सप्तरीमा सात बर्षकी बालिका बलात्कृत, एकजना आरोपी पक्राऊ

काठमाडौं, सप्तरीमा एकजना सात वर्षीय बालिका बलात्कृत भएकी छिन् । प्रहरीले बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई खेतमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

उनलाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेको छ । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

द्विपक्षीय सम्बन्ध बिस्तार गर्न चीनको सी–पिङ नगरका प्रतिनिधि चितवनमा, मेयर रेनुले गरिन स्वागत

चितवन । सोमबार भरतपुर आएको चीनको सिपिङ सिटीका प्रतिनिधीहरूको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । उक्त अवसरमा बोल्दै भगिनी सम्बन्धपछि दुई सहरका बिचमा सुमधुर सम्बन्ध बन्दै जाने प्रतिनिधि मन्डलका प्रमुख डिपोटी सेक्रेटरी ली ह्वाडंगले बताउनु भयो । ली ले सॉस्कृतिक आदानप्रदानसंगै प्रविधि हस्तानतरणका साधै पूर्बाधार निर्माणमा दुई सहरबीच सहकार्य हुनुपर्ने बताउनु भयो । सिपिङले गरेका भौतिक बिकाससंग भरतपुरलाई जोड्न सक्दा सिस्टर सिटीको महत्व हूने बताउँदै आफूहरूले कृषि, शिक्षा, स्वास्थ्य र पूर्बाधारको क्षेत्रमा चिनियाँ लगानी भित्तयाउन सिपिङले भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिकाको अवस्थाका साथै भएगरेका कामको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद सुबेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पिडित भन्डारी, वडा अध्यक्षहरूकासाथै चिनियाँ प्रतिनिधीहरूको सहभागिता रहेको थियो । जनगणतन्त्र चीनको सिपिङ्ग सिटीका प्रतिनीधी मण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको सिपिङ म्युनिसिपल कमिटीका डेपुटी सेक्रेटरी लि यान, सिपिङ म्युनिसिपलको पर्यटन र सँस्कृति ब्युरोा निर्देशक जि झियिङ, होङ्जु आर्थिक विकास क्षेत्रका फु योङ्जिउ, सुआङ्लिआओका डेपुटी मेयर नी ली र सिपिङ विदेश मामिला सेवा केन्द्रका सुन शेङ्नान रहनु भएको छ । कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले टोलीलाई स्वागत गर्नु भएको थियो । सिपिङ्ग सिटीका प्रतिनीधि मण्डललाई स्वागत गर्न पाउँदा भरतपुर महानगरपालिका परिवार अत्यन्तै हर्षित भएको बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘नेपाल र चीनबीच भृकुटी र स्रङ्गचङ्ग गम्पोसँग जोडिएको सदियौँदेखिको अत्यन्त सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । चीनले नेपालको पूर्बाधार बिकास, शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पूर्याइरहेको छ । म जनगणतन्त्र चीनप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।’ कृषि र औद्योगिक विकासको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको मित्रराष्ट्र चीनको सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच गत जेठ महिनामा भगिनी सम्बन्ध कायम भएको छ । यसबीचमा भरतपुर महानगरपालिकाको प्रतिनिधी मण्डलले सिपिङ्ग सिटीको भ्रमण सम्पन्न गरिसकेको छ । सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच भएको भगिनी सम्बन्धले दुई नगरबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने महानगर प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो । यस सम्बन्धले कृषि पर्यटन औधोगिक विकासका साथै ज्ञान, सिप, प्रविधि आदनप्रदान मार्फत जनस्तरको सम्बन्धलाई झनै प्रगाढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । ‘मित्र राष्ट्र चीनको सिपिङ्ग सिटिसँग सहकार्य गर्दै समृ४ि यात्रामा सँगसँगै जान चाहन्छौं’ दाहालले भन्नुभयो, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौं । यस अवसरमा सिपिङ्ग सिटि र चिनियाँ निजी क्षेत्रसँग भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान समेत गर्दछु ।’

बिपीका छोराले हिन्दू राष्ट्रको कुरा उठाउनु अशोभनीय– हरिबोल गजुरेल

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहसप्रति आपत्ति जनाएका छन्। अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएको पर्सीपल्ट सोमवार नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाएका हुन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले कांग्रेसका संस्थापक नेता विपी कोइराला पुत्र शशांकले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक रहेको बताए। पूर्वमन्त्री समेत रहेका गजुरेलले कांग्रेसलाई उल्टो बुद्धि आएको टिप्पणी गरे। ‘कांग्रेसलाई उल्टो बुद्धि आएको छ। राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ। विपीको छोराले हिन्दू राष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाइदिएको छ। यो बहस उचित छैन्’, उनले भने। गजुरेलले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाउँदै कांग्रेसलाई प्रश्न गरे, ‘फेरि २०१७ सालको वातावरण बनाउन खोजेको हो?’ यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शनिवार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममै कांग्रेसमा हिन्दू धर्मको बहसप्रति आपत्ति जनाएका थिए। कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्न नसुहाउने भन्दै दाहालले अतिवादलाई लिएर राजनीति गरे दुर्भाग्य हुने टिप्पणी गरेका थिए। उनले आफ्नो सम्बोधनमा संस्थापक नेता विपी कोइरालादेखि गिरिजा र सुशील कोइरालासम्मको नाम लिँदै धर्मनिरपेक्षताको विरुद्ध नजान आग्रह गरेका थिए।

बिग ब्यास लिगमा चम्किए सन्दीप, लिए ३ विकेट !

काठमाडौं, पुष ९ । अस्ट्रेलियाको विग ब्यास लिगमा उत्कृष्ट डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि शानदार प्रदर्शन गरेका छन् । उनले आज तीन विकेट लिन सफल भएका छन् । उनले पहिलो, तेस्रो र चौथो ओभरमा विकेट लिन सफल भएका हुन् । आज सन्दीपले चार ओभर बलिङ गर्दै २४ रन खर्चिदैं ३ विकेट लिन सफल भए । उनले पहिलो खेलमा २ विकेट लिएका थिए । लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको हो।

एनएमबि बैंकको लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने

एनएमबि बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन्। बैंकले लाभांश वितरणका लागि पुस १० गते मंगलबारदेखि बुकक्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीले लाभांश पाउने भएका हुन् । बैंकको शेयर मूल्य पुस ९ गते साेमबार प्रतिकित्ता ३९० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ। बैंकले पुस २६ गते बिहीबार बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे २३ औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले बैंक सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न ३६९ औं बैठकले प्रस्तावित १० प्रतिशत (८७ लाख ४३ हजार ७८४.२३ कित्ता) बोनस शेयर र कर प्रयोजनका सहित २० प्रतिशत (एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ ४५ रुपैयाँ ८१ पैसा) नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। साधारण सभाले यो लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ । हाल एनएमबी बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने छ । यसैगरि बैंकको २३ औं साधारण सभाले नाफा नोक्सान हिसाब सहित समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका एजेण्डा पारित गर्नेछ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा कायम गरेको छ । मेरोलगानीबाट

विष्णु पौडेलका कडा कुरा: यसरी प्रतिवाद गरे आलोचनाको (पढनुस् पूर्ण पाठ)

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्षमाथि आरोप लगाउने काम अत्यन्तै अनूचित, आवेगपूर्ण र यथार्थ विपरित भएको भन्दै प्रतिवाद गरेका छन् । स्थायी कमिटी बैठकमा लिखितरुपमा १० बुँदे राजनीतिक प्रतिवेदनका सन्दर्भमा सुझाव तथा टिप्पणी राख्दै पौडेलले प्रतिवाद गरेका हुन् । महासचिव पौडेलले हरेक बुँदा बुँदा केलाएर नेतृत्वले कहाँनिर गल्ती गर्यो भन्ने प्रश्न गरेका छन् । उनले कतिपय सदस्यले बैठकमा ब्यक्त गरेको भाषाबाट लज्जाबोध भएको समेत दावी गरेका छन् । यस्तो छ उनको टिप्पणी । राजनीतिक प्रतिवेदनका सन्दर्भमा सुझाव तथा टिप्पणी अध्यक्ष कमरेडहरु, बैठकमा उपस्थित सम्पुर्ण कमरेडहरु हामी स्थायी कमिटीको बैठकमा उत्साहका साथ उपस्थित भइरहेका छौं । अध्यक्ष कमरेडहरुद्वारा प्रस्तुत महत्वपुर्ण बिषयहरु समेटिएको राजनीतिक प्रतिवेदनमा छलफल गरिरहेका छौं । बैठकमा भएको छलफल र यहाँबाट गरिने निर्णयहरुले पार्टीलाई अझ गतिशिल र प्रभावकारी तुल्याउने छ भन्ने बिश्वास छ । यथार्थपरक र समयोचित प्रतिवेदन प्रतिवेदनमा सरकारका राम्रा कामहरुको चर्चा त गरियो तर गल्ती कमजोरीहरुको चर्चा गरिएन, आत्मालोचक बनिएन भन्ने कोणबाट पनि विचार व्यक्त भएको छ । प्रतिवेदनमा उल्लेख गर्नुपर्ने तहको गल्ति के भएको छ र आत्मालोचना गर्नुपर्ने ? प्रतिवेदनमा सरकारले गरेका प्रतिनिधिमूलक राम्रा कामहरु समेटिएका छन् र समेटिनु पनि पर्थ्यो । र त्यसकै आधारमा प्रतिवेदनलाई सरकारको प्रंसापत्र भन्नु उचित होइन । हामीले पार्टी, सरकार र राष्ट्रिय राजनीतिको सन्दर्भमा गर्व गर्ने लायक उपलव्धी आर्जन गरेका छौं । ऐतिहासिक सफलता प्राप्त गरेका छौं । यी उपलव्धीहरुको चर्चा गरिनुलाई प्रशंसापत्र भनिँदैन, भन्नुहुँदैन । प्रतिवेदनमा कमजोरी भेटियो भने आलोचना गर्नु उचित नै हुन्छ । तर, नभएका कमजोरी खोजेर प्रतिवेदनलाई कमजोर सावित गर्ने प्रयास गर्नु र घटनाक्रमको अतिरञ्जनापूर्ण वर्णन गर्नु पनि उचित होइन । पाँच महिनापछि बैठक बस्दैछ, सात महिना भन्नुपर्ने ? कांग्रेसलाई वामपन्थी विरोधी भनेर नपुग्ने, हरेक ठाउँमा कम्युनिस्ट विरोधी भन्नुपर्ने रु हामी आफैंलाई वामपन्थी हौं कि कम्युनिस्ट भनेर प्रश्न गर्नुपर्ने रु हामी चिनियाभूमि भएर समुद्रसम्म र तेस्रो मुलुकसम्म पुग्न सक्ने भएका छौं, भूजडित भन्न नहुने रु चीनसँग पारवहन सन्धी हुनुलाई स्वातयोग्य भनिरहँदा पनि यसको उपायदेयताको शर्त अघि सार्ने रु के उक्त सन्धी सशर्त समर्थन गर्नुपर्ने प्रकृतिको छ रु प्रोटोकलमा हस्ताक्षर गर्नेले कार्यन्वयन गर्नका लागि गरेका होलान् भनेर विश्वास गर्न नहुने रु यस हदसम्मको बहस र आलोचना नगर्दा कसो होला ?् प्रतिवेदन मैले अनेकपटक पढेँ, यो यथार्थपरक, सही र समायोजित छ । यसले परिस्थितिको सटिक विश्लेषण गरेको छ । समस्या चिनेको छ र समाधान प्रस्तुत गरेको छ । कार्यभार निश्चित गरेको छ र आवधिक योजना अघि सारेको छ । प्रतिवेदनका बारेमा उत्साह प्रदान गर्न नसक्ने, दिशानिर्देशन गर्न नसक्ने, कमजोर, पुनर्लेखन गर्नुपर्ने भनेर गरिएको आलोचना आधारहीन छ । बैठकमा प्रस्तुत भएका उपयुक्त सुझावहरुलाई समेटेर प्रतिवेदनलाई परिमार्जन गर्नु भने उचित नै हुनेछ । राम्रो–नराम्रो काम,जस–अपसज र नेतृत्व कतिपय कमरेडहरुबाट अयोग्य नेतृत्व, यसले केही गर्न सकेन, बिर्गायो मात्रै भने जसोगरी विचारहरु व्यक्त भए । कमजोरी भएका छन् भने त्यसका लागि नेतृत्वलाई जिम्मेवार बनाउँ तर उपलब्धिको श्रेय पनि नेतृत्वलाई दिन सक्नुपर्छ । यो नेतृत्वले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली इतिहासकै महत्वपूर्ण उपलब्धिका लागि योग्यतापूर्ण नेतृत्व गरेको छ । त्यसका केही प्रतिनिधि उदाहरणहरु यस प्रकार छन्- संविधानका अन्तरवस्तुमा सहमति निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको नेतृत्व गर्नु चानचुने उपलब्धि होइन । यही नेतृत्व हो, जसले संविधानसभालाई असफल हुनबाट जोगायो र संसारकै राम्रो मध्येको संधिवान निर्माण कार्यलाई सम्भव तुल्यायो । आपसको कटुतापूर्ण सम्बन्धलाई मित्रवत नबनाई सहमति सम्भव थिएन । जनता र राष्ट्रको हितलाई केन्द्रभागमा राखेर सिद्धान्तनिष्ठ ढंगले वहस–छलफल नगरी आपसी सम्बन्धलाई मित्रवत बनाउन पनि सम्भव थिएन । ० निकट विगतको स्थानीय तहको निर्वाचनमा प्रकट भएको आपसी असमझदारी र अन्तरविरोधलाई किनारा लगाउँदै साझा घोषणापत्र र साझा उम्मेदवारका आधारमा वमपन्थीगठबन्धन निर्माण गरेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जानु मामुली विषय थिएन । ० अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएता पनि नेपालमा भने संविधान अन्तर्गत भएको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी लोकप्रिय जनमत प्राप्त गर्नु, संघीय संसदमा दुई तिहाई नजिकको बहुमत प्राप्त गर्नु र सातमध्ये ६ प्रदेशसभामा सुविधाजनक बहुमत हासिल गर्नु र बहुसंख्यक स्थानीय तहमा नेतृत्व प्राप्त गर्नु साधारण उपलब्धि होइन । ० त्यसैगरी फरक–फरक पृष्ठभूमि, इतिहास र योगदान भएका दुई प्रमुख कम्युनिस्ट पार्टीहरुको बीचमा सम्पन्न एकता असाधारण महत्वको उपलब्धि हो । राष्ट्रिय राजनीतिलाई दिशा निर्देशन गर्ने र अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई प्रेरणा प्रदान गर्नेयस घटनाको प्रभाव र परिणाम आउने दिनमा देखिँदै जाने छ । ० यो एकतालाई कांग्रेससँग हार्ने डरले गरिएको अवसरवादी एकता भनेर आरोपित वा अवमूल्यन गर्नु लघुताभाष बाहेक केही होइन । एकतापूर्वमात्र होइन, एकता पश्चात पनि सैद्धान्तिक, कार्यक्रमिक वा नीतिगत प्रश्नहरुमा छलफलको आवश्यकता छ र रहन्छ । यसको अर्थ सिद्धान्त, विचार, मूल्य र मान्यताहरुमा अत्यावश्यक छलफल नगरी वा निष्कर्षमा नपुगी हतारोमा पार्टी एकता गरियो भन्ने पनि होइन । ० कम्युनिस्ट पार्टीको नेतृत्वमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु । आफ्नो नेतृत्वमा बनेको संविधान आफैंले कार्यन्पवयन गर्ने आधार निर्माण गर्नु । समृद्धि, सामाजिक न्याय र समाजवादतर्फको यात्राको नेतृत्व गर्ने ऐतिहासिक अवसरको सिर्जना गर्नु युगीन महत्वको उपलब्धि हो । म दोर्होयाएर भन्न चाहान्छु छिमेकी मित्रराष्ट्र चीनसँग ट्रेड एण्ड ट्रान्जिट प्रोटोकलमा हस्ताक्षर हुनु धेरै ठूलो उपलब्धि हो । यसघटनाले मुलुकको भूपरिवेष्टित अवस्थालाई भूजडित अवस्थामा रुपान्तरण गरेको छ । नाकाबन्दीको सम्भावनालाई सदाका लागि समाप्त गरेको छ । नाकावन्दीलाई नाकावन्दी भन्न हुँदैन,अप्ठेरोमा परिन्छ भन्ने पराजित मानसिकितालाई किनारा लगाउने, नाकावन्दीलाई नाकावन्दी भनेरै सामना गर्ने र परास्त गर्ने अभियानको नेतृत्व पनि यही नै हो । यही नेतृत्वले नेपालको स्वतन्त्र निर्णय क्षमता र राष्ट्रको स्वभाभिमानलाई नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । समग्रतामा भन्दा यही नेतृत्वको अगुवाइमा कमरेड पुष्पलाल, कमरेड मदन मण्डारी लगायत अग्रज नेताहरु, नेपाली कम्युनिस्ट आन्दोलनका सम्पूर्ण नेता कार्यकर्ता तथा सदस्यहरु र न्याय तथा प्रगतिका पक्षधर आम नेपाली जनताको चाहना सार्थक भएको छ । एकतावद्ध कम्युनिस्ट पार्टी,सबै तहमा कम्युनिस्ट पार्टीको नेतृत्वमा बलियो सरकार, राष्ट्रिय राजनीतिमै कम्युनिस्ट पार्टीको वर्चश्व र सवल नेतृत्व्को चाहना साकार भएको छ । सामाजिक न्याय सहितको समृद्धि हासिल गर्न र समाजवादतर्फको यात्रा तय गर्न फराकिलो राजमार्ग तयार भएको छ। गल्ती भएको छ ? पार्टी एकता वा एकीकरणका बाँकी कार्यभार पूरा गर्न केही ढिला भएको सत्य हो । यसका पछाडि कारण छन् । तथापि यसको जिम्मेवारी नेतृत्वले लिएको छ र लिनैपर्छ । यसबाहेक पार्टी निर्माण वा सञ्चालनका सन्दर्भमा नेतृत्वले कुनै गल्ति गरेको छैन । जनताको अपेक्ष र पार्टीको घोषणापत्र अनुरुप सरकारले गर्नुपर्ने कामहरु बाँकी छन् । सरकारको कामलाई परिस्थिति र समयको सिमासँग तुलना गर्नुपर्छ । परिस्थिति र समयको तुलनामा प्राप्त उपलब्धिहरु महत्वपूर्ण छन् । सरकारले गल्ती गरेको छैन, जति गरेको छ राम्रो गरेको छ । सरकारसँग जनताको असिमित अपेक्षा छ र त्यो पूरा हुन समय लाग्नु स्वभाविक हो । तर पार्टीको नेतृत्व पंक्ति स्पष्ट हुनुपर्छ, चुनावी घोषणापत्र ९ महिनाभित्र कार्यन्वयन गरिसक्नका लगि जारी गरिएको थिएन । हामीलाई ९ महिनाको छाटो अवधिमा सरकारले हासिल गरेका दीर्घकालिन र अल्प्कालिन महत्वका उपलब्धिहरुलाई नजरअन्दाज गर्न र प्रतिपक्षलाई उछिन्ने गरि आलोचना वा विरोधमा उत्रिन सुहाउदैन । विरोधीको योजनाबद्ध विरोधबाट जनपंक्ति भ्रमित हुनसक्छ तर हामी भ्रमित हुनु हुँदैन । विधानका सन्बन्धमा अन्तहीन विवाद पार्टीको यो विधान कसरी बन्यो रु, कहाँबाट पारित भयो, हामी सबैलाई थाहा छ । यसलाई अन्तहीन ढंगले विवादको विषय बनाउन हुँदैन । केन्द्रीय कमिटीले अधिकार प्रत्यायोजन गरे बमोजिम सचिवालयबाट विधानको सम्पादन र प्रकाशन भएको छ कि छैन ? केन्द्रीय कमिटीलाई नै सोधौं । केन्द्रीय कमिटीले जे भन्छ, त्यसै गरौं । हाम्रो अलग–अलग पृष्ठभूमि होला । तर, आज हामी नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीका जिम्मेवार सदस्यहरु हौं । हामीले साविक नेकपा एमालेको बिधान सम्झना गरेर त्यसमा भएका प्रबन्धहरको स्मरण गरेर तदनुरुप भयो वा भएन भन्ने होइन । नेपाल कम्युनिस्ट पार्टीको विधानद्वारा निर्दे्शित हुने हो । पार्टी विधानको प्रस्तावनाबाट साम्यवाद हटाइयो भन्ने आरोप तथ्यहीन छ । साम्यवाद–वर्ग,राज्य र पापर्टी रहदैन,जसले समस्त मानव जातिको सर्वोच्च हितको प्रतिनिधित्व गर्दछ, हाम्रो उच्च लक्ष्य हो भन्ने कुरामा कसैको विमति हुन सक्दैन । साम्यवादका सम्बन्धमा यही भावका साथ विधानको प्रस्तावनामा उल्लेख गरिएको छ । सचिवालयका सन्दर्भमा हामीले दुईमध्ये एक विकल्प रोज्नुपर्छ । यो विधान नेपाल कम्युनिस्ट पार्टीको विधान हो, साविक नेकपा एमालेको विधानको कपि पेष्ट होइन । त्यसले साविक नेकपा एमालेको विधानमा भएजस्तै सचिवालय चाहिन्छ भन्न मिल्दैन । सचिवालयको संरचना र यसको अधिकार, कर्तव्य संगतिपूर्ण हुनुपर्छ । सचिवालयमा बरिष्ठ नेताहरु रहने हो भने यसलाई राजनीतिक र संगठनात्मक विषयहरुमा निर्णय गर्न अधिकार दिनुपर्छ । त्यस्तो निर्णय अधिकार नदिने हो र सामान्य व्यवस्थापकीय भूमिकामा सिमित गर्ने हो भने सचिवालयमा तदनुरुपमका कमरेडहरु रहने प्रबन्ध गर्नुपर्छ । हामीले चाहेको सचिवलाय कस्तो हो रु केन्द्रीय कमिटीमा गएर अन्तिम निर्णय गरौं । समृद्ध समाजवाद हाम्रो कार्यक्रम हुन सक्छ ? बैठकमा अधिकतम र न्युनतम कार्यक्रम होइन, एउटामात्र कार्यक्रम–समृद्ध समाजवादी कार्यक्रम अघि सार्नुपर्छ र १० वर्षमा समृद्ध समाजवाद निर्माण गर्नुपर्छ भनने तर्क प्रस्तुत भएको छ । जनताको जनवादलाई न्यूनतम कार्यक्रम मानेर गल्ति गरियो भन्ने दलिल पनि प्रस्तुत गरिएको छ । के यो दृष्टिकोण सही हो ? हाम्रो क्रान्तिको आफ्नै चरित्र रहेको छ । राजतन्त्र विरोधी आन्दोलनको सहयात्री नेपाली कांग्रेस मुलतः दलाल नोकरशाही पुजिवादको राजनीतिक प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षको भूमकिा छ । पूरानो प्रतिक्रियावादी राज्यसत्ताले निर्माण गरेका स्थायी संरचनाहरु यथावत छन् । शक्तिशाली कम्युनिस्ट पार्टीको उपस्थिति, यसले सम्हालिरहेको तीनै तहको सरकारको नेतृत्व र राष्ट्रिय राजनीतिमा यसको नेतृत्वदायी भूमिका देशी विदेशी प्रतिक्रियावादीहरुका लागि असहृय भएको छ । विखण्डकारी प्रवृतिलाई समाप्त गर्न र हिंसाका पक्षधरहरुलाई राष्ट्रिय राजनीतकिो मूलधारमा ल्याउन बाँकी नै छ । राष्ट्रिय पुजि बजार कमजोर अवस्थामा छ । औद्योगिकरण र कृषिको आधुनिकरण हुन सकेको छैन । पूर्वाधार विकासको अवस्था पनि कमजोर छ । क्रान्ति हुनासाथ क्रान्तिपूर्ण हुनुअघि सारिएको कार्यक्रम कार्यान्वयन भइहाल्दैन । चीनमा पनि १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि १९५६ सम्म नयाँ जनवादी कार्यक्रम नै कार्यन्वयन गरिएको थियो । अहिले हामी समाजवादी कार्यक्रम कार्यन्वयन गर्न सक्ने अवस्थामा छैनौं । हामीले कार्यन्वयन गर्ने जनताको जनवादी कार्यक्रम नै हो । त्यसर्थ, आजको हाम्रो न्युनतम कार्यक्रम जनताको जनवाद हो । हामी जनताको जनवादी कार्यक्रमको कार्यन्वयनपछि वैज्ञानिक समाजवादमा जान चाहान्छौं । त्यसैले वैज्ञानिक समाजवाद हाम्रो अधिकतम कार्यक्रम हो । जनताको जनवाद हिजो आन्दोलनको, क्रान्तिको कार्यसूची थियो । आज कार्यन्वयनको कार्यसूची बनेको छ । जनताको जनवादका तीनवटा उपचरणहरु १. पुरानो व्यवस्थाका अवशेषहरु उन्मुलुनको उपचरण २ः नयाँ व्यवस्था अर्थात जनताको जनवाद सुदृढीकरणको उपचरण ३ः समाजवादमा संक्रमण गर्नका लागि भौतिक र सांस्कृतिक तयारीमा केन्द्रित हुने उपचरण पूरा भएपछि मात्र समाजवादमा प्रवेश गर्न सकिन्छ । प्राम्भिक चरणको समाजवाद विकसित हुँदै गएपछिमात्र समृद्ध समाजवादमा पुग्न सकिन्छ । त्यसैले यतिबेला हामी दलाल नोकरशाही पुँजीवाद, साम्राज्यवाद र प्रभुत्ववादलाई परास्त गर्ने, समान्तवादका अवशेषहरुलाई निमूल पार्ने र राष्ट्रिय पुँजीको विकास गर्ने कुरामै केन्द्रित हुनुपर्छ । जनताको जनवादी कार्यक्रमको कार्यन्वयन गर्ने, त्यसलाई सुदृढ तुल्याउने र समाजवादमा संक्रमण्का आधारहरु तयार गर्ने काममै केन्द्रित हुनुपर्छ । सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भएको चीन आज दुनियाकै महत्वपूर्ण सामरिक र आर्थिक शक्तिको हैसियतमा छ । तर, आज चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई प्रारम्भिक चरणको समाजवाद मान्दछ । हामीले १० वर्ष्भित्र लागु गर्ने गरी समृद्ध समाजवादी कार्यक्रम अघि सार्नुपर्छ भन्ने मान्यता वस्तुगत परिस्थितिसँग मेल खाँदैन । हाम्रो मनोगत आग्रहले समाजवाद तुरुन्त आइहाल्दैन । वस्तुगत आधार तयार नगरी समाजवादमा पुग्ने हतारो प्रत्युत्पादक भएको उदाहरण दुनियामा प्रशस्त छ । तत्कालिन सोभियत संघले एक कदम पछि हटेर नयाँ आर्थिक नीति अघि सार्न परेको, चिनियाँ कम्युनिस्ट पार्टीले समाजवादमा पुग्ने हतारो स्वरुप भएका कमजोरीहरुलाई सच्याउँदै अघि बढेका अनुभवहरु छन् । संविधानले नै समाजवाद भनिसक्यो त्यसै तत्काल समाजवादी कार्यक्रम कार्यन्वयन गर्नुपर्छ भन्ने तर्क पनि प्रस्तुत हुने गरेको छ । जरुर हाम्रो संविधानले समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकासलाई राज्यको आर्थिक उद्देश्य भनेको छ । समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र विकासको उद्देश्य र तत्काल १० वर्षभित्र कार्यन्वयन गर्ने भनिएको समृद्द समाजवादी कार्यक्रम एउटै होइन । गुटवन्दीको आरोप र यथार्थ बैठकमा गुटवन्दीका सन्दर्भमा पनि काफी चर्चा भएको छ । वास्तविकता के हो रु तथ्य प्रस्तुत गर्न जरुरी छ । सचिवालयमा आजसम्म भएका एकाध निर्णयबाहेक सबै निर्णयहरु सर्वसम्मतिका साथ भएका छन् । सबै निर्णयहरु निश्चित मापदण्डकाआधारमा गरिएका छन् । शुरुमा निश्चित मापदण्डका आधारमा प्रदेश र जिल्ला तहमा कार्यदलहरु गठन गरियो । प्रदेशमा साविक इन्चार्ज र सहइन्चार्जहरु र जिल्लामा साविक इन्चार्ज र अध्यक्षहरु कार्यदलमा रहने गरि निर्णय गरियो । वरिष्ठता र योग्यताका आधारमा प्रदेश कमिटी तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिइयो । कार्यदलको रिपोर्ट सचिवालयमा प्रस्तुत हुन नपाउदै, औपचारिक वा आधिकारिक रुपमा हेर्दै नहेरी विरोधमा बोल्ने क्रम शुरु भयो । सचिवालयले साविक प्रदेश कमिटीमा रहेकालाई कायम राख्ने, पूर्व अन्चल कमिटी, केन्द्रीय निकाय वा विभागमा रहेकाहरुलाई प्राथमिकता दिने र प्रदेश कमिटीमा संगठित गर्नुपर्ने प्रवेशीहरुको नाम पनि समावेश गर्ने भनेर नयाँ मापदण्ड तय गर्यो । तदनुरुप कार्यदलहरुको सिफारिसलाई अद्यावधिक गरियो र सचिवालयमा प्रस्तुत भयो । उक्त प्रस्ताव उपर ब्यापक छलफल गरेर प्रदेश कमिटी गनठन गर्ने निर्णय भयो । यद्यपि प्रदेश कमिटीका एकाध सदस्यहरुको सम्बन्धमा केही कमरेडहरुको असहमति रहेको छ । प्रदेश कमिटीका इन्चार्ज, सहइन्चर्जा र अध्यक्ष, सचिव तोक्ने सचिवालयको बैठकम कमरेडम माधव नेपाल अनुपस्थित हुनुहुन्थ्यो । उक्त बैठकमा केही निर्णय नगरौं भन्ने अध्यक्षद्धयको प्रस्ताव थियो । तर बैठकमा सहभागी कमरेडहरुले निर्णय गर्नेपर्ने अडान राखेपछि बैठकले निर्णय गरेको हो । उक्त निर्णका सम्बन्धमा कमरेड माधव नेपालको उपस्थितमिा पुनः छलफल भएको छ र बैठकले उक्त निर्णयलाई यथावत राख्ने निर्णय गरेको छ । उद्यपी उक्त निर्णयमा कमरेड माधव नेपालको असहमति कायमै छ । सचिवालयको सोही बैठकले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव कमरेडहरुलाई जिल्ला तहमा एकीकरण सम्पन्न गर्नका लागि गृहकार्य गर्ने, सम्बन्धित तहका पूर्वकमिटी र तीनका पदाधिकारी तथा सदस्यहरुसँग्को परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । जिल्ला मातहतको एकीकरण कार्य यही निर्णयका आधारमा अघि बढेको छ । के यसैलाई भनिन्छ गुटबन्दी ? कतिपय कमरेडहरुबाट पार्टीमा गुट रहेको, गुट रहने र गुटलाई मान्यता दिनुपर्ने दलील सार्वजनिक रुपमा प्रस्तुत हुने गरेको छ । यही तर्कको आधारमा भेला बैठक आयोजना गर्ने, त्यस्ता भेला वा बैठकहरुमा निश्चित विषयहरुमा निश्चित प्रकारको धारणा बनाउने र पार्टी्भित्र र बाहिर संगठित रुपमा प्रस्तुत हुने अभ्यास गरिदैछ । गुटबन्दीको बिरोधका नाममा गरिने यसप्रकारको गुटबन्दीलाई रोक्नैपर्छ । पार्टीलाई बिधिसम्म ढंगले सञ्चालन गर्नैपर्छ । विविध विषयहरु माननीय उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा सामेल गर्नु गलत होइन, उचित कदम हो । हामीले बहुमतको दम्भ प्रदर्शन गर्ने होइन, विनम्रतापूर्वक सकारात्मक शक्तिहरुलाई समेट्ने नीति लिनुपर्छ । चुनावमा प्रतिस्पर्धा थियो भन्दैमा सरकारमा सामेल गर्नु हुँदैन भन्नु उचित होइन । युनिर्भसल पिस फेडरेशनद्धारा आयोजित एशिया प्याफिसिक समिटको आयोजनाका लागि अग्रसरता लिनु हुने र त्यसका लागि सहमति जनाउनु हुने कमरेडहरुको भनाइ सविस्तार सुनेपछि मात्र धारण बनाउनु उचित हुन्छ । गल्ती नगरेको र नगर्ने सम्मानित संस्था राष्ट्रपतिलाई विवादमा तान्ने काममा हाम्रो भूमिका सहयोगी हुनु हुँदैन । राष्ट्रपतिप्रति भएको आलोचना वा विरोध मज्जा मान्ने विषय होइन । यो कालान्तरमा गणतन्त्रको आलोचना वा विरोधमा रुपान्तरित हुन सक्छ भन्ने हेक्का राख्न जरुरी छ । बैठकमा मिडियालाई प्रवेश अनुमति स्थायी कमिटी बैठकको लाइभ काष्ट गरौं भन्ने कमरेड लीलामणि पोखरलेको भनाइप्रति मेरो समर्थन छ । बैठकमा भएका छलफल र निर्णयहरु तोडमरोड गरेर सार्वजनिक गरिएका छन् बैठकका सूचनाहरु तोडमरोड गरेर मिडियामा लगिएको छ ।बैठकमा भएको छलफल र निर्णयहरुको सम्बन्धमा पार्टीको औपचारिक र आधिकारिक सूचनालाई मिडियाले विश्वास नगर्ने र महत्व नदिने अवस्था सिर्जना भएको छ । यसले गर्दा कार्यकर्ता रजनतामा समेत सही सूचना नजाने र भ्रम सिर्जना हुने अवस्था छ । बैठकमा भएको छलफल र निर्णयका सम्बन्धमा अनुचित र अनधिकृत रुपमा गलत समाचार सम्प्रेषण गर्ने अवस्थालाई रोक्न सकिन्न भने हामीले केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक कक्षमा मिडियाकर्मीहरुलाई प्रवेश अनुमति दिने निर्णय गर्नुपर्छ । उनीहरु बैठक अवधिभर बस्न सक्ने र समाचार संकलन गर्न सक्ने प्रवन्ध गर्नुपर्छ । यसो गर्दा एकातिर समाचार तोडमरोड हुने सम्भावना कम रहन्छ भने अर्कोतर्फ वक्ताहरुलाई पनि जवाफदेहीपूर्ण ढंगले बोल्न पर्ने परिस्थिति निर्माण हुन्छ । भाषा प्रयोगको कुनै सीमा हुँदैन ? कुनै विषयमा असहमति हुन सक्ला तर सबै वक्ता कमरेडहरु र उहाँहरुका बिचारप्रति सम्मान छ । तर, बैठकसमक्ष प्रस्तुत भएका कतिपय भाषा सुन्दा र प्रस्तुति हेर्दा लज्जाबोध भएको छ । अध्यक्ष कमरेडहरुले नश्लका आधारमा निर्णय गर्नुहुन्छ कि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा रु यो तहको आरोपका पछाडि कुनै आधार छ रु कमरेडहरु रगत, खकार र कुन्नि के के (शब्दमा भन्न नसकिने) चिजहरुको पनि परीक्षण गर्नुहुन्छ रे । कहाँ छ कमरेडहरुको त्यस्तो प्रयोगशाला ? कमरेड शंकर पोखरेलमाथि लगाइएको इमोशनल ब्ल्याकमेलिङको आरोप अनुचित छ । म वक्ता कमरेडहरुलाई आफ्नो भनाइ उपयुक्त नभएको महशुस गर्न अनुरोध गर्दछु । निश्कर्ष खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन । त्यसैगरी खोजेको सरकार र भोगेको सरकार, खोजेको पार्टी र भोगेको पार्टी पनि उस्तै हुँदैन । धेरै राम्रोको खोजी हुन्छ । तर, राम्रोमा चित्त बुझाउनुपर्छ । धेरै राम्रोका लागि प्रयास गर्दा राम्रो प्राप्त हुन्छ । मेरो बुझाइमा हामीले निर्माण गरेको व्यवस्था, सरकार र पार्टी तुलनात्ममक रुपमा राम्रो छ । अझै राम्रो बनाउने लाने जिम्मेवारी हाम्रै काँधमा छ । यति ठूला अजंगका उपलब्धि प्राप्त गर्न सक्ने हामीले आउने दिनमा थप सफलता प्राप्त गर्दै जाने पनि निश्चित छ । सही नीति, सक्षम नेतृत्व, त्याग र बलिदानको किर्तिमान कायम गरेका नेता, कार्यकर्ता र सदस्यको विशाल पंक्ति, जनताको असाधारण साथ र समर्थन हाम्रो अग्रगतिका बलिया आधार हुन् । हामीले गल्ती गर्नबाट जोगिन भरपुर कोशिस गर्नुपर्छ । संस्थागत ढंगले तय गरिएका नीति र विधिका आधारमा पार्टी पंक्तिको समस्त शक्तिलाई एकतनावद्ध, अनुशासित र क्रियाशील बनाउनुपर्छ । हामीले एकता गरेर, दुई तिहाईको सरकार बनाएर, सबै तहको नेतृत्वमा विजय बनेर देश र दुनियाँका प्रतिक्रियावादीहरुलाई चुनौति दिएका छौं । प्रतिक्रियावादी तथा साम्राज्यवादी कित्ताबाट पनि तदनुरुपकै संगठित बिरोध हुँदैछ । यो अवस्थामा हाम्रा काम र तिनका परिणामका दृष्टिले स्वभाविक छ । अर्को अर्थमा यो पुर्वानुमान गरिएकै विषय थियो । हामीले आफ्नो सामथ्र्यलाई अधिकतम प्रभावकारी बनाउँदै यस्ता प्रतिकुलताहरुको दृढतापूर्वक सामना गर्नुपर्छ र नयाँ नयाँ उपलव्धीहरु हासिल गर्दै अघि बढ्नुपर्छ । यसो गर्न सम्भव छ र हामीले सम्भव तुल्याउनुपर्छ ।

अष्ट्रेलियामा आज पनि चम्किए सन्दीप, पहिलो ओभरमै लिए विकेट

काठमाडौं, पुष ९ । अष्टेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले आज पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । होबर्ट हुरिकेनसँग भइरहेको खेलमा सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट हात पार्न सफल भए । सातौं ओभरको तेस्रो बलमा सन्दीपले होबार्ट हरिकेन्सका एलेक्स डोलानलाई बोल्ड आउट गरे । उनले पहिलो ओभरमा ५ रन र दोस्रो ओभरमा ७ रन खर्चिए । सन्दीपले पहिलो खेलमा २ विकेट लिन सफल भएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । मेलवर्नका लागि निक लार्किनले ४५, कप्तान ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिस २२ र ड्वेन बाभ्रोले १२ रनको योगदान दिए । सन्दीपले पहिलो खेलमा २ विकेट लिन सफल भएका थिए ।

एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुरले जित्यो

काठमाडौ‌ं, पुष ७ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । आज भएको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई हराउँदै ललिलतपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले २५ लाख नगदसमेत प्राप्त गरेको छ । १ सय ५६ रनको विजय लक्ष्य पाएको भैरहवाले निर्धारित २० ओभर खेल्दै १४१ रन मात्रै बनाउन सक्यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।

क्रिकेटर सागर पुन घाइते, ६ महिना मैदान बाहिरै

काठमाडौ‌, पुष ७ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिय गरिएको छ । दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छ देखि सात महिना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए । सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाई छ । जारी इपिएलमा काठमाडौं किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो । रासस

सिङ्गै गाउँ एउटै व्यक्तिको नाममा दर्ता

नवलपरासी, पुस ७ । नवलपरासीको एउटा सिंगो गाउँ नै एक व्यक्तिको नाममा दर्ता रहेको रहस्य खुल्न आएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ सनई स्थानीय भोनु चौधरीको नाममा रहेको खुल्न आएको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो । उक्त गाउँमा ९० घरधुरी छन् । सनई २ (क) कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी भोनु चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१/७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए । पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताए । स्थानीयवासीसँग पञ्चायतकालमा गाउँ पञ्चायतले वितरण गरेको जग्गाधनी पुर्जा भने छ । गाउँ पञ्चायतले दिएको पुर्जा देखाउँदै स्थानीयवासी ६८ वर्षीय शिवचरण केवटले भन्नुभयो, “हामीसँग पुर्जा छ तर कसरी एउटै व्यक्तिको नाममा दर्ता भयो, हामी साह्रै मर्कामा परेका छौँ, मेरो १४ धुर जग्गा प¥यो, अहिले भोनुका परिवारले कि पैसा देऊ, कि सट्टामा जग्गा देऊ भन्छन् हामी गरीबले कसरी दिने ?” एउटै व्यक्तिको नाममा दर्ता रहेकोे गाउँको उक्त ब्लकको जग्गामा पर्ने ८५ घरधुरीमध्ये पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानी, हाल सोही वडाका कार्यालय सहायक रहेका शम्भु सहानीलगायतको पनि घर परेको छ । चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म एउटै व्यक्तिको नाममा दर्ता छ भन्ने थाहा नै नपाएको भन्दै कार्यालय सहायक सहानीले भने, “मेरो पनि एक कठ्ठा जग्गा परेको छ, नक्सामा गाउँब्लक र फिल्डबुकमा एउटै व्यक्तिको नाममा दर्ता भएको पाइयो, यो बदर हुनुपर्छ ।” अर्का ६५ वर्षीय स्थानीयवासी सुदामा चौधरीले यस्तो अवस्था आउनामा जनताको भन्दा पनि त्यस बखतका कर्मचारीबाट गल्ती भएको हुन सक्ने या भोनुले नै प्रलोभनमा पारेर दर्ता गराएको हुनसक्ने जिकिर गरे । भोनुको मृत्यु भइसकेको र हाल उनका दुई छोरा छन् । गाउँलेसँग भोनुका छोराले आफ्नो नाममा रहेको जग्गाको आधारमा रकम वा त्यसको सट्टामा जमीन दिन दबाब दिने गरेको स्थानीयवासीको गुनासो छ तर भोनुका छोरा रामशङ्करले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । नापी कार्यालयका नापी अधिकृत धमेन्द्रकुमार श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा दर्ता रहेकाले गाउँब्लकको जग्गाको नापनक्सा भए पनि उनहरुलाई पुर्जा दिन नमिलेको बताए । अब मन्त्रालयबाट निर्देशन वा मन्त्रिपरिष्दबाटै निर्णय गरेर व्यक्तिको नाममा रहेको उक्त जग्गा बदर गरे मात्र पुर्जा वितरण गर्न सकिने उनको भनाइ थियो । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीले जोतभोग गरिरहेको सो जग्गाको पुर्जा उनीहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गरेर न्याय दिलाउने बताए । गाउँवासीहरूले लालपुर्जा बदर गरी आ–आफ्नै नाममा तात्कालिन गाउँ पञ्चायतको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । रासस

अपराधी मरे पनि कानून मर्दैन, पीडित मरे पनि न्याय मर्दैनः न्यायाधीश मल्ल

काठमाडौं, पुष ६ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताएकी छन्। महिला, कानून र विकास मञ्चले आज ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन् । पीडितलाई न्याय तथा क्षतिपूर्तिमूलक न्यायलय रहेको भन्दै न्यायाधीश मल्लले कुनै पनि काम गर्ने तथा निर्देशन दिने प्रणाली सत्य र तथ्य हुनुपर्नेमा जोड दिइन् । उनले महिला, यौनजन्य हिंसा तथा मानव बेचबिखनसम्बन्धी कानूनअनुसार मुद्दा नै दर्ता नभएकाले कानून कार्यान्वयन गर्न कठिनाइ भइरहेको बताइन् । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विश्वभक्त पोखरेलले घरेलु तथा यौन हिंसाविरुद्धको नयाँ कानूनमा क्षतिपूर्ति पाउने हक उल्लेख गरेको जानकारी गराए । उनले पीडकको तर्फबाट क्षतिपूर्ति पाउन नसक्ने अवस्था भए पनि पीडितका लागि पीडित सहायता कोष बनाउने पनि उल्लेख छ तर पीडित कोष बनिनसकेको बताए । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणीन्द्र गौतमले संविधानअनुसार कानून निर्माणको क्रम अझै जारी छ, न्यायको क्षेत्रमा महत्वपूर्ण पक्ष कानूनी सहायतालाई परियोजनाको रूपमा नभई दिगो सेवाका रूपमा विस्तार गर्नुमा जोड दिए । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले देशका पाँच जिल्लामा उक्त अध्ययन गरिएको जानकारी गराए । उनले अध्यन नगरिएका जिल्लामा नवलपरासी, ललितपुर, बाँके, मकवानपुर, मोरङ रहेको बताए । रासस

प्रगतिशील समूहले मात्रै इन्जिनियरिङ क्षेत्रका समस्या हल गर्न सक्ने– बञ्जाडे

मंसिर २४, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनको यहि मंसिर २८ गते हुने निर्वाचनमा प्रगतिशिल समूहबाट प्रदेश नं. ३ का सभापति पदका लागि उम्मेदवार बनेका ई. नन्दलाल बन्जाडेले इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न प्रगतिशिल समूह नै आवश्यक रहेको बताएका छन् । उनले ३ नं. प्रदेशका इन्जिनियर र इन्जिनियरिङ क्षेत्रको विकास गर्न आफूले उम्मेदवारी दिएको पनि बताए । सामूहिक बिमा, स्टाफ कलेज र इन्जिनियरहरुको सेवा तथा सुविधा वृद्धि गर्नमा आफ्नो ध्यान केन्द्रित भएको बताउदै आज काठमाडौंमा यूवा इन्जिनियरहरुसंगको अन्तरक्रियामा ई.बन्जाडेले यस्तो धारणा राखेका हुन् । इन्जिनियरिङ क्षेत्रका मुद्धाहरु सम्बोधन गर्न पनि ३ नं. प्रदेशमा प्रगतिशिल समूहले जित्नु पर्ने उनको दाबी थियो । पुर्व अध्यक्ष महेन्द्र बहादुर गुरुङकै कार्यकालमा एशोसियसनलाई संघीय ढाँचामा लैजान चाहे पनि त्यसपछिका समितिको असयोगले त्यस्तो प्रयास सफल नभएको र हाल आएर मुलुक नै संघीयतामा गएकोले हालको समिति संघीय संरचनामा जान बाध्य भएको ई.बन्जाडेको तर्क छ । ई. नन्दलाल बन्जाडेले नेतृत्व गरेको ३ नं. प्रदेश समितिको उप–सभापतिमा ई. डिल्लिराम भट्ट, सचिव ई. प्रदिप अधिकारी, सह–सचिवमा ई.शरद पण्डित, कोषाध्यक्षमा ई. राजन थापा र सदस्यहरुमा ई. दिनेश भाई अधिकारी, ई. सुरज गौतम, ई. हर्ज उम्रिन तुम्रोक लिम्बु, ई. मौसम भण्डारी, ई. सागर न्यौपाने, ई.मदन खकुरेल, ई. सम्झना ढकाल, ई. कपिल रेग्मी, ई. नबिन काफ्ले र ई. सरोज कार्की छन् । यस्तै, प्रदेश नं. ३ बाट केन्द्रिय सदस्यको लागि श्याम कृष्ण कार्की चुनावी मैदानमा छन् ।

मापसे गरी सवारी चलाउनेमा पुरुष भन्दा महिलाको संख्या बढी

काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ मंसिर १७ गतेबाट लागू गरेको मादकपदार्थ सेवन गर्नेहरुको चेकजाँचलाई निरन्तरता दिएको ६ वर्ष पुगेको छ । यस अवधिमा मादकपदार्थ सेवन गरी सवारी–साधन चलाउनेको संख्या निकै घटेको छ भने दुर्घटनामा पनि कमी आएको देखिन्छ । तर, मादकपदार्थ सेवन गरी सवारी चलाउनेमा पुरुषको तुलनामा महिलाको संख्या भने बढी देखिन्छ । २०६८/०६९ मा मादकपदार्थ सेवन गरी सवारी चलाउने महिलाको संख्या १८७ थियो भने यो संख्या बढ्दै गइ यस वर्ष १५ सय ९० पुगेको छ । यो संख्या पुरुषको तुलनामा धेरै रहेको ट्राफिक प्रहरीको भनाइ छ । यसैगरी, २०७१ साल असोज २६ गतेबाट लागू गरिएको लेन अनुशासन पालनासम्बन्धी नियम उल्लंघन गर्ने महिनाको संख्या पनि बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ । सुरुका वर्षहरुमा लेन अनुशासन पालना गर्ने महिलाको संख्या १८ सय ५४ थियो भने यो संख्या बढेर यस वर्ष १३ हजार ७४ पुगेको छ । त्यसो त मादकपदार्थ सेवन गर्नेहरुले जरिवानासँगसँगै ट्राफिक नियमसम्बन्धी कक्षा लिनुपर्ने व्यवस्थाका कारण भने मापसे गर्नेहरुको संख्यामा ९० प्रतिशतले कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको दाबी छ । मापसे गर्नेको संख्यामा कमी आएसँगै सवारी दुर्घटनामासमेत कमी आएको पाइएको छ । मापसे चेकजाँचसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय मिटरमा जान नमान्ने, मिटर बिगार्ने र भाडामा अनियमितता गर्ने चालकहरुमाथि पनि कारबाही तीव्र पारेको छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ । इमेजखबरबाट

पाकिस्तानी क्रिकेटर यासिरले बनाए नयाँ रेकर्ड

काठमाडौं, मंसिर २० । पाकिस्तानी क्रिकेटर यासिर शाह सर्वाधिक छिटो २ सय टेस्ट विकेट लिने खेलाडीको किर्तीमान बनाएका छन् । उनले आज (बिहीबार) आफ्नो २०० औं टेस्ट विकेट पूरा गरेका हुन् । यासिरको २०० औं शिकार न्यूजिल्याण्डका विलियम सोमरभिले भएका छन् । सोमरभिलेको यो डेब्यू टेस्ट हो । शाहले सबैभन्दा कम ३३ टेस्टमै २ सय विकेट पूरा गरेका हुन् । न्युजिल्याण्डविरुद्ध चम्किएका शाहले आजको इनिङमा दुई विकेट लिइसकेका छन् । उनले अघिल्लो टेस्टमा एक्लै १४ विकेट लिएका थिए । यससँगै ८२ वर्ष पुरानो रेकर्ड तोडिएको छ । शाहभन्न्दा पहिले सबैभन्दा कम खेलमा २ सय विकेट लिने खेलाडी अस्ट्रेलियाका क्लेरेन्स भिक्टर ग्रिम्मेट थिए । उनले १५ फेब्रुअरी १९३६ मा ३६ औं टेस्ट खेल्दै २ सय विकेट पूरा गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म यो रेकर्ड कसैले तोड्न सकेको थिएन ।

जर्मनी र नेदरल्याण्ड्स बराबरीमा, नेदरल्याण्ड्स सेमिफाइनलमा सुरक्षित

काठमाडौं । युएफा नेसन्स लिग फुटबलमा जर्मनी र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । गएराती जर्मनीमा भएको नेसन्स लिग ए– समूह एकको खेल २–२ गोलको बराबरीमा टुंगिएको हो । खेलमा जर्मनीका टिमो वेर्नर र लेरोए सानेले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को अग्रता दिलाए । तर अन्तिम ५ मिनेटमा नेदरल्याण्ड्सका क्वीन्सी प्रोम्स र भर्जिल भान डाईकले एक–एक गोल गर्दै नेदरल्याण्डसलाई कठिन खेलबाट एक अंक दिलाए । यो बराबरीसँगै नेदरल्याण्ड्सले समूहका तीन खेलबाट ७ अंक जोड्दै नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । समान ७ अंक जोडेको विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा २ अंक मात्रै जोडेको जर्मनी नेसन्स लिग बी मा झरेको छ । नेसन्स लिग फुटबलको फाईनल चरणका खेल अर्को वर्ष हुनेछन् । फाइनल चरणमा नेदरल्याण्ड्ससँगै इङ्ल्यान्ड, पोर्चुगल र स्विट्जरल्याण्ड भिड्नेछन् ।

रणवीर र दीपिकाको विवाह : निम्तोमा ४० जनाको नाममध्ये क–कसको नाम छैन ?

मुम्बई । इटालीको लेक कोमो हुन गइरहेको रणवीर र दीपिका विवाह बुधबार कोकणी रीतिरिवाजबाट हुने तयारी भएको छ । उनीहरुको विवाहमा निम्तो ४० जना पाहुनाहरुलाई दिएका छन् । तर, तपाईले यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्छ कि यसमा बलिउडबाट को को सेलिब्रेटीका नाम उपस्थित छैन । पिकविलाको जानकारी अुनसार, शाहरुख खान, आदित्य चोपडा र फराह खानका नाम यी ४० पाहुनाहरुको नाम सूचीमा रहेको छ भन्ने लाग्ला तर यस्तो केही होइन । यी सेलिब्रेटीका नाम इटालीमा हुन लागेको विवाहमा पाहुनाको नाम सूचीमा सहभागी छैन । विवाहको लागि इटाली पुग्नुअघि दीपिका–रणवीरले भन्सारी र फराह खानसँग उनले घरै गई भेटघाट गरेका थिए तर उनले विवाहको लागि भने निमन्त्रणा गरेका छैनन् । विवाहमात्र कुनै निमन्त्रणा नदिएपनि २८ नोभेम्बर मुम्बईमा नै हुने रिसेप्शन पार्टीमा भने यी सेलिब्रेटीहरुलाई निमन्त्रणा दिएका छन् ।