आज सपथ खाने मन्त्रिहरुको नाम फाइनल गर्न चार दलको बैठक फेरि बस्ने

काठमाडौं । नयाँ गठबन्धनको बैठक सोमबारै फेरि बस्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठन गर्ने निर्णय भएको छ । आज दिउँसो ३ बजे बस्ने बैठकले  मन्त्री बनाउने एक एकजनाको नाम फाइनल गर्नेछ ।

उनका अनुसार, अहिले प्रधानमन्त्री प्रचण्ड नयाँ मन्त्रीको शपथको समय लिन राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका छन् । वर्तमान सरकारका मन्त्रीलाई हटाइएको जानकारी प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराउने बताइएको छ ।

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।  समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मानविय विपतलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

संसदीय सुनुवाइ समितिको बैठक ५ बजेका लागि सर्‍यो

काठमाडौँ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्नेरनगर्ने विषयमा निर्णयमा पुग्नका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि सारिएको छ । सोमबार बिहान साढे ११ बजेका लागि निर्धारित बैठक संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको विषयमा निर्णय लिन कांग्रेस एमाले छलफलमा रहेका कारण समितिको बैठक सारिएको हो ।

फेवातालमा पौडी खेल्ने गएका युवाको डुबेर मृत्यु

काठमाडौं । कास्कीस्थित फेवातालमा पौडि खेल्न गएका युवाको डुबेर मृत्यु भएको छ। पोखरा महानगरपालिका२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्। पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने भण्डारी चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए। उनीसँगै पौडी खेल्न गएका अन्य सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

श्रमिकको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।   विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।   नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै  प्रधानमन्त्री प्रचण्डले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए।   श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारे।   “यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भने, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।” उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । प्रधानमन्त्री प्रचण्डले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिए ।   अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्दै उनले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गरेका हुन् ।  मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ । रासस  

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

राष्ट्रपति पौडेल सप्तरीमा, छिन्नमस्ताको पूजा गर्ने

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुगेका छन् ।सप्तरीमा उनी छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुनेछन्।  राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।  राष्ट्रपति पौडेलको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए । 

पार्टीमा विवाद भएपनि परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरीसँग वैचारिक मतभेद रहे पनि त्यसको असरले परिवार नफुट्ने बताएकी छिन् । पार्टीमा फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको दावी छ । दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको पनि बताइन् । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए ।  रञ्जिताले भनिन्, ‘म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । पार्टीगत रुपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै हो । फरक विचारले परिवार फुट्दैन ।’  आफूहरुको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् । आफूहरु २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन ।’ पार्टीमा फरक–फरक विचार बोकेकाहरु जोडिने भएकाले त्यसको समुचित रुपमा निरुपण हुने रञ्जिताले दावी गरिन् । 

नेप्से ९.३४ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौं । लगातार ६ दिन ओरालो लागेको सेयरबजार सोमबारदेखि बढ्न थालेको छ । मंगलबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.३४ अंकले बढ्यो । सोमबार १३.२८ अंकले बढेको थियो । लगातार घटेर दुई हजार विन्दु तलसम्म झरेको बजार यस दिन २००१.६४ मा बन्द भएको छ । १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर छ । ५२ लाख ३९ हजार ४१६ धितोपत्र एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ६२३ रुपैयाँ २० पैसाले बढेर १७ हजार ८५५ रुपैयाँ ५० पैसामा कारोबार भयो ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित

काठमाडौं । लघुवित्तपीडितरू गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् ।  लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन् ।  लघुवित्त र मिटरब्याजपीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका थिए । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाएका थिए। 

सरिता दवाडी बनिन् सिंचाई विभागको पहिलो महिला महानिर्देशक

काठमाडौं, पुस ११ । सिंचाई विभागको महानिर्देशकमा सरीता दवाडी नियुक्त भएकी छन् । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले दवाडीलाई महानिर्देशक नियुक्त गरेको हो । सिंचाई विभागका महानिर्देशक सरोज पण्डितलगायत दुई दर्जनमाथी अख्तियारले मुद्दा चलाएपछि उक्त पद रिक्त रहेको थियो । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दवाडीलाई यसअघि नै कामु महानिर्देशकको जिम्मेवारी दिएका थिए । सिंचाई विभाग अन्तर्गतको बहुउद्देश्यीय तथा सिंचाई महाशाखाको प्रमुख रहेकी दवाडीलाई मंगलवार मन्त्री पुनले उक्त विभागको जिम्मेवारी दिएका हुन् । दवाडी खुल्ला उपसचिवमा सिधै सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले महिला कोटामा नै खुल्लामा सहसचिवमा नाम निकालेकी थिईन । सिंचाई विभागको डिजीमा नियुक्तीसंगै दवाडी महिलो महिला डिजीको नाम लेखाउन समेत सफल भएकी छन् ।

मनाङको प्रदेशसभा ‘ख’ मा दीपक मनाङे विजयी

काठमाडौं, मंसिर २२ । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे । मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे ।२२ मंसिर, काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् ।

महिलाको पेटबाट काँटी, चम्चा र फलाम निस्किएपछि

एजेन्सी । एक महिलाको पेटको अपरेशन गर्दा पेटबाट कवाडी सामान निस्किएपछि अपरेशन गर्ने चिकित्सक पनि दंग परेका छन् । पेटको तल्लो भाग दुखेर लगातार वाकवाकी लागेपछि जचाउँन पुगेकी ४३ वर्षीय महिलाको सोनोग्राफी गरेर रिर्पोट हेर्दा चिकित्सकहरु दंग परेका छन् । रिर्पोटमा स्पस्ट रुपमा महिलाको पेटमा कवाडी सामान देखिएको थियो । अपरेशन गर्दा चिकित्सकले महिलाको पेटबाट काँटी, कलम, भाँचिएको चम्चा, दाउराको सानो टुक्रा, टाउकोको कपाल, फलामको चेन र मन्जन निकालेका थिए । यी सब कुरा महिलाको पेटमा कसरी पुग्यो अहिलेसम्म पत्ता लाग्न भने सकिएको छैन ।

नाराबाजी छल्दै राति ३ बजे रवि लामिछानेलाई लगाइयो कास्की प्रहरीको जिम्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ ।  कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो ।  रातभरको कार्यकर्ताको नाराबाजीलाई छल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको हो । कार्यकताले धादिङ, धार्के नौविसे मुग्लिङ लगायतका विभिन्न ठाउँमा प्रर्दशन गरेका थिए । भने राति करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाउँदै गर्दा पनि पोखरामा उनका समर्थकले प्रर्दशन गरेका थिए ।

गंगादेवको नाम र केन्द्र पुरानै कायम गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र पुरानै कायम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अदोश दिएको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४(५)मा गाउँपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र नाम वा केन्द्र परिवर्तनका लागि एकपटकका लागि गाउँसाभाको बहुमतबाट नेपाल सरकारमा सिफारिस गर्नसक्ने र सो बमोजिम नेपाल सरकारले नाम वा केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था गरेको, गाउँपालिकाको पहिलो निर्वाचनपछि मिति २०७४ फागुन १४ गते सुकिदह गाउँपालिकाको नाम गंगादेव गाउँपालिका र केन्द्र जिनावाङबाट सानाडाँडामा सार्ने निर्णय भइसकेको अवस्थामा पुनः सो गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेकोमा अवस्था देखिदा प्रस्तुत निवेदनमा अन्तिम निर्णय नभएसम्म गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने गरी गंगादेव गाउँपालिकाको सभाको मिति २०७९ असार ३१ गतेको निर्णय तथा नेपाल सरकारको २०८१ भदौ २० को निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु साविककै गंगादेव गाउँपालिकाको नाम तथा सानाडाँडा केन्द्रबाट पूर्ववत् गाउँपालिका सञ्चालन गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम प्रत्यार्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’ यो गाउँपालिकामो पहिलो निर्वाचनबाट नेकपा माओवादी केन्द्र बिजयी भएको थियो । तत्कालीन गाउँपालिकाको गाउँसभाबाट सहिदको नामाम गंगादेव गाउँपालिका बनाइएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस विजयी भएपछि उसले पुरानो निर्णय उल्ट्याउने निर्णय गरेको थियो भने पछिल्लोपटक संघीय सरकारमा एमाले–कांग्रेसको सरकार बनेपछि पालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको थियो ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।