ट्याम्के मैयुङको बजेट रु २७ करोड ६४ लाख

भोजपुर, भदौ २३ । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँ सभाले सडकमा रु पाँच करोड ९ लाख सत्तरी हजार, विद्युत्मा रु एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा रु.एक करोड पचहत्तर लाख बजेट विनियोजन गरेको टेम्केमैयुङ गाउँपालिका–५ खावाका वडाअध्यक्ष सुनिल राईले जानकारी दिनुभयो ।

गाउँपालिकालार्ई यस आर्थिक वर्ष २०७४÷७५ का लागि कुल २७ करोड ६४ लाख बजेट प्राप्त भएको छ । गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । गत भदौ ५ गतेदेखि शुरु भएको परिषद् बिहीबार सकिएको हो ।

बसमा २० किलोभन्दा बढी सामान बोक्न प्रतिबन्ध

काठमाडौं, भदौं १६ । दशैंमा बसबाट घर जाने यात्रुले २० किलोग्राम भन्दा बढी तौल भएका झोला(व्याग) तथा सामान लान नपाउने भएका छन । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रवार यस्तो निर्णय गरेको हो । विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । तर २० किलोभन्दा बढी तौलको वस्तु बसमा राखेर यात्रुले लैजान पाउने छैनन । त्यो भन्दा बढी सामान लानु पर्ने भए कुरियर वा मालबहाक सवारीमा लैजान विभाग भनेको छ । त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ ।व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ । तर, व्यवसायीले भने यस्तो व्यवस्थाले उपभोक्तालाई नै असर गर्ने जनाएका छन्

मधेशको मुद्दा सम्बोधन नहुँँदासम्म आन्दोलन जारी रहन्छ : उपेन्द्र यादव

महोत्तरी, भदौ १६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । बिहीबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जवसम्म देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागीता हुँदैन तबसम्म आफूहरुको आन्दोलन जारी रहने बताए छ । अध्यक्ष यादवले संविधानमा मधेशीहरुको पहिचान कहिँ पनि उल्लेख नभएकोले संविधान संशोधन अपरिहार्य भएता पनि आफूहरुले आन्दोलनको अर्को रुप स्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए  । एक अर्को प्रसंगमा उहाँले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तवसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष धारणा राखे । – unn.com.npबाट

अभिनेत्री प्रियंका सिक्स प्याक बनाउनमा व्यस्त

डी बनाउन लागिपरेकी छिन् । प्रयोगको मामलामा प्रियंका त्यसै पनि अरू हिरोइनभन्दा एक पाइला अगाडि नै छिन् । बलिउडका साथै हलिउडका फिल्ममा पनि निरन्तरता दिइरहेकी प्रियंकाले आफूलाई अभिनेत्री मात्र नभई गायिकाका रूपमा समेत प्रस्तुत गरिसकेकी छिन् । प्रान्तीय फिल्म निर्माणमा समेत सक्रिय प्रियंकाले हलिउडको फिल्म ‘इजन्ट इट’ रोमान्टिकमा योगा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छिन् । त्यसकारण उनलाई सिक्स प्याक आवश्यक परेको हो । भारतीय अनलाइनका अनुसार प्रियंका अचेल सोही भूमिकामा लागि सिक्स प्याक बनाउन जिममा अभ्यासरत छिन् । उनको सिक्स प्याक रूप भने केही समयपछि हेर्न पाइनेछ ।हलिउडका फिल्ममा ब्यस्त रहे पनि बलिउडका निर्माताले उनीसँग कुरा गर्न भने छाडेका छैनन् । उनलाई आफ्नो फिल्ममा लिन केही निर्माताले कुरा गरिरहेको भए पनि तय भने भइनसकेको बताइन्छ ।

प्रचण्डलार्इ समाजवादी क्रान्ति देखेर मर्न मन लागेछ

भदौ ११ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफूलाई समाजवादी क्रान्ति देखेर मर्न मन भएको बताएका छन् । माओवादी केन्द्र प्रदेश नं. ७ को पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी हाम्रो रणनीतिबाट बिचलित भएका छैनौं । समाजवादउन्मूख संघीय गणतान्त्रिक संविधान बनाएका छौं । देशलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिलाई हामीले नै नयाँ उचाईमा लैजान सक्छौं । माओवादी आन्दोलनलाई फेरी एकतावद्ध गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने मन छ । दश वर्षभित्र फेरी समाजवादी क्रान्तिको उभार ल्याउन सक्छौं । मलाई समाजवादी क्रान्ति देखेर मात्र मर्न मन छ, प्रचण्ड त्यत्ति छिटै थाक्ने मान्छे होइन ।’ देशमा प्रमूख कार्यकारी राष्ट्रपति अपरिहार्य रहेकोमा उनले जोड दिए । प्रचण्डले भने, ‘देशमा जहिले पनि राजनीतिक अस्थिरता । २०४६ सालपछि त स्थीरता आउँछ कि भनेको भएन, गणतन्त्रपछि आउँछ कि भनेको आएन, नयाँ संविधानपछि राजनीतिक स्थीरता हुन्छ कि भनेको त्यो पनि भएन । २ वर्षमा ३ वटा सरकारले देशको विकास र समृद्धि सम्भव नै छैन । त्यसैले जनता आफैले प्रत्यक्ष भोट हालेर चुन्ने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहिन्छ । यसले मात्रै देशलाई एकतावद्ध गर्छ, आर्थिक समृद्धि र विकासलाई गति दिन सक्छ ।’ प्रशिक्षणमा अध्यक्ष प्रचण्डले एमालेले कहिल्यै पनि परिवर्तन र क्रान्तिको नेतृत्व नगरेको बताए । भने, ‘मदन भण्डारी बाँचेको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो । तर, अब त्यो सोच्नु पनि काल्पनिक हुन्छ । २००७ सालको क्रान्तिको नेतृत्व कांग्रेसले गर्यो, २०४६ सालको आन्दोलन पनि कांग्रेसले नै गर्यो, बामपन्थी शक्तिहरुको सहयोगी भूमिका भयो, जनयुद्ध र गणतन्त्रको नेतृत्व हामीले गर्याैं । देशमा ठूलो राजनीतिक परिवर्तन माओवादीले गर्यो । तर, एमालेले के गर्यो ? गणतन्त्रको आन्दोलनमा उनीहरु यसका विरोधी थिए, संघीयता पनि उनीहरुले रुचिले मानेका होइनन्, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक त झन् मन नै पराउँदैनन् ।’ ‘सबै माओवादीहरु एकै ठाउँ आउनुको कुनै बिकल्प छैन’, अध्यक्ष प्रचण्डले भने, ‘वैद्यजी चुनाव लड्नु भो, बाबुरामजी पनि लड्नु भो । फरक तरिकाले भए पनि विप्लवजी चुनाव लड्नुभो । तर, जनताले तिमीहरुको कुनै अर्थ छैन भन्ने जनादेश दिए । हामीलाई पनि जनताले सबै माओवादीलाई मिलाउने जिम्मा तिम्रो हो भन्ने जनादेश दिए । तसर्थ, जनताको अभिमत बुझेर सबै माओवादी एक हुनुको कुनै बिकल्प छैन ।’ ‘११ वर्षपछि मधेशमा फेरी माओवादीको पक्षमा लहर आउँदैछ, मधेशका मसिहा ठान्ने मधेशी दलको भ्रमबाट जनता मुक्त हुँदैछन्’, प्रचण्डले भने, ‘हेर्दै जानुहोला, माओवादीको पक्षमा मधेशमा ठूलो जनलहर आउँछ । संघीयता मधेशी दलको मुद्धा हुँदै होइन, हामीले मधेशी, थारु, मुस्लिम, मगर मुक्ति मोर्चाको अभ्यास गरेर युद्धमा जाँदा तिनीहरु कहाँ थिए ? बीचमा हाम्रा मुद्धाहरुको अपहरण गर्ने कोशिस गरे, अब त्यो सम्भव छैन ।’

कांग्रेसको पुन: नेतृत्व हत्याउन जुर्मुराउँदै कोइराला परिवार, देउवा कसरी हावी भए ?

कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे । कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन । १३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ । पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ । कोइराला परिवारबाट अब कसको नेतृत्व ? गत ४ साउनमा छलफलपछि सामूहिक तस्बिर सार्वजनिक गरेर एकताको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने समझदारी बनाएका छन् । बिपीपुत्र शशांक महामन्त्री छन् । केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता केन्द्रीय सदस्य छन् । लामो समय डाक्टरी पेसा गरेर राजनीतिमा आएका शशांकलाई बिपीपुत्र हुनुको फाइदा छ । तर, शेखर राजनीतिक रूपमा दुई कोइरालाभन्दा अगाडि छन् । कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन् । सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ । तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन् । तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन् । ‘उहाँहरूलाई पार्टीको चिन्ता छ । एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’ कोइरालानिकट स्रोत भन्छ, ‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ ।’ भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए । राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए । सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन् । रामचन्द्र पौडेलले देउवासँग अब ‘फाइट’ गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूमध्येबाटै एकलाई नेतृत्वमा अघि सार्ने निष्कर्षमा कोइरालात्रय पुगेका हुन् । बिपीका जेठा छोरा प्रकाश कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् । श्रीहर्ष त राजनीतिमै आएका छैनन् । कांग्रेस सभापतिहरू पहिलो : १२–१३ माघ, २००३ (कलकत्ता) – टंकप्रसाद आचार्य, कार्यकारी सभापति बीपी कोइराला, दोस्रो : माघ २००४ (बनारस) – बिपी कोइराला तेस्रो : फागुन २००५ (दरभंगा, बिहार) – मातृकाप्रसाद कोइराला चौथो : चैत २००६ (कलकत्ता) – मातृका कोइराला पाँचौँ : माघ २००९ (जनकपुर) बिपी कोइराला छैठौं : २०१२ (वीरगन्ज) – सुवर्णशमशेर जेठ २०१४ (विशेष राष्ट्रिय महाधिवेशन) – बीपी कोइराला सातौं : वैशाख २०१६ – बीपी कोइराला २०३४ (पटना) बिपीले स्वास्थ्यको कारण देखाई कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाए । बिपीको निधनपछि २०३९ कार्यावाहक सभापति आठौं : फागुन २०४९ (झापा) – कृष्णप्रसाद भट्टराई नवौं : वैशाख २०५३ (काठमाडौं) गिरिजाप्रसाद कोइराला १० औं : माघ २०५७ : गिरिजाप्रसाद कोइराला, ११ औँ : भदौ, २०६२ (काठमाडौं)– गिरिजाप्रसाद कोइराला १२ औँ : असोज, २०६७ (काठमाडौं) सुशील कोइराला १३ औँ : २५, फागुन २०७३ः शेरबहादुर देउवा (हालसम्म) कांग्रेस कमजोर हुँदै गयो डा. शशांक कोइराला, महामन्त्री संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न । हामीले राम्रा काम पनि गरेका छौँ । तर, राम्रा काम जनतामा लान सकेनौँ । केही नराम्रा काम गर्‍यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ । ७१ वर्षे कांग्रेसमा कोइराला परिवारको नेतृत्व ४९ वर्ष  कृष्णप्रसाद भट्टराईले १९, सुवर्णशमशेरले २ वर्ष र शेरबहादुर देउवाले डेढ वर्ष नेतृत्व गरे ००३ सालमा कांग्रेस स्थापना भएपछि बिपीले पाँचपटक गरेर २५ वर्ष पार्टीको नेतृत्व गरे । मातृकाप्रसाद कोइरालाले चार वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष, सुशील कोइरालाले दुईपटक गरेर ६ वर्ष (कार्यबाहकसहित) कांग्रेस सम्हाले । भट्टराईको नेतृत्व १९ वर्ष ०३४ मा स्वास्थ्यको कारण देखाउँदै बिपीले राजीनामा दिएपछि कृष्णप्रसाद भट्टराई कांग्रेसको कार्यबाहक सभापति भए । ०३९ मा बिपीको निधनपछि भट्टराई पुनः कार्यबाहक सभापति भए । ०४९ मा भएको आठौँ महाधिवेशनपछि भट्टराई ०५३ सालसम्म सभापति भए । सुवर्णशमशेर दुई वर्ष ०१२ मा वीरगन्जमा छैटौँ महाधिवेशन भएपछि सुवर्णशमशेर दुई वर्ष कांग्रेसको सभापति भए । तर, ०१४ मा विशेष राष्ट्रिय सम्मेलनबाट बिपी नै कांग्रेसमा उदाए । ०५३ मा कृष्णप्रसाद भट्टराईपछि पनि १४ वर्ष कोइराला परिवारले नै कांग्रेसको नेतृत्व गर्यो । ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व सम्हालिरहेका छन् । जुर्मुराउँदै कोइरालाहरू देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ । छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन् । सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे । महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए । छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो । आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो । ‘संविधान संशोधनलाई अहिले फ्लोरमा लगेर टुंग्याइयो । तर, तीन–चार महिनाअघि नै किन यो प्रक्रिया अपनाइएन ? कांग्रेस कमजोर हुन थालेको आभास भएको छ । हरेक विषयमा ढिलाइ गर्दै जाँदा राम्रो हुन्न,’ डा. शशांकले नयाँ पत्रिकासँग भने, ‘हामीले राम्रा काम पनि गरेका छौँ । तर, राम्रा काम जनतामा लान सकेनौँ । केही नराम्रा काम ग¥यौँ । यसको नजिता निर्वाचनमा भोग्यौँ । डिआइजी प्रकरण, महाअभियोग प्रकरण, राजदूतका विषयमा पार्टीको पोजिसनले राम्रो सन्देश गएन । प्रजातन्त्रलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिएनौँ । यसैले हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्दै एकजुट भएका हौँ । यसमा सबैको साथ चाहिन्छ ।’ देउवाको पार्टी सञ्चालनप्रति महामन्त्री शशांक र सुजाताले खुलेर विरोध गरेका छैनन् । तर, शेखरले विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन् । काम गर्ने शैली र कुनै पनि विषयलाई अड्काएर राख्न हुँदैन भन्ने विषयमा सभापति देउवा र महामन्त्री शशांकको बुझाइ उस्तैउस्तै रहेको पाइन्छ । तर, पार्टीमा पकड जमाउने विषयमा भने यी दुईबीच आ–आफ्नै प्रतिस्पर्धा छ । फेरि संयुक्त भेटघाट  यसअघि विकसित घटनाक्रममा कोइराला परिवारका तीन नेताले संयुक्त रूपमा चासो राख्ने गरेका थिएनन् । तर, शुक्रबार शशांकको महाराजगन्जस्थित निवासमा पत्रकार महासंघको नवनिर्वाचित टोलीलाई सम्मान गर्ने कार्यक्रममा तीनैजना उपस्थित भए । पत्रकारलाई सम्मानको साथै केही राजनीतिक विषयमा कुराकानी गर्ने तयारीमा कोइरालाहरू थिए । तर, अर्को पक्षका नेता–कार्यकर्ताको बाक्लो भिड बढेपछि उनीहरूले राजनीतिक विषयमा कुराकानी गरेनन् । ‘यसअघिजस्तै अहिले पनि एक रहेको र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा बोल्ने तयारी उहाँहरूको थियो,’ कोइरालानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘तर, अर्को पक्षका नेता–कार्यकर्ताको समेत बाक्लो उपस्थिति भएपछि उहाँहरूले राजनीतिक कुरा बाहिर ल्याउनुभएन ।’ पत्रकार सम्मानको कार्यक्रमअघि १५ मिनेटजति सामूहिक कुराकानी गरेका उनीहरूले मिडियासँग राजनीतिक कुराकानी गरेनन् । महामन्त्री शशांकले ‘लोकतन्त्रलाई संस्थागत गर्न प्रेसको भूमिका महŒवपूर्ण हुन्छ’ भनेर भाषण सकाए । तर, शेखर र सुजाताले केही बोलेनन् । तीन कोइरालाले पत्रकार भेटघाट गर्ने कार्यक्रम राखेको जानकारी पाएपछि देउवा पक्षका नेता डा. प्रकाशशरण महत शशांकका स्वकीय सचिव भरत तिवारीलाई फोन गर्दै कार्यक्रमस्थल पुगेका थिए । निरन्तर छलफल गर्ने  शुक्रबार आफ्ना कुरा बाहिर ल्याउन नपाएका यी तीन नेता एक हप्ताभित्रै पुनः छलफल गर्ने तयारीमा छन् । ‘उहाँहरूले शुक्रबार केही बोल्नुभएन । तर, एक हप्ताभित्रै फेरि छलफल गर्ने तयारी गर्नुभएको छ,’ शशांकका स्वकीय सचिव तिवारीले नयाँ पत्रिकासँग भने । मुख्यगरी प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा भारत जाँदा आठौँ वरीयतामा रहेका विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएकोप्रति पौडेल पक्ष र कोइरालाहरू असन्तुष्ट छन् । विधानतः उपसभापतिलाई कार्यबाहक सभापति बनाउनुपर्ने हुन्छ । तर, उपसभापति नहुँदा भएका पदाधिकारीलाई पनि बेवास्ता गरेको र छलफल पनि नगरेको असन्तुष्ट पक्षको तर्क छ । पार्टीमा राम्रो पकड भएका कारण निधिलाई उपसभापति मनोनीत गर्नबाट रोक्न सक्ने सामथ्र्य कोइराला परिवारमा पनि छैन । तर, आफ्नो पक्षको मत संरक्षण गर्दै एक भएर जाने र १४औँ महाधिवेशनसम्म तीनमध्ये एकले पार्टी नेतृत्वमा दाबेदारी दिने रणनीतिमा कोइरालाहरू लागेको निकट स्रोतहरू बताउँछन् । हामी यसकारण जुट्दै छौँ डा. शेखर कोइराला कांग्रेस नेता कांग्रेस कोइरालाहरूको मात्र पार्टी होइन । जनताले सहादत गरेको पार्टी हो । कांग्रेस कमजोर हुँदा नेपाल नै कमजोर नै हुन्छ । यो कुरा बुझ्नुपर्छ । कांग्रेसमा शेखर बलियो भएर मात्र हुँदैन, शशांक र सुजाता बलियो भएर मात्रै पनि पार्टी र देशलाई फाइदा पुग्दैन । पार्टी बलियो भयो भने सबैलाई फाइदा हुने हो । देशमा कांग्रेस मात्र प्रजातान्त्रिक शक्ति छ । हामी तीनजना भेट्न थालेको, छलफल गर्न थालेको देशको चिन्ताले हो । तर, शेखर, शशांक र सुजाताले मात्रै केही गर्न सक्ने होइन । नयाँ पत्रिकाबाट 

प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जना पक्राउ

भीमदत्तनगर, भदौ ९ । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ । ‘‘हामीले अहिलेसम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरिसक्यौं ।’’ कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भने–“अनुसन्धान सघन रुपमा भइरहेकाले हत्या पत्ता लाग्छन ।” हत्या गरिएका कुँवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटनापूर्व यहाँको एउटा होटलमा मादक पदार्थ समेत सेवन गरेका थिए । मादक पदार्थ सेवन गर्दा साथमा रहेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी कुँवरको शव परीक्षणपछि शुक्रबार आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक सेटीले जानकारी दिए । कुँवरको हत्यापछि आक्रोसित स्थानीयवासी र उनका आफन्तले शान्ति सुरक्षाको माग गर्दै बिहीबार भीमदत्तनगरमा केहीबेर यातायात, बजार अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । कञ्चनपुरमा हत्या शृंखला दोहरिन थालेपछि यहाँका स्थानीय बासिन्दा त्रस्त भएका छन् । रासस

गयौ है हामी घुम्न !

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गर्नै क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा । तस्बिर : प्रदीपराज वन्त, काठमाडौ

कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि

काठमाडौँ, साउन २८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ । मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति लागू गरिने त्रिविका योजना महाशाखा प्रमुख प्रा रिदिष पोखरेलले बताउनुभयो । त्रिविमा इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, मानवशास्त्र, नेपालीजस्ता विषयमा वर्षेनी विद्यार्थी घट्दो छ । पढेर तत्काल रोजगार नमिल्ने विषयको साटो विद्यार्थीले नयाँ, विशिष्टकृत र रोजगारमुखी विषय रोज्न थालेपछि विश्वविद्यालयले क्याम्पसहरुबीच विषय केन्द्रीकृतको नीति लिएको हो । यो नीतिअनुसार कुनै एक क्याम्पसमा १० भन्दा कम विद्यार्थी भएमा त्यहाँ अध्यापन नगराई त्यही विषय पढाइ हुने नजिकैको अर्काे क्याम्पसमा पढाउनेछ । त्रिविको स्नातकोत्तर तहमा इतिहास विषयमा हाल चारजना मात्र विद्यार्थी छन् भने शिक्षकको संख्या त्योभन्दा बढी छ । मानविकी संकायका डीन प्रा शिव भुसालले विषय नै हटाउन नभई क्याम्पसबीचको विषय समन्वय र केन्द्रीकरण गर्न खोजिएको बताउँदै ती विषयलाई पूर्ण खारेज नगरी पाठ्यक्रम परिमार्जनतर्फ लाग्नुपर्ने बताउनुभयो । “कतिपय पुराना विषयलाई नयाँ आएका शान्ति र द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयले विस्थापन गर्न खोजेका छन्, यो नेपालको मात्र होइन विश्वकै उच्चशिक्षाको प्रवृत्ति हो तर हामी विद्यार्थी कम भएका विषय एकैपटक खारेज गर्ने पक्षमा छैनौँ, आफ्नो विशेषताका लागि पनि ती विषय कायम राख्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । हाल सो विश्वविद्यालयमा मानविकीअन्तर्गत २२ विभाग, छ कार्यक्रम र ३० विषय छन् । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले विद्यार्थी कम भएका विषयलाई क्याम्पसहरुमा ‘मर्ज’ गर्नुभन्दा ‘इमर्ज’ गर्नु उपयुक्त हुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “विषय शिक्षक एक ठाउँमा थुपारेर अर्थ छैन, तिनलाई कसरी काम दिने र व्यवस्थापन गर्ने भन्ने बिषय ठूलो हो, यसो नगर्दा झन भद्रगोल हुन्छ ।” त्रिविसभाले चालू आवका लागि रु १९ अरबको बजेट प्रस्तुत गर्दै छ । त्यसमा उपत्यका बाहिरका क्याम्पसमा पनि सेमेस्टर प्रणालीको विस्तार, अनुसन्धान कोष स्थापनाजस्ता कार्यक्रम रहेको योजना महाशाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो । स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको संख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी संख्या बढ्न सकेको छैन । हाल मुलुकका सबै विश्वविद्यालय वा उच्च शिक्षा क्षेत्रको सबैभन्दा बढी भार अर्थात् ८२ दशमलव २ प्रतिशत विद्यार्थी त्रिविसँगै छ । हाल त्रिविबाहेक अन्य नौ विश्वविद्यालय सञ्चालित छन् । हालै खुल्ला विश्वविद्यालय स्थापित भए पनि त्यसले प्राज्ञिक कार्य शुरु गरिसकेको छैन । त्रिवि ऐन, २०४९ बमोजिम सञ्चालित त्रिविलाई सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिइसकेको छ । कीर्तिपुरको केन्द्रीय कार्यालयमा यसको ४२ रोपनी जग्गा छ । नेपालमा पहिलो विश्वविद्यालयका रुपमा २०१६ मा यो संस्थाको स्थापना भएको थियो । विसं १९७५ मा भारतको कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना भएको थियो । त्रिवि स्थापना हुनुअघि चलेका १६ निजी कलेजलाई समायोजन गरेर त्रिवि बनेको हो ।

खाना पकाउने ग्याँसको मूल्य फेरि घट्यो

काठमाडौं, साउन १७ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य घटाएको छ । मंगलबार रातिबाट लागु हुने गरी निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । बुधबारबाट उपभोक्ताले खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १३ सयमा किन्न पाउनेछन  । भने पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

बेलौरी–६ मा माओवादी विजयी, मेयरमा पनि अग्रता

कञ्चपुर, असार १९ । कञ्चनपुरको वेलौली नगरपालिकामा– ६ नम्बर वडा मा माओवादी विजयी बनेको छ । माओवादी केन्द्रले ५ सय ८७ ल्याएर विजयी बनेको छ भने त्यसको प्रत्यासी नेकपा एमालेले ५ सय ०२ मत ल्याएको हो । त्यस्तै बेलौरी नगरपालिको मेयरमा पनि माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी १०५ मत ले अगाडी रहेका छन् । माओवादी केन्द्रले ३ हजार ६ सय ६१ मत प्राप्त गरेको छ भने नेकपा एमालेका उम्मेदवार पल्‍लबराज भट्टले ३ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । त्यहाँ मतगणना भइरहेको छ ।

मताधिकारको प्रयोग

पुर्व मन्त्री तथा माओबादी केन्द्रका सचिव गिरिराजमणी पोखरेलले बिराटनगरको कोचाखाल मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर : सन्ताेष पनेरु, विराटनगर

हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा (हेर्नुहोस भिडियोसहित)

यौन शिक्षा तथा यौन मनोविज्ञानप्रति नेपाली समाजमा धेरै नै संकुचित सोचाइहरु विद्यमान छन् । तर, अचम्म पर्नुहोला सायद यो भिडियो हेरेर किनकि हाम्रै नेपालमा नैतिक यौनको शिक्षा दिने यस्तो अचम्मको जात्रा पनि हुने गर्छ। हेर्नुहोस् पुरा भिडियोः

चारवटै महानगरपालिकाकाे पछिल्लो परिणाम

काठमाडौँ, जेठ २ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य २०३ मतसहित अग्रस्थानमा छन् । उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन् । थापाले १३३ र कांग्रेसका राजुराज जोशीले १२८ मत पाएका छन् । विवेकशील नेपालीकी रन्जु दर्शनाको १०२ मत छ । ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन् । व्यन्जनकारले २ हजार ६२५ मत पाएका छन् । उनलाई कांग्रेसका चिरिबाबु महर्जनले २ हजार ३३९  मतसहित पछ्याइरहेका छन् । माओवादीका दिनेश महर्जनले ८४७ मत पाएका छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले अघि छ । एमालेका मानबहादुर जीसीले १ हजार ६५, कांग्रेसका रामजी कुँवरले ७६७ मत पाएका छन् । संघीय समाजवादीका हुमबहादुर तमुको १९६ र राप्रपाको गिता गुरुङको ८१ मत छ । उपमेयरमा एमालेकी मन्जु गुरुङको १ हजार ५४, कांग्रेसकी सरस्वती गुरुङको ८४६ मत छ । संघीय समाजवादीकी लक्ष्मी परियारले ९२ र राप्रपाका रमेश खत्रीले ८० मत पाएका छन् । चितवनको भरतपुर महानगरपालिकामा १ हजार १७५ मत गणना सकिएको छ र एमाले अघि छ । एमालेका देबी ज्ञवालीले ५३१ र माओवादीकी रेणु दाहालले ४५१ मत पाएकी छन् । उपमेयर पदमा एमालेकी दिव्या शर्मा आचार्यको ४५६ र कांग्रेसकी  पार्वती शाहको ४५४ मत छ ।

२९ स्थानमा माओवादी केन्द्रको अग्रता

काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचनको पछिल्लो मत गणना परिणाम अनुसार माओवादी केन्द्रले २९स्थानमा अग्रता लिएको छ । माओवादीले अग्रता लिएका स्थानीय तह १. चौरजहारी नगरपालिका (रुकुम) २. गोलनचौर गाउँपालिका (सिन्धुली) ३. थाक्रे गाउँपालिका (धादिङ) ४. नेत्रावती गाउँपालिका (धादिङ) ५. रोशी गाउँपालिका (काभ्रे) ६. वागमती गाउँपालिका (मकवानपुर) ७. भेरीगंगा नगरपालिका (सुर्खेत) ८. शिवालय गाउँपालिका (जाजरकोट) ९. बारेकोट गाउँपालिका (जाजरकोट) १०. बाफीकोट गाउँपालिका (रुकुम) ११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर) १२. दार्मा गाउँपालिका (सल्यान) १३. कपुरकोट गाउँपालिका (सल्यान) १४. ढोरचौर गाउँपालिका (सल्यान) १५. रास्कोट नगरपालिका (कालिकोट) १६. कालिका गाउँपालिका (रसुवा) १७. ताराखोला गाउँपालिका (बाग्लुङ) १८. आँबु खैरहनी गाउँपालिका ( गोरखा) १९. गण्डकी गाउँपालिका (गोरखा) २०. जिरी नगरपालिका (दोलखा) २१. भिमफेदी नगरपालिका (मकवानपुर) २२. खैरहनी नगरपालिका (चितवन) २३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक) २४ बागचौर नगरपालिका (सल्यान) २५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग) २६. गण्डकी गाउँपालिका (गोरखा) २७. पाचखाल नगरपालिका (काभ्रे) २८.  पञ्चकन्या गाउँपालिका (नुवाकोट) २९.त्रिवेणी नलगाड (जाजरकोट)

बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई

काठमाडौं,जेठ १ । आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ। यो वर्ष राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयलाई पठाएको छ। स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग भएकाले अर्थ मन्त्रालयले पनि त्यसै अनुसार बजेट बिनियोजनको तयारी गरेको नयाँ पत्रिकामा खबर  छ। ‘यो वर्ष प्रदेश गठन नभएकाले स्थानीय तह र केन्द्रीय स्तरबाट कार्यान्वयन गर्ने आयोजनाका लागि बजेट बिनियोजन हुन्छ’, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसमध्ये करिब ४० प्रतिशत हिस्सा स्थानीय तहले ओगट्ने देखिएको छ।’