नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ ।

मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँिकदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ ।
यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उहाँले बताउनुभयो । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ ।

सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताउनुभयो । उहाँका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ ।

सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

नेपालको शानदार बलिङ, हङकङको पाँचौ विकेट पतन

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल हङकङसँग भिडिरहेको छ । नेपालले हङकङविरुद्ध नेपालले पाँचौ सफलता हात पारेकाे छ। हङकङका सिमान्दीप सिंहलाई ज्ञानेन्द्र मल्ले रन आउट गराएका हुन् । यसअघि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका थिए । उनले हङकङका सहिद वासिकलाई १ रनमा र अंशुमन रथलाई पनि १ रनमा आउट गराएका थिए । सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका हायतलाई आउट गरेका थिए । हङकङको पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

OMG ! दुई श्रीमती ल्याउनेलार्इ सरकारी आवास सुविधा

सुन्दा तपाईलाई पत्यार नलाग्ला। तर पत्याउनुहोस्। जोसँग दुई श्रीमती छन्, उसले पाउनेछ नयाँ आवास सुविधा, त्यो पनि सरकारको तर्फबाट । संयुक्त अरब इमिरेट्सले बहुविवाहलाई प्रोत्साहन गर्दै नयाँ कानुन बनाएको छ । नयाँ कानुनअनुसार जोसँग दुई श्रीमती छन्, उसलाई नयाँ आवासका लागि घर सरकारले दिने व्यवस्था गरेको खालिज टाइम्स दैनिकले जनाएको छ । युएईका आवास तथा भौतिक मन्त्री डाक्टर अब्दुल्ला बेलफेल अल नुइमीले फेडरल काउन्सिलमा उक्त योजनाको घोषणा गरेका हुन् । घोषणामा ‘देशमा अविवाहित महिलाको संख्या कम गर्न योजना ल्याइएको हो’ उनले भने, ‘यो योजनाले अविवाहित महिलाको संख्यामा कमी आउने छ।’ नेपाललगायत छिमेकी देश भारतमा भने बहुविवाह प्रथा कानुनद्वारा बर्जित गरिएको छ । एजेन्सीको सहयोगबाट

आगलागीमा परी घाइते भएकी दलित महिलाको मृत्यु

खोटाङ । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो । आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उपचारमा सुधार नआएपछि बिरामी रत्नमायाले हातको इसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको भतिजा एकराज सार्कीले बताउनुभयो । सार्कीलाई उपचारका लागि स्थानीय जनप्रतिनिधिको अगुवाइमा तत्कालै रु एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो । काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् । रासस

हामीले कस्तो मासु खान उपयुक्त हुन्छ ? (हेर्नुहोस् भिडियो)

हामीले दैनिकजसो खाने गरेका माछामासु खाँदा धेरै कुराहरुमा ध्यान पुर्याउन जरुरी छ । स्वच्छ र ताजा मासु कहाँबाट कस्तो खरिद गर्नुपर्छ भन्ने कुरा सोच्नुपर्छ । सबैले एकपटक हेर्नैपर्ने यो रोचक भिडियो हेर्नुहोस्-

सन्तको हत्या

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको आज मृत्यु भएको छ । साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन् ।

५२ वर्षीय अविवाहित सुपरस्टार सलमानले ट्विटमा लेखे– ‘मलाई केटी मिल्यो’

मुम्बई । बलिउड क्षेत्रका ५२ वर्षीय अविवाहित सुपरस्टार सलमान खानले हालैमात्र एक ट्विट गरी सबैलाई चकित पारेका छन् । उनले ट्विटमा लेखेका छन् कि मलाई केटी मिलिसकेको छ । यस ट्विट पढ्ने बित्तिकै सलमानका फ्यानहरु धेरै खुशी भएर बधाई दिइरहेका छन् । त्यही कोही व्यक्ति उनको ट्याग खिचिरहेका थिए । एजेन्सीको सहयोगबाट

दीपिकाले घोषणा गरिन् अबदेखि ऐतिहासिक फिल्म खेल्दिनँ

बलिउड चलचित्र पद्मावतलाई लिएर भइरहेको विरोधका कारण चलचित्रका अधिकांश स्टारहरु हैरानीमा परेका छन् । करणी सेनाले विरोधमा प्रदर्शन गरेपछि फिल्मको रिलिज मिति १ डिसेम्बरबाट धकेलिएर २५ जनवरी पुगेको थियो । त्यसबीच पनि पद्मावतको विरोधमा हलहरुमा आगजनीसमेत भएको थियो । यति हंगामा भएपछि अब फिल्मकी हिरोइन दीपिका पादुकोणले कुनै पनि ऐतिहासिक फिल्ममा नखेल्ने बताएकी छिन् । एक कार्यक्रममा जब उनलाई अब यस्तै खालका फिल्म खेल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो भएपछि त अब कहिल्यै खेल्दिन ।’ उनले एतिहासिक पात्रका विषयमा विवाद हुने भन्दै त्यस्ता फिल्म नखेल्ने घोषणा गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जब फिल्मको सवैभन्दा मनपरेको सीनबारे प्रश्न गरियो तब उनले भनिन्,‘मलाई खिलाजी र रावलबीच भएको लडाइ मन परेको छ । मैले दुई मुख्य स्टार बीचको यस्तो एक्शन पहिले कहिल्यै देखेको थिइन ।’ दीपिकाले पद्मावतमाथि आफ्ना अविभावकको प्रतिक्रियाबारे पनि बताएकी छिन् । उनले भनिन्, ‘स्पेशल स्क्रीनिङपछि जब सुत्न गइरहेको थिए तव भिडियो कलमार्फत बामा ममीले भने, हामीलाई तिमीमाथि गर्व छ ।’ करणी सेनाको धम्की तथा विरोधपछि आफ्ना अविभावकलाले म सम्हालिने विश्वास गरेका थिए । एजेन्सीको सहयोगबाट

बालिका बलात्कारीलाई फाँसी दिने कानून ल्याइने

हरियाणा, माघ ६ । नेपालमा मात्रै होइन, पछिल्लो समय छिमेकी भारत लगायत बिभिन्न देशमा बलात्कार घट्ना बढ्दै गएका छन् । भारतको हरियाणामा यो विकराल समस्याका रुपमा आएको छ । हरियाणाका कतिपय शहरमा स–साना बालिकालाई समेत बलात्कार गरेका घटना बाहिर आएका छन् । चर्को आलोचना हुन थालेपछि हरियाणा सरकार कडा कदम चाल्न तयार भएको छ । हरियाणाका मुख्यमन्त्रि मनोहर लाल खट्टरले कडा कानून ल्याउने तयारी भइरहेको बताएका छन् । उनले भने, “१२ वर्षसम्मकी बालिकालाई बलात्कार गर्ने अपराधिलाई फाँसी दिने कानून ल्याउदैछौं ।” यसका साथै बलात्कार घट्नामा पीडितलाई छिटो न्याय दिन र दोषीलाई कारवाही गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्ने विषयमा पनि तयारी भइरहेको उनले बताएका छन् । उनले ‘बलात्कारका लागि कठोर सजाय’ को व्यवस्था गर्न लागिएको जनाएका छन् । हरियाणामा ७५ प्रतिशत घटनामा पीडितका नातेदार तथा नजिक व्यक्तिहरु नै संलग्न हुने गरेको पाइएको बताए । यसमा प्रहरी काम गरिरहेको र प्रहरीलाई काम गर्न सजिलो हुने गरी कानून बनाइने बताए । एजेन्सीहरु

सल्यानको सामान्य घटनालाई अतिरञ्जित गरियो, एमालेसँग विवाद छैन– रमेश मल्ल

सल्यान, मंसिर २० । सामान्य विवादलाई अतिरञ्जित गरी विभिन्न सञ्चारमाध्यममा आएका भ्रामक समाचारहरुप्रति नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ । साथै मतदातालाई प्रभावित गर्न खोजिएको भन्दै त्यसकाे खण्डन गरेको छ । सल्यानको वनगाड कुविन्डे नगरपालिकामा–७ मा माओवादी केन्द्रद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका कर्णबहादुर बुढाथोकी नेतृत्वकाे एक समूह र वाम गठबन्धनका कार्यकर्ताबीच मंगलबार साँझ सामान्य विवाद भएको घटनालाई विभिन्न सञ्चारमाध्यमले बढाइचढाइ गरी प्रकाशन एवं प्रचारण गरेकाे समाचार सतप्रतिशत झूठो र भ्रामक भएको माओवादी केन्द्रका नेता रमेश मल्लले एभरेष्टदैनिकलाई बताए । ‘मंगलबार साँझ माओवादीबाट अलग भएका बुढाथोकी नेतृत्वकाे स्वतन्त्र समूहका केही व्यक्ति र वाम गठबन्धनका कार्यकर्ताबीच सामान्य विवाद भएको हो ।’, नेता मल्लले भने, ‘मतदानको मुखमा मतदातालाई प्रभावित गर्न र भ्रम सृजना गर्ने उदेश्यले गरिएका प्रचारको हामी जोडदार रुपमा खण्डन गर्दछौं । र यस्ता प्रचारकाेपछि नलाग्न सबैलाई आग्रह गर्दछु ।’ सल्यानमा मात्रै नभएर देशभर माओवादी केन्द्र र नेकपा एमालेबीच कुनै विवाद र असझदारी नरहेकाे परिस्थितिमा हुँदै नभएको घटना र माओवादीबाट अलग रहेका बुढाथोकीलाई उधृत गर्दै आएका समाचार प्रति मल्लले गहिरो खेद व्यक्त गरे । केही सञ्चार माध्यममा मौन अवधिमा नेकपा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको समाचार छ । उक्त स्थानमा सांघाति आक्रमण गरेको माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीले बताए भनिएको छ । आक्रमणमा परि माओवादी केन्द्रका स्थानीय नेता जीवनबहादुर ठकुरी, नरेन्द्र सिंह, पर्मिलसिंह शाह घाइते भएको झूठो र भ्रामक समाचार छ ।

यी हुन् सेक्सका बेला हुने पाँच परिवर्तन

मानव जीवनका लागि सेक्स अर्थात यौनसम्पर्क गर्नु महत्वपूर्ण कुरा हो । संसारमा सबैभन्दा धेरै लुकाइएको र खोजिएको विषय पनि सेक्स नै हो । यसकारण सेक्सका बारेमा धेरै मानिस जानकार छन् तर उनीहरू पूर्ण जानकार छैनन् । किनकी यौन अर्थात सेक्सबारे निरन्तर अध्ययन अनुशन्धान भइरहेको छ । अनुसन्धानकै क्रममा सेक्स थेरापिष्ट मास्टर्स एन्ड जोनसन्सले सेक्सका बेला मानव शरीरमा हुने चार परिर्वतनबारे नयाँ तथ्य सार्वजनिक गरेका छन् । जोनसन्सले यसलाई सेक्सुअल रिस्पोन्स साइकल नाम दिएका छन् । जानौं सेक्सका बेला पार गरिने चार अवस्थाः एक्साइटमेन्ट फेज यो फेज भनेको उत्तेजनाको अवस्था हो । यस अवस्था कुनै पनि समय शरीरको कुनै पनि भागमा, आधा–आधा मिनटमा सुरु हुन सक्छ । यसमा पुरुषको गोप्य अंग र महिलाको निप्पल्स इरेक्ट हुनसक्छ । त्यस्तै महिलामा फ्लूइड फ्लो हुन थाल्छ । महिलाको यौनांग, क्लिटरिस र ब्रेस्टको आकार पनि बढ्न थाल्छ । महिला, पुरुष दुवैमा ब्लड प्रेसर र मुटुको गति बढ्न थाल्छ । प्लेटो फेज यो अवस्थामा पुरुषको गोप्य अंग पूर्णरुपमा इरेक्ट हुन्छ । उसको टेस्टिस स्क्रोटमको दिशामा जान्छ । त्यस्तै महिलामा योनीको बाह्य र भित्री भाग फुल्नन थाल्छ । महिला र पुरुष दुवैको हात, तिघ्रा र हिप्सको मांसपेसीमा तनाव उत्पन्न हुन्छ । ओर्गज्म फेज चार वटै अवस्था मध्ये यो सबैभन्दा छोटो फेज हो । यो फेज केही सेकेन्ड मात्रै चल्छ । पुरुषमा उसको यूरेथ्रल बल्बमा फ्लूइड महसूस हुन्छ । त्यसपछि फ्लूइडले सिमेन डिस्चार्ज गरिदिन्छ र निजी अंगमा कन्ट्र्याक्सन आउँछ । यही समय महिलाको योनीमा रिदमिक कन्ट्र्याक्शन अनुभव हुन्छ । आठ सेकन्डमा औसत १० रिदम हुन्छ । पुरुषलाई यूटेरसको मांसपेशीमा कन्ट्र्याक्सन अनुभव हुनसक्छ । दुवैजनामा कैयौं पटक यौन अंगका साथै हात र खुट्टाको मांसपेशीमा रिफ्लेक्स हुन्छ । रेजोलूशन फेज यो अवस्था भनेको क्लाइमेक्सको हो र डेढ घण्टासम्म चल्छ । विशेषगरी महिलामा । पुरुषको गोप्य भाग लुज भएर जान्छ र त्यसपछि उसलाई दोहोर्याएर ओर्गज्म पाउन गाह्रो हुन्छ । महिलाको यूटेरस र क्लिटरिस पुरानो अवस्था फर्कन्छ । दुवै जनाको शरीरको तनाव कम भएर जान्छ । मस्तिष्कमा पनि हुन्छ परिवर्तन यौन सम्पर्कका लागि शरीरमा मात्रै होइन मस्तिष्कमा पनि परिवर्तन आउँछ । महिलामा कर्टेक्सको विभिन्न भाग एक्टिभेट हुन जान्छ । उसो त महिला–पुरुष दुवैमा यी चार वटै अवस्था एकसाथ हुँदैन । तर, एकै साथ ओर्गज्म अप्ठ्यारो हुन्छ । महिलामा पुरुषको भन्दा बढी समय लाग्न सक्छ । एजेन्सी  

निर्वाचनलाई दृष्टिगत गरी तीन दिनसम्म नेपाल–भारत सीमा नाका बन्द

वीरगन्ज, मंसिर १९ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ । पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिए । यसैगरी, बाँके जिल्लाको नेपाल–भारत सीमा नाका पनि सोमबार राति १२ बजेदेखि बन्द हुने भएको छ । दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ । रासस

पहिलो चरणको निर्वाचनको सबै तयारी पूराः निर्वाचन आयोग

काठमाडौं, मंसिर ५ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री पु(याउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनुभयो । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ । यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । २१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा भने ७ गतेदेखि अनुगमनकर्ताहरुलाई खटाइने छ । नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ ।

ग्राहकको प्रतिक्षामा व्यापारी

काठमाडौं, कार्तिक १४ । कालीमाटी तरकारी तथा फलफूल बजारमा ग्राहकको प्रतिक्षामा बसेका तरकारी व्यापारी । तस्बिरः रत्न श्रेष्ठ

विराट कोहली सबैभन्दा छिटो ९ हजार रन बनाउने पहिलो खेलाडी

काठमाडौं, कात्तिक १२ । क्रिकेटर विराट कोहली एकदिवसीय खेलमा सबैभन्दा छिटो नौं हजार रन बनाउने खेलाडी बनेको छन । भारतको कानपुरमा जारी भारत र न्यूजिल्याण्डबीचको तेस्रो एकदिवसीय खेलमा भारतीय खेलाडी विराट कोहलीले एकदिवसीय खेलमा नौ हजार रन पूरा गरेका छन् । कोहलीले १९४ एक दिवसीय खेलबाट नौ हजार रन पूरा गरेका हुन् । यो सफलतासँगै उनी सबैभन्दा छिटो नौ हजार रन बनाउने खेलाडी बनेका छन । यसअघि यो रेकर्ड दक्षिण अफ्रिकाका एबि डिभिलियर्सको नाममा थियो । डिभिलियर्सले २०५ एक दिवसीय खेलबाट नौं हजार रन बनाउने यो रेकर्ड बनाएका थिए । योभन्दा पहिले सौरभ गांगुली, सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, राहुल द्रविड तथा अजरुद्धीनले पनि नौ हजार रन बनाएका थिए । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३७ रन बनाएको छ । भारतका लागि रोहित शर्माले १३८ बलमा १४७ रन बनाएका थिए ।

पीडितले राहत पाएकै हुन् त ?

कास्कीको माछापुच्छ्रे गाउपालिका –५ रिभान पाथ्रेका वाढीपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै । अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप अन्तर्गत पर्ने विभिन्न ईलाका संरक्षण कार्यालयहरुको पहलमा करिव रु चार लाख १७ हजार ५५५ बराबरको सहयोग रकम हस्तान्तरण गरेको हो । तस्वीर : निमदत्त सुवेदी, पोखरा