आगलागीमा परी घाइते भएकी दलित महिलाको मृत्यु

खोटाङ । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

उपचारमा सुधार नआएपछि बिरामी रत्नमायाले हातको इसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको भतिजा एकराज सार्कीले बताउनुभयो । सार्कीलाई उपचारका लागि स्थानीय जनप्रतिनिधिको अगुवाइमा तत्कालै रु एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो ।

काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् । रासस

दीपिकाले घोषणा गरिन् अबदेखि ऐतिहासिक फिल्म खेल्दिनँ

बलिउड चलचित्र पद्मावतलाई लिएर भइरहेको विरोधका कारण चलचित्रका अधिकांश स्टारहरु हैरानीमा परेका छन् । करणी सेनाले विरोधमा प्रदर्शन गरेपछि फिल्मको रिलिज मिति १ डिसेम्बरबाट धकेलिएर २५ जनवरी पुगेको थियो । त्यसबीच पनि पद्मावतको विरोधमा हलहरुमा आगजनीसमेत भएको थियो । यति हंगामा भएपछि अब फिल्मकी हिरोइन दीपिका पादुकोणले कुनै पनि ऐतिहासिक फिल्ममा नखेल्ने बताएकी छिन् । एक कार्यक्रममा जब उनलाई अब यस्तै खालका फिल्म खेल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो भएपछि त अब कहिल्यै खेल्दिन ।’ उनले एतिहासिक पात्रका विषयमा विवाद हुने भन्दै त्यस्ता फिल्म नखेल्ने घोषणा गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जब फिल्मको सवैभन्दा मनपरेको सीनबारे प्रश्न गरियो तब उनले भनिन्,‘मलाई खिलाजी र रावलबीच भएको लडाइ मन परेको छ । मैले दुई मुख्य स्टार बीचको यस्तो एक्शन पहिले कहिल्यै देखेको थिइन ।’ दीपिकाले पद्मावतमाथि आफ्ना अविभावकको प्रतिक्रियाबारे पनि बताएकी छिन् । उनले भनिन्, ‘स्पेशल स्क्रीनिङपछि जब सुत्न गइरहेको थिए तव भिडियो कलमार्फत बामा ममीले भने, हामीलाई तिमीमाथि गर्व छ ।’ करणी सेनाको धम्की तथा विरोधपछि आफ्ना अविभावकलाले म सम्हालिने विश्वास गरेका थिए । एजेन्सीको सहयोगबाट

बालिका बलात्कारीलाई फाँसी दिने कानून ल्याइने

हरियाणा, माघ ६ । नेपालमा मात्रै होइन, पछिल्लो समय छिमेकी भारत लगायत बिभिन्न देशमा बलात्कार घट्ना बढ्दै गएका छन् । भारतको हरियाणामा यो विकराल समस्याका रुपमा आएको छ । हरियाणाका कतिपय शहरमा स–साना बालिकालाई समेत बलात्कार गरेका घटना बाहिर आएका छन् । चर्को आलोचना हुन थालेपछि हरियाणा सरकार कडा कदम चाल्न तयार भएको छ । हरियाणाका मुख्यमन्त्रि मनोहर लाल खट्टरले कडा कानून ल्याउने तयारी भइरहेको बताएका छन् । उनले भने, “१२ वर्षसम्मकी बालिकालाई बलात्कार गर्ने अपराधिलाई फाँसी दिने कानून ल्याउदैछौं ।” यसका साथै बलात्कार घट्नामा पीडितलाई छिटो न्याय दिन र दोषीलाई कारवाही गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्ने विषयमा पनि तयारी भइरहेको उनले बताएका छन् । उनले ‘बलात्कारका लागि कठोर सजाय’ को व्यवस्था गर्न लागिएको जनाएका छन् । हरियाणामा ७५ प्रतिशत घटनामा पीडितका नातेदार तथा नजिक व्यक्तिहरु नै संलग्न हुने गरेको पाइएको बताए । यसमा प्रहरी काम गरिरहेको र प्रहरीलाई काम गर्न सजिलो हुने गरी कानून बनाइने बताए । एजेन्सीहरु

सल्यानको सामान्य घटनालाई अतिरञ्जित गरियो, एमालेसँग विवाद छैन– रमेश मल्ल

सल्यान, मंसिर २० । सामान्य विवादलाई अतिरञ्जित गरी विभिन्न सञ्चारमाध्यममा आएका भ्रामक समाचारहरुप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ । साथै मतदातालाई प्रभावित गर्न खोजिएको भन्दै त्यसकाे खण्डन गरेको छ । सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा माओवादी केन्द्रद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका कर्णबहादुर बुढाथोकी नेतृत्वकाे एक समूह र वाम गठबन्धनका कार्यकर्ताबीच मंगलबार साँझ सामान्य विवाद भएको घटनालाई विभिन्न सञ्चारमाध्यमले बढाइचढाइ गरी प्रकाशन एवं प्रचारण गरेकाे समाचार सतप्रतिशत झूठो र भ्रामक भएको माओवादी केन्द्रका नेता रमेश मल्लले एभरेष्टदैनिकलाई बताए । ‘मंगलबार साँझ माओवादीबाट अलग भएका बुढाथोकी नेतृत्वकाे स्वतन्त्र समूहका केही व्यक्ति र वाम गठबन्धनका कार्यकर्ताबीच सामान्य विवाद भएको हो ।’, नेता मल्लले भने, ‘मतदानको मुखमा मतदातालाई प्रभावित गर्न र भ्रम सृजना गर्ने उदेश्यले गरिएका प्रचारको हामी जोडदार रुपमा खण्डन गर्दछौं । र यस्ता प्रचारकाेपछि नलाग्न सबैलाई आग्रह गर्दछु ।’ सल्यानमा मात्रै नभएर देशभर माओवादी केन्द्र र नेकपा एमालेबीच कुनै विवाद र असझदारी नरहेकाे परिस्थितिमा हुँदै नभएको घटना र माओवादीबाट अलग रहेका बुढाथोकीलाई उधृत गर्दै आएका समाचार प्रति मल्लले गहिरो खेद व्यक्त गरे । केही सञ्चार माध्यममा मौन अवधिमा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको समाचार छ । उक्त स्थानमा सांघाति आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले बताए भनिएको छ । आक्रमणमा परि माओवादी केन्द्रका स्थानीय नेता जीवनबहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएको झूठो र भ्रामक समाचार छ ।

यी हुन् सेक्सका बेला हुने पाँच परिवर्तन

मानव जीवनका लागि सेक्स अर्थात यौनसम्पर्क गर्नु महत्वपूर्ण कुरा हो । संसारमा सबैभन्दा धेरै लुकाइएको र खोजिएको विषय पनि सेक्स नै हो । यसकारण सेक्सका बारेमा धेरै मानिस जानकार छन् तर उनीहरू पूर्ण जानकार छैनन् । किनकी यौन अर्थात सेक्सबारे निरन्तर अध्ययन अनुशन्धान भइरहेको छ । अनुसन्धानकै क्रममा सेक्स थेरापिष्ट मास्टर्स एन्ड जोनसन्सले सेक्सका बेला मानव शरीरमा हुने चार परिर्वतनबारे नयाँ तथ्य सार्वजनिक गरेका छन् । जोनसन्सले यसलाई सेक्सुअल रिस्पोन्स साइकल नाम दिएका छन् । जानौं सेक्सका बेला पार गरिने चार अवस्थाः एक्साइटमेन्ट फेज यो फेज भनेको उत्तेजनाको अवस्था हो । यस अवस्था कुनै पनि समय शरीरको कुनै पनि भागमा, आधा–आधा मिनटमा सुरु हुन सक्छ । यसमा पुरुषको गोप्य अंग र महिलाको निप्पल्स इरेक्ट हुनसक्छ । त्यस्तै महिलामा फ्लूइड फ्लो हुन थाल्छ । महिलाको यौनांग, क्लिटरिस र ब्रेस्टको आकार पनि बढ्न थाल्छ । महिला, पुरुष दुवैमा ब्लड प्रेसर र मुटुको गति बढ्न थाल्छ । प्लेटो फेज यो अवस्थामा पुरुषको गोप्य अंग पूर्णरुपमा इरेक्ट हुन्छ । उसको टेस्टिस स्क्रोटमको दिशामा जान्छ । त्यस्तै महिलामा योनीको बाह्य र भित्री भाग फुल्नन थाल्छ । महिला र पुरुष दुवैको हात, तिघ्रा र हिप्सको मांसपेसीमा तनाव उत्पन्न हुन्छ । ओर्गज्म फेज चार वटै अवस्था मध्ये यो सबैभन्दा छोटो फेज हो । यो फेज केही सेकेन्ड मात्रै चल्छ । पुरुषमा उसको यूरेथ्रल बल्बमा फ्लूइड महसूस हुन्छ । त्यसपछि फ्लूइडले सिमेन डिस्चार्ज गरिदिन्छ र निजी अंगमा कन्ट्र्याक्सन आउँछ । यही समय महिलाको योनीमा रिदमिक कन्ट्र्याक्शन अनुभव हुन्छ । आठ सेकन्डमा औसत १० रिदम हुन्छ । पुरुषलाई यूटेरसको मांसपेशीमा कन्ट्र्याक्सन अनुभव हुनसक्छ । दुवैजनामा कैयौं पटक यौन अंगका साथै हात र खुट्टाको मांसपेशीमा रिफ्लेक्स हुन्छ । रेजोलूशन फेज यो अवस्था भनेको क्लाइमेक्सको हो र डेढ घण्टासम्म चल्छ । विशेषगरी महिलामा । पुरुषको गोप्य भाग लुज भएर जान्छ र त्यसपछि उसलाई दोहोर्याएर ओर्गज्म पाउन गाह्रो हुन्छ । महिलाको यूटेरस र क्लिटरिस पुरानो अवस्था फर्कन्छ । दुवै जनाको शरीरको तनाव कम भएर जान्छ । मस्तिष्कमा पनि हुन्छ परिवर्तन यौन सम्पर्कका लागि शरीरमा मात्रै होइन मस्तिष्कमा पनि परिवर्तन आउँछ । महिलामा कर्टेक्सको विभिन्न भाग एक्टिभेट हुन जान्छ । उसो त महिला–पुरुष दुवैमा यी चार वटै अवस्था एकसाथ हुँदैन । तर, एकै साथ ओर्गज्म अप्ठ्यारो हुन्छ । महिलामा पुरुषको भन्दा बढी समय लाग्न सक्छ । एजेन्सी  

निर्वाचनलाई दृष्टिगत गरी तीन दिनसम्म नेपाल–भारत सीमा नाका बन्द

वीरगन्ज, मंसिर १९ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ । पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिए । यसैगरी, बाँके जिल्लाको नेपाल–भारत सीमा नाका पनि सोमबार राति १२ बजेदेखि बन्द हुने भएको छ । दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ । रासस

पहिलो चरणको निर्वाचनको सबै तयारी पूराः निर्वाचन आयोग

काठमाडौं, मंसिर ५ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री पु(याउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनुभयो । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ । यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । २१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा भने ७ गतेदेखि अनुगमनकर्ताहरुलाई खटाइने छ । नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ ।

ग्राहकको प्रतिक्षामा व्यापारी

काठमाडौं, कार्तिक १४ । कालीमाटी तरकारी तथा फलफूल बजारमा ग्राहकको प्रतिक्षामा बसेका तरकारी व्यापारी । तस्बिरः रत्न श्रेष्ठ

विराट कोहली सबैभन्दा छिटो ९ हजार रन बनाउने पहिलो खेलाडी

काठमाडौं, कात्तिक १२ । क्रिकेटर विराट कोहली एकदिवसीय खेलमा सबैभन्दा छिटो नौं हजार रन बनाउने खेलाडी बनेको छन । भारतको कानपुरमा जारी भारत र न्यूजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेलमा भारतीय खेलाडी विराट कोहलीले एकदिवसीय खेलमा नौ हजार रन पूरा गरेका छन् । कोहलीले १९४ एक दिवसीय खेलबाट नौ हजार रन पूरा गरेका हुन् । यो सफलतासँगै उनी सबैभन्दा छिटो नौ हजार रन बनाउने खेलाडी बनेका छन । यसअघि यो रेकर्ड दक्षिण अफ्रिकाका एबि डिभिलियर्सको नाममा थियो । डिभिलियर्सले २०५ एक दिवसीय खेलबाट नौं हजार रन बनाउने यो रेकर्ड बनाएका थिए । योभन्दा पहिले सौरभ गांगुली, सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, राहुल द्रविड तथा अजरुद्धीनले पनि नौ हजार रन बनाएका थिए । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३७ रन बनाएको छ । भारतका लागि रोहित शर्माले १३८ बलमा १४७ रन बनाएका थिए ।

पीडितले राहत पाएकै हुन् त ?

कास्कीको माछापुच्छ्रे गाउपालिका –५ रिभान पाथ्रेका वाढीपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै । अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप अन्तर्गत पर्ने विभिन्न ईलाका संरक्षण कार्यालयहरुको पहलमा करिव रु चार लाख १७ हजार ५५५ बराबरको सहयोग रकम हस्तान्तरण गरेको हो । तस्वीर : निमदत्त सुवेदी, पोखरा

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी, लिभरपुल बराबरीमै रोकियो

काठमाडौं, भदौ २९ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा इङ्गलिस क्लवहरु म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी हुँदा लिभरपुल भने बराबरीमा रोकिएको छ । तीन सिजनको अनुपस्थितीपछि च्याम्पियन्स लिगमा फर्किएको लिभरपुललाई स्पेनिस क्लव सेभियाले २-२ गोलको बराबरीमा रोकेको हो । समुह ई कै अर्को खेलमा स्लभेनियाको एन.के मारिबोरलाई रुसको स्पार्टा मस्कोले १-१ गोलको बराबरीमा रोकेको छ । समुह एफ को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर सिटीले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४-० ले हरायो । यही समुहको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको नपोलीलाई २-१ ले पराजित गर्‍यो । समुह जी को खेलमा टर्कीको बेसिक्तासले पोर्चुगलको एफ.सी पोर्टोलाई ३-१ ले हराँउदा जर्मनीको आर.बी लेप्जीग र फ्रान्सको मोनाकोले १-१ गोलको बराबरीमा चित्त बुझाए । यसैगरी समुह एच को खेलमा ईग्लीश क्लव टोटनह्याम हट्सपरले जर्मनीको बोरुसीया डर्डमण्डलाई ३-१ ले हराउँदा स्पेनको रियाल मड्रिडले साईप्रसको अपोईल निकोसियालाई ३-० ले पाखा लगायो ।

प्राधिकरणका पूर्व महाप्रबन्धकविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, भदौ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा संभार विभागका पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार रुपैयाँ बिगो दावीसहित सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठले विद्युत प्राधिकरणको महाप्रवन्धक पदमा रहँदा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम आयोगले बिगो अनुसारको जरिवाना र कैद सजायसहित मुद्दा दायर गरेको हो । श्रेष्ठ २०३६ साल चैत ५ गते नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर पदमा नियक्त भएका थिए ।

गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

 नवलपरासी, भदौ २१। नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई गाउँलेलाई भाग लगाएर बेचेको उनीहरुमाथि आरोप छ । यसबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि बुद्ध र केशवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । गाई काटेको जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अधिवक्ता हरिनारायण रेग्मीका अनुसार मुलुकी ऐन चौपाया महलमा जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र वचन दिनेलाई (आदेश दिनेलाई) ६ वर्ष कैद सजायको व्यवस्था गरेको छ । प्रहरीले उनीहरुलाई धर्म खलबल गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । रासस

प्रधानमन्त्रीलाई शिक्षकको रकम

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल शिक्षक संघले बाढीपीडित राहतका लागि चेक हस्तान्तरण गरेको छ । तस्बिर : रोशन सापकोटा, काठमाडाै

दक्षिण कोरिया र साउदी अरेबिया विश्वकपका लागि छानिए

काठमाडौं, भदौ २१ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् । योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो । समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गर्‍यो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ । जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो । अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् । दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ । रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म कुल ८ राष्ट्र छनोट भईसकेका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् ।

निर्वाचन आचारसंहिताले कर्मचारीको नियमित सरुवा रोक्याे

काठमाडौं, भदौ १६ । सरकारले हरेक वर्ष साउन–भदौमा गर्नेे कर्मचारीको नियमित अन्तरमन्त्रालय सरुवा यसपटक नहुने भएको छ । निर्वाचन आयोगले बुधबारबाट लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेपछि सरकारले कुनै पनि सरुवा नगर्ने बताएको हो । निर्वाचन आचारसंहिताका कारण अब सबै कर्मचारीको सरुवा र बढुवा प्रक्रिया रोकिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ‘निर्वाचन आचारसंहिता लागू भइसकेकाले हरेक वर्ष साउन–भदौमा हुने नियमित अन्तरमन्त्रालय सरुवा यो वर्ष नहुने भएको छ,’ सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले  भने, ‘निर्वाचन आयोगको सहमतिमा स्थानीय तहमा काजमा कर्मचारी पठाउन सकिन्छ । अरू मन्त्रालयमा सरुवा गर्न आचारसंहिताले दिँदैन ।’ निजामती सेवा नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले हरेक वर्षको भदौ महिनाभरि खरदारदेखि उपसचिवसम्मका कर्मचारीको अन्तरमन्त्रालय सरुवा गर्ने र असोज महिनाभरि मन्त्रालयले अन्तरकार्यालयमा कर्मचारीको सरुवा गर्ने प्रचलन थियो । मन्त्री बस्नेतले आयोगको सहमतिमा स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारी भने खटाउने बताएका छन् । उनले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीलाई काजमा पठाउने र अन्य कार्यालयमा पनि अति आवश्यक परे निर्वाचन आयोगको सहमतिमा कर्मचारीको सरुवा गर्न सकिने उल्लेख गरे । मन्त्री बस्नेतले स्थानीय तह र अति आवश्यक स्थितिबाहेक सरुवा–बढुवा नहुने बताएका हुन् । चुनावअघि नै समायोजन प्रक्रिया मन्त्री बस्नेतले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअघि नै कर्मचारी समायोजन प्रक्रिया अघि बढाउने बताए । अब मन्त्रालयले कर्मचारी समायोजनमा ध्यान केन्द्रित गर्ने जानकारी दिए । स्थानीय तह र प्रदेश सरकार संरचनालाई सक्रिय बनाउन पनि कर्मचारी समायोजनको गृहकार्य थाल्ने उनले बताएका हुन् । मन्त्री बस्नेतका अनुसार समायोजनका लागि स्थानीय तह र प्रदेशका लागि दरबन्दी सर्वेक्षणको कामसमेत सुरु भइसकेको छ । संसद्मा विचाराधीन कर्मचारी समायोजन ऐन चाँडै ऐनका रूपमा आउने विश्वास जनाउँदै मन्त्री बस्नेतले त्यसलगत्तै समायोजन थालिने उल्लेख गरे । उनले दरबन्दी सर्वेक्षणका लागि मन्त्रालयले गृहकार्य अघि बढाइसकेकाले ऐन प्राप्त हुनेबित्तिकै समायोजनको काम ढिलो नगर्ने बताए । उनले निर्वाचन सम्पन्न भइसक्दा सबै तहका सरकारमा संघका कर्मचारी समायोजन भएर पुगिसक्ने वातावरण बनाउन चाहेको बताए । -नयाँ पत्रिकाबाट