सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्‍यो : सीईओ सापकोटा

भक्तपुर । नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारीलाई जिम्मा लिने संस्था एकिन गरेर बचतकर्ताको विश्वास जगाउनुपर्ने बताए । 

‘सहकारीको जिम्मा यी निकायले लिएको छ, सहकारी सुरक्षित छ भन्ने सन्देश सबैले दिनुपर्ने देखिएको छ । सदस्यको बचतको सुरक्षाको प्रतयाभूति दिलाउने र सदस्यको जीवन परिर्वतनका लागि काम गर्नुपर्छ’, उनले भने, ‘सहकारीलाई पैसा किन्ने र बेच्ने आरोप लाग्ने गरेको छ । सहकारीको काम त्यति मात्र हैन’ उनले भने ।


सहकारी बैंक तथा वित्तीय संस्थाभन्दा फरक रहेको र सदस्यमा आधारित संस्था हुनुपर्नेमा सापकोटाले जोड दिए । सहकारीहरुले नाफालाई प्राथमिकता दिँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘सहकारीले नाफालाई प्राथमिकतामा राख्दा समस्या आएको छ । संस्थाले कति कमाउने र कति लाभांश दिने भन्ने मान्यता राख्दा पनि समस्या आएको छ’, उनले भने, ‘सहकारी संस्थाले सदस्यले जम्मा गरेको पैसा जस्ताको तेस्तै मागेको दिन नै फिर्ता गर्नुपर्छ ।’

ज्ञान, सिप र क्षमताका लागि सहकारी अरुको भर परे पनि संस्था सञ्चालन गर्न अरुको भर पर्न नहुँने उनको भनाई छ । वित्तीय कारोबार गर्दा व्यवस्थापन पक्षले त्यसको निगरानी र मनिटर गर्नुपर्ने उनी बताउँछन् । 

‘समस्या पर्दा अरुले संस्था चलाउँछ भन्ने मान्यता छ, भने सहकारी नचलाए हुन्छ । सहकारीले ज्ञान तथा सीपमा अरुको भर पर्नुपर्छ । समस्या पर्दा वित्तीय सहयोग अरुबाट गर्न हुँदैन’, उनले भने, ‘सहकारीले समयमा प्रतिवेदन तयार गर्ने, साकोसका असल अभ्यासलाई बाहिर ल्याउने र वित्तीय अनुशासन पालना गर्न गुर्नपर्छ ।’

सहकारीको ऐन धेरै भएको र सहकारी सदस्यबाट टाढा रहेर सदस्यमा आधारित संस्था हुनुपर्छ भन्ने कुरा बिसर्दा समस्या आएको उनले प्रष्ट पारे । 

त्यस्तै सीईओ सापकोटाको कार्यपत्रमा टिप्पणी गर्दै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले सहकारीको सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले सदस्य मिलेर संस्था बनाउने र संस्था संघमा जाने वातावरण मिलाउनुपर्ने बताए । ‘सहकारीमा पुँजी निर्माण संस्थाले गर्ने र बचतकर्तालाई बचत गर्न सिकाउनुपर्छ । आम्दानीबाट बचत गरेपछिमात्र अन्य कामतिर लाग्नुपर्छ’ उनले भने, ‘संस्था÷संघमा अहिलेसम्म उत्पादनमुलक सम्बन्ध छ त ? सहकारीमा उत्पाह भएन । ज्ञान र चेतनाको कमीले गर्दा पनि समस्या आएको हो ।’
सोही कार्यपत्रमाथि टिप्पणी गर्दै सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीका मूल्य मान्यता असाध्यै असल भएको भन्दै यसको जगमा सहकारी बस्न सके समस्या नआउने बताए । पैसाको कारोबार गर्ने संस्था जोखिमय हुने भएकाले त्यसमा व्यवस्थापक र सञ्चालकले दीर्घकालीन रुपमा सोचेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् । डा.सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई ध्यानमा राखेर तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिलगंगा आँखा अस्पताललाई नेत्र विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । अहिले सभामुख घिमिरेले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उनको भनाई थियो । ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताए। उनले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि उल्लेख गरे । सभामुख घिमिरेले सो विधेयकमा देखिएको असजिलाहरु हटाउन पनि आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।   पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ६ बाट पक्राउ गरेको हो ।  लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।    उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौ । राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।  सोसम्बन्धी जानकारी विज्ञप्ति जारी गर्दै महासचिव पद्मप्रसाद पाण्डेयले दिए । “राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” पाण्डेयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।  आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेको थियो । यस्तै, भन्सार महसुल विधेयक प्रतिनिधिसभामा पठाउने प्रस्ताव प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका थिए ।

बाढी पहिरोको सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेकोले सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल गरेका छन् । उनले सामाजिक संञ्जाल फेस्बुक मार्फत बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका हुन् । साथै, प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।

सी चिनफिङद्वारा शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण

बेइजिङ । मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण गरेका छन्।  उनले रचाउ बन्दरगाह र समुद्री तटको हरित सडकको निरीक्षण गर्दै रचाउ शहरले बन्दरगाहको स्मार्ट तथा हरित निर्माणलाई अगाडि बढाएको, बाह्य खुलापनलाई विस्तार गरेको र समुद्र तटको पर्यावरणीय सँरक्षण बढाएको, र जनताको जीवनयापन गुणस्तरलाई उकासेको अवस्थाबारे जानकारी लिए।

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ  : अध्यक्ष ओली

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन(आश्रितको ३१ औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए। आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गरे। अध्यक्ष ओलीले भने, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित संवर्द्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन(आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गरे। आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिद्ध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछि लागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नु परेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरूले घुँडा नटेकेको स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाइमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस 

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस्तै, दैलेखमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका ४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका ६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

विद्युत प्राधिकरण तम्घास शाखा कार्यालयमा आगलागी

काठमाडौं । तम्घासमा रहेको विद्युत प्राधिकरणको शाखा कार्यालयमा आगलागी भएको छ ।विद्युत प्राधिकरणको सव स्टेसन र गोदाममा आगलागी भएको हो। गुल्मी जिल्लाको तम्घास नजिकै रहेको सल्लाघारीको जंगलमा लागेको डडेलो विद्युत प्राधिकरणको जिल्ला कार्यायलमा पसेको हो । अहिलेसम्म क्षतीको विवरण आएको छैन्।  आगो भने भखर्रै निणन्त्रणमा आएको प्राधिकरणका कर्मचारी विष्णु न्यौपानेले जानकारी दिए।आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी लगायत स्थानीय समेत जुटेका थिए ।

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिवार नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन्।  गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाए। उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए। उनले काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए। उनले काठमाडौँ जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे। उनले भने, ‘सबै गुनासाहरू यथोचित ढङ्गले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवा अवधि लगायत सबै विषयहरू एकमुष्ट रूपमा सम्बोधन हुन्छ । राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै सङ्गठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ । अतिरिक्त सुरक्षा व्यवस्था छ, व्यवस्थापन चुस्त बनाइएको छ । सबै जना सुरक्षित हुनुहुन्छ, त्यस कारण सहर जिउँदो छ, उज्यालो छ । सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस् । सुरक्षामा पनि बल मिल्छ, रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू २४ सै घण्टा खुलेका छन् । अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु । त्यस कारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन् । यो सहर जिउँदो, जाग्दो सहर क्रियाशील सहर हो भन्ने कुरा महसुस गराउनुपर्छ । नियम र कानुनहरू कडाइका साथ पालना हुन्छन्, नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन । प्रहरीको मनोबल अझ बढाउन सकियोस्, सुधारको काम अझै गर्न सकियोस् ।’  गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको बताए।

कुसल र सन्दीपको अर्धशतकमा नेपालले पिएनजीलाई दियो १९९ रनको चुनौती

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीलाई १९९ रनको चुनौती दिएको छ । हङकङको मोङ कोक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुसल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए । जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए । नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकस बमले ६ बलमा १४ रन बनाए । विवेक यादवले चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बल मा १५ रन बनाए । चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए । अब केही बेरमा पिएनजीले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभा ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।तर बैठक अहिलेसम्म सुरु भएको छैन् ।  अहिले सदन सञ्चालन गर्नेबारे छलफल भैरहेको छ । नयाँ राजनीतिक परिर्वतन पश्चात बस्ने पहिलो बैठक भएको कारण तोकिएको समय भन्दा केही ढिलो हुने भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्सदमा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिंनेछन् ।

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ः०१ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।  आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा अर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  राष्टियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समिति  सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।  राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्ने, कार्यसूची छ ।  बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले भन्यो -'सार्वजनिक जग्गा दुरुपयोग गर्नेलाई छाड्दैनौं, प्रमाण पाए जिप्रकामा जानकारी दिनू'

काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा गैरकानुनी वा अनधिकृत रुपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्य भन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएको भन्दै उक्त कार्य गैर कानुनी हुुने उल्लेख गरेको छ । सरकारले अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकता साथ अघि बढाएको  समेत बताएको छ ।  गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता श्रेष्ता कायम गर्ने गरी निर्णय गरेको र सो को आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको बा त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैर कानुनी काम कारबाही सम्बन्धी आफूसँग भएको सूचना वा प्रमाण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन सम्बन्धित सबैमा अनुरोध गरेका छन् । हेर्नुहोस विज्ञप्ति   

कर्णाली उत्सवमा देश जान्याका कुरा !

सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक तीन हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन् । केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ । कर्णालीका ७० प्रतिशतभन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन् । पछिल्लो समय रुकुम पश्चिम लगायतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरिका जानेहरूको तथ्यांक राज्यसँग छैन । खुला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो । उक्त सत्रमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारीलाई वक्ताका रूपमा बोलाइएका  थिए । रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै विदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार अधिकारीले बताए । तर, अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाइ छ । “वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ । गोर्खा आर्मी हुँदै नेपाली युवा पलायन सुरु भएको हो,” सत्रमा बोल्दै अधिकारीले भने “यसका सकारात्मक र नकारात्मक लक्षहरू छन् । दुवै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।” अहिले पनि ५० लाख नेपाली देशबाहिर भए पनि राज्यको तथ्यांकमा भने २२ लाख मात्रै रहेको उनले बताए । अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन् । “हाम्रो युवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन् ? भारतमा युवा छन्, गल्फ कन्ट्रिमा युवा छन्” उनले भने, “देशमा युवा हुनुको अवसर राज्यले गुमाई रहेको छ । कन्ट्रि अफ युथ नेपालले उपभोग गर्न पाएको छैन ।” उनले वैदेशिक रोजगारले बसाइँसराइमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने बताए । “बसाइँसराइका कारण गाउँका विद्यालयहरू रित्तिदै छन् । स्वास्थ्य सेवा बन्द हुन थालेका छन् । अन्य सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँहरू खाली भएका छन्,” उनले भने, “माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ । मस्तिक पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ । त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन ।” अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह बताउँछन् । “अहिले पनि ठूलो संख्यामा युवाहरू बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरू खाडी मुलुकमा गइरहेका छन्,” उनले भने, “विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर, उनीहरूलाई  कसरी नेपालमा राख्ने प्रश्न हो ।” वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्यांक समेत राज्यले राख्न नसकेको उनले बताए । “वैदेशिक रोजगारबाट फर्किएकाहरू कहाँ छन् ? उनीहरूले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन् । तर उनीहरूको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौँ ?” उनी राज्यलाई प्रश्न गर्छन् । वैदेशिक रोजगारमा जानेहरू एजेन्टबाटै ठगीएको उनले बताए । “राज्यले एजेन्टलाई चिन्दैन । तर, एजेन्टविना कुनै पनि युवा विदेश जाँदैनन्” उनले भने, “हुम्लाको एउटा युवा साउदी पुग्दासम्म लाखौँ रुपैयाँ खर्च गर्छ । राज्यले उनीहरूको व्यवस्थापन नै गर्न सकेको छैन ।” वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगीमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । “आज गाउँनै रित्तो हुनेगरी रुकुमका मान्छेहरू अमेरिका गइरहेका छन् । उनीहरू म्यानपावर कम्पनीमार्फत गएका छैनन् । उनीहरू दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ” उनले भने । राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरू मौलाएको अध्यक्ष भण्डारीले बताए । “सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समस्या भएको छ । उनीहरूको टिकट, स्वास्थ्य परीक्षण, आवश्यक तालिम र राहदानी लगायतका विषयमा शुल्क लाग्ने गरेको छ,” उनले भने, “मिटरव्याजी ऋण गरेर विदेशिएका उनीहरू त्यस्कै पासोमा पर्ने गरेका छन् ।’ युवा वैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन् । ”वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन  । तर जाने तरिका भने अनेक थरिका छन् । विदेशिनु नराम्रो हैन । तर विदेशिने बाटो नराम्रो भयो,“ उनले भने ।  सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरूले दुःख पाउने गरेको ढकाल बताउँछन् । “देशको एक चौथाई जीडीपी ओगटेको वैदेशिक रोजगारलाई राज्यले पर्याप्त लगानी गर्न नसकेको सत्य नै हो । त्यसमा सुधार आवश्यक छ,” उनले भने, “श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति नलिँदा समस्या भएको छ ।”