आजबाट उपत्यकाको फोहोर उठ्ने

काठमाडौं, असार १६ । फोहोर विसर्जन गर्ने स्थान ककनी गाउँपालिका–२ स्थित सिसडोलका बासिन्दाले फोहोर फाल्न नदिएपछि प्रदूषित बनेको राजधानी सहर सोमबारदेखि सफा हुने भएको छ । आइतबार स्थानीय बासिन्दा र महानगरका पदाधिकारीबीच भएको वार्तामा १५ दिनभित्र समस्या समाधान गर्ने सहमति भएपछि सोमबारदेखि फोहोर उठाउने र फाल्ने काम सहज हुने भएको हो । फोहोरका कारण विगत केही दिनयता राजधानी निकै प्रदूषित बन्यो । असार १० गतेयता घरघरबाट फोहोर नउठ्ने र सडकमा थुप्रिएको फोहोर पनि उठ्न छाडेको थियो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रशासकीय प्रमुख, नगर प्रहरीका डीएसपी, सम्बन्धित तीन वडाका अध्यक्ष तथा स्थानीय सङ्घर्ष समितिका सदस्यसहित आइतबार दिनभर चलेको वार्तामा तीनबँुदे सहमति भएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १५ दिनभित्र समस्या समाधान गर्न समिति गठन गर्ने र प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिनेसम्बन्धी सहमति भएको हो । “फोहोरले मानिसको स्वास्थ्यमा असर पुग्यो, खेती भएन, घरपालुवा जनावर मरे, त्यसैले प्रभावित क्षेत्र आसपासका सबै निजी जमिन किनिदिनु पर्यो” भन्ने लगायतका माग स्थानीयले राखेको उनले जानकारी दिए ।

सङ्घर्ष समितिका सल्लाहकार ज्ञानेन्द्रप्रसाद गजुरेलले आफूहरूले राखेको १५ बुँदे मागको सम्बन्धमा महानगर सकारात्मक देखिएपछि फोहोर फाल्न दिने सहमति गरेको बताए । सहमतिअनुसार प्रशासकीय प्रमुखको अध्यक्षतामा वातावरण व्यवस्थापन विभाग प्रमुख, प्रभावित तीनवटा वडाका अध्यक्ष र स्थानीयको सहभागिता रहेको समिति आइतबार नै गठन भएको छ ।

अफगानिस्तानसँग आयरल्याण्ड १२६ रनले पराजित

काठमाडौं, जेठ । आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान विजयी भएको छ । मंगलबार राति भएको खेलमा आयरल्याण्डलाई १२६ रनले हराउँदै अफगानिस्तान विजयी भएको हो । ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टिम आयरल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले सर्बाधिक ५०, ग्यारी विल्सनले ३४, एन्डी बलर्बिनीले २०, कप्तान विलियम प्रोटरफिल्डले १९, बेरी म्याकरोथीले १८ र केभिन ओब्रायनले १२ रन बनाए ।बलिङमा अफगानिस्तानका कप्तान कुलबिन्दन नाइबले ९.२ ओभरमा ४६ रन दिएर ६ विकेट लिए । यस्तै, रहमत शाह, अफ्ताब आलम र दवाल्ट जर्दानले १–१ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि ओपनर मोहम्मद सजादले १४ चौकाको मद्दतमा ८८ बलमा १०६ रन बनाए । यस्तै, रहमत शाहले ६२, हसमुतुल्लाह साहिदीले ४७, अश्गर अफगानले १४ र नजिबुल्लाह जर्दानले ३ छक्का र ७ चौकाको सहयोगमा नट आउट ६० रनको योगदान दिए । बलिङमा आयरल्याण्डका मार्क अदिरले ३, एन्डी म्याकर्बिनले ३, ब्वोइड र्याकिंन र पउल स्टर्लिङले १–१ विकेट लिए । पहिलो खेलमा अफगानिस्तानका ब्याट्सम्यान नचल्दा आयरल्याण्डले ७२ रनको फराकिलो जीत निकालेको थियो । अफगानिस्तान मे ३० देखि हुने विश्वकप क्रिकेटमा पनि सहभागिता जनाउँदै छ ।   

कामीरिता हप्ता दिनमै २ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं, जेठ ७ । केही दिनअघि मात्रै बनाएको आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका छन्। शेर्पाले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। एजेन्सीले हामीलाई खबर गरिसकेको छ, एजेन्सीले हामीलाई आधिकारिक चिठी दिएको छैनु, उनले भनिन् । गत बुधबार उनले २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन्। कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष राखेका छन्।

‘घर’ को पोस्टरको फस्टलुक सार्वजनिक, प्रदर्शन मितिको घोषणा

काठमाडौं, जेठ ३ । भर्सटायल अभिनेता अर्पण थापा निर्देशित हरर चलचित्र ‘घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक थापा स्वयंको प्रमुख भूमिका रहेको फिल्म आगामी साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माता मध्येका एक दीपेन्द्र के. खनालले जानकारी दिएका छन् । निर्माण टिमले प्रदर्शन मितिसँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री सुरक्षा पन्त मात्र फिचर्ड छिन् । उनलाई डरलाग्दो रुपमा देख्न सकिन्छ । २० दिनमा छायांकन सकिएको फिल्मलाई शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् । यसअघि उनले ‘लभ लभ लभ’ र ‘चंगा चेट’ निर्माण गरिसकेकी छन् । उनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘आमा’ हो, जसलार्ई दीपेन्द्र के। खनालले निर्देशन गर्दैछन । ‘घर’ को कथा निर्देशक थापा स्वयंको हो । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छन् । उनले यसअघि हरर जनराकै फिल्म ुसुनकेशरीु बनाएका थिए । नेपालमा विरलै बन्ने र चल्ने हरर जनराको फिल्ममा लगातार जोखिम मोलिरहेका अर्पणले ‘घर’ बाट निकै ठूलो आशा बोकेका छन् । अभिनेत्री बेनिशा हमालको पनि प्रमुख भूमिका रहेको फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनालको पनि फिल्ममा अभिनय छ । यसमा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् ।

स्कटल्याण्डद्वारा अफगानिस्तानलाई ३२६ रनको लक्ष्य

काठमाडौं, वैशाख २७ । अफगानिस्तान विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा स्कटल्याण्डले ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२६ रन बनायो ।  उसका लागि कलुम म्याक्लओडले शतक प्रहार गरे । उनले एक छक्का र १० चौकाको मद्दतमा ८९ बलमा १०० रन बनाए । कप्तान केलिट कोइट्जरले ७९, म्थायु क्रसले ३२, रिची बर्गिन्टनले ३३, जर्जी मुन्सीले २० र क्रेग वाल्सेले २० रन बनाए । बलिङमा अफगानिस्तानका कप्तान गुल्बिन्दन नइबले ३, हमिद हसन र अफब आलमले २–२ विकेट लिए । आजको खेलमा स्टार खेलाडी राशिद खान, मोहम्मद नाबी र मुजिबउर रहमान छैनन् । उनीहरु आइपीएलका कारण टोलीमा नपरेको हुनसक्ने अनुमान गरिएको छ । अफगानिस्तानले ३० मेदेखि इंग्ल्याण्ड र वेल्समा हुने वान डे विश्वकपमा सहभागिता जनाउँदै छ ।  

नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा

काठमाडौं बैशाख १५ । नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ । यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् । गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’ बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् । ‘समावेशिताविनाको दिगो विकास भ्रम हो । त्यसको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बिआरआईको मर्म र भावना राष्ट्रसँगको एजेन्डासँग मेल खान्छ ।’ राष्ट्रपति भण्डारीले बिआरआई गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरको संवाहक बन्दै गएको भन्दै प्रशंसा गरिन् । उनले वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्‍याउन सक्ने बताइन् । नेपालमा जलविद्युत्को माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचुर सम्भावना भएको र त्यसले नेपालका छिमेकीलाई पनि हरित विकासमा ठूलो योगदान पुग्न सक्ने उनको भनाइ छ । प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बिआरआईसँग जोडिएको भन्दै राष्ट्रपतिले नेपालको सम्पर्क विस्तार र नेपालसँग विश्व बजारलाई एकीकरण गरी नेपालको आर्थिक रूपान्तमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । दोस्रो बिआरआई सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग छलफल गर्न पाउँछन् । ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै दोस्रो सम्मेलन शनिबार सकिएको छ । राष्ट्रपति भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । आइतबार राष्ट्रपति भण्डारीले चीनका विभिन्न पुरातात्विक महत्वका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

आइपीएलः हैदरावादद्वारा राजस्थानलाई १६१ रनको लक्ष्य

काठमाडौं, वैशाख १४ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनायो । उसका लागि मनिष पाण्डेले सर्बाधिक ३६ बलमा ६१, डेबिड वार्नरले ३२ बलमा ३७ रन बनाए । यस्तै, कप्तान केन विलियम्सनले १३, शाकिव अल हसनले ८, विजय शंकरले ९, ऋद्धिमान शाहले ५ रनको योगदान दिए । यस्तै, राशिद खानले नटआउट ८ बलमा १७ रन प्रहार गरे । बलिङमा राजस्थानका ओसेन थोमस, श्रेयस गोपाल, जयदेव उनदकट र बरुण अरुणले २–२ विकेट लिए । राजस्थान र हैदरावाबीच जारी आइपीएलमा यो दोस्रो खेल हो । पहिलो खेलमा २९ मार्चमा हैदरावादले राजस्थानलाई ५ विकेटले पराजित गरेको थियो । हालसम्म आइपीएलमा यी दुई टिमबीच १० पटक भिडन्त भएको छ । जसमा ६ मा हैदरावाद र ४ खेलमा मात्र राजस्थानले जीत निकालेको छ । राजस्थानले ४ वर्षयता हैदरावादलाई हराउन सकेको छैन । हैदरावादविरुद्ध राजस्थानले अन्तिम पटक १६ अप्रिल सन् २०१५ मा जीत हासिल गरेको थियो । राजस्थानलाई आजको खेल जित्नैपर्ने दबाब छ । यदि राजस्थान यो खेलमा पराजित भए प्लेअफमा पुग्ने सम्भावना समाप्त हुनेछ । यता हैदरावादलाई पनि प्लेअफमा पुग्नुपर्ने चुनौती छ । अंक तालिकामा हैदारावाद १४ अंकका साथ पाँचौ र राजस्थान ८ अंक बटुल्दै सातौं स्थानमा छ ।

आइपीएलको बिचमै को–को खेलाडी फर्किदै छन् स्वदेश?

काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण विगतजस्तो रामोञ्च नहुने भएको छ । यसको प्रमुख कारण हो वान डे विश्वकप । विश्वकपमा लागि अधिकांश विदशी खेलाडी स्वदेश फर्किने भएपछि यो पटकको आइपीएल रोमाञ्च केही फिक्का हुने भएको हो । ३० मेदेखि शुरु हुने विश्वकप खेल्नका लागि लगभग १८ विदेशी खेलाडी आइपीएलको बिचमै स्वदेश फिर्ता हुने पक्का जस्तै भएको छ । यद्यपि, वेस्ट इन्डिजका खेलाडी भने आइपीएलको बिचमै स्वदेश फिर्ता हुने संकेत देखिएको छैन । ८ टिमका कुन–कुन खेलाडी खेलाडी हुन्, जो आइपीएलको बिचमै स्वदेश फर्किदै छन्– चेन्नई सुपर किंग्सः फाफ डू प्लेसिस, इमरान ताहिर दिल्ली क्यापिटल्सः कागिसो रबाडा मुम्बई इन्डियन्सः जोसन बेहरेनड्रफ, क्विन्टन डी कक सनराइनजर्स हैदराबादः केन विलियसम्सन, डेविड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन, किंग्स इलाभेन पन्जावः डेविड मिलर कोलकाता नाइट राइडर्सः जो डेनली रोयल च्यालेन्जर्स बैंग्लोरः डेल स्टेन, मोइन अली, मार्कस स्टोइनिस राजस्थान रोयल्सः जोस बटलर, स्टीव स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर

बजारमा आयो सिजीका फ्यान र कुलर

काठमाडौं, वैशाख १२ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालैमात्र बजारमा ल्याएको छ। फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन् । सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउँदा आवाज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले तपाईले यसलाई सजिलै चलाउन सकिने छ । अरु टेबल, वाल र अलपर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ । एसीको आनन्द सस्तो दाममा लिन अब सिजीले विभिन्न मोडलहरु र तपाईकै बजेटमा कुलरहरु पनि ल्याएको छ । गर्मी मौसममा यसको प्रयोग गर्नाले तपाईहरुले आफ्नो स्वास्थ्य एवं मुल्य दुवैको जर्गेना गर्न सकिने छ । यो कुलरमा आईस च्याम्बर, पावर फुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा छानी छानी आकर्षक कुलरहरु घर ल्याउन सकिने छ । त्यसैले सिजीका फ्यानहरु र कुलरहरुको प्रयोग गरी कुल रहनुहोस् ।

विप्लव नेतृत्वको पार्टीका पोलिटब्युरो सदस्य राई भन्छनः ‘वार्ताको विकल्प छैन’

काठमाडौं बैशाख ०६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ ले सरकार र विद्रोही पक्षबीच वार्ताको तत्काल विकल्प नरहेको बताएका छन् । नेता राईले एउटा कम्युनिस्ट पार्टीले अर्कोलाई निषेध र प्रतिकार गर्ने कुराले अन्ततः कम्युनिस्ट पार्टी र आन्दोलनलाई नै समाप्त पार्ने धारणा राखे । पोलिटब्युरो सदस्य पदम राईसँग झिल्को डट कमले गरेको संक्षिप्त कुराकानी एउटा कम्युनिस्ट पार्टी सरकारमा छ अर्को यो राज्यसत्तालाई नै उल्ट्याउने भन्दै हतियारबन्द आन्दोलनमा छ । कस्तो अप्ठ्यारो स्थिति हो कि ? त्यही त । यो विडम्बनापूर्ण स्थिति हो । निषेध र प्रतिवादको राजनीतिले देश र जनताको हित गर्दैन । सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाएको छ । विप्लव नेतृत्वको पार्टीले पनि सशस्त्र संघर्षलाई तीब्र बनाएको छ । यसले कुन ठाउँमा पुर्याउला ? दुवै पक्षलाई कमजोर बनाउँछ । जनताले त विप्लव नेतृत्वको पार्टी पनि कम्युनिस्ट पार्टी र यो सरकारको नेतृत्व गरेको पार्टी पनि कम्युनिस्ट पार्टी नै भनेर बुझ्ने गरेका छन् । दुइटा कम्युनिस्ट पार्टी भिड्दा त कम्युनिस्ट भनेका त कस्ता नमिल्ने रहेछन भन्ने हुन्छ । देशमा कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकार छ । देश र जनताको पक्षमा अझै जीवनलाई उत्सर्ग गर्नुपर्छ भने पनि गर्ने ऊर्जाशील शक्ति सडकमा प्रतिरोध संघर्षमा छ । किरणको नेतृत्वको पार्टी फरक ढंगले संघर्ष गरिरहेको छ । नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंहको नेतृत्वको पार्टी पनि संघर्ष गरिरहेको छ । स्थापनाकालदेखि कम्युनिस्ट पार्टीले गरेका प्रतिबद्धतालाई एक ठाउँमा बसेर समाधान गर्नका लागि पहल गर्नुपर्ने बेलामा निषेध र प्रतिकारको लडाईंले कहाँ पुर्याउँछ रु यसमा अब घोत्लिनु पर्दैन ? विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई अहिले सरकारले प्रतिबन्ध लगाएको छ । विप्लव पक्षले पनि कडा प्रतिरोध गरिरहेको बेलामा तपाईंले वार्ताको सम्भावना देख्नुहुन्छ ? यी दुईबीच वार्ताको विकल्प नै छैन । सरकारले ढोकामा बन्दुक राखेर, आतंककारी भनेर वार्तामा आइज भन्ने र विद्रोही पक्षले पनि वार्ताको निरपेक्ष विरोध गर्ने कुरा सही होइन । सरकार बढी जिम्मेवार हुनुपर्छ । कम्युनिस्ट नेतृत्वको सरकारले हिजो आफैंले उठाएका अजेण्डाको कार्यान्वयनका लागि लागेको अर्को कम्युनिस्ट पार्टीलाई सिध्याउँछु भनेर लाग्नु हुँदैन । विद्रोही पक्षले पनि आफ्ना अजेण्डालाई जनताका बीचमा लानुपर्छ । निरपेक्ष सशस्त्र संघर्षको नीतिलाई अङ्गालिराख्नु हुँदैन । यतिवेला देशमा द्वन्द्व भड्किदा धेरै ठूलो क्षति पुग्छ । २००६ सालमा स्थापना भएर निरन्तर ७० वर्ष लडेर नेपाली जनताको विश्वास प्राप्त गरेका कम्युनिस्टहरुले आफ्नो अजेण्डाको कार्यान्वयन गर्ने बेलामा आपसमा लडेर आफै सिद्धिने कार्य गर्नु हुँदैन । त्यसैले सरकार र विद्रोही पक्ष संयम र धैर्य भएर लाग्नुपर्छ । यसबारेमा पार्टीमा कुरा हुँदैन ? भई नै रहेको छ । सरकारले लड्न खोजेको हो भने देखाइदिने हो, आत्मसमर्पण गर्नुभन्दा बरु लडेर खरानी हुने हो, खरानीबाट फेरि अर्को विद्रोह जन्मन्छ भन्ने कतिपय साथीहरुको धारणा छ । मेरो भनाइ यसरी सोंच्नु भएन भन्ने हो । यसैमा छलफल भइरहेको छ । हामीले दश वर्ष सशस्त्र संघर्षको नेतृत्व गरेकै हो । हामीले के कमायौं के गुमायौं रु यसको समीक्षा नगरी सार्थक निश्कर्षमा पुग्न सम्भव छैन । भलै केही समय संघर्षलाई निरन्तरता दिउँला, राम्रै पनि बन्ला तर जित्ने अवस्था छैन । विगतको सशस्त्र संघर्षले धेरै प्राप्त गरेको होइन र ? राजनीतिक रुपमा केही उपलब्धि भएको हो । तर, आमजनताको जीवनमा हामीले कहाँ नेर सुधार ल्यायौं त रु यसबारेमा अलग्गै बहसमा जान सकिन्छ, मैले भने हामी नेपालमा क्रियाशील विभिन्न घटकका कम्युनिस्टहरुले जुन जुन बाटो लियौं त्यसका सकारात्मक, नकारात्मक पक्षहरु छन्, सबै बसेर समीक्षा गरेर देश र जनताको पक्षमा काम गरौं ! समाजवादी अवधारणालाई मान्ने कम्युनिष्ट वाहेकका पक्षलाई पनि सहकार्यका लागि हात बढाऔं ! विप्लव नेतृत्वको माओवादीलाई मूलधारको राजनीतिमा आउनका लागि सरकारले बोलाएकै छ त ? मिलेर जान सकिदैंन ? मूलधार केलाई भन्ने ? कम्युनिस्ट भनेको साम्यवाद होला । अहिलेको नेपालको प्रणाली भनेको संसदीय हो । यो कसरी कम्युनिस्टको मूलधार हुनसक्छ ? प्रचण्डसहितका एकथरि नेतालाई मूलधारमा ल्याइयो भनियो तर सबै खोईं आए ? विप्लव वाहिर छन् । किरण वाहिर नै छन् । भोलि विप्लवको नेतृत्वलाई अहिले भनिएको मूल धारमा ल्याइएला अर्का विप्लव खडा हुन्छन । यसको दीर्घकालीन हल खोजिनुपर्यो भन्ने मेरो कुरा हो । मैले अघि नै भने विभिन्न घटकहरु एक ठाउँमा बसौं, नेपाल र नेपालीलाई केन्द्रमा राखेर समग्र विश्व र नेपालको ७० वर्षको कम्युनिस्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढौं ! यसमा किरण, नारायणमान बिजुक्छे, सीपी मैनाली, मोहन बिक्रम सिंह र यसमा डा। बाबुराम भट्टराईसहित हामी बसेर दीर्घकालीन र अल्पकालीन योजना बनाएर अगाडि बढौं ! हामीले सशस्त्र संघर्षको नेतृत्व गरेर आयौं दश वर्ष । बलिदानीपूर्ण संघर्ष गरे पनि हेर्नुस न आज एकथरि नेता अर्कै वर्गमा पुगेका छन् । साम्यवादमा पुग्ने लक्ष्य लिएर १७ हजारको बलिदान भएकोमा सहयोद्धालाई समेत न्याय दिन सकेका छैनौं । एकथरि नेता तथा कार्यकर्ताहरु नै आज चरम आर्थिक संकटमा छन् । आम जनतालाई न्याय दिने कुरा धेरै टाढाको कुरा । अनि संसदीय प्रक्रियाबाट मुक्ति दिने भन्ने नेताले पनि आमजनतालाई के गरे खोई ? कतिपय नेता तथा कार्यकर्ता गैरकानुनी घोटालामा परेको देखियो । नेपाली जनताले कम्युनिस्टलाई अगाध माया गरेका छन्, फरक फरक कोण र विश्लेषणमा हामी विभिन्न भङ्गालामा बाँडिएका छौं, सक्छौं एउटै धार बनाएर जाऔं नसके पनि एउटा योजना बनाएर देश र जनताको पक्षमा लागौं ! निषेध र प्रतिरोधको बाटोमा नलागौं १ ७० वर्ष लागेर निर्माण गरेको, जनताले अगाध विश्वास लिएको यो शक्ति हाम्रै पालामा तासको घर जस्तै ढल्नसक्छ । अहिले सरकारले हाम्रो पार्टीलाई निषेध गर्ने र हामीले पनि यसका विरुद्ध प्रतिवाद गर्ने कुराले अन्ततः कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुग्छ । तत्काल दुई पक्ष वार्तामा बस्नुपर्छ र देश र जनताको पक्षमा सहकार्य गरेर अगाडि बढ्नुको अहिले विकल्प छैन । झिल्कोबाट

भीमदत्तले झिलमिला तालको गुरु योजना बनाउँदै

महेन्द्रनगर, बैशाख ६ । भीमदत्त नगरपालिकाले झिलमिला तालको व्यवस्थित पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा गुरुस योजना बनाउने भएको छ । गुरु योजना निर्माणका लागि यसवर्ष १५ लाख बजेट विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका वडा नं.९ को चुरे क्षेत्रमा पर्ने ताल धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मान्ने गरिएको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले तालको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउन लागेका हुन् । नगर प्रमुख विष्टले तालको व्यवस्थित र योजनाबद्ध पर्यटन विकासका लागि गुरु योजना बनाउन लागिएको बताए । ‘तालको व्यवस्थित र योजनाबद्ध विकास तथा पर्यटन प्रवद्र्धनका लागि गुरु योजना बनाउन १५ लाख बजेट विनियोजन गरिएको छ’ उनले भने, ‘यसवर्ष गुरुयोजना बनाउँछौ ।’ अव्यवस्थित पूर्वाधार निर्माणले तालको प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वलाई आँच आउने भएकाले योजनाबद्ध विकासका लागि गुरु योजना आवश्यक भएको उनले जनाए । ‘ताल क्षेत्र वरिपरि पूर्वाधार नबनाउँदा राम्रो छ, तल ताराकोट वा आशपास क्षेत्रमा संरचना बनाएर जानु पर्छ’ उनले भने, ‘कुन संरचना कहाँ बनाउने हो, कुन ठाउँमा पूर्वाधार बनाउने हो, सबै कुराको यकिन गुरु योजनामा हुन्छ’ उनले भने । भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरिएका छन् । भ्रमण वर्षलाई मध्यनजर गरी गत महिना शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो । अहिले सवारीबाट झिलमिला तालसम्म पुग्ने गरी बाटो निर्माण गरिएको छ । मटेनाबाट ताराकोटसम्म सवारी प्रयोग गरी पुग्न सकिन्छ । ताराकोटबाट पदमार्ग भएर ९ मिटर दुरी पार गरी तालमा पुग्न सकिन्छ । मटेनाबाट चार किलोमिटर पक्की र बाँकी सडकको ट्रयाक खोलिएको छ । नगर प्रमुख विष्टले आगामी वर्षमा ताराकोटसम्म पक्की बाटो पुग्ने बताए । तारकोटसम्म सडक निर्माण भएपछि दैनिकरुपमा एक सय हाराहारीमा दर्शनार्थी पर्यटक ताल क्षेत्रमा पुग्ने गरेको भीनपा वडा नं.९ का अध्यक्ष राम नाथले बताए । १८ मिटर गहिरो तालको दैनिक रङ्ग फेरिने, चारैतिर घना जङ्गल भएर पनि तालमा पात नदेखिने, पानी सधैं एक नाशको रहने तथा माछाको । स्थिर आकारका कारण अचम्मको मान्ने गरिएको छ । ब्रह्मदेबबाट झिलमिलातालसम्म केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भई रहेको छ । ताराकोटमा भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । नगरपालिकाले ताराकोटमा पिकनिक स्पट, धर्मशाला लगायतका पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको छ । केही महिनाअघि पूर्व उद्योगमन्त्री कर्ण थापाले नेताहरु सहित तालको अवलोकन भ्रमण गरेका थिए ।

राजधानीमा चलिरहेको गाडीमाथि अचानक आक्रमण हुँदा १४ जना मारिए

काठमाडौं, वैशाख ५ । राजधानीमा भर्खरै भएको आक्रमणमा १४ जनाको हत्या भएको छ । गाडीमा सवार १४ जनाको हत्या गरिएको हो । पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटाको मकरान कोस्टल राजमार्गमा गाडी रोकेर एक जना आक्रमणकारीले गोली चलाउँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा केही दिन पहिले भएको आक्रमणमा २० जना भन्दा धेरैको ज्यान गएको थियो भने ४८ भन्दा धेरै गम्भीर घाइते भएका थिए । ती आक्रमणकारीले चलिरहेको गाडीलाई रोकेर नाम सोधपुछ गरेर अनी गोली चलाएको बताइएको छ । मृतकहरुको शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा पठाइएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । चीनको यस्तो कठोर धम्कीपछि अमेरिकामा हलचल, विश्व राजनीतिमै खैलाबैला अमेरिका र चीनबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । लामो समय देखि पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका संस्थापक मसुद अजहरलाई विश्वव्यापी रुपमा आतंकवादी घोषणा गर्ने भारतीय प्रयासलाई विफल पार्न चीन सफल भएको छ । भारत, अमेरिका, फ्रान्स लगायतका केही देशहरुले मसुदलाई विश्वव्यापी रुपमा नै आतंकवादी घोषणा गर्नुपर्ने जनाउँदै आएका छन् । भारतले लगातार तीन पटक भन्दा धेरै पटक अनुरोध गर्दा पनि चीनले यो प्रयासलाई विफल पारिदिएको छ । चीनमा मस्लिम समुदायहरुमाथि चीन सरकारले दबाब दिने गरेको आरोप लाग्ने गरेको छ । यदी चीन मजुदको विपक्षमा गायो भने पाकिस्तानमा यस्तै खालको आक्रमण हुन्छ भन्ने डरले चीनले बचाउँदै आएको कतिपयको विश्लेषण रहेको छ । अर्को तिर चीनले सबै पक्षको सम्मान गर्ने भएका हुनाले अहिले अध्यन गरिरहेको छ उचित प्रमाण भेटिएको खण्डमा सहमत हुने जनाएको छ । चीनले अमेरिकालाई यो पनि भनेको छ कि अब मसुदलाई विश्वव्यापी रुपमा नै आतंककारी घोषणा गर्ने कुरामा बल प्रयोग नगर्न धम्की दिएको छ । चीनका अनुसार उ अहिले मसुदबारे अध्ययन गरिरहेको छ, त्यसैले अहिले तत्काल उ मसुद अजरलाई विश्वमा नै आतंककारी मानने कुरामा सहमत छैन । एजेन्सी

एनआईसी बैंकको प्रशंसा गरेका नबिलका सिईओ शाहले भने, ‘कारबाही भोग्न तयार छु’

काठमाडौं, बैशाख ४ । नबिल बैंक लिमिटेडका सिईओ अनिल केशरी शाहले नबिल बैंकले ल्याएको ‘नारी निक्षेप र कर्जा अफर’ कार्यक्रममा आफ्नो प्रतिस्पर्धी बैंक एनआइसी एसिया रहेको बताएका थिए । त्यतिमा नै उनले आफ्नो कुरा सिमित राखेनन् । एनआईसी एसिया बैंकको प्रशंसा गर्दै उनले पछिल्लो समय त्यो बैंकले ठूलो फड्को मारेको बताएका थिए । उनले भनेका थिए ‘नढाँटी भन्दा अबको हाम्रो मुख्य प्रतिस्पर्धा नै एनआईसी एशिया बैंकसँग हो । एनआईसी एशियाले मैले समेत नसोचेको कुरा गरेर देखाइदियो । उसको प्रगति अनुकरणीय र प्रशंसनीय छ ।’ अनिलको भनाई एनआईसी एसिया बैंकले पछिल्लो समय आफ्नो शाखा विस्तार गरी खुद्रा व्यापार र साना तथा मझौला व्यवसायी उन्मुख भएको र यो ठूलो उपलब्धि रहेको भन्ने थियो। उनले भनेका थिए, ‘नेपालमा यो क्षेत्र ठूलो छ र एनआईसीले यसमा हात अघि बढाएकोले यो काम अनुकरणीर छ।’ यति कुरा गरेका अनिल केशरी शाह विवादमा तानिए। एक बैंकको सिईओ रहेर अर्को बैंकको प्रशंसा गर्ने भन्ने विषयले चर्चा समेत पायो । पछिल्लो समय उनलाई सञ्चालक समितिले स्पष्टिकरण समेत लिएको छ । सञ्चालक समितिका सदस्यहरुले समितिको बैठकमा उनलाई बोलाएरै एनआईसी एसियाको बारेमा बोलेका कुराहरुको बारेमा सोधेका थिए । सञ्चालक समितिका एक सदस्यका अनुसार शाहले बैंकलाई नै धक्का पुग्ने गरी नकारात्मक कुरा बोलेको भन्दै समितिको बैठकमा आलोचना भएको थियो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रहेको व्यक्तिको जिम्मेवारी के हुने, के नहुने भन्ने कुरा पनि उनलाई सोधिएको थियो । सञ्चालक समिति सदस्यहरुको कुरामा कुनै प्रतिक्रिया नजनाई सबैको कुरा सुनेरै लामो समयसम्म शाह मौन बसेका थिए । बरु सदस्यहरुले बोल्न छोडेपछि उनले राम्रो तरिकाले आफ्नो कुरा प्रष्ट्याए । उनले उक्त बैठकमा भनेका थिए, ‘आफूलाई विवादमा नै पार्ने अभिप्रायले त्यस्तो अभिव्यक्ति दिएको होइन । पछिल्लो समयको राइजिङ बैंक एनआईसी रहेको आशयले त्यो कुरा बताएको हुँ । एनआईसी बैंक पनि आफ्नो प्रतिष्पर्धी हुन सक्छ, भनेको हुँ ।’ यति कुरा गरेपछि उक्त बैठकमा सञ्चालकहरुको तर्फबाट मिडियामा बोल्दा विचार गरेर बोल्नुपर्ने भन्दै अरु बैंकहरुले यसको फाइदा लिन सक्ने भन्दै उनलाई सचेत गराइएको थियो । बैंकको कार्यकारी अधिकृत भएपछि हरेक शब्दमा ध्यान दिनुपर्ने सञ्चालकहरुको भनाई थियो । उक्त प्रशंगमा शाह अलि चर्किएका थिए । शाहले भनेका थिए, ‘आफूले कुनै अप्ठ्यारो पार्ने हिसावले अभिव्यक्ति नदिएकाले यसमा कारबाही नै हुन्छ भने पनि भोग्न तयार छु ।’ यति भनेपछि सबै जना मुखामुख गरेर मिटिङ सकिएको ति सञ्चालकले बताए। तर शाहलाई कारबाही भने भएको छैन । कस्तो छ नबिल र एनआईसी एशियाको सुचांक ? पछिल्लो समय आक्रामक रुपमा अगाडि बढेको एनआईसी एशियाले देशभर दुई सय ८१ वटा शाखा स्थापना गरिसकेको छ, जसबाट अग्रणी बाणिज्य बैंकहरूमाथि पनि दबाब परेको छ । नबिल बैंकका अहिलेसम्म देशभर ७५ वटामात्रै शाखा रहेका छन् । चुक्ता पुँजी पनि दुबै बैंकको ८ अर्ब हाराहारीमा रहेको छ। त्यस्तै पछिल्लो समय एनआईसी एशियाले आफ्नो फण्ड बिक्री गरेर केही रकम बढाएको छ । मुनाफाको कुरा गर्ने हो भने चालू आर्थिक वर्षको हालसम्म नबिल बैंकले २ अर्ब ४ करोड पुर्याएको छ भने एनआईसी एसियाले १ अर्ब ५० करोड बनाएको छ। व्यापक रुपमा शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणको निक्षेप संकलमा ध्यान दिएको एनआईसी एसियाको चालू वर्षको हालसम्मको निक्षेप १ खर्ब ७० अर्ब रहेको छ। जबकी नबिल बैंकको निक्षेप १ खर्ब ५६ अर्ब मात्रै पुगेको छ। कर्जा लगानीमा पनि एनआईसी नै केही अगाडि देखिएको छ। चालू वर्षको हालसम्म एनआईसीको कर्जा लगानी हालसम्म १ खर्ब ५० अर्बको हाराहारी रहेको छ भने नबिलले १ खर्ब ३० अर्ब मात्रै कर्जा प्रवाह गरेको छ।

नख्खु बमकाण्डका मुख्य योजनाकार पक्राउ

काठमाडौं, बैशाख ०३ । प्रहरीले ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो । अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो । २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझैं फरार रहेका छन् । यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले बताए । सो विस्फोटमा परी ३ जना घाइते भएका थिए ।

पोखराको लेकसाइडस्थित एक होटल जबर्जस्ती करणीको अभियोगमा ४ पक्राउ

पोखरा, वैशाख ३ । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । रासस

विश्वकपः यस्तो छ २०१९ का लागि भारतीय क्रिकेट टिम

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टिमको घोषणा भएको छ । सोमबार बीसीसीआईको मुख्यालय मुम्बईमा वेल्स र इंग्ल्याण्डमा हुने विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको हो । केएल राहुल, दिनेश कार्तिक, विजय शंकर र रवीन्द्र जडेजा १५ सदस्यीय टिममा पर्दा ऋषभ पन्त र अम्बाती रायुडु भने टोलीमा अटाएनन् । यस्तो छ भारतीय टोली विराट कोहली (कप्तान) रोहित शर्मा (उप–कप्तान) शिखर धवन केएल राहुल विजय शंकर एमएस धोनी (विकेटकीपर) केदार जाधव दिनेश कार्तिक युजवेन्द्र चहल कुलदीप यादव भुवनेश्वर कुमार जसप्रित बुमराह हार्दिक पाण्ड्या रवीन्द्र जडेजा मोहम्मद शामी