केशव राईको शब्दमा राजेशपायल राईको ‘गाँउबेसी’ सार्वजनिक

काठमाडौं । लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नया गीत सार्वजनिक भएको छ । नव गीतकार केशव राईको शब्दमा रहेको ‘गाँउबेसी’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको छ ।

केशवको शब्दमा रहेको गीतलाई चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन् । विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन् । सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन बिशाल राईको रहेको छ ।

सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पु¥याउने बताए । उनले भने ‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ । गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्’ राजेशपायलले भने। त्यस्तै गीतकार केशवले पनि आफ्नो पहिलो गीत महागायक राजेशपायलको स्वरमा ल्याउने चाहना पुरा भएको बताए ।  केशवले भने युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ ।’

हामी कानुनी र राजनीतिक लडाइँमा जान्छौंः यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध आफुहरु कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।  जसपा विभाजनपछि आज पार्टी केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले जसपा विभाजनपछि बनेको नयाँ दल असंवैधानिक भएको दाबी गरे ।  त्यसविरुद्व अदालत जाने उनले चेतावनी दिए । ‘नयाँ दलको दर्ता असंवैधानिक छ,’ यादवले भने, ‘त्यसविरुद्ध हामी अदालत जान्छौँ । कानुनी र राजनीतिक लडाइँ लड्छौँ।’ यादव अमेरिका भ्रमणमा रहेका बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका थिए ।  पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा ५ जना मात्रै सांसद रहेका छन् । जनता समाजवादी पार्टी विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेर मान्यता दिइसकेको छ ।

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी  (जुनियरतर्फ) ले जितेका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फस्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर्सअप, दिबिया कोङ्ग्रेनले थर्ड रनर्सअप तथा छिरिङ लामाले फोर्थ रनर्सअपको उपाधि जितेका छन् । प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन् भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते । प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन् । प्रतियोगिताका अन्य शीर्षक उपाधितर्फ मिर्जन श्रेष्ठले मोस्ट क्यूट, आर्या कोइरालाले बेस्ट वाक, डेनिषा श्रेष्ठले बेस्ट स्माइल, अदिति बाह्रकोटीले बेस्ट स्पिच, मिरन श्रेष्ठले बेस्ट सिंगर, छिरिङ लामाले मोस्ट स्मार्ट, स्पर्श मिश्र गराचले मोस्ट हेण्डसम, दिबिया कोङ्ग्रेनले मोसट इलिगेन्ट, निहारा तामाङले मोस्ट ट्यालेन्टेड, श्रीया कटुवालले मोस्ट फोटोजेनिक तथा डेनिशा श्रेष्ठले फेसबुक स्टारको उपाधि जित्न सफल भए । प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सबित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ तथा मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा रहेका थिए ।

जापानी विदेशमन्त्री काठमाडौंमा

काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी मध्यान्नमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्। उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका अधिकारीहरूले स्वागत गरे। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी आजै  फर्कने मन्त्रालयले जनाएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

प्रधानमन्त्रीसँगको भेटपछि ओलीलाई प्रश्न -सरकारले हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो?

काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि आन्तरिक तयारी भई रहेको संसद् सचिवालय स्रोतले जनाएको छ। एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउन नसक्दा अधिवेशन अन्त्यको तयारी भएको हो । वैशाखको पहिलो सातासम्ममा हिउँदे अधिवेशन अन्त्य हुने सम्भावना छ । सहकारीको बचत अपचलनमा मुछिएको आरोप लगाउँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन माग गर्दै काँग्रेसले सदन निरन्तर अवरोध गर्दै आइरहेको छ । आज सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता पछि एमाले अध्यक्ष केपी ओलीले सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको संकेत गरेका छन् । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले चल्न नदिएर सदन अधिवेशन अन्त्य हुन लागेको संचारकर्मिहरुलाई बताएका छन् । “अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “कांग्रेसले चल्न नदिएर ।”  आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले सदन अधिवेशनको अन्त्यबारे निर्णय लिन सक्ने बताइएको छ ।

थाईल्याण्डको पतैयामा तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्ड ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौँ । तेश्रो जम्बुलिङ ईन्टरनेशनल अवार्डको ग्राण्ड फाईनल उद्घाटन कार्यक्रम थाईल्याण्डको पतैयामा सम्पन्न भएको छ । समाजसेवी तथा कलाकर्मी अशामान वाईबा तामाङको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट दुई दर्जन कलाकारहरुले उपस्थिति जनाएको थियो । प्रमुख अतिथि आशमान वाईबा तामाङलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै चार विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको ग्राण्ड फाईनल भने २०८१ को ज्येष्ठ महिनामा हुने कार्यक्रमका सभापति राज किङ वाईबा ९सुक ब। तामाङ ० ले बताएका छन् । करिब ३२ विधामा वितरण गर्न लागिएको यस अवार्डमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुको महाभिडन्त हुने पक्कापक्की देखिएको छ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र क्लोथिङ इन नेपालका प्रबन्ध निर्देशक हरि बहादुर तामाङको विशेष अतिथि रहेको उक्त कार्यक्रम कलाकार तथा कार्यक्रम सञ्चालिका अनिता नेगी तामाङले उद्घोषिकाको भुमिका निभाएको थियो । कला र कलाकारहरु प्रति आफ्नो सिधा व्यांग्यय प्रहार गरिरहने भएपनि भित्रि मन देखि सदैव सम्मान रहेको प्रमुख अतिथि बाईबाले बताएका थिए । जालझेल नगरि विशुद्ध रुपमा कार्यक्रम सम्पन्न गरे सहि कलाकारको मुल्यांकन हुने र मनोबल बढ्ने भएकोले यस्ता कार्यक्रमहरुमा हातेमालो गर्दै अगाडि बढने पतिबद्धता समेत जाहिर गरेका छन् । पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ मा थाईल्याण्डमा, दोश्रो मलेसिया र तेश्रो नेपालमा सम्पन्न गर्न लागिएको जानकारी गराएको छ ।

प्रतिपक्षको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन गरिएको छ ।  बुधबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि सदन अवरोध भएको थियो । अवरोध भए पछि सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेका थिए । उनले सांसदहरूलाई बस्नका लागि आग्रह गरेको भएपनि कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर सभामुख घिमिरेले वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिए ।

संसद् बैठक भोलि बस्ने गरी बैठक स्थगन

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ । अर्को बैठक (भोलि)बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ । मंगलबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलका कारण ढिला गरी बसेको थियो । संसद् बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो । त्यसपछि सभामुखले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगन गरेका थिए । तर, अब बुधबार बस्ने गरी बैठक स्थगन गरिएको हो । सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

स्वास्थ्य बीमा राष्ट्रिय गौरवको अभियानः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको  अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने । नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३ दशमलव २ प्रतिशत  घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको बताए ।  स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।

बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने बढेको छ । आज अन्तिम ४० मिनेटपछि बजार सम्हालिएर बढेको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ । आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो । ती बाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०.३७, लगानी ०.३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंकले घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंकले बढे । गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २.७, सिंगटी हाइड्रोको २.४, माण्डु हाइड्रोको २.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

दाहाल र शर्मालाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्कीले अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल र नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्षमा निर्वाचित गर्न दाहाल र शर्मालाई प्रस्ताव गरिएको हो । राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्कीले सत्ता गठबन्धनका साझा उमेदवार दाहालका पक्षमा मतदान गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई पनि आग्रह गरे । “नेपाली कांग्रेसका र अरु माननीय सांसदहरूलाई उहाँलाई मतदान गरिदिनुहुनु आग्रह गर्दछु,” उनले भने ।  सांसद सार्कीले नयाँ समीकरण अहिलेको आवश्यकताअनुसार भएको बताए । “देशमा भएका वामपन्थी शक्तिहरू, परिवर्तनकारी शक्तिहरूको बीचमा नयाँ ढंगको समीकरण हुँदै राजनीतिक स्थायित्वतर्फ देशलाई लाने, सुशासन कायम गर्ने, आर्थिक समृद्धि हुँदै समाजवादको दिशातर्फ जाने प्रतिबद्धता जाहेर गरेका छौँ । समीकरण गरेर अघि बढेका छौँ । परिस्थिति बदलियो,” उनले भने । उनले समीकरण बदलिनु उचित, जायय र समयको माग भएको दाबी समेत गरे । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उनलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद  काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बताए ।

१५ किलो गाँजा सहित एक जना पक्राउ

रौतहट । रौतहटमा करिब १५ किलोग्राम गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चन्द्रपुर नगरपालिका १ नुनथरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ४ सय ग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल १ थानसहित प्रहरीले पक्राउ गरेको हो । चन्द्रपुर नगरपालिका १ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सिन्धुलीबाट पौराईतर्फ जाँदै गरेका तामाङलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ ९ फागुन । दाङको घोराही –तुलसीपुर सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।

आम आर आरको ७ औ संस्करणको फुटसल ललितपुरलाई उपाधि

झापा । झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको आम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा फेरी पनि ललितपुरले उपाधि जित्न सफल भएको छ। यस प्रतियोगितामा १६ टिमको सहभागिता थियो। यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपाधि जितेको थियो। देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ प्रगाड बनाउने उदेश्यले संचालन गरिएको यो फुटसल खेल लगातार ७ वर्ष देखि संचालन हुँदै आएको छ। काठमाडौँबाट २०१८ मा सुरुवात भएको यो प्रतियोगिता अहिले राष्ट्रिय प्रतियोगिता बनेको छ। यसले देशभरका खेलाडीहरुलाई एकै मंचमा ल्याउने र आपसी सहयोग र सम्बन्धलाई बलियो बनाउने एक उत्कृष्ट अवसर प्रदान गरेको छ।

शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन एमालेको भुमिका सकारात्मक रहन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन एमालेले सहयोगी भुमिका खेल्ने बताएका छन् । विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बिमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताए ।

लोकसेवा परीक्षार्थीले पढ्नैपर्ने अति महत्त्वपूर्ण समसामयिक जानकारी

* हाल श्रीलंकाका रास्ट्रपति हुनुहुन्छ ? – मैत्रीपाल सिरिसेना * टर्कीस airlines को जहाज कहिले नेपालमा दुर्घटना भयो? – २०७१ फाल्गुन २० * नेपालकै पहिलो रोबर्ट बुद्द्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ? -२०७१ पौष १६ * काठमाडौमा महिलामैत्री बस सञ्चालन २०७१ पौष २० गते देखि सुरु भएको हो । * साउदी अरेबियाका नया राजाको नाम सल्मान विन अब्दुल अजिज अलसउद हो । * सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङ हुन । * अफगानिस्तानका नयाँ राष्ट्रपतिका रुपमा अस्रफ घानिले कहिले सफथ ग्रहण गरे ? – २०१४ सेप्टेम्बर २९ * सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ? – नेपाल * कर प्रणाली सुधार आयोग कहिले गठन भयो ? -२०७१ कार्तिक ३० * WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ? – क्रमश :- १७ र २० अक्टुबर २०१४ * नेपाल प्रहरिले कहिले देखी देशभर मुस्कान सहितको सेवा सञ्चालन गर्यो ? – २०७१ जेष्ठ ८ * नेपाल सरकारले कहिले देखी क्यासिनो बन्द गर्ने निर्णय गर्यो ? -२०७१ बैशाख ०७ * बि.स 2071।11।14 गतेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष पदमा कसलाई सिफारिस् गरेको छ? – उमेश मैनाली * सन् 2015 फेब्रुअरीमा सम्पन्न 87 औ ओस्कार अर्वाड समारोहमा उत्कुष्ठ चलचित्रको उपाधि कुन चलचित्रले जित्यो? -बर्ड म्यान * जोनाथन वि पोस्टल अर्वाड प्राप्त गर्ने नेपालिको हुन् ? -महाविर पुन * अमेरिकि राष्ट्रपति बाराक ओवामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँदिल्लि आएका थिए ? -सन् 2015 जनवरी 25 * नेपाल र वंगलादेश बिच दोहोरो करमुक्त सम्झौता कहिले भयो ? -बि स 2071।10।15 गते * मिस युनिभर्स 2015 को उपाधि जित्ने युवतिको हुन्? -पाउलिन मेगा * 2071सालको युध्द प्रसाद मिश्र पुरस्कार कसलाई प्रदान गरियो ? -पुण्य प्रसाद खरेल *2071सालको बिराट गोल्डकपको उपाधि कुन टिमले हात पार्यो ? -झापा ११ * नेपाल र चिन बिचको रसुवागढि नाकाको संञ्चालन कहिले भएको हो? -2071।8।15 गते * हाल नेपालमा कति वटा नगरपालिका मात्र -१७९ (११ उप अनि १ महानगर) * नन्दप्रसाद अधिकारी को मृत्यु कहिले भएको हो? -२०७१ असोज ६ * सन् २०१५ मा मनाईएको अन्तराष्ट्रिय नारी दिवश १०५ औं हो भने यस बर्षको नारा के रहेको छ ? – महिला सशक्तिकरण : मानवताको सशक्तिकरण