बलिउड क्षेत्रमा १६ वर्षपछि फर्किदैं अभिनेत्री रिना

मुम्बई, पुस २३ । आइतबार बलिउड क्षेत्रकी अभिनेत्री रिना राय आफ्नो ६० औं जन्मदिन सेलिब्रेट गरेकी छिन् ।

उनले कालीचरण, विश्वनाथ र अपनापन जस्ता बलिउड चलचित्रबाट चर्चामा अाएकी रिना कुनै जमानाको एक फेमस अभिनेत्रीको नाम परिचित थिइन् ।

उनले १६ वर्षसम्म ठूलो पर्दाबाट टाढा भएकी थिइन् तर रिना अब विकास गुप्ताको शोबाट सानो पर्दामा फर्किने भएकी छिन् । चाँडै यस शोमा काम सुरु गर्ने भएको छ ।

आफ्नो जन्मदिनको अवसरमा रिना आरजे अनमोलको शोमा ‘मे बाते कहीं अनकही में’ आउने भएकी छिन् । यसै बेला उनले आफ्नो व्यक्तिगत र प्रोफेशलन जीवनबाट जोडेका धेरै प्रश्नको जवाफ दिए । रिनाले भने, यतिका समयसम्म चलचित्र क्षेत्रबाट टाढा रहेकी थिइन् ।

आर जे अनमोलले रिनालाई सोधे कि उनी यतिका समयसम्म यो क्षेत्रबाट किन टाढा रहेकी थिइन् ।

उनले बताइन्, छोरीको हेरचाह र घरको जिम्मेवारीको सम्हाल्नका लागि यो इण्डष्ट्रीमा टाढा भएकी थिए । उनी टिभीमा फर्किनुका साथै रिनाले बताइन् कि, उनी आफ्नो मनै छुने खालेका भूमिकाको प्रतिक्षा गरिरहेकी छु ।

आफ्नो करियर सुरुवातको बेलाको समय याद गर्दै भनिन्, त्यो कम उमेरमा एक सिरियस भूमिका निर्वाह गर्न त्यति सजिलो थिएन ।

त्यो समय अभिनेत्री रिना स्वर्गीय राजेश खन्ना र मनोज कुमार क्रस हुने गर्दथे । यतिमात्र होइन कि रिना त्यो समयमा राजेश खन्नाकी एक झलक पाउनका लागि सधैंजसो उनको बंगलाको अगाडि साइकल लिएर आउने गर्दथिन् । तर, त्यहाँ पहिला नै राजेश खन्नाकी फिमेल फ्यानहरुको भीड लाग्ने गर्दथ्यो ।

१९८३ मा रिनाले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरेकी थिइन् । तर १९९० मा उनका सम्बन्धविच्छेद हुन पुग्यो । यिनीहरुको एक छोरी थियो सनम, जसको कस्टडी रिनाको साथमा छ ।

पूर्व ऊर्जामन्त्री शाहीसहित वामगठबन्धन विजयी

कालिकोट, मंसिर २३ । कालिकोट जिल्लाको प्रदेश सभामा वाम गठबन्धनले भारी मत विजयी भएको छ । प्रदेशसभा (क) कुर्मराज शाही (एमाले)ः ११९३५ (विजयी) टेकराज शाही (कांग्रेस)ः ४४८९ प्रदेशसभा (ख) महेन्द्रबहादुर शाही (माओवादी)ः १२३५३ (विजयी) कालीबहादुर सहकारी (कांग्रेस)ः ९३४२

प्रचण्ड १५ सय मतले अघि

भरतपुर, मंसिर २३ ।  चितवन क्षेत्र न ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रचण्डले  मतान्तर बढाउँदै लगेका छन् । पछिल्लाे परिणाम अनुसार उनले १५ सयकाे अग्रता लिर्इरहेका छन् ।  प्रचण्डले ३७९५ मत प्राप्त गर्दा बिक्रम पाण्डेले २३०८ मत प्राप्त गरे । क्षेत्र न १ र २ मा पनि वाम गठबन्धनका उम्मेदवार नै अगाडि छन् । पछिल्लाे परिणाम अनुसार क्षेत्र नम्वर २ बाम : २९७६ रुख: १३८३ क्षेत्र नम्वर १ बाम : ४५३९ रुख : २८९४  

प्रचण्डले लिए अग्रता, यसकारण प्रारम्भिक मतगणनामा पछाडि

भरतपुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं. ३ को मतगणनामा अग्रता लिएका छन् । उनी अहिले प्रतिद्वन्द्वी राप्रपा नेता बिक्रम पाण्डे भन्दा २९ मतले अगाडि छन् । यसअघि  ढिला गरि शुरु भएको चितवन जिल्लाको मतगणनाका पहिलो मत परिणाम सार्वजनिक हुँदा धेरैलाई झस्कायो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा निकै चर्चा बटुलेको चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड प्रतिद्वन्द्वी राप्रपा नेता तथा बन मन्त्री बिक्रम पाण्डे भन्दा पछाडि परेको खबरले धेरैलाई झस्काएको थियो । अन्य जिल्लाहरुमा हेभिवेट नेताहरुले शुरुआती चरणमा नै फराकिलो अग्रता लिइरहेको समाचार प्रकाशित भएको बेला प्रचण्डका बारेमा सार्वजनिक भएको समाचारले वाम समर्थकहरु चिन्तित हुनु स्वभाविकै थियो । तर, चितवन क्षेत्र नं. ३ को चुनावी समीकरण हेर्दा भने यो स्वभाविक नै थियो । यसलाई संयोग नै भनौं, शुरुआती मतगणना नै राप्रपा र नेपाली कांग्रेसको बलियो प्रभाव भएका क्षेत्रबाट गरिएको थियो । दिउँसो दुई बजेदेखिको मतगणना माडी नगरपालिकाको वडा नं. १ को सेरुवा मतदान केन्द्र र भरतपुरको गीतानगर मतदान केन्द्रका मतपत्रहरुको गरिएको थियो । संयोग भनौं, यी दुबै मतदान केन्द्र लोकतान्त्रिक गठबन्धनको सबैभन्दा बढी प्रभाव भएको क्षेत्र मानिन्छन् । गीतानगर क्षेत्र नेपाली कांग्रेसका प्रदेशतर्फका उम्मेदवार दिनेश कोइरालाको क्षेत्र हो । माडीको सेरुवा राप्रपा र कांग्रेसले स्थानीय तहमा समेत उल्लेख्य मत पाएको क्षेत्र हो । तर सुरुआती मतान्तर भने पाण्डेका पक्षमा जान सकेन । सुरुआतमा दुई सय बढीको अन्तर देखिएपनि १८ सय ३९ मत गणना हुँदासम्म पाण्डे ५८ मतले मात्रै अगाडि थिए । अहिले भने प्रचण्डले अग्रता लिएका छन् । तर बाँदरझुलाको मत गणना हुँदासम्म अग्रता पाण्डेकै पक्षमा रहन सक्छ । त्यसपछि भने प्रचण्डले अग्रता लिने माओवादी केन्द्रका नेताहरु बताउँछन् । ७० प्रतिशत मत खसेको चितवनमा क्षेत्र नं. ३ बाट प्रचण्डले १५ देखि २० हजार बढीको मतले विजयी हुने अनुमान यसअघि नै गरिएको थियो । राप्रपा नेता पाण्डेलाई नेपाली कांग्रेसले समर्थन गरेको भएपनि निर्वाचन प्रचार अभियानका क्रममा कांग्रेसका कैयन् नेताहरुले समेत प्रचण्डको समर्थन गरेका थिए ।

चर्चित सुपरस्टार शशी कपुरको ७९ वर्षमा निधन

मंसिर २० । दिग्गज बलिउड क्षेत्रका चर्चित अभिनेता शशी कपुर लामो समयसम्म बिरामी परिरहेका कारण सोमबार साँझ निधन भएको छ । शशी कपुरका अन्तिम संस्कार मुम्बईमा सांता क्रुज पुलिस स्टेशनको नजिक रहेको क्रुज हिन्दू क्रिमेटोरियममा गरेका थिए । पछिल्लो समयमा सुपरस्टार शशी कपुर लामो समयसम्म बिरामी भइरहेको थियो । उनले मुम्बईको कोकिलाबेन हस्पिटलमा अन्तिम सास लियो । ७९ वर्षीय शशी आफ्नो करियरमा १६० चलचित्र (१४८ हिन्दी र १२ अंग्रेजी) मा काम गरेका थिए । ६०–७० दशकमा उनले जब–जब फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा र मकान, चोर मचाए शोर, दीवार कभी–कभी र फकीरा जस्तो सुपरहिट चलचित्र दिए । शशि कपूरलाई तीन पटक नेशनल अवार्ड पाइसकेको छ । १९७९ मा शशीद्वारा निर्मित चलचित्र जुनुनको बेस्ट फिचर चलचित्र अवार्ड पाएका थिए । १९८६ मा चलचित्र नयाँदिल्ली टाइम्सको लागि चर्चित अभिनेताका नेशनल पाए । १९९४ मा चलचित्र ‘मुहाफिज’ को लागि स्पेशल ज्यूरी अवार्ड पनि पाएका थिए । चर्चित सुपरस्टार शशीले ४ वर्षदेखि आफ्नो बुवाद्वारा निर्माण तथा निर्देशिन नाटकमा काम गर्न सुरु गरेका थिए । उनको अन्तिम संस्कारमा करिश्मा कपुर, करिना कपुर खान, सैफ अली खान, अमिताभ वच्चन, ऐश्वर्या राय र अभिषेक वच्चन शशी कपुरको घरमा पुगेका छन् । अन्तिम संस्कारमा सहभागी हुने र बलिउड क्षेत्रकै सबै कलाकारहरु श्रद्धाञ्जली दिन पुगे । – सुपरस्टार अमिताभ वच्चन निकै भावुक भएका छन् । उनले शशी कपुरको परिवारका व्यक्तिहरुलाई अँगालो मार्दै सान्त्वना दिएका थिए । – बलिउड सुपरस्टार शाहरुख खान क्रिमनेटोरियम पुगेका छन् । – शशी कपुरको अन्तिम विदाई दिएपछि सलिम खान क्रिमनेटोरियमसँग गएका थिए । एक मिनेटसम्म मौन राखेका थिए । – सुप्रिया पाठक, सीमा पेहवा, शक्ति कपूर र सुरेश ओबराय पनि क्रिमनेटोरियममा पुगे । – अनु कपूर र अयान मुखर्जी पनि क्रिमनेटोरियम पुगिसकेका थिए । – शशी कपूरको पार्थिव शरीरको तिरंगामा बेरेर गएको थियो । पुलिस ब्याण्डले उनको लागि धुन बजाए । – सलमान खानको पिता सलीम खान क्रिमनेटोरियम पुगे । – बलिउड स्टार सैफ अली खान र रणबीर कपूर र्एउटै छाताको मुनि क्रिमनेटोरियम पुगे । – रणधीर कपूर पनि अन्तिम संस्कारको लागि क्रिमनेटोरियम पुगेका छन् । उनी धेरै भावुक भएका थिए । – राज कपूरका नाति आधार जैन शशि कपूरको अन्तिम यात्रामा पुगेका पुगेका छन् । – तेज बारिशको बीच शशि कपूरको पार्थिव शरीर अस्‍पतालबाट घर पुगेका थिए । शशीको छोरा करण कपुर र छोरी सञ्जना अमेरिकाबाट मुम्बई आईपुगेका छन् । अन्तिम संस्कामा सहभागी हुन र श्रद्धाञ्जली दिन बलिउड जगतबाट सबै हस्तीहरु पुगेका छन् । – शशी कपूरको अन्तिम संस्कार मुम्बईमा शान्ता क्रूज पुलिस स्टेशनस्थित क्रूज हिंदू क्रिमेटोरियममा गरेका थिए । – बलिउड कलाकार ऋषि कपुर जुहुस्थित आफ्नो स्वर्गीय चाचा शशी कपुरको घर पुगेका छन् । ऋषि दिल्लीमा चलचित्रमा राजमा चावलको सुटिङ्ग गरिरहेका थिए । – बलिउड कलाकार रणवीर कपुर र नसिरद्दिन शाह पनि जुहुस्थित शशी कपुरको घरमा पुगे । – बलिउड स्टार सञ्जय दत्त यहाँ सबैभन्दा पहिले नै आइपुगेका थिए । शशी कपूरको निधनले उनी साहैं दुःखी भएका छन् । सुपरस्टार अभिनेता शशी कपुरको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन जुनियर कलाकारदेखि सिनियर कलाकारसम्म सबै अाइपुगेका छन् ।     

सलमान र अक्षयबीचको दुरी कम गर्दै कैटरिना

मंसिर १९ । बलिउड क्षेत्रमा चर्चित सुपरस्टार सलमान खान र अक्षय कुमारबीच राम्रो साथी थिए तर पछिल्लो महिनादेखि दुवै जनाबीच दुरी बढिरहेको छ । जुन चलचित्र भाईजान करण जौहरसँग मिलेर अक्षय कुमारको चलचित्र ‘केसरी’ निर्माण गरिरहेका छन् । अब यस्तो लागिरहेको छ कि यी दुईको मित्रता पहिलेको जस्तो हुने गर्ने छैन । यिनीहरुबीच बढिरहेको दुरीको कारण रेशमा शेट्टीलाई लिने गरेको छ । रेशमा पहिले सलमानको म्यानेजर थियो तर अब अक्षय कुमार म्यानेजर बनेको छ । रिपोर्टअनुसार सलमान, करण र अक्षयसँग गुनासो रहेको छ । किनकी यो बैटल अफ सारागढीमा चलचित्र बनाइरहेको छ जसको घोषणा धेरै पहिले उनको राम्रो साथी अजय देवगन चलचित्रले गरिसकेको छ । कारण चाहे जे होस्, यति कुरा त पक्का हो कि सलमान र अक्षयबीच अहिलेसम्म सबै कुरा ठीक छैन । यसै कारणले कैटरिनाले दुवैबीचको बढ्दो दुरीलाई हटाउने कोसिस गरिरहेकी छिन् । तर, दुःखलाग्दो कुरा यो हो कि भाईजान मान्न तयार नै छैन । हालैमात्रको खबरअनुसार कैटरिनालेका लामो समयको कोसिसपछि अक्षयसँग ठूलो पर्दामा आउनका लागि एकदमै हतारिरहेको छ । केसरीका हिस्सा बन्नको लागि अभिनेता अक्षयसँग आधा रातको भेटघाट पनि गरेका थिए । तर केही गलत अफवाहका अनुसार धूम ३ का स्टारको चलचित्र मिलिसकेको छ भने के भन्नु कसैले भन्छन् कि यो भूमिका परिणिती चोपडालाई मिलेको छ ।

फिरङ्गी चलचित्र बक्स अफिस कलेक्शन : कपिल शर्माले सोचेजस्तो दर्शकहरुलाई हँसाउन सकेन

मंसिर १९ । हाँस्य कलाकार बन्न सफल भएको कपिल शर्माको यस चलचित्र ‘फिरङ्गी’ यही डिसेम्बर १ मा रिलिज आएको थियो । यसमा दर्शकहरुले धेरै नै ठूलो विश्वास रहेको थियो । कपिल शर्मालाई सबै लाई सबैले दर्शकहरुले सबैलाई हँसाउन सक्ने क्षमता भएको भनी चिन्ने गरेका छन् । तर, यदि उनको यस चलचित्रको कुरा गर्ने हो भने दर्शकहरुले गरेको अपेक्षामा उनी उभिएको देखिएन । यसको अन्दाज तपाईहरुले यसको बक्स अफिसमा कलेक्शन भएको कमाईको आधारमा गर्न सकिन्छ । दुई दिनमा बक्स अफिसमा कलेक्शन भएको कमाईको आँकडा सबैको अगाडि आइसकेको छ र उनलाई देखेर तपाईंहरुले यही भन्नुहुन्छ कि यो राम्रो हुन सक्थ्यो । बक्स अफिस इण्डिया डट कमको अनुसार पहिलो दिन शुक्रबार २ करोड र शनिबार २.१० करोड रकम कमाएका छन् । कुल जम्मा ४.१० करोड रुपैयाँ कलेक्शन भएको छ । यस चलचित्र १९२१ को ब्याकग्राउण्डमा बनाएका थिए, जब भारत अंग्रेजबाट आफ्नो स्वतन्त्रको लागि संघर्ष गरिरहेका थिए । त्यो समय मंगा नामको शख्सको लाग्थ्यो कि अंग्रेज नराम्रो मान्छे होइन । यो कहानीको हंसीको एक तडकाका साथ देशभक्ति सजाएको थियो । उक्त चलचित्रको कलेक्शन देख्दा यस्तो लाग्दछ कि दर्शकहरुलाई कुनै खास प्रभावित पार्न असफल भए जस्तो देखिन्थ्यो । राजीव ढिंगराले यस चलचित्रको निर्देशन गर्ने क्रममा नै यो कहानी लेखिएको थियो । यसको आधारमा नै कपिल शर्माले निर्माताबाट डेब्यु गरेका थिए । यही कारणबाट कलाकारको धेरै नै अपेक्षा रहेको थियो ।

धान उत्पादनमा वृद्धि

पोखरा, मंसिर १२ । कास्कीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । मौसम अनुकूल र समयमै रासायनिक मल उपलब्ध भएकाले यस वर्ष धान उत्पादन पाँच प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए । यस वर्ष जिल्लामा ८४ हजार ६६२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ८० हजार ५८३ मेट्रिक टन धान उत्पादन भएको वस्ताकोटीले बताए । जिल्लामा यस वर्ष २६ हजार ५० हेक्टरमा धानखेती गरिएको थियो । बाह्रै महिना सिञ्चित हुने चापाकोट, कास्कीकोट, सराङकोट, अर्मला, आर्वा, लेखनाथ र हेम्जामा १० तथा जिल्लाका अन्य ठाउँमा दुईदेखि तीन प्रतिशत धान उत्पादनमा वृद्धि भएको छ । पोखरा–लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ«े रुपा गाउँपालिकामा धानखेती हुने गर्दछ ।

बानेश्वर चोकमा वाम गठबन्धन चुनावी सभा, ओली र बादलले सम्बोधन गर्ने

काठमाडौं, मंसिर १२ । काठमाडौं क्षेत्र नं. १ को चुनाब प्रचारका क्रममा वाम गठबन्धनले आज बानेश्वरमा भव्य चुनावी सभाको आयोजना गरेका छन । केही बेरमा सुरु हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्दै छन् । बानेश्वर चोकमा सभाको तयारी भइरहेकाले तिनकुनेदेखि बबरमहलसम्मको सडकमा सवारी आउजाउमा केही समस्या हुने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्ने ट्राफिक प्रहरी अनुरोध गरेको छ । काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता अनिल शर्मा चुनावी प्रतिस्पर्धामा छन ।

स्व.दाहालको सम्झनामा देशैभर श्रद्धाञ्जलि सभाको आयोजना

काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा माओवादी पार्टीका युवा नेता प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनका तर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशैभरि आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व.प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र वियोगको भारी मन लिएर गृह जिल्ला चितवनमा पुगेका छन् । चितवन ३ मा आज हुने भनिएको वाम गठबन्धनको चुनावी सभामा सहभागी हुन उनी चितवन पुगेका हुन् । उक्त सभामा प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएपछि सुरु हुने बताइएको छ । सो सभामा अध्यक्ष प्रचण्ड सहभागी भएपनि सम्वोधन नगर्ने बताइएको छ । श्रद्धाञ्जलि सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व। दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । यस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान, पार्टी अध्यक्ष प्रचण्डका सुपुत्र तथा पार्टीका केन्द्रीय सदस्य स्व.दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ । शोकमा डुबेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् स्व। दाहालको ससुराली गाउँ पुनर्वासमा आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरियो । पु्नर्वासको सहिद गेटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश वक्ताले प्रकाश दाहालको कञ्चनपुरसँग विशेष सम्बन्ध रहेकाले कञ्चनपुर बढी शोकमा डुबेको बताए । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगरका श्रीमान प्रकाशको निधनले सम्पूर्ण निर्वाचन क्षेत्र नै शोकमा डुबेको निर्वाचन परिचालन समितिका संयोजक तथा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक वीरबहादुर थापाले बताए । १७ वर्षदेखि पार्टीमा सक्रिय स्व। दाहालको आइतबार आकस्मिक हृदयघातका कारण मृत्यु भएको थियो । स्व.दाहालले माओवादी जनसेना, र पार्टीको हेडक्वार्टरमा सक्रिय भूमिका खेलेका थिए । श्रद्धाञ्जलि सभामा पार्टीका नेताले इमान्दार, मेहनेती र मिलनसार स्व। दाहालको निधनले सिंगो देशले जझारू युवा नेता गुमाएको बताए ।

सुनसरी-२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक

अजितकुमार झा इनरुवा, कात्तिक २९ । सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरु व्यस्त भएका हुन् । यहाँ नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलो तथा चुनावी प्रचारप्रसार कार्यक्रममा व्यस्त भएको पाइएको छ । सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेशसभा तर्फ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएका जिल्ला सभापति राजीव कोइरालाले सदरमुकाम इनरुवा क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । कोइरालाले बिहानैदेखि इनरुवा क्षेत्रका विभिन्न वडामा घरदैलो तथा भोट माग्ने कार्यक्रम गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कोइराला र उम्मेदवारी दर्ता हुनुभन्दा एक दिन अगाडिसम्म पार्टीको उपसभापति रहेका रामप्रसाद मेहता नै आमने सामने भएपछि यो क्षेत्र चुनावी चर्चाको शिखरमा पुगेको हो । त्यही कुरालाई मध्यनजर गरेर काँग्रेसका उम्मेदवार कोइरालासहित काँग्रेसका नेता कार्यकर्ता घरदैलोमा व्यस्त बनेको युवा नेता सन्तोष शर्माले जानकारी दिए । कोइरालाको घरदैलो कार्यक्रममा सयौं कार्यकर्ता तथा जिल्ला नेताको साथ रहेको छ । उता काँग्रेस त्यागेर एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका रामप्रसाद मेहताले पनि इनरुवा–९ बबियामा छलफल तथा अन्तरक्रिया र घरदैलो कार्यक्रम गरेएको छ। स्थानीय एमाले नेता हबिब मन्सुरीको घरमा बबिया क्षेत्रका नेता कार्यकर्तालाई डाकेर मेहतालाई जिताउन अपिल गरिएको बताइएको छ । उता संघीय समाजवादी फोरम नेपालका उम्मेदवार नारायण यादवले समेत प्रचारप्रसार तथा घरदैलोलाई निरन्तरता दिनुभएको छ । यादवले फोरम नेपालको क्षेत्र सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (ख) पकड क्षेत्र भएकाले कोइराला र मेहताभन्दा आफू अब्बल रहेको भन्दै घरदैलोलाई निरन्तरता दिएको युवा नेता अभिनन्द यादवले जानकारी दिए । सुनसरी—२ मा थारुहरुको मत निर्णायक सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा थारु समुदायको मत निर्णायक हुने देखिएको छ । यस क्षेत्रमा थारु मतदाता मात्रै १८ हजारभन्दा बढी रहेकाले थारु समुदायको मत निर्णायक हुने देखिएको हो । चुनावी प्रचारप्रसार घरदैलो कार्यक्रम तीव्र पारिएको बेला यो क्षेत्रमा थारुहरुको मत निर्णायक देखिएको उम्मेदवारले बताएका छन् । यस क्षेत्रबाट संघीय समाजवादी फोरमबाट एक मात्र थारु समुदायका उम्मेदवार तेजनारायण चौधरीको उम्मेदवारी रहेको र थारु समुदायले स्थानीय तहको निर्वाचनमा इटहरी र रामधुनीमा देखाएको सहानुभूति कायम रहे चौधरीले जित्न सक्ने थारु अगुवा तथा बुद्धिजीवीले बताएका छन् । चौधरी यो क्षेत्रबाट उम्मेदवार रहेकामध्ये सबैभन्दा बढी शिक्षित, अधिकार र पहिचानको मिसन, भिजन भएको, विकास निर्माणको खाका भएको उम्मेदवार भएकाले जित्ने थारु कानून व्यवसायीहरुले तर्क गरेका छन् । यो क्षेत्रमा मेहता समुदायको पनि मतले पनि त्यतिकै महत्व राखेको देखिएको छ । यहाँ मेहता समुदायबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा सीताराम मेहता र राजपाबाट मुन्नादेवी मेहतासहितका दुईजना प्रभावशाली नेता उम्मेदवार चुनावी मैदानमा रहेका छन् । मेहता समुदायको एकतामा कुनै कमजोरी नभए काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीताराम मेहता र प्रदेशसभाका एमाले उम्मेदवार रामप्रसाद मेहताले जित्ने मेहता समुदायका बुद्धिजीवीको ठम्याइरहेको छ । तर वाम गठबन्धनका सुनसरी—२ प्रतिनिधिसभा उम्मेदवार डम्बर सुवेदी ९हिमाल० ले मेहता समुदायको मत विभाजन हुँदा जित्ने आधार रहेको एमाले— माओवादी केन्द्र गठबन्धनको दाबी रहेको छ । हिमाल विकास प्रेमी भएको र साविकमा काँग्रेसका कारण इनरुवादेखि दक्षिणी क्षेत्रको विकास नभएकाले वाम गठबन्धनकै जित हुने स्थानीय लेखराज दंगालको तर्क छ । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार रहेका छन् ।

प्रचण्डको गीत गाउने बिष्णु खत्रीको यूट्यूव च्यानल ह्याक

काठमाडौं, कात्तिक २९ ।  लोक तथा दोहोरी गायक बिष्णु खत्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेपछि ह्याकरहले उनको व्यक्तिगत यूट्यूव च्यानल ह्याक गरिदिएका छन् । वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्दै बजारमा ल्याइएको सो गीत यूट्यूव च्यानल मार्फत  सार्वजनिक भएको ३ दिन बित्न नपाउँदै च्यानल नै ह्याक भएको गायक खत्रीले जानकारी दिए । वाम गठबन्धको समर्थनमा गीत गाएको भएर उनको च्यानल गठबन्धनका बिरोधिहरुले गुगल मार्फत बन्द गरेको खत्रीले बताए । ‘यहाँ सिर्जना माथि नै प्रतिबन्ध लगाउने काम भयो’, गायक खत्रीले भने, ‘मेरो लोकप्रिय दोहोरी गीत समेत त्यही च्यानलबाट सार्वजनिक भएका छन्, यसरी त मलाई बर्बाद गर्ने काम भइरहेछ’ । उनले आफ्नो च्यानल पुनः सक्रिय गराउन प्रहरीको सहायता लिन लागिएको समेत बताए । खत्रीको गीतले वाम गठबन्धनप्रति जनलहर बढ्दै गएपछि बिरोधिहरुले कलाकारको सिर्जनामाथि अंकुस लगाउन खोज्नु निन्दनीय भएको वाईसीएल नेपाल सास्कृतिक बिभागका नविन खड्काले बताए । च्यानल पुनः सक्रिय गराउन वाईसीएलले गायक खत्रीलाइृ सहयोग गर्ने उनले बताए । लोक गायक खत्रीका सथौँ गीत बजारमा चर्चित बनेका छन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशनमा अध्यक्षका प्रत्यासि थिए ।

स्विट्जरल्याण्ड र क्रोएशिया विश्वकपमा छनोट हुने संभावना बलियो

काठमाडौं, कात्तिक २४ । स्विट्जरल्याण्ड र क्रोएशियाले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो पारेका छन् । यूरोपेली समुहको प्ले अफ्अन्तर्गत बिहीबार राती भएका पहिलो लेगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् । प्ले अफ् पहिलो लेगको खेलमा क्रोएशियाले ग्रिसलाई ४-१ ले हरायो । क्रोएशियाका लागि लुका मोड्रिच, निकोला कालिनिच, इभाँ पेरिसिच र आन्द्रे क्रामारिचले एक एक गोल गरे । प्ले अफ् कै अर्को खेलमा स्विट्जरल्याण्डले नर्दन आयरल्याण्डलाई १-० ले हरायो । नर्दन आयरल्याण्डलाई उसैको मैदानमा पराजित गर्न स्विटजरल्याण्डका रिकार्डो रोड्रिग्वेजले ५८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । युरोपेली समुहको अर्को प्ले अफ् खेल आज राती दुई बलिया टोली ईटाली र स्विडेनबिच हुनेछ । यसैगरी युरोपबाट डेनमार्क र आयरल्याण्डले पनि प्ले अफ् खेल खेल्नेछन् ।

रोनाल्डोका ठाउँमा नेइमार ल्याउने रियल म्याड्रिडको तयारी

एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारलाई स्पेनिस क्लब रियल म्याड्रिडले भित्र्याउने बारेमा कुरा अगाछि बढाएको छ । चाुल सिजनका लागि नेइमार बार्सिलोना छोडेर फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका थिए । नेइमारलाई भित्र्याउने विषयमा म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले छलफल अघि बढाएको सञ्चारमाध्यमहरुले बताएका छन । पेरेजले नेइमारका बुबासँग कुराकानी गरिरहेको बताइएको छ । नेइमारका लागि रियल म्याड्रिडमा स्थान जहिले पनि खुला रहेको अध्यक्ष पेरेजले बताएका थिए। तर नेइमारका बुबाले रोनाल्डोको बहिर्गमनपछि मात्र नेइमार रियल म्याड्रिडमा आउने पेरेजलाई जवाफ दिएका थिए। रोनाल्डो र रियलबीच सन् २०२१ सम्म सम्झौता छ। त्यसपछि नेइमारलाई रोनाल्डोको स्थान लिनेगरी भित्र्याउन सकिने पेरेजले नेइमारका बुबालाई बताएको स्पेनिस पत्रिकाले उल्लेख गरेको छ। नेइमार अहिले पिएसजीलाई उपाधि जिताउन केन्द्रित छन्। सिजनमा उपाधि जिताएर आफ्नो उचाइ बढाउन आतुर नेइमार पिएसजीमा खुसी देखिएका छन्। किनकि पिएसजीमा ब्राजिलका डानी अल्भेस, मार्किउनोस, थिएगो सिल्भा र लुका माउरा छन् र उनीहरुसँग नेइमारको तालमेल मिल्छ।

सुरक्षामा सम्झौता गर्दैनौं : नेपाली सेना

काठमाडौं, कात्तिक १५ । नेपाली सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचन सुरक्षा चुनौतीलाई ख्याल गर्दै मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी बढाएको छ । त्यसका लागि सेनाले पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ । स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास क्षेत्रमा पेट्रोलिङ थालेको हो । प्रतिनिधि र प्रदेशसभाका लागि सेनाले ६४ हजार २० जना सैनिक खटाउने भएको छ । निष्पक्ष र भयरहित निर्वाचन गराउन सेनाले उपत्यकासहितका आठवटै पृतना कार्यालयलाई सक्रिय बनाएको छ । सेनाले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर र आवश्यक फौजलाई तैनाथ अवस्थामा राखेको छ । सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक बोलाएको छ । जंगी अड्डामा यही बिहीबार र शुक्रबार हुने बैठकमा आठवटै पृतानापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नेछन् । सेनाको सुरक्षा घेरामा मतपत्र छापिरहेको छ भने स्थानीय तहमा ती मतपत्र पुर्‍याउने जिम्मेवारीसमेत नेपाली सेनाले लिएको थियो । मतदान केन्द्रमा तेस्रो सुरक्षा घेरामा रहने सेनाले मतपेटिका जिल्लासम्म लैजानेछ ।सैनिक प्रवक्ता सहायकरथी नैनराज दाहालले भयरहित निर्वाचन गराउन नेपाली सेना तयारी अवस्थामा रहेको बताए । प्रवक्ता दाहालले अन्नपूर्णसँग भने, ‘हाम्रा फौजले पेट्रोलिङ सुरु गरिसकेका छन् । निर्वाचन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं ।’निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन जस्तोसुकै सहयोग गर्न नेपाली सेना तयार रहेको दाहालको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गत बुधबार सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी थिइन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना ०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रपति भण्डारीले सरकारलाई स्वीकृति दिएकी हुन् । सेनाले संभावित सुरक्षा चुनौतीलाई आँकलन गर्दै उपत्यकासहितका आठवटै पृतनामा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । पृतना मातहतका क्षेत्रमा केही घटना भइहाले तत्काल हेलिकोप्टरबाट फौज पठाउन सेनाले हेलिकोप्टर तयारी गरेको हो । निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले प्रत्येक जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ तैनाथी अवस्थामा राख्ने र थप फौज आवश्यक परे बाहिनीबाट सहयोग माग्ने सैनिक मुख्यालयले तयार गरेको सुरक्षा योजनामा उल्लेख छ । निर्वाचनको केही दिन अघिबाट सेनाले हेलिकोप्टरबाट समेत रेकी गर्ने तयारी गरेको छ । सेनाले संवेदनशीलताका आधारमा निर्वाचन इलाकामा रिमोट कन्ट्रोलसहितको बम डिस्पोजल टोली तैनाथ गर्नेछ । कम संवेदनशील स्थानमा सेमी रिमोट कन्ट्रोलसहितको डिस्पोजल टोली र सामान्य अवस्था ठानिएका मतदान केन्द्रमा सामान्य प्रकारको डिस्पोजल टोली खटिनेछन् । गृह मन्त्रालयले सेनासहित प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी सम्मिलित निर्वाचन सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याइसकेको छ । सेनाले निर्वाचनका बेला हुने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभरका विमानस्थल, कारागार, दूरसञ्चार टावर, ठूला जलविद्युत् आयोजना र सार्वजनिक ओहोदामा बसेका विशिष्ट व्यक्तिलाई (भीभीआईपी) थप सुरक्षा उपलब्ध गराउने तयारी गरेको छ । कारागार, विमानस्थललगायत स्थानमा अहिले खटिएका प्रहरीलाई निर्वाचनमा पठाएपछि त्यहाँको सुरक्षाको जिम्मेवारीसमेत नेपाली सेनाले सम्हाल्नेछ । सेनाले स्थानीय निर्वाचनका बेलासमेत विमानस्थललगायत संवेदनशील निकायमा सुरक्षा दिँदै आएको थियो । निर्वाचनका बेला कारागार, विमानस्थललगायत स्थानमा खानतलासी गर्नुबाहेकका अन्य सुरक्षा सेनाले उपलब्ध गराउनेछ ।

वाम गठबन्धनले मिलाए भागबन्डा, एमालेलाई ९६ र माओवादीलाई ६२ सिट

काठमाडौं, कात्तिक १५ ।  एमाले र माओवादी केन्द्र गठबन्धनले प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिट भागबन्डा टुंगो लगाएका छन् । प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । एमालेले प्रतिनिधिसभामा कुल ९६ तथा माओवादी केन्द्रले ६२ सिट पाएको छ । प्रदेश सभाअन्तर्गत एमालेले १७५ र माओवादीले ९३ सिट लिएका छन् । राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई ६ सिट छुट्याइएको छ । प्रदेश सभामा एमालेले १९८ र माओवादीले १२६ सिट पाएका छन् । पहिलो चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओवादीले ३३ सिट लिएका थिए । एमाले र माओवादीको ६०-४० प्रतिशतबाहेक स्वतन्त्रलाई प्रतिनिधिसभामा सात सिट र प्रदेश सभामा ६ सिट दिइएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चा, राप्रपा र हृदयेश त्रिपाठी समूहले स्वतन्त्र हैसियतमा प्रतिनिधिसभामा सात सिट पाएका छन् । वाम गठबन्धनले राप्रपालाई झापा ३, राष्ट्रिय जनमोर्चालाई प्युठान, सप्तरी ४, पश्चिम नवलपरासी, बाँके ४, कपिलवस्तु २ र ३ स्वतन्त्रलाई छुट्याएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । एमाले र माओवादीले आज प्रतिनिधि र प्रदेश सभा उम्मेदवारको आ–आफ्नो पार्टीले टुंगो लगाउने भएका छन् । माओवादी नेता कहाँबाट ? पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ रामबहादुर थापा काठमाडौं १० कृष्णबहादुर महरा दाङ २ पम्फा भुसाल ललितपुर ३ टोपबहादुर रायमाझी अर्घखाँची मातृका यादव धनुषा १ शिवकुमार मण्डल मोरङ ५ टेकबहादुर बस्नेत सल्यान