायांकन हरि घले लामाको रहेको छ । यसै फिल्मको पाश्र्व संगीत गरेका मोहित मुनाल नै निर्माता रहेको फिल्म ‘जालो’ पनि शुक्रबारदेखि नै हलमा लागिरहेको छ । पूरा फिल्म एक सटमा खिचेर विश्व रेकर्ड राख्ने धुनमा लागेको ‘जालो’ लाई अराज केशवले निर्देशन गरेका हुन् । थ्रिलर जानरामा तयार पारिएको फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ । फिल्मको पटकथा पनि निर्देशक अराज केशवले नै लेखेका हुन् भने निर्माणमा समेत मोहितसँग सहकार्य गरेका छन् । विभिन्न तीन शीर्षकमा विश्व रेकर्ड राख्ने क्रममा रहेको ‘जालो’ लाई हरि घले लामाले खिचेका हुन् । फिल्म हेरेका अधिकांश दर्शकले ‘जालो’ ले पूरा समय कौतूहलमा राख्न सफल भएको प्रतिक्रिया दिएका छन् । यस फिल्मलाई पनि विपिन मल्लले नै सम्पादन गरेका हुन् ।

धनगढी उपमहानगरमा कांग्रेसले छान्यो दलित समुदायबाट मेयरमा उम्मेदवार

धनगढी, जेठ २१ । राजनीतिक पार्टीहरुले दलित, महिला लगायत सामाजिकरुपमा अपहेलित र विभेदमा परेका समुदायलाई मुख्य नेतृत्वमा उम्मेदवार बनाउन नसकेको बेला कैलालीमा भने नेपाली कांग्रेसले दलित समुदायबाट उम्मेदवार छनौट गरेको छ । नेपाली कांग्रेसले प्रदेश नं. ७ कै केन्द्रका रुपमा चिनिने धनगढी उपमहानगरपालिकाको मेयरमा दलित समुदायबाट आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि नृपबहादुर वडलाई उम्मेदवार चयन गरेको छ । काँग्रेस केन्द्रीय पदाधिकारीको बैठकले धनगढी उपमहानगरसहित कैलालीका ५ नगरपालिकामा प्रमुखका उम्मेदवारको टुङ्गो लगाएको  हाे । ती तहमा उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । पदाधिकारी बैठकले गौरीगंगा नगरपालिकाको प्रमुखमा दिनेश जोशी, लम्की–चुहामा भक्तबहादुर थापा, टीकापुरमा जंगबहादुर साउँद, भजनीमा बीरबहादुर हमाल र घोडाघोडीमा रीता चौधरीलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको एक जना केन्द्रीय सदस्यले जानकारी दिए । ती केन्द्रीय सदस्यका अनुसार उपप्रमुखका उम्मेदवारको टुङ्गो  यही जेठ २५ गतेको बैठकले लगाउने छ । नेकपा माओवादी केन्द्रसंग तालमेल हुने चर्चा रहेको अत्तरिया नगरपालिकामा उम्मेदवार चयन हुन सकेको छैन । काँग्रेस कैलालीका सचिव प्रकाश बमले धनगढीसहित जिल्लाका केही तहमा केन्द्रले उम्मेदवार चयन गरेको जानकारी आएको बताए । उनले निर्णय भए पनि निर्णय औपचारिक रुपमा सार्वजनिक नभएको बताए । धनगढी उपमहागरपालिकाको मेयरका उम्मेदवार वड काँग्रेसका धनगढी नगर सभापति पनि हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनले काँग्रेसमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । काँगे्रसभित्र नेता कृष्णबहादुर महरा पनि धनगढीको मेयरको उम्मेदवारका लागि प्रवल दावेदार थिए । ‘पार्टीले उम्मेदवार बनाइएको जानकारी दिंदै फिल्डमा गएर चुनावको तयारीमा खट्न निर्देशन दिएको छ ।’ काठमाण्डौंमा रहेका उम्मेदवार वडले भने–‘उम्मेदवार बनाएर पार्टीले मलाई ठूलो जिम्मेवारी दिएको महसुस गरेको छु ।’ उम्मेदवारका आकांक्षी सबैलाई मिलाएर चुनाव जित्ने जिम्मेवारी आफूले पुरा गर्ने उनले बतँए । नगरमा उम्मेदवार छनौटमा देखिएको विवाद कम हुँदै गएको उल्लेख गर्दै उनले असन्तुष्ट सबैलाई मिलाएर चुनावी अभियानमा लाग्ने बताए । धनगढी नेपाली काँग्रेसको गढ भएकाले जित्नेमा आफू ढुक्क रहेको उनको दावी छ । नगर प्रमुखमा विजयी भए एसियाली विकास बैंकको सहयोगमा लागू भएको क्षेत्रीय सहरी विकास कार्यक्रम तथा सघन सहरी विकास कार्यक्रमको कार्यान्वयन, नगर क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहने उनले बताए । उम्मेदवार वडले विकासका पूर्वाधारमार्पmत धनगढीलाई नमुना सहरको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत केही दलले उपमहानगरपालिकाका उम्मेदवार यसअघि नै चयन गरिसकेका छन् । ती दलहरु उम्मेदवार चयन गरेर जनताका घरदैलोमा मत मागिरहँदा काँग्रेस भने उम्मेदवार विनै मत मागिरहेको थियो । एमालेले मेयरको उम्मेदवारमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटा, माओवादीले मेयरमा रामसमझ राना र उपमेयरमा शान्ती अधिकारी क्षेत्री तथा राप्रपाले मेयरमा विष्णुबहादुर साहु र उपमेयरमा जनक कुमारी कुँवरलाई उम्मेदवार बनाएको छ । यस्तै व्यवसायी गोपाल हमाल पनि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावमा उत्रिएका छन् । १९ वडा रहेको यस उपमहानगरपालिकामा ७६ हजार ४ सय ३० जना मतदाता रहेका छन् । क्षेत्र नम्बर ६ अन्तरगत पर्ने धनगढीबाट गएको संविधानसभा निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए । देउवाले छाडेपछि भएको उपनिर्वाचनमा पनि काँग्रेसकै पुष्कर ओझा विजयी भएका थिए । पहिलो संविधान सभाको निर्वाचनमा भने माओवादीका तत्कालिन नेतृ लिला भण्डारीले जित हासिल गरेकी थिइन ।

भूकम्पपछि ७ हजार बालबालिका बेपत्ता

काठमाडौं, जेठ २१ । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ । दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको कारोबारमा खबर छ।

मुद्दा फिर्ता गर्ने निर्णयबारे बुझ्दै नबुझी भ्रम छरियो : प्रचण्ड

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि गम्भीर अपराधमा संलग्न भएकाहरूलाई उन्मुक्त दिन खोजिएको भन्दै प्रतिपक्षीदेखि मानवअधिकारसम्मले आरोप लगाउँदा अचम्म परेको बताएका छन् । उनले प्रतिपक्षीले लगाएको आरोप सामान्य लागेपछि मानवाधिकार आयोगले समेत कुरा नै नबुझी बिज्ञप्ति निकाल्नु गलत रहेको बताएका छन् । सर्वोच्चदेखि अन्य नियम क़ानून विपरीत माओवादीले केही गर्न खोजेका होईनौ भन्दै जो गम्भीर अपराधमा संलग्न नै छैनन, उनिहरूलाई कार्यबिधिमा सामान्य हेरफेर गरेर न्याय दिन सकिन्छ कि भन्ने आफूहरुको प्रयास रहेको उनले बताए । तर त्यही बिषयलाई नै ग़लतरूपमा प्रचार गरिएकोमा उनले दुःख लागेको बताएका छन् । यसको अर्थ आफूहरु नेपालको कानून, सर्वोच्चका नज़ीरहरू, एेन क़ानूनको आधारमा झूठा मुद्दा लागेकाहरुलाई केही गर्न सकिन्छ भन्ने हेतु रहेकाले यसलाई गलत रूपमा नबुझीयोस् भनि उनले अपिल गरे ।

रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी

म्याग्दी, जेठ २ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा ९एमाले०का वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा ९एमाले०का नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गर्नुभएको छ । एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।

मौन अवधीमा आचारसंहिता उल्लंघन गर्नेमा छापा मिडिया अग्रपंक्तिमा

काठमाडौँ, जेठ १ । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समय अवधीमा (बैशाख २९– ३१ गते) मा आचारसंहिता उल्लंघन गर्नेमा छापा मिडिया अग्रपंतिमा रहेकाे छ । प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्नेक्रममा आज (जेठ १ गते) सार्वजनिक गरेको प्रतिवेदन अनुसार ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन / प्रशारण भएको पाईएको हाे । जसमध्ये  छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेका छन् भने त्यसैगरी पत्रकार र तिनले प्रयोग गर्ने फेसबुकबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको देखिएकाे हाे । मौन अबधीमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको काउन्सिलले सम्वन्धित उल्लंघनकर्तालाई तत्काल एलर्ट गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन गरिरहेको छ । मौन अवधि शुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका ११५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाईएको थियो ।