कोशीका मुख्यमन्त्री कार्कीले भने -'मेरै नेतृत्वमा सर्वदलीय सरकार बनाऔं'

विराटनगर ।कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू पार्टीको लेटरप्याड र झण्डामा मुख्यमन्त्री नबनेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले आफूले ‘रिस्क’ लिएकै कारण कोसी प्रदेशमा संवैधानिक संकट टरेको दाबी समेत गरेका छन्।

संविधानको धाराअनुसार सरकार चल्ने र आफू त्यसभन्दा पर नजाने कार्कीले बताए। “म मुख्यमन्त्री बन्दा मेरो पार्टीको बहुमत फरक थियो । एक तिहाइले मात्र सही गरेको हो । एकबाट ८ र ८ बाट ४७ अनि त्यो बढेर ८६ भएको हो । मलाई मुख्यमन्त्री बनाउँदा र समर्थन दिँदा बहुमत खोजिएन । सिंगो १६८ को उपधारा ५ को व्याख्या गरियो । राजीनिक स्थिरताको लागि प्रदेशको संरचना बढाउन सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔं”, मुख्यमन्त्री कार्कीले भने ।

आफूलाई मध्यावधि रोक्नकै निम्ति मुख्यमन्त्री प्रस्ताव गरिएको र त्यही विषयमा अहिले सदनमा छलफल गर्नु उपयुक्त नभएको जिकिर कार्कीले गरेका छन्। 
 

कर्णाली पुलमा आवागमन बन्द, आगलागीको क्षतिबारे प्राविधिक परिक्षण गरिदै

अत्तरिया । हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति पुगेपछि कर्णाली पुलमा सवारीसाधनको आवागमन बन्द गरिएको छ । प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ । कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासि आगलागी भएको थियो ।लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा लिएको थियो । आइतबार अपराह्न वीरगञ्जबाट एक हजार एक सय कार्टुन लाइटर लिएर हिँडेको ट्रक हिजो अपराह्न कर्णाली पुलमा पुगेको थियो । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताए । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद ५७ हजार पनि जलेको बताए । नगद र सामान गरी एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको छ । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्न देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताए ।

‘एमालेले माअाेवादीलार्इ एक तिहार्इकाे सर्त राखेपछि एकता लम्बियाे’

नेकपा एमाले र माओवादी केन्द्रले फेरि एकीकरणको उधारो प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवसको अवसर पारेर पार्टी एक हुने आशा तुषारापात हुन पुग्यो । चुनाव अगाडि बनेको गठबन्धन चुनावमा साझा उम्मेदवार उठाउँदै आए र अहिले संयुक्त सरकार छ । एमाले र माओवादीको एकीकरणले न औपचारिकरुप पाउन सकेको छ, न एकीकरणको अर्को मितिबारे ठोस आश्वासन । यसै सन्दर्भमा  नेकपा माओवादी केन्द्रका नेता हरिबाेल गजुरेलसंग रघुनाथ बजगाँईले गरेको कुराकानी : एमाले – माओवादी पार्टी एकतामा किँन आलटाल भइरहेको  ? नेपाली राजनीति र त्यसमा पनि एमाले नेताहरुमा एक खालको सहमती गर्ने र त्यसमा अडिग रहिरहन नसक्ने वा त्यसको कार्यन्वयनमा उदासिन रहने प्रवृति विगतमा पनि देखिएको थियो । फेरि विगतको परिस्थिति र अहिलेको पार्टी एकिकरणको परिस्थिति एकै त होईन, तर पनि प्रवृति र पात्र नफेरिँदा त्यस्तै समस्या दोहोरिनु स्वभाविक हो । हामीबीचमा भइरहेको पनि यहि नै हो । पार्टी एकता त ढिलो चाँडो हुन्छ तर एमालेले हामीलाई गलाएर मात्रै एकता गर्न खोजेको जस्तो देखिन्छ । त्यसो भएन भने ड्याम्मै एकता हुन्छ । यसको अर्थ दुई पार्टीका बीचमा रहेका अविश्वास हटिसकेको छैन… खासगरि एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा जाँदा सम्मानजनक एकता गर्ने , संगठनात्मक संरचनामा समानता कायम गर्ने भन्ने सहमती गर्नु भो, केहि सिट तलमाथी हुन सक्छ तर यसको यति प्रतिशत नभन्ने र दुबै पार्टीका संगठनलाई समानताका आधारमा एकीकरण गर्ने भन्ने बिषयमा माओवादी अध्यक्ष प्रचण्ड पनि सहमत हुनु भो र बैशाख ९ गते ने पार्टी एकता गर्ने तयारी गरियो । उहाँहरुका सार्वजनिक अभिव्यक्तिबारे थाहा पाउनु भएकै छ, मैले भनिरहनु परेन । उहाँहरुले ९ गते नै एकता हुन्छ पनि भन्नु भो । तर पछि पार्टीबाट दवाव आयो भन्दै एमाले अध्यक्ष ओली नै पछाडि हट्नु भो र नयाँ प्रस्ताव ल्याउनु भो कि माओवादी केन्दलाई एक तिहाई दिएर मात्रै एकिकरणमा जाने भनेर । अब हामीलाई एक  तिहाई दिने भनेर अलिकति होच्याउने काम भयो । यो बिषय छिपेको छैन् । प्रतिशतमा एकता गर्नु हुँदैन, भावनात्मक एकता गर्नुपर्छ भनेर हामी लाग्ने तर एमालेले चाँही माओवादीलाई एक तिहाई भन्दा बढि दिन सकिँदैन भन्ने, यो त मिलेन नी यहि कारण पार्टी एककिकरणमा ढिलाई भएको हो । व्यानर बनाउनेले ख्याल गर्नुपर्ने बिषय हो ख्याल गरेनन । त्यसको पनि अर्थ हुन्छ र छ तर पार्टी एकताको समग्र बिषयमा भइरहेको बिषयसंग जोडेर हेर्नु हुन्न । यो बिषयमा एमालेभित्रै धेरै बहस र छलफल गर्नुपर्ने देखिन्छ । माओवादी भित्र त्यस्तो समस्या छैन् तर एमालेले दम्भ देखायो, उनीहरुले ठूलो पार्टी भएको भन्दै आफ्नै नीति, आफ्नै मान्यता, संगठनमा आफुहरुकै बर्चस्वको सुनिश्चितता खोज्नु भो । भनेपछि एमाले – माओवादी केन्द्रको बाटो फरक हुँदै छ … मैले ठ्याक्कै त्यसो भन्न खोजेको होईन । दुबै पार्टी एकताबाट उम्किन सक्ने अवस्थामा छैनन् । हामीले चुनावमा बाचा गरेका छौँ । हामीलाई प्राप्त भोट पार्टी एकिकरणका लागि पनि हो । जनमतलाई भुल्यौ भने त त्यसले गम्भिर परिणाम ल्याउन सक्छ । तर भएको के हो भन्ने त प्रष्ट भन्नु पर्यो नी । समस्या आफु खडा गरेर अरुलाई दोष दिएर त भएन नी । दुई अध्यक्षले एक हुने संकल्प गर्नु भएकै छ । विवादित बिषयमा पनि सहमती उहाँहरु नै खोज्दै हुनुहुन्छ, भनेपछि एकिकरण नै नहुने अवस्थामा पुग्यो भन्न त मिलेन नी , तर परिस्थिति विगार्ने काम भने पक्कै भएको छ । हिजोको व्यानरकाण्ड पनि त्यसैको उपज हो की उसो भए ? हैन, त्यो प्रावधिक बिषय हो । व्यानर बनाउनेले ख्याल गर्नुपर्ने बिषय हो ख्याल गरेनन । त्यसको पनि अर्थ हुन्छ र छ तर पार्टी एकताको समग्र बिषयमा भइरहेको बिषयसंग जोडेर हेर्नु हुन्न । कतिपयले टिप्पणी गरेका छन्, तर म त्यो पक्षमा छैन् । माओवादीले नै आधा आधा हिस्या खाजेकाले समस्या भएको एमालेहरुको तर्क छ नी  ? मैले अघि नै भने नि, कि एकता सम्मानजनक हुने हो न की यति प्रतिशत वा उति प्रतिशत , माओवादी एमालेमा विलय हुन जान लागेको हो र ! होईन नी । हामीलाई एक तिहाई दिने रे , यस्तो भनेर समस्या सुल्झिन्छ कि बल्झिन्छ । हामीले समानताका आधारमा एकता गर्ने भनेका हौँ । आधा भनेका छैनौँ, केहि तलमाथी हुन सक्छ तर आफु हेपिएको महसुस गर्न त भएन नी । पार्टी एकता गर्न लागेको हो कि माओवादीलाई एमालेमा विलय गराउन खोजेको हो एमाले भित्रै छलफल हुन आवश्यक छ । प्रचण्डले मिति तोकेको दिन नभएर अरु कुनै दिन पार्टी एकता ड्याम्मै हुन्छ भनेका छन .. पार्टी एकता त ढिलो चाँडो हुन्छ तर एमालेले हामीलाई गलाएर मात्रै एकता गर्न खोजेको जस्तो देखिन्छ । त्यसो भएन भने ड्याम्मै एकता हुन्छ । भनेपछि एमालेले माओवादीलाई गलाउन खोज्यो र  पार्टी एकता सरिरहेको छ ? उहाँहरु ठूलो पार्टी हुनुहुन्छ । विगतमा हामी पनि ठूलो पार्टी थियौँ नी । पार्टी सानो र ठूलो त भइरहन्छ नी तर एकतामा तत्काललाई मात्रै हेरेर पुग्दैन । राष्ट्रिय राजनीति, परिवर्तनका मुद्धाहरुमा पार्टीहरुको योगदान र अस्तित्वलाई पनि ख्याल गर्नुपर्छ भन्ने मात्रै हो । एमाले नेताहरुमा सहमती गर्ने र कार्यन्वयनमा उदासिन रहने प्रवृति विगतमा पनि देखिएको थियो ।  प्रवृति र पात्र नफेरिँदा त्यस्तै समस्या फेरि दोहोरिनु स्वभाविक हो । हामीबीचमा भइरहेको पनि यहि नै हो । केपी ओलीले जुत्ता नमिले खुट्टा तासेर पनि मिलाउनुपर्छ भनेका छन्, अब खुट्टा कसले तास्ने हो ? पार्टी एकताका लागि दोष थोपरेर मात्र पनि हुँदैन, जिम्मेवार भएर आफ्ना अभिव्यक्ति दिनुपर्छ । उहाँले खुट्टा तास्ने कुरा आफैँलाई पनि भन्नुभएको हो र अन्यलाई पनि होला भन्ने मेले बुझेको छु ।

न्यायिक कोषलाई सक्रिय बनाउन माग

काठमाडौं, चैत २९ । न्यायिक उपचारका क्रममा दण्ड जरीवाना असुलीसमेतबाट प्राप्त हुने रकमलाई न्यायिक कोषमार्फत सक्रिय रूपमा परिचालन र उपयोग गर्न सर्वोच्च अदालतले राष्ट्रपतिमार्फत सरकार र सङ्घीय संसद्समक्ष माग गरेको छ । तत्कालीन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिमा न्यायिक कोष ऐन २०४३ मा जारी गरे पनि ३१ वर्षसम्म त्यसलाई कार्यान्वयन गर्न नसक्दा कोष निष्क्रिय छ । कायममुकायम (कामु) प्रधानन्यायाधीश दीपकराज जोशीले केही दिनअघि सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउने बेला राष्ट्रपतिमार्फत सरकार र सङ्घीय संसद्समक्ष ऐनलाई कार्यान्वयनमा ल्याउन माग गरेका छन् । ऐनको दफा ३ मा न्यायिक कोषको स्थापना गरिने व्यवस्था छ भने दफा ४ मा कोषमा सरकारबाट बेलाबेलामा प्राप्त हुने अनुदान र मुद्दा पक्षले राखेको धरौटी वा जमानतको रकम राख्नुपर्ने उल्लेख गरिएको छ । यसैगरी, दफा ५ मा कोषको प्रयोगबारे व्यवस्था गरिएको छ । अदालतबाट भएको आदेशबमोजिम फिर्ता गर्नुपर्ने रकम, अदालतले न्यायिक कार्यका लागि गर्नुपर्ने अन्य खर्च कोषमा भएको रकमबाट गर्नुपर्ने व्यवस्था गरिएको छ । सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले सो कानून हालसम्म पनि कार्यान्वयनमा नआएको उल्लेख गर्दै त्यसलाई अब कार्यान्वयनमा ल्याउन राष्ट्रपतिमार्फत माग गरिएको आर्थिक अभियानलाई जानकारी दिए । कामु प्रधानन्यायाधीश जोशीद्वारा राष्ट्रपतिमार्फत न्यायिक कोषलाई सञ्चालन गर्न गरिएको मागमा न्यायपालिकालाई परम्परागत रूपमा विनियोजन हुँदै आएको बजेटको कारण सृजित समस्या एवम् न्यायपालिकाको स्वतन्त्रताको जगेर्ना हुने गरी आवश्यक बजेटको व्यवस्थापन गर्न न्यायिक कोषलाई प्रभावकारी बनाई सो कोषमा दण्ड जरिवाना असुलीसमेतबाट प्राप्त हुने रकम जम्मा गर्नुपर्ने आवश्यक भएको उल्लेख गरिएको छ । यसैगरी उक्त कोषको सञ्चालन गरी अदालतको आवश्यकताअनुसार खर्च गर्न सक्नेलगायत वैकल्पिक स्रोतसाधन व्यवस्थापनसम्बन्धी आवश्यक नीतिगत र कानूनी व्यवस्थाका लागि मागमा सहयोगको अपेक्षा गरिएको छ । सर्वोच्च अदालतका अनुसार चालू आवमा विभिन्न अदालतबाट लागेका जरीवानामध्ये ४ अर्ब २ करोड रुपैयाँ असुल भएको छ । अझै पनि विभिन्न अदालतबाट लागेको जरीवाना मात्रै १० अर्बभन्दा बढी रकम उठाउन बाँकी रहेको छ । जब कि चालू आवमा सर्वोच्च र मातहतका अदालतलाई ४ अर्ब ३४ करोड ४५ लाख बजेट विनियोजन गरिएको थियो । यस वर्ष ४ अर्ब ९ करोड ४४ लाख खर्च भएको सर्वोच्च अदालतले जानकारी दिएको छ । न्यायिक कोष ऐन, २०४३ को दफा ७ मा सो कोषको सञ्चालनका लागि प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका वरिष्ठ न्यायाधीश, महान्यायाधिवक्ता, कानून सचिव र सर्वोच्च अदालतका रजिष्ट्रार सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।

सेक्स सम्बन्ध ध्वस्त पार्ने प्रमुख पाँच कारण

सेक्स मानव जीवनको एउटा महत्वपूर्ण पाटो हो । तर सेक्सका दौरान यौन साथीले गर्ने सानो गल्तीले यसलाई ध्वस्त पारिदिन्छ । धेरै मानिसले आफ्नो यौन साथीका बारेमा भन्दा बढी आफ्नो असन्तुष्टी खोज्ने गलती गर्छन । केहीलाई लाग्न सक्छ उसको बेडरुम व्यवस्थीत छ तर उसको साथीलाई कुरा मन नपरेको हुन सक्छ । सेक्स भनेको यस्तो चीज हो जसमा स–साना कुराले ठूलो अर्थ राख्दछ । वा सानो गलतीले यौन साथी सधैका लागि टाढा हुन सक्छ । त्यसैले यौन जीवन वर्वाद हुन बाट बच्न तपाई यी गल्ती नगर्नुस्ः   पाकक्रिडा (फोरप्ले) लाई बेवास्ता नगर्नुस् धेरै मानिसले सेक्सका क्रममा गर्ने सबैभन्दा ठूलो गलती भनेको पाकक्रिडालाई बेवास्था गर्नु हो । फोरप्लेले यौन सम्बन्ध कायम गर्नु भन्दा पहिला रोमान्टिक मूड त बनाउन मद्दत गर्छनै साथै साथीलाई थप उत्तेजित पार्न पनि ठूलो सहयोग गर्द छ । सेक्स भनेको खाली पेनिट्रेशन मात्रै नभई यौन साथीका बीच इमोशनल इन्टिमसी बढाउन पनि भूमिका खेल्दछ । तर फोरप्लेलाई बेवास्ता गर्नले योन साथीसँगको प्रेम र निकटताका लागि थप समय चाहिन्छ । ठूलो उत्साहको खाचो  सेक्सका क्रममा कहिले काहीँ मनमोजी (वाइल्ड) हुनुलाई नराम्रो होइन तर यसको मतलब यो होइन की तपाई आवश्यकता भन्दा पनि बढी उत्साही र हिंसक हुनुस् । यौन साथीलाई उत्तेजित गर्न आफ्नो दाँतको मद्दत लिनुस् तर त्यसलाई हिफाजत सँग प्रयोग गर्नुस् । बढी उत्तेजित भएर सम्वेदनशील अंगमा टोक्ने वा छुनाले यौन साथीलाई उत्तेजित होइन पीडा दिन्छ । जसले भएको सम्बन्ध विग्रिन्छ । साथीकाे सन्तुष्टिकाे ख्याल एक हातले ताली बज्दै भन्ने कुरा सेक्समा पनि लागु हुन्छ । यो एकतर्फी सम्बन्ध नभई दुईतर्फी सम्बन्ध हो । सेक्समा आफ्नो मात्रै नभएर साथीको यौन सन्तुष्टि र चाहानालाई पनि ख्याल गर्नु पर्छ र बुझ्नुपर्छ । आफूले चाही सन्तुष्टि लिने तर साथीका बारेमा नसोच्ने भन्नै हुँदैन । सार्थ बुझ्नुपर्ने कुरा के भने सेक्सका क्रममा दवैलाइृ सन्तष्टि हुन जरुरी छ । केही नयाँ अभ्यास गर्ने यदि तपाई सधै एउट आसन वा तरिकाबाट सेक्स गर्नु हुन्छ र नयाँ तरिकाको खोजी गर्नु हुँदैन भने एक दिन सेक्स विरक्ति र निरश हुन्छ । त्यसपछि सेक्सको मजा नै समाप्त हुन्छ । तर नयाँ प्रयोग गर्ने वा परिस्थिति बनाउदा तपाईले यौन साथीका बारेमा पनि ख्याल गर्नु पर्छ । नत्र त्यसले सम्बन्धमा दरार उत्पन्न गर्नसक्छ । लुब्रिकेशन (चिलो पदार्थ) को प्रयोग सेक्स सम्बन्ध कायम गर्नु भन्दा पहिला सधै महिला साथी उत्तेजित र योनीमा चिलो रस वा यौन रस आउछ भन्ने छैन । तर यसका लागि लूब्रिकेशनको व्यवस्था गर्नु दुबैका लागि हित हुन्छ । सुख्खामा यौन सम्बन्ध राख्नु दुवैका लागि कष्टकर हुन्छ ।

कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ ।न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा अहिले जवाफी बहस भइरहेको छ । बहस सकिएमा सम्भवतः यस मुद्दामा आज नै अन्तिम फैसला आउने छ । गत जेठ ३१ गतेदेखि निरन्तर हुँदै आएको बहस हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा (५)अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मत कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार नै हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

राष्ट्रपतिद्वारा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेको बताएका छन्। जर्मनी भ्रमणका क्रममा उनले जर्मनीका राष्ट्रपति डा.फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन्। उनले भनिन्, ‘‘जर्मनीका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरे। जर्मनीसँग भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको छ । दुईपक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउन थप मद्दत पुगेको छ ।’’ परराष्ट्रसचिव लम्सालले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन्। ‘‘नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल गर्नुभयो । दुईपक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गर्नुभयो । नेपाल र स्विट्जरल्याण्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुईपक्षीय सम्बन्धका सबै पक्षमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भयो ।,’’  सचिव लम्सालले भनिन्, ‘‘राष्ट्रपतिले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो । स्विट्जरल्याण्डका महामहिम राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभयो ।’’ कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नुभएको उनले बताइन्। त्यस्तै स्विट्जरल्याण्डको भ्रमणका क्रममा भियोला एमहर्डसँग भेटवर्ता गरेका थिए । भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताइन्। उनले दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको जानकारी दिए। नेपाल र स्विट्जरल्याण्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुईपक्षीय सम्बन्धका सबै पक्षहरुमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भएको बताए। ‘‘उहाँले जनस्तरमा विस्तारित सम्बन्ध, दुई मुलुकबिचको भौगोलिक समानता तथा उच्चस्तरीय भ्रमण आदानप्रदान लगायतका विषयमा आफ्ना धारणा राख्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिले स्विट्जरल्याण्डका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभयो । असार १ गते राष्ट्रपतिले जर्मनीको बलिन भ्रमण गर्नुभयो । असार ३ गते राष्ट्रपतिले जर्मनीका राष्ट्रपति महामहिम डा। फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता गर्नुभयो । राष्ट्रपतिको सम्मानमा गार्ड अफ अनर दिइएको थियो ।,’’ उनले भनिन्, ‘‘दुई पक्षीय भेटवार्ताको क्रममा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भयो । कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यि क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नुभयो । दुवै देशका प्रमुखले जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट नेपालको स्तरोन्नति, कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा साझा चासोका क्षेत्रहरुमा संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्नुभयो ।’’ उनले स्विट्जरल्याण्डका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गरेको बताइन्। स्विट्जरल्याण्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेको बताइन्। दुवै देशका राष्ट्रपतिसँगको भेटमा पौडेलले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि सचिव लम्सालले जानकारी दिइन् ।

केही नराम्रो नगर्नु नै अहिले सबैभन्दा राम्रो गर्नु हो : उपप्रधानमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् ।  शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले रास्वपासँग आम नागरिकको ठूलो आशा रहेको भन्दै आफूहरूले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको बताए।  उनले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताए। रास्वपाले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको दाबी गरे।  उनले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए। 

पाइलट लामालाई कारबाही हुने, पटक-पटक कानुन उल्लंघन गरेको निष्कर्ष

काठमाडौँ । उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ। प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो-फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गरेको थियो।  समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको)गरिएको छ । छानबिन समितिले पाइलट लामाले गुडिरहेको, टेकअफ गर्दै गरेको जहाजको ककपिट तथा अरु संवेदनशील क्षेत्रमा भिडियोरफोटोग्राफी गर्ने, सामाजिक सञ्जालमा राख्ने गरेर हवाई सुरक्षालाई बेवास्ता गर्दै आएको पाइएको छ।

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री आइतबार दिउँसो दिल्ली गएका हुन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । मोदीले आइतबार (आज) बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार (भोलि) बेलुका ६ बजे स्वदेश फर्कने तय छ ।

उपेन्द्र यादवको रिट टुग्यांउने इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। अब यही इजलासले टुग्यांउने छ। कानुन नै नभएको समयमा निर्वाचन आयोगको आफ्नो पार्टी फुटाउनेहरूलाई वैधता दिएको भन्दै आयोगको निर्णय बदर गर्न माग गर्दै यादवले गत वैशाख ३१ मा रिट दायर गरेका थिए। यादवको रिटमा न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगका निर्णय यथावत् राख्न आदेश गरेको थियो। त्यसयता लगातार तीनवटा पेसीमा सुनुवाइ हुन सकेन। यादवले उस्तै प्रकृतिको अर्को रिट समेत जेठ ६ गते दायर गरेका छन्। शर्माको इजलासले जेठ ९ मा नै दुवै रिट एकसाथ सुनुवाइ गर्नेगरी पेसी मिति समेत तोकेको थियो । त्यसपछिका तीनवटा पेसीमा सुनुवाइ हुन नसकेको यादवको रिटमा आज सुनुवाइ भएको हो। यादवले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित पार्टी छोडेको सात सांसदलाई समेत विपक्षी बनाएका छन्। उनले अन्तरिम आदेशमार्फत आयोगको निर्णयक कार्यान्वयनमा रोक लगाउँदै पार्टी फुटाएकाहरूलाई सांसद र मन्त्री पदबाट निलम्बित गर्न माग गरेका छन्।

यस्तो हुनेछ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । उक्त क्षेत्रमा केही दिन ताता हावा तथा तातो लहरको सम्भावना रहेकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

देउवा निवासमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। प्रधानमन्त्री प्रचण्ड शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन हिजो बस्ने भनेको शीर्ष नेताहरुको बैठक देउवा बिरामी भएका कारण बस्न सकेको थिएन भने आज बैठक बस्ने बताइएको थियो । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन् ।  उनीहरुबीच संसद् संचालनका विषयमा कुराकानी भएको बताइएको छ । आजको संसद्मा नीति तथा कार्यक्रममाथि छलफल छ भने केही दिनमा बजेट ल्याउने तयारीमा सरकार छ । यस परिस्थितिमा संसद्को काम कारबाहि अगाडि बढाउन दलिय सहमति बनोस् भन्ने प्रधानमन्त्री प्रचण्डको प्रयास रहेको छ ।

गगन थापा भन्छन्, ‘संसदीय छानविन समिति नबन्दासम्म बैठक अबरोध हुन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।  विरोध लगत्तै समय लिएर सम्बोधन गरेका काङ्ग्रेस सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न गरेका छन्।  थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको आरोप लगाए।  ‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै गर्दा त्यसबाट सबै दलहरू बस्ने होला, ढिकिजाँतो तपाईंहरूकै हातमा होला,’ उनले भने, ‘समिति बनाइदिए हुन्थ्यो भन्ने लाग्छ, किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ। किन डराएको ? किन आत्तिएको ?’ थापाले छानबिन समिति बनाएर अघि बढ्दा आफूहरू हेरेर बस्ने पनि बताए । संसदीय छानविन समिति नबन्दासम्म काङ्ग्रेसले संसद चल्न नदिने उनले चेतावनी दिए ।

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने भएको छ ।  शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका शीर्ष नेतालाई बोल्न दिने सम्भावित कार्यसूचि भए अनुसार यस्तो निर्णय भएको हो ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोग गर्न रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेट गरेका छन्। शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भिर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखिनै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधै जापानको उच्च सद्भाव महशुस गरेको पनि बताएका थिए।  नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।  हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनु पर्दछ भन्दै उनले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गरेका थिए। सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापानपनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन। उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताएकी थिइन्। नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महशुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनले बताइन्।