मन्त्री पाण्डेको प्रश्न टोपबहादुरलाई– अध्यक्ष प्रचण्डले संसदमा लगेको कुरा पार्टीको होइन भन्ने मिल्छ ?

काठमाडौं, माघ ११ । स्थानीय विकास मन्त्री तथा माओवादी नेता हितराज पाण्डेले संविधान संशोधनका विषयमा पार्टीका केही नेताले राखेको असन्तुष्टि अर्थहीन भएको बताएका छन् ।

मन्त्री पाण्डेले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहेको अवस्थामा संशोधन प्रस्तावमा पार्टीको सहमति छैन भन्ने कुतर्क मात्रै रहेको जिकिर गरे । खबरडबली अनलाईनले प्रकाशित गरेको अन्तर्वार्तामा मन्त्री पाण्डले पार्टीभित्र व्यक्तिपिच्छै फरक मत हुनसक्ने भएपनि दल वा पार्टीको धारणा नै आधिकारिक हुने बताएका छन् । “ हामीले हेर्ने विषयवस्तु ब्यक्तिको होइन, दलको हो । पार्टीको मुल कमिटीको धारण हेर्नुपर्छ ।” उनको भनाई छ ।

माओवादी केन्द्रभित्र नेता टोपबहादुर रायमाझीले संशोधन प्रस्तावको बिरोध गर्दै विपक्षमा मत हाल्ने अभिव्यक्ति दिँदै आएका छन् । केही समयअघि एभरेष्टदैनिकडटकसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको प्रस्ताव पार्टीको नभएको दावी गरेका थिए । मन्त्री पाण्डेले भने माझीको भनाईको अन्तर्वार्तामा खण्डन गरेका छन् ।

मन्त्री पाण्डेले भने– पार्टीले भनेर नै संशोधन विधेयक अघि सारिएको हो । पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ । अध्यक्षबाट नै विषयवस्तु गएका छ । उहाँले नै संशोधन प्रस्ताव लैजानु भएको छ र उहाँकै अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको छ । अध्यक्षले नै लगेको विषयलाई पार्टीको विषय होइन भनेर कसले भन्न सक्छ ? पार्टीको निर्णय होइन भन्ने कुरामा कुनै तुक छैन ।

माओवादी केन्द्रले संशोधनलाई अगाडि बढाउने, निर्वाचन विधेयकहरुलाई पारित गर्ने र स्थानीय तहको निर्वाचन गरेर देशलाई अगाडि बढाएर संविधान कार्यान्वयन गर्ने मूल नीति लिएर अघि बढेको मन्त्री पाण्डेले स्पष्ट गरे

अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु

रत्ननगर (चितवन),  माघ ६ । पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उनको भनाइ छ । उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उनले जानकारी दिए । प्रारम्भिक जानकारीमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ । भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । रासस

छिटो गुडाउनुपर्यो उपत्यकामा मेट्रो रेल

काठमाडौं उपत्यकामा मेट्रो रेल आयोजना सञ्चालनका लागि उच्च स्तरीय संयन्त्रको गठन गर्न प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको २५ औं बैठक । बानेश्वरमा बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, उद्योग मन्त्री नवीन्द्रराज जोशी, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा। सोमलाल सुवेदी लगायत तस्वीर: एभरेष्टदैनिक

साझा बसको सेवाले बन्दको पीडामा केही राहत

काठमाडौँ, २० पुस । पटक–पटक बन्द–हडतालबाट दुःख पाएका यात्रुले साझा यातायातको सेवालाई सुखका रुपमा लिएका छन् । बन्द, हड्तालबाट हैरान बनेका यात्रुले उपत्यकामा बुधबार भएको बन्दका क्रममा साझा यातायातलार्य सेवा थप गर्न सुझाएका छन् । सडक विस्तार गर्दा भत्किने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित संघर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आवद्ध यात्राु समयमै गन्तव्यमा पुग्न पाएनन् । सडकमा फाट्टफुट्ट मात्र सवारी चलेका थिए । उपत्यका बन्द घोषणा गरिए पनि साझाले निरन्तर बस सञ्चालनमा लियो । सुरक्षाको प्रत्याभूति भएपछि उपत्यकाका चारवटा मार्गमा ३९ बस नियमित सञ्चालनमा ल्याइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए । बन्दका बेला चलेका सफा टेम्पो तथा अन्य सवारी साधनले तोकिएको गन्तव्यमा नपुर्याई यात्रुलाई आधा बाटोमा झारेर दोब्बर भाडा असुलेका छन् । जोरपाटीबाट सुन्धारातर्फ जानुपर्ने टेम्पोले चाबहिलमै यात्रुलाई झारेर भाडा भने सुन्धारसम्मकै लिएको यात्रु ग्याल्जेन शेर्पाले गुनासो गरे। यसअघि पुस ७ गते भएको बन्दमा पनि अन्य सवारी साधन आंशिकमात्र गुडेपनि साझाका ४० वटै सवारी साधनले सेवा दिएका थिए । ‘साझा यातायातले ३६५ दिन नै यात्रुलाई सेवा दिने गरेको छ, अघिल्लो पटकको बन्दमा उपत्यकामा ४० वटा सवारी साधन चलेकामा आज एउटा सवारी साधन मर्मतमा रहकाले ३९ वटाले नियमित सेवा दिइरहेका छन्’– निमित्त कार्यकारी अधिकृत पाण्डेले भने । लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०, लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० साझा यातायात सञ्चालन हुँदै आएको छ । बिहान ६ः३० बजेदेखि बेलुकी ८ बजेसम्म नियमित रुपमा साझाका बस तोकिएका मार्गमा चलेको देखेपछि भक्तपुरमा पनि साझाको सेवा आवश्यक देखिएको सूर्यविनायक निवासी बलराम कोजुले बताए । ‘अरु सवारी साधनले मन लागे चलाउँछन्, मन नलागे ग्यारेजमा थन्क्याउँछन्, तर साझाका सवारी साधन भने तालिकाअनुसार चलेको देख्दा भक्तपुरमा पनि यो सेवा विस्तार भए सुविधा पाइन्थ्यो, अरु यातायात व्यवसायीले भाडा पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी उठाउने गरेका छन्, यातायात व्यवसायीले चलाएका साधनले सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधान बमोजिम टिकट पनि दिन्नन्”– उनले रासससँग भने । आज उपत्यका बन्दका क्रममा तोडफोडका घटना नभएको र सडकमा बसेर टायर बाली यातायात अवरुद्ध गर्न खोज्ने ७६ जनालाई कालीमाटी, टोखा, जोरपाटी, थलीलगायतका स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

चुट्किलाः शेरेले हाकिमसंग चाउमिन अर्डर गरेपछि

शेरको एउटा अफिसमा जागिर लाग्यो  । पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी खाजा खाने समय भएछ । शेरेले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ एक प्लेट चाउमिन र दुधको चिया ल्याउ त छिट्टै । तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ। उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ? शेरेः थाहा छैन उताबाट:- म यो अफिसको M.D. हुँ? शेरे:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्? उताबाट:- थाहा छैन । शेरे:-त्यसो भने ठिकै छ। (त्यती भनेर शेरेले फोन ढ्याक्क राखेछ।)

काँकडभिट्टा गोल्डकपः रुपन्देही–११ सेमिफाइनलमा

काँकडभिट्टा (झापा), पुस १९ । काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणमा आज भएको खेलमा रुपन्देही–११ सेमिफाइनल प्रवेश गरेको छ । फ्यान्स क्लब बिआरसी भुटानलाई ३–१ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमिफाइनलको यात्रा तय गरेको हो । रुपन्देहीका लागि दीपक राईले २ मिनट र ७१ औँ मिनटमा तथा लक्ष्मण रुचालले इन्जुरी समयमा एक गोल गरेका थिए । भुटानका लागि खेलको ८० औँ मिनटमा रमेश केसीले एक सान्त्वना गोल फर्काएका थिए । मङ्गलबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सीएमजी सङ्कटा, काठमाडौँबीच हुने आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष पेनुनोर्बु शेर्पाले बताए । शनिबारदेखि काँकडभिट्टाको खेलमैदानमा सुरु भएको प्रतियोगिता यही पुस २३ गतेसम्म चल्नेछ । विजेता टिमले नगद रु चार लाख एक हजार र उपविजेताले रु दुई लाख एक हजार पाउनेछन् । रासस

अर्बाैं ठग्ने सुधिर बस्नेत पक्राउ

काठमाडौं, पुस १३ । अर्बाैको रकम हिनामिना गरी फरार रहेका घरजग्गा ब्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएपछि फरार बस्नेत केही समय भारतमा विताएपछि नेपाल फर्किएका थिए । गयराती उनलाई काठमाडौको धापासीस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । ओरेन्टल सहकारीका अध्यक्षसमेत रहेका बस्नेतले सोही सहकारीको बचत हिनाहिना तथा ग्राण्ड बैंक लगायतको कर्जामा बदमासी गरी एक अर्ब ६० करोड भन्दा बढीको ठगी गरेको अभियोग लागेको थियो । बस्नेतले कोहिनुर हिल हाउजिङको नाममा बैंकहरुबाट ७० करोड रुपैयाँ भन्दा बढी ऋण लिएकोमा त्यसको सावाँ ब्याज भुक्तान गर्न नसकी समस्यामा परेका थिए ।

चुट्किलाः थाकेको शेरेलाई श्रीमतीले किचकिच गरेपछि

शेरे दिनभर अफिसमा काम गरेर राति घर फर्कियो । शेरेलाई देख्नेवित्तिकै श्रीमतीले अनेक कुरा झिकेर किचकिच गर्न थालिन् । शेरेलाई दिक्क लाग्यो, अनि भन्योः दिनभर काम गरेर थाकेको छु,  एकछिन त फ्रेस त हुन देउ । श्रीमतीले भनिन्–म पनि त दिनभर एक्लै थिँए, त्यहि भएर म पनि फ्रेस हुँदैछु । शेरे ट्वाँ..

मध्यमाञ्चलले जित्यो जुडाेमा पाँच स्वर्ण

झापा, पुस १० । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार सम्पन्न भएको नौवटा प्रतिस्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ । मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र १०० किलोमुनि रविन श्रेष्ठले तथा महिला प्रतिस्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जितेका छन् । यसैगरी नेपाली सेनाका लागि पुरुषतर्फको ४५ किलोमुनि सुबोध मण्डल तथा महिलातर्फ ५७ किलोमुनिमा मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक हात पारेका छन् । यस्तै महिला स्पर्धामा नेपाल प्रहरीका ४८ किलोमुनिको तौलमा सरिता चौधरीले स्वर्ण पदक जितेका छन् भने ७८ किलोमाथिको तौलमा सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण पदक हासिल गरे । जुडोको पुरुषतर्फको ४५ किलोमुनिको तौलमा पूर्वाञ्चलका अमितकुमार रामले रजत तथा मध्यमाञ्चलका निशान लिम्बू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कास्य पदक जिते । पुरुष ५५ किलोमुनि नेपाली सेनाका कर्मा तामाङले रजत तथा सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेन्द्र तामाङ र नेपाल प्रहरीका रोहन थापामगरले कास्य पदक पाएको छ । यसैगरी पुरुष ६६ किलोमुनिमा नेपाल प्रहरीका टीकाराम चौधरीलाई रजत तथा पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपिएफका विजय तामाङले कास्य पदक प्राप्त गरे । पुरुष ८१ किलोमुनि तौलमा नेपाल प्रहरीका सन्तोष सुनारले रजत तथा सेनाका दिलबहादुर मगर र पश्चिमाञ्चलका मङ्गलु मेचेले कास्य पदक हात पारेको थियो । पुरुष १०० किलोमुनि तौलमा नेपाली सेनाका शिवराम बरामले रजत तथा नेपाल प्रहरीका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कास्य पदक जिते । यसैगरी महिला ४८ किलोमुनिको तौलमा मध्यपश्चिमाञ्चलका शारदा खत्रीले रजत तथा नेपाली सेनाका सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले कास्य पदक जित्न सफल भएको छ । महिला ५७ किलोमुनितर्फ मध्यमाञ्चलका शर्मिला तामाङले रजत पाउँदा मध्यपश्चिमकै निर्मला कुँवर र नेपाल प्रहरीका विष्णु थापाले कास्य पदकमा चित्त बुझाएको छ । यस्तै महिला ६० किलोमुनिको तौलमा मध्यपश्चिमका सम्झना चौधरीले रजत पदक पाउँदा नेपाली सेनाका गङ्गा चौधरी र नेपाल प्रहरीका रेणुका थापाले कास्य जितेका । महिलाको ७८ किलोमाथिको तौलमा नेपाली सेनाका आकृति जोशीले रजत तथा पश्चिमाञ्चलका सीमा ठकुरीले कास्य पदक जितेका छन्।

रिमालले जिते राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण !

इटहरी, । सातौं राष्ट्रिय खेलकुल प्रतियोगितको एथलेटिक्स तर्फको पहिलो स्वर्ण धावक हरिकुमार रिमालले जितेका छन् । शनिबार इटहरीको ट्रयाक एण्ड फिल्डमा भएको पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरेर उपाधि हात पारेका हुन् । रिमाल नेपाली सेनाका धावक हुन् । १३ धावक सहभागी खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत पदक जिते ।  त्यस्तै नेपाल पुलिसका तर्फबाट करण खड्काले कास्य पदक हात पारेका छन् ।

इ–रिक्साको ठक्करबाट बृद्धको मृत्यु

चितवन,  पुस ९ । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार दिउँसो इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो । घाइते विकको उपचारका क्रममा गए राति १२ बजे कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । इ–रिक्सा र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । रासस

मुस्ताङका पूर्वराजाको पार्थिक शरिर

मुस्ताङका पूर्वराजा जिग्मेदोर्जे पल्बर विष्टको निधनपछि पार्थिक शरिरलाई बौद्धस्थित मुस्ताङ गुम्बामा राखिँदै । तस्बिर : रोशन सापकोटा, मुस्ताङ

देउवा र ओलीबीच यस्तो सवाल–जवाफ

काठमाडौं, मंसिर २९ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सवालजवाफ भएको छ। तपाईंले सात ठाउँमा हस्ताक्षर गरेको होइन : देउवा प्रचण्डजीले जे प्रस्ताव राख्नुभयो, त्यसमा मेरो समर्थन छ । अहिलेको संशोधन प्रस्तावको सीमांकनका विषय त्यसवेला कांग्रेस र एमालेले सहमति गरेभन्दा फरक छैन । हाम्रो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ । तर, तपाईंले त त्यही प्रस्तावमा सात ठाउँमा हस्ताक्षर गर्नुभएको होइन ? अनि त्यही प्रस्ताव अहिले दर्ता गराउँदा किन फिर्ता लिने ? यो त सहमति हुन नदिने चालबाजी मात्र हो । यसो नगरौँ, मिलेरै अगाडि बढौँ । संशोधन विधेयक स्थगन गरौँ, चुनावमा जाऔँ : ओली संशोधन विधेयक ल्याउनु तपाईंहरूको बाध्यता होलान्, तर त्यो फिर्ता लिनैपर्छ । हामी विपक्षी पार्टीहरू विधेयक फिर्ता लिएपछि मात्र सदनको अवरोध खोल्ने सर्त बनाइरहेका छौँ । निर्वाचन गर्ने विषयमा मिति घोषणा गर्ने, कानुनहरू बनाउने विषयमा असहमति हाम्रो होइन । हामी निर्वाचनको पक्षमा छौँ । आतुर पनि छौँ । तर, संविधान संशोधन विधेयक स्विकार्न सकिँदैन । फिर्ता नलिए पनि हाल त्यसलाई स्थगन गर्नुहोस्, हामी त्यति लचिलो हुन तयार छौँ । यो खबर  आजको नयाँ पत्रिकामा छ ।

नेपाल बैंकका महाप्रवन्धक थापासहित १५५ जना भ्रष्टाचारी ठहर

काठमाडौँ, मंसिर २९ । सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हुँदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएको बल्ल अन्तिम किनारा लाएको हो। सहकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भ्रष्टाचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जना विरुद्व आयोगले २०५८ फागुनमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा तत्कालिन नायव महाप्रवन्धक थापासहित बैंकका तत्कालीन सञ्चालक समिति सदस्यहरू र अन्य कर्मचारले नक्कली उद्योग सञ्चालन गरेको र त्यसमा नक्कली ऋणि खडा गरी ऋण लिने/दिने कार्य गरेर बैंकलाई ५३ करोड रूपैयाँ बराबर रकम नोक्सान पुर्‍याएको दाबी अख्तियारले गरेको थियो। यो खबर आजको नागरिक दैनिकमा छ ।

श्रीमतीलाई बेचेपछि

श्रीमतीः सुन त शेरे, पत्रिकामा एउटा समाचारमा त श्रीमानले  आफ्नी श्रीमती बेचेको खबर छ । शेरेः होर? कतिमा बेचेछ? श्रीमतीः एउटा साइकलमा रे । कतै तिमी पनि यस्तै त गर्दैनौं? शेरेः लाटी, म यति मुर्ख कहाँ छु र? तिम्रो बदलामा त कार आउन सक्छ नी । शेरे अहिलेसम्म ज्यान बचाउन भाग्दै छ ……..  

नेपालको विषयलाई लिएर भारतलाई चीनको चुनौती

काठमाडौँ, मङ्सिर २८ । चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रतिक्रिया उल्लेख भएको छ। ग्लोबल टाइम्सलाई वैदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने पत्रिकाको रुपमा लिइन्छ । लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिइएको छ। भारतले चीनबाट नेपाली सामान रेलमा आइरहेको बारे भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्ने अभिव्यक्ति सार्वजनिक गरेको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।