प्रियंकाको बानीले निर्माता नै हैरानमा

चर्चित मोडल तथा अभिनेत्री प्रियंका कार्की सामाजिक मिडिया क्रेजी छिन् । उनका फेसबुक तथा इन्स्टाग्राम प्रोफाइल नियाल्ने हो भने दिनहुँ अनेकौं तस्वीर अपलोड भएको पाइन्छ । सेलिब्रेटी भएपछि आफ्ना गतिविधि सामाजिक मिडियामा सार्वजनिक गर्नु सामान्य कुरा नै हो ।

यद्यपि प्रियंकाको यो बानीले निर्माताहरूलाई भने हैरान बनाएको छ । अधिकांश निर्माता–निर्देशक छायांकनको क्रममा रहेका बेला आफ्ना चलचित्रका तस्बिर सकेसम्म सार्वजनिक गर्न रुचाउँदैनन्।

तस्बिरसँगै सम्बन्धित कलाकारको पहिरन, गेटअप आदि बाहिरने डर उनीहरूलाई हुन्छ । अभिनेत्री कार्की भने त्यसको ठीक विपरीत छिन् । उनी चलचित्रको सेटबाटै तस्बिर अपलोड गर्न हिच्किचाउँदिनन् ।

फ्लोरमै रहेको आफ्नो चलचित्रको तस्बिर बाहिरन थालेपछि निर्माता–निर्देशकहरूले प्रियंकासमक्ष नौलो सर्त राख्न थालेको बताइन्छ । मौखिकरूपमै राखिएको उक्त सर्तको बेहोरा यस्तो छ– ‘छायांकनकै क्रममा चलचित्रको गेटअपमा तस्बिर अपलोड गर्न नपाइने ।’ घण्टैपिच्छे तस्बिर अपलोड गर्न रुचाउने प्रियंकाले यो सर्त पालना गर्ने हुन् कि होइनन्, समयले नै बताउला । एजेन्सीको सहयोगबाट

के हो कल गर्ल? नेपालमा पनि शुरु भएको छ यो सेवा?

‘सेक्स वर्कर’ कल गर्ल भनिन्छ । यधपि उनीहरुले आफ्नो पेशा र व्यवसायबारे खुला रुपमा बताएका हुँदैनन् । प्राय जस्तो कल गर्लले एजेन्सीसँगको सहकार्यमा आफ्नो यौन व्यवसाय चलाई रहेका हुन्छन् । कल गर्लले म्यागेजिन र इन्टरनेटमा आफ्नो विज्ञापन पनि गरेका हुन्छन् । उनीहरूको विज्ञापनलाई एजेन्सीहरूले प्रमोशन गरेका हुन्छन् । कतिपय पोर्नस्टारले पनि कल गर्लका रूपमा सेवा दिइरहेका हुन्छन् । कतिपय कलगर्लका आफ्ना वेभसाइट पनि हुने गरेका छन् । नेपालमा भने ट्याक्सी, बार, क्लवलगायतका ठाउँको सम्पर्कका आधारमा कल गर्लले व्यावसाय गर्दै आएका छन् । कानुनले बर्जित गरेका कारणले वेभसाइट, विज्ञापनलगायत हुने गरेको छैन ।

चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको नयाँ बलिउड चलचित्र ‘रेस ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । मुम्बईको जुहूमा आयोजित एक कार्यक्रममा चलचित्र सेलिब्रेटी सलमान खान, बबी देओल, ज्याकलिन फर्नान्डिस, डेजी साह, अनिल कपुर र फ्रेडी दारुवाला उपस्थित रहेका थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा संसारभरिका सबै फ्यानहरु सुपरस्टार सलमान खानलाई हेर्नका लागि ३६० डिग्री फर्म्याटमा हेरेका थिए । कार्यक्रममा सलमान खानले बबी देओललाई भने– ‘बबी देओल अब बडी देओल बनिसकेका छन् ।’ बबीले जवाफ दिँदै सलमानलाई ‘मामू’ बोलाउँदै भने, “मामू मेरा भगवान हुन् । उनले मलाई विश्वास गरे ।” कार्यक्रममा जज्याकलिन फर्नान्डिसले सलमानको प्रशंसा गर्दै भनिन्– “मलाई सलमान खानले निकै ठूलो गुण लगाएका छन् । चलचित्र ‘किक’ मेरो करियरमा एक टर्निङ प्वाइन्ट प्रमाणित भएको थियो ।” चलचित्रको बारेमा बताउँदै सलमानले भने,” समयको कमीका कारण मैले चलचित्र ‘रेस’ र ‘रेस २’ हेर्न पाएका थिएन । तर यो एकदम राम्रो रहेका छ । अहिले  ‘रेस ३’ मा आफ्नो इनपुट हाल्न पाएँ, खुसी लागेको छ ।” चलचित्र ‘रेस ३’ को यही वर्ष इदमा रिलिज हुने भनिएको छ ।     हेर्नुहोस् ट्रेलर भिडियो-

अविरल वर्षाका कारण राजमार्ग सडकखण्ड तीन घण्टा अवरुद्ध

धादिङ । केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ । सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो । गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो । राजमार्गबाट शाखा सडक खन्दा आधारभूत मापदण्ड पूरा नगरेका कारण शाखा बाटोमा निकालिएको माटो पहिरोका रुपमा परिणत भई राजमार्गमासमेत क्षति पुर्याएकाले शाखा सडक निर्माण गर्दा ध्यान पु¥याउनुपर्ने भएकाले गाउँपालिकाले योजना सञ्चालनमा समेत विशेष ध्यान दिने गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले बताउनुभयो । सो क्षेत्रमा केही दिनअघि पनि सडक माथिबाट आएको लेदो पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमाथि खनिएका शाखा सडक पहिरो नजाने गरी निर्माण गर्नुपर्ने र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने जरेखेतबासीको भनाइ थियो । रागमार्ग क्षेत्रमा रहेको धुनीबेशी नगरपालिका, गल्छी, थाक्रे, गजुरी र बेनिघाटरोराङ गाउँपालिका क्षेत्रबाट २०० भन्दा बढी शाखा सडक खनिएको देखिन्छ । शाखा सडक निर्माण गरिएको हरेक स्थानमा राजमार्ग भत्किएको छ । रासस

मालिककाे गाडी ड्राइभर, मालिक्नीकाे ‘सेक्स राइडर’

काठमाडौं । पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म छाड्ने र खाना ल्याउने काम गर्दथे । विहान पतिलाई कार्यालयमा छाडेपछि दिनभरी उनी पत्नीको सेवाका लागि पनि खटिन्थे । अहिले ट्याक्सी चलाइरहेका उनी भन्छन्,‘अफिसमा मालिकलाई छाडेपछि घरका लागि सवारी चलाउने काम पनि गरेको थिएँ । योसँगै अन्य गतिविधिमा पनि मलाई मालिक्निले प्रयोग गर्थिन् ।’ विवेकले मालिकको ड्राइभर र मालिक्निको ‘सेक्स ड्राइभर’ बन्नुपरेको थियो । त्यसका लागि उनलाई लुकीछिपी अतिरिक्त आम्दानी पनि हुने गरेको थियो । ‘एक जनाको सेवा त ठिकै थियो । पछि मालिक्निका सर्कलमा रहेका धेरैलाई सेवा दिनुपर्ने भएपछि विरामी बन्ने डर भयो र म भागेर ट्याक्सी चलाउन आएँ ।’, विवेक भन्छन्,‘शारिरीक कमजोरी, पिसावनलीको समस्या पनि देखियो । अहिले यहि व्यावसाय गरेर बसीरहेको छु ।’ विवेकले दशकसम्म जुन काम गरे त्यसमा अहिले धेरै युवा सक्रिय रहेका छन् । लगानी पनि हुने, आम्दानी पनि हुने भएपछि हट्टाकट्टा जवान ड्राइभर, सहयोगी वा सम्पर्क पुरुष भएर उच्च घरानाका महिलाहरूसँग सम्बन्धमा रहने गरेका छन् । ‘खासमा सहयोगी भए पनि आफ्नो सेक्स सन्तुष्टिका लागि काठमाडौंलगायतका ठाउँमा युवालाई यसरी प्रयोग गरिएको छ’, विवकेको अनुभव छ,‘मेरा कतिपय साथीहरू अहिले पनि यहि काममा व्यस्त छन् ।’ प्रायः जिगोलोलाई उच्च धनाड्य परिवारको बेडरुम र सिरानी कस्तो छ भन्नेसम्म थाह हुन्छ । ‘दिनभरीको काम नै सेवा गर्ने हुन्छ । अनि पत्तो लागि हाल्छ नि’, उनी भन्छन् । महिला यौनकर्मीको संख्या उच्च रहेको नेपालका सहरहरूमा पुरुष यौनकर्मीको पनि विभिन्न रूपमा संख्या विस्तार हुन थालेको विभिन्न अध्ययनले देखाएका छन् । कतिपय पुरुषले यसलाई व्यावसाय नै बनाएका छन् । व्यावसायीक यौन कर्ममा लागेकाहरूले महँगा होटलमा उच्च घरानाका युवती, पत्नीलाई सेवा दिने गरेका छन् । उनीहरूको काम सेक्स पार्टनर बनिदिने र पैसा लिने हो । महिला यौनकर्मीको तुलनामा संख्या निक्कै कम भए पनि ठूलो रकम लिएर सेवा दिने हुन्छ । महिला यौन व्यवसायी सडकपेटीमै बसेर ग्राहक खोजिरहेका हुन्छन् । ग्राहकले पनि मोलमोलाई गरेर थोरै रकममा यौन सन्तुष्टि लिने गरेका महिला यौन व्यवसायी बताउँछन् । तर, पुरुष यौन व्यवसायीका ग्राहक आर्थिक रूपमा सम्पन्न परिवारका हुने भएकाले उनीहरूले अन्य सेवासुविधासमेत पाउने गरेका छन् । केही पुरुष यौन व्यवसायीको भनाइअनुसार उनीहरूलाई आवश्यक पर्ने पकेट खर्च, मोबाइल खर्चदेखि सपिङका लागि पैसा महिला ग्राहकले दिने गरेका छन् । प्रायः महिला ग्राहक पुरुष यौन व्यवसायीलाई निजी बनाउन चाहन्छन् । आफ्नो पार्टनरले आफूलाई मेन्टेन गरेर हिँडेको हेर्न पनि महिलाले त्यस्ता पुरुष यौन व्यवसायीलाई धेरै रकम खर्चिने गरेका छन् । पुरुष यौन व्यवसायीले पनि आफूलाई ‘हेल्दी’ राख्न विशेष ध्यान दिने गर्छन् । एक जना भन्छन्,‘काजु पिस्ता खानेदेखि जिम जानेसम्म नियमित गर्नुपर्छ । शरिरमा इनर्जीको मात्र बढाउनुपर्ने बाध्यता पनि हुन्छ ।’ केही वर्षअघिको सरकारी तथ्यांकले पनि नेपालमा पुरुष वेश्या बढ्दै गरेको देखाएको छ । स्वास्थ्य परिक्षणका लागि यौनकर्मीहरूका लागि राखिएको उपचारमा ९२ जना पुरुष यौनकर्मी, १ हजार २७६ जना महिला यौनकर्मी र ४ जना तेस्रोलिंगी यौनकर्मी गरी जम्मा १३ सय ७२ जनामा एचआइभी संक्रमण पाइएपछि यसको पुष्टि भयो । उक्त उपचारको अध्ययनका क्रममा ९२ जनाले आफु पुरुष वेश्या भएको बताएका थिए । के छ कानुन ? महिला यौनकर्मीका लागि नेपाल सरकारसँग कानुनी व्यवस्था रहेको छ । उसलाई जीउ मास्ने बेच्ने मुद्दा दर्ता हुनसक्छ । तर पुरुष वेश्याको हकमा नेपालमा कानुन नरहेको कानुन व्यावसायी स्वागत नेपाल बताउँछन् । उनी भन्छन्,‘प्रमुख जिल्ला अधिकारीले सार्वजनिक मुद्दा दर्ता गराउने प्रावधान हुनसक्छ । तर, कारवाहीका लागि कानुन छैन ।’ उनका अनुसार यस्ता व्यक्ति पक्राउ परिहालेको खण्डमा पनि जीउ बेच्ने मास्ने अपराध लगाउने व्यवस्था नै छैन । ‘अहिलेसम्म सजायको कुनै व्यवस्था छैन ।’ के हो जिगोलो ? महिलासँग निरन्तर सम्पर्क राख्ने सुरक्षा घेरामा रहने पुरुषलाई जिगोलो भनिन्छ । यस्ता पुरुष महिलाका घरमा उनको अवस्था र आवश्यकतालाई सुरक्षित बनाउन सक्रिय हुन्छन् । सही हिसावले सहयोग वा सेवा गर्ने जिगोलोलाई सेवाको भत्ता दिने चलन छ । यस्ता व्यक्ति महिलाको ‘डान्स पार्टनर’ पनि बन्ने गर्छन् । पश्चिम विश्वमा यस्ता व्यक्तिलाई विभिन्न प्रकारका उपहार दिने चलन पनि रहेको छ । यस्ता व्यक्तिको यौन सम्बन्ध पनि रहने गरेको हुन्छ । जसलाई सेक्सका लागि राखिएको पुरुष पनि भनिन्छ । सन् १९२० देखि जिगोलो भन्ने शव्द मानिसका लागि प्रयोजनमा आएको हो । पहिला डान्स पार्टनरका रूपमा जिगोलो बनाउने चलन थियो जसको शव्द फ्रान्सबाट उत्पादित भयो । ‘जिगोलेट्टे’लाई अंग्रेजी संस्करणले जिगोलो बनाएको हो । व्यावसाय नै फस्टाउँदै कतिपय पोर्न उद्योगीहरूले जिगोलोका लागि जागिरकै अफर गदैृ आएका छन् । इन्टरनेटमार्फत भारतको नयाँ दिल्ली, नेपालको काठमाडौं, बंगलादेशको ढाकामा जिगोलो आवश्यकताको सूचना नै प्रकाशित गरी केटाहरूलाई मात्र सम्पर्क राख्न भनेका छन् । दैनिकनेपालबाट । यसको व्यावसायीकरणका लागि लाइसेन्स प्राप्त गर्न सफल विश्वका कतिपय देशले इन्टरनेटमा विज्ञापन गराएका हुन् । यो विज्ञापनमा नेपालीहरूको पनि आवेदन परेका छन् ।

नेहाभन्दा अघि अंगद र नोरासँग डेटको तस्वीरहरु भाइरल (तस्वीरहरु)

मुम्बई । बिहीबार बलिउड क्षेत्रकी चर्चित अभिनेत्री नेहा धूपियाले ‘पिंक’ फेम अंगद बेदीसँग दुवैजनाको निजी समारोहबीच विवाह सम्पन्न भएका छन् । फिल्ममेकर करन जौहरले एक फोटोे शेयर गरी नेहा र अंगदको विवाह कन्फर्म गरेका थिए । नेहा र अंगदले सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो विवाहको फोटो शेयर गरेका छन् । त्यस्तै, अंगद बेदी जति चलचित्रलाई लिएर लाइमटाइममा रहेका थिए, उति नै टकिंग प्वाइन्ट लभ रिलेशनसिप पनि रहेका थिए । युवराजको विवाहमा ‘नोरा’ को साथ पुगेका थिए अंगद । अंगद बेदी डिसेम्बर, २०१६ मा आफ्नो बेस्ट फ्रेन्ड युवराज सिंहको विवाहमा नोरा फतेहीको साथ पुगेका थिए । खास कुरा त यो हो कि यहाँ अंगदले नोराको आफ्नो गर्लफ्रेन्ड भनेर सबै सामु परिचय गराएका थिए । त्यही नोभेम्बर २०१७ मा उनी जहीर खान र सागरिका घाटगेका विवाहको रिसेप्शनमा नेहा धूपियासँग चिनजान भएका थिए । अंगदले नोराको बताएका थिए, ‘लभली गर्ल’ मिडियाको रिपोर्टका अनुसार, मोडल तथा अभिनेत्री अंगद बेदीसँग नोरा फतेही भेटघाट २०१५ मा गोवामा भएको थियो । जब एक अन्तर्वार्तामा अंगदसँग उनको रिलेशनसिपको बारेमा सोधेका थिए कि नोरा र उनी अहिले पनि एकअर्कालाई बुझ्न लागिपरेका छन् । उनले नोराको एक लभली गर्ल पनि भनेका थिए । साथै उनको काम र पोजिटिभिटीको तारिफ पनि गरेका थिए । विवाहअघि नेहाभन्दा पहिले नै अ‌ंगद र नाेरा एकअर्कासँग डेट भइसकेका केही सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, हेर्नुहोस् केही तस्वीरहरु- एजेन्सीको सहयोगबाट

डोटीमा जिप दुर्घटना, घाइते भएकामध्ये थप दुई जनाको मृत्यु

डोटी, बैशाख ९ । डोटी शिखर नगरपालिका–३ मा शनिबार भएको जिप दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरागाउँकी ३५ बर्षिया झाकरी भुल र सोही ठाउँकी २८ बर्षिया धौली भुल रहेको जिल्ला प्रहरी कार्यालय दिपायलका प्रवक्ता डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । धौलीको सेती अञ्चल अस्पतालमा र झाकरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग. १ ज ५२७५ नम्बरको जिप शिखरनगरपालीको ३ छाईपानीमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आइपिएल क्रिकेट : क्रिस गेलको उत्कृष्ट ब्याटिङ, पञ्जाब शीर्ष स्थानमा

काठमाडौं, वैशाख ९ । क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि आइपिएल क्रिकेटमा किंग्स इलावेन पञ्जावले कोलकता नाइट राइडरस् लाई उसैको मैदानमा ९ विकेटले पराजित गरेको छ । शनिबार इडन गार्डेनमा १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको पञ्जावले ११ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले १ सय ९१ रन बनाएपनि वर्षाका कारण खेल प्रभावित भएपछि पञ्जावलाई १३ ओभरमा १ सय २५ रनको तार्गेट दिइएको थियो । पञ्जावका क्रिस गेलले आक्रामक ब्याटिङ गरे । ३८ बल खेल्दै अविजित रहेका गेलले ५ चौका र ६ छक्का प्रहार गर्दै ६२ रन बनाए । २७ बलमा ९ चौका र २ छक्का प्रहार गरेका अर्का ओपनर लोकेश राहुल ६० रनमा आउट भए । यसअघि गेलले हैदरावादविरुद्ध १ सय ४ र चेन्नई विरुद्ध ६३ रन जोडेका थिए । पछिल्ला तीन खेलमा गेलले उत्कृष्ट ब्याटिङ गरेका छन् । टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले ७ विकेटको क्षतिमा १ सय ९१ रन जोड्यो ।उसका लागि ओपनर क्रिस लियोनले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ७४ रन बनाए । ओपनर सुनील नारिन १ रनमै आउट भएपनि रोबिन उथप्पाले ३४ रन जोडेर कोलकाताको इनिङ सम्हाले । यस्तै कप्तान दिनेश कार्तिकले २८ बलमा ६चौकाको मद्दतमा ४३ जोडे । पाँच खेलमा ४ जित निकालेको पञ्जाव ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

विश्वका प्रभावशाली व्यक्तिको सूचीमा अभिनेत्री दीपिका पर्न सफल

मुम्बई । चर्चित पत्रिका टाइम्सले विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि भारतीय क्रिकेटर विराट कोहलीसम्म अटाएका छन् । भारतका केही हस्ती यस सूचीमा परेका छन् । भारतीय क्रिकेटर विराट, अभिनेत्री दीपिका पादुकोण, ओलाका संस्थापक भविष्य अग्रवाल तथा माइक्रोसफ्टका सीइओ सत्या नडेला सूचीमा अटाएका छन् । यस पटक सूचीमा अटाएका ४५ जना ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । म्यागजिनमा यस पटक अभिनेत्री निकाले किडम्यान, प्रिन्स ह्यारी, उनकी प्रेमिका मेगन मार्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन टूडो, साउदी राजकुमार प्रिन्स मोहमद विन सलमान, चीनका राष्ट्रपति सि जिनपिङ, उत्तर कोरियाका किमम जोन उन, बंगलादेशका प्रधानमन्त्री शेख हसीना तथा गायिका रिहानालगायत परेका छन् ।

फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा

काठमाडौं । राजधानीको ठमेल नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको छ । संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको हो । वैशाखको अन्त्यबाट सुरू हुने गरी रेष्टुरेन्ट’ रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको हो । युवा संञ्चारकर्मी रोशन दानी तथा युवा व्यवसायी अर्जुन थापाको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइने जनाइएको छ । हाईजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी रोशन दानीले बताए । रेड लायन्स ‘लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए। रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिकरुपमा फरक फरक कलाकारहरुबाट लाइभ म्युजिकल प्रस्तुति रहने छ। करीब साढे दुई करोड लगानीमा सुरू हुन लागेको रेष्टुरेन्टमा नयाँ–नयाँ परिकारको स्वाद दिने कम्पनीको लक्ष्य रहेको छ । ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहा वाट दहचोको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

इन्जुरी समयको गोलले रेलिगशनमा पर्यो ला लिगा क्लब मालागा  

काठमाडौं, वैशाख ७ । स्पेनिस क्लब मालागा स्पेनको शीर्ष फुटबल लिग ला लिगाबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लेभान्टेसँग पराजित भएपछि मालागा रेलिगेशनमा परेको हो । यो सिजन युरोपका शीर्ष पाँच लिगबाट रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ मालागा । घरेलु मैदानमा भएको खेलमा लेभान्टेले मालागालाई १–० ले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा इन्जुरी समयको तेस्रो मिनेटमा बोएटेङ्गले लेभान्टेका लागि विजयी गोल गरे । उनको गोल मालागाका लागि शीर्ष लिगको यात्रा टुंगिने कारण बन्यो । लिगमा पाँच खेल बाँकी हुँदै मालागा रेलिगेशनमा पर्ने पक्का भएको हो । उसले ३३ खेलबाट मात्रै १७ अंक जोडेको छ । मालागा सन् २००८ देखि लगातार ला लिगामा थियो । मालागाले पाँच वर्ष अघि च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

आइपिएल क्रिकेट : क्रिस गेलले बनाए शतक, पञ्जाव विजयी

काठमाडौं, वैशाख ७ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार बेलुका भएको खेलमा किङ्गस इलाभेन पञ्जाव विजयी भएको छ । पञ्जावले सनराइजर्स हैदरावादलाई १५ रनले हराएको हो । पञ्जावले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको हैदरावादले चार विकेटको क्षतिमा निर्धारित ओभरमा मात्रै १७८ रन बनायो । उसका लागि मनिष पाण्डेयले ४२ बलमा नटआउट ५७, केन विलियम्सनले ४१ ब्लमा ५४ तथा शकिब अल हसनले १२ बलमा नटआउट २४ रन बनाए पनि हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जावले मात्रै ३ विकेटको क्षतिमा १९३ रन बनायो । पञ्जावको जितमा क्रिस गेलको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । उनले आइपिएलको जारी ११ औँ संस्करणमा पहिलो शतक बनाउने खेलाडी बन्दै टिमलाई जित दिलाउ । गेलले मात्रै ६३ बलमा १ चौका र ११ छक्काको सहयोगमा नटआउट १०४ रन बनाए ।

चार वर्षको प्रेम, ४ मिनेटमै अन्त्य

काठमाडौं । १० कक्षासम्म पढेका रुपन्देही ओमसतियाका प्रेमसागर केवट र स्थानीय १५ वर्षे युवती विगत ४ वर्षदेखि प्रेम–सम्बन्ध राख्दै आएका थिए । ज्याला मजदुरी गरेरै भएपनि प्रेमसागर युवतीका लागि कोसेली ल्याईदिन्थे । गाउँमा दुवैको प्रेम सम्बन्धको चर्चा चल्न थालेको थियो । दुवैले नजिकैको खेतलाई आफ्नो भेटघाट स्थल बनाएका थिए । दुवैका लागि रातको अँध्यारोले भेटघाटलाई गोप्य बनाउन पर्दाको काम गरिरहेको हुन्थ्यो। तर मंगलबार (४ बैशाख) बिहान प्रेमसागरकी प्रेमिकाको शव त्यहीँ उनीहरुको सधैँ भेटने स्थानमा फेला पर्‍यो । इलाका प्रहरी कार्यालय धकधकेबाट खटिएको टोलीले करिब ३६ घण्टा लामो अनुसन्धानमा युवतीको हत्या उनैका प्रेमी प्रेमसागरले गरेको पत्ता लगाएको छ। अभियुक्त प्रेमसागर रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार ३ बैशाख मा राति सँगै बसेका उनीहरु बीच विहान छुट्टिने समयमा भएको ४ मिनेटको विवादमा युवतीको हत्या भएको थियो। ‘रातिसँगै बसेको र शारीरिक सम्बन्ध समेत भएको खुलेको छ’ एसपी ज्ञवालीले भने, ‘बिहान छुट्टिने समयमा विवाद भएपछि युवतीकै कपालले घाटी थिचेर हत्या भएको हो ।’

मुख्यमन्त्री भट्टद्वारा स्वच्छ र स्वस्थ ७ नं प्रदेश अभियानको शुरुवात

धनगढी, वैशाख १ । नयाँ वर्षको पहिलो दिन ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बजार सरफाईका लागि कुच्चोे समातेर शनिबार बिहानै निस्किए । र ७ नं प्रदेश स्वच्छ र स्वस्थ अभियान प्रारम्भ गरे । ‘स्वास्थ्यप्रति जिम्मेवार सम्बृद्धीको आधार’ भन्ने मूल नाराका साथ नयाँ वर्षको पहिलो दिनमा सरसफाई गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।ानकारी दिएको छ । शहरदेखि गाउँटोलसम्म स्वच्छ र स्वस्थ प्रदेशका लागि अभियानकै रुपमा अघि बड्ने मूख्यमन्त्री त्रिलोचन भट्टले बताए । योग शिबिरमा सहभागी भएका मूख्यमन्त्री भट्टले भने, ‘प्रदेशका नागरिक स्वस्थ भएमा मात्र स्वस्थ प्रदेशको कल्पना गर्न सकिन्छ, हामी स्वथ्य बन्नका लागि योग गर्न जरुरी छ ।’ समाजिक बिकास मन्त्रालयको आयोजनामा स्वच्छ र स्वस्थ प्रदेश अभियान अन्तर्गत सरकारका मन्त्री तथा नागरिकहरुले बजार सरसफाइ गरेका हुन । नयाँ बर्षको पहिलो दिनमा स्वस्थ र स्वच्छ प्रदेशको कार्यक्रम आयोजना गरिएको सामाजिक बिकास मन्त्रालयले बताएको छ । बजार सरसफाई तथा योग शिबिरमा आन्तरिक मामिला मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहरा, समाजिक बिकास मन्त्री दिर्घ सोडारी लगाएतका मन्त्रीको पनि सहभागीता रहेको थियो ।

दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा कुँवर निर्वाचित

काठमाडौं, चैत २९ । अखिल नेपाल फूटबल संघका बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासी मणी कुँवर दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । बंगलादेशको ढाकामा भएको साफको कंग्रेसमा कुँवर उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । चुनावमा कुँवरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन । एन्फाको सदस्य हुँदै कार्यवाहक महासचिवबाट बरिष्ठ उपाध्यक्षसम्म पुगेका कुँवर नयाँ नेतृत्वका लागि हुन लागेको एन्फाको चुनावमा संस्थापन पक्षबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन ।

मेसीको गोलले शहरमा ‘कम्पन हुन्छ’ – वैज्ञानिक

काठमाडौं, चैत्र २८ । स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन्। अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए। र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्। गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन्। उनीहरूले ती कम्पनले त्यहाँका भवनहरूमा पार्ने प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्न गइरहेका छन्। बीबीसी