स्कटल्याण्डद्वारा अफगानिस्तानलाई ३२६ रनको लक्ष्य

काठमाडौं, वैशाख २७ । अफगानिस्तान विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा स्कटल्याण्डले ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२६ रन बनायो । 


उसका लागि कलुम म्याक्लओडले शतक प्रहार गरे । उनले एक छक्का र १० चौकाको मद्दतमा ८९ बलमा १०० रन बनाए । कप्तान केलिट कोइट्जरले ७९, म्थायु क्रसले ३२, रिची बर्गिन्टनले ३३, जर्जी मुन्सीले २० र क्रेग वाल्सेले २० रन बनाए । बलिङमा अफगानिस्तानका कप्तान गुल्बिन्दन नइबले ३, हमिद हसन र अफब आलमले २–२ विकेट लिए ।

आजको खेलमा स्टार खेलाडी राशिद खान, मोहम्मद नाबी र मुजिबउर रहमान छैनन् । उनीहरु आइपीएलका कारण टोलीमा नपरेको हुनसक्ने अनुमान गरिएको छ । अफगानिस्तानले ३० मेदेखि इंग्ल्याण्ड र वेल्समा हुने वान डे विश्वकपमा सहभागिता जनाउँदै छ ।  

नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा

काठमाडौं बैशाख १५ । नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ । यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् । गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’ बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् । ‘समावेशिताविनाको दिगो विकास भ्रम हो । त्यसको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बिआरआईको मर्म र भावना राष्ट्रसँगको एजेन्डासँग मेल खान्छ ।’ राष्ट्रपति भण्डारीले बिआरआई गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरको संवाहक बन्दै गएको भन्दै प्रशंसा गरिन् । उनले वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्‍याउन सक्ने बताइन् । नेपालमा जलविद्युत्को माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचुर सम्भावना भएको र त्यसले नेपालका छिमेकीलाई पनि हरित विकासमा ठूलो योगदान पुग्न सक्ने उनको भनाइ छ । प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बिआरआईसँग जोडिएको भन्दै राष्ट्रपतिले नेपालको सम्पर्क विस्तार र नेपालसँग विश्व बजारलाई एकीकरण गरी नेपालको आर्थिक रूपान्तमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । दोस्रो बिआरआई सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग छलफल गर्न पाउँछन् । ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै दोस्रो सम्मेलन शनिबार सकिएको छ । राष्ट्रपति भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । आइतबार राष्ट्रपति भण्डारीले चीनका विभिन्न पुरातात्विक महत्वका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अन्तिम चरणमा

वीरगञ्ज, वैशाख १४ । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको ७० किलोमिटर लम्बाइको सो पाइपलाईन ६५ किलोमिटर सम्पन्न भइसकेको र अब करीब पाँच किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ । पाइपलाइन विछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जपर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५०० ठूला–साना रुख काटिने काम धमाधम भइरहेको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए । काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ । उहाँले निकुञ्जभित्रको नौ किलोमिटर क्षेत्रमध्ये चार किलोमिटर क्षेत्रमा रुख कटान गरी पाइपलाइन बिछ्याउने काम भइसकेको र बाँकी रहेको पाँच किलोमिटर क्षेत्रमा पर्ने रुख कटान गरी चाँडै नै पाइप बिछ्याउने काम सम्पन्न भएपछि असारसम्ममा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउनेछन् भने । पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मको लागि एक लाख ४७ हजार २०० रुख रोप्न एक करोड ३९ लाख ६७ हजार ५२ रुपैया क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए । गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको रु २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोडको लगानी रहेको पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि अमलेखगञ्ज आयल निगमको डिपोमा ३९ सय किलोलिटर क्षमता भएको दुई वटा तथा चार हजार १०० किलोलिटर क्षमता भएको दुईवटा गरी चार वटा ट्याङ्कर मर्मतसम्भार दु्रत गतिमा भइरहेको छ । सो पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाईनबाट भित्रिने छन् । जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकोले खिया भने लाग्दैन । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास जानकारहरुले लिएका छन् । रासस

आइपीएलको बिचमै को–को खेलाडी फर्किदै छन् स्वदेश?

काठमाडौं, वैशाख १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं संस्करण विगतजस्तो रामोञ्च नहुने भएको छ । यसको प्रमुख कारण हो वान डे विश्वकप । विश्वकपमा लागि अधिकांश विदशी खेलाडी स्वदेश फर्किने भएपछि यो पटकको आइपीएल रोमाञ्च केही फिक्का हुने भएको हो । ३० मेदेखि शुरु हुने विश्वकप खेल्नका लागि लगभग १८ विदेशी खेलाडी आइपीएलको बिचमै स्वदेश फिर्ता हुने पक्का जस्तै भएको छ । यद्यपि, वेस्ट इन्डिजका खेलाडी भने आइपीएलको बिचमै स्वदेश फिर्ता हुने संकेत देखिएको छैन । ८ टिमका कुन–कुन खेलाडी खेलाडी हुन्, जो आइपीएलको बिचमै स्वदेश फर्किदै छन्– चेन्नई सुपर किंग्सः फाफ डू प्लेसिस, इमरान ताहिर दिल्ली क्यापिटल्सः कागिसो रबाडा मुम्बई इन्डियन्सः जोसन बेहरेनड्रफ, क्विन्टन डी कक सनराइनजर्स हैदराबादः केन विलियसम्सन, डेविड वार्नर, जोनी बेयरस्टो, शाकिब अल हसन, किंग्स इलाभेन पन्जावः डेविड मिलर कोलकाता नाइट राइडर्सः जो डेनली रोयल च्यालेन्जर्स बैंग्लोरः डेल स्टेन, मोइन अली, मार्कस स्टोइनिस राजस्थान रोयल्सः जोस बटलर, स्टीव स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर

राजधानीमा चलिरहेको गाडीमाथि अचानक आक्रमण हुँदा १४ जना मारिए

काठमाडौं, वैशाख ५ । राजधानीमा भर्खरै भएको आक्रमणमा १४ जनाको हत्या भएको छ । गाडीमा सवार १४ जनाको हत्या गरिएको हो । पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटाको मकरान कोस्टल राजमार्गमा गाडी रोकेर एक जना आक्रमणकारीले गोली चलाउँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा केही दिन पहिले भएको आक्रमणमा २० जना भन्दा धेरैको ज्यान गएको थियो भने ४८ भन्दा धेरै गम्भीर घाइते भएका थिए । ती आक्रमणकारीले चलिरहेको गाडीलाई रोकेर नाम सोधपुछ गरेर अनी गोली चलाएको बताइएको छ । मृतकहरुको शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा पठाइएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । चीनको यस्तो कठोर धम्कीपछि अमेरिकामा हलचल, विश्व राजनीतिमै खैलाबैला अमेरिका र चीनबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । लामो समय देखि पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका संस्थापक मसुद अजहरलाई विश्वव्यापी रुपमा आतंकवादी घोषणा गर्ने भारतीय प्रयासलाई विफल पार्न चीन सफल भएको छ । भारत, अमेरिका, फ्रान्स लगायतका केही देशहरुले मसुदलाई विश्वव्यापी रुपमा नै आतंकवादी घोषणा गर्नुपर्ने जनाउँदै आएका छन् । भारतले लगातार तीन पटक भन्दा धेरै पटक अनुरोध गर्दा पनि चीनले यो प्रयासलाई विफल पारिदिएको छ । चीनमा मस्लिम समुदायहरुमाथि चीन सरकारले दबाब दिने गरेको आरोप लाग्ने गरेको छ । यदी चीन मजुदको विपक्षमा गायो भने पाकिस्तानमा यस्तै खालको आक्रमण हुन्छ भन्ने डरले चीनले बचाउँदै आएको कतिपयको विश्लेषण रहेको छ । अर्को तिर चीनले सबै पक्षको सम्मान गर्ने भएका हुनाले अहिले अध्यन गरिरहेको छ उचित प्रमाण भेटिएको खण्डमा सहमत हुने जनाएको छ । चीनले अमेरिकालाई यो पनि भनेको छ कि अब मसुदलाई विश्वव्यापी रुपमा नै आतंककारी घोषणा गर्ने कुरामा बल प्रयोग नगर्न धम्की दिएको छ । चीनका अनुसार उ अहिले मसुदबारे अध्ययन गरिरहेको छ, त्यसैले अहिले तत्काल उ मसुद अजरलाई विश्वमा नै आतंककारी मानने कुरामा सहमत छैन । एजेन्सी

नेपाल एयरलाइन्सले ११ वर्षपछि जापान उडान गर्दै

काठमाडौं, चैत २६ । नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । सहप्रवक्ता कोइरालाले भने, ‘अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो ।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताए । पाण्डको अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

हिमाल आरोहण टोली बीच बाटोमै अलपत्र

सिन्धपाल्चोक, चैत २६ । जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ । लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो । आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराएपछि सोमबार सिम्रिक एअरको हेलिकप्टरले खाद्यान्न पुर्‍याइएको र त्यही हेलिकोप्टरमा अस्वस्थ भएका नेता सापकोटा राजधानी फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । आरोहण दलका अर्का सदस्य सुभाष कर्माचार्य भने स्वास्थ्यमा समस्या आएपछि यसअघि नै फर्किएका थिए । रासस

कुनै वाधा–अड्चन आए तत्काल म कहाँ आउनुहोस्ः प्रधानमन्त्री ओली

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्माओलीले उधोगी व्यावसायीहरुलाई सम्वोधन गर्दै विधमान कानुनहरुमा के–कस्तो सुधार खोजिएको विस्तृत कार्ययोजना लिएर आउन आहृवान गरेका छन् । ‘कानुनी सुधारः समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजित नेपाल उधोग परिसंघको १६ औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनल भने, ‘व्यापार गर्ने क्रममा कुनै वाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए म कहाँ आउनोस् ।’ प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उद्योगी, व्यावसायीहरुलाई सम्वोधन गर्दै अगाडि भने,‘आफ्ना मौलिक उधोग खोलौं, सरकारले के सहयोग गर्नुपर्यो रु के छूट दिनु पर्यो ? भनौं ।’ कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नुपर्यो त्यो स्पष्ट आफुलाई बताउन प्रधानमन्त्रीले आग्रह गरे । उनले व्यापारी व्यावसायीहरुलाई भने, ‘आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस् र लगानी गर्नोस् ।’ नेपालमा कृयाशील जनसंख्या ठूलो परिणाममा रहेको उल्लेख गर्दै उनले देशमा खनिजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने वातावरण बनिरहेको बताए । साथै, देशमा राजनीतिक स्थिरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको समेत उनले बताए । प्रधानमन्त्रीले भने, ‘यी पक्षहरुका साथै अहिलेको सरकार तपाईंहरुको माग वमोजिम कानुनहरुमा आवश्यक सुधार गर्न तत्पर छ ।’ स्वदेशी उधमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै उनले पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पारे । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीहरुलाई पनि फाइदा हुने अवस्था श्रृजना गर्दै सहकार्यको वातावरण बनाइने उनले बताए । प्रधानमन्त्रीले ओलीले भने, ‘विदेशी लगानीकर्ताहरुलाई त नेपालमा लगानी गर्न आहृवान गरिदैं गरेको अवस्थामा स्वदेशी लगानीलाई त झन् प्रोत्साहन नगर्ने कुरै भएन ।’ उनले स्वदेशी लगानीको संरक्षण र सम्बद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा उधमीहरुलाई ढुक्क हुनोस् भन्न चाहन्छौ । कमाउनका लागि तपाईंहरुले अपारदर्शी काम केही गर्नुपर्दैन, पारदर्शी बन्नोस् । अदृष्य ढंगले आएको स्रोत लुकाउन पनि गाह्रो देखाउन पनि गाह्रो हुन्छ ।’ प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेका समेत उनले बताए । प्रधानमन्त्रीले भने, ‘अबको नेपाली समाज असन्तुष्टि प्रधान समाज होइन, आज समस्याहरु आए पनि समाधान गरेर अघि बढ्ने अनुकूलताहरु रहेका छन् ।’ उनले अबको चार वर्षभित्र नेपालमा निरपेक्ष गरिवीको रेखामुनि कोही पनि नरहने समेत दाबी गरे । यो समाचार रातो पाटीबाट लिइएको हो ।

चलचित्र ‘यात्रा’ अफरः ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

काठमाडौं, चैत २५ । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । यही चैत २९ गते रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को एकपात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्ने छ । मेरोमकै डट कममार्फत् सार्वजनिक गरिएको प्रतियोगितामा भाग लिन‍‍‍‍ ‍‍‍‍… लिंक क्लिक गरेर उत्तर दिनुपर्नेछ । यस्त छन् प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियम र प्रश्न चलचित्र ‘यात्रा’मा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् ? कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्– १. उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् । २. उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् । ३. उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् । ४. उनी जन्मजात दृष्टिविहिन हुन् । ५. कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप (हत्याबाहेक) देखेकी थिइन् । ६. कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् । ७. माथिका कुनै पनि होइनन् । प्रतियोगिताका नियमहरु १. ‘यात्रा’ चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् । २. एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ । ३. एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा ‘लक्की ड्र’ द्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ । ४. प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिने छ । ५. प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिने छ । ६. यो प्रतियोगिता रमाइलोको लागि गरिएको हो । त्यसैले कृपया तपाईंको साथी र परिवारसँग शेयर गर्नुहोस् र रमाइलो गर्नुहोस् ।

आइपीएलः सन्दीपको टीमलाई लगातार तीन सफलता

काठमाडौँ, चैत १६ । आइपीएलको १२औं संस्करणको १० औं खेलमा दिल्ली क्यापिटल्सलाई सन्दीप लामिछानेले पहिलो सफलता दिलाए लगत्तै दिल्लीलाई एकपछि अर्को गरेर तीन सफलता पनि हात लागेका छन् । छैठौं ओभरमा दिल्लीका बलर हर्षल पटेलले आक्रामक ब्याटिङ गरिरहेका रोबिन उथप्पालाई एल्बीडब्ल्यु आउट गरे । यस अघि सन्दीपले  निखिल नाइकलाई ७ रनमा एलबिडब्ल्यु आउट गरिसकेका छन् ।अस अघि निकै महँगा साबित भएका रबाडाले क्रिस लिनलाई क्याच आउट गराए । पुल सट खेल्ने प्रयासमा उनलाई भुवनेश्वर पन्तले क्याच गरेका थिए । त्यसको लगत्तै आठौँ ओभरमा हर्षल पटेलले नितिश राणालाईइ रबाडाद्वारा क्याच गराए । आठ ओभरको समाप्तिसम्म कोलकाता नाइट राइडर्सले चार विकेटको क्षतिमा ५३ रन जोडिसकेको छ ।

छैटौं खेलमा भारतसँग नेपाल एक विकेटले पराजित

काठमाडौं, चैत १६ । भारतको आन्ध्र प्रदेश क्रिकेट टोली विरुद्धको छैठौं एकदिवसीय खेलमा नेपाल एक विकेटले पराजित भएको छ । नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि नितीश कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका पवन सरफाले ३, प्रतिश जिसीले २, सूर्य तामाङ, आकाश चन्द र राशिद खानले एक-एक विकेट लिए । पहिला ब्याटिङको मौका पाएको नेपालको यू १९ टिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५१ रन बनायो । नेपालका लागि सन्दीप जोराले ६७ बलमा ६९, राशिद खानले ४४, हरिबहादुर चौहान, अविश्यक बसन्तले ३५-३५, रित गौतमले २२, शेर मल्लले नट आउट १७ रन बनाए । बलिङमा भारतका आई.स्माइलल एक्लैले ४ विकेट लिए । अप्रिल १२ देखि १८ सम्म मलेसियामा सुरु हुने यू-१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप आन्ध्रसँग अभ्यास खेल खलेको हो । ६ खेलको अभ्यास खेल सकिदा नेपालले ४ मा र आन्ध्रले २ खेमला जित निकालेका छन् । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप खेल्न पाउने छ ।

एकै दिन विप्लवका २१ कार्यक्रता पक्राउ

काठमाडौं, चैत १३ । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । चन्द समूहको ‘तमुवान जनपरिषद् संयोजक’ किसानसिंह गुरुङ मंगलबार पोखरा–२७ रिठेपानीबाट पक्राउ परेका छन् । दमौली संवाददाताका अनुसार मंगलबारै तनहुँ, व्यास–६ का अखिल नेपाल क्रान्तिकारी लमजुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर–५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा जिल्ला अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए । यस्तै, पूर्वी नवलपरासीबाट चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दर्निया पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले सोमबार राति घरबाटै पक्राउ गरेको हो । अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका ज्ञवाली नवलपरासी इन्चार्ज भएपछि खैरनीमा बस्दै आएका थिए । स्थानीयका अनुसार मर्दनियालाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । दुवैलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलबार पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४, सर्दीस्थित उनको घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएको प्रहरीले जनाएको छ । राजविराज संवाददाताका अनुसार सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव सोमबार पक्राउ परेका छन् । विराटनगर संवाददाताका अनुसार प्रहरीले इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ पक्राउ परेका छन् । संखुवासभाको पाँचखाल नगर कमिटी इन्चार्ज भीम राई पनि पक्राउ परेका छन् । सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खडकालाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

भारतविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं, चैत १२ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँगको चौथो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्र बनाउन सक्यो । उसका लागि नितीस कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका भीम सार्की, कुसल मल्ल, पवन सराफले दुई–दुई, कमलसिंह ऐरी, सागर ढकाल र राशिद खानले एक–एक विकेट लिए । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि कुसल मल्लले सर्बाधिक नटआउट ४८, राशिद खानले ४१, पवन सराफले ३२, कप्तान रोहित पौडेल, भिम सर्कीले १८—१८, रित गौतमले १५, लोकेश बमले १२, कमल ऐरीले ८, आशिफ शेखले ५, अविशेक बसन्तले १ रन बनाए । बलिङमा जे. दुर्गाकुमार, भी. कार्तिक रेड्डी, एम. माधवले दुईदुई र पी. सपरमन्युमले एक विकेट लिए । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो ।

नेकपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ११ । संघीय संसदको दुबै सदनको तेस्रो अधिवेशन सकिए लगत्तै सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्माणमा सहयोगको पहल थालेको छ । संसदको चौंथो अर्थाट बजेट अधिवेशनको सुरुवातमै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आवको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा बिहान ११ बजे बस्ने संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, संसद अधिवेशन समेत नभएको समय गाउँ गाउँ गएर जनताको प्राथमिकता बुझ्न तथा प्राथमिकताका आधारमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्ने योजनाबारे सुझाव दिन प्रधानमन्त्री ओलीले आफ्नो दलका सांसदलाई निर्देशन दिने छ । बैठकमा तेस्रो अधिवेशनको समीक्षा हुनुका साथै सरकारको कामबारे समेत सांसदबाट सुझाव तथा प्रतिक्रिया लिने तयारी दलको छ । सरकार र सीके राउतबीचको सहमति, नेत्रविक्रम चन्द समूहको गतिविधिमा लगाईएको प्रतिबन्ध लगायतमा भने पार्टी कै शीर्ष नेताले विरोध गर्दै आएका छन् । कान्तिपुरदैनिकबाट

भारतीय अनलाइनले सन्दीपलाई रोहित बनाएपछि….

काठमाडौं, चैत १० । भारतीय चर्चित अनलाइन ‘नवभारत टाइम्स’ ले नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको फोटो नै बिर्सिएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपको फोटोमा रोहित कुमार पौडेलको तस्विर राखिएको छ । नवभारतको साइटमा राखिएको दिल्लीको टिममा सन्दीपको फोटो हुनुपर्नेमा रोहितको फोटो राखिएको हाे । विश्वका चर्चित क्रिकेट लिग खेलिसकेका सन्दीपको फोटो नै नचिन्ने कस्तो अनलाइन हो भन्दै ‘नवभारत टाइम्स’को सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ । टिमका अन्य खेलाडीको नाम र फोटो भने सहि छ-

पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला

चितवन, चैत १० । नेपाली का‌ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।’ नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताउनुभयो । काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।