मानवताको साझा भविष्यका लागि ग्लोबल साउथको शक्ति एक हुनुपर्छः चिनियाँ राष्ट्रपति

कजान । चिनियाँ राष्ट्रपति सी जिनपिङले २४ अक्टोबर २०२४ मा रसियाको कजानमा "बीआरआईसीएस प्लस" नेताहरूको संवादका क्रममा "मानवताको साझा भविष्य निर्माण गर्न ग्लोबल साउथको महान् शक्तिलाई मिलाएर अघि बढ्ने" शीर्षकमा एउटा महत्त्वपूर्ण भाषण दिनुभयो। राष्ट्रपति सीले  ग्लोबल साउथको शक्तिलाई एकत्रित गरी मानवताको साझा भविष्य निर्माणको लागि प्रवर्द्धन गर्न आह्वान गर्नुभयो।

उहाँले ग्लोबल साउथका देशहरूसँग मिलेर साझा विकास प्रवर्द्धन गर्न र तिनीहरूलाई बीआरआईसीएसमा सामेल हुन समर्थन गर्ने चीनको प्रतिबद्धता प्रस्ट पार्नुभयो, साथै चीनको आधुनिकीकरणले विश्वलाई विकासको अवसर प्रदान गर्ने बताउनुभयो।

सीले रसियाको कजानमा आयोजित बीआरआईसीएस प्लस नेताहरूको संवादमा सम्बोधन गर्ने क्रममा यी विचार व्यक्त गर्नुभएको हो, जसको अध्यक्षता हाल बीआरआईसीएस समूहको घुम्ने अध्यक्षता गर्ने रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको थियो।

सीले भन्नुभयो, "ग्लोबल साउथको सामूहिक उदय संसारभरि भइरहेको ठूला परिवर्तनको एक प्रमुख विशेषता हो, र ग्लोबल साउथका देशहरूले आधुनिकतामा सामूहिक रूपमा अगाडि बढ्नु विश्व इतिहासमा स्मरणीय छ र मानव सभ्यतामा अभूतपूर्व छ।"

उहाँले ग्लोबल साउथका देशहरूले आधुनिकीकरणको मार्गमा सामना गरिरहेको गम्भीर चुनौतीहरूमा जोड दिनुभयो र शान्तिका लागि साझा सुरक्षालाई कायम राख्न, साझा समृद्धिका लागि विकासलाई पुनः सक्रिय गर्न, र विविध सभ्यताहरूको सद्भावलाई प्रवर्द्धन गर्न संयुक्त प्रयासको आवश्यकता रहेको बताउनुभयो।

शान्तिका लागि, सीले भने, "हामीले यूक्रेन संकटको प्रारम्भिक नियन्त्रणलाई प्रवर्द्धन गर्नुपर्छ ताकि राजनीतिक समाधानका लागि मार्ग तयार होस्।"

उहाँले गाजा पट्टीमा व्यापक युद्धविराम जारी राख्न र दुई-राज्य समाधानलाई पुनः सक्रिय गर्न पनि आह्वान गर्नुभयो। "हामीले युद्धका ज्वालाहरूलाई लेबनानमा फैलिनबाट रोक्नुपर्छ र प्यालेस्टाइन र लेबनानको दुःखद परिस्थितिलाई अन्त्य गर्नुपर्छ," उहाँले भन्नुभयो।

सीले ग्लोबल साउथका देशहरूले विश्वव्यापी आर्थिक शासन सुधारमा सक्रिय र नेतृत्वदायी भूमिका खेल्न आवश्यक रहेको र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार एजेन्डाको केन्द्रमा विकासलाई राख्न जोड दिनुभयो।

चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभले तीन वर्षमा झन्डै २० अर्ब डलरको विकास कोष उपलब्ध गराएको र १,१०० भन्दा बढी परियोजनाहरू सञ्चालन गरेको सीले उल्लेख गर्नुभयो। उहाँले हालै शाङ्घाईमा उद्योग र म्यानुफ्याक्चरिङको लागि ग्लोबल एलायन्स अन आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर अफ एक्सिलेन्स स्थापना भएको कुरा पनि भन्नुभयो।

"चीनले विश्व स्मार्ट कस्टम्स कम्युनिटी पोर्टल र बीआरआईसीएस कस्टम्स सेन्टर अफ एक्सिलेन्स पनि निर्माण गर्नेछ। हामी सबै देशहरूलाई सक्रिय सहभागिताका लागि स्वागत गर्दछौं," उहाँले भन्नुभयो।

संवादलाई सुदृढ गर्न र छलफललाई प्रवर्द्धन गर्न, "चीनले ग्लोबल साउथ थिंक ट्याङ्क एलायन्स गठन गर्न अरूसँग समन्वय गर्नेछ, जसले शासनमा जन-जनबीचको आदानप्रदान र अनुभव साझेदारीलाई प्रवर्द्धन गर्नेछ," सीले थप्नुभयो।

मिस्रका राष्ट्रपति अब्देल-फत्ताह एल-सिसी, इरानका राष्ट्रपति मासुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, साथै ब्राजिल, भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र इथियोपियाका प्रतिनिधिहरू पनि बैठकमा सहभागी भएका थिए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नयाँ विकास बैंकका राष्ट्रपति डिल्मा रुसेफ लगायतका अन्तर्राष्ट्रिय संगठनका नेताहरू पनि उक्त संवादमा सहभागी भएका थिए।

राष्ट्रपति सी बिहीबार बेइजिङ फर्कनुभयो।

सीको भनाइहरू:

शान्ति र विकास अझै गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ, र ग्लोबल साउथको समृद्धिको बाटो सोझो हुने छैन।
ग्लोबल साउथ विकासको लागि अघि बढ्छ र विकासमार्फत समृद्ध हुन्छ।
सभ्यताको विविधता संसारको प्राकृतिक गुण हो।
अन्तर्राष्ट्रिय परिदृश्य जस्तोसुकै भए पनि हामी चीनमा सधैं ग्लोबल साउथलाई हाम्रो हृदयमा राख्छौं र हाम्रो जरा ग्लोबल साउथमा रहनेछ।

 

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।   मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  राष्ट्रपति पौडेलले आज स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि ९बिहीबार० उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् ।  जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ । असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् ।   राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कनेछन् । 

अपाङ्गता भएका सहाराविहिनलाई सहयोगीको व्यवस्था गर्न माग

काठमाडौं ।राष्ट्रियसभाका सांसद श्रीकृष्ण अधिकारीले अप्राकृतिक अपाङ्ग भएका र जसको सहारा छैन उनीरूलाई एकजनाको सहयोगीको व्यवस्था गर्न आग्रह गरेका छन्।  माओवादी केन्द्रका सांसद अधिकारीले आजको राष्ट्रियसभा बैठकमा सो माग राखेका हुन् ।नेपालको संविधानको मौलिक हकमा अपाङ्गता सम्बन्धी भएको व्यवस्था र २०७७ को अपाङ्गता नियमावलिमा भएको व्यवस्था अनुसार अति अशक्त जो सहाराविहिन छन् र ती संवेदनशील अवस्थामा भएका अपाङ्गहरूलाई सहयोगको व्यवस्था गर्ने व्यवस्था अनुसार सहारा दिनुपर्ने उनले माग राखेका हुन् । सांसद अधिकारी भने -'२०८० वैशाख ६ बाट अनसनमा रहनुभएका दीपक भण्डारी लगायतका अनसनकारीहरूको अवस्था बिग्रिदै गएको छ र नेपालको संविधानको मौलिक हकमा अपाङ्गता सम्बन्धी भएको व्यवस्था त्यसैगरी २०७७ मा अपाङ्गता नियमावलिमा भएको व्यवस्था अनुसार अति अशक्त जो सहाराविहिन छन् र ती संवेदनशील अवस्थामा भएका अपाङ्गहरूलाई सहयोगको व्यवस्था गर्ने भन्नि नियमावलीमा पनि छ। र त्यो अनुसार अहिले सम्बन्धित मन्त्रालयको म जनयुद्ध जनआन्दोलनका अपाङ्गहरू त्यसैगरी अप्राकृतिक अपाङ्ग भएका अति संवेदनशील हरु हुनुहुन्छ जसको सहारा छैन उहाँहरूलाई एकजनाको सहयोगीको व्यवस्था गर्न म सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्दछु धन्यवाद।' भण्डारी काठमाडौंको शान्तिबाटिकामा अनशनमा बसेका छन् । सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै अनशनमा बसेका हुन् । स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने सम्झौता भन्दै अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग चैत १४ गते सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै उनी अनशनमा बसेका हुन् । उक्त सम्झौता एक महिनाभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सुपर ओभरमा नामिबियासँग ओमान पराजित

काठमाडौं । आइसिसी टी २० विश्वकपअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ। लो स्कोरिङ गेममा निर्धारित २० ओभरमा दुवै टोलीले बराबरी रन बनाएका थिए। ​ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।   सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य पाएको थियो। तर ओमानले १० रन मात्र बनाउन सक्यो। ओमानका बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए।त्यसअघि १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए। निकोलास डाभिनले २४ रन जोडे।  ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए। बारबाडोसको किङ्सटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो।  पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो। त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले। खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे।  त्यस्तै,आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए।नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए। उनले ४ ओभरमा मात्र २१ रन खर्चिए। उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो। डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे। जितसँगै समूह बीमा रहेको नामिबियाले महत्वपूर्ण २ अंक जोडेको छ।  प्रतियोगिता अन्तरगत आज राति श्रीलंका र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। समूह एमा रहेको नेपाल र नेदरल्याण्ड्सको खेल भोलि राति हुनेछ।  

प्रहरीले दियो सिरोहिया पक्राउ पर्नुका ६ आधार

जनकपुरधाम । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुका ६ आधार दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले दिएका सिरोहियालाई पक्राउ गर्नुका ६ आधार प्रस्तुत गरेका छन् । प्रहरीले लिएका ६ आधार– १.कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै त्यही नम्बरको नागरिकता शिवजी साहु तेलीको नाममा जारी भएको देखिनु । २.जिल्ला प्रशासनकार्यालय, धनुषाको च.नं.१३२१३, मिति २०८१/०१/२० को पत्रअनुसार प्राप्त जवाफमा ०३३र३४ को बालिग रेकर्डमा विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्मभएका नागरिकको नागरिकताको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी ९सिरोहिया० को सन्तानहरू गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अंगीकृत नेपाली भएको र नाम प्रस्ट नभएको, कैलाशप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको । ३. कैलाशप्रसाद सिरोहियाले विसं २०५७/०६र२९ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका ९ढड्डा० मा फोटोसहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्ममितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्ममिति उल्लेख नरहेको । ४.सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९/०८र२९ समेत लेखेको पाइएको हुँदा जन्ममितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको । ५.कैलाशप्रसाद सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्ममितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ माप्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष, जन्ममिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको । ६.कैलाशप्रसाद सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको ।

सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन  : कानुनमन्त्री

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरुलाई पेलेर अघि बढन नचाहेको बताएका छन्।संसदमा जुनसुकै मूल्यमा पनि पेस गर्नैपर्ने विषय बाध्य भएर अघि बढाउनुपर्ने भएकाले मात्रै सरकारले कांग्रेसको अवरोधका बिच केही कार्यसूची अघि बढाउनुपरेको उनको स्पष्टीकरण थियो । मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कानुनमन्त्री गिरीले सरकारले कुनै प्रतिपक्षलाई बलमिच्याइँ गर्ने, पेलेर जाने भन्ने कुरा सत्य नभएको बताए। संसदमा अहिले अनिवार्य गर्नुपर्ने केही जिम्मेवारीहरु सरकारसामु रहेकाले संसदमा ती कुराहरु अघि बढेको मन्त्री गिरीको भनाइ थियो। उनले संसदीय छानबिन समितिको कार्यादेशको विषयमा पनि दलहरु सहमतिको नजिक पुगेको उल्लेख गर्दै दुईरतीन दिनभित्रै सहमति जुटने विश्वास व्यक्त गरे। ‘‘संसदमा अहिले अनिवार्य गर्नुपर्ने केही दायित्व र जिम्मेवारीहरु थिए। त्यो काम गर्नुपर्ने सरकारको बाध्यता थियो। त्यसकारणले गर्दा संसदमा ती कुराहरु टेबल भएका हुन्। त्यसलाई अन्यथा ढङ्गले बुझ्नुपर्छ भन्ने लाग्दैन।राजनीतिक दल दर्तासम्बन्धी जुन विधेयक दर्ता भएको थियो। त्यसमा थप अझै परिमार्जित गर्नुपर्ने, थप परिस्कृत गर्नुपर्ने, केही संशोधन गर्नुपर्ने आवश्यक महशुस सरकारलाई भएको कारणले गर्दा मात्रै त्यो फिर्ता लिइएको हो।’’ कानुनमन्त्री गिरीले भने, ‘‘त्यो कुनै दलसँग लक्षित पनि छैन। त्यसमा कुनै दललाई फुटाउने भन्ने उद्देश्य पनि छैन। त्यस ढङ्गले सरकार अगाडि बढदा पनि बढ्दैन। स्वाभाविक रुपमा प्रमुख प्रतिपक्ष दललेल त्यहाँ विरोध गरिरहँदा उहाँहरुले पनि नाराबाजी गर्नुभयो।’’ सहकारी संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलको संयोजकसमेत रहेएका मन्त्री गिरीले प्रतिपक्ष कांग्रेससँग छलफल निरन्तर भइरहकाले त्यसमा सहमति जुट्ने कुरामा ढिलाइ नहुने दाबी गरे।

जसपा विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा सुनुवाई हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलास पेसी तोकिएको छ । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका थिए। जसपा नेपालमा भएको विभाजनपछि यादवको पार्टीमा १२ मध्ये ५ जना मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । यादवले सरकार छाडेर राई नेतृत्वको दल खारेजीको माग गर्दै अदालत गएका छन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका हुन् । गत वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएर उक्त पार्टी सरकारमा समेत सहभागी भैसकेको छ ।

क्षतिपूर्ति दिन रुस सहमत : परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन हुन नसकेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको बताएका हुन् । उनले रुसी सेनामा रहेका नेपालीको संख्या रुसीको सरकारसँग माग गरिएको जानकारी गराए। रुसमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन र क्षतिपूर्ति समेत माग गरिएको उनले बताए । क्षतिपूर्तिका विषयमा रुस सरकारले सहमति जनाएको उनको भनाइ छ। प्यालेस्टाइनी लडाकु समूह हमासको कब्जामा रहेका भनिएका विपीन जोशीको आधिकारिक अवस्थाका बारेमा जानकारी पाउन नसकिएको पनि उनले बताए। उनले आर्थिक कूटनीतिलाई मात्र केन्द्रित गर्ने गरी छुट्टै महाशाखा बनाउने तयारी गरिएको जानकारी गराए । यसबाट विकास र समृद्धिको कार्यभार पूरा गर्न सहज हुने उनको धारणा छ। परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताए। अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनले उल्लेख गरे। बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीको अवस्था सार्वजनिक गर्नुपर्नेलगायत धारणा राखेका थिए।

इलाममा सुहाङ २८५३ मतले अघि, रास्वपा चौथो स्थानमा

काठमाडौं । इलाममा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । बिहान साढे नौ बजेसम्म गणना भएको मतअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका हुन् । उनले अहिलसम्म ९४८४ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ६६३१ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४९५१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १४०१ मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।रुपक सापकोटाले जानकारी दिए। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।  “नेपाल र चीनबीचका थप नाकाहरु सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ,” प्रधानमन्त्रीले भने, “नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु ।”  अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताए।  भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थिए। 

उपनिर्वाचन : आजदेखि मौन अवधि

काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने(मौन अवधि)सुरु  भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा प्रदेशसभा निर्वाचन हुँदैछ । इलाममा १९ जना र बझाङमा ११ जना उमेदवार चुनावी मैदानमा रहेका छन् ।

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन्।  नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए। राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ्ग’ गर्दै आएको छु ।” उनले सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको सुरूङ छिटै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गरे ।  “निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ–मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्नेछ ।” नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उनले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिए।  “काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पूर्वाधार विकासमा फड्को मार्न यस्तै बृहत् र फराकिलो तथा एकीकृत सोचसहितको राष्ट्रिय पूर्वाधार गुरूयोजना निर्माणलाई प्राथमिकता दिनैपर्छ ।” उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताए । विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने बताए। 

साझामा १.१ मेगावाटको चार्जिङ स्टेसन, गुड्छन् ४० विद्युतीय बस

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ ।मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गरेका हुन्। साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मंगलवार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए। अध्यक्ष दिक्षितले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए । उनले १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताए । उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको बताए। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए। उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए। उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए। सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाई छ । साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।

‘शान्ति र समृद्विका लागि पानी’ नारासहित विश्व पानी दिवस मनाइँदै

काठमाडौं । आज विश्व पानी दिवस । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबार विश्व पानी दिवस मनाइँदै छ ।  यस वर्ष ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगतका लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानी हो।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व पानी दिवसको अवसरमा विश्व शान्तिका लागि सीमापार पानी सहयोग बढाउनुपर्नेमा जोड दिएका छन् । पानीको महत्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आइको छ ।  सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो ।

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो । ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको भन्दै विभागले समयमै ऋण भूक्तानी गर्न आग्रह गरेको छ । विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न सूचनामा भनेको छ । सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको भन्दै विभागले तोकिएको समयमा ऋण चुक्ता नगरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

नयाँ अर्थमन्त्रीप्रति सकारात्मक लगानीकर्ता, आइतबार २२ अंकले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार २२.१० अंक बढेर बन्द भएको छ । नयाँ अर्थमन्त्री माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । लामो समयसम्म लगातार घटेको बजार अहिले समालिँदै उकालो लाग्न थालेको छ । पछिल्ला तीन कारोबार दिनमा बजार लगातार उकालो यात्रामा देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले पनि बजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । त्यसले पनि लगानीर्तामा उत्साह देखिएको छ । उनले धितोपत्र बजारमा ढुक्क भएका लगानी गर्न आग्रह गरेका छन् । आज नेप्से परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ विन्दुमा बन्द भएको छ । यसदिन दुई अर्ब ९२ करोड २७ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बढेको बजारमा चिर्खुवा हाइड्रोपावरको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।