आईजीपी नियुक्त्ति विवाद, निर्णय आज आउने

काठमाडौं , चैत ८ ।  सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा मंगलबार निर्णय सुनाउने भएको छ । रिट निवेदक र सरकारी वकिलको बहस सकिए पनि समयाभावका कारण निर्णय सुनाउन अर्को दिनको पेसी तय भएको हो ।

सरकारका तर्फबाट बहस गर्ने सहन्यायाधिवक्ता डा.रेवती त्रिपाठी र उपन्यायाधिवक्ता टिकेन्द्र दाहालले आईजीपी कसलाई बनाउने भन्ने विषय सरकारमा निहित रहेको बताउँदै प्रहरी नियमावलीको नियम ४१ मा उल्लेखित ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालगायत प्रावधान ‘स्वविवेकीय’ रहेकाले निर्णयमा हस्तक्षेप गर्न नमिल्ने जिकिर गरे । सरकारी वकिलले कार्यसम्पादन मूल्यांकनको विषय ४० नम्बर मात्र रहेकाले यो मात्रै प्रमुख आधार नहुने पनि बताए ।

रिट निवेदक नवराज सिलवाल र प्रहरी महानिरीक्षक सिफारिस भएका जयबहादुर चन्द एकैदिन डीआईजी भएकाले ज्येष्ठता मान्न नमिल्ने दाबी उनीहरूको थियो । ‘कानुन उल्लंघन भएकोमा बाहेक सरकारको काममा न्यायपालिकाबाट हस्तक्षेप गर्न मिल्दैन,’ सहन्यायाधिवक्ता त्रिपाठीले बहसमा भने ।

निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई र डा.भीमार्जुन आचार्यले सरकार पक्षका वकिलको खण्डन गर्दै डीआईजी नवराज सिलवालको प्रतिरक्षा गरेका थिए । उनीहरूले नियम ४१ ले निर्णयकर्ता सरकारलाई कुनै तजबिजी अधिकार नदिएको दाबी गरे । नियमावलीका मापदण्ड र कार्यसम्पादनमा समेत सिलवाल अघि रहेको दाबी गर्दै निवेदकको पक्षमा परमादेश जारी हुनुपर्ने माग उनीहरूले गरे ।

प्रधान्यायाधीश सुशीला कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल सिन्हाको वृहद पूर्ण इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइको निष्पक्षतामाथि प्रश्न उठाउँदै चन्दपक्षीय कानुन व्यवसायीले भने इजलासमा बहस गर्न अस्वीकार गरे ।

यसैबीच कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनमा अरुभन्दा आफू अब्बल रहेको भन्दै अर्का प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले सोमबारै अर्को रिट दर्ता गरेका छन् । प्रहरी नियमावलीले आईजीपीका लागि तोकेको मापदण्डलाई सरकारले आत्मगत रूपमा हेर्न नपाउने दाबी उनको छ । कार्यसम्पादनमा आफू अगाडि रहे पनि सर्वोच्चले डीआईजी चन्द र सिलवालको मात्र कार्यसम्पादन मूल्यांकन झिकाएको भन्दै समग्र तथ्यको मूल्यांकन गरी आईजीपीका लागि परमादेश दिन अर्यालको माग छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

६२ वर्षीय केदारकुमारीले दिइन् एसइई परीक्षा

भक्तपुरको आदर्श उमावि लाय्कू थिमिमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै मध्यपुर थिमिस्थित बोडे मावि खुल्लाबाट ६२ वर्षीया केदारकुमारी याखा । नयाँ शिक्षा ऐनअनुसार कक्षा ८ पास भएपछि माध्यमिक शिक्षा परीक्षा दिन पाउने व्यवस्था रहेको छ । तस्बिर: रत्न श्रेष्ठ

‘वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड’लाई मेगा वैङ्कले प्रायोजन गर्ने

काठमाडौं, चैत ३ । “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधाको प्रायोजकका लागि मेगा बैङ्क नेपाल लिमिटेडले प्रायोजन गर्ने भएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्सर्न रहेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । २५ हजार रुपैयाँ पुरस्कार राशीको “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” लाई मेगा बैङ्कले प्रायोजन गर्ने भएको हो । मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह र एनएफपीजेका तर्फबाट अध्यक्ष ध्रुुब आलेले बुधबार संझौंतापत्रमा हस्ताक्षर गरेका छन् । हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाईफ फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड , विजनेस फोटो पत्रकारिता अवार्ड , पर्यटन तथा सस्कृति अवार्ड र एनएफपीजे एक्टिभ मेम्बर अवार्ड हुनेछन् । एनएफपीजे एक्टिभ मेम्बर अवार्ड बाहेक बांकी उत्कृष्ट दस विधाका विजेताहरुबाट छानिएका एक जना सर्वोकृष्ट फोटोपत्रकारलाई “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” बाट सम्मानित गरिने एनएफपीजेले जनाएकोछ । पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईन लगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा उक्त पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।

मृतकका परिवारले पाउने रकममा भ्रष्टाचार गरेको अभियोग लागेका पुर्व राजदूत अन्सारीलाई जेल

काठमाडौं, चैत ३ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालिन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने ३ लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई सात महिना जेल सजायसहित तीन लाख ९६ हजार पीडितलाई क्षतिपूर्ति बापत भराउन र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो । पीडितको पक्षमा मंगलबार उक्त फैसला भएको थियो । साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका म्याग्दीका होमबहादुर पुनका परिवारले ‘इन्स्योरेन्स’ बापत पाउनुपर्ने ४७ हजार रियलमध्ये २७ हजार रियलको चेकमात्र पीडितलाई थमाएर अरु रबक आफैंले झिकेर बुझेको अभियोग अन्सारीविरुद्ध थियो । मृतक पुनका आफन्तले पहिलो किस्ताबापत २७ हजार र दोस्रो किस्ताबापत २० हजार रियाल पाउनुपर्ने थियो । साउदीस्थित नेपाली दूताबासमा ट्रान्सलेटर पदमा कार्यरत अहमद वी मुसाले उक्त इन्स्योरेन्स रकम बुझेर अन्सारीलाई दिएको दाबी अख्तियारको थियो । यो खबर आजकोअन्नपूर्ण पोस्ट दैनिकमा छ । 

गृहमन्त्री निधिद्धारा गौतम हत्यामा भारतलाई ‘रिग्रेट गर्न आग्रह’

काठमाडौं, चैत ३ ।  उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नमा गल्ती स्वीकार (रिग्रेट) गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन आएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसंगको भेटघाटमा व्यस्त छन् । उनले नेपालको अनुसन्धानले गोली भारतिय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराएका थिए । प्रत्युत्तरमा डोभलले घटना दु:खदायी भएको बताएका थिए । ‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधीले कान्तिपुरसंग भने । निधिले भारतिय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए । ‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उनले भने । निधिले आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उनले बताए । भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने वताएको छ । यो खबर आजको कान्तिपुरमा  छ ।

एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, २ चैत । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि वैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको छनौट समितिले आज चार वैकल्पिक खेलाडीसहित टोलीको घोषणा गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि कप्तान खड्काले उक्त प्रतियोगिता नखेल्ने यसअघि नै घोषणा गरिसकेका छन् । त्यस्तै प्रतियोगितामा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् भने उपकप्तान शरद भेषवाकार रहेका छन् । छनौट गरिएका अन्य खेलाडीमा विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् । त्यसैगरी वैकल्पिकतर्फ कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल छन् । उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा पाकिस्तान, बङ्गलादेश र हङकङ रहेका छन् । रासस

उपप्रधानमन्त्री निधि र भारतीय पूर्व प्रधानमन्त्री भेटघाट

नयाँदिल्ली, चैत २ । प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच बुधबार बिहान भेटबार्ता भएको छ । सिंहको निवासमा भएको भेटमा पूर्ब प्रधानमन्त्री सिंहले दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको थियो । त्यस अवसरमा पूर्वप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएको थियो । उहाँले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी रहेका छन् । आजै गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसंग पनि भेटघाट गरेको छ । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । लामो सयमदेखि अस्वस्थ रहनुभ एक निधिले त्रिपाठीको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

महिलाले खने गाउँसम्म पुग्ने मोटरबाटो

बेनी (म्याग्दी), चैत २ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् । घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् । एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताउनुभयो । एक जनाले रु एक लाखबराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् । पूर्व विद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना महेन्द्ररत्न मावि बरङ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुनमगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो । पुनका अनुसार कोषलाई बढाएर रु १० लाख पु¥याउने लक्ष्य रहेको छ । कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिनुभयो । पुनमगरले आफ्नी स्व बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ । यस विद्यालयबाट एक हजार ५०० भन्दा बढी विद्यार्थीले एसएलसी र २००भन्दा बढीले दसजोड दुई उत्तीर्ण गरिसकेका विद्यालयले जनाएको छ । रासस

नेपालमै पहिलोपटक एयर कण्डिसन कम्प्रेसरमा ५ वर्षको वारेण्टी

काठमाडौं, फागुन ३० । एयर कण्डिसनको कम्प्रेसर बिग्रेर प्राविधिकलाई फोन गर्दा हैरान हुनुभएको छ ? त्यसो हो भने तपाईका लागि चौधरी ग्रुप अन्तर्गतको इओआई प्रालि (EOL Pvt. Ltd.) ले बिल्कुलै नयाँ र सजिलो अफर ल्याएको छ । कम्पनीले दिएको जानकारी अनुसार, टिसिएल (TCL)को एयर कण्डिसनमा ५ वर्षको कम्प्रेसर वारेण्टी दिने योजना कम्पनीले सार्वजनिक गरेको छ । यो योजनानेपालमा पहिलोपटक इओइआई प्रालिले ल्याएको हो । यसअघि कुनै पनि एयरकण्डिसनको कम्प्रेसरमा ५ वर्षको वारेण्टी थिएन । नेपालका लागि टिसिएल ब्राण्डको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको इओआई प्रालि (EOL Pvt. Ltd.) रहेको छ ।

लाइभः ज्ञानेन्द्र र दीपेन्द्रले पुरा गरे अर्धशतक, खेल जित्न ३१ रन आवश्यक

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट च्याम्पियनशीप लीग अन्तर्गत केन्यासँगको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । २५ ओभरको खेल जारी रहँदा नेपालले १२५ रन बनाइसकेको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको केन्याले ४६ ओभर एक बलमा अलआउट हुँदै १५५ रन बनाएको थियो । १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालका कप्तान मल्लले ५१ रन र ऐरीले ५२ रन बनाइ क्रिजमा रहेका छन् । ज्ञानेन्द्र र दीपेन्द्रसिंहबीच ९० रनको साझेदारी भइसकेको छ । नेपालले ओपनर सुनिल धमला र सागर पुनलाई सस्तैमा गुमाएपछि केही दबाबमा देखिएको नेपालका लागि कप्तान ज्ञानेन्द् मल्ल र दीपेन्द्रसिंह ऐरीले पारी सम्हालिरहेका छन् ।

साढे तीन किलो अफिमसहित युवक पक्राउ

भीमदत्तनगर, फागुन ३० । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले जनाएको छ । प्रहरीले अफिमसहित पक्राउ परेका कार्कीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुख्खडको जिम्मा लगाएको जनाएको छ । रासस

लाइभ: शरदले लिए केन्याको अर्को विकेट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट च्याम्पियनशीप लीग अन्तर्गत नेपाल र केन्याबीच भइरहेको खेलमा केन्याको चौथाे विकेट पतन भएको छ । नेपालका शरद भेषवाकरले केन्याका इरफान अल करिमको विकेट लिएका हुन् । चार विकेट गुमाएर केन्याले १०९ रन बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा टस हारेर व्याटिङको निम्तो पाएको केन्याले ३१ ओभरमा १०९ रन बनाएको छ । यसअघि लामो समय क्रिजमा रहेका अबाेयाको संदीपले विकेट लिएका थिए । केन्याको लामो साझेदारी गरेको दुईजना को विकेट पतन भएसँगै नेपाली बलर केन्यामाथि थप हाबी हुन थालेका छन् । नेपालका लागि मेहबुब आलमले केन्यालाई जम्मा ११ दिएर दुई विकेट लिएका छन् । उनको बलिङमा पाँच मेडन ओभर थियो । यस्तै सागर पुनले ६ आभेर बलिङ गरेर १६ रन दिएका छन् ।

लाइभः मेहबुबको उत्कृष्ट बलिङ, सात ओभरमा दुई विकेट ११ रन दिए, पाँच मेडन ओभर

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा नेपालका बलर मेहबुब आलमले उत्कृष्ट बलिङ गरेका छन् । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर बलिङ रोजेको नेपालका लागि मेहबुबले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । उनको उत्कृष्ट बलिङ मद्यतले केन्या १५ ओभरमा ४० रन बनाएर खेलिरहेको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपालले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं, फागुन ३० । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको आजको दोस्रो खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। केन्याले टस हारेर ब्याटिङ गर्दैछ।  कप्तान पारस खड्का आज पनि नखेल्ने भएका छन् । शनिबार भएको पहिलो खेलमा केन्यासँग  पराजित नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । केन्यासँग आज हुने दोस्रो खेल पनि गुमाए नेपाललाई च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्न कठिन हुनेछ । एक दिवसीय ढाँचामा नेपालले आजसम्म केन्यालाई हराउन सकेको छैन । आजको खेल जितेको खण्डमा नेपालले केन्या विरुद्ध एउटा कोशेढुंगा पार गर्नेछ । पहिलो खेलमा नेपाललाई हराएको केन्या प्रतियोगितामा पाँच खेल बाँकी रहदा १० अंकसहित पाँचौं स्थानमा छ । ८ राष्ट्र सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल ६ अंकसहित छैठौं स्थानमा छ । नेदरल्यान्ड्स १६, पपुवा न्युगिनी १२, तथा हङकङ र स्कटल्यान्डको समान ११/११ अंक छ ।

हलेसीमा दर्शन गर्न आएका एक विदेशीको मृत्यु

खोटाङ, फागुन २९ । प्रशिद्ध हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । दर्शन गरेर फर्कन लागेका भुटान थिम्पुका साङ्गे छिरिङको शुक्रबार राति मृत्यु भएको व । शनिबारको बन्दका कारण राति नै फर्कन बसमा चढेको केही समयलगत्तै छिरिङको मृत्यु भएको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाउने समेत प्रहरीले जानकारी दिएको छ । हलेसी दर्शनका लागि शुक्रबार बिहान एक सय पाँच जना भुटानी बौद्धमार्गी आएका थिए । यो खबर आजको कान्तिपुरमा छ  ।

लाइभ: नेपालको चार विकेट गुम्यो, नेपाल दबाबमा १९ ओभरमा ५७ रन

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालले ५७ रन बनाएको छ । शनिबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले चार विकेट गुमाएर ५७ रन बनाएको हो । भरपर्दा व्याट्सम्यान शरद अाउट भएसँगै नेपाल थप दबाबमा छ । अहिले क्रिजमा बिनोद भण्डारी र दीपेन्द्रसिंह एेरी छन् । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन जोडेर आउट भएसँगै नेपालको व्याटिङ पारी धर्मराएको छ । सागर पुन पनि व्यक्तिगत १० रन जोडेर पवेलिएन पर्केपछि नेपाल केही दबाबमा देखिएको छ । वार्षका कारण ३८ ओभरमा छाट्याएको खेलमा केन्याका बलरले नेपाली खेलाडीलाई खुलेर व्याटिङ गर्न दिएका छैनन् । ओपनर सुनिल धमला व्यक्तिगत ३ रन बनाइ आउट भएका थिए ।