च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
काठमाडौं, भदौं ९ । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग आइतबार खेल्ने छ।
नेपाल यू–१५ ले बंगलादेश यू–१५ लाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ४–२ ले पराजित गरेको हो । भने भारत यू–१५ भुटान यू –१५ लाई हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको खेलमा ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो।
नेपालका लागि आकाश बूढामगरले २ र ब्रिजेश चौधरीले एक गोल गरे। एक गोल भने बंगलादेशल आत्मघाती गरेको थियो। बंगलादेशका तर्फबाट फहिम र हुसेनले एक एक गोल गरे।
बयालपाटा अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा सुरु
अछाम जिल्लामा संचालनमा रहेको बयालपाटा अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । सबै प्रकारका उपचार सेवा निशुल्क दिदैँ आईरहेको बयालपाटा अस्पतालमा विशेषज्ञ सहितको हार्डजोर्नी सेवा पनि सुरु भएको छ । हार्डजोर्नी विशेषज्ञ डा. मन्दिप पाठकले बयालपाटा अस्पतालमा सेवा दिन सुरु गरेका हुन् । सन् २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निःशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न सेवाहरु निःशुल्क रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो । हार्डजोर्नी सेवा निःशुल्क रुपमा अछाममै सुरु भएपछि यस क्षेत्रका जनतालाई शुल्क तिरेर धनगढी, नेपालगंज लगायतका टाढा ठाँउमा धाउनु पर्ने बाध्यता कम हुने भएको छ । यस क्षेत्रमा धेरैजसो बिरामीमा हार्डजोर्नी समस्या भएकाले पनि यो बिषयलाई प्राथमिकता दिईएको अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष कुमार ढुंगानाले बताए । अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरंग, आकस्मिक, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निःशुल्क प्रदान गर्दै आएको छ । इमेजखबरमा कल्पना बोहराको समाचार
चौबिसै घण्टा ‘स्ट्याण्डबाई’ रहन स्वास्थमन्त्रीको निर्देशन, प्रभावित सबै क्षेत्रमा स्वास्थ्य टोली
काठमाँडौ, स्वास्थमन्त्री गिरिराजमणि पोखरेल्ले विपदको बेला स्वअन्य सबै काम छोडेर राहतमा जुटन स्वास्थकर्महरूलाइ निर्देशन दिएका छन । मन्त्री पोखरेलले विज्ञप्ति प्रकाशित गर्दै बाढी, पहिरो र डुबानका कारण जनताको स्वास्थमा प्रतिकूल असर पर्ने भएकोले मंत्रालयबाट Rapid response team परिचालीत गरिएको जानकारी दिएका छन । पढ़नुस विज्ञप्ति केही दिन देखि देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरो र डुबानले धनजनको अपुरणिय क्षती भएकोमा हामी मर्माहित भएका छौं । यस प्राकृतिक बिपत्तीमा परी ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु । यस बिपत्तीमा पर्नुभएका सम्पुर्ण घाईतेहरुको स्वास्थ्य लाभको कामना पनि गर्दछु । यो असहज र विपदको अवस्थामा घाईते तथा बिस्थापितहरुको तत्काल उपचार गर्ने गराउने ब्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय प्रतिबद्व रहेको जानकारी गराउँदछु । यस सन्र्दभमा स्वास्थ्य मन्त्रालय र अन्तरगतका निकायहरु परिचालित भै सकेका छन । मन्त्रालयका उच्च अधिकारी, बिषेशज्ञहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाईएको छ । साथैं स्वास्थ्य मन्त्रालयले Rapid Response Team लाई Allert राखेर काम गरी रहेको छ । यस बिषम परिस्थितीमा बाढी पहिरोबाट बिस्तापित, घाईते एवं प्रभावितहरुमा औषधी तथा उपचारवाट बंचित हुने अवस्था सृजना हुन नदिन, यसपछी उत्पन्न हुने झाडापखाला, हैंजा, आउ, जण्डिस लगायतका रोगब्याधी तथा महामारी फैलन सक्ने सम्भावनाप्रती अहिल्यैंदेखी नैं सतर्क रहन सम्पूर्ण सरकारी, गैर सरकारी तथा नीजि स्वास्थ्य संस्था, निकाय एवं स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्दछु । यस्तो बिषम अवस्थामा सरकारी स्वास्थ्य प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई छुट्टीमा नबस्न, तालिम, भेला, गोष्ठी लगायतका सम्पुर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४ सैं घण्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औंषधी तथा जनशक्तिको व्यवस्था मिलाउन बिषेश निर्देशन गर्दछु । देशको यो परिस्थितीलाई ध्यान दिएर आफ्नो उत्तरदायित्व निर्वाह गर्न सम्पूर्ण सरोकारवाला निकाय तथा समुदायहरुलाई जिल्ला स्थित Rapid Response Team, सबैं सरकारी स्वास्थ्य संस्था एवम सरुवा रोग तथा महामारी रोग नियन्त्रण महाशाखा काठमाण्डौं (हटलाईन नम्बर ०१–४१००१८७÷०१–४२६२२६८ र मोबाईल नम्बर ९८५१०९६०८९ )संग सम्पर्क समन्वय र सहकार्यगरी विपद व्यवस्थापनमा जुटन अनुरोध गर्दछु । यही बेला २० औं दिनदेखी डा. गोविन्द केसी को अनसन जारी छ । डा. गोविन्द केसी लगायतका साथीहरुको माग सम्बोधन र सम्मान गर्न प्रधानमन्त्रीको सक्रियतामा शिक्षा, स्वास्थ्य मन्त्रालय र नागरिक समाज समेत क्रियाशिल रहेको सर्वविदितैं छ । माथेमा आयोगको मूल मर्मको आधारमा चिकित्सा विधेयक संसदको बालबालिका तथा समाज कल्यांण एवं जेष्ठ नागरिक समितिबाट सर्वसम्मतीले पारित भई संसदको पुर्ण सदनमा पेश हुने क्रममा छ । यस परिस्थितीमा बाढी पहिरोबाट उत्पन्न असहज अवस्थालाई समेत दृष्टिगतगरी डा.के.सी.लाई आफ्नो अनसन अन्त्यगरेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा जुट्न उत्प्रेरित गरिदिनु हुन बिशेष अपिल गर्दछु । मितिः २०७४/०४/२८ गिरिराजमणी पोखरेल मन्त्री स्वास्थ्य मन्त्रालय
कम विद्यार्थी भएका विषय समायोजन गर्दै त्रिवि
काठमाडौँ, साउन २८ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक क्याम्पसमा कम्तीमा १० भन्दा कम विद्यार्थी हुने विषयलाई अर्काे क्याम्पसमा समायोजन गर्ने भएको छ । मुलुककै जेठो र ठूलो विश्वविद्यालयको मानविकी संकायका केही विषयमा विद्यार्थी क्रमशः घटेपछि सो नीति ल्याइएको हो । आइतबार बस्ने त्रिविसभाबाट पारित गरी सो समायोजन (मर्ज) को नीति लागू गरिने त्रिविका योजना महाशाखा प्रमुख प्रा रिदिष पोखरेलले बताउनुभयो । त्रिविमा इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, मानवशास्त्र, नेपालीजस्ता विषयमा वर्षेनी विद्यार्थी घट्दो छ । पढेर तत्काल रोजगार नमिल्ने विषयको साटो विद्यार्थीले नयाँ, विशिष्टकृत र रोजगारमुखी विषय रोज्न थालेपछि विश्वविद्यालयले क्याम्पसहरुबीच विषय केन्द्रीकृतको नीति लिएको हो । यो नीतिअनुसार कुनै एक क्याम्पसमा १० भन्दा कम विद्यार्थी भएमा त्यहाँ अध्यापन नगराई त्यही विषय पढाइ हुने नजिकैको अर्काे क्याम्पसमा पढाउनेछ । त्रिविको स्नातकोत्तर तहमा इतिहास विषयमा हाल चारजना मात्र विद्यार्थी छन् भने शिक्षकको संख्या त्योभन्दा बढी छ । मानविकी संकायका डीन प्रा शिव भुसालले विषय नै हटाउन नभई क्याम्पसबीचको विषय समन्वय र केन्द्रीकरण गर्न खोजिएको बताउँदै ती विषयलाई पूर्ण खारेज नगरी पाठ्यक्रम परिमार्जनतर्फ लाग्नुपर्ने बताउनुभयो । “कतिपय पुराना विषयलाई नयाँ आएका शान्ति र द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयले विस्थापन गर्न खोजेका छन्, यो नेपालको मात्र होइन विश्वकै उच्चशिक्षाको प्रवृत्ति हो तर हामी विद्यार्थी कम भएका विषय एकैपटक खारेज गर्ने पक्षमा छैनौँ, आफ्नो विशेषताका लागि पनि ती विषय कायम राख्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो । हाल सो विश्वविद्यालयमा मानविकीअन्तर्गत २२ विभाग, छ कार्यक्रम र ३० विषय छन् । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले विद्यार्थी कम भएका विषयलाई क्याम्पसहरुमा ‘मर्ज’ गर्नुभन्दा ‘इमर्ज’ गर्नु उपयुक्त हुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “विषय शिक्षक एक ठाउँमा थुपारेर अर्थ छैन, तिनलाई कसरी काम दिने र व्यवस्थापन गर्ने भन्ने बिषय ठूलो हो, यसो नगर्दा झन भद्रगोल हुन्छ ।” त्रिविसभाले चालू आवका लागि रु १९ अरबको बजेट प्रस्तुत गर्दै छ । त्यसमा उपत्यका बाहिरका क्याम्पसमा पनि सेमेस्टर प्रणालीको विस्तार, अनुसन्धान कोष स्थापनाजस्ता कार्यक्रम रहेको योजना महाशाखा प्रमुख पोखरेलले जानकारी दिनुभयो । स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको संख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी संख्या बढ्न सकेको छैन । हाल मुलुकका सबै विश्वविद्यालय वा उच्च शिक्षा क्षेत्रको सबैभन्दा बढी भार अर्थात् ८२ दशमलव २ प्रतिशत विद्यार्थी त्रिविसँगै छ । हाल त्रिविबाहेक अन्य नौ विश्वविद्यालय सञ्चालित छन् । हालै खुल्ला विश्वविद्यालय स्थापित भए पनि त्यसले प्राज्ञिक कार्य शुरु गरिसकेको छैन । त्रिवि ऐन, २०४९ बमोजिम सञ्चालित त्रिविलाई सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिइसकेको छ । कीर्तिपुरको केन्द्रीय कार्यालयमा यसको ४२ रोपनी जग्गा छ । नेपालमा पहिलो विश्वविद्यालयका रुपमा २०१६ मा यो संस्थाको स्थापना भएको थियो । विसं १९७५ मा भारतको कलकता विश्वविद्यालय र त्यसपछि पटना विश्वविद्यालयको स्वीकृतिमा त्रिचन्द्र कलेज स्थापना भएको थियो । त्रिवि स्थापना हुनुअघि चलेका १६ निजी कलेजलाई समायोजन गरेर त्रिवि बनेको हो ।
१० किलो चरेशसहित बोहरा पक्राऊ
भीमदत्तनगर, साउन २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले १० किलो लागुऔषध चरेससहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । फलुबारी नगरपालिका–१८ ईगाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेससहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए । ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेस आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ । रासस
‘उफ! माछा महँगो भयो…..’
गुल्मी, साउन २४ । ‘रक्सी र माछामा पैसा पनि जानु छ । रामधुलाई पनि खानु छ । उल्र्टै दुई हात जोडेर माफी माग्नु पनि छ र लाखौं जरिवाना पनि तिर्नु छ । त्यो भन्दा पनि ठूलो कुरा साराका सामु बदनामीको विल्ला समेत भिर्नु छ ।’ हिजो साँझ जिल्ला प्रहरी कार्यालयभित्र भएको एक घटनाको छलफलमा सहभागी एक युवाले भने– ‘धत् ! यो त अति नै भयो, यस्तै हो भने हामी पनि यसरी नै फँस्न सकिन्छ अब माछा खान खोलातिर नझर्ने भईयो ।’ ति युवाहरुलाई मात्र होईन, शनिवार बाढिघाट खोला लाईन तिर घुम्न गएका सदरमुकाम तम्घासका युवाहरुमाथि भएको निर्घात कुटाईले ठुलो पाठ सिकाएको छ । शनिवार दिउँसो तम्घासका चार जना बढिघाट खोलाईनको ईन्द्रगौंडामा विदा मनाउन र केहि विशेष काम लिएर पनि पुगेका थिए । चार जनामध्ये रेसुङ्गा नगरपालिका यमबहादुर घर्तिले ईन्द्रगौंडाकी एक महिलाको घर भित्र बसेर रक्सी सेवन मात्रै गर्नुलाई कम्जोरी स्वीकारे पनि अरु तीन जना रामबहादुर कुँवर, बाबुलाल पन्थी र मिनबहादुर रावत निर्दोष हुँदाहुँदै पनि स्थायीन महिलाहरुबाट निर्घात कुटिएको बताईएको छ । चिने जानेको हुँदा घर्ति भित्र बसेर रक्सी सेवन गरेको अरु तीन जना मध्ये दुई जना उनिहरुलाई छाडेर हिडेको र एक जना ढोका बाहिर बसेको स्थानीयले बताए । बाहिर ढोकामा बस्नेले स्थानीय केहि महिलाहरु ति महिलाको घर भित्र हेर्न जान्छौं भन्दा नदिएको बताईन्छ । उनलाई गार्डको सज्ञा दिदै रातौरात स्थानीय युवा र महिलाहरु जुटेर घेराउ गर्न थालेपछि बाहिर गएका दुई जनालाई बोलाएर उनिहरु त्यहाँबाट हिडेका थिए । रातभरी उनिहरुको चियो गरेर बसेका स्थानीयको आक्रोषलाई नबुझी बिहान त्यसै ठाउँमा उनिहरु पुग्नु नै ठुलो दुर्घटना भोग्न उनिहरुले परेको बुद्धिजिवीहरुको बुझाई छ । घर्तिको महिला प्रति गलत नियत नभएको मदिरा सेवनको बेला आवेशमा बढि कुरा बोलेको प्रति उनले माफी मागेको तर ईन्द्रगौडाका आक्रोषित महिलाहरुले कुट्न नछाडेको प्रत्यक्षदर्शीले बताए । ‘उनिहरुलाई हामी पुरुषले नजोगाएको भए झन ठुलो दुर्घटना हुने थियो, ईन्द्रगौंडका एक व्यवस्यायीले भने– ‘यहाँसम्मकी सडकमा लडाएर कट्टु समेत थुतिदै थियो , मैले माथी सारी दिएको हुँ । ’ आईतवार साँझ जिल्ला प्रहरी कार्यालयमा ल्याईका उनिहरुको कसैको आँखामा त कसैको शरिरका विभिन्न भागमा चोट थियो । त्यसरी महिलाहरु आक्रोषित हुनुको पर्दा भित्रको रहस्य बाहिर नआए पनि खुल्ला सडकमा भएको महिला आक्रमणले हद नाघेको कुटाई खाने पक्षले टिप्पणी गरे पनि उताको महिला पक्षले आगमी दिनमा अरु पनि महिलालाई ‘माछा नठानुन’ भन्नका लागि गतिलो पाठ सिकाएको बताउँछन् । ईन्द्रगौडाकी अगुवा महिला ललिता सुर्यबंशीले ज्यान हत्केलामा राखेर कसैले पैसा कमाएको छ भने त्यसको पाप एक दिन अवस्य धुरीबाट कुर्लिने प्रतिकृया दिईन् । ‘किन एक्ली महिलाको घरमा रातीमा रक्सी खान जानु परेको थियो रु ईन्द्रगौडाकी अर्की महिला अगुवा मैना बिकले भनिन, रक्सी खाएपनि ति महिलालाई धम्काउने र उनका छोरा छोरीलाई गाडीमा हालेर लैजान खोजेका कारण आफुहरु आक्राषित हुनु परेको हो । ’ स्थानिय युवाहरुले यो कुटपिट काण्डलाई रामधुलाईको सज्ञा दिदै खोला लाईनमा माछा खान आउने नाममा कुनै महिलाहरुलाई गिद्देदृष्टि लगाउनेहरुलाई यो गतिलो पाठ भएको प्रतिकृया दिएका छन् । स्थानिय महिलाहरु सुर्यबंशी र बिकका अनुसार कुटपिट खानेहरुले दुई लाख नगद जरिवाना र माफी मगाएपछि हिजो साँझ ८ बजे मेलमिलाप गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले भने नगद जरिवानाको विषय आफुहरुलाई थाह नहुने बताए । उनिहरु दुबै पक्ष बाहिरबाट मिलेर आए पछि मात्र आफुहरुले मिलापत्रको कागज गरिएको यादवको भनाई छ । निर्घात कुटिएको उनिहरु एक रात भरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा समेत रहनु परेको थियो । विदाको दिन प्राय धेरै जसो युवाहरु खोला लाईन अर्थात छल्दीको रातचौर, रातडाँडा र बढिघाट खोला निकारमा भएको होटलहरुमा माछा खान झरेको भन्दै जाने गर्दै आएका छन् । खोलाको माछा संगै कोड भाषामा अर्को ‘माछा ’ स्त्रीगमन भन्ने गरिन्छ । यो घटना संगै कुनै समय ‘माछा मारन हो दाई हो रक्सीलाई चटनी माछा मार्न…’ बोलको पुरानो गीत गाएर त्यस भेगमा झुम्न जानेहरुले अब यस्तो प्यारोडी गाउनुपर्ने भएको छ कि – खोला नझर हो दाई हो, रक्सीलाई चटनी माछा नमार….
भारतीय अड्को प्रहरी प्रतिष्ठानमा पनि !
काठमाडौं ,साउन २०। भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी प्रतिष्ठान अझै अन्योलमा छ । नेपालले एकपक्षीय ढंगलले प्रतिष्ठानको गुरुयोजना बनाएको भन्दै भारतीय पक्ष असन्तुष्ट बनेपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको हो ।काभ्रेको पनौतीमा अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन भारतले १८ वर्षयता नेपाललाई आस देखाउँदै आएको छ । त्यसका लागि नेपाल सरकारले पनौतीमै ४२.२ हेक्टर जग्गा अधिग्रहण पनि गरिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा प्रतिष्ठान बनाउने प्रतिबद्धता मात्र व्यक्त गरेनन्, सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहिर शिलान्याससमेत गरे । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा प्रतिष्ठानको शिलान्यास गरेका थिए। शिलान्यासको फोटो अहिले पनि राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सजाएर राखिएको छ । कोइरालापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा प्रतिष्ठान बनाउने विषय उठाएका थिए । भारतीय पक्षबाट आश्वस्त रहन भनिए पनि अझै प्रतिबद्धताअनुसार काम हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा पनि यो विषयले महत्व पाउने उच्च सरकारी अधिकारीको दाबी छ । देउवाको भारत भ्रमणको एजेन्डामा पार्न गृह मन्त्रालयले अर्थ मन्त्रालयको वैदेशिक महाशाखाको सहयोग लिएर डकुमेन्ट तयार पारिरहेको छ ।भारतले प्रतिष्ठान निर्माणका लागि नेपाललाई आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो । पछिल्लो समय भारतले समझदारीपत्र (एमओयू)मै संशोधन गर्नुपर्ने अडान राखेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।,अन्नपूर्ण पोस्टमा खबर छ । नेपालले परामर्शदाता नियुक्तिका लागि आह्वान गरेको आवेदनमा १० वटा फर्मले दरखास्त हालेका थिए । भारतीय पक्षले परामर्शदाता नियुक्तिमा भारतीय पक्षको परामर्श लिनुपर्ने अडान राखेपछि उक्त प्रक्रिया रोकिएको छ । एमओयूमा पनि उक्त व्यवस्था उल्लेख छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव प्रमुख वैकुण्ठ अर्यालले प्रहरी प्रतिष्ठान बनाउने विषयमा भारतीय पक्षसँग समन्वय भइरहेको बताए । भने, ‘एक तहको छलफल भइसकेको छ फेरि एमओयू गर्ने विषय उठेको छ । दिल्लीबाटै यो विषयलाई गम्भीर ढंगले हेरिएको भन्ने कुरा आएको छ ।’ भारतीय पक्षले भने हुलाकी मार्गको मोडलमा एमओयू गर्नुपर्ने अडान लिएको स्रोतले बताएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भारतीय सहयोगमा बनाउने भनिएको प्रहरी प्रतिष्ठानका विषयमा छलफल चलिरहेको बताए । भने, ‘अर्थ मन्त्रालयको समन्वयमा बैठक भइरहेको छ, कसरी अगाडि बढ्ने भन्नेबारे निक्र्योलमा पुगिएको छैन ।’ चीन सरकारले भने सशस्त्र प्रहरी बललाई अत्याधुनिक एकेडेमी बनाउन गरेको सम्झौताको दुई वर्षमै सरकारलाई हस्तान्तरण गरिसकेको छ । मातातीर्थमा बनेको उक्त एकेडेमी तीन अर्ब ६० करोड रुपैयाँको लागतमा बनेको हो । चिनियाँ राजदूत यू होङले गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा गृहसचिव लोकदर्शन रेग्मीलाई एकेडेमी हस्तान्तरण गरेकी थिइन् ।
हिउँदमा लोडसेडिङको सम्भावना बढ्याे
काठमाडौं, साउन २० । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ । अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन । कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।,नागरिकमा खबर छ ।
बालुवाटारको बैठक निष्कर्ष विहिन
काठमाडौं, असार २३ । सत्तारुढ दुई दल कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुबीच बालुवाटारमा जारी बैठक केही बेरअघि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गरेकोे बैठकमा संविधान संशोधन र असोज २ गते लागि घोषणा गरिएको तेस्रो चरणको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा नेताहरुबीच संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपाका नेताहरुलाई सहभागी गराउन नेताहरु सकारात्मक देखिएका छन् । बैठकमा प्रमूख प्रतिपक्षी लगायतका दलहरुसँग पनि छलफल गरेर संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र राजपा तेस्रो चरणको निर्वाचनमा जाने विषयमा निकै सकारात्मक कुराकानी भएको माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए । आजको बैठकमा राजपाका नेताहरु निकै सकारात्मक रुपमा प्रस्तुत भएको यादवले बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपाका संयोजक महन्त ठाकुर लगायत तीन पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।
भरतपुर १९ को विवाद, सर्वोच्चले के देला निकास ?
काठमाडौं, असार २३ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । निर्वाचन कार्यालयले च्यातिएका मतपत्रसहितका कागजात सर्वोच्चमा बुझाएपछि आज सुनुवाई हुन लागेको हो । न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा वडा नम्बर १९ को मतपत्र च्यातेपछि सो वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाई हुन लागेको हो ।
१८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार ! जो झिनो मतान्तरले हारे
काठमाडौं, असार २१ । स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ । पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित-हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ । झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी भए । अहिलेसम्म गाउँ/नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो । कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी भएकी हुन् । अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित-हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई-दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । २० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन-तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ । त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ । कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो । कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ । त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
रोल्पाको थबाङ गाउँपालिकामा उत्साहजनक मतदान
रोल्पा, १४ असार । पटक पटकको निर्वाचन बहिस्कार गर्दै आएको रोल्पाको थबाङ गाउँपालिकामा उत्साहजनक मतदान भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बहिस्कार गर्न उर्दी जारी गरेपनि त्यसले कुनै असर गरेन । थबाङ गाउँपालिकाका वडा नं. १ मा कुल मत १०७९ रहेकोमा ६७९ मत खसेको छ । त्यस्तै वडा नं. २ मा कुल मत १२१२ रहेकोमा ८२२ मत खसेको थबाङबाट पत्रकार मौसम रोकाले जानकारी दिए । वडा नं. १ र २ साविक थबाङ गाविसमा पर्दछन् भने वडा नं. ३ साविक मिरुल गाविस र वडा नं. ४ र ५ साविक उवा गाविसमा पर्दछन् । थबाङ गाउँपालिकामा कुल मतदाता ५ हजार ८ सय ५३ जना रहेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बहिस्कारको घोषणा गरे पनि आफ्नै कार्यकर्तालाई उम्मेदवार बनाएको विषयले चर्चा पाएको थियो । विप्लवको उम्मेदवारलाई एमाले र कांग्रेसले समेत समर्थन गरेका थिए । थवाङवासीहरु कसका पक्षमा उभिए भन्ने प्रश्नको जवाफ भने केही दिनमा नै थाहा हुने छ ।
५३ प्रतिशत भोट खस्यो
काठमाडौं, असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा आज अपरान्ह साढे एक बजेसम्मकोमा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। विहान ७ बजेदेखि सुरु भएको प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भइरहेका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डँडेलधुलामा ६५ प्रतिशत मतदान भएको छ । यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ। अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेकोसमेत जानकारी प्राप्त भएको छ।
धनुषामा गोली चल्यो, प्रधानाध्यापक नरेन्द्रकुमार शर्मा घाइते
धनुषा, असार ११ । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले गोली चलेको पुष्टि गर्दै गोली प्रहार गर्नेहरुको खोजी भइरहेको जानकारी दिए । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ । जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
सरकारी बजेट,पार्टीको झण्डा, निर्वाचन अधिकृत ज्यू के हो यो फण्डा ?
भरत पाण्डेय गुल्मी । गुल्मीको सिर्सेनीमा जनता झुक्याउन एमाले कार्यकर्ताले एमालेले पार्टीको झण्डा राखेर डोजर चलाएका छन् । सिर्सेनी देउराली देखि पूर्कोटदह जोड्ने मोटरबाटोमा एमाले कार्यकर्ताले सूर्य चिन्ह अंकित झण्डा राखेर डोजर चलाएको हो । निर्वाचन आचारसंहित विपरीत एमालेले जनतालाई भ्रम पार्न यस्तो गरेको काँग्रेस माओवादी कार्यकर्ताले आरोप लगाएका छन् । ‘राज्यकोषको बजेट खर्च गर्ने अनि चुनावको बेला डोजरमा पार्टीको झण्डा प्रयोग गर्ने नौटंकी भएको छ’ नेपाली काँग्रेस पूर्कोटदहका कार्यकर्ता अमर थापाले भने ‘जनता झुक्याउन सरकारी बजेटको दुरुपयोग हुँदा पनि निर्वाचन कार्यालयले वास्ता गरेको छैन ।’ काम बाँकी हो ? एमालेले भने पहिल्यै खनिएको उक्त मोटरबाटोको सोहोर्नका लागि डोजर प्रयोग गरीएको बताएको छ । बाटो गाडी हिँड्न नमिल्ने भएकोले सोहोर्न थालिएको एमाले कार्यकर्ताले प्रतिकृया दिएका छन् । ‘अहिले डोजर ल्याएर सोहोर्ने काम गरीहालौँ पछि एमालेले जित्छ अनि बजेट दिएर तिरौँला भनेका छन्’ राप्रपाका कमल चन्दले भने ‘सरकारी बजेट खर्च गर्ने गरी यसरी जनता झुक्याउन पाईन्छ ?’