सभामुख सापकोटा र चिनियाँ समकक्षीबिच कुराकानी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ समकक्षी ली झान्सुबिच कुराकानी भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ जनसंसदको स्थायीका कमिटीका अध्यक्ष (सभामुख) झान्सु र सभामुख सापकोटाबीच शुक्रबार दिउँसो भर्चुअल रूपमा कुराकानी भएको हो।

कुराकानीका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

दुबै देशका सांसदहरूबीच नियमित भ्रमण आदान(प्रदानको आवश्यकताबारे पनि कुराकानी भएको थियो।

दुबै जनाले आफ्नो देशमा भ्रमण गर्न समकक्षीहरूलाई निम्तो पनि दिएका थिए।

कुराकानीमा दुबै देशका परराष्ट्र मन्त्रालयसहित संसदका उच्च अधिकारीहरूको सहभागिता थियो।

पीडित गायिकाको पक्षबाट नौ जनाले गरे बहस, पलकाे पक्षाबाट ११ जनाले गर्ने, शुक्रबारसम्म थुनछेक आदेश आउनसक्ने

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा पल शाहविरुद्ध परेको मुद्दामा जाहेरवालाको पक्षबाट नौ जनाले बहस गरेका छन् । बुधबारदेखि तनहुँ जिल्ला अदालतमा न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा जोहरवालाको पक्षमा दुई सरकारी वकिलसहित नौ जनाले बहस गरेका हुन् । जिल्ला अदालत तनहुँले बुधबार नै प्रतिवादीको बयान सकाएर बहस सुरु गरेको हो । अदालतमा मंगलबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि मंगलबार नै पलसँग बयान लिइएको छ । घटनामा मतियारको रूपमा पेश भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले जानकारी दिनुभयो । ‘जाहेरवाला पक्षका नौ जनाको बहस सकियो,’ उहाँले भन्नुभयो, ‘प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरेका छन् ।’ जाहेरवालाका तर्फबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरेका हुन् । तिम्ल्सिनाका अनुसार प्रतिवादीका तर्फबाट ११ जनाले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन् । प्रतिवादीतर्फबाट अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले बुधबार बहस गरे । वाग्लेको बहस बिहीबार पनि निरन्तर हुनेछ । प्रतिवादीतर्फबाट तनहुँकै कानुन व्यवसायी यदु खनाल, यज्ञ राना लगायतले बिहीबार बहस गर्दैछन् । बाँकी बहस बिहीबार सुरुमै हुनेछ । बहस सकिएर बिहीबार थुनछेक आदेश आउन सक्ने तिम्लिसिनाले जानकारी दिनुभयो । ‘बिहीबार नै बहस सकिएर आदेश आउन पनि सक्छ । नआउन पनि सक्छ, शुक्रबारसम्म पक्कै एउटा आदेश आउने सम्भावना छ’, उहाँले भन्नुभयो । वकालतनामा दर्ता गराएर जाहेरवाला र प्रतिवादको पक्षमा बहस गर्नेको संख्या बढ्न सक्ने भएकाले बहसको समय लम्बिन सक्ने तिम्लिसिनाले बताउनुभयो । उहाँका अनुसार बुधबार विहानसम्म दुवै पक्षका ६–६ जनाले वकालतनामा दर्ता गराएकोमा त्यो संख्या बढ्यो । बहस सकिएपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ । थुनछेक आदेशमा प्रतिववादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरैबाट मुद्दा लड्न पाउने भन्ने तय हुनेछ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले पलविरुद्ध मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । पलले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी तनहुँ ११ फागुनमा परेको थियो । त्यसको चार दिन पछि पल तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए । नवलपुर जिल्ला अदालतमा पनि गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्रदायर भएको हो । इमेजखबरबाट साभार

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

हेटौंडा । मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा  १५ जना घाइते रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुवाकोट तारकेश्वर नगरपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगरको मृत्यु भएको हो । हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका–६ मा दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लाथि चितवन पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

बस र मोटरसाइकल ठोक्किदा , एक जनाको मृत्यु

काठमाण्डौं । भक्तपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका न।पा ९मा ब्रम्हायणीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ३ ख ४७६५ नं को बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६१ प ६६१८ नं मोटरसाइकल ठोक्किएका हुन् । सो दुर्घटनामा मोटरसाइकलमा सवार २ जना घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारकै क्रममा मोटरसाएकल पछाडि सवार दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भई भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष ३४ को देबेन्द्र कार्कीको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जानाएको छ । मोटरसाइकल चालक दोलखा हावा ७ घर भई हाल भक्तपुर सुर्यबिनायक न.पा ५ चुनदेबी बस्ने बर्ष २७ को बलराम सुनुवारको उपचार भईरहेको छ । थप अनुसंन्धानका निम्ति दुबै सवारी साधन वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

२४ राजनीतिक दलद्वारा निर्वाचन चिन्ह संघर्ष समिति गठन

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध २४ वटा राजनीतिक दलले संघर्ष समिति गठन गरेका छन् । आज विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था घोर अन्यायपूर्ण भएको ठहर गरेको छ । उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै चुनाव चिन्ह सङ्घर्ष समिति गठन गरि तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय मान्यता प्राप्त नगरेका आजको बैठकमा अनुपस्थित अन्य दलहरूलाई पनि सहभागी हुन आह्वान गरेको छ । समितिमा रहेका दलहरु  (१) आमूल परिवर्तन मसिहा पार्टी (२) एकीकृत शक्ति नेपाल (३) जनजागरण पार्टी नेपाल (४) जनता समाजवादी पार्टी, नेपाल (५) नेकपा (समाजवादी) (६) नेपाल आमा पार्टी (७) नेपाल दलित पार्टी (८) नेपाल परिवार दल (९) नेपाल विवेकशील पार्टी (१०) नेपाल सङ्घीय समाजवादी पार्टी (११) नेपाल समाजवादी पार्टी (१२) नेपाल समाजवादी पार्टी (लोहियावादी) (१३) नेपाल सुशासन पार्टी (१४) नेपाली काँग्रेस (वी. पी.) (१५) नेपाली जनता दल (१६) बहुजन समाज पार्टी नेपाल (१७) मौलिक जरोकिलो पार्टी (१८) राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक (१९) राष्ट्रिय प्रजातन्त्र पार्टी (२०) विवेकशील साझा पार्टी (२१) समाजवादी पार्टी नेपाल (२२) सर्वदलीय सङ्घीय परिषद् (२३) सामाजिक लोकतान्त्रिक पार्टी (२४) सामाजिक लोकतान्त्रिक पार्टी  

माओवादी केन्द्रीय समिति बैठक पुनः स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलीदेखि शुरु हुने भनिएको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार, कोरोना महामारीको अवस्था उस्तै रहेको र २५ जना भन्दा बढी भेला नहुने प्रोटोकल कायमै रहेकोले बैठक स्थगित गर्नु परेको हो । यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक २८ गते प्रज्ञा भवन काठमाडौंमा बस्ने भएको थियो । बैठक अब कहिले बस्ने भन्ने टुंगो छैन । मनोनयन गर्नुपर्ने केन्द्रीय सदस्य र पोलिटब्यूरो तथा पदाधिकारीका बारेमा तयारी गरेपछि बैठकको नयाँ मितिबारे सूचना हुनसक्ने एक केन्द्रीय सदस्यले बताए ।  

सकियो सत्तारुढ गठबन्धनको बैठक, शीर्ष नेताहरु फेरि छलफलमा

काठमाडौं । निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल भएको थियो । बैठक सकिएपछि शीर्ष नेताहरु फेरि छलफलमा जुटेका छन् । यसअघि गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्ण खडका, कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए । गठबन्धनको आजको बैठकमा जनमोर्चा नेपालको भने सहभागिता थिएन । गठबन्धनको बैठक करिब डेढ घण्टा चलेको थियो । गठबन्धनको बैठक सकेर शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुनः छलफलमा जुटेका छन् । गठबन्धनको आजको छलफलमा उठेका विषयबस्तुको समीक्षा गर्न तथा थप छलफलका लागि आधार तयार पार्न शीर्ष नेताहरु पुनः बैठकमा बसेको श्रोतले जनायो । श्रोतका अनुसार, आज नै स्थानीय तहको मितिको बारेमा अन्तिम निर्णय भने हुने सम्भावना देखिँदैन । सम्भवतः “भोली पुनः गठबन्धनको बैठक बसेर यो विषय टुंगिन्छ होला” श्रोतले भन्यो । स्थानीय तहको मिति तोक्ने विषयमा ऐन र संविधान परस्पर बाझिएकोले ऐन संशोधन गरेर संविधान बमोजिम निर्वाचन गर्नुपर्नेमा सत्तारुढ गठबन्धनमा करिब करिब सहमति जुटेको छ । निर्वाचन आयोगले भने वैशाखमा नै स्थानीय तहको निर्वाचनको मिति तोक्न दबाब दिएको छ ।

वैशाखमा स्थानीय तहको निर्वाचनका विषयमा अन्तिम टुंगो पर्सि लाग्ने

काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति हुने सम्भावना देखिएको छ। मिति तय गर्नेलगायतका विषयमा थप छलफल भने आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा सहभागी एक नेताका अनुसार, गठबन्धन दलबीच अझैपनि पूर्ण सहमति भने कायम हुन सकेको छैन । त्यसैले पर्सि पुन छलफल हुने भएको हो ।

पहिरोमा आमाको मृत्यु, छोरी वेपत्ता

दार्चुलाः नौगाड गाउँपालिका—६ परिगाउँमा पहिरो जाँदा आमाको मृत्यु भएको छ भने उनकी छोरी वेपत्ता छन् । मृत्यु हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना रहेकी छन् । उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना वेपत्ता छन् । पहिरोले ठूलो भौतिक क्षति पनि गरेको छ । पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ । पाँच परिवारको घर पहिरोको उच्च जोखीममा रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । परिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षति गरेको छ ।

काठमाडौंमा पहिरो, १ जनाको मृत्यु

फाइल फोटो । काठमाडौंः काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरो गएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पहिरोमा परेर सोही ठाउँका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सीमा बन्द गरेको ५ दिनमा गड्डाचौकी नाकाबाट २ हजार नेपालीकाे आवागमन

महेन्द्रनगरः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले नेपाल–भारत आवागमन रोकेपनि पश्चिमी सिमानाका गड्डाचौकी भएर भित्रिने मानिसको संख्या रोकिन सकेको छैन् । आवागमन बन्द पश्चात पाँच दिनको अवधिमा गड्डाचौकी नाकाबाट एक हजार ८ सय ४२ जना भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले कोरोना भाइरसको स्क्रिनिङका लागि स्थापना गरेको हेल्थ डेस्कका अनुसार नाका भएर स्वदेश फर्किने क्रम रोकिएको छैन् । तथ्याङक अनुसार आवागमन प्रतिबन्धको पहिलो दिन चैत्र १० गते ९ सय ८५, चैत्र ११ गते ५ सय १९, चैत्र १२ गते एक सय २५, चैत्र १३ गते एक सय ९६ र चैत्र १४ गते १७ जनाको चेकजाँच गरिएको छ। गड्डाचौकी नाका भएर भित्रिनेहरुको क्रम नरोकिएको हेल्थ डेस्ककी अनमी निर्मला जोशीले बताइन् । गत सोमबारदेखि सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।

सुदूरपश्चिममा टेष्ट किटको व्यवस्था गर्न माग

काठमाडौंः भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको जाँच गर्न टेष्ट किट उपलब्ध गराउन जनप्रतिनिधिहरुले माग गरेका छन् । विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि भारतबाट नेपाल आउने प्रवासी नेपालीहरुको संख्यामा एकाएक बृद्धि भएपछि निम्तिने संकटसँग जुध्नका लागि टेष्ट किट अनिवार्य रहेको उनीहरुको भनाई छ । “भारतमा संक्रमण फैलिएपछि र पछिल्लो बेला सबै जसो मुख्य शहर लक डाउन भएपछि अलपत्र पर्ने डरले एक लाख भन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् ।” कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्टले एभरेष्ट दैनिकसँग भने, “उनीहरुमध्ये अधिकांश भारतको उच्च संक्रमण रहेको महाराष्ट्र र दिल्लीबाट फर्केका छन् । त्यसैले उनीहरुलाई भोली केही भएको खण्डमा त्यसको जाँच गरेर उनीहरुबाट अरुलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ ।” सुदूरपश्चिमका ९ वटा जिल्लामा दुई वटा जिल्ला सुगम तराईमा भएपनि बाँकी ७ वटा जिल्ला दुर्गम पहाडी भेग भएको स्वास्थ्य सुविधाका दृष्टिले कोरोना लागेको खण्डमा थप समस्या निम्तिने भट्टले बताए । “पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था दयनीय छ । केही भइहाल्यो भने उनीहरुलाई उपचारका लागि कि त भारतमा लैजानुपर्छ कि नेपालकै धनगढी महेन्द्रनगर, नेपालगञ्ज या काठमाडौं पुर्याउनुपर्छ ।” भट्टको भनाई छ, “त्यसैले प्रारम्भिक चरणमा नै सामान्य लक्षण देखिँदाखेरी नै पहिचान हुन सकेमा मात्रै हामीले संक्रमणलाई भयावह हुनबाट रोक्न सक्छौं ।” नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भए नभएको यकीन गर्न टेकुस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमूना पठाउनु पर्ने बाध्यता रहेको छ । तर पछिल्लो समयमा यातायात समेत बन्द भएको अवस्थामा सुदूरपश्चिमका पहाडी जिल्लाबाट संक्रमणको आशंका भएका बिरामीको नमूना पठाउन समेत नसकिने अवस्था देखिएपछि सोही क्षेत्रमा परीक्षण किट उपलब्ध हुनुपर्ने माग स्थानीय जनताले गरेका छन् । “गाडी बन्द छ, जहाज बन्द छन्, कुनै व्यक्ति कोरोना संक्रमणको लक्षण देखिएर अस्पताल या स्वास्थ्य संस्थामा आएपनि उक्त व्यक्तिमा कोरोना भए नभएको यकीन कसरी गर्ने?” नेकपा प्रदेश कमिटिका सदस्य गोकर्ण भट्टको प्रश्न छ, “संक्रमणको यकिन नहुँदासम्म अन्य व्यक्तिलाई ट्रेस गर्न पनि सम्भव हुँदैन । त्यसैले जटिल अवस्थालाई मध्यनजर गर्दै सरकारले सोही क्षेत्रमा टेष्ट किट उपलब्ध गराउनुको विकल्प छैन ।” पछिल्लो रेकर्डेड तथ्यांक अनुसार, सुदुरपश्चिमका भारतसँग जोडिएका गौरीफण्टा, गड्डाचौकी, झुलाघाट, धार्चुला लगायतका नाका र अन्य सहायक नाकाबाट एक लाख भन्दा बढी नेपाली भित्रिएका छन् । यसमध्ये करिब ७० हजार बढी सुदुरपश्चिमका मात्रै रहेका छन् । सुदूरपश्चिमका अधिकांश व्यक्तिहरु भारतको मुम्बई, दिल्ली, हरियाणा, पञ्जाब, नयाँ दिल्ली लगायतका शहरमा काम गर्न जाने गरेका हुन्छन् । यी शहरहरु अहिले कोरोनाको उच्च संक्रमणमा रहेका छन् । प्रतिनिधि सभा सदस्य दीपक भट्टले यो विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएको बताए । कैलाली या कञ्चनपुरका अञ्चल अस्पतालमध्ये कुनै एकमा परीक्षणका सुविधा हुने गरी आवश्यक मेडिकल उपकरण उपलब्ध गराउने विषयमा परराष्ट्रसँग माग गरी छलफल गरिएको र यो विषयमा भोलीसम्म ठोस निष्कर्शमा पुगिने उनले बताए । नेपालमा कोरोना टेष्ट किट उत्पादन नहुने भएकोले चीन या अन्य मुलुकबाट यो किट उपलब्ध गराउन परराष्ट्रबाट पहलका लागि अनुरोध गर्न आवश्यक पहल गर्ने उनले बताए । चीन सरकारले भने यसअघि नै नेपालले माग गरे अनुरुपको सहयोग गर्ने बताई सकेको छ । चिनियाँ राजदूतावासको श्रोतले दिएको जानकारी अनुसार, नेपालले कहाँ कसरी वितरण या उपयोग गर्ने विषयमा आफैले निर्णय गर्नुपर्ने तर चीनले भने नेपालले माग गरे अनुसार सहयोग गर्न तयार रहेको बताएका छन् । सुदूरपश्चिममा नै कोरोनाको परीक्षण गर्न सकिएमा यसबाट सम्भावित महामारीको विष्फोट रोक्न सकिने सम्भावना बलियो रहेको छ ।

महावीर पुनले कोरोनाको उपचार गर्ने चिकित्सकका लागि पीपीई बनाउने

काठमाडौंः राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोना भाइरस (कोभिड–१९) को जाँच र उपचार गर्दा चिकित्सकले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने भएका छन् । त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन आग्रह गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने पुनले बताए । उनले सामान उपलब्ध भइसकेकाले अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने जानकारी दिए । कोरोनाको जाँच र उपचारमा चिकित्सकले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उनले बताएका छन् ।

कोरोनाका कारण स्थगित भएका महत्वपूर्ण क्रिकेट प्रतियोगिता (सूचीसहित)

काठमाडौंः  गत डिसेम्बरबाट चीनको वहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व नै तनावमा छ । व्यापकरुपमा फैलिरहेको यो भाइरसका कारण विभिन्न क्षेत्रमा ठूलो असर परिसकेको छ । कोरोनाको प्रभाव विश्व क्रिकेटका महत्वपूर्ण प्रतियोगितामा पनि परेको छ । यसको जोखिमलाई मध्यनजगर गर्दै केही पछिल्लो दिनमा लगातार महत्वपूर्ण क्रिकेट प्रगियोगिता स्थगित भइरहेका छन् । नेपालको एभरेष्ट प्रिमियर लिग (इपीएल) देखि विभिन्न देशबीचका सिरिज रद्द भइसकेका छन् । कोरोनाको कारण २९ मार्चदेखि सुरु हुने विश्व क्रिकेटको लोकप्रिय इन्डियन प्रिमियर लिग (आइपीएल) १५ अप्रिलसम्म स्थगित गरिएको छ । कोरोनाको असरका कारण अष्ट्रेलिया र न्यूजिल्याण्ड तीन खेलको सिरिज दर्शकबिनाको मैदानमा खेलिरहेका छन् । उता पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका केही विदेशी खेलाडी कोरोनाको जोखिमले स्वदेश फिर्ता भइसकेका छन् । बिहीबारसम्म कोरोनाका कारण स्थगित भएका महत्वपूर्ण क्रिकेट प्रतियोगिता– १. इन्डियन प्रिमियर लिग (आइपीएल) २. एभरेष्ट प्रिमियर लिग (इपीएल) ३. रोड सेफ्टी वर्ल्ड टी–२० सिरिज ४. इंग्ल्याण्ड र श्रीलंकाबीचको टेष्ट सिरिज ५. भारत र दक्षिण अफ्रिकाबीचको वानडे श्रृंखला ६. अष्ट्रेलिया र दक्षिण अफ्रिका महिलाबीचको सिरिज ७. आइसीसी विश्व क्रिकेट लिग–२ वानडे सिरिज

चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौंः संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी चैत्र ७ गते बस्नेगरि स्थगित भएको छ । आजको संसद बैठकमा सांसदहरुले संसददेखि विद्यालय बन्द गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका थिए । उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने दोहोर्याए । उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन । स्कुल बन्द गर्नुपर्छ । कोरोना भाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन ।’ सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए । उनले भने, ‘सरकारको एक्सन आउनुर्पयो । भीडभाड हुने संसद र स्कुल बन्द गर्नुर्पयो ।’

२२३ रनको लक्ष्य पाउँदा पनि इंग्ल्याण्ड विजयी, पूरा भएन दक्षिण अफ्रिकाको सपना

काठमाडौंः दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेट सिरिज पाहुना टोली इंग्ल्याण्डले २–१ ले जितेको छ । अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले सिरिज जितेको हो । ‘निर्णायक म्याच’मा दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको विशाल लक्ष्य इंग्ल्याण्डले १९.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान इओन मोर्गनले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ७ छक्का प्रहार गर्दै अविजित ५७ रनको योगदान दिए । यस्तै जोनि बेरिस्टोले ६४, जस बटलरले ५७ र बेन स्टोक्सले २२ रन बनाए । बलिङमा दक्षिण अफ्रिका टीमका लुंगि एन्गीडिले सर्बाधिक २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनायो । उसका लागि हेनरिक क्लासेनले शानदार ब्याटिङ गरे । सिरिजको पहिलो र दोस्रो खेलको विश्रामपछि प्लेइङ ११ मा फर्किएका उनले ‘निर्णायक’ म्याचमा ३३ बलमा ४ छक्का र ४ चौकासहित ६६ रनको योगदान दिए । यस्तै टेम्बा बवुमाले ४९, कप्तान क्विन्टन डीककले ३५, रस्सी भ्यान डर दुसेन, ड्वाइन प्रेटोरियसले ११–११, डेविड मिलरले अविजित ३५ रन बनाए । पहिलो इनिङ्समा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले १३ छक्का र १५ चौका प्रहार गर्दै रन बनाएका हुन् । बलिङमा इंग्ल्याण्ड टीमका बेन स्टोक्स, टम करनले २–२, आदिल रशिद र मार्क उडले एक–एक विकेट लिए । सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका १ रनले विजयी हुँदा दोस्रो म्याचमा २ रनले पराजित भएको थियो ।