सूचना अधिकारी तोक्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ ।
महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।

सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् ।

यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।

कोरला नाकामा नेपाल र तिब्बत प्रहरीको संयुक्त पैदलगस्ती

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा दुवै देशका प्रहरीद्वारा बुधवार संयुक्त रुपमा पैदलगस्ती भएको छ । मुस्ताङ–तिब्बत कोरला नाकाको दशगजा क्षेत्रमा हुन सक्ने अपराधजन्य क्रियाकलाप नियन्त्रण र न्यूनीकरण गर्नको लागि दुवैतर्फका प्रहरी टोलीबाट स्थलगत गस्ती गरिएको हो । कोरला नाकाको २४ नम्बर पिल्लरदेखि पश्चिममा पर्ने २३ नम्बर पिल्लरसम्म सीमा क्षेत्रस्थित दशगजामा दुवै देशका सीक्षा क्षेत्रमा रहेका प्रहरीबाट पैदल गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । गस्तीका लागि नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत रहेको इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायव निरीक्षक सुशील लामिछानेको नेतृत्वमा आठजना प्रहरी खटिएका थिए । यसैगरी चीनको तर्फबाट सीमास्थित रहेको लिजी प्रहरी कार्यालयबाट कार्यालय प्रमुख सव–इन्सपेक्टर टिसेडर दोर्जीको नेतृत्वमा पनि आठजना प्रहरी खटिएका थिए । दुवै देशका गरी कुल १६ जना प्रहरीको संयुक्त टोलीबाट सीमा क्षेत्रको दशगजामा पैदलगस्ती गरिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । कोरला नाकाको दशगजा क्षेत्रमा गरिएको पैदल गस्तीबाट सीमा क्षेत्रमा हुन सक्ने अपराजन्य क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि सीक्षा क्षेत्रमा दुवैतर्फका प्रहरीबाट पैदलगस्तीको कार्यलाई निरन्तरता दिइने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

चैतका लागि बैंकहरूले अझै घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । केही महिना देखि व्याजदर घटाइरहेका धेरैजसो वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ।  फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ। प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले व्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन्।  एनआईसी एसिया बैंकले मात्रै फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । विभिन्न प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ। सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ। माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ। गत साउनदेखि निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि तरलता आवश्यकता अनुसार बैंकहरुले ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर छ। राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले बचतको ब्याजदर पनि घट्न जानेछ । कुल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ। 

राष्ट्रियसभा अध्यक्ष निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनको मिति परिवर्तन गर्न राखेको प्रस्ताव गरेका  समितिको बैठकले अस्वीकृत गरेको हो । उनले बिदा भएर गएका सांसद र राष्ट्रियसभा अध्यक्ष मिलेर बनाइएको ‘क्यालेन्डर’अनुसार निर्वाचनको मिति तय हुन नहुनेमा तर्क गरेका थिए ।तर उनको प्रयास अफल भएको हो । बैठकबाट यही फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति तोकिएको छ ।यद्यपी  आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको दिन तोक्ने र आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल गर्ने समितिको बैठकबाट निर्णय गरिएको हाे ।

रातारात अल्पमतको मन्त्री बनेका मन्त्रीहरूलाई सरकारबाट हट्न नागरिक उन्मुक्तिको निर्देशन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको बेला पार्टीलाइ थाहै नदिइकन नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ । सल्लाहै नगरी मन्त्रीको शपथ लिएको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्व प्रदेशस्थित संसदीय दलप्रति रुष्ट बनेको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कमलबहादुर नेतृत्व सरकारबाट हट्न प्रदेश संसदीय दलललाई निर्देशन दिएकी छिन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको साथ फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सहयात्री दल नागरिक उन्मुक्ति पार्टीबाट हिजो तीन मन्त्री नियुक्त गर्नुका साथै शपथ समेत खुवाएका थिए ।  नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, सचेतक खुसीराम डङ्गौरा थारु बिना विभागीय मन्त्री र इन्दिरा गिरी भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरिएको छ । कृषि राज्यमन्त्री कैलाश चौधरीलाई फिर्ता बोलाएर चौधरीको ठाउँमा गिरीलाई मन्त्री नियुक्त गरिएको हो । तीनै जना मन्त्रीलाई हिजो रातारात शपथ ग्रहण गराइएको छ । पार्टीसँग सल्लाहबिनै रातारात मन्त्री बनेको भन्दै नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय नेतृत्वले सरकारबाट हट्न निर्देशन दिएको बुझिएको छ । सरकारबाट नहटे कारबाही हुनेसम्मको चेतावनी दिइएको छ । पार्टी अध्यक्षले सरकारबाट हट्नका लागि मौखिक निर्देशन दिएको नवनियुक्त आर्थिक मामिला मन्त्री चौधरीले बताए  मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गरे पनि प्रदेश सरकार अझै पनि अल्पमतमै रहेको छ । ५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । प्रदेश सभामा रहेका कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर सङ्ख्या २५ पुग्ने गरेको छ ।

सरकारमा सहभागी हुने निर्णयसहित प्रधानमन्त्रीसँग छलफलमा माधव नेपाल

काठमाडौं । सचिवालय बैठकलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न बालुवाटार गएका छन्। बालुवाटारमा माधव नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहित छलफल चलिरहेको छ । छलफलमा अन्य नेताहरु पनि सहभागी छन् । प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार गएको जानकारी दिए। प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने उनले बताए। प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिइएको समाजवादी प्रधानमन्त्रीसँग छलफलमा जुटेको हो।एकीकृत समाजवादी सत्ता समीकरणमा सहभागी हुने भएपछि सपथ ग्रहण केही ढिलो हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको छलफलबाट आजै समाजवादीका मन्त्रीलाई पनि सँगै सपथ गराउने कि मन्त्रीहरु पछि सहभागी गराउने निर्णय हुनेछ । प्रधानमन्त्री प्रचण्ड समाजवादीका मन्त्रीहरुलाई पनि सँगै सपथ गराउने गरी छलफलमा जुटेको बालुवाटार स्रोतले जानकारी दियो ।   

सचिव बैठकका ६ निर्णय : नीति तथा कार्यक्रमको प्रस्ताव माग्नेदेखि लगानी सम्मेलनको तयारीसम्म (निर्णयसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फागुन ८ गते मुख्यसचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा बसेको बैठकले विविध ६ वटा निर्णय गरेको छ ।  बैठकले मन्त्रालयहरुलाई १५ फागुनभित्र क्षेत्रगत नीति तथा कार्यक्रमको मस्यौदा प्रस्ताव तयार पारेर पठाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले प्रस्तावित १६औं योजनाको प्राथमिकता र रणनीति एवम् स्रोत साधनको उपलब्धता समेतका आधारमा प्रदेश तहसँग समेत समन्वय कायम हुने गरी नीति तथ कार्यक्रम मस्यौदा गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । सचिव बैठकले नयाँ निर्माण गर्नुपर्ने र संशोधन गर्नुपर्ने विधेयक संघीय संसदको चालु अधिवेशनमा प्रस्तुत गर्ने गरी फागुन मसान्तसम्म मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्ता विधेयकलाई उच्च प्राथमिकतामा राख्न मुख्यसचिव अर्यालले निर्देशन दिएका छिन् । बजेट विनियोजन नभएको वा अपर्याप्त भएका काम वा माइलस्टोन तथा चालु आर्थिक वर्षमा पूरा हुन सक्ने र नसक्ने क्रियाकलाप र माइलस्टोनको विवरण पनि प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुसँग माग गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको एकीकृत अनुगमन प्रणालीमा प्रविष्ट कार्ययोजनामा समावेश भएका यस्ता आयोजनाबारे पर्याप्त पुष्ट्याइँसहित १० फागुनसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन निर्देशित गरिएको छ । प्रधामनन्त्री कार्यालयले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदनमा फागुन १० भित्र आफ्नो प्रतिक्रिया र सुझाव दिन पनि मन्त्रालयलहरुलाई निर्देशन दिएको छ । यस्तो प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्ने व्यवस्था गर्ने व्यवस्था छ । बेरुजु फस्र्योटका लागि भएका कामको वस्तुगत र यथार्थपरक प्रगति विवरण ३० फागुनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । १६ र १७ वैशाख २०८१ मा काठमाण्डौमा हुने लगानी सम्मेलनको लागि आ–आफ्नो मन्त्रालय र निकायले गर्नुपर्ने तयारीलाई उच्च प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने गराउने निर्णय पनि सचिव बैठकले गरेको छ । यस्तो छ सचिव बैठकको निर्णय

बैंकिङ कर्जाको समस्या निराकण गर्न कानूनी र नीतिगत व्यवस्था गरेको छौं : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै सीमित समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न  बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कुल कर्जा सीमा तोकिएको जानकारी दिए ।  उनले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गरे। 

१९ जना नयाँ कोरोना संक्रमित थपिए, ६४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् । यो संगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ३७५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २९ हजार ३९९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २८३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ३२ संस्थागत आईसोलेसनमा भर्ना भएका हुन्। संस्थागत आईसोलेसनमा भएका मध्ये ११ जना आईसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

दाङको पुरानो पुस्तकालय ‘सर्वोदय’ अब ई–लाइब्रेरी

दाङ ।  सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा ई–लाइब्रेरी स्थापना गरिएको छ । १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले शनिबार ई–लाइव्रेरीको उद्घाटन गर्नुभएको हो । ‘दयनीय, कारुणीक र अफ्ठेरो अवस्थाबाट पुस्तकालय शुरु भएको हो’– पुस्तकालयका संस्थापकसमेत रहनुभएका प्रमुख अतिथि शर्माले भन्नुभयो– ‘आज ई–लाइबे्रेरीसम्म पुगेका छौं ।’ उहाँले सस्तो पठन सस्तो लेखन भएको भन्दै सबै सामग्री जुटाएर गहिरो अध्ययन गर्न आग्रह गर्नुभयो । पढाइ जतिसुकै भए पनि दङालीको सोच असाध्यै परम्परागत भएको उहाँको भनाइ थियो । उहाँका अनुसार चिया पसलमा उपदेश सबैले दिन्छौं । गहकिलो लेख लेख्ने विद्वान भेटिन्नन् । ‘आफूलाई पढेलेखेको भन्ने धेरै छौं, देश सबैभन्दा गरिब र भ्रष्ट छ के पढाइ हो ?’– उहाँले भन्नुभयो– ‘देशको बौद्धिकता गरिब भयो ।’ उहाँका अनुसार प्राध्यापकले लेख्दैनन् बोल्दैनन्, कहाँ लुकेको छ थाहै छैन। कार्यक्रमका विशिष्ट अतिथि पुस्तकालयका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले नयाँ कामको शुरुवात भएको बताउनुभयो । ‘असल बन्न असल पुस्तक पढौं’– खनालले भन्नुभयो– ‘समाजलाई असल बाटोमा डो¥याउँ ।’ उहाँका अनुसार हातहातमा मोबाइल भएको अवस्थामा इ–लाइब्रेरीको महत्व अति छ । किन्न नसकेका र यहाँको बजारमा नपाइने पुस्तक अब सजिलै पढ्न सकिनेछ । ‘विसं २००९ देखि २०१४ सम्म पुस्तकालयको लहरै चलेको थियो, त्यो इतिहास खोजौं ।’ सुकुम्वासी समस्या समाधान आयोग दाङका निवर्तमान अध्यक्ष लेखराज रेग्मीले ई–लाइब्रेरीले दाङ विकटताबाट सुगमतामा प्रवेश गरेको सन्देश दिएको बताउनुभयो । सो अवसरमा बोल्ने वक्ताहरुले नयाँ पुस्तालाई सम्बोधन गर्न सफल भएको भन्दै पुस्तकालयको प्रशंसा गर्दै सर्वोदयमा गएर डाउनलोड गरेर पुस्तक लग्न सकिने बताए । थेसिस लेख्ने लगायतका अनुसन्धानका काम गर्नेका लागि सबैभन्दा बढी उपयोगी हुने वक्ताहरुको भनाइ थियो । उनीहरुका अनुसार डिजिटल पुस्तकालयमा सरकारको पनि जोड छ । थप सहयोग जुटाउन र ई–लाइब्रेरी प्रभावकारी बनाउन सजिलो छ । ‘डिजिट पुस्तकालय धेरैको माग थियो’– सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले भन्नुभयो– ‘विश्वभरीका अनुसन्धानसम्बन्धी सामग्री उपलब्ध गराउने योजना छ ।’ उहाँले पाठक एवं अनुसन्धानकर्मीले उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँहरुको माग अनुसार पुस्तक वा ई पुस्तक उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । विश्वविद्यालय, क्याम्पस, विद्यालय सबैलाई लाइबे्ररीमा जोडिन आव्हान गर्नुभयो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, पुस्तकालयका सल्लाहकार शम्भु गौतम, बमबहादुर डिसी, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नेपाल बार एसोसिएसन जिल्ला बार इकाई दाङका नवनिर्वाचित अध्यक्ष गोमा महरा, राप्ती साहित्य परिषद्का जिल्ला अध्यक्ष यम रेग्मी, दाङ पुस्तकालय संघका अध्यक्ष वसन्त पुन, गोरक्ष पुस्तकालयका शंकर योगी, पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष केशवराज सुवेदी, अध्ययन मञ्चका अध्यक्ष विपीन आचार्य, सर्वोदय बाल क्लवका सल्लाहकार नवीन श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहसचिव हरिप्रसाद पौडेलले ई–लाइब्रेरीका बारेमा जानकारी गराउनुभएको थियो भने सञ्चालन पुस्तकालयका सचिव सुशीला आचार्य वैद्यले गर्नुभएको थियो ।

सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्न सरकारी कर्मचारीलाई उपप्रधानमन्त्री पौडेल निर्देशन

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन्। बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए । पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् । निजामती कर्मचारीहरूले काम गर्दा कानुनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताएका छन् । पौडलले सरुवा–बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि कर्मचारीलाई निर्देशन दिए ।

यति,ओम्नी र गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने पुष्टि गर्‍यौं : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए ।  “मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गर्‍यो । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो । देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्‍यो ।”

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ। यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड)हरु बनाउदै आएका छन्। यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन्। निमाले यही  मे २४ तारिखको बिहान १०ः०५ बजे चीन तर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । क्लाइबालय  निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरु ,लाग्ने सम्पूर्ण शुल्कहरुको साथै अरु खर्चको ब्यबस्था गरिदिएका हुन्  । वि.स.२०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी र यसअघि उनले  लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन् । १० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले बताइन् । नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ(नयाँ कीर्तिमान राख्ने भए पनि पछिल्लो समय निमा जस्तै निडर ब्यतित्वहरुले गर्दा नेपालीहरुले पनि रेकर्ड राख्न सफल भएका छन् । 

राष्ट्रपति पौडेल जेनेभामा

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा आइपुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।  त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् ।  स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन् प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  त्यसैगरी असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।  त्यस्तै असार ३ गते जर्मनी ट्रेड एन्ड इनभेस्ट आबद्ध उद्योगी व्यापारीहरूलाई भेट दिने कार्यक्रम रहेको छ ।  राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् । 

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मैत्रीपूर्ण मिन्त्रणामा आज नयाँदिल्ली जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लागेका हुन् । मोदीलाई आज अपराह्न राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ। प्रधानमन्त्रीका साथ कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन् । शपथग्रहण समारोहपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सलगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

१३.५१ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५१ अंकले बढेर बन्द भएको छ । परिसूचक ०.६५ प्रतिशतले बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यस दिन कारोबारमा आएका मध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार, मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ९.१३ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ६.५६ प्रतिशतले बढेको छ ।