रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

बर्दिया, फागुन १ । विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ। जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।

बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत सामग्री प्राप्त भएको रेडक्रस बर्दियाका सभापति गौतमले बताउनुभयो ।

वितरण गरिएको सामग्रीमा रवड बोट, सामग्री भन्डारण गर्ने कन्टेनर, लाइफ ज्याकेट, मेघा फोन, क्याराबिनर, स्ट्रेचर, फायर एक्स्टिङगुसरलगायतका सामग्री रहेका छन् ।

बर्दिया जिल्ला बाढीले बर्सेनि प्रभावित हुने भएकाले सहयोग उपयोगी हुने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।

रेडक्रस बर्दियाका सभापति गौतमले दैवीप्रकोप उद्वार समितिले खोज तथा उद्वार सामग्रीको अभाव पहिचान गरेबमोजिमको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।

दैवीप्रकोप उद्वार समितिको बैठकले बाढीको जोखिम कम गर्न बबई नदीको माथिल्लो तटीय क्षेत्र सल्यानको घुइँयाबारीमा गेज स्टेसन राख्नका लागि पहल गर्ने निर्णय गरेको छ । जसका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कर्णाली बेँसिन कार्यालयलाई थारु महिला उत्थान केन्द्रको अनुकुलन परियोजनाका आर्थिक सहयोगमा निमार्ण गर्नेसमेत निर्णय गरेको छ । निमार्णपछि बाढीको सतहको पूर्व–सूचना हाल भएको व्यवस्था भन्दा तीन घन्टा पहिलेनै प्राप्त गर्नेसमेत जानकारी गराइएको थियो ।

त्यसैगरी रेडक्रस बर्दियाले ‘प्लान’ नेपालको सहयोगमा जिल्लाको राजापुर नगरपालिका, खैरीचन्दनपुर र सूर्यपटुवाको– ६ वटा विद्यालयमा बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी गराएको थियो ।

प्रचण्डले घोषणा गरेको भोलीपल्ट चितवन लोडसेडिङमुक्त

काठमाडौं, माघ २७ । लामो समयदेखि बिजुलीको संकट झेलिरहेका चितवनवासीले अब लोडसेडिङको पीडा भोग्नुपर्ने छैन । काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको झण्डै तीन महिनापछि चितवन जिल्ला पनि लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको हो । औद्योगिक फिडरमा पनि लोडसेडिङमुक्त गराउने प्रयास भइरहेको प्राधिकरण चितवनले जनाएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्रािधकरणको निर्देशन अनुसार विहीबारबाट लोडसेडिंग मुक्त कार्यान्वयन गरिएको बताए । टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत मासिक खपत हुँदै आएको छ । भरतपुर प्राधिकरण अन्तरगत ६८ हजार ग्राहक छन् भने टाँडी अन्तरगत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा बुधबार भएको कार्यक्रममा छिट्टै नै चितवन लोडसेडिङमुक्त गर्ने बताएका थिए । खिम्ती ढल्केबार प्रसारण लाइनको शुभारम्भ भएपछि पोखराको बिजुली राजधानीका जिल्लामा तान्नु नपर्ने अवस्था सिर्जना भएपछि पोखरा लगायतका अन्य जिल्लामा समेत लोडसेडिङ अन्त्य गर्ने र यही क्रमलाई अगाडि बढाउँदै पुरै देशमा बिजुलीको संकट हटाउने अभियानमा सरकार रहेको प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए ।

सात बिद्यार्थी संगठनद्धारा स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालाबन्दी

काठमाडौं, माघ  २६  । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) लगायत सात विद्यार्थी संगठनहरुले उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ । संगठनले  तालाबन्दी गर्दै चार बुँद्दे माग सहित प्रतिरोधका कार्यक्रम  सार्वजनिक गरेको छ । विरोधका कार्यक्रममा माघ २६ गते देशका सबै क्याम्पसमा तालाबन्दी, २७ गते निर्वाचनका सबै कामहरू रोक्ने र २८ गतेदेखि प्रतिरोध गर्ने उल्लेख छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने व्यवहारमा विभेद गरेको , फर्जी विद्यार्थी भर्नालार्इ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागि उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि केन्द्रिय क्याम्पस लगायत देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले त्रि विको प्रवृत्ति र केहि संगठनको उक्साहटमा गरिएको हर्कतको कारणले स्ववियु निर्वाचनको वातावरणमा धमिलिदै गएको आरोप लगाएको छन् । उनले  यस बारेमा सम्बधितस‌ंग कुरा गर्दा कुनै गम्भीरता नदेखाएको बताउँदै स‌ंगठनले तालाबन्दी गर्न बाध्य भएको बताए । आफ्नो माग पुरा नभएसम्म यो बन्द जारी रहने उनले चेतावनी दिए ।

व्हाइट हाउस छिरेपछि के होला ट्रम्पको यौनजीवन ?

न्यूयोर्क, एजेन्सी । तेश्रो पत्नीसँग ह्वाइट हाउस छिरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यौनजीवन रित्तिएको कतिपयले टिप्पणी गरेका छन् । युवती र यौनका मामिलामा निकै उदार मानिने डोनाल्ड ट्रम्पकी तेश्रो पत्नी हुन मेलानिया ट्रम्प । कुनै बेला यौनका बारेमा खुलस्त कुरा गर्ने मेलानिया र ट्रम्प ह्वाइट हाउसको व्यस्त जीवनमा आफ्नो यौन जीवनलाई कसरी जोगाउलान् भन्ने बारेमा न्यूयोर्क टाइम्सदेखि अन्य पत्रिकामा समेत आलेखहरु प्रकाशित भएका छन् । न्यूयोर्क टाइम्सका अनुसार, सन् १९९९ मा डोनाल्ड ट्रम्पले एउटा रेडियामा हवाडए स्टर्नलाई दिएको अन्तर्वार्तामा मेलानिया र आफूबीच एकदमै सक्रिय र सदाबहार यौनसम्बन्ध कायम हुने खुलासा गरेका थिए । मेलानियाले फोनमा कुरा गर्दै दिनमा एकपटक र कहिलेकाहिँ त त्यो भन्दा पनि बढी यौनसम्पर्क गर्ने गरेको बताएकी थिइन । ट्रम्पले स्टर्नसँग यौनजीवनका बारेमा खुलेर कुराकानी गरेका छन् । उनले मेलानियाले परिवार नियोजनको पिल्स लिने नगरेको र आफूलाई भियाग्रा नचाहिने समेत बताएका थिए । शारीरिकरुपमा असक्षमहरुलाई मात्रै भियाग्रा चाहिने र आफू यौनकार्यका लागि भाग्यमानी भएको ट्रम्पले जनाएका थिए । ट्रम्पको यौनजीवन अराजक रहेको भन्दै राष्ट्रपति चुनावमा समेत निकै ठूलो चर्चा र विवाद उठ्यो । कतिपय मोडल र सेलिब्रेटीहरुले ट्रम्पले यौन हिंसा गरेको आरोप समेत लगाए । यौनबिना बाँच्न नसक्ने ट्रम्पले आफ्ना अन्तर्वार्तामा यौनका बारेमा खुलस्त कुरा गर्नु, उनीमाथि यौनहिंसाका आरोप लगाइन, तीनवटा बिहा हुन र अहिले व्हाइट हाउसको व्यस्त जीवनबीच देखिएको बिरोधाभाषमाथि अहिले टिप्पणी हुन शुरु भएको छ । पेशाले मोडलिङको संसारमा रमाएकी मेलानियाको ट्रम्पसँग एउटा फेसन पार्टीमा भेट भएको थियो । तपाई यो खबर एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । पहिलो भेटमा नै ट्रम्पले उनीसँग फोन नम्बर मागेको मेलानिया बताउँछिन् । तर उनले सुरुमा फोन नम्बर दिइनन् बरु ट्रम्पको नम्बर मागिन । ट्रम्पले त्यसबेला दुईजना श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । सेक्सी मोडेल भनेर चिनिने मेलानिया र ट्रम्पबीच त्यसपछि प्रेम र यौन सम्बन्ध शुरु भयो । र, उनीहरुले बिहा गरे । अहिले मेलानियाबाट एकजना छोरा रहेका छन् । ट्रम्प आफ्नो पहिलो पत्नि इभानसंग तर व्हाइट हाउसमा ट्रम्प अब अरबपति ट्रम्पको भुमिकामा मात्रै देखिन सम्भव छैन । उनका अगाडि अमेरिकी राजनीतिको पेचिलो समय रहेको छ । त्यसैले ट्रम्प र मेलानियाको सम्बन्ध कस्तो हुने हो भन्ने आँकलन धेरैले गरिरहेका छन । व्हाइट हाउस यौनकाण्डका लागि प्रख्यात ठाउँ हो । रोनाल्ड रेगनदेखि बिल क्लिन्टनसम्मका स्क्याण्डलको साक्षी रहेको यो व्हाइट हाउसमा ट्रम्पको यौनजीवनसँग जोडिएको कुनै स्क्याण्डलले चर्चा पाउने सक्ने अनुमान समेत कतिपयले गरेको पाइन्छ । मेलानियाले त्यसैपनि राजनीति रुचाउँदिन । बिल क्लिन्टन र हिलारी क्लिन्टन दुबै राजनीतिमा सक्रिय रहेको प्रसंगमा चुनावी अभियानमा समेत सहभागी नभएकी मेलानियाले राजनीतिक जटिलताले भरिएको ह्वाइट हाउसको जीवन कसरी बाँच्न सक्लिन् । मोडलिङको स्वतन्त्र संसार, धनकुबेरहरुको संसारपछि राजनीतिक शक्ति केन्द्रभित्र औपचारिकतामा बाँधिनुपर्दा यसको असर ट्रम्पसँगको सम्बन्धमा पर्न सक्ने आधारहरु पनि केहीले औंल्याएका छन् ।

हराएको नवजात शिशु ४८ घन्टाभित्र यसरी परे फेला

वीरगन्ज, माघ २४ ।  नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ । गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको हो । प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेवीले अस्पतालबाट नवजात बालक चोरेकी थिइन् । सन्तान नभएकाले बच्चा चोरी पर्सा भिष्वा घर भई हाल माइती बस्दै आएकी २२ वर्षीया लालसाले आफ्नो छोराछोरी नभएकाले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि विवाह भए पनि उनको अहिलेसम्म सन्तान छैन । छोराछोरी नभएपछि माइत बसेर उनले नवजात शिशु चोर्ने योजना बनाएको प्रहरीको भनाइ छ । उनले एक महिनादेखि अस्पताल गई मौका हेरिरहेको र शिशुलाई खेलाउने बहानामा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले लालसालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा छानबिन अघि बढाएको छ । मध्यक्षेत्रीय प्रहरी निर्देशनालयका नायव प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले छानबिन चलिरहेकाले अहिले नै सबै कुरा नमिल्ने बताए । अस्पतालको पनि लापरबाही देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले अस्पताल क्षेत्र संवेदनशील बन्दै गएकाले सुरक्षा व्यवस्था बढाउने जानकारी दिए । शिशुको अवस्था सामान्य उद्धार गरिएको शिशुलाई नारायणी उपक्षेत्रीय अस्पतालको एनआइसियू, सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए । ‘बच्चाको अवस्था नर्मल छ,’ उनले भने । उपचारमा संलग्न चिकित्सक डा. सैलेश ठाकुरले शिशुको अवस्था स्थिर रहेको बताए । ‘बच्चा हामीकहाँ आइपुगेदेखि एनआइसियूमा राखेर उपचार भइरहेको छ । सामान्य इन्फेक्सन देखिएको छ, अरू ठीक छ,’ उनले भने । टाइम लाइन २१ माघ, बिहान ७ः०० छपकैया–१ की आशादेवी पासवान नारायणी उपक्षेत्रीय अस्पतालको बेड नम्बर ६५ मा भर्ना भइन् । २१ माघ, बिहान १०ः४० आशादेवीले शिशु जन्माइन । २१ गते मध्याह्न १ः००–२ः०० शिशु हराएको भन्दै अस्पतालमा खैलाबैला सुरु भयो । यसैबीचमा अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा टेलिफोनमार्फत उजुरी दिए । २१ गते २ः०० पछि  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशी अपराध शाखाका प्रहरी निरीक्षक उमाशंकर यादवसहित अस्पताल पुगे । जिल्लाभरका प्रहरी एकाइमा यसबारे जानकारी दिइयो । अस्पताल गएर सुत्केरी नभएको, तर नवजात शिशु कसैले ल्याएको छ कि भनेर सोधपुछ तथा निगरानी गरे । राति नाकानाकामा सम्पूर्ण सवारीसाधन जाँचबुझ तथा मानिसलाई निगरानी गर्न लगाए । दुईजना पीडितका आफन्त तथा अस्पतालका नौजना कर्मचारीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइयो । वीरगन्जका एफएममा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको थाहा भएमा प्रहरीलाई सूचित गर्न सूचना प्रसारण गरियो । प्रहरी नायव उपरीक्षक जोशीले बिहार प्रहरी तथा रक्सौल प्रहरीमा सम्पर्क गरेर सीमावर्ती क्षेत्रमा नवजात शिशु भएको, तर स्याहार्ने महिला सुत्केरी नभएको फेला परेमा जानकारी दिन आग्रह गरे । २१ माघ, बेलुका ७ः००–१२ः०० सोधपुछका लागि ल्याइएका दुईजना पीडितका आफन्त तथा नौजना अस्पतालका कर्मचारीलाई सोधपुछ गरेर छोडियो । २२ माघ, दिउँसो ११ः००–२ः०० नारायणी अस्पतालमा जम्मा भएका पीडितका आफन्तले सडक अवरोध गरे । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, सहायक प्रजिअ, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नागरिक समाज, पत्रकारलगायतसँग सुरक्षासम्बन्धी छलफल भयो । सबैले आफूले पाएको सूचना प्रहरीलाई दिने, अस्पतालको सुरक्षा व्यवस्था सुधार गर्ने, तीन दिनभित्र प्रहरीले अनुसन्धानमा भएको प्रगति सार्वजनिक गर्नेलगायतका सहमति भयो । २२ माघ, दिउँसो ३ः०० पीडित महिला आशादेवी पासवानका पति र सासूलाई जिल्ला प्रहरी कार्यालय बोलाएर कुनै सूचना पाइन्छ कि भन्ने आसमा प्रहरीले सोधपुछ ग¥यो । २३ माघ, बिहान ११ः०० एकजनाले टेलिफोनमा नवजात शिशुबारे जानकारी दिए । तर, उनले आप्mनो नाम सार्वजनिक नगर्न आग्रह गरे । २३ माघ बिहान ११ः१५ प्रहरी नायव उपरीक्षक जोशीसहितको प्रहरी टोली सूचनामा जनाइएको स्थान श्रीपुर पुग्यो र बच्चा चोरेर लगेको भनिएको व्यक्तिलाई चिन्ने अर्को मानिस लिएर आयो । २३ माघ, दिउँसो २ः०० जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहसहितको प्रहरी टोली बेल्वा–९ मा रहेको बिन्देश्वर साह कानूको घरमा नवजात शिशुलाई लुकाइछिपाई राखेको अवस्थामा शिशुको उद्धार गर्न सफल भयो । र, शिशुलाई अस्पतालमा गई आमा आशादेवी पासवानलाई जिम्मा लगायो । ‘म आएको दुई साता मात्रै भयो, त्यसैवेलादेखि म अस्पतालको सुरक्षामा सुधार ल्याउन तल्लीन भएर लागेको छु । तर, यो घटनाले मेरा सबै योजना खेर गएजस्तो देखियो । अस्पतालमा बिरामीको मात्रै होइन, कुरुवा, कर्मचारी, स्वास्थ्यकर्मी सबैको सुरक्षा आवश्यक छ । सामान्य नजरले हेर्दा सबै व्यक्ति बिरामी अथवा कुरुवा देखिन्छन् । यदाकदा यसरी आउने आपराधिक गिरोहलाई चिन्न र अस्पतालको सुरक्षाका लागि छुट्टै संयन्त्रको आवश्यकता छ । एउटा बच्चा जन्मिएर स्वस्थ भएपछि आमालाई जिम्मा लगाउने हो । उसलाई स्याहारसुसार गर्न अस्पतालको जनशक्ति पर्याप्त छैन । अस्पतालमा पहिलेदेखि नै सिसिटिभी क्यामेरा जडान भए पनि बिग्रिएको अवस्थामा थियो । शनिबारदेखि पावर ब्याकअपको व्यवस्था गरेर १६ वटा सिसिटिभी क्यामेरा चौबिसै घन्टा चल्ने बनाइसकिएको छ । सुरक्षागार्डका रूपमा जम्मा चारजना मात्रै छन् । अब बोर्डबाट पारित गराएर निजी सुरक्षागार्ड राख्ने तयारी गरिरहेको छु ।’ – डा. चित्तरञ्जन शाह, मेडिकल सुपरिटेन्डेन्ट, नारायणी उपक्षेत्रीय अस्पताल यो खबर आजको नयाँ पत्रिकामा छ ।

उमेर फेरेको आरोप लगाउँदै प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ,  माघ २२ । नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । ‘बिनाप्रमाण हचुवाका भरमा’ जन्ममिति सच्याएका कारण मानवअधिकार, सामाजिक मर्यादा र सेवामा आघात पुगेको भन्दै बस्न्यातले प्रधानन्यायाधीश कार्कीको निर्णय खारेज गर्न माग गरेका छन् । न्यायपरिषद् अध्यक्ष रहेकी कार्कीको एकल निर्णयमा बस्न्यातको जन्ममिति सच्याउने निर्णय भएको छ । उनले आफ्नो वास्तविक जन्ममिति २०११ साल असार १९ रहे पनि सच्याएर २०१० साल फागुन १८ बनाइएको दाबी गरेका छन् । बस्न्यातले प्रमाणका रूपमा सर्वोच्चमा पेस गरेको नागरिकता, नोकरी विवरण (सिटरोल), शैक्षिक योग्यताको प्रमाणपत्र, कर्मचारी सञ्चयकोषको प्रमाणपत्र, नागरिक लगानीकोषको प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमति प्रमाणपत्र, शान्ति विद्यागृह हाईस्कुल लैनचौरबाट प्रदान गरिएको प्रमाणपत्रलगायत प्रतिलिपि सर्वोच्चमा बुझाएका छन् । प्रधानन्यायाधीश कार्कीबाट बस्न्यातको जन्ममिति २०१० साल फागुन १८ कायम गरी परिषद्को अभिलेखमा राख्ने गरी २०७३ साल पुस १ मा निर्णय भएको छ । ‘उपयुक्त विषयमा सम्माननीय प्रधानन्यायाधीश एवं न्यायपरिषद्का अध्यक्षज्यूबाट मिति २०७३÷९÷१ मा भएको निर्णयमा माननीयको उमेर सम्बन्धमा ‘माननीय मुख्य न्यायाधीश श्री सुरेन्द्रवीरसिंह बस्न्यातका हकमा जन्ममिति २०१०÷११÷१८ कायम हुने गरी अभिलेख राख्नू’ भनी निर्णय भएको हुँदा माननीयमा जानकारीका लागि अनुरोध गर्दछु,’ प्रधानन्यायधीश कार्कीको निर्णयबारे परिषद् उपसचिव बलराम लम्सालले बस्न्यातलाई थमाएको चलानी नम्बर ११७ को जानकारीपत्रमा उल्लेख छ । बस्न्यातले अस्थायी शाखा अधिकृतका रूपमा २०३६ साल कात्तिक ७ गते सुरु सेवा प्रवेश गर्दादेखि शाखा अधिकृत, उपसचिव, जिल्ला न्यायाधीश हुँदै २०६२ सालमा पुनरावेदन अदालतमा न्यायाधीश पदमा नियुक्त हुँदासम्म उनको जन्ममिति २०११ साल असमार १९ रहेको देखिएको छ । नागरिकता प्राप्त गरेको दिन २०२८ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भरेको फाराममा पनि सोही जन्ममिति कायम देखिन्छ । उनले जिल्ला न्यायाधीश रहेको अवस्थामा परिषद् बुलेटिनमा वास्तविक उमेर जनिएको अवस्थामा आफूसँग कुनै प्रमाण माग नगरी परिषद् सचिवालयबाट बिनाआधार २०६६ सालको बुलेटिनमा जन्ममिति २०१० साल कायम गरिएको र सोहीअनुरूप प्रधानन्यायाधीश कार्कीले पनि आफूखुसी परिवर्तनको निर्णय गरिदिएको दाबी रिटमा छ । संविधान र कानुनको पालना गराउने उच्च व्यक्तित्वबाट ‘असमान’ र ‘दूषित’ निर्णय हुँदा अन्यायमा परेको भन्दै बस्न्यातले न्याय माग्न सर्वोच्च गुहार्नुपरेको बताएका छन् । ‘यस्तो महत्वपूर्ण मेरो पहिचान एवं संवैधानिक अधिकार, रोजगार जोडिएको विषयमा थाहा दिएर मात्र निर्णय हुनुपर्नेमा त्यसो नभएको हुँदा प्राकृतिक न्यायका सिद्धान्तसँग बाझिएकाले यो निर्णयले मान्यता पाउन सक्दैन’, बस्न्यातको भनाइ छ । पाँच सदस्यीय परिषद्मा कार्कीबाट एकपक्षीय निर्णय भएको जिकिर पनि बस्न्यातको छ । रिट दायरपछि बस्न्यातले उच्च पद प्राप्त गरेका व्यक्तिले गरेको निर्णय जेजस्तो भए पनि स्वीकार्नुपर्छ भन्ने बाध्यता देखाउन खोजिएको बताए । यो खबर आजको अन्नपूर्ण पोष्टमा  छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच टेलिफोनमै चर्काचर्की

काठमाडौं,  माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलबीच टेलिफोन वार्ताकै क्रममा चर्काचर्की भएको खुलासा भएको छ । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री टर्नबुलबीच भएको वार्ताका क्रममा अस्ट्रेलियामा शरण मागिरहेको शरणार्थीलाई अमेरिकामा लैजानेबारे ओबामा प्रशासनले गरेको सम्झौताको विषयमा कुराकानी भएको थियो । टर्नबुलसँग भएको कुराकानीलाई ट्रम्पले अहिलेसम्मकै खराब कुराकानी भएको बताएका छन् । फेरि अमेरिकामा शरणार्थी बसाउने बारेमा भइरहेको कुराकानीका क्रममा चर्काचर्की भएपछि ट्रम्पले टेलिफोन काटेका थिए ।  यो खबर आजको राजधानी दैनिकमा छ ।

राजधानीका कुन कुन स्थानमा निर्माण हुन्छ स्याटलाइट सिटी ?

काठमाडौ, माघ २१ ।  काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटस दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा  स्याटलाइट सिटी निर्माण गरिने  भएको ५ । ती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर०को काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्न लागेको जानकारी दिए ।  काठमाडौँ सहर अव्यवस्थित र साँघुरो बन्दै गएको र अब त्यस्तो नहोस् भन्नका लागि सरकारले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्न लागेको हो ।  स्याटलाइट सिटी निर्माणको कामका लागि अहिले विशेषज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरिसकेको र एक वर्षभित्र डीपीआर तयार गर्ने र सोका आधारमा स्याटलाइट सिटी निर्माणको काम अगाडि बढ्नेछ । सहरी विकास मन्त्रालयले यस वर्षको कार्यक्रममा प्रस्तावित स्याटलाइट सिटी निर्माणका लागि डीपीआर तयार गर्न १४ करोड रुपियाँ विनियोजन गरेको छ ।   सरकारले ललितपुरको विभिन्न स्थानमा प्रस्ताव गरेको स्याटलाइट सिटी निर्माणका लागि एक लाख रोपनी र काठमाडौँ र भक्तपुरमा प्रस्तावित सिटी १० हजार रोपनी क्षेत्रमा बन्ने तयारी भएको छ ।   यसका लागि बजेट विनियोजन भइसकेको र चाँडै काम अगाडि बढ्ने खोकालीले बताए । सिटी निर्माण गर्दा सरकारले तोकेको जमिनलाई प्राधिकरणले टाउन प्लानिङ गर्नका लागि ल्यान्डपुलिङ गर्नेछ र सो क्षेत्रमा विद्युत्, पानी, ढल, फोहोर व्यवस्थापन, सञ्चार, शैक्षिक क्षेत्र, खेलमैदान र भौतिक पूर्वाधार, पर्यटकीय स्थान, धार्मिक तथा सांस्कृतिक स्थान र मनोरञ्जन पार्कलगायतका स्थानसमेत छनोट गरिनेछ। यो खबर आजको गोरखापत्रमा छ ।

ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु

लहान, माघ २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित सडकमा आज दिउँसो ट्र्याक्टरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी धनगढी गाविस– १ का १३ वर्षीय सुरज मण्डल रहेको प्रहरीले जनाएको छ । लहानस्थित ज्ञानज्योति पाठशालामा अध्ययनरत सुरज साथीसँगै सरस्वती पूजाको मूर्ति सेलाउन बलान खोलातर्फ जाने क्रममा स १ त २६८७ नम्बरको ट्र्याक्टरबाट सडकमा लडेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ । रासस

बाँसको आम्दानीबाट महिलाहरु आत्मनिर्भर

प्यूठान, माघ २० । प्यूठान नगरपालिका–१५ भेडावारी धर्मावतीका महिलाहरु गाउँमै घरेलु उद्योग चलाएर उद्यमी बन्न अग्रसर भएका छन् । महिलाहरुको स्थानीय स्तरममै पाइने बाँस प्रशोधन गरेर उद्यममा लागेका हुन् । बजार क्षेत्रमा बाँसबाट बनेका सामग्रीहरुबाट आम्दानी राम्रो हुने गरेको कारण पनि महिलाहरु यसतर्फ आकर्षित भएको उनीहरु बताउँछन । ‘एक महिने तालिम पाएपछि मुढा, सुपो र डोको बनाउने उद्योग चलाएकी छु,’ निर्मला नेपालीले भनिन्– ‘नौ वर्षअघि मृगौला बिग्रिएर श्रीमान् बित्नुभयो । उपचार गर्दा लागेको ऋण अझै सकिएको छैन मुढा बेचेरै तिर्ने सोच बनाएकी छु ।’ सानै उमेरमा पतिको मृत्युले बेसहारा बनेकी निर्मलालाई दिन भुलाउने र आम्दानी गर्न मुढा बुनाई माध्यम बनेको छ । ऊ बेला ९५ हजार ऋण लागेको बताउँदै उनले अझै ३५ हजार तिर्न बाँकी रहेको सुनाइन् । पतिको मृत्युपछि माइतीमा बस्दै आएकी उनको एक छोरा र एक छोरी छन् । उनीसँगै भेडावारीका २२ महिलाले घरमै बाँस प्रशोधन उद्योग चलाएका हुन् । दिनभरको समय खेर फालिरहेका महिलाले उद्यम गरेर आम्दानी गर्ने सोचअनुसार यसतर्फ लागेका हुन् । महिना दिनसम्म मुढा, डोका र पुपो बनाउने सीप पाएपछि यसमा लागेको २१ वर्षीया रेखा आचल बताउँछिन् । ‘घरव्यवहार चलाउन श्रीमानकै भर पर्नुपर्दैन,’ उनले भनिन्, ‘सीप सिक्दा आत्मनिर्भर बन्ने बाटो खुलेको हो ।’ खेर गइरहेको बाँसलाई सदुपयोग गरेको समेत उनले बताइन् । ग्रामीण आर्थिक विकास मञ्च (रेकोडेफ) ले महिलालाई यससम्बन्धी सीप सिकाएको हो ।

‘कार्यकाल सकिनु दुई महिना अगाडि निर्वाचन’

काठमाडौं, माघ १९ । स्थानीय तहमा जनप्रतिनिधिको व्यवस्था गर्न अब निर्वाचित कार्यसमितिको कार्यकाल पूरा हुनु दुई महिनाअगावै निर्वाचन हुने भएको छ । कार्यकाल पूरा हुनु दुई महिनाअगाडि नै निर्वाचन गर्ने गरी कानुनमा व्यवस्था हुन लागेको यो पहिलोपटक हो । निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ ।  पाँच वर्षे कार्यकाल पूरा भएपछि मात्र नयाँ निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्नेछ ।   संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमा सहमति गर्दै यस्तो व्यवस्था गरेको हो ।  उपसमितिले पारित गरेको विधेयक बुधबार समितिमा पेस हुनेछ । समितिले बुधबार नै छलफलपछि पारित गरे सम्भवतः उक्त विधेयक बुधबारको संसद् बैठकमा पेस हुनेछ । उपसमिति सदस्य रेखा शर्माले अविछिन्न रूपमा जनप्रतिनिधिको व्यवस्थाका लागि दुई महिनाअघि निर्वाचन गर्ने व्यवस्थामा सहमति भएको जानकारी दिइन्। ‘जनप्रतिनिधिविहीन अवस्था नहोस् भनेर कानुनमा नै निर्वाचनबारे स्पष्ट व्यवस्था गरिएको हो। उपसमितिले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ,’ उनले भनिन्। संविधानले स्थानीय तहमा आवधिक निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भएको बढीमा छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।  तर, स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकले भने कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था पारित गरेको हो ।  स्थानीय निकाय विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन छन् । यसैगरी स्थानीय निकायमा राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूले दलीय आकारका आधारमा चुनाव चिह्न प्राप्त गर्नेछन् । राष्ट्रिय दलको मान्यता पाउने आवश्यक मत सीमा (थ्रेसहोल्ड)बारे राजनीतिक दलसम्बन्धी कानुनमा व्यवस्था हुनेछ । यो खबर आजको गोरखापत्रमा छ ।

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै, दूतावासमा नेपालीहरु आत्तिएर फोन गर्छन्

वासिङ्टन डीसी , माघ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् । मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् । राष्ट्रपति निर्वाचनको वहसमा नै पटक पटक आप्रवासी मुस्लीमलाई अमेरिकाबाट लखेट्ने बताउँदै आएका ट्रम्पले पाँच दिन अघि त्यस्तै निर्णय गरे । ट्रम्पको घोषणाले केही क्रिस्चियन र अन्य धर्म भएका मुलुकलाई भने फाइदा हुने देखिएको छ । नेपाल, भारत, रसिया, चीन युरोपेली मुलुकहरुलाई भने सहज हुने वातावरण बनाउनेतर्फ उनी लागेका छन् । नेपालीको फोनको ओइरो नेपाली दुतावासमा पनि राष्ट्रपति ट्रम्पको निर्णयपछि दैनिकजसो नेपालीहरुको फोन आउने गरेको राजदुत डा. अर्जुन कार्कीले बताएका छन् । कागजपत्र भएर बसेका नेपालीहरु र अन्य सबैलाई धैर्य गर्न भन्ने गरेको छु । राजदूत कार्कीले भने ‘विरोध पनि भइरहेको छ । निर्णय पनि हुदै गएका छन् । हामी हेर्ने र सुन्ने हो । अन्य मुलुकको आन्तरिक मामिलामा हाम्रो कुनै धारणा हामीले बोल्नु हुदैन ।’ यो खबर आजको कान्तिपुरमा  छ ।

आँसु हेरेर विदेश गए, फर्किंदा खुसी हेर्न पाएनन्

बर्दिबास , माघ १९ ।  वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गणेश बहादुर श्रेष्ठले विदेशबाट फर्किदा आफ्ना परिवारको सदस्यको हँसिलो मुहार हेर्न पाएनन् । जग्गा साहुलाई सुम्पेर वैदेशिक रोजगरीमा गएका श्रेष्ठ कतारमै दृष्टिविहीन भएपछि अहिले उनी अचेत अवस्थामा छन् । ७ बर्षीय छोरालाई राम्रो शिक्षादिक्षा दिन र घरपरिवारका सदस्यलाई मिठो मसिनो खुवाउन कतारको मेट्रोपार्क कम्पनीमा काम गर्न पुगेको यी युवकको अहिले जीवन नै समाप्त भएजस्तै भएको छ । स्वदेशमा रोजगारी नपाएपछि लहैलहैमा लागेर श्रेष्ठ वैदेशिक रोजगारीमा गएका थिए । कतारमा साथीसँग विवाद हुदा भएको झडपमा उनको दुवै आँखाको ज्योति गुम्न पुग्यो । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

बसको ठक्करबाट निकुञ्जका कर्मचारी घाइते

कञ्चनपुर, १८ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेम स्काउट (संरक्षणकर्मी) पदमा कार्यरत २५ वर्षीय नरेन्द्र कुँवर आज बसको ठक्करबाट सख्त घाइते हुनुभएको छ । पूर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकबाट भीमदत्तनगरतर्फ जाँदै गरेको ना ५ ख ९६४७ ननंको बसले ठक्कर दिँदा कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक जगतबहादुर मल्लले बताउनुभयो । घाइते कुँवरलाई तत्कालै महाकाली अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको बरेली लगिएको छ । ठक्कर दिने बस र चालक इप्रका झलारीको नियन्त्रणमा छन् ।

यस्तो छ कक्षा ११ र १२ को वार्षिक परीक्षा समय तालिका

काठमाडौं, माघ १६ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक उक्त गरेको उक्त समय तालिका अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ। २०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ। उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन पाउनेछन्।

त्रिसुलीमा ट्रक खस्यो

चितवन, १५ माघ । पृथ्वी राजमार्गको फिस्लिङ नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीतर्फ खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ५ ख ७३९४ नम्बरको खाली ट्रक सडकबाट करिब ६५ फिट तल खसेको प्रहरीले जनाएको छ । ट्रक त्रिशूली नदीमा भने पुगेको छैन । बिहान ३ बजेतिरको समयमा ट्रक खसेको भए पनि चालकसहित ट्रकमा रहेका तीन जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौँतर्फ दारेचोक गाविस–९ मा पर्दछ । यसैबीच, सडक हिलो भएपछि भरतपुर उपमहानगरपालिका–१ भतेरी जङ्गलमा आज बिहान ४ः३० बजेबाट सवारी आवागमनमा समस्या हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रहरीका अनुसार निर्माणाधीन सडकमा रातो माटोका कारण सवारीसाधन चिप्लिएपछि आवतजावतमा समस्या भएको हो । फाट्टफुट्ट सवारीसाधन कटेको भए पनि दुवैतर्फ ठूलो सङ्ख्यामा सवारीको लाम लागेको छ । मालबाहक ट्रक र बस डोजरको सहायताले कटाइएको छ ।