जीवन उकास्दै, मध्यपहाडी राजमार्ग

काठमाडौँ, मङ्सिर २८ ।  दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ । १ वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन् । आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ । यसले पनि उनलाई तरीकारी खेतीमा लाग्न हौस्याएको छ ।

‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरु खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाई हुन थालेको छ ।’ उनी अब पूरै खेतमा तरीकारी लगाउने सोचाईमा छन् ।

उनको घर नजिकको सहर राकम कर्णाली हो । राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ । सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन । मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो । ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाई सर्ने क्रम सुरु भएको छ । प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढो छ । चिया, तरकारी पसलेले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिक थालेको छ ।

पाँचथरको चियोभन्ज्याङ (नेपाल(भारत सीमा) देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ । पहाडै पहाड हुँदै पूर्व(पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चिवा भन्याङसम्म जोडिएको छ । च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन् । त्यसमध्ये नुवाकोटको पाटी भज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ, भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ ।

मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सुर्य भाटले यस खण्डको बैतडी, बाग्लुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा  छ ।

तीन ब्याट्स म्यानले खेले अर्धशतक, क्यानाडाविरुद्ध नेपालको चार विकेटले जीत

काठमाडौं । क्यानाडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले जीत हासिल गरेको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू १९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, अनिल साहले ५० रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले २३ रन बनाए । क्यानाडाका ईश्वरजोत सोही र हर्ष ठाकेरले समान दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्यानाडाले २ सय ८५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य पाएको हो । क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए । नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक९एक विकेट लिए । यससँगै नेपालले तीन खेलको सिरिज एक खेल खेल्नुअघि नै जितेको छ । पहिले खेलमा नेपाल ७ रनले विजयी भएको थियो । नेपालले क्यानाडाविरुद्धको तेस्रो खेल सोमबार टीयू मैदानमा खेल्नेछ ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। आईजी कुँवर निकट स्रोतका अनुसार आइजीसँगको छलफल पछि चन्दले राजीनामा फिर्ता लिएका हुन् । आईजी कुँवर र डिआईजी चन्द्र ब्याजी हुन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यू–१९ विश्वकप : नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशसामु १७० रनको लक्ष्य दिएको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल बनायो । बंगलादेशविरुद्ध कमजोर देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले राम्रो योगदान पुर्‍याउन सकेनन् । विशालले टिमको खातामा ४८ रन थपे । २९–३ को अवस्थामा ब्याटिङ गर्न आएका विशालले कप्तान देवसँग चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए । देवले टिमको खातामा ४८ रन थपे । सुवास भण्डारीले १८ र ओपनर अर्जुन कुमालले १४ जोडे । १४२–९ को अवस्थाबाट अन्तिम विकेटका लागि सुवास र दुर्गेश गुप्ताले २७ रनको साझेदारी गर्दै नेपाललाई १६९ रनको स्कोरसम्म पुर्‍याएका थिए । दुर्गेशले नौ रन जोडे । नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कँडेल समान तीन रन जोडेर आउट भए । विपीन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए । बंगलादेशका रोहनात डोउल्लाह बोर्सोनले चार विकेट लिए । ८।५ ओभर बलिङ गरेका उनले दुई मेडन फ्याक्दै १९ रन खर्चिए । सेख पाइभेज जिबोनले तीन विकेट लिए । इक्बाद हुसैन इमोन, मरुफ मृधा र जिसान आलमले समान एक विकेट लिए । प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो । आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

सामाजिक सुरक्षा कोषले अब ठुला आयोजनामा लगानी गर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने भएको छ । अर्बौँ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो । त्यसका लागि कोषले हाइड्रो इलेक्ट्रिीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलेपमेन्ट एन्ड कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ । आज उर्जा जलस्रोत तथा सिँचार्य मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियमत तथा निर्णयको अधीनमा रही जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने लगायतका विषय उल्लेख गरिएको छ । कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको थियो । सम्झौतासँगै अब लगानी गर्ने बाटो खुलेको हो । ऐनले तोकिदिएको क्षेत्रमा सुरक्षित एवम् दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्नेछ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता गरिएको कोषले जनाएको छ । नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआईडीसीएल, आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनाहरूमा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले कोषको पुँजी र कम्पनीको विशिष्टज्ञानको फ्युजनमार्फत ऊर्जा क्षेत्रमा सिनर्जी प्रभाव सिर्जना हुने बताए ।

आजदेखि धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ दिने भएको छ । महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । उहाँकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।

चिनियाँ उपमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो । त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने स्रोतको दाबी छ ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट : पुलिसको लगातार पाँचौं जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार ५औं जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो । मधेशले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । यो जितसँगै ५ खेलबाट नेपाल पुलिसले १० अंक जोडेको छ । पराजित भएको मधेशको सात खेलबाट ८ अंक छ । यस्तै, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ८ विकेटले हराउँदै चौथो जित निकालेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा अलआउट हुँदै १ सय २३ रन बनाएको थियो । यो जितसँगै पाँच खेलबाट सुदूरपश्चिमले ८ अंक जोडेको छ भने कोशी प्रदेश आफ्ना आठवटै खेलमा जितिविहीन बनेको छ ।

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार आयोजित समारोहबिच राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस गरिएको हो ।

यस्तो रहनेछ आजको मौसमम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तीनवटा प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको र तराईमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ ।

‘वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति वाग्मती प्रदेशबाट उमेदवारी दिएका गठबन्धनका उमेदवार र मतदाताबीच शनिबार भएको अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे । उपमहासचिव पुनले भने, “संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो । विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन ।” वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले नभई मुलुकको आवश्यकतानुसार बनेको उनको भनाइ थियो । १२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरुको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए । ‘हाम्रो यो गठबन्धन चुनावी जितहारका लागि वा नेताहरुको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्धेश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन् । संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरु खडा गरिए । ती अवरोधहरु पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो ।’ पुनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको उनले बताए । ठूलो जनसंख्या भएको मधेस र वाग्मती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठजनाको प्रतिनिधित्व हुने भन्दै उनले त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गरे । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदै छ ।

ग्यास सिलिन्डर विस्फोट हुँदा एक गम्भीर घाइते

बिर्तामोड । बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले जानकारी दिए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो । घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उहाँको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाली युवा टिमले स्कटल्यान्डविरुद्ध १३५ रनको सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले २८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्कटल्यान्डले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका उजैर अहमदले २८ र एफ खानले २४ रन बनाए । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका तिलक भण्डारीले तीन र आकाश चन्दले दुई विकेट लिए । त्यसअघि, पहिले ब्याटिङ गरेको नेपाली टिमले ४९.२ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाएको थियो । नेपालका गुल्सन झाले ११४ रनको शतकीय इनिङ्स खेले । दीपक बोहराले ५८ रन बनाए । स्कटल्यान्डका एम जोनस र आई फैसलले समान दुई विकेट लिए । यही जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । नेपालले जनवरी २१ मा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेलमा जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध अन्तिम खेल खेल्नेछ ।

आजको मौसम : तराईमा हुस्सु,उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माण गर्ने क्रम जारी छ ।