शीघ्र स्खलन भनेकाे के हो ?

किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन।

३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ।

यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ।

शीघ्र स्खलन र को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ।

कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कलशीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन।

शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं। यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने।

आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।

लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने।

कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ।

मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने।

वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने।

अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने।

वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।

बिहीवार संसद्  : गृहमन्त्री लामिछाने रोष्ट्रम जाने कार्यसूची, के गर्ला कांग्रेस ?

काठमाडौँ । भोलि बिहीवार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रममा पुगेर ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  सामान्यतया जुन मन्त्रीले जुन विधेयक संसद्मा दर्ता गरेको हो, उसैले प्रस्ताव गर्ने परम्परा रहेका कारण गृहमन्त्रीले नै प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ। यसअघि चैत २ र २७ गते कांग्रेसले यही प्रस्ताव प्रस्तुत गर्न रोकेको थियो।  कांग्रेसको अवरोध हटाउने प्रयास जारी रहेका बेला संसद् सचिवालयले जेठ १५ गतेसम्मको कार्यसूची सार्वजनिक गरेको हो। जसअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जेठ ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रमका दफामाथि छलफल हुने र ९ गते पास गर्ने कार्यसूची रहेको छ। नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिइसकेपछि ९ गते निर्णयार्थ प्रस्तुत गर्ने तयारी सरकारको छ। यद्यपि हिजोको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधले अघि बढ्न सकेको छैन।  नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेकै समयमासमेत शून्य समय, विशेष समयसँगै केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने विषय पनि क्यालेन्डरमा समेटिएको छ। जसअनुसार जेठ ६ गते प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।  प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ।  यसैगरी १४ गते आर्थिक सर्वेक्षण गर्ने र १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्नुहुने कार्यसूचीमा उल्लेख गरिएको छ।नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको कांग्रेसले राष्ट्रपतिलाई धन्यवाद समेत नदिएर संसद अवरुद्ध गरेको छ । रास्वपाले संसदमा रबि लामिछानेले बोल्न पाउनुपर्ने बताउँदै आएको छ भने सत्तारुढ दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रबिको कुरा कांग्रेसले सुन्नुपर्ने बताएको ।  ओलीले यदि कांग्रेसले रबिको कुरा नसुने आफुहरु बोल्ने समेत चेतावनी दिएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज अर्याल संसद्को गतिरोध अन्त्य गर्न निरन्तर छलफलमा रहेको भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । त्यसैले भोलि बस्ने संसद् बैठक अवरुद्ध हुन्छ वा कुन हिसाबले अगाडि बढ्छ भन्न सकिने अवस्था छैन ।

फुट्यो पार्टी, दोब्बर ठूलो बन्यो केन्द्रीय समिति

काठमाडौं ।उपेन्द्र यादवले आफु नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पार्टी फुटेर सानो बनेको भएपनि केन्द्रीय समिति भने दोब्बर ठूलो बनाएका छन् । गत वैशाख २३ गते अशोककुमार राईसहितका ३२ जना नेताहरूले नयाँ दल खोलेपछि उनले पार्टी पुर्नगठन गरेका हुन् । यसअघि भएको विधान महाविशेनमा निर्णय संशोधन गर्दै मंगलबार र बुधबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समित बैठकले केन्द्रीय समितिको संख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको हो । केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्य र पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको हो ।विधान संशोधन गर्ने निर्णय गरेको जसपाले पदाधिकारी संख्या पनि हेरफेर गरेको छ। जसअनुसार विधान अधिवेशनले १५१ सदस्यीय बनाएको केन्द्रीय समिति अब बढाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको हो । जसपाले विधान अधिवेशनका निर्णयमा संशोधन गर्दै यसअघि १ जना महासचिव हुने व्यवस्था हटाएर २ जना महासचिव रहने निर्णय गरेको छ।उता पहिले ३ जना उपाध्यक्ष रहेकोमा अब केन्द्रीय कार्यकारिणी समितिले ५ जना उपाध्यक्ष राख्ने निर्णय गरेको छ । बैठकले जेठ २८ र २९ गते हुने महाधिवेशनका लागि जेठ १० गतेभित्रमा महाधिवेशन प्रतिनिधि चयन गरिसक्ने निर्णय पनि गरेको छ ।

भन्सार छलेर ल्याइएको १०६ वटा कुखुरा नष्ट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा कुखुरा नष्ट गरेको छ । साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका ७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिए । अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायव उपरीक्षक गिरीले नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख २७ हजार रुपैयाँ बराबरको हुने बताए ।  बुधबार नियन्त्रणमा ल्याइएको बोइलर कुखुरा बिहीबार स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए। बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । उनले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए। उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाए। काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो।उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए

सन्दीप लामिछानेको मुद्दा : प्रत्यर्थी झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो। सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात् १३ वर्ष कैदको माग दाबी गरेको छ। शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा दुवै पुनरावेदनमाथि सुनुवाइ भएको थियो । संयुक्त इजलासले दुवै पुनरावेदनमा एउटै ‘प्रत्यर्थी झिकाउन’ आदेश गरेको हो । पुनरावेदनमा सरकारी वकिलले सन्दीपलाई विपक्षी बनाएको छ । सन्दीप पक्षले गौशाला–२६ लाई विपक्षी बानाएको छ । अब उच्च अदालतमा दुवैजना उपस्थित हुनपर्नेछ ।

हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।  सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।  

ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्ः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । उनले लगानी कर्ताको पैसा नडुब्ने गरी लगानी गर्न आग्रह गरे ।  आज नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरूलाई भविष्यमा नदोहोर्‍याउने प्रतिविद्धतासहित अघि बढ्न सुझाव पनि दिए । अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरूमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान आर्थिक समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए ।  अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरूलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्नेमा जोड दिए । पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने उनले बताए । अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको पनि बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताए । 

माओवादी केन्द्रको स्थायी समितिमा अभियानबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा पार्टीले सञ्चालन गर्ने अभियानबारे छलफल हुने भएको छ ।  आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको बैठकमा अभियानका लागि नेताहरुको कार्यविभाजन सहितका विषयमा छलफल हुन लागेको हो । बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

साफ यू १६ फुटबलमा भुटानविरुद्व नेपालको जीत

काठमाडौं । १६ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेर सहज जीत निकालेको हो । नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको थियो । पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट गोल गर्न सफल भईन । डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको थियो । खेलको ३८ औं मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएपनि नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् । दोस्रो हाफमा दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो भने भुटान पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितको फाइनल खेल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कल ५९ लाख ८८ हजार सात सय १७ कित्ता शेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० मूल्यमा खरिद बिक्री भएका छन् ।  नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ७१ लाख ८० हजार दुई सय २९ मूल्य बराबरको शेयर कारोबार भयो । हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२, शिवम् मिसेन्ट रु.छ करोड ६७ लाख ६७ हजार पाँच सय २८, गुर्खाज फाइनान्स छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स छ करोड १८ लाख सात हजार नौ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।  नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् । यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् । 

क्यानडासँग नेपाल ए ४ विकेटले पराजित

काठमाडौं, १० फागुन । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ । सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए । तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए । उनी ५८ रनमा अविजित रहे । आरोन जोनसनले ३६ रन जोडे । नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो । यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन । अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९र१९ रनमा आउट भए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २ २ विकेट लिए ।

सुशासन मेरो 'संकल्प' हो 'नारा' होइन : प्रधानमन्त्री प्रचण्ड

'कुर्सी हल्लिने डर हुन्थ्यो भने छानवीन नै शुरु हुने थिएन'

माओवादी अब गठबन्धन नगरी एक्लै चुनाव लड्छः नेता शर्मा

दाङ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।  माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताउनुभयो । ‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी पार्टीले छलफल अघि बढाएको छ’– उहाँले भन्नुभयो ।  पार्टीभित्र अन्तरसंघर्ष रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उहाँले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।  सो अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताउनुभयो ।

नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका हुन् । नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत-संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए । उनले अहिले साहित्य केही माथि उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखे । प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य, मेरो इतिवृत्ति र भूत पिसाच कृतिहरूको विमोचन गरेका हुन् । 

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहान १० बजे ल्होत्से हलमा बस्नेछ। संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो। नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ।