जान्नुहोस्, नांगै सुत्नुका फाइदा

एजेन्सी । मानव जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ । सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन् –

१. हाइजेनिक हुन्छ–राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नांगै सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नांगै सुत्नुलाई हाइजेनिक मान्छन् ।

२. राती सहज रुपमा सुत्न सकिन्छ–तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नांगै सुत्नु आवस्यक छ ।

३. सेक्स डिजायर बढाउँछ–छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्सिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरिरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारिरिक आवस्यकता पनि बढाउँछ ।

४. अद्धित्तिय स्वतन्त्रता मिल्छ–नांगै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।

५. शरिरको तौल घटाउन मद्धत गर्छ–मोटो हुने मानिसहरु शरिरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, नांगै सुत्नाले पनि शरिरको तौल घट्छ । शरिरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो ।

यूएइको आठौं विकेट पतन, सुल्तान रनआउट (हेर्नुस् लाइभ)

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आठौं सफलता पाएको छ । सातौं किकेटका रुपमा सुल्तान अहमद आउट भए । उनी दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् । यसअघि, सन्दीप लामिछाने, अनिवाश बोहरा, सोमपाल कामीले समान दुईदुई र करण केसीले एक विकेट लिए । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।

सुन काण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

काठमाडौँ — सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो । कान्तिपुर दैनिकका अनुसार, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’ न्यायपरिषदले उच्च अदालत विराटनगरको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । उनले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछन् । यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौँ झिकाइएका थिए । जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयका बारेमा छानबिन गर्न पनि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी दिएको छ । भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेको हो । परिषद्ले सोमवारै सर्वोच्चका मुख्य रजिस्ट्रार राजनकुमार भट्टराईलाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । उनी सरकारी वकिल समूहबाट सचिव भई सर्वोच्चको मुख्य रजिस्ट्रारसम्म बनेका थिए । राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको छ । सेवा अवधि पुगेका कारण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट केशरीराज पण्डितले अवकाश पाएका थिए ।

राम्रो यौन स्वास्थ्यका लागि के खाने के नखाने ?

रोमाञ्चक डेट र क्याण्डल लाइट डिनरले मात्रै प्रेमसम्बन्ध सुमधुर बनाउँदैन। स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेमजीवनमा उत्तिकै भूमिका खेलेको हुन्छ। अनि प्रेमसम्बन्ध जति सुमधुर हुन्छ, यौनजीवनपनि उत्तिकै सन्तोषजनक हुने गर्दछ। फेरि कुनै जीवनपद्धति स्वस्थ भएपनि त्यसले यौनजीवनमा प्रतिकूल असर गरिरहेको हुन्छ। “खाना र यौनचाहना बीचको सम्बन्ध भनेको काल्पनिक विषय होइन।”, अमेरीकि यौनविशेषज्ञ सिन्थिया सास भन्छिन्- “निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौनजीवनमा मद्दत गर्ने खोजबाटै देखिएको छ।” कुनै पनि महिला या पुरुषको जीवनमा सकारात्मक प्रभाव पार्ने केही खानेकुरा यस प्रकार रहेका छन् : १. स्ट्रबेरी ‘स्ट्रबेरी सेक्सी हुन्छ।’ किन थाहा छ?महिला र पुरुष दुवैमा यौनको लागि चाहिने प्रमुख कुरा भनेको ‘सरल रक्तसञ्चार’ नै हो। अनि स्ट्रबेरीमा प्रशस्तै ‘एण्टिअक्सिडेण्ट’ पाइन्छ, जुन मुटुको स्वास्थ्यको लागि एकदमै अनुकूल प्रमाणित भएको छ। यो एण्टिअक्सिडेण्टले पुरुषहरूको शुक्रकीट उत्पादन क्षमतामा वृद्धि गर्ने खोजबाट देखिएको छ। २. एभोक्याडो यो सुपरफ्रूटमा प्रशस्तै भिटामिन-ई हुने गर्दछ, जसमा एण्टिअक्सिडेण्टको विशेषता हुन्छ। साथै यसमा पोटासियम र भिटामिन-बी६ पनि पाइन्छ, जसले मुटुरोगबाट सुरक्षा गर्दछ भने शरीरको रक्तसञ्चारमा पनि सुधार ल्याउँदछ। जुन कुराले तपाईँको मुटुलाई राम्रो गराउँछ, यो बुझ्नुहोस् कि त्यहि कुराले तपाईँको यौनचाहनालाई पनि असल फल दिइरहेको हुन्छ। एक खोजबाट के देखिएको छ भन्दा, जुन पुरुषमा मुटुसम्बन्धी समस्या हुन्छ, उसमा लिङ्ग उत्तेजना नहुने समस्या पनि देखिएको हुन्छ। किनभने यी दुवै समस्या रक्तनलीमा क्षतिको कारण हुने गर्दछ। ३. बदाम बदाममा जिङ्क, सेलेनियम र भिटामिन-ई पाइन्छ, जुन एकप्रकारको भिटामिन र खनीज पदार्थ हो र मानिसको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यको लागि यी पदार्थहरू फाइदाजनक सावित भएको छ। सेलेनियमले बाँझोपनाको समस्याबाट राहत दिन्छ भने भिटामिन-ई ले यौनचाहना बढाउँदछ। जिङ्क यस्तो खनीज पदार्थ हो जसले पुरुषहरूमा यौन हरमोनको विकास गराउँदछ। ४. शखरखण्डा शखरखण्डामा प्रशस्तै पोटासियम पाइन्छ, जसले उच्च रक्तचापसँग लड्न सक्ने क्षमतामा वृद्धि गर्दछ। खोजबाट के पनि देखिएको छ भन्दा उच्च रक्तचाप हुने पुरुष वा महिलाहरूमा बिस्तारै-बिस्तारै यौनचाहनामा ह्रास हुँदै आउँदछ। शखरखण्डमा ‘बेटा-क्यारोटिन’ पनि पाइन्छ, जसले शरीरमा भिटामिन-ए को आपूर्ती गर्दछ। भिटामिन-ए ले बाँझोपनाको समस्याबाट राहत दिने अनुमान गरिएको छ (प्रमाणित भैसकेको छैन)। ५. खर्बुजा गर्मी महिनामा सबैभन्दा मन पराइने यो ‘खर्बुजा’मा क्यालोरीको मात्रा सोँचेको भन्दा कम हुन्छ र यौन क्षमता वृद्धि गर्ने ‘फाइटोन्यूट्रियण्ट्स’ को मात्रा बढि हुन्छ। सन् २००८ मा अमेरीकाको टेक्ससमा भएको एक खोजबाट खर्बुजामा पाइने ‘लाइसोपिन’, ‘साइट्रुलिन’ र ‘बेटा-क्यारोटिन’ जस्ता फाइटोन्यूट्रियण्ट्सहरूले रक्तनली र मुटुमा आराम दिई यौनचाहनामा कुनै बाधा नपुर्याउने नतिजा देखिएको थियो। ६. समुद्री खाना समुद्री भोजन भन्ने बित्तिकै थुप्रै खानेकुरा आउँछन् । यस्ता खानेकुरामा पौष्टिक तत्वको प्रचुरता हुने र इनमा एन्टीअक्सिडेन्ट गुण हुने भएकाले यो भोजन यौन स्वास्थ्यका लागि उत्तम मानिन्छ । ७. अन्य यसका अतिरिक्त हरियो सागपात, त्यसमा पनि तोरी, अदुवा र महको सेवन पनि फाइदा जनक मानिन्छ । यसका अतिरिक्त गाजरले पनि स्नायुतन्त्रमा फाइदा पुग्ने भएकाले यसको सेवनले पनि योन् स्वास्थ्यमा निकै फाइदा पुग्ने गर्दछ । त्यस्तै चक्लेटलाई पनि राम्रो सेक्स स्टिमुलेंट मानिएको छ । त्यस्तै निम्न प्रकारका खानाले यौन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्छन् : १. मदिरा एक गिलास वाइनले अवश्य पनि हाम्रो थकान मेटाउन मद्दत गर्दछ र रोमाञ्चक डेटमा रोमान्टिक हुन पनि मद्दत गर्दछ। फेरि कुनै सामाजिक कार्यमा पनि अञ्जान व्यक्तिसँग बोल्नको लागि मदिराले अलिकति भएपनि हिम्मत प्रदान गर्दछ। तर वास्तवमा, मदिरापानले तपाईँको यौनजीवनमा एकदमै नराम्रो असर गरिरहेको हुन्छ। यसले यौनचाहनामा ह्रास ल्याउँदछ भने लिङ्ग उत्तेजनामा पनि समस्या ल्याउँदछ। साथै यसको मातमा अधिकांशले आफ्नो प्रेमसम्बन्धमा चिसोपना ल्याउन सक्ने खालको निर्णय गर्ने पनि पाइन्छ। २. मासुजन्य खाद्य पदार्थ हुन त मासुमा पनि प्रोटिन र जिङ्क पाइन्छ। तर यो भन्दा पनि बढि यसमा बोसो र कोलेस्ट्रोल हुन्छ। जसले मधुमेह, उच्च रक्तचाप अनि अन्य मुटुसम्बन्धी समस्या ल्याउन सक्दछ। अनि यस्ता समस्याले यौनजीवनमा बिस्तारै खल्लोपना ल्याउँदछ। ३. अन्य बोसोयुक्त खाना र जंकफुड फ्राइ गरेको खानेकुरा र धेरैजसो फास्टफुडहरूमा ‘खराब बोसो’ हुने गर्दछ, जसले मुटुमा नराम्रो प्रभाव पारी रक्तसञ्चारमा बाधा पुर्याउँदछ। यसलगायत फ्राइ गरेको आलु (फ्रेन्च फ्राइ) ले मधुमेह निम्त्याउन सक्ने सम्भावना बढाउँदछ, जुन पुरुष र महिला दुवैको लागि एकदमै हानिकारक तत्व हो। तर सिन्थिया सास भन्छिन्- “फ्राइ गरेको तेलले पनि फरक पार्दछ। धेरै चिल्लो पदार्थ भएको अनि कम छानिएको तेलले मुटुको समस्या ल्याउन सक्दछ भने वनस्पति तेलमा चिल्लो पदार्थ कमि हुन्छ, जसले खानालाई कम बोसोयुक्त बनाउँछ।” खानपानका अतिरिक्त तनाव, अनिद्रा र अवसाद जस्ता कुराले पनि यौन स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले सधैं प्रफुल्ल रहनु राम्रो मानिन्छ ।  

एकदिवसीय र टी–२० क्रिकेटः यूएईको टिम घोषणा, को–को छन् टोलीमा ?

काठमाडौं, पुष २६ । नेपालविरुद्धको तीन एकदिवसीयका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को क्रिकेट टोली घोषणा गरिएको छ । मोहम्मद नाभिदको कप्तानीमा यूएईले टोली घोषणा गरेको हो । यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई यो पटक कप्तान चयन गरेको छ । नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका हुन् । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई यूएईको बोर्डविरुद्ध बोलेको भन्दै निलम्बन गरिएको हो । जसका कारण तीनै खेलाडीले नेपालविरुद्धको सिरीज गुमाउने भएका छन् । नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ । जसका लागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ । यूएई टिममा को-को छन् ? हेर्नुस् मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान (उपकप्तान),जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सीपीरिजवान, चिराग सुरी, मोहम्मद बुटा, शमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात

म्यान्चेस्टर सिटीद्वारा गाेलकाे वर्षा, आल्बियोन पराजित

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल अन्तरमा विजयी भयो । सिटीका लागि ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले चार गोल गरे ।  यसैगरी केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले एक एक गोल गरे । जितसँगै म्यान सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा निश्चित पारेको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन बुर्टनको मैदानमा हुनेछ । बुर्टन आल्बियोन इंग्लीश फुटबलको तेस्रो श्रेणीको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ । लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा टोटनह्याम हट्सपर र चेल्सी भिड्दैछन् । पहिलो लेगमा टोटनह्यामले १–० को अग्रता लिएको छ । 

एक दिवसीय र टी–ट्वान्टी सिरिजः बन्द प्रशिक्षण शुरु, को–को खेलाडी प्रशिक्षणमा ?

काठमाडौं, पुष २५ । संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् । त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् । बुधबार पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले जानकारी दिए । उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए । कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन् । केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ । युएईमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ । युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ । नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।

यो वर्षको आइपीएल मार्च २३ देखि, प्रतियोगिता भारतमै हुने

दिल्ली, पुष २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी संस्करण मार्च २३ तारिखबाट भारतमै हुने भएको छ । इन्डीयन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार प्रेस विज्ञप्तिमार्फत आईपीएलको मिति सार्वजनिक गरेको हो । बीसीसीआईले आईपीएल भारतमै आयोजना गर्ने पनि निश्चित गरेको छ । यसअघि पूर्वघोषित आम निर्वाचनको मितीसँग जुध्ने भएका कारण आईपीएल फेरि भारत बाहिर हुने सम्भावना बढेको थियो । भारतमा आगामी अप्रिल र मेमा आम निर्वाचन हुने जनाइएको छ । यस अघि सन् २००९ र २०१४ मा आम निर्वाचनसँग मिती जुध्दा आइपीएल क्रमसः दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको थियो । बीसीसीआईले राज्य र संघिय सरकारका अधिकारीसँग छलफल गरी प्रतियोगिता मार्चमा भारतमै आयोजना गर्ने निर्णय गरिएको जनाएको छ। बीसीसीआईले आईपीएलको नयाँ मिती र हुने स्थानको बारेमा प्रतियोगितामा सहभागी हुने सबै टोलीहरूबाट मञ्जुरी समेत प्राप्त भईसकेको जनाएको छ । आईपीएलको यो संस्करणमा पनि नेपाली स्पिन स्टार सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।

उद्योग मन्त्रीको घोषणाः निर्यातजन्य उद्योगलाई सहुलियत दिइने

काठमाडौं, पुष २२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताएका छन् । तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औं वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै विद्यमान व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग तथा निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताए । मन्त्री, कर्मचारी र व्यापारीलाई जनताले सकारात्मक दृष्टिकोणले हेर्न छाडेको बताउँदै उनले भने, “हामी जो जहाँ छौँ, सोही स्थानबाट देशको विकास र समृद्धिका लागि प्रण गरौं, देश बने सबैले सुख पाउछौँ ।” मन्त्री यादवले उद्योगी तथा व्यवसायीले सरकारसँग विभिन्न सहुलियत माग्ने तर जनतालाई सेवा र सुविधा दिन नसक्ने गरेको आरोप लगाए । वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले कुन स्वदेशी उत्पादनको विदेशमा माग छ, त्यसको अध्ययन गरी बहुपक्षीय रणनीति बनाएर मात्र निर्यात वृद्धि गर्न सकिने बताउँदै भूपरिवेष्ठित देश भएका कारण वस्तु आयातमा ढुवानी खर्च बढ्ने गरेको जानकारी दिए । निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यात गृह निर्माणका लागि व्यवसायीको माग रहेको जानकारी गराए । रासस

बंगलादेश प्रिमियर लिगः सन्दीपले मौका पाए, चम्किएलान् डेब्यू खेलमा ?

काठमाडौं, पुष २२ । शनिबार देखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले टस हारेर ब्याटिङको निम्तो पाएको छ । आज सिक्सर्सले शाहितद अफ्रिदी, स्टीभ स्मिथ जस्ता चर्चित खेलाडी रहेको कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै छ । सन्दीपले पहिलो खेलमै मौका पाएका छन् ।

बीबीएलः सन्दीप नहुँदा मेलबर्न स्टार्सलाई जित निकाल्न कति कठिन ?

काठमाडौं, पुष २२ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा आज नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले पाँचौ खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १ बजे शुरु हुँदैछ । आज मेलबर्न स्टार्सले टस हारेर बलिङको निम्तो पाएको छ । यो खेलमा सन्दीप भने छैनन् । उनी आजदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा छन् । उनको खेल भोलि (आइतबार) हुँदैछ । बिग ब्यास लिगमा चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आठ विकेट लिएका सन्दीप बिनाको खेल आज मेलबर्नले जित्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ । आज बेलर्बनले सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरसँग खेल्दैछ । सन्दीपको टिमले पहिलो खेल सिड्नीसँग खेलेको थियो । उक्त खेलमा सन्दीपले २ विकेट लिए पनि टिमले भने जित्न सकेको थिएन । त्यो खेलमा लामिछानेले सिड्नीका कप्तान वाट्सनको विकेट लिएका थिए । मेलबर्न स्टार्स अंक तालिकामा पाँचौ र सिड्नी चौथो स्थानमा छन् ।

युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छः राष्ट्रपति भण्डारी

विराटनगर, पौष १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताएकी छन् । पूर्वाञ्चल विश्वविद्यालयको २५औं वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उनले मुलुकलाई अहिले चाहिने दक्ष जनशक्तिअनुसारको शिक्षा दिन विश्वविद्यालयले पाठ्यक्रममा सुधार गर्नुपर्ने बताए । राष्ट्रपति भण्डारीले ज्ञान र विज्ञानको केन्द्र रहेको विश्वविद्यालयलाई यहाँको उद्योग, कृषि र पर्यटन क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आफ्ना मापदण्ड, योजना र नीति बनाउन सुझाव दिँदै सम्भाव्यता उपयोग गर्न विश्वविद्यालयले शिक्षामा परिमार्जन गर्नुपर्ने बताइन् । उनले अहिलेको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्नसके देश र जनताका कल्याण हुने भन्दै पूर्वाञ्चल विश्वविद्यालयको भौतिक र शैक्षिक विकासमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिइन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाञ्चल विश्वविद्यालयसँग पर्याप्त पूर्वाधर भएको धनी संस्था हो भन्दै नेपाललाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको प्रयत्न निरन्तर अघि बढ्नुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृिद्धसँग जोड्न विश्वविद्यालयले सोच्नुपर्ने समय आएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दास र रजिष्ट्रार प्रमिला थापाले विश्वविद्यालयको गतिविधि तथा आगामी दिनमा सञ्चालन गर्ने शिक्षाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विश्वविद्यालयमा सहयोग पुर्याउने सेवा आयोगका प्रथम अध्यक्ष प्राध्यापक कृष्ण पोखरेल, प्रथम उपकुलपति ध्रुवनारायणलाई मरणोपरान्त, पूर्वउपकुपति तोरणबहादुर कार्की र विराटनगर नगरपालिकाका तत्कालीन प्रमुख अशोक कोइरालालाई सम्मान गरिएको थियो । रासस

नेपालले आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने

गोदावरी, पौष १७ । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताए । वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ । सङ्काय प्रमुख ढकालले भने, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ । उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ । रासस

९ दिनदेखि चार किशोर बेपत्ता

रत्ननगर, पुस १७ । नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दैआएका थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

चिनी विक्री नहुँदा गोदाममा थन्कियो

विराटनगर, पुस १६ । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ। सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए । “गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ”, उनले भने । प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भएपनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक सङ्घका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताउनुभयो । किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल रु ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल रु ५३१ निर्धारण गरेको थियो । चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् । सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रति बिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए । इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । उनले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भने । सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए । रासस

कप्तान खड्का भन्छन्, ‘अवसर पाए नेपालमा थुप्रै सन्दीप जन्मने छन्’

अस्ट्रेलिया । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अवसर पाए नेपालबाट थुप्रै सन्दीप लामिछाने जन्मने बताएका छन् । क्रिकेट प्रशिक्षण दिन अस्ट्रेलिया पुगेका कप्तान खड्काले नेपाली क्रिकेट क्षेत्रमा अथाह प्रतिभाहरूले अवसर खोजिरहेको बताए । खड्काले भने, ‘हामीसँग प्रतिभाको कुनै कमी छैन। अवसर पाए थुप्रै सन्दीपहरु अघि आउनेछन्।’ प्रशिक्षणमा खड्कासहित राष्ट्रिय टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय टेलीका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सहभागी छन् । पारससहितको टोलीले मेलामा सहभागी हुन आएका क्रिकेट प्रेमीहरूलाई प्रशिक्षण दिइरहेका हुन् । उनीहरूले अस्ट्रेलियाका चार सहरमा प्रशिक्षण दिने कार्यक्रम रहेकोमा मेलवर्नमा प्रशिक्षण सकिएको छ। यसैगरी पौष २१ र २२ गते सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा प्रशिक्षण कार्यक्रम हुँदैछ। ‘नेपाली क्रिकेट प्रवर्द्धनमा सँगसँगै’ नारालाई व्यवहारिक कार्यान्वयनका लागि मेला आयोजना गरेको एक्सपर्ट एजुकेशनका जनसम्पर्क व्यवस्थापक सुनोद श्रेष्ठले बताए।